राष्ट्रकै हस्तीहरुको गाउँ सिरहाको बस्तीपुरमा छैनन् आधारभूत पूर्वाधार

https://kantipurtv.com/news/2020-12-17/20201217134949.html

पञ्चायती व्यवस्थादेखि गणतन्त्रसम्म सधैं राजनीति र प्रशासनिक क्षेत्रमा प्रधानमन्त्रीदेखि मन्त्री, सांसद, सचिव, निर्देशकसम्म रहँदै आएको सिरहाको बस्तीपुर गाउँविकासको आधारभूत सुविधाबाट भने वञ्चित छ । दुर्गममा जस्तै यो गाउँमा पनि सिँचाइ, खानेपानी,सडक, लागायतका विकासका कुनै पूर्वाधार छैनन् । यो सिरहाको बस्तीपर गाउँ हो । पञ्चायतकाल र शाहीकालका चर्चित पूर्वप्रधानमन्त्री तुलसी गिरि, मन्त्री रुद्रगिरि, नेपाली कांग्रेसका नेता प्रदीप गिरि, नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति ईश्वर बराल, संविधानविद् विपिन अधिकारी कान्तिबाल अस्पतालका संस्थापक मणिन्द्ररञ्जन बराल, माहालेखाका निर्देशक खेमरञ्जन बराल लगायत सवै बस्तीपुरका वासिन्दा हुन् । हाल यस गाउँका प्रदीप गिरि सहित निर्जला राउत , सरिता गिरी गरी तीन जना प्रतिनिधि सभाका सदस्य छन् । तर बिडम्वना पूर्व प्रधानमन्त्रीदेखि सांसदसम्म रहेको यो गाउँ बत्तिमुनिको अँध्यारो भने झैं छ । सिँचाइ, खानेपानी, सडक, लगायतका विकासका कुनै पूर्वाधार यो गाउँमा छैन । एकै गाउँका तीनतीन जना सांसद् हुँदापनि गाउँमा कुनै विकासका लागि पहल नगरेको कांग्रेस नेता प्रदीप गिरिकी बहिनी डाक्टर मञ्जुला गिरिको गुनासो छ । वर्तमान समयमापनि प्रतिनिधि सभामा तीन जनासांसद रहेको यो बस्तीपुर गाउँमा वडा कार्यालयको आफ्नै भवन छैन । भने स्वस्थ्य चौकी समेत भवनको अभावमा विद्यालयको जीर्ण भवनमा छ । राज्यले सांसदलाई स्थानीय विकास पूर्वाधारका नाममा उपलब्ध गराएको रकम चााहि सांसदले के गर्छन् त ? कांग्रेसका नेता प्रदीप गिरिका काका कुलदीप गिरिले आजभन्दा एक सय १० वर्ष अघि खोटाङ्गबाट झरेर यो गाउँमा बस्ती बसालेका हुन् । एउटै गाउँका तीन तीन जना सांसद प्रतिनिधिसभामा हुँदा पनि गाउँमा सामान्य आधारभूत सुविधासम्मको व्यवस्था गरिंदैन भने सांसदलाई स्थानीय पूर्वाधार विकासका लागि राज्यले वर्षैपिच्छे किन बजेट उपलब्ध गराउानु भन्ने स्थानीय बासिन्दाको प्रश्न जायज मान्न सकिन्छ ।  ।

Protected by Security by CleanTalk