Religion
Print Friendly and PDF

"आज शिवरात्रिको महान् पर्व हो। मजस्तो अनिश्वरवादी पनि आजको धूमधाम असंख्य विश्वासविमग्न मानिसहरूको स्तुति पाठ, पूजाआराधना, गायनवादन र रोदनको ठूलो चहलपहलबाट अप्रभावित रहन सक्दैन। कुन श्रद्धाको स्रोत मानिसको अन्तरहृदयमा सरस्वतीजस्तो अदृश्य भएर प्रवाहित भइरहेको छ, जसमा वेसुध भएर मानिस युग-युगान्तरदेखि बग्दो छ, बग्दो छ। श्रद्धा र विश्वासको यत्रो सहज दृश्यका सम्मुख नास्तिकताको स्थापना दर्प र अहंकारको भंगीजस्तो लाग्छ।"