निर्वाचन आयोगले नेपालको संविधान बमोजिम तीन तहको संघियता अन्तर्गतको तेश्रो तहका रुपमा ३१ वैशाख २०७४ मा गर्न लागेको स्थानीय तहको निर्वाचनमा मतदान गर्न योग्य देशभर कूल १ करोड ४० लाख ५४ हजार ४ सय २२ मतदाताको नामावली सार्वजनिक गरेको छ I
मुलुक निर्वाचनमय हुदै छ । तर केहि नया तथा पुराना दलहरुले दलीय चुनाव चिन्ह नपाए चुनाव नै हुन नदिने चेतावनी दिएका छन् । संसदमा भएका दलहरुलाई मात्र दलीय चुनावचिन्हका आधारमा चुनावमा भाग लिन दिने निर्णय आपत्तिजनक र षड्यन्त्रमुलक भएको उनीहरुको दृस्टीकोण छ । संसदमा भएका दलहरुले मात्र दलीय चुनाव चिन्ह पाउने निर्णय सिण्डिकेटवादी भएको उनीहरुको दावी छ ।
गत महिना पारित स्थानीय तह निर्वाचन ऐन २०७३ मा राष्ट्रिय मान्यता प्राप्त दलले मात्रै दलीय आधारमा चुनाव लड्न पाउने र अन्य दलले स्वतन्त्र हैसियदमात्रै पाउने उल्लेख छ । यही व्यवस्था कायम रहे सबै नयाँ दलहरु तथा पुराना भएपनि निर्वाचन नलडेका वा लडे पनि उँभो लाग्न नसकेका दलहरुले आगामी स्थानीय चुनावमा दलीय आधारमा नभई स्वतन्त्र हैसियतमा उम्मेदवार खडा गर्नुपर्छ र तिनका उम्मेदवारहरुले फरक-फरक चुनाव चिन्ह पाउन सक्छन् ।
यसै सन्दर्भमा विवेकशील नेपाली दलले दलीय चुनाव चिन्ह प्रयोग गरेर निर्वाचनमा भाग लिन नमिल्ने स्थानीय निर्वाचन ऐन २०७३ को प्रावधान खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ । कानुनमोजिम निर्वाचन प्रयोजनको लागि निर्वाचन आयोगमा दर्ता भएका दलहरुलाई दलको रुपमा नै आफ्नो चुनाव चिन्ह प्रयोग गरी चुनाव लड्न पाउने व्यवस्था गर्न माग गर्दै उक्त रिट दायर गरिएको हो । निवेदकले आसन्न स्थानीय निर्वाचन एउटा बहुप्रतीक्षित लोकतान्त्रिक अभ्यास भएकाले त्यसमा सबै दलहरुलाई आ-आफ्नो चुनाव चिन्ह लिएर नागरिकसामु जान पाउने आधारभूत अधिकारलाई सुनिश्चित गरिनु अनिवार्य रहेको दावी गरेको छ । उक्त रिट निवेदनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संघीय व्यवस्थापिका संसद, कानुन तथा न्याय मन्त्रालय तथा निर्वाचन आयोगलाई विपक्षी बनाइएको छ । स्थानीय निर्वाचन ऐनको चुनाव चिन्हसम्बन्धी प्रावधान राजनीतिक दल सम्बन्धमा नेपालको संविधानको प्रावधान विपरीत भएकोले नेपालको संविधानको धारा १३३(१) र १३३(२) अनुसार संविधानसँग बाझिएको कानुन उत्प्रेषणको आदेशबाट बदर घोषित गर्न माग गरिएको छ ।
यसै विषयमा विवेकशील दल तात्नुभंदा अघि निर्वाचन आयोग घेराउ गर्न गएका पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईलाई प्रहरीले पक्राउ पनि गरेको थियो । दलीय चुनाव चिन्ह माग गर्दै नयाँ शक्तिसहित ६४ दलले निर्वाचन आयोगमा धर्ना दिएका थिए । उनीहरुले स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधनका लागि यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवलाई पनि ज्ञापन पत्र दिएका थिए । तर अब सर्वोच्च अदालतमा रिट परिसकेको परिप्रेक्षमा यो विषय “सब जूडिसी” भैसकेकाले सरकारले अन्यथा निर्णय गर्नु भन्दा अघि अदालतको आदेश पर्खिनु पर्ने हुन्छ ।
चुनाउ चिन्ह वितरण गर्नु पछाडी केहि अपेक्षाहरु हुन्छन । सबै मतदाताहरु योग्य, पढेलेखेका वा मतदाता शिक्षा प्राप्त हुदाहुँन त चुनाउ चिन्ह जरुरि हुदैन थियो I सबै मतदाता पढे-लेखेका हुदैनन् । कतिपय निरक्षर नै हुन्छन I कनिकुथी पढ्न जान्नेलाई पनि मतदान केन्द्र मा गइ सरक्क मतपत्र पढ्न र आफुलाई मनपर्ने उम्मेदवारलाई छाप लगाउनलाइ गार्है हुन्छ । त्यसैले चुनाउ मा भागलिने राजनीतिक दलहरुले चुनाउ चिन्ह माग्दछन । यस्तो चिन्हले दलहरुलाई ठम्याउन सजिलो पारी दिन्छ । उम्मेदवारको नाउ सम्झिराख्नु पर्दैन । मतदान गर्दा चुनाउ चिन्ह अगाडी छाप हान्न झुक्किने अवस्था रहदैन ।
नेपालको संविधानले चुनाउ चिन्ह दिने कि नदिने वा ककसलाई दिने भन्ने सम्बन्धमा केहि उल्लेख गरेको देखिदैन । तर चुनाउ मा भागलिने सबै राजनीतिक दलहरुलाइ चुनाउ चिन्ह दिने कि नदिने भन्ने सम्बन्धि केहि सरोकारहरू पनि छन् । नया र पुराना सबै राजनीतिक दलको अधिकार समान भए पनि राजनीतिक हैशियत समान हुदैन । जनता माझ स्थापित भैसकेका र स्थापित हुने प्रक्रियामा रहेका दलहरुलाई कानुनले अलग किसिमले हेर्ने दृस्टीकोण चलेको चलन नै हो । एउटा राजनीतिक हैसियत प्राप्त भैसकेपछि दलिय चुनाउ चिन्ह दिंदा सानातिना झिनामसिना दलहरु संग अनाबश्यक प्रतिस्पर्धामा बस्नु पर्ने अवस्था आइपर्दैन I यसै गरी यो व्यवस्थाले अनावश्यक राजनीतिक दलहरुको सिर्जना हुने सम्भावनालाई न्यूनीकरण गर्दछ ।
यसका अतिरिक्त निहुँ खोज्न वा खोंचे थाप्न मात्र राजनीतिक दलहरुको स्थापना हुनु हुदैन भन्ने मान्यता पनि सर्वत्र प्रचलनमा छ । धेरै पार्टीहरु हुँदा कुन पार्टी रास्ट्रीय हैशियतको हो र कुन होइन भन्ने बारे मतदान गर्ने जनताले थाहा पाउनु पर्छ भन्ने पनि मान्यता छ ।
स्थानीय तह निर्वाचन ऐन २०७३ मा हाल संसद्मा प्रतिनिधित्व गरेका दललाई मात्र दलिय चुनाव चिह्न दिने र बाँकी दललाई स्वतन्त्र उम्मेदवारको हैसियतमा चुनाव चिह्न दिने व्यवस्था छ । निर्वाचन आयोगमा दर्ता भएका सबै दललाई दलिय चुनाव चिह्न दिँदा मतपत्र अव्यवहारिक हुने भएकाले वर्तमान संसद्मा उपस्थिति रहेका (३० दल) लाई मात्र दलिय चुनाव चिह्न दिने व्यवस्था गरिएको मानिन्छ । हाल निर्वाचन आयोगमा एक सय १० दल दर्ता छन् । राष्ट्रिय मान्यता पाउने दललाई मात्र चुनाव चिह्न दिने भनिए पनि यो ऐन लागू भएपछि हुने पहिलो चुनावको हकमा भने संसद्मा रहेका दललाई चुनाव चिह्न दिने व्यवस्था गर्न लागिएको हो । दलको चुनाव चिह्न नपाउने दल वा स्वतन्त्र उम्मेदवारलाई स्वतन्त्र रूपमा खडा गरिने चुनाव चिह्नको सूचीबाट चुनाव चिह्न तोकिनेछ । त्यसरी चुनाव चिह्न दिँदा जुन क्षेत्रमा जति उम्मेदवार छन्, उनीहरूका लागि मात्र चुनाव चिह्न राखेर मतपत्र बनाउन सकिने छ ।
चुनाउ चिन्हको विवाद एउटा नीतिगत विवाद हो I यो नेपालमा चलेको चलन मै आधारित छ । अन्य प्रजातान्त्रिक मुलुकहरुमा पनि यस्ता प्रचलनहरु कानुनद्वारा व्यवस्थित छन् I छिमेकी भारतमा चुनाउ चिन्ह “एलेक्सन सिम्बोल्स (रिजर्भेसन एण्ड अल्लोटमेन्ट) अर्डर, १९६८ द्वारा नियमित गरिएको छ । पाकिस्तानमा पनि दशकौं देखि चुनाउ चिन्ह प्रयोगमा छ । हाल यो “एलोकेसन अफ सिम्बोल्स अर्डर २००२” द्वारा निर्देशित छ । श्रीलंकामा यो विभिन्न ऐन नियमहरु द्वारा प्रयोगमा ल्याईएको पाइन्छ । बंगलादेशमा पनि यहि हो । ब्राजिलमा सोहि उद्धेश्यले दुइ डिजिटको अंक प्रदानगर्ने चलन छ । प्रजातन्त्रलाई संथागत गरिसकेका शिक्षित एवम विकसित मुलुकहरुमा चुनाउ चिन्हको त्यतिसारो महत्व हुदैन । तथापी कुनै न कुनै रुपमा राजनैतिक दलहरुले यस प्रणालीको महत्व स्विकार गरेको देखिन्छ । जस्तो दर्ता हुनकालागि वेलायती राजनीतिक दलहरुले यस्तो चिन्ह खोज्ने गरेका छन् । विद्यमान वेलायती “पोलिटिकल पार्टिज, एलेक्संस एण्ड रेफ़रेण्डम्स एक्ट २०००” ले दलहरुको यस्तो चिन्हहरु दर्ता गर्ने हो भने दिइएको कानुनी परीक्षण (स्टाट्युटरी टेस्ट) हरु पुरा गर्नु पर्ने हुन्छ ।
निर्वाचनमा प्रत्येक पार्टीले “लेभेल प्लेइंग फिल्ड” पाउनु पर्दछ । समानता र कानुनको समान संरक्षणको हक सबैलाई प्राप्त हुनुपर्छ । तर निर्वाचन शिद्धान्तमुखी मात्र नभई व्यवहारिक हुनु पनि जरुरि छ । यदि दलिय चुनाउ चिन्ह नया पुराना सबैलाई समान रुपमा प्रदान गरिने हो भने रास्ट्रीय दलको अवधारणालाई कसरी संगठित गर्ने भन्ने प्रश्नको पनि जवाफ खोज्नु पर्ने हुन्छ ।
सर्वोच्च अदालतले चुनाउ चिन्ह विवादलाई चाडो निकास दिनु आजको आवश्यकता हो । यो विवादले निर्वाचन को रास्ट्रीय एजेन्डा भाँडिनु हुन्न ।
के दलिय चुनाउ चिन्ह पाउनु हरेक राजनीतिक दलको अधिकार हो ?

Related Posts
Nepal’s Supreme Court Orders Against Prime Minister Prachanda Over Responsibility for Insurgency Deaths
सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग ऐनको संशोधन विधेयक
किसुनजीलाई बीपीले दिएको संज्ञा ‘इन्करिजिबल अप्टिमिस्ट’
President Paudel summons constitutional experts to discuss formation of new govt
UML Chair Oli prepares for premiership as Dahal-led govt fails to secure trust vote
सर्वोच्च प्रशासनको सूचनाले न्यायाधीश नै असन्तुष्ट, ‘जिरो आवर’मा छलफल हुने
एनसेलजस्तै बुट मोडलका कम्पनीको हस्तान्तरणमा झमेला हुने पक्का छ