War
Print Friendly and PDF

  1. "युद्ध भनेको हार्ने कुरो मात्र होइन, कुनै पनि युद्ध विभिन्न लडाइँको क्रमिक रूप नै हो । दोस्रो विश्वयुद्धमा दुई सयभन्दा बढी ठुल्ठूला लडाइँ भए । १२५ जति लडाइँ जर्मनी समर्थित नाजी शक्तिले जिते । बर्मा, सिंगापुर, फ्रान्स वा बेल्जियममा लडाइँ भए । अंग्रेजका सहयोगी हार्छन् तर फेरि ७५ ठाउँका ठूला-ठूला युद्धमा अंग्रेजले जिते । त्यसो हुनाले लडाइँमा हार व्यहोरे पनि म हिम्मत भने हार्दिनँ । ... म तपाईंहरूलाई दोस्रो विश्वयुद्धको उदाहरण दिन्छु । त्यसमा बेलायत, फ्रान्स र बेल्जियम हारेकाले यो उदाहरण दिन लागेको हुँ । त्यतिवेला हारेपछि अंग्रेजले हिटलरका विरुद्धमा लड्न पल्टन पठाएका थिए । लडाइँमा हारेपछि उनीहरू हात-हतियार फ्याँकेर नांगै भए पनि डुंगामा चढेर बेलायत फर्केर आए । तिनीहरूले दुनियाँमा जहाँ पनि फ्रान्स, ब्राजिल जतासुकै आत्मसमर्पण गरिदिए । त्यतिवेलाका बेलायतका विदेशमन्त्री चेम्बर लिन र प्रधानमन्त्री चर्चिलले हिम्मत हारेनन् । उनीहरूको भनाइ थियो, 'हामीले एउटा युद्ध मात्र त हारेका छौँ । हामी अन्तिम समयसम्म पनि लड्छौँ र हार्दैनौँ ।' उनीहरूसँग अमेरिकी हातहतियार थिए । त्यो सबैलाई चाहिएको थियो । त्यसकारण उनीहरूसँग हिम्मत पनि थियो । उनीहरूले ठूला-ठूला लडाइँ जितेको हुनाले अन्तिम समयसम्म जित्छौँ भन्ने हिम्मत पनि थियो ।"

  2. "मैले पनि यहाँ बसेर युद्ध हारेको छैन । आत्मबल गुमाएको पनि छैन । यो निकै गर्वको विषय हो ।"