Secularism
Print Friendly and PDF

  • "राजा महेन्द्र, योगी नरहरिनाथ र २०१७ साल पौष १ गते" - दीर्घराज प्रसाई (०५ पौष २०६९)

    आगामी आइतबार पौष १ गतेको ऐतिहासिक दिने हो । पौष १ गते भनेपछि कति आक्रोसित हुन्छन् कति खुसी हुन्छन् । पौष १ गते नेपाल अधिराज्य र प्रवासका पौष १ गते राजा महेन्द्रको कदमको स्वागत गर्देहर नेपालीका घर–घरमा स्वइच्छाले खुसीयालीकासाथ दिवावली बनाए । सत्तामा रहेको नेपाली कांग्रेसको सत्ता, नेता तथा कार्यकर्ता हेरेका हे¥यै भए । नेपालको इतिहासको यो महान कदम थियो । वास्तवमा पौष १ गतेको त्योबेलाको कदम नेपाली कांग्रेसको बिरुद्धमा नभएर भारतीय हस्तक्षको बिरुद्ध केन्द्रीत थियो । राजा महेन्द्रले त्यसबेला त्यो कदम नचालेको हुँदो हो त सिक्किम भन्दा पहिला नेपालको अस्तित्व निमिटयान्न पार्ने भारतको दाउ थियो । त्यसैले त्यो अनिवार्य थियो । खैर– २०१७ साल पौष १ गते राजा महेन्द्रबाट चालेको ऐतिहासिक कदम राम्रो–नराम्रो जे जस्ता मूल्यांकन गरिएता पनि त्यसको कारक न राजा महेन्द्र हुन् न योगी नरहरिनाथ हुन् । कांग्रेसी कार्यकर्ताहरूको घमण्ड, चुरिफुरी, षडयन्त्र एवं ब्याप्त भ्रष्टाचारको कारणले एकबर्ष नपुग्दै कांग्रेसको सत्तासँग जनता वाक्क भइसकेका थिए । प्रधानमंत्री बीपी कोइराला लगायत कांगे्रसी मंत्रिहरूलाई नचाहिदा झुठा कुरा लगाएर राजा र कांग्रेस बीच फाटो ल्यायने काम कांग्रेसी कार्यकताृहरूले गरेकाले वास्तविकता नबुझी बीपी कोइराला बिस्तारै राजा बिरोधी हुन पुगेका थिए । वास्तवमा बीपीलाई आदर गर्ने मध्येमा राजा महेन्द्र मानिन्थे । बीपीको पनि राजा महेन्द्रसँग नराम्रो संवन्ध थिएन । तर बिस्तारै कांग्रेसी कार्यकर्ताहरूको चुरिफुरी र आडम्वरले कांग्रेस आफै अलोकप्रिय हुनलागेको थियो । उता भारतीय बिस्तारवादको बढ्दो हस्तक्षेपले नेपालको अस्तित्व खतरामा थियो । त्यसमा कारक बन्न पुग्यो योगी नरहरिनाथको सक्रियता । नेपाली कांग्रेस समाप्त पार्न योगी नरहरिनाथलाई राजाले अधिकारपत्र दिएर पठाएका छन् भन्ने झुठो आरोप बीपीलाई सुनाइएको थियो ।

    २०१७ साल साउन महिनामा नेपाली कांगे्रसका कार्यकर्ता भनिएका तर गोर्खापरिषदका व्यक्तिको नेतृत्वमा गोर्खामा ठूलै लुटपाट मच्चियो । नेपाली कांगे्रसका कार्यकर्ताहरूको थिचोमिचो पनि बढदै गएको अवस्थामा कर्मवीर महामण्डलका अध्यक्ष योगी नरहरिनाथ पनि असोजतिर गोर्खा पुगेका थिए । २०१७ साल कार्तिक ९ गते दिउँसो ३००० जति मानिसहरूको जुलुस कर्मवीर महाँमण्डलको झण्डा लिई "नेपाली कांगे्रस ध्वोका हो, पक्षपाती सरकार मान्दैनौं" भन्ने कांगे्रस विरोधी कडा नारा लगाउँदै अड्डा अगाडि जुलुस आउँदा प्रहरीहरूसंग भिडन्त भई ढुङ्गामुडा लाठी चार्जपछि गोलीकाण्ड भयो जस्मा ७ जना ठहरै मरेको र १० जना गोलीबाट घाइते र ७ । १० जनाको हातखुट्टा भाँचिएकाले सम्हालिन नसक्ने आतङ्कको सिर्जना भयो । यी सबैकुरा योगी नरहरिनाथको उघ्र भाषणको कारणले भएको भनियो । कार्तिक ९गते गोर्खाकाण्ड भयो । नरहरिनाथलाई पक्राउ गर्ने आदेश पनि भयो । तर गोर्खामा योगीजी कतै भेटिएनन् । गोर्खाकाण्ड भएको तेस्रोदिनमा योगी नरहरिनाथ जम्लामा देखिएको हल्ला आयो । जवकि कस्सिएर हिडदा गोर्खाबाट जुम्ला पुग्न १० दिन लाग्छ भने कसरी योगीजी पुग्नु भयो ? यसैमा फेरि सबै रुमल्लिए । योगीजीलाई कत्तिले उठ्नसक्ने क्षमता थियो पनि भन्ने गर्थे ।

    २०१७ साल काण्ड हुन जाने कारणको एक घटनाको संझना आउँछ । राजा महेन्द्र बेलायत गएको अवस्थाछ । 'योगीलाई कांगे्रस मास्न राजदरबारले लिखत दिएर पठाएको छ' भन्ने झुठा रिपोर्ट वि.पी.का कानमा पार्न थालेकाले वि.पी. पनि त्यही कुरालाई विश्वास गरेर बोल्न थाल्नु भएको र बेलायतबाट राजा महेन्द्र फर्केर आएपछि योगीसँग मुछेर प्रधानमंत्रीले दिएका वक्तव्यहरू संवन्धमा राजा महेन्द्रलाई चित्त नबुझेकाले प्रधानमंत्रीलाई बोलाएर (बेलायतबाट ल्याएका उपहार श्रीमती प्रधानमंत्री सुसिलालाई छालाको ब्याग, विपीलाई टेपरिकर्डर,घडि, ब्रास्लेट राजाले दिदै) पौष १ गते भन्दा दुईदिन अगाडि राजाले सोधेको कुरालाई लिएर वि.पी.ले आफ्नो आत्मवृत्तान्तमा भनेकाछन्– 'तपाईले हामीलाई किन मुछ्नु भो त्यो जोगीकाण्डमा ? वीना प्रमाण किन वक्तव्य दिनु भयो ? हामीलाई दोष लगाउनु भयो ?' 'सरकार ! मैले होइन जोगीले मुछेको छ । जोगीलाई कारवाही हुँदैछ ।' 'तपाईले त्यो कारवाही हुँदाहुँदै किन पब्लिक वक्तव्य दिनु भयो ?' भनेर राजाले गुनासो गरेको कुरालाई लिएर वि.पी.ले भनेकाछन्– 'महाराजाधिराजले मलाई आदेश बक्सेकोछ कि यो धर्म नमान्ने प्रधानमंत्री र त्यसको सरकारको विरुद्ध बिद्रोह गरेहुन्छ भनीकन उ हिडथ्यो ।' राजा महेन्द्र र प्रधानमंत्री ...read more