Letters
Print Friendly and PDF

  • "बिपीको पत्र रमेशनाथ पाण्डेलाई" - वीपी कोइराला (मिति : २०७० मंसिर २९, शनिबार)

    आज शिवरात्रिको महान् पर्व हो। मजस्तो अनिश्वरवादी पनि आजको धूमधाम असंख्य विश्वासविमग्न मानिसहरूको स्तुति पाठ, पूजाआराधना, गायनवादन र रोदनको ठूलो चहलपहलबाट अप्रभावित रहन सक्दैन। कुन श्रद्धाको स्रोत मानिसको अन्तरहृदयमा सरस्वतीजस्तो अदृश्य भएर प्रवाहित भइरहेको छ, जसमा वेसुध भएर मानिस युग-युगान्तरदेखि बग्दो छ, बग्दो छ। श्रद्धा र विश्वासको यत्रो सहज दृश्यका सम्मुख नास्तिकताको स्थापना दर्प र अहंकारको भंगीजस्तो लाग्छ।

    तिम्रो आज जन्म दिवस पनि हो। तिमीले कुन प्रज्ञात चातुर्यद्वारा आजको बडा दिनमा पृथ्वीमा अवतीर्ण हुने निधो गर्‍यौ? तेसैले- जसले तिमीलाई आफ्नो जन्म दिवस रोजायो- तिमीलाई जीवनमा बडाबडा कार्यपट्टि अग्रसर गराइरहने छ। तिमीलाई मेरो आशीर्वाद छ- ठूलोठूलो भए। कुनै प्रकारको नि नता र तुच्छताले तिमीलाई स्पर्श गर्न नसकोस्।

    सत्य या असत्य के हो तेसको चर्चा या अनुसन्धानपट्टि मात्र मानिस लागिरह्यो भने ऊ रहस्यवादको लोकमा पुग्छ जहाँको प्राप्ति, देखिने नदेखिने, बुझिने नबुझिने, प्रकाश र छायाँको द्वाभामा झुलुक्क हुने र नि ने कुनै वस्तु भेट्टाएको जस्तो भान, अनुमान र अनुभवको हलुको स्पर्श मात्र हुन्छ। जीवनमा तेस्तो परास्तकारी रहस्यवादको स्थान होला। तर आज तिमीलाई यौटा कुरा सम्झाउन चाहन्छु। त्यो के हो भने, तिमी कर्तव्यशीलताको आधार रहस्यवादी लोकको कुनै मापमा नभएर, दैनिक जीवनमै उपलब्ध हुने वस्तुमा नै अडोस्।

    कन्फ्युसियसको भनाइ छ कि मानिस उसको आचरणको संज्ञा हो र आचरणबाट उसको पहिचान हुन्छ। तेसो हुनाले मानिसले कस्तो आचरण गर्ने भन्नेमा उनको उपदेश छ कि तिमीले अरूका प्रति तेस्तै आचरण गर जस्तो तिमी अरूद्वारा आफ्नाप्रति चाहन्छौ। कान्टले पनि पछि जीवनको यै सिद्धान्तलाई प्रतिपादन गरेका थिए। नैतिकताको योभन्दा भरपर्दो अर्को सिद्धान्त छैन, जसलाई जीवनमा प्रयोग गर्न सकिन्छ। आजको दिन तिमीलाई आशीर्वाद पठाउँदा यो व्यावहारिक दर्शन र नैतिकताको उपदेश पनि पठाइरहेको छु।

    मेरो स्वास्थ्य बडो राम्रो छ। वजन यता एकडेढ महिनादेखि लिएको छैन, तेसो हुनाले यता म बढेको छु कि छैन त्यो त भन्न सक्दिनँ तर स्फूर्ति छ मलाई। ले न पनि मन लागिरहेको छ। म आफ्नो जीवनगाथा पनि लेख्दैछु तर तेसमा मलाई उति दिलचस्पी लागिरहेको छैन। यद्यपि म आफ्नो जीवनीलाई ५० वर्षको नेपालको राजनीतिक सामाजिक इतिहासको पृष्ठभूमिमा टाँसेर तेसलाई केही तटस्थतासँग अध्ययन गरिरहेछु र तसर्थ यस्तो केही मूल्य हुन जाला जस्तो लाग्छ, तर मेरो जीवन त अझै निर्मित हुँदैछ जसले कुनै स्पष्ट मूर्तिमा आकार ग्रहण गरिसकेको छैन।

    प्रति नयाँ वर्षले पहिलेका वर्षहरूलाई या त गलत या निष्प्रयोजनीय र अप्रासंगिक पार्दै जान्छ। तैपनि तिम्रो आग्रहमा आत्मकथामा पनि हात हालेको छु। मलाई लाग्छ, म नेपाली समाजको संक्रमणकालमा जीवित छु र मेरो जीवनी तीन पिँढीमा फैलिएको छ- एक त आफ्नै पिँढी, अर्को मेरो पिताजीको र तेस्रो मेरा छोराहरूको अर्थात् बिलाउन लागेको समाजलाई पनि मैले देखेँ र त्यहाँ पनि मैले सास फेर्ने मौका पाएँ, र निर्मित हुन लागेको समाजको गठनमा पनि, मेरो सानो योगदान रह्यो।

    तेसो हुनाले एक दृष्टिमा यानि आँखाको एक घुमाइमा- म ५० वर्षको नेपालको बदलिँदो इतिहासलाई टिप्न सक्छु। आत्मकथामा तेस्कै प्रयत्न गर्दैछु। तर, धेरै मेहनत लाग्ने भएको छ। ऐले त भरखर प्रार भमात्र गरेको छु। म आउने आश्विनमा ४९ वर्ष पूरा गरेर ५० वर्षमा प्रवेश गर्छु। तिमीले केही वर्षलाई केही घटाएर लेखेका थियौ, तेसो हुनाले सच्याई पठाएको छु।

    तिमीले आफ्नो चिठ्ठीमा यौटा बडो रोचक प्रश्न उठाएका छौ कि प्रत्येक रामचन्द्रले किन वनवास जानुपर्ने, प्रत्येक क्राइस्टले किन सुली चढ्नुपर्ने, प्रत्येक गान्धीले किन हत्याराको सिकार हुनुपर्ने? उत्तर म पनि खोजिरहेको छु। मलाई लाग्छ, तेस्को कारण समाजको द्विपक्षीय तानातान हो। समाजको एक पक्ष छ यथास्थितिताको ठूलो भार जसले समाजलाई एक ठाउँमा अड्याएर राखेको छ। समाजको साधारण दैनिक जीवनको एकनासको read more...