Articles
Print Friendly and PDF

  • "राजा कस्तो हुनुपर्ने ?" - बिपी कोइराला (२९ पुस, २०३८)

    कुनै तानाशाहको छोरा तानाशाह भएको छैन। हुन खोज्दा खत्तम भएको छ। राजतन्त्रको आधार बल हुँदैन। बलको आधारमा राजतन्त्र रहन खोज्यो भने त्यसको छोरो गद्दीमा बस्न सक्दैन। एउटा अपवाद भएको छ बेलायतको क्रौमबेल। चार्ल्स प्रथमलाई झुण्ड्याएपछि क्रौमवेल भयो इङ्गलैण्डको तानाशाह र त्यहाँ गणतन्त्र स्थापित गरेर ऊ शासक भयो। क्रौमवेल मरेपछि उसको छोरोलाई त्यस पदमा बसाए, तर सकेन त्यसले चलाउन। नसकेपछि, जसलाई झुण्ड्याएका थिए-चार्ल्स प्रथम, त्यसकी छोरी लुकेर बसेकी थिई फ्रान्समा। त्यसलाई बोलाएर राजा बनाए। क्रौमवेलको छोरा भाग्यो। त्यसो हुनाले ताकतको आधारमा, नाङ्गगो शक्तिको आधारमा, सामान्य मान्यताको आधारमा होइन कि नग्न शक्तिको आधारमा राजाले शासन गर्न खोज्यो भने उसको छोरोले राजगद्दीमा बस्न पाउँदैन। मेरो त्यै तर्क छ।

    राजतन्त्रको परम्परा यहाँ कायम रहोस्, राजाको छोरा दीपेन्द्र राजगद्दीमा बस्न पाऊन् भन्ने कसैलाई लागेको छ भने त्यसले राजाको सक्रिय नेतृत्वको आधार छिन्नु परेको छ। अनि मात्रै दीपेन्द्रको गद्दी सुरक्षित हुन्छ, नत्र हुँदैन। यो बुझ्नु पर्छ राजाले। यो स्वर्गीय राजा महेन्द्रले बुझेनन्। उनले तानाशाहको रूपमा देखे आफूलाई। अनि मिलिटरीको भरमा सबै थोक गर्न खोजे, तर त्यसले हुँदोरहेनछ। तिनले आफ्नो राजतन्त्रको जरो खने। बरु म माटो भर्न थालेको छु राजतन्त्रको read more...

  • "The Vital Issue In Nepal" - B. P. Koirala (Weekly "Young Indian", Delhi, June 14, 1973)

    King Birendra shares with the communists a common belief that economics occupies the centre of Nepal's problem. I do not mean by this statement that he is a communist and believe in the doctrine of the economic in perpetration of history. I only mean to say that the King in the interest of his own authoritarian rule has come to share this doctrine espoused by the communists, who on their part derive own from outside and not from the Nepalese reality of their own experience. On behalf of the King the argument of self interest is understandable. The doctrine of economics suits the King well. Naturally he would not like his people to be conscious about political ideas. For, it would erode his absolute monopoly over communists appears to be a riddle?

    On several occasions, we discussed with the communists in order to thrash out our differences and evolve a common approach to various problems confronting Nepal. We found the unbridgeable gulf that separates is their doctrine of economics. I told them that Nepal's problem was essentially political and that the economic issues were merely dependent on it. They, however, insisted read more...

  • "हार्दिक श्रद्धाञ्जली सुशीला" - सुशीलामा श्रद्धाञ्जली व्यक्त गर्दै बीपी कोइरालाको आत्मवृत्तान्तबाट समर्पित केही अंशहरू

    एकपटक तपाईँ सुशिलालाई हेर्नुस् र भन्‍नुस्- भनेर उहाँहरूले धेरै जिद्दी गर्नुभयो। म कलकत्तामै हेर्ने बन्दोबस्त गर्छु- भन्‍नुभएको थियो। त्यसपछि म कलकत्ता गएँ र सुशिलालाई हेरेङ। सुशिला कम उमेरकी, दुब्ली, एकपटक कालाजार भएको रहेछ उसलाई। पढ्न पनि धेर नपढेकी गोरी। हेरेपछि मलाई बडो पछितो भएर आयो। हेरिसकेको थिएँ, हुन्न भन्‍न पनि सक्तिनथें। अनि मैले जे भयो-भयो, विवाह चाँडै हुनुपर्छ भनें। पन्ध्र दिनभित्रै विवाह हुनुपर्छ भनेर मैले भने, विवाहको समय अलि पर सार्ने कुरा हुनलाग्दा मैले टेलिग्राम पठाएँ- On the fourth or never. ४ तारिख मेरो प्रस्ताव थियो। विवाहको तथि निश्चित भयो। तर मसँग विवाहको लागि पैसा थिएन। देवेन्द्र भन्यो- मसँग ४-५ सय रूपैयाँ छ, काम चलाऊ।

    विवाह भइसकेपछि मैले करिब ३० जनालाई पार्टी दिएँ, चौकको चित्रा सिनेमाको तलको एउटा रेष्टराँमा, जो त्यसताका त्यहाँ राम्रो मानिन्थ्यो। बडो सस्तो तर राम्रो पार्टी थियो। मेरा साथीहरू सबै आश्चर्य मानिरहेका थिए। उनीहरू भन्दथे किन यसरी विवाह गरेको? गुर्देले भन्‍यो- 'क्या बात है, क्यों यह शादी की? पढी-लिखी भी नही है। पैसा मिले, वह भी नही है, इतनी छोटी है, सुन्दर भी नही read more...