प्रारम्भिक मस्यौदाले जगायो संविधान निर्माण आधार

काठमाण्डु, १७ असार – आठ वर्षको लामो प्रयासपछि मुलुकको भाग्य र भविष्यको फैसला गर्ने मूल कानुन संविधानको पहिलो मस्यौदा संविधानसभामा प्रस्तुतिपछि संविधान निर्माणको आधार तयार भएको छ ।

ढिलै भए पनि संविधानको प्रारम्भिक मस्यौदा आउनु सकारात्मक भएको र त्यसले संविधान लेखनको औपचारिक प्रक्रिया सुरु भएकाले जनतामा आशाको सञ्चार जगाएको संवैधानिक कानुनका जानकारहरूले बताएका छन् । संवैधानिक कानुनका जानकार भीमार्जुन आचार्यले संविधानको प्रारम्भिक मस्यौदाले संविधान लेखनको ढोका खुलेकाले बताए । उनले मस्यौदा लामो भएकाले कार्यान्वयनमा कठिनाइ हुन सक्ने बताए ।

संवैधानिक कानुनका अर्का जानकार डा विपिन अधिकारी संविधानको मस्यौदा आउनु उत्साहप्रद भएको र त्यसले एकीकृत रुपमा धेरै विषय समेटेको बताए ।

वरिष्ठ अधिवक्ता हरिहर दाहालले संविधानको पहिलो मस्यौदाले जनतालाई जगाएको र अब संविधान आउने दरिलो आधार तयार भएको बताए ।

उनले मस्यौदाका अधिकांश पक्ष राम्रा भए पनि प्रस्तावनामै संसदीय लोकतन्त्रलाई असंशोधनीय उल्लेख गरिएको भए संसदीय लोकतन्त्रको स्थायित्वका लागि दह्रो आधार हुने प्रतिक्रिया दिए ।

२०७२ असार १७ गते ११:४९ मा प्रकाशित
Kathmandu Today
http://kathmandutoday.com/2015/07/113803.html
Facebook
Twitter
LinkedIn

Related Posts