ऐन्टीडम्पिंग ल को मस्यौदा लगभग तयार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार पारेको सेभ गार्डस्, एन्टीडम्पिङ तथा काउन्टरभेलिङ ऐनको मस्यौदा अन्तिम रायका लागि कानुन मन्त्रालय पुगेको छ।

निर्यातकर्ता मुलुकले उद्योगलाई सहुलियत दिएर सस्तोमा उत्पादन हुने सामग्री नेपाल निर्यात गरी स्वदेशी उद्योगको बजार प्रभावित हुँदै रहेकाले यस्ता कार्यमा नियन्त्रण गर्न सरकारले यो ऐन ल्याउने तयारी गरेको हो। विश्व व्यापार संगठनले निर्धारण गरेको प्रावधानअनुसार ऐनको मस्यौदा तयार गरेको सरकारले भनेको छ I बिना रोकटोक र अनियन्त्रित रूपमा विदेशबाट आयात हुने सामग्री रोकेर स्वदेशी उत्पादनको बजार प्रवद्र्धन गर्न यो ऐनको मस्यौदा गरिएको हो ।

यो ऐन कार्यान्वयनमा आएपछि काउन्डरभेलिङतर्फ स्वदेशी उद्योग तथा तिनका उत्पादनलाई नोक्सानी पुग्ने गरी अन्य मुलुकबाट सामग्री आयात गर्न पाइने छैन ।

वाणिज्य नीति, २०७२ ले घोषित नीतिहरुको कार्यान्वयनको लागि ऐन, नियम, निर्देशिका निर्माण गरी कानूनी व्यवस्था सुदृढ गर्नका लागि (क) क्षेत्रगत रूपमा छरिएर रहेका वाणिज्य सम्बन्धी कानूनहरूलाई नेपालले विश्व व्यापार सङ्गठनमा गरेका प्रतिबद्धताहरू समेतलाई दृष्टिगत गरी समय सापेक्ष सुधार तथा परिमार्जन सहित एकीकृत गरी लागू गर्ने; (ख) निर्यात र आयातलाई व्यवस्थापन गर्ने सम्बन्धी अद्यावधिक कानूनको तर्जुमा गरी लागू गर्ने; (ग) एन्टीडम्पिङ्ग, काउन्टर भेलिङ्ग र सेफगार्ड सम्बन्धी कानून तर्जुमा गरी गर्ने; (घ) आन्तरिक बजार व्यवस्थापन सम्बन्धी नीति तथा निर्देशिका तर्जुमा गरी लागू गर्ने; (ङ) उत्पत्तिको प्रमाणपत्र जारी गर्ने सम्बन्धी निर्देशिका तर्जुमा गरी लागू गर्ने तथा (च) सेवा व्यापारको प्रवद्र्धन र व्यापारसम्बद्ध बौद्धिक सम्पत्तिको संरक्षण सम्बन्धी आवश्यक नीति तथा कानूनको व्यवस्था गर्ने प्रतिवद्धता गरेको छ । यसै सन्दर्भमा यो ऐन को मस्यौदा हुँदै गरेको हो ।

Protected by Security by CleanTalk