Thought on Life
Print Friendly and PDF

"आफ्नो जीवनगाथा पनि लेख्दैछु तर तेसमा मलाई उति दिलचस्पी लागिरहेको छैन। यद्यपि म आफ्नो जीवनीलाई ५० वर्षको नेपालको राजनीतिक सामाजिक इतिहासको पृष्ठभूमिमा टाँसेर तेसलाई केही तटस्थतासँग अध्ययन गरिरहेछु र तसर्थ यस्तो केही मूल्य हुन जाला जस्तो लाग्छ, तर मेरो जीवन त अझै निर्मित हुँदैछ जसले कुनै स्पष्ट मूर्तिमा आकार ग्रहण गरिसकेको छैन।

प्रति नयाँ वर्षले पहिलेका वर्षहरूलाई या त गलत या निष्प्रयोजनीय र अप्रासंगिक पार्दै जान्छ। तैपनि तिम्रो आग्रहमा आत्मकथामा पनि हात हालेको छु। मलाई लाग्छ, म नेपाली समाजको संक्रमणकालमा जीवित छु र मेरो जीवनी तीन पिँढीमा फैलिएको छ- एक त आफ्नै पिँढी, अर्को मेरो पिताजीको र तेस्रो मेरा छोराहरूको अर्थात् बिलाउन लागेको समाजलाई पनि मैले देखेँ र त्यहाँ पनि मैले सास फेर्ने मौका पाएँ, र निर्मित हुन लागेको समाजको गठनमा पनि, मेरो सानो योगदान रह्यो।

तेसो हुनाले एक दृष्टिमा यानि आँखाको एक घुमाइमा- म ५० वर्षको नेपालको बदलिँदो इतिहासलाई टिप्न सक्छु। आत्मकथामा तेस्कै प्रयत्न गर्दैछु। तर, धेरै मेहनत लाग्ने भएको छ। ऐले त भरखर प्रार भमात्र गरेको छु। म आउने आश्विनमा ४९ वर्ष पूरा गरेर ५० वर्षमा प्रवेश गर्छु। तिमीले केही वर्षलाई केही घटाएर लेखेका थियौ, तेसो हुनाले सच्याई पठाएको छु।"