सूर्यप्रसाद कोइराला, खेमराज ज्ञवाली, मन्जु मरासिनी, सीता बास्तोला (कोइराला), सुशासनका लागि न्याय प्रशासन सम्बन्धी नवीन दृष्टिकोण (काठमाण्डौः मन्जु मरासिनी र सीता बास्तोला (कोइराला), २०७०)

शुभकामना

न्याय प्रशासनका क्षेत्रमा चलाइरहनु हुने विद्वान लेखकहरुद्वारा रचना गरिएको प्रस्तुत "सुशासनका लागि न्याय प्रशासन सम्बन्धी नवीन दुष्टिकोण" नामक पुस्तक प्रकाशन हुनु प्रशांसनीय कार्य हो । नेपालमा न्याय प्रशासनका क्षेत्रमा कमैमात्र कलम चल्ने गरेको सन्दर्भ र सुशासनलाई केन्द्र बनाई प्रकाशित हुन लागेको प्रस्तुत पुस्तकको महत्व विद्यमान संक्रमणकालमा अझ बढी हुने विश्वास लिएको छु । न्याय प्रशासनका क्षेत्रमा निरन्तर क्रियाशिल जनशक्तिको भूमिकालाई समसामायिक बनाउन कार्यसम्पादन पद्धतिलाई आधुनिकीकरण, कम खर्चिलो, कम समयमा गर्न सकिने तुल्याउन जरुरी छ । न्याय र कानूनका क्षेत्रमा अध्ययन अनुसन्धान गर्न चाहने सबै सरोकारवाला तथा अन्य जोसुकै जिज्ञासुहरुका लागि यो पुस्तक उपयोगी, सूचनामूलक एवं संग्रहणी रहेको ठानेको छु ।

न्याय प्रशासनका क्षेत्रमा निरन्तर कलम चलाइरहनु हुने लखकहरुले गत वर्ष "न्याय प्रशासंनका विविध पक्षहरु" नामक कृति प्रकाशन गर्नु भएकोमा छोटो समय भित्रै दोस्रो पुस्ताककारुपमा प्रस्तुत कृति प्रकाशन गर्न लागेको थाहा पाउँदा निजहरुको लगन, मेहनत, ज्ञान र निरन्तरको प्रयासलाई पंशंसा गर्न चाहन्छु । न्याय र कानूनको क्षेत्रमा निरन्तर क्रियाशिल एवं फौजदारी विधिशास्त्रका क्षेत्रमा व्यावसायिक, ज्ञान, सीप र क्षमता अभिबृद्धि गरी सेवा प्रवाहमा प्रभावकारिता त्याउंनको लागि लवेखकहरु प्रयासरत निखारता ल्याउन सघाउ पुग्ने दिखिन्छ । साथै सिर्जनशिल एवं बौद्धिक कार्यहरुको माध्यमबाट समाजलाई आप्mनो छुट्टै चिनारी र मयौदा कायम गर्दै जानमा यस्ता प्रकाशनले अवश्य पनि मद्दत गर्नेछ । नेपालको कानूनी साहित्यको फाँटमा यस प्रकाशनले दरिलो उपस्थिति जनाउने कुरामा म विश्वस्त छु ।

प्रस्तुत पुस्तक लेखन र प्रकाशन समेतका लागि लेखकहरुलार्य बधाई दिदै आगामी दिनमा पनि यस प्रकारका सचनात्मक कार्यका लागि उहाँहरुको हौसला कायम रहिरहोस् भन्ने शुभकामनाका साथै प्रस्तुत पुस्तक प्रकाशनको सफलताको कमना व्यक्त गर्दछु ।

(दामोदरप्रसाद शर्मा)
(का.मु) प्रधान न्यायाधीश)

 

 


Head Section

Recent Quick Comments

- [See All]

निर्वाचन क्षेत्र निर्धारण आयोगद्वारा निर्वाचन क्षेत्र निर्धारण


2017-08-30
काठमाडौँ, १४ भदौ - जनसंख्यालाई मुख्य आधार बनाएर प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनका लागि क्षेत्र न...

Recent Legal Developments

- [See All]

स्थानीय निर्वाचनसम्बन्धी सबै विधेयक पास


2017-02-02
माघ २०, २०७३- व्यवस्थापिका संसदले आज स्थानीय निर्वाचनसम्बन्धी विधेयक पास गरेको छ । योसहित नेपालको संविधान २०७२ अ...

Recent TV Interview

- [See All]

Nepali-English Constitutional Legal Dictionary

Find Bipin Adhikari on

Bipin Adhikari Official Twitter Page Bipin Adhikari LinkedIn Bipin Adhikari on Youtube

Quick Links

Nepal Consulting Lawyers Inc
B. P. Koirala Archives & Records
Head Section