Miscellaneous
Print Friendly and PDF

  • "बीपीको सपना" - रामचन्द्र पौडेल

    नेपाललाई निरङ्कुश जहानियाँ शासन र सामन्ती युगबाट लोकतान्त्रिक र आधुनिक युगमा प्रवेश गराउने २००७ सालको जनक्रान्तिका नायक विश्वेश्वरप्रसाद कोइरालाको यस वर्ष हामी जन्म शताब्दी मनाइरहेका छौं । नेपालको इतिहासमा २००७ सालको जनक्रान्ति, राजनीतिक, आर्थिक र सामाजिक तीन वटै अर्थमा एउटा युगान्तकारी घटना थियो ।

    १. त्यो जनक्रान्तिले एउटा परिवारमा सीमित नेपालको राज्यसत्तालाई आम नेपाली जनताको पहुँचमा ल्यायो, लोकतन्त्रको सूत्रपात गरायो ।

    २. मुखिया, जिम्मुवाल, जमिनदार र विर्तावाल हुँदै श्री ३ को 'बाहुली दाखिला हुने' थैली प्रथाद्वारा आम जनताको चरम आर्थिक शोषणलाई चुनौती दिने कामको ठोस प्रारम्भ त्यहींबाट भयो । र, ३. नेपाली समाजमा कुसंस्कार बनेर रहेका छुवाछूत, पंक्तिभेद र जातिभेदजस्ता अनेकौं सामाजिक असमानता र भेदभावका विरुद्ध गम्भीर प्रहार गर्दै ती अनेक कुरीति, कुप्रथा र अन्धविश्वासलाई समाजबाट हटाउने काम त्यही जनक्रान्तिबाट सुरु भयो । त्यो युगान्तकारी र मौलिक परिवर्तनको मूल स्वप्नद्रष्टा हुनुहुन्थ्यो-जननायक बीपी कोइराला ।

    बीपीको सपना थियो- पूर्णलोकतान्त्रिक नेपाल, आधुनिक समतामूलक समृद्ध नेपाल । सबै नेपालीको न्यूनतम आवश्यकता पूरा भएको सुसभ्य नेपाल । सबै घरपरिवारलाई खान, लाउन पुग्ने स्वतन्त्र र आत्मनिर्भर नेपाल । एकै शब्दमा भन्नुपर्दा प्रजातान्त्रिक समाजवादी नेपाल ।

    १५ वर्षमा सबै नेपाली परिवारलाई आफ्नै परिवार सरहको हैसियतमा पुर्‍याउने बीपीको त्यो सपना १८ महिना नपुग्दै २०१७ साल पुस १ गते राष्ट्रघाती घटनाद्वारा भताभुंग पारियो । तत्पश्चात तीस वर्षसम्मको निर्दलीय तानाशाही पञ्चायतको विरोध संघर्ष गर्दै २०४८ मा आएर दोस्रो जननिर्वाचित सरकारद्वारा त्यसलाई पुन: जोडजाड गर्ने प्रयासस्वरूप प्रत्येक गाउँघरलाई बाटो, बिजुली, पानी, शिक्षा, स्वास्थ्य, सञ्चारजस्ता परिवर्तित अवस्थाअनुसारका न्यूनतम आवश्यकता पूरा गराउने ग्रामीण स्वावलम्बनको थालनी भयो । तर त्यसउपर पनि २०५२ सालबाट सुरु भएको दस वर्षीय सशस्त्र आतंकले गम्भीर प्रहार गर्‍यो । बीपीको सपनालाई दोस्रोपटक क्षतविक्षत पारियो ।

    जसको परिणाम आज पर्यन्त नेपालीहरू गरिबी र बेरोजगारीको अपमानजनक पीडा भोग्न बाध्य छन् । उनीहरूले अरबका खाडी र मलेसियाका झाडीमा भौंतारिरहनुपरेको छ, अनेकौं अपमान र बेइज्जती खेप्नुपरेको छ । यो नियति हाम्रोमात्र हैन, आजको भारत, बंगलादेश र दक्षिण एसियाले नै लगभग बेहोर्नुपरेको छ । र, हामीले अनेक व्यवधान बेहोर्नु परिरहेछ । जहाँसम्म नेपालको सन्दर्भ छ- नेपाललाई सधैं म ताक्छु मुढो, बञ्चरो ताक्छ घुँडो भइरहेछ । परन्तु जतिसुकै र जतासुकै प्रहार खप्नुपरे पनि हामीले गरेको त्यो संकल्प- 'बीपी तिम्रो सपना साकार पार्छौं' भन्ने दृढ प्रतिबद्धताबाट हामी पछि हट्ने छैनौं । हामी विचलित छैनौं । त्यो सपनाको मर्म हामीले बुझेका छौं । महसुस गरेका छौं र अठोट पनि गर्दछौं । अब नेपाल बनाउने बेला पुन: आएको छ । कृषि क्रान्ति, पर्यटनको विस्तार, जलस्रोतको विकास र आधुनिक न्यूनतम सुविधाहरू पुगेका चार हजार गाउँहरूको नेपाल । बीपी भन्नुहुन्थ्यो- 'नेपाल गाउँमा बस्छ, सबै गाउँमा आधुनिक सुख सुविधाहरू पुर्‍याएर गाउँबाट विचिलित भएको मनलाई गाउँमै बसौंबसौं हुने बनाऔं ।

    हिमाल, पहाड, मधेस-तराई, कोही छैन पराई । बीपीले लोकतन्त्रको विगुल तराईको मैदानमा उभिएर फुक्नुभयो र त्यो विगुलको आवाज पहाडका कुनाकन्दरा र खोलानाला हुँदै हिमालको चुचुरा र सगरमाथासम्म पुग्यो । बीपीको जन्म शताब्दी मनाउँदै गर्दा हामी उहाँको पदचिह्नलाई समाउँदै एउटा मजदुरको वेदना छातीमा बोकेर विराटनगरको जुट मिलबाट मधेसका गाउँहरूका किसानको कठिनाइ मनमस्तिष्कमा समेट्दै गहु्रँगो भारी बोकेर पहाडको उकालो ओरालो खेपिरहेको भरियाको... read more