BP Koirala Archives and Records

“प्रजातान्त्रिक समाजवाद (नेपालको सन्दर्भमा)”, विश्वेश्वरप्रसाद कोइराला, विश्वेश्वरप्रसाद कोइराला–राजनीतिक अभिलेख (काठमाडौँ: विद्यार्थी पुस्तक भण्डार, २०६६)

सान्दाजु, सबैजना आफूलाई समाजवादी भन्दछन्, तर समाजवाद भनेको के हो ? भारत, चीन, रुस, नेपाल र अमेरिकाको समाजवादमा के भिन्नता छ ? जनताको महान् आन्दोलनलाई समानताको प्रेरणा दिने समाजवादको एउटा मुख्य लक्ष्य छ । समानता भन्नुको तात्पर्य राजनीतिक तथा आर्थिक समानता हो । समाज दैवीसंरचना होइन, त्यो शुद्ध भौतिक व्यवस्था[…]

Read more

“राष्ट्रियताः नेपालको सन्दर्भमा”, विश्वेश्वरप्रसाद कोइराला, विश्वेश्वरप्रसाद कोइराला–राजनीतिक अभिलेख (काठमाडौँ: विद्यार्थी पुस्तक भण्डार, २०६६)

‘राजा अत्याचारी, निरङ्कुश र घोर जनविरोधी भए पनि राष्ट्रवादी त हो नि ।’ २०१७ सालको काण्ड भइसकेपछि पनि एकजना सज्जनले मसँग यस्तो तर्क पेस गरे । म एकछिन स्तम्भित भएँ र उनको मुख हेर्न थालेँ । ती विद्वान् सज्जनको चिन्तनलाई २०१७ सालको काण्डले कुनै प्रभाव नपरेको देख्दा र जनताका मौलिक[…]

Read more

“प्रजातन्त्र समाजवादको अभिन्न अङ्ग”, विश्वेश्वरप्रसाद कोइराला, विश्वेश्वरप्रसाद कोइराला–राजनीतिक अभिलेख (काठमाडौँ: विद्यार्थी पुस्तक भण्डार, २०६६)

प्रिय तरुण साथीहरु, तरुण दलको सम्मेलन उद्घाटन गर्न पाउँदा मलाई बडो खुसी लागेको छ । तपाईको संस्थाको लक्ष्यतर्फ ध्यान दिँदा अनिवार्य रहेको स्वतः स्पष्ट हुन्छ । सम्भवतः यो सम्मेलन देशको राजधानीमा पहिलोपटक भएको सम्मेलन हो । यसमा भाग लिन देशका विभिन्न क्षेत्रबाट नवयुवकहरु आएका छन् । तपाईहरुले समाजवाद तथा प्रजातन्त्रका[…]

Read more

“स्त्री–पुरुषको सम्बन्धका बारेमा”, विश्वेश्वरप्रसाद कोइराला, विश्वेश्वरप्रसाद कोइराला–राजनीतिक अभिलेख (काठमाडौँ: विद्यार्थी पुस्तक भण्डार, २०६६)

माननीय अध्यक्षज्यू, अहिले सभामा छलफल भइरहेको विषयमा केही विचार व्यक्त गर्न म पनि उभिएको छ । जहाँसम्म स्त्री र पुरुषको सम्बन्ध… । यो मेरो व्यक्तिगत विचार हो । तर, स्त्री–पुरुषको सम्बन्धलाई नियन्त्रणमा राख्ने उपायको प्रश्न आएको छ , विवाह, पारपाचुके तथा विवाहसम्बन्धी सबै व्यवस्थाहरुको मुख्य लक्ष्य यस सम्बन्धलाई कसरी नियमित[…]

Read more

“प्रजातन्त्र दिवसको सन्देश”, विश्वेश्वरप्रसाद कोइराला, विश्वेश्वरप्रसाद कोइराला–राजनीतिक अभिलेख (काठमाडौँ: विद्यार्थी पुस्तक भण्डार, २०६६)

दाजुभाइ, दिदीबहिनी, प्रजातन्त्र दिवसको उपलक्ष्यमा मनाइने आजको राष्ट्रिय पर्वमा म तपाईहरु सबैमा आफ्नो अभिनन्दन पु¥याउन चाहन्छु । आज त्यो हर्ष र उल्लासको दिन हो, ९ वर्षअघि यही दिन नेपालले पुरानो तानाशाही व्यवस्थालाई फ्याँकेर आधुनिक र युगसुहाउँदो व्यवस्था ल्याउने प्रयत्नमा पहिलो कदम चालेको थियो । हामी सबै नेपालीलाई यो दिन वर्षेनी[…]

Read more

“२०१५ सालको चुनावको राजनीतिक पृष्ठभूमि”, विश्वेश्वरप्रसाद कोइराला, विश्वेश्वरप्रसाद कोइराला–राजनीतिक अभिलेख (काठमाडौँ: विद्यार्थी पुस्तक भण्डार, २०६६)

२००७ सालको क्रान्तिको प्राथमिक उद्देश्य त्यस्तो राजनीतिक व्यवस्थाको अन्त्य गर्नु थियो, जुन व्यवस्थामा एउटा परिवारको मात्र स्वार्थसिद्धि सम्भव थियो । राणाहरुले देशमा तानाशाही स्थापित गरेर राजादेखि रङ्कसम्म सबैलाई एकप्रकारले बन्दी तुल्याएर राष्ट्रको प्रशासनयन्त्रलाई स्वार्थसिद्धिको साधन बनाएका थिए । राजालाई दरबारमा जस्तै भोगविलास उपलब्ध भए पनि उनीसमेत एउटा सम्मानित कैदी मात्र[…]

Read more

“प्रजातन्त्रका चुनौति”, विश्वेश्वरप्रसाद कोइराला, विश्वेश्वरप्रसाद कोइराला–राजनीतिक अभिलेख (काठमाडौँ: विद्यार्थी पुस्तक भण्डार, २०६६)

राष्ट्रियता, स्वतन्त्रता, सामाजिक न्याय मानिसका यी तीनवटा आधारभूत चाहनालाई एकीकृत रुपमा स्थान दिने राजनीतिक अवधारणा नै प्रजातन्त्र हो । कमसेकम एसियाली धारणामा त प्रजातन्त्र भनेको त्यही नै हो । तसर्थ, नेपालको सन्दर्भमा प्रजातन्त्रको व्यावहारिक दृष्टिबाट विवेचना गर्दा यी तीनवटा तत्वहरुतर्फ एकीकृत रुपमा ध्यान केन्द्रित हुन्छ । यी तत्वमध्येको राष्ट्रियता त्यस्तो[…]

Read more

“पहाडे वा मधिसे भावनाले मुलुकको उन्नति हुँदैन”, विश्वेश्वरप्रसाद कोइराला, विश्वेश्वरप्रसाद कोइराला–राजनीतिक अभिलेख (काठमाडौँ: विद्यार्थी पुस्तक भण्डार, २०६६)

साथीहरु, जय नेपाल ! हाम्रो मुलुकमा ठूलो परिवर्तन आएको कुरा मैले भनिरहनु पर्दैन । धेरै कालदेखि रहेको एकतन्त्रीय सरकार समाप्त भएर प्रजातान्त्रिक सरकारको सुत्रपात भएको छ । यो परिवर्तन अति छोटो र अति ठूलो भएको हुँदा धेरै यसको महत्व अझै बुझ्न सकेका छैनन् । त्यसो हुँदा राजनीतिक क्षेत्रमा भएको उथलपुथलअनुरुप[…]

Read more

“हाम्रो साधन”, विश्वेश्वरप्रसाद कोइराला, विश्वेश्वरप्रसाद कोइराला–राजनीतिक अभिलेख (काठमाडौँ: विद्यार्थी पुस्तक भण्डार, २०६६)

मैले एउटा पछिल्लो लेखमा हाम्रो लक्ष्यमाथि प्रकाश पार्ने प्रयत्न गरेको थिएँ । त्यसमा मैले नेपाली राष्ट्रिय कांग्रेसको तात्पर्य के हो भन्ने स्पष्ट पारेको छु । प्रस्तुत लेखमा हाम्रो साधनका बारेमा केही भन्न गइरहेको छ । हामी आफ्नो ध्येयसम्म कुन बाटोबाट पुग्ने ? यस सम्बन्धमा अहिलेसम्म नेपाली राष्ट्रिय कांग्रेसका जति साहित्य[…]

Read more

“हाम्रो ध्याय”, विश्वेश्वरप्रसाद कोइराला, विश्वेश्वरप्रसाद कोइराला–राजनीतिक अभिलेख (काठमाडौँ: विद्यार्थी पुस्तक भण्डार, २०६६)

नेपाली राष्ट्रिय कांग्रेसको ध्येयका सम्बन्धमा अझैसम्म पनि भ्रम रहेको बुझिन्छ । वर्तमान शासन–पद्धतिद्धारा आफ्नो स्वार्थसिद्ध गर्न पाइरहेका हाम्रा विरोधीहरुले हामीमाथि लगाएको आक्षेपको यहाँ जवाफ दिन म आवश्यकता ठान्दिनँ । तर, धरैजसो इमान्दार मानिसहरु पनि हाम्रो ध्येयका बारेमा स्पष्ट घोषणा सुन्न चाहन्छन् । उनीहरुको भनाइ छ हाम्रो उत्तरदायी शासनको लक्ष्य स्पष्ट[…]

Read more