"वामपन्थी आँखामा बीपी" - बसन्त बस्नेत (२०७१ श्रावण ०३, कान्तिपुर (कोसेली))
Print Friendly and PDF

'बीपी कोइराला बाँचेको भए २०४६ सालको जनआन्दोलन हुने थिएन भनी धेरैले भन्ने गरेको सुनिएको छ । मेरो विचारमा बीपीले बहुदलीय व्यवस्थाको पक्षमा शान्तिपूर्ण आन्दोलन त गर्थे तर वाममोर्चातिर सहकार्य गर्ने भने थिएनन् । उनको बुझाइमा यसो गर्दा नेपाली कांग्रेसको परिचयमाथि प्रश्नचिह्न लाग्ने हुन्थ्यो । आजका सन्दर्भमा त्यो कति व्यावहारिक हुन्थ्यो, त्यो भन्न सक्ने कुरा भएन । गणेशमानसिंहले व्यावहारिकताको बाटो लिए र जनआन्दोलनमा वामशक्तिलाई पनि समावेश गरे ।'

प्राध्यापक लोकराज बरालः 'रोमाञ्चित जीवन', पृष्ठ २६१ नेपाली कांग्रेसनिकट भनी चिनिएका प्राध्यापक बरालको हालै प्रकाशित आत्मकथाभित्रको यो मूल्यांकनले वामपन्थीलाई हेर्ने बीपी–दृष्टिकोण झल्काउँछ । कम्युनिस्टइतरका प्रगतिशील शक्तिसमेत वामपन्थी हुनसक्ने ठान्ने उनी आफूलाई वामपन्थी ठान्थे, तर कम्युनिस्टसँग किमार्थ सहकार्य गर्ने पक्षमा थिएनन् । नेकपा–माओवादी अध्यक्ष मोहन वैद्यका अनुसार बीपी आफूलाई माक्र्सवादी हुँ भनी बेलाबखत यसै भन्नलाई भनिदिन्थे, तर माक्र्सवादको नामै सुन्न नचाहने स्वभाव थियो ।

गुणदोषले भरिएका समाजले रानीतिक नेतृत्व भने गुणैगुणले भरियोस् भनी चाहना राख्नु स्वभाविक हुन्छ । भलै, सबै चाहना पूरा हुँदैनन् । बीपीलाई कांगे्रसजन महामानव भनी पुकार्छन् । स्वयं बीपी त्यस विशेषणबारे के ठान्थे होलान्, अनुमानमात्रै गर्न सकिन्छ ।

तर कांगे्रसबाहिरका नेता, अझ त्यसमा पनि कम्युनिस्टहरु बीपीबारे खुलेर प्रशंसा गर्न पछि पर्दैनन् । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालदेखि एमाले अध्यक्ष झलनाथ खनालसम्मले बेलाबेला आफूलाई सबैभन्दा बढी प्रभाव पार्ने नेतामा बीपी कोइरालाको नाम लिएका छन् ।

बीपीले स्थापना गरेको कांग्रेसलाई प्रधान शत्रु मान्नेदेखि बीपीलाई सम्झौतापरस्त, भारतपरस्त मान्ने शक्तिहरुसमेत किन आज अरु कसैको होइन, बीपीकै नाम पुकार्छन् ? नेपालको इतिहासमा दर्जनौँ नेताहरुले आफ्नो स्पेस बनाए । मानिसहरु १८ महिनामात्रै शासन गरेका बीपीलाई नै दोहो¥याइ दोहो¥याइ सम्झिरहन्छन् ? बीपीमा त्यस्तो के थियो, जसले नेपालको राजनीतिक उनी सबैभन्दा बढी उल्लेख गरिइने व्यक्ति बन्न पुगेका छन् ?

मन पर्ने नेपाली नेतामा बीपीको नाम लिने कम्युनिष्ट नेता खनाल, दाहालमात्रै होइनन् । एमाओवादी नेता बाबुराम भट्टराई, एमाले नेता माधवकुमार नेपाललगायत बीपीको प्रशंसा गर्न पछि पर्दैनन् । व्यापक अन्तर्राष्ट्रिय पहिचान, राजनीतिक समझदारी, दार्शनिक ज्ञान, मुद्दाहरुमा अडानजस्ता कारण बीपी उनीहरुका प्रिय नेता बनेका हुन् ।

कम्युनिस्टहरुले अहिले आएर मन पराएका यी नेताले कम्युनिस्ट स्वयंलाई भने किन मन नपराएका होलान् ? नेकपा माओवादीका अध्यक्ष मोहन वैद्यका अनुसार फेबियन सोसाइटीबाट प्रभावित संसद्वादी बीपीले कम्युनिस्टको विरोध गर्नु कुनै अनौठो थिएन ।

'बीपीमा राजनीतीक कट्टरता थियो । लोकतन्त्रका लागि लडिरहनुभयो, तर लोकतन्त्रमा कम्युनिस्टको अस्तित्व स्विकार्न हिच्किचाउनुहुन्थ्यो,' वैद्य भन्छन्, 'बीपीले जान्नुभएन । निरंकुशतन्त्रविरुद्ध मिलेर संघर्ष गर्नुपर्ने बेला एक्लै हिंड्न उद्यत हुनुभयो । राजा वीरेन्द्रसँग मेलमिलाप गर्न खोजनुभयो । त्यस्तो मेलमिलाप कम्युनिस्टविरुद्ध परिभाषित थियो ।'

जनमतसंग्रहमा पञ्चायतका तर्फबाट खुलमखुला धाँधली भएको देख्दादेख्दै पनि कम्युनिस्टसँग भन्दा राजासँग मिल्नेमा बीपीको जोड रहनुलाई वैद्य सुझबुझको कमी र कट्टरताको रुपमा अथ्र्याउँछन् ।

एमाले निर्वतमान अध्यक्ष झलनाथ खनाल वैद्यको भनाइमा सहमति जनाउँछन् । बीपीकै समयका कम्युनिस्ट नेता पुष्पलालले कम्युनिस्ट –कांग्रेस मिले संघर्ष गरौँ भन्दा बीपीले पटकपटक अस्वीकार गर्नुलाई उनी अदूरदर्शिता ठान्छन् । खनालको यो तर्कसँग पुराना कम्युनिस्ट नेता डीपी अधिकारीले २०१६ सलामा 'नवयुग' साप्ताहिकमा लेखेको 'नेपालमा प्रजातन्त्रको विकासको सवाल' शीर्षक लेखको सार मेल खान जान्छ । अधिकारीले त्यसमा लेखेअनुसार केही महिनाअघि सम्पन्न पहिलो आमचुनावबाट निर्मित संसद्माथि राजाबाट खतराका संकेत देखिन चालिसकेको थिए । संसद् गुमे प्रजातन्त्र गुम्नसक्ने भन्दै मिलेर काम गर्न कम्युनिस्ट पार्टीले कांगे्रससाग प्रस्ताव राखेको थियो । तर बीपीले भने त्यसलाई 'कम्युनिस्ट खतरा' का रुपमा व्याख्या गरे ।

पुष्पलाल स्वयंले पनि 'नेपाल जनआन्दोलन एक समीक्षा' नामक पुस्तकमा लेखेका छन्, 'संसदीय व्यवस्थाका सुरक्षाका लागि समस्त जनवादी शक्तिहरु एकतावद्ध हुनुपर्छ भनी अपिल गरिएकामा त्यसतर्फ ध्यान दिनुको सट्टा कांग्रेसका नेताहरुले उल्टै 'कम्युनिस्ट खतरा' को हौवा उठाउने थाले ।'

सबैलाई थाहा छ, त्यसबेला कांग्रेसका नेता तथा प्रधानमन्त्री उनै बीपी कोइराला थिए ।

'पहिलो विश्वयुद्धताका जन्मनुभएका बीपी सोभियत संघबाट विश्वभरि समाजवादको माहोल फैलिंदै गएको देखेर कम्युनिस्टसँग निकै तर्सनुभएको थियो । उहाँले नेपालको आन्तरिक अवस्था र पञ्चायती निरंकुशताका गतिविधि हेरेर निर्णय लिन सक्नुपथ्र्यो,' खनाल भन्छन्, 'उहाँ धेरै हदसम्म पश्चिमी विचारबाट प्रभावित नेता हुनुहुन्थ्यो, यहाँका देशभक्त कम्युनिस्टहरुलाई समेत पश्चिमी चस्माबाट हेरिदिनुभयो । गल्ती त्यहाँनेर भयो ।' २००७ सालमा सशस्त्र क्रान्ति गरेका बीपीले त्यसका उपलब्धि जोगाउन सबैलाई समेट्नुपर्नेमा एक्लै हिँड्ने मनसाय राखेको खनाल विश्लेषण गर्छन् ।

'पहिलो विश्वयुद्धताका जन्मनुभएका बीपी सोभियत संघबाट विश्वभरि समाजवादको माहोल फैलिँदै गएको देखेर कम्युनिस्टसँग निकै तर्सनुभएको थियो । उहाँले नेपालको आन्तरिक अवस्था र पञ्चायती निरंकुशताका गतिविधि हेरे निर्णय लिन सक्नुपथ्र्यो,' खनाल भन्छन्, 'उहाँ धेरै हदसम्म पश्चिमी विचारबाट प्रभावित नेता हुनुहुन्थ्यो, यहाँका देशभक्त कम्युनिस्टहरुलाई समेत पश्चिमी चस्माबाट हेरिदिनुभयो । गल्ती त्यहाँनेर भयो ।' २००७ सालमा सशस्त्र क्रान्ति गरेका बीपीले त्यसका उपलब्धि जोगाउन सबैलाई समेट्नुपर्नेमा एक्लै हिँड्ने मनसाय राखेको खनाल विश्लेषण गर्छन् ।

'इतिहासका व्यक्तित्वहरुलाई भावनात्मक भएर होइन, वस्तुनिष्ठ भएर मूल्यांकन गर्नुपर्छ, बीपीमा उदारता पलाएको भए पञ्चायतविरुद्ध ३० वर्ष संघर्ष गर्नुपर्ने थिएन,' खनाल आँकलन गर्छन्, 'अरु वाम घटकको आलोचना सहँदै पुष्पलाले कांगे्रससँग मिलेर संयुक्त संघर्ष गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । बीपीले मान्नुभएन । पछि गणेशमानसिंहले त्यो आवश्यकता पूर्ति गर्नुभयो । उहाँको यही सकारात्मक निर्णयले पञ्चायत ५० दिन पनि टिकेन ।'

बीपीमाथि यति आलोचनाको बीच खनाल उनी नेपालको लोकतान्त्रिक आन्दोलनका मुर्धन्य नेता, सामन्तवादविरुद्ध लड्ने देशभक्त भएको भनी खुला प्रशंसा गर्न पछि पर्दैनन् । त्यसो त मोहन वैद्य पनि सामन्ती राजतन्त्रविरुद्ध २००७ साल र पञ्चायतको सुरुमा हतियार उठाउने बीपीको निर्णयलाई सकारात्मक मूल्यांकन गर्छन् । 'तानाशाहीविरुद्ध सशस्त्र संघर्ष गर्नुको विकल्प छैन भन्ने भावना बीपीमा देखिन्थ्यो,' उनी भन्छन्, 'सैन्य फाँटमा दिनुपर्ने जति ध्यान दिन नसकेकामा पछिसम्म उहाँमा पश्चात्तापको भावना देखिन्थ्यो ।' इतिहासको रुपान्तराणमा बल प्रयोगको भूमिकालाई बीपीले महसुस गर्न सक्नु सकारात्मक भएको वैद्यको भनाई छ ।

माले महासचिव सीपी मैनालीका अनुसार बीपीमा कम्युनिस्टहरुप्रति पूर्वाग्रह र विरोधी दुबै प्रशस्तै देखिए पनि उनले नैतिक राजनीतिको सधैँ पक्षपोषण गरिरहे । दैनन्दिन मसिना घटनाक्रमलाई समेत बृहत रानजीतिसँग जोड्ने खुबीले बीपीलाई राजनेता बनाएको उनको बुझाइ छ । 'नेपालीकै बलबुताबाट लोकतन्त्र ल्याउने नीतिमा बीपीको ठूलो योगदान छ,' मैनाली भन्छन् 'कम्युनिस्टसँग जति अनुदार भए पनि उहाँको सबै देशभक्तले प्रशंसा गर्नैपर्छ ।'

खै पुष्पलाल !

२०३९ साउन ६ गते बीपी बिते । संयोगले साउन ६ को भोलिपल्ट पुष्पलाल स्मृति दिवस पर्छ । सहिद गंगालालका माइला भाई, नेकपाका संस्थापक पुष्पलाले बीपीकै बराबर कद नबनाए पनि उनको आफ्नै पृथक् छवि थियो । बीपीभन्दा उमेरले १० वर्ष कान्छा पुष्पलाल उनीभन्दा चार वर्षअघि बितेका थिए । नेपाली समाजको विकासक्रमबारे महत्वपूर्ण निष्कर्षहरुसहित पुस्तक लेख्ने, ठूलो कम्युनिस्ट संगठन बनाउने आफ्नै समयका प्रभावशाली समकक्षीबारे बीपीले आफ्नो दुई महत्वपूर्ण राजनीतिक कृति 'आत्मवृत्तान्त' र 'जेल जर्नल' मा एक शब्द पनि उच्चारण त के, नामसमेत नलिएकामा थुप्रै बामपन्थीहरु आश्चर्य व्यक्त गर्छन् । यी पुस्तकमा देशविदेशका ठूलादेखि साना नेतासम्मको चर्चा छ । तर विशिष्ट बौद्धिक उचाइका पुष्पलाल कतै भेटिँदैनन् ।

'बीपीले कम्युनिस्टहरुलाई राष्ट्रिय शक्ति हुन् भनेर कहिले स्वीकार गर्नुभएन । अन्तर्वाता दिँदासमेत 'एकाध ठाउँमा केही पकेट छन् कम्युनिस्टका' भन्ने भाषा प्रयोग गर्नुहुन्थ्यो,' एमाले नेता खनाल भन्छन्, 'उहाँमा कार्यनीतिक चिन्तनको पक्ष कमजोर थियो । कांग्रेसबाहेक अरु पनि छन् भन्ने उदारता देखाउन सकेको भए अहिले बीपीका धेरै सालिक बनिसक्थे । उहाँले एक्लो टावर हुने मौका गुमाउनुभयो ।'

बीपीबारे यतिका मूल्यांकन गर्न सक्ने कम्युनिस्ट नेताहरु स्वयं भने त्यसबेला अहिलेजस्ता थिएनन् । कट्टरताको एउटा किनारमा बीपी थिए, अर्को किनारमा उनीहरु स्वयं । दस्तावेजहरु पढ्दा थाहा हुन्छ, दसतिर मुख फर्काएका कम्युनिस्टहरु बीपी र उनको कांग्रेसालाई हेर्नेबारे भने लगभग एकैमत थिए । उनीहरुको ठहर थियो –२००७ सालको दिल्ली सम्झौता धोका हो । बीपी भारतपरस्त नेता हुन् । कांग्रेस भारतको दलाल हो ।

सयोग हो कि, 'आत्मवृत्तान्त' मा बीपीले चित्रण गरेका कम्युनिस्टहरु पनि यस्तै षड्यन्त्र सिद्धान्तमा विश्वास गर्ने । फरक यत्ति हो, ती कम्युनिस्ट नेपालका नभएर भारतका थिए । आत्मवृत्तान्तको पृष्ड २१ मा बीपी खोल्छन् :

'माक्र्सवाद मलाई बडो क्रान्तिकारी दर्शन लाग्थ्यो तर कम्युनिस्ट आन्दोलनको केही कुराहरुमा चित्त बुझेको थिएन । भारतको एउटा राष्ट्रिय आन्दोलन, जसमा मेरो परिवार पनि संलग्न थियो, यो कोही पनि होइन, यो ब्रिटिसहरुले गराएको, गान्धी भनेको ब्रिटिसको दलाल– अचेतन दलाल, भन्ने कुरा म स्वीकार गर्न सक्दिनथे । .. मेरो मनमा माक्र्सवादको त प्रभाव रह्रयो तर कम्युनिस्ट पार्टीले मलाई प्रभावित पार्न छोड्यो ।'

भारतझै नेपाली समाज पनि अहिलेजस्तो उदार बनिसकेको थिएन । त्यसको प्रतिच्छाया कांग्रेस र वाम नेतृत्वमा देखिनु अनौठो थिएन । बीपी उपवाद थिएनन् । यति हुँदाहुदै पनि उनले पुष्पलालसँग राखेको प्रस्ताव सम्झँदै दुई वर्षअघि यो पंक्तिकारलाई सुनाएको थिए, कांग्रेस नेता चक्रप्रसाद बाास्तोलाले । बीपीसँग लामो सन्निध्यमा रहेका वाँस्तोलाका अनुसार उनले पुष्पलालसँग प्रस्ताव गरेका थिए, 'म तपाई कम्युनिस्टहरुको आर्थिक एजेन्डालाई स्वीकार गर्छु, तपाईहरु मेरो राजनीतिक एजेन्डा स्वीकार गर्न सक्नुहुन्छ ?'

पुष्पालाले व्यक्तिगत रुपमा बीपीको प्रस्ताव स्वीकार गरे पनि जनवादी राज्यसत्ता ल्याउन हिँडेका वामशक्रिहरुबाट अनुमोदन गराउन असमर्थ भएकाले वामपन्थी र कांग्रेसबीच संयुक्त मोर्चा बन्न नसकेको बाँस्तोलाले जिकिर गरेका थिए । उनको यो दाबी पृष्टि हुने दस्तोवेजहरु भने हालसम्म भेटिएका छैनन् । तर नेकपा मानेका महासचिव सीपी मैनाली भने उक्त भनाइलाई पुष्टि गर्दै भन्छन्, 'बीपी पुँजीवादी लोकतन्त्रवादी नेता भएकाले कम्युनिस्टहरुसँग तीव्र मतभेद हुनु अनौठो थिएन, उहाँले पुष्पलालसँग कम्युनिस्टको आर्थिक कार्यक्रम मान्ने प्रतिवद्धता जनाउनुभएको चाहिँ मलाई थाहा छ । कांग्रेसको राजनीतिक कार्यक्रम स्विकार्न आग्रह गर्नुभएको थियो ।'

माओवादी अध्यक्ष वैद्यका अनुसार पुष्पलालले संयुक्त संघर्षका लागि जोड गर्दा पनि बीपीले ध्यानै दिन चाहेनन् । 'राष्ट्रिय शक्तिलाई चिन्ने राजनीतिक चिन्तनको पक्ष कमजोर भएकाले बीपीले सदैव नकार्नुभयो,' उनी भन्छन्, 'उहाँमा सुझबुझको कमी हुदा मुलुकको राजनीति अझै पछाडि धकेलियो । बरु राजनीतिक बुझाइमा पुष्पलालजी नै अगाडि गएको देखियो ।'

बीपीका अलमल

कांग्रेस र कम्युनिस्टमा बाँडिएका पञ्चायतविरोधीहरुमा राजतन्त्र र भारतलार्य हेर्ने विषयमा पछिसम्मै विवाद भएको देखिन्छ । कम्युनिस्टले कांग्रेसलाई भारतपरस्त भनेझै कांग्रेसले पनि उनीहरुलाई राजापरस्त भनी आरोप लगाएका विभिन्न ऐनिहासिक सामग्रीमा पढ्न पाइन्छ । माले महासचिव मैनालीका अनुसार बीपीमा राष्ट्रिय अस्तित्व र स्वतन्त्रताको प्रश्नमा सुरुमा अलमल देखिए पनि पछिल्लो कालखण्डमा भने प्रस्टता आइसकेको थियो । '२००३ सालमा नेपाली राष्ट्रिय कांग्रेस गठन गर्दा बीपीमा नेपाल बृहत्तर भारतकै एउटा भाग हो भन्नेसम्मका अभिव्यक्ति भेटिन्छन्, पछिमात्रै उहाँले सच्याउनुभयो,' उनी भन्छन्, '२००७ सालको परिवर्तनपछि सरकारमा पुग्नुभएका उहाँले नेपाल–भारत सम्बन्धका तीता पक्षहरुलाई आफ्नै आँखाले देख्नुभयो । सुरुमा राष्ट्रियतामा अस्पष्ट बीपीले २०३३ मा आइपुग्दा राष्ट्रियताका लागि ज्यान दिनसमेत पछि नपर्ने अभिव्यक्ति दिनु यसैको परिचायक हो ।'

खनाल २०२५ सालमा अस्कल क्याम्पसको विद्यार्थी छँदा भुरुङखेलनजिकैको बस्तीमा बीपी आउँदैछन् भन्ने सुनेर दगुरेछन् । जेलबाट भर्खरै छुटेका बीपीले २०१५ सालको चुनाव, आफ्नो सरकार अपदस्थ गरी राजा महेन्द्रले जेल हालेको, जेलमा बसेर लोकतन्त्रको संघर्ष जारी राखेको चर्चा सुने ।

भाषणकै बीचमा दर्शकदीर्घाबाट कसैले प्रश्न सोध्यो, 'कम्युनिस्ट नेता मनमोहन अधिकारी पनि भर्खरै जेलबाट छुट्नुभएको छ । के अब तपाई उहाँहरुसँग मिलेर संघर्ष गर्नुहुन्छ ?'

'किन ?'

सहकार्य ग¥यौँ भने अन्तर्राष्ट्रिय जगत्को समर्थन लिन सकिँदैन ।' मन पर्ने नेतामा बीपीको नाम लिने खनालले उनीसँगको पहिलो भेटको प्रभाव भने नकारात्मक परेको खुलाए । 'म भर्खरै वामपन्थी राजनीतितिर आकर्षित भएको थिएँ, बीपीलाई पनि पढिरहेको थिएँ,' खनाल भन्छन्, 'तर कम्युनिस्टहरुप्रति उहाँको बढी नै आग्रह रहेछ भन्ने थाहा पाउँदा नरमाइलो लाग्यो ।'

कुनै बेला 'माले, मण्डले मसाले एउटै हुन्' भनी खरो टिप्पणी गर्ने बीपीका भाइ गिरिजाप्रसादले अन्तत: हिंसात्मक विद्रोह चलाइरहेको कम्युनिस्ट पार्टी माओवादीसँग सहकार्य गर्ने नीति लिए । त्यो नयाँ किसिमको मेलमिलाप नीतिले राजतन्त्र उन्मूलन भयो, बीपीले उठाउँदै आउको संविधानसभा चुनाव पनि भयो । गणेशमानसिंहले त वाममोर्चासँग सहकार्य गरेरै २०४५ को परिवर्तन सम्भव भएको थियो । आन्तरिक राजनीतिक परिस्थितिदेखि विश्वराजनीतिका उहापोहसँग पूरै जानकार बीपीजस्ता ठूला नेता भने किन कम्युनिस्टसँग छेउ पर्ने चाहँदैनथे ?

'२०१५ सालको आमचुनावमा कांग्रेसको दुईतिहाई सिट आउँदा कम्युनिस्टको चार सिटमात्रै देखेर सुरुसुरुमा बीपीमा घमण्ड जागेको हुनुपर्छ,' वैद्य विश्लेषण गर्छन्, 'पञ्चायतकालमा कम्युनिस्टको राजनीतिक शक्ति बढेको देखेर पछिल्ला वर्षमा बीपी तर्सिनुभएको देखिन्छ ।'

प्रकाशित मिति: २०७१ श्रावण ०३, कान्तिपुर (कोसेली)

Back