Warning: Attempt to read property "name" on bool in /home/bipinadh/public_html/wp-content/themes/personal/template-parts/content-single.php on line 13
...
हामीले के गल्ति गर्यौं ?

Warning: Undefined variable $post in /home/bipinadh/public_html/wp-content/themes/personal/functions.php on line 281

Warning: Attempt to read property "ID" on null in /home/bipinadh/public_html/wp-content/themes/personal/functions.php on line 281

Warning: Undefined variable $pinterest_icon in /home/bipinadh/public_html/wp-content/themes/personal/functions.php on line 430

“मलाई यहाँ धेरै विचार गर्दा– घोरिएर सोच्ता पनि यस्तो लाग्दैन कि कुनै भयंकर त्रुटि हाम्रो भएको थियो पार्टी सञ्चालनमा या राजनीतिक निर्णय लिँदा या कुनै राजनीतिक कदम चाल्दा ।”

“त्यसो त ईश्वरमात्रै गल्ती नगर्ने क्षमता राखेको तत्व मानिएको छ; मानिसलाई त्यो क्षमता उपलब्ध छैन; त्यसो हुनाले गल्ती भएकै छैन भन्न हुँदैन । तर परिणामबाट निर्णय दिने हो भने– आम–चुनावले यो सिद्ध गरिदिएको थियो कि नेपाली कांग्रेसको राजनीति सफल राजनीति थियो ।”

“आम–जनताको आधारमा प्रजातान्त्रिक पद्धत्तिको राजनीतिको उद्देश्य भएको हाम्रो पार्टीलाई आम चुनावको निःशंक विजय – त्यसको सफलताको ठूलो प्रमाण थियो । पार्टीले ठूला ठूला विरोध राजाका; हिन्दुस्तानका, अरु सबै पार्टीका – को समाना गर्दा – गर्दै पनि प्रायः १० वर्षको वनबास (विल्डरनेस ) मा रहनुपर्दा पनि चुनावमा बहुमत प्राप्त गर्नु पार्टीको सञ्चालनको कुशलता (नेतृत्व) को प्रमाण होइन भने अरु के हो त ?”

‘तर आजको अनुभवबाट तीनओटा त्रुटि म देख्तछु जसमा पहिलो त्रुटि सबभन्दा ठूलो र जसलाई एक दृष्टिबाट अक्षम्य त्रुटि भन्न सकिन्छ –

१) राजनीतिमा सेनाको महत्वपट्टि पार्टी र नेतृत्वले ध्यान नदिनु । हाम्रो जस्तो देशमा विशेष गरेर सेनाको ठूलो महत्व छ– यस अर्थमा कि त्यसमा सजिलैसँग एक वा अर्को पक्षमा लगाउन सकिन्छ । हामीले सेनालाई प्रजातन्त्रको पक्षमा लगाउने प्रयत्न गरेनौं न त– यदि वर्तमान सेनालाई त्यसो गराउन सम्भव थिएन भने त्यसको खतरनाक सम्भावनाको मुकाबिला गर्ने उपायपट्टि हाम्रो ध्यान गएन । यो हाम्रो ठूलो त्रुटि हो जसले गर्दा हाम्रो सारा प्रयास र सफलता अहिले बेकाम साबित भएको छ ।’

२)वनबासको अवधिमा पार्टीको संगठनलाई झन् बढी पार्न सकिन्थ्यो यदि सरकारमा जान पाइन्छ कि भन्ने आशा छाडेर १० वर्षसम्म हामीले संगठन पट्टिमात्र ध्यान दिएको भए । संगठन खुकुलो नै रह्यो, र पार्टी त्यत्रो सुगठित यन्त्र भएन जसमा राजनीतिक, सामाजिक क्रान्तिका लागि पुरा भरोसा गर्न सकियोस् । मेरो अर्थ यो होइन कि संगठन पटक्क निर्मित भएन; भयो राम्रो संगठन भयो जसले चुनावको त्यत्रो विजय प्राप्त गर्न हामीलाई मद्दत दियो, तर अझ सुसंगठित हुन सक्थ्यो ।

३) क्याडर (पार्टीका स्थायी र कर्मठ कार्यकर्ता) को जत्रो ठूलो दल बनाउन सकिन्थ्यो त्यति बनाएनौं । २ र ३ नं.का त्रुटिहरु सामान्य त्रुटि हुन्– मुख्य त्रुटि १ नं.को हो । २ र ३ नं. मा ध्यान दिएको भए पनि १ नं.को त्रुटिलाई नसुधारेको अवस्था परिणाम अन्ततोगत्वा सदृश नै हुनेथियो । कुनै अवस्थामा पनि संगठनको मजबुती र कर्मठ कार्यकर्ताहरुको बाहुल्यले सेनाको मुकाबिला गर्न सक्तैन ।