राम्रा-राम्री, सुन्दरता र पवित्रताको कुरा

राम्रा-राम्री वा सुन्दरी कसलाई भन्ने ? सुन्दरता रुप मात्र हो कि अरुथोक पनि हो ? सुन्दरता वा पवित्रता एक अर्का संग सम्बन्धित छन् कि छैनन् - यी सबै प्रश्नहरुको जवाफ सजिलो छैन I एकातिर यसको विश्वव्यापी परिप्रेक्ष छ; अर्कोतिर सामाजिक, सांस्कृतिक परिप्रेक्षले पनि हाम्रो सोचाइलाई नियन्त्रण गरी राखेको हुन्छ I

केहि अघि पुर्व प्रधान न्यायाधिस कल्याण श्रेष्ठ र यो लेखकले सिकागो विश्वविद्यालय कि प्राध्यापक वेंडी डोनिजरले लेखेको "अन हिन्दुइज्म" भन्ने किताब संगै किन्यौं I जर्मन मिसनरी म्याक्स मुलर, वेंडी डोनिजर इत्यादी हिन्दु धर्म, संस्कृति र यस क्षेत्रसंग सम्बन्धित विषयहरुमा कडा सोचाई राख्दछन I हामी नेपालीले हिन्दु धर्म र सभ्यतालाई भारतको जिम्मा लगाइ दिएको छ I यसका बारेमा यहाँ अध्ययन, चर्चा-परिचर्चा हुदैन । अधिकांस भारतीय विद्वानहरु भने डोनिजरजस्तालाई विवादास्पद मान्दछन । खासमा डोनिजरले लेखेको "द हिन्दुज: एन अल्टरनेटिभ हिस्ट्री" धेरैले मन पराएनन I अर्काको धर्म र संस्कृति का बारेमा कुरा गर्दा चाहिने सोमत डोनिजरमा भएन भन्ने उनीहरुको आरोप छ I यस विषयका विश्लेषकहरुलेनै तथ्य कूरा बुझ्लान I

यहाँ डोनिजरलाइ केवल एउटा उदाहरंणको रुपमा लिन खोजिएको हो I उनको अध्ययनले रामायणले हाडनाता करणीको सम्बन्धको शिक्षा दिन्छ भन्ने देखाउँछ I दशरथका छोरा राम कामुक थिए भन्ने उनको अर्को दावी छ I बिहे हुनु भन्दा पहिले नै महाभारतकी कुन्तीले छोरा पाएको कुरा उनले उल्लेख गरेकी छन् I सुर्यले जवर्जस्ती गरि उनलाई गर्भाधान गरेको डोनिजरको भनाइ छ I सिन्धु वा सरस्वतीको सभ्यताका तस्विरहरु पवित्र नभएको पनि उनि भन्दछिन I हिन्दु देवीहरू केवल ठुला फाँचा भएका महिलाहरु हुन् । ठुला फाँचा यौनकर्मीका लागि जति उपयोगी हुन्छ त्यतिनै हिन्दु इस्वरीहरुका लागि पनि हुन्छ भन्न उनि धक मान्दिनन । उनको किताबको बाहिरी भोटोमा भगवान कृष्ण घोडामा चढेको देखाईएको छ I तर घोडाको जिउ नांगा युवतीहरु बाट बनाइएको छ I ठाडो रुपमा नभने पनि सामान्य हिन्दु पाठकहरुले डोनिजरले हिन्दुधर्मलाइ केवल अश्लिल साहित्य मात्र हो भनेकै बुझ्दछन I अलिकति ठुलो धरातलमा हेर्न खोजेको भए डोनिजरले यी प्रसंगहरुमा 'सेक्स' वा 'लस्ट' बाहेक अरुकुरा पनि पाउन सक्थिन होला I सत्य जे होला, तर धार्मिक सांस्कृतिक विषयवस्तु लाइ यसरी अवश्यनै हेरिदैन।

धार्मिक कथा तथा साहित्यहरुमा राम्रा राम्रिको प्रसङ्ग निकै आउंछ I केहि संस्कृत साहित्य बाट चर्चामा आएका छन् I केहि अझ पुराना मिथक हुन I महाभारतकी पांच पाण्डव कि पत्नी द्रौपदी धेरै राम्री मानिन्थिन। उनलाई मन पराउनेको कमि थिएन I तर उनले अर्जुनलाइ मात्र मन पराइन् । उनको कालो वर्णले उनलाई नराम्रो बनाएन I राम्रो हुन गोरो नै हुनु नपर्ने रहेछ ।

अप्सराहरु गोरा नै मानिन्छन । उर्वशिलाई इन्द्रको दरबारको सबैभन्दा राम्री अप्सरा भनि वर्णन गरेको पाइन्छ I मेनकाको रुप झनै थाम्न नसकिने मानिन्थ्यो। तिलोत्तमा त्यस्तै नाम चलेकी अप्सरा थिइन I अहिले नेपालमा तिलोत्तमाको नाममा एउटा नगरपालिकाको पनि गठन भएको छI राम्रीहरु वैवाहिक जीवनमा आवद्ध हुनैपर्छ भन्ने पनि रहेनछ। 

राम पत्नी सिता अप्सरा नभएपनि अति राम्री मानिन्थिन I रुप र चरित्र दुबैमा उनको चर्चा हुन्थ्यो I उनको स्वयम्वरमा संसारभरिका युवराजहरुले भाग लिएक थिए रे । तर उनले शिव धनुमा ताँदो चढाउन सफल रामलाइनै वरण गरिन। शिव पत्नी पार्वतीलाइ त्रिपुरासुन्दरी भनिएकै छ I उनि केदारखण्डकी सबैभन्दा ठुली नायिका भन्दा हुन्छ। गौतम मुनिकी पत्नी अहिल्या राम्री मात्र होइन कि उनलाई १६ वर्षे य़ौवना रही रहने वरदान प्राप्त थियो I उनलाई ब्रम्हाकी छोरी भनिन्छ। उनी ग्रिक पुराणको 'हेलेन अफ ट्रोय' जस्तै प्रशिद्ध हुन्। अन्यगमनमा पनि उनको नाम आउँछ । विष्णु पत्नी सरस्वति धेरै गोरी थिइन् भनिन्छ I उनि गोरी सुकिली मात्र नभई विद्यादायिनी पनि मानिएकी छन् I राम्रा राम्रिका यी अलग अलग उदाहरण हुन् I

कामदेवकि पत्नी रति राम्री मात्रै नभई कामिनी पनि मानिन्थिन I शकुन्तलाकी आमा मेनकाको झन् के कुरा गर्नु । १६००० वर्ष देखिको ऋषि विश्वामित्रको तपस्या यिनैले आफ्नो रुप र भंगीमाले भंग गराइन I मोहिनी अर्की सुन्दरी हुन् - देख्ने जति सबैलाई मोहित पार्ने । जस्तो नाम त्यस्तै गुण थियो उनको । रावणकी पत्नी मंदोदरी यति राम्री थिइन कि सुन्दरतामा नाम चलेकी सिता खोज्न लंका गएका हनुमानलाई यिनै सिता हुनकी ? भनेर झुक्किएको रामायणमा उल्लेख छ I तर रावण अर्की सुन्दरी रम्भाको जबर्जस्ति करणी गर्न पुग्दछन I

सिंधु उपत्यकाका अवशेषहरुमा पाइएको यक्षिणीको मूर्तिले पनि सुन्दरताको एउटा नमुना देखाउंछ । अजंता र एलोराका गुफाहरुपनि सुन्दरीहरुको चित्र कम देखिंदैनन। सुन्दरताको प्रतिमूर्ति भनिने देवदासि र आम्रपाली, वसंतसेना र चित्रलेखा जस्ता राजनर्तकिहरुको वर्णन पनि साहित्यमा अझै चर्चित छ । मिथक तथा साहित्यहरुमा राम्रा-राम्री र सुन्दरताको हिसाब बुझ्न गार्हो हुन्छ।  

राम्रो देखिन केटाहरुले पनि बलगरेका छन I वालक तथा केटौले कृष्णले मयूरपंखी मुकुट र करधनी धारण गरेको देखिन्छ। उनले भनेका छन् - आभूषणको आवश्यकता केटाहरुलाइ बढी हुन्छ किनकि केटीहरु त सुन्दरताले यसै परिपूर्ण हुन्छन । भगवान कृष्ण र भगवान राम दुवै कालै मानिन्छन । गोरो वर्ण प्रतिको आसक्तिले उनीहरुमा कुण्ठा थपेको देखिन्दैन । एउटाले धर्म ज्ञानबाट सुन्दरता आर्जन गरे, अर्काले मर्यादा पुरुषोत्तम भएर. पहिलोले राधाको मुस्कानमा जीवन खोजे, दोस्रोले सीताको सरलतामा ।

हिन्दि फिल्मका प्रशिद्ध नायिकाहरु हेमा मालिनी, वहीदा रहमान वा वैजयंती मालामा को राम्री ? निर्णयकर्ताले एउटालाई मात्र छान्दा जस नपाउलान I अचेल कि 'टप' हिरोइन दिपिका पादुकोने यसै श्रेणी कि नायिका हुन् कि?

अंग्रेजी भाषाका कवि शेक्सपियर भन्दछन "सौंदर्य हेर्ने मान्छे को आँखामा हुन्छ"। त्यसो भए के राम्रो नराम्रो भन्ने कुरा व्यक्तिगत अनुभूति मात्र हो त?अमेरिकी निबंधकार राल्फ वाल्डो इमर्सन थप्दछन "कहिले पनि केहि राम्रो हेर्ने मौका नछोड। सत्य के हो भने सुन्दरता इश्वरको लेखोट हो I प्रत्येक अनुहारमा, धोइसफा भएको आकासमा, हरेक फूलमा उसैको लेखोट देखिनेछ .. र हे भगवान, यस सौंदर्यका लागि हामि तिमीप्रति आभारी छौं ।" के बाँकि रह्यो त अब ?

धेरै कुरा बाँकी छन I प्रेम, धैर्य, त्याग, सर्मपण र सरलता विना सुन्दरताको अवधारणा धेरै टिकाउ हुँदैन। इश्वर त्यसैमा हुन्छ। यस अर्थमा सुन्दरता चिरस्थायी हुन्छ। समय बित्दै जाँदा चाउरी पर्ने बेलामा पनि सुन्दरता पखालिन्छ कि भनि पिर मान्नु पर्दैन। यो कुरामा पनि गान्धी सधैँ झैँ सहि देखिन्छन "वास्तविक सोन्दर्य हृदयको पवित्रतामा हुन्छ ।

महाकवि कालिदासको रचना 'कुमारसंभव' संस्कृतका मुख्य महाकाव्यहरु मध्ये एक मानिन्छ। झट्ट हेर्दा नेवारीमा 'स्वस्थानी' लेख्ने पण्डितले 'कुमारसंभव' बाटै प्रेरणा लिएको हो कि? भन्ने पनि लाग्दछ I यसमा कालिदासले हिमालयवर्णन, पार्वतीको तपस्या, ब्रम्हचारीको शिवनिंदा, वसंत आगमन, शिवपार्वती विवाह र रतिक्रिया वर्णन गरेका छन्। उनले हिमकन्या पार्वतीको निकै वर्णन गर्दछन - कहिले बाला पार्वतीको रुपमा कहिले तपस्विनी पार्वतीको रुपमा । पार्वती विनयवती पनि देखिन्छिन; रुपवती पनि देखिन्छिन। सुन्दरतालाइ कालिदासले लट्पट्याउंदै अतिरिक्त क्रियाकलाप सम्म पुर्याउंछन। विचरा शिवलाइ मूलपात्रका रुपमा उभिन शक्ति र क्रोधको सहारा लिनु पर्ने अवस्था हुन्छ । कतिपयको भनाइ छ, शिवपार्वतीको गोप्य क्रियाकलाप वर्णन गरेको पाप लागेर कालिदासको जिउमा कुष्ठ उम्रियो। अनि उनले 'कुमारसंभव' लाइ आठ सर्ग भन्दा अघि लान सकेनन। त्यो काम अरुले गरे । घुमिफिरी धार्मिक साहित्य सिर्जना पनि सुन्दरताको कल्पना भन्दा बाहिर जान गार्हो पर्ने रहेछ ।

कत्तिलाइ सुन्दरताको अवधारणा वयान गर्ने कुरा नै लागेन I बुद्धले निर्वाण प्राप्त गर्ने कुरा लाइ महत्व दिए I तृष्णा क्षीण भएको अवस्था लाइ उनले निर्वाण भनेका छन् I निर्वाण प्राप्तिका लागि अहिंसा नगर्ने, सत्य बोल्ने, रक्सी नखाने, सम्पत्ति नराख्ने आदि १० वटा नियम बाँधी दिए I त्यसमा महिलाहरु देखि परै बस भन्ने नियमले पनि ठाउँ पायो I सांसारिक दु:ख बाट मुक्ति खोज्ने हो भने अष्टांगिक मार्गको साधना गर्नु पर्दछ भन्ने उनको मान्यता थियो I यसमा दृष्टि, संकल्प, वाणी, कर्म, आजीव, व्यायाम, स्मृति र समाधि सबै सम्यक हुनु पर्दछ भन्ने अपेक्षा छ । बौद्ध धर्म अनीश्वरवादी धर्म हो I यसमा आत्माको परिकल्पना पनि छैन I तर यसले पुनर्जन्मको कुराभने गर्दछ I राम्रा राम्रिको प्रसङ्ग विहिन बुद्ध जीवन शैली निरस लाग्न निरस लाग्न सक्दछ I तर हृदयको पवित्रताको बोध केवल बुद्धले मात्र गराउन सक्ने छन् I सुन्दरता यदि महत्वपुर्ण विषय हो भने बुद्ध प्रसङ्ग विहिन हुने छैनन I त्यसैले "सत्यम् , शिवम्, सुन्दरम" भनिएको हो कि?

रामायणमा एउटा प्रसङ्ग छ I रावण मरणासन्न अवस्थामा पुगेपछि भगवान रामले लक्ष्मणलाइ रावणसंग अर्ति लिन पठाउंछन् I उनलाई लाग्दछ शत्रुनै भएपनि रावण अदम्य शक्ति, साहस, क्षमता र नीतिशास्त्र बुझेका मान्छे हुन् I उनि विदा हुदैछन I उनको जीवनको शिक्षा उनीसंगै खेर जानु हुदैन I

दाजैको आज्ञा पालन गर्न गएका लक्ष्मणलाइ युद्धमा ढलेका रावणले दुखेसो गर्दछन: "हे लक्ष्मण, मलाई लंकाको चारैतिरका सय योजन समुद्रको पानि गुलियो पार्ने मन थियो I म मेरो सुनको लंका हर्हरी वासना आउने बनाउन चाहन्थे I जिउंदै स्वर्गजाने भर्यांग तयार हुनै लागेको थियो I मैले मृत्युलाई पनि बसमा गर्न सक्ने थिएँ I तर यस्ता जाबो काम भनेर मैले बेलैमा गरिन, सिध्याइन I आज पुरा गर्न सक्ने यी सबै ईक्षा मेरा लागि अतृप्त ईक्षा भए I

त्यसैले अर्ति लिन आएका लक्ष्मनलाइ उनले भने - कुनै कामलाई सानो नमान्नु I राम्रो कुरा जतिसक्दो चांडो गर्नु पर्छ - शुभस्य शीघ्रम् । आफ्नो शत्रुलाइ कहिल्यै आफु भन्दा सानो नभन्नु I मैले यिनै भुल गरे I मैंले जसलाई साधारण बाँदरभालु भने, उनीहरुले मेरो सम्पूर्ण सेनालाइ सिध्याईदिए । मैंले ब्रह्माजीसंग तपश्याको बलमा अमरताको वरदान माग्दा मान्छे र बाँदरभालु बाहेक कसैले मेरो वध गर्न नसकोस भन्ने दम्भपूर्ण वर् मागे I मलाइ मान्छे र बाँदरभालु दुवै तुच्छ लाग्दथे । मेरो बलका अगाडी यी के हुन् र ? भन्ने लाग्दथ्यो । म बाट ठुलो गल्ति भयो I आफ्नो सुत्रहरु पनि अरुलाई भन्नु हुदैनथ्यो I मैले आफ्नो मृत्युको सुत्र भाई विभिशणलाइ भन्नु हुन्थेन I गल्ति गरे, भाइले पनि दगा गर्यो I तिमीहरुलाई पोल लगायो ... इत्यादि I यो त तिन हजार बर्ष पहिले लेखिएको राम कथाको कुरा भयो I अव पुराना लाग्दछ I