Democracy
Print Friendly and PDF

  • "प्रसंग पुस १" - रमेशनाथ पाण्डे (२०७० मंसिर २९, शनिबार, अन्नपूर्ण पोस्ट्)

    २००७ सालको जनक्रान्तिको उद्देश्य जनताबाट निर्वाचित प्रतिनिधिद्वारा संविधान बनोस् र त्यसपछि चुनिएका जनप्रतिनिधिले शासन गरून् भन्ने थियो। दुर्भाग्यवश त्यो हुन पाएन। बरु एकै पटक २०१५ साल फागुन ७ गते पहिलो संसदीय चुनाउ भयो। त्यो चुनाउले नेपाली कांग्रेसलाई दुई तिहाइ बहुमत दिलायो। यहाँनिर जनताको सामूहिक विवेकले संसद्‌मा अलग खालको परिदृश्य बनाइदिएको थियो। त्यो के थियो भने नेपाली कांग्रेस बाहेकका सबै राजनीतिक दलका नेता चुनावमा पराजित भएका थिए। त्यसबेलाको जल्दोबल्दो पार्टी मानिएको संयुक्त प्रजातान्त्रिक पार्टीका अध्यक्ष डा. केआई सिंह हारेका थिए। देशमा प्रजातान्त्रिक आन्दोलनको पहिलो बिगुल फुक्ने टंकप्रसाद आचार्य, राष्ट्रिय कांग्रेसका डिल्लीरमण रेग्मी, नेपाल कम्युनिस्ट पार्टीका महामन्त्री केशरजंग रायमाझी र अर्का नेता पुष्पलालसमेत पराजित भए। त्यसले राजनीतिक सन्तुलन खल्बल्याइदिएको थियो । एक ढंगले भन्नुपर्दा जनताले विश्वेश्वरप्रसाद कोइरालाको नेतृत्वमा पूर्ण विश्वास गरे र त्यसपछिका प्रजातान्त्रिक प्रक्रिया उनकै नेतृत्वमा अघि बढोस् भन्ने चाहे। चुनाउ परिणामअनुसार गठित त्यो संसद्‌मा अनौठो दृश्य देखिन्थ्यो। त्यो बेलामा प्रकाशक गोपालदास श्रेष्ठको नेतृत्वमा रहेको कमनर प्रकाशनले तीनवटा दैनिक पत्रिका छाप्थ्यो। म त्यसबेला १६ वर्षको थिएँ र त्यो प्रकाशनमा आबद्ध थिएँ। जवान केटाहरूलाई सिकाउने र प्रोत्साहित गर्ने स्वभाव श्रेष्ठको थियो। त्यसले नेपालको पहिलो अंग्रेजी दैनिक 'कमनर' निकाल्थ्यो त्यसको श्रेष्ठ आफैं सम्पादक हुनुहुन्थ्यो। अर्को नेपाली भाषामा 'दैनिक जनता'को सम्पादक मलाई...read more

  • "उग्रवाद र अराजकताबाट देश बचाऔँ !", विश्वेश्वरप्रसाद कोइराला, विश्वेश्वरप्रसाद कोइराला–राजनीतिक अभिलेख (काठमाडौँ: विद्यार्थी पुस्तक भण्डार, २०६६)

    आफ्नो संघर्षशील राजनीतिक जीवनमा म आजकाल जति उद्यमशील र सक्रिय छु, त्यति कहिल्लै भएको थिइनँ । २००७ सालको क्रान्तिले देशलाई गरेको दिशानिर्देशनलाई २०१७ साल पुस १ गतेको प्रतिक्रान्तिले मेट्ने प्रयत्न ग¥यो । अहिलेको राजनीतिक जटिलताको एक मात्र कारण त्यही प्रतिक्रान्ति हो । त्यसले देशलाई केवल दिग्भ्रमितमा पारेन, राष्ट्रिय विचारधारालाई ऐतिहासिक अवरोधसमेत खडा ग¥यो । त्यसो हुनाले यो स्वाभाविक कुलोमा बग्न दिएन । जनमतलाई इतिहासले इङ्गित गरेको दिशापट्टि जानबाट कृत्रिम ढङ्गले रोक्न नानाभाँतीका प्रयोग गरेर त्यसलाई सञ्चालन गर्ने प्रयत्न भयो । राष्ट्रिय जीवनको कुनै पनि पक्ष यसबाट दूषित र भ्रान्ति हुनबाट जोगिएन । अन्योलको दोबाटोमा पुगेर भ्रासन्तको ध्वनि विभिन्न कण्ठबाट फुट्न थालेको छ । राजाको नाउँमा यथास्थितिलाई सघाउ पु¥याउने खालका उग्रवादी नारा उठेका छन् भने प्रजातन्त्रको नाउँमा अराजकतावादलाई सघाउ पु¥याउने अर्का खालका नारा उठेका छन् । तथाकथित राष्ट्रवादीहरुको क्रियाकलापले विदेशी हीतक्षेपलाई सजिलो पार्न थालेको छ भने तथाकथित प्रजातन्त्रवादीहरुको कारबाहीले पनि त्यसैलाई सफल बनाउन थालेको छ । अहिलेका अन्योलको स्थितिमा उग्रवादको चिच्याहटपूर्ण स्वर अरु अन्योलको कोलाहलभन्दा माथि उठेर हाम्रो कानमा परिरहेको छ । लाग्छ बाटो त उग्रवादले पो पहिल्याएको रहेछ । यस्तो स्थितिमा उग्रवाद, अराजकता र भ्रान्तिको स्वरमा स्वर मिलाउन म चाहन्नँ । नेपालका लागि उग्रवाद र अराजकताको विलास अत्यन्त घातकसिद्ध छ । त्यसैले, मैले समय–समयमा अराजकताका विरुद्ध चेतावनी दिदैँ आएको हुँ र त्यसैले ममाथि उग्रवादीहरुको...read more