काठमाण्डांै विश्वविद्यालय स्कूल अफ ल द्धारा प्रस्तावित स्थानीय व्यवस्थापिका (गाउं सभा र नगर सभा) को कार्य सञ्चालन नियमावली, २०७४ का प्रमुख विशेषता

  • संविधान र संघीय ऐन बमोजिम प्रस्तावित: गाउ सभा र नगर सभाले सम्पन्न गर्नुपर्ने कार्यहरु व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि प्रस्तावित नियमावली, संविधान सभाबाट २०७२ साल असोज ३ गते घोषणा भएको नेपालको संविधान र २०७४ सालमा व्यवस्थापिका संसदबाट पारित स्थानीय सरकार सञ्चालन ऐनको व्यवस्था अनुकुल हुनेगरि तयार गरिएकोछ ।
  • संघीयतामा स्थानीय तहको भूमिका स्थापित गर्ने: प्रस्तावित नियमावली संघीय संरचनामा आधारित नेपालको संविधानले व्यवस्था गरेको स्थानीय तह र संविधानको अनुसुची ८ मा उल्लेखित स्थानीय तहको एकल अधिकारको सूची एवं संविधानको अनुसुची ९ मा उल्लेखित संघ, प्रदेश र स्थानीय तहको साझा अधिकारको सूचीमा उल्लेखित विषयमा स्थानीय तहको भूमिका स्थापित गर्न गाउ सभा र नगर सभाले संसदीय प्रक्रिया बमोजिम विधेयक छलफल एवं पारित गरि ऐन बनाउंदा अपनाउन पर्ने प्रक्रियाको वृस्तित व्यवस्था गरेकोछ ।
  • अधिवेशन र बैठक सञ्चालनः स्थानीय व्यवस्थापिका अर्थात गाउ सभा र नगर सभाको अधिवेशन आह्वान, सदस्यहरुलाई यसको सुचना प्रवाह एवं सभाको अधिवेशन र बैठक सञ्चालन के कसरी गर्ने भन्ने सम्बन्धमा बृस्तित व्यवस्था गरिएकोछ ।
  • सभाका समिति:  प्रस्तावित नियमावलीमा गाउ सभा र नगर सभाका कार्यहरुलाई व्यवस्थित गर्न, विधेयकहरुको दफावार छलफल गर्न, गाउ र नगर कार्यपालिकाबाट भए गरेका काम कारवाहीको समिक्षा एवं अनुगमन गर्न र स्थानीय तहको विकास निर्माणको कार्यहरुमा सभाका सवै सदस्यहरुको भूमिका स्थापित गर्न देहाएका समिति प्रस्ताव गरिएकोछ । सभाका सदस्यहरु देहायका मध्ये कुनै न कुनै समितिमा रहने व्यवस्था प्रस्ताव गरिएकोछ । समितिहरुमा सभाका सवै सदस्यहरुको सक्रियता बढ्नेछ ।
  • गाउ र नगर सभामा गठन गर्न सकिने समितिगाउ सभाका समिति: १. बजेट, पूर्वाधार विकास तथा कृषि समिति, २.शिक्षा, स्वास्थ्य, सामाजिक एवं समावेशीकरण समिति ३.शिक्षा, स्वास्थ्य, सामाजिक एवं समावेशीकरण समिति, ४. शुशासन समिति ५. लेखा समिति; नगर सभाका समिति: १. बजेट, पूर्वाधार विकास समिति, २. उद्योग, वाणिज्य र कृषि समिति,    ३. शिक्षा, स्वास्थ्य, सामाजिक एवं समावेशीकरण समिति, ४. विधायन समिति, सुशासन समिति, ६. लेखा समिति ।
  • स्थानिय कानून अर्थात विधेयक मस्यौदा गर्दा विचार गर्नुपर्ने विषयः संविधान बमोजिम अधिकारको विषयहरु, संघ र प्रदेश कानूनको व्यवस्था, आर्थिक स्रोत र संस्थागत संरचना, अदालतबाट प्रतिपादित सिद्धान्त, नजीर एवं आदेश, नेपाल गरेको अन्तराष्ट्रिय प्रतिवद्धता, अन्य स्थानीय तहले बनाएको कानून आदि विषयहरु विचार गरेर मात्र स्थानीय कानून तर्जुमा अर्थात मस्यौदा गर्नुपर्ने विषयहरु समावेश गरिएकोछ ।
  • ऐन कानूनको आवश्यकता पहिचान र कानून मस्यौदाः सवै वडाका जनताको सुझावका आधारमा स्थानीय ऐनकानूनको आवश्यकता पहिचान गर्ने, जनताको राय सुझाव संकलनको विधि र प्रक्रिया, गाउ र नगर कार्यपालिकाले विधेयक तर्जूृमा गर्दा विज्ञ र कानून मस्यौदकारहरु रहेको मस्यौदा समिति बनाउने र स्थानीय तह भन्दा वाहिरका विषय विज्ञको पनि सेवा लिन सकिने ।
  • सरकारी र गैर सरकारी विधेयक प्रस्तुत गर्न सकिने: गाउ कार्यपालिका र नगर कार्यपालिकाका सदस्यहरुले कार्यपालिकाको निर्णय अनुसार सरकारी विधेयक सभामा प्रस्तुत गर्ने । गाउ र नगर कार्यपालिकामा नरहेका गाउ सभा र नगर सभाका अन्य सदस्य वा सदस्यहरुले पनि कुनै विषयमा विधेयक मस्यौदा गरि गाउ र नगर सभामा गैर सरकारी विधेयक दर्ता गर्न सक्ने । गैर सरकारी विधेयक मस्यौदा गर्न र यसका प्रतिहरु तयार गर्न गाउ र नगर सभा सचिवालयले सदस्यहरुलाई सहयोग गर्नुपर्ने विषय उल्लेख गरिएकोछ ।
  • गाउ र नगर सभामा विधेयक दर्ता गर्दा विधेयकमा समावेश हुनपर्ने विषयहरु, संशोधन विधेयकमा हुनपर्ने ३ महले, सभाका सबै सदस्यलाई विधेयक वितरण, विधेयकको विरोधको सुचना, विधेयक सभामा प्रस्तुत गर्ने विधि र प्रक्रिया, सभामा विधेयकको सैद्धान्तिक छलफल, विधेयकमा संशोधनको समय, संशोधन र शर्तहरु, सदस्यहरुबाट प्राप्त संशोधन सहित विधेयक सभा वा विधायन समितिमा दफावार छलफल, सभाबाट विधेयक पारित गर्ने प्रक्रिया, सभाबाट पारित विधेयकको आनुषगिंक सुधार, सभाबाट पारित विधेयकको प्रमाणीकरण र सभाबाट पारित विधेयक अर्थात ऐन कानूनको प्रकाशन र प्रचार प्रसार गर्ने विषय समावेश गरिएकोछ ।
  • गाउ र नगर सभामा बार्षिक बजेट पेश गर्ने र पारित गर्ने प्रक्रियाः बजेट तयारी छलफल एवं सभामा बजेट प्रस्तुत एवं छलफल, विनियोजन विधेयक, खर्च कटौतीको प्रस्ताव सम्बन्धी विषय, शर्त र छलफल, आर्थिक विधेयक अर्थात सो आर्थिक वर्षमा कुन कुन विषयमा के कति कर लगाउने हो सो सम्बन्धी विषयहरु समावेश गरिएकोछ ।
  • सुन्य समय, विशेष समय, प्रश्नोत्तर, जरुरी सार्वजनिक महत्वको विषय, संकल्प छलफल र गाउ एवं नगर कार्यपालिकाको सम्बन्धीत सदस्यको जवाफ एवं सभामा संकल्प प्रस्ताव प्रस्तुत, छलफल, जवाफ र सभाबाट पारित संकल्प कार्यान्वयन गर्नुपर्ने विषय ।
  • विशेषाधिकार ः गाउ र नगर सभा जनताबाट प्रत्यक्ष रुपमा निर्वाचित जनप्रतिनिधिमूलक संस्था भएकोले गाउ र नगर सभा एवं यसका सदस्यहरुको विशेषाधिकारको विषयहरु उल्लेख गएिकोछ ।
  • सभाका सदस्यहरुको आचरण ः गाउ र नगर सभाका सदस्यहरु सभा र आफु सदस्य रहेको समितिको बैठकमा नियमित उपस्थिति हुने र जिम्वेवारी वहन गर्ने, सभा र समितिमा व्यक्तिगत फाइदा हुने कार्य गर्न नहुने, सभा र समितिको कार्यका लागि अन्य संस्था वा व्यक्तिबाट कुनै रकम, वस्तु वा सेवा लिन नहुने, सार्वजनिक नैतिकता, मर्यादा, सदाचारपूर्ण व्यवहार गर्नुपर्ने, समाजमा कुनै पनि किसिमको हिंसा र द्धन्द फैलाउने कार्य गर्न र संलग्न हुन नहुने आदि विषय समावेश गरिएकोछ ।
  • सभाको बैठक खुला र पारदर्शि हुनुपर्नेः गाउ र नगर सभाका बैठकहरु जनता र संचार माध्यमका लागि खुला गर्नुपर्ने, सभामा दर्शक दिर्घाको व्यवस्था र संचार कक्षको व्यवस्था हुनुपर्ने विषय समावेश गरिएकोछ ।
  • निवेदन पत्र समितिको व्यवस्था ः गाउपालिका र नगरपालिकासंग सम्बन्धित सार्वजनिक सरोकारका विषयमा कुनै व्यक्तिले सभा वा सभाको कुनै विषयगत समितिको ध्यानाकर्षणका लागि निवेदन दिन सक्ने र सो निवेदनको यथोचित सुनवाईको लागि गाउ र नगर सभाको सभाध्यक्षको अध्यक्षतामा निवेदन पत्र समिति गठन गर्ने व्यवस्था गरेकोछ ।
  • सभा र नागरिक समाज अन्तरक्रिया समूह ः प्रस्तावित नियमावलीमा गाउ एव्ां नगर सभा र नागरिक समाज अन्तरक्रिया गर्ने विषय समावेश गरिएकोछ । यसका र सभाध्यक्षको अध्यक्षतामा सभा र नागरिक समाज अन्तरक्रिया समूह गठन गर्ने विषय रहेकोछ । यस समूहमा जेष्ठ नागरिक, महिला बालबालिका, दलित, अपांग, स्थानीय तहमा वसोवास गर्ने विभिन्न समुदाय र जनजातिको प्रतिनिधित्व हुने व्यवस्था रहकोछ ।
  • सार्वजनिक सुनवाई ः गाउ एवं नगर सभा र नागरिक समाज अन्तरक्रिया समूहले गाउ कार्यपालिका, नगर कार्यपालिका, गाउ सभा र नगर सभाका कामकारवाहीका सम्बन्धमा प्रत्येक वडामा नियमित रुपमा सार्वजनिक सुनवाई गर्ने व्यवस्था गरेकोछ ।
Facebook
Twitter
LinkedIn

Related Posts