हरेक राष्ट्रनिर्माताले आफूले निर्माण गरेको मुलुकको निरन्तर सुरक्षा कसरी कायम राख्ने भन्ने कुरा सोचेको हुन्छ । यस्तो सोचाईको दुईवटा पक्ष हुन्छन् । पहिलो पक्ष भनेको निर्माण गरिएको मुलुकको स्याहार–सम्भार र आन्तरिक शान्तिसुव्यवस्था कसरी कायम गर्ने भन्ने हो । दोस्रो पक्षका रुपमा मुलुकको बाह्य सुरक्षा पर्दछ । यी दुवै एकअर्कासँग सम्बन्धित विषय हुन् । आन्तरिक सुरक्षा गर्न नसक्ने मुलुकले बाह्य सुरक्षाका लागि काम गर्न सक्दैन ।…Read the Article
Category: Articles
एउटा राजनेताका रुपमा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको विभिन्न कोणबाट विश्लेषण भएको छ । हालका वर्षहरुमा राजनीतिक क्षेत्रका धेरै व्यक्तिहरुले वहाँको प्रजातान्त्रिक राजनीति, राष्ट्रवा, राजा महेन्द्रसँगको सम्बन्ध, समाजवादी चिन्तन र विशेषगरी राष्ट्रिय मेलमिलाप नीतिका बारेमा लेखेका छन् । कानुनव्यवसायीका रुप्मा कोइरालाको विश्लेषण प्रायः भएको छैन भने पनि हुन्छ अर्थात् अत्यन्त न्यून रुपमा मात्र भएको छ ।…Read the Article
[pdfjs-viewer url=”https%3A%2F%2Fbipinadhikari.com.np%2Fwp-content%2Fuploads%2F2020%2F02%2Fshashakiya-swarup.pdf” viewer_width=100% viewer_height=1360px fullscreen=true download=true print=true]

गृहयुद्धको पृष्ठभूमिमा फौजदारी न्यायको खोजीको कुरा गर्दा एसियाली देश कम्बोडियाको आफ्नै महत्व छ । कम्बोडियाले एकप्रकारको अनुभव त दिन्छ नै, तर त्योभन्दापनि बढी एउटा कठोर पाठ सिकाउँछ ।
यो लेखकले सन् १९९९ मा कम्बोडियामा संयुक्त राष्ट्र विकास कार्यक्रमको ‘सेकण्डमेण्ट’ मा त्यहाँका राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयमा काम गर्दा यस विषयमा केही अनुभव गर्ने अवसर पायो । त्यसबेला संक्रमणकालीन न्यायका बारेमा प्रशस्त असफल प्रयत्नहरु भएका थिए । अन्ततः सन् २००६ मा आएर मात्र यसका लागि संयन्त्रको व्यवस्था हुन सक्यो । यस लेखले त्यसबेलाको अनुभव तथा पछि भएका प्रयत्नहरुका आधारमा संक्रमणकालीन न्यायको कम्बोडियन प्रयासलाई उल्लेख गर्दछ । फौजदारी अन्यायको पृष्ठभूमिबाट विश्लेषण सुरु गर्न सकिन्छ ।
फौजदारी अन्यायको पृष्ठभूमि
दोस्रो विश्वयुद्धताका सम्म कम्बोडिया एसियाको सम्पन्नतम् मुलुकमा पर्दथ्यो । तर युद्ध उपरान्त यसको भविष्य शीतयुद्धको चपेटामा परेको थियो । सन् १९७५–७९ को अवधिमा कम्बोडियाले कठोर गृहयुद्ध भोग्नुप¥यो । त्यहाँको माओवादी एवम् क्रान्तिकारी परिवर्तनको राजनीतिमा विश्वास गर्ने दल ‘खमेर रुज’ यो गृहयुद्धको सुत्राधार थियो । अधिकांश कम्बोडियालीहरु ‘खमेर’ जातिका छन् । खमेर रुजको औपचारिक नाम कम्पुचिया साम्यवादी पार्टी थियो । फ्रान्सले सन् १९५३ मा कम्बोडियालाई औपनिवेशिक मुलुकका रुपमा मुक्त गरेपछि खमेर रुजका नेता पोलपोटले तुरुन्तै आफ्नो राजनीति अघि बढाए । उनलाई त्यसबेलाको कम्बोडियाको भूराजनैतिक स्थितिले विशेष प्रोत्साहन पनि दियो । कम्बोडियाको छिमेकी मुलुक भियतनाम अमेरिकीहरुसँग द्वन्द्वरत थियो । उत्तर भियतनाम चिनीयाहरुको नियन्त्रणमा थियो भने दक्षिण भियतनाम अमेरिकीहरुको । अमेरिका–भियतनाम युद्धताका कम्बोडियाले आफूलाई तटस्थ घोषणा ग¥यो । तर कम्बोडियाका राजानोरोदोम सिहानुकउत्तरी भियतनामसँग मिलेको अमेरिकीको बुझाई थियो । वास्तवमा कम्बोडियाले उत्तरी भियतनामलाई सैन्य अखडा उपलब्ध गराएको थियो । कम्बोडियाको अर्को छिमेकीमुलुक थाइल्याण्ड युद्धरत नभएपनिलगभग अमेरिकी नियन्त्रणमा रहेको स्थिति थियो । यस्तो परिस्थितिमाचर्को राष्ट्रवाद र माओवादको दाबीगर्ने खमेर रुजले आफ्नालागिराम्रो उर्वर भूमिप्राप्तगर्न सक्यो । करिब दुईदशकको राजनीतिपछि पोलपोट एउटा शक्तिशाली पार्टीका नायक भइसकेका थिए । माया गरी बोलाउनेले उनलाई ‘ब्रदर नं. वान’पनिभन्दथे ।
सन् १९७० मा अमेरिकीहरुको सहयोगमा जेनरल लोन नोलले कम्बोडियाका राजासिहानुकलाई अपदस्थ गरे । त्यसबेला भियतनाम युद्ध विस्तारै कम्बोडियामा पोखिन थालिसकेको थियो । त्यसैले राजा सिहानुकले त्यसैले द्वन्द्वरत साम्यवादी शक्तिहरुको सहयोग लिए । भियतनाम युद्धले कम्बोडियाको अर्थ व्यवस्थालाई जर्र्जर बनायो । राजाले धान्न सकेको भए राजा अपदस्थ हुने थिएनन् । साँढेको जुधाई र बाछाको मिचाइ एउटा उपयुक्त प्रसंग थियो । राजा विस्थापित हुनुको एउटा कारण यही थियो । राजाले साम्यवादीहरुको मान्छे भइदिनाले साम्यवादी समूहहरुलाई शक्तिप्राप्तगर्न सजिलो भयो । त्यसबेला कम्पुचिया कम्युनिष्ट पार्टी दह्रो भएर आइसकेको थियो । यसले अमेरिकी आक्रमण र लगातारको बमबर्षालाई आधार बनाई धमाधम आफ्नो पार्टीमा कम्बोडियन युवाहरुलाई भर्ना लिन थाल्यो । यसले विस्तारै राजा सिहानुकका समर्थक र जेनरल लोन नोलको विरोध गर्ने स्वतन्त्र एवम् प्रजातान्त्रिक समूहहरुलाई पन्छाउन सुरु ग¥यो । यो काममा केही सफलता पाएपछि यो पार्टीले लोन नोलको सेनालाई हराउँदै राजधानी सहर फ्नोम्पेन्ह लगायत सम्पूर्ण मुलुकलाई सन् १९७५ माआफ्नो नियन्त्रणमा लियो । यसरी सम्पूर्ण शक्तिप्राप्त गरेपछि यो पार्टीले करिब २० लाखजनतालाई सहरबाट गाउँतिर खेद्यो । उद्देश्य कृषिउत्पादकत्व बढाउँदै नयाँ कृषिमा आधारित समाजवादी कम्बोडियाको स्थापना गर्नु थियो । यसका साथै यो पार्टीले जातीय सिद्धान्त पनि प्रतिपादन ग¥यो । यस अनुसार जो कम्बोडियाका बहुसंख्यक ‘खमेर’ जातिका थिएनन्, तिनलाई क्रमशः निमिट्यान्न पार्ने उद्देश्यपनि यो पार्टीले राख्यो । त्यस्ता सबै व्यक्तिहरु जसले खमेर रुजको विरोध गरे, उनीहरुलाई गोली ठोकियो तथाविरोध नगरे पनि असहयोग गर्नेहरुलाई क्रमशः मास्न थालियो । यो प्रक्रियाबाट कम्बोडियाका आमजनताले भोक, रोग, यातना तथा आमहत्या दिनदिनै खप्नुपर्ने भयो ।
यो पृष्ठभूमिमा स्न १९७९ मा भियतनामले कम्बोडियामा आक्रमण ग¥यो । यसबाट खमेर रुज अपदस्थ हुनपुग्यो । उनीहरु देशका विभिन्न स्ट्रङ्गहोल्ड क्षेत्रहरुमा छरिए । तैपनि यसले छापामार यृद्ध गर्न छाडेन । सर्वसाधारण को उत्पीडनमा कुनै कमि आएन । १९७९ सम्ममा खमेर रुज को शासनबाट करिब १७ लाख कम्बोडियमहरु मासिइसकेका थिए । उनीहरुलाई थाइल्याण्ड र चीनबाट हतियार तथा सहयोग प्राप्त थियो । अमेरिका र बेलायतले पनि खमेरुजलाई नै सहयोग गरे । उनीहरुलाई कम्बोडियाको कुनै सरोकार थिएन । सहयोगको कारण त्यसबेलाको शीतयुद्ध थियो । त्यसैले खमेर रुजहरुलाई बुद्वमार्गी, अल्पसंख्यक, बौद्धिक तथा राजनितीक प्रतिपक्षहरु उपर आफ्नो कारबाही जारी राख्न गाह्रो भएन । द्वन्द्वलम्बिदै जादाआफ्नो पाटी भित्रकै असमतपक्षलाई पनिकारवाहीहुनथाल्यो । १९७९ माभियतनामी सेनाले अपदश्थ गरे पछि पनि १९ वर्ष सम्मगुरिल्ला युद्ध चलिरहेको थियो । सन् १९९० को सुरुवातसँगै पार्टीका रुपमा खमेर रुज चोइटिन थाल्यो । सन् १९९८ मा खमेर रुजका नेतापोल पोटको मृत्यु पछि मात्रउनीहरुको आदोलन समाप्त भएको मानिन्छ । लगभग त्यसैबेला खमेर रुजका ऐंग सेरी जस्ता नेताहरु लाई माफी दिइएको थियो । उनी खमेर रुजका शासन कालमा विदेश मन्त्री थिए । त्यस्तै खमेर रुजका लडाकुहरुलाई पनि कम्बोडियाको सेनामा भर्ती गर्न थालिएको थियो ।
सन् १९९८ देखिनै कम्बोडियामा खमेर रुज आन्दोलनमा भएका अपराधीहरुलाई कानुनप्रति उत्तरदायी बनाउने प्रयासहरु सफल हुन सकेन । कस्तो किसिमको संयन्त्रबाट संक्रमणकालीन न्यायको व्यवस्था गर्ने भन्ने सम्बन्धमा छलफल नभएको होइन । दुई दर्शक सम्मचलेको सशस्त्रद्वन्दकाकारण सुरुमा यो गर्न सकिएन त्यस पछि पनित्यस्ता युद्ध अपराधिकहरुलाई कसरि कारवाही गर्ने भन्ने कुरामा एक मतहुन सकेन । कतिपय मान्छे जेभयो भयो अब पछाडिका कुरा भुलेर अगाडि बढ्नु पर्दछ भन्दथे । अन्यको भनाइ भने अपराधिको पुर्पक्ष गर्नु पर्दछ र यसका लागि स्वतन्त्र न्यायालयको व्यवस्था गर्नु पर्दछ भन्ने थियो । अन्र्तराष्ट्रिय पुर्पक्षको हकमा सरकार पटक्कै तयार थिएन । तर स्थानिय न्यायिक वातावरण हेर्दा कम्मोडियाकै अदालतवाट त्यहाँका गम्भिर अपराधिहरुलाई निष्पक्षतापुर्वक न्याय हुन सक्दैन किभन्ने सोचाई अन्तर्राष्ट्रिय समुदाय राख्दथियो । न स्थानियरुपमाविकल्पहरुकाबारेमा साझा दृष्टिकोर्ण देखिन्थ्यो न तःअन्र्तराष्ट्रिय क्षेत्रनै यसबारे धेरै प्रस्ट देखिन्थ्यो । केही पक्षहरुले ट्रुथ कमिसनको कुरा नउठाएका होइनन् । यसले संक्रमणकालीन न्याय व्यवस्थापनको विषयमा केही लचकता दिन सक्थ्यो । राजनैतिक परिस्थिति स्थिर हुन नसकेको परिस्थितिमा यो प्रक्रियाबाट कामकारबाहीको उठान व्यवहारिक पनि हुन्थ्यो होला । भविष्यलाई प्रभावित नगरिकन यो प्रक्रियामार्फत् मानवअधिकारको ज्यादती खपेका पीडितहरुलाई स्वतन्त्र संयन्त्र अघि उपस्थित भई आफ्नो कुरा राख्ने अवसर दिनुका साथै केही प्रकारका उपचार दिन सक्थ्यो । तर यो कुरा त्यति स्वीकार्य हुन सकेन ।
खमेर रुजको कुरा गर्दा यसको संगठनको संरचना पनि बहसमा आउँछ । यसका पदाधिकारीहरुको माथिदेखि तलसम्मको संरचना वा पिरामिड प्रकारको संरचना थियो कि थिएन भन्ने प्रश्न पनि गरिन्छ । केवल एउटा समूहलाई मात्र कारबाही गरेर पुग्दैन । खमेर रुजभित्र पनि विग्रह थियो र धेरै समूहहरु थिए । उनीहरु सबैले ज्यादती गरेको मानिन्छ ।
केही मानिसहरुको भनाई थियो, खमेर रुजका बारेमा धेरै कुरा जानकारीमा आइसकेको थियो । यसले गरेका अपराधहरुका बारेमा पर्याप्त रुपमा तथ्यहरु मिडियाले बाहिर ल्याइसकेको थियो भने धेरै प्राज्ञिक महत्वका विवरणहरु पनि आइसकेका थिए । त्यसैले देशभित्रको परिस्थिति हेर्दा बृहत जनसहभागिताको अवसर खोजिएकै थिएन । खासगरी कम्बोडियन सरकार टु«थ कमिसनको माध्यमबाट मानवअधिकारको उल्लंघनको विषयलाई तहकिकात गराउने पक्षमा छँदै थिएन । अभियोजन गर्ने अधिकार नपाएको टु«थ कमिसनले अपराधी समाउने र न्यायिक प्रक्रियामा ल्याउने अवस्था नै थिएन । अन्तर्राष्ट्रिय समुदायलाई यो प्रावधान विनाको टु«थ कमिसनमा खास रुचि थिएन ।
कम्बोडियाका प्रधानमन्त्री हुन सेन आफैं पनि खमेर रुजका आर्मी अफिसर थिए । सुरुमा उनले अन्तर्राष्ट्रिय अदालत नै चाहिन्छ भन्ने गर्दथे, तर सन् १९९८ सम्म आउँदा नआउँदा उनी निकै बलियो भइसकेका थिए । अब उनको नयाँ भनाई के थियो भने पुराना कुरालाई खाल्डो खनेर गाड्नु पर्छ । सामान्यतया जनमत आपराधिक उत्तरदायित्वको हिसाबकिताब गर्नका लागि तयार थियो । तर प्रधानमन्त्री तयार थिएनन् । स्वतन्त्र अदालतको स्थापनाका बारेमा संयुक्त राष्ट्र संघले निकै जोड गरेको थियो । सरकारका मान्छेहरु पनि अदालत स्वतन्त्र नै होस् भन्ठान्थे । तर उनीहरुले त्यस्तो स्वतन्त्रता अन्तर्राष्ट्रिय प्रभाव नपरोस् भन्नका लागि खोजेका थिए । संक्रमणकालीन न्यायको प्रक्रियामा कम्बोडियनहरुकै नियन्त्रण होस् भन्ने उनीहरुको सोचाई थियो । अन्तर्राष्ट्रिय समुदायले पनि स्वतन्त्र अदालत खोज्दथ्यो । तर त्यसको अर्थ सरकारी पक्षले यो प्रक्रियालाई असर गर्न नसकोस् भन्ने थियो । त्यसैले सबै पक्षलाई मिलाउँदा मिलाउँदै वातावरण मिश्रित अदालती परिपाटी (हायब्रिड ट्राइब्युनल) तर्फ उन्मुख भयो ।
मिश्रित अदालतको व्यवस्था
बल्ल–बल्ल दुबै पक्षकम्बोडिया भित्रै राष्ट्रिय र अन्र्तराष्ट्रिय विशेषताभएको एउटा मिश्रीत अदालत स्थापना गर्ने कुरामा सहमत् भए । जनवरी २००१ मा कम्बोडियाको संसद्ले एक्सट्राअर्डिनरी च्याम्बर्स इन द कोर्टस अफ कम्बोडिया (इसिसिसि) स्थापनाका लागि एउटा ऐन पारित ग¥यो । यो ऐनले इसिसिसिलाई सन् १९७० को दशकमा गरिएका हत्याहरुका लागि मूल रुपमा जिम्मेवार व्यक्तिहरुलाई कानुनको दायरामा ल्याउने उद्देश्य राख्यो । राष्ट्र संघले यो अदालतको संरचनाको कुरामा चित्त नबुझेका कारण यसलाई स्थापना गर्ने वार्ताबाट अलग्गियो । सन् २००३ मा पुनः दुवै पक्ष यो प्रक्रियालाई अघि बढाउन सहमत भए । इसिसिसिले २००६ देखि आफ्नो कामकामकारबाही सूरु ग¥यो । कम्बोडियाको न्यायिक परम्परामा न्यायाधिश तथा सार्वजनिक अभियोजनकर्ता दुबै एउटै अदातलका कर्मचारी हुन्छन् । तर उनिहरु बिच व्यवसायिक स्वतन्त्रता हुन्छ । त्यसैले इसिसिसिले खमेरुजका बरिष्ट नेताहरु तथाआमहत्या, मानवता बिरुद्धका अपराधतथाअन्यगम्भिर ज्याजतिहरु माथिअभियोजन सुरु ग¥यो ।यस मिश्रीत अदालतमाकम्बोडियन तथाअन्र्तराष्ट्रिय न्यायाधिश, सार्वजनिकअभियोजन कर्ता, प्रतिरक्षात्मक समुहतथाप्रशासनिक सहयोगिहरु छन् ।अदालतलाई संयुक्त राष्ट्रसंघ तथाअन्र्तराष्ट्रिय दाताहरुले सहयोग गरेको छन् ।
कार्यविधि
इसिसिसिको गठन प्रक्रिया गाह्रो छ । पहिलो त यो आफैं अदालत हुनु भन्दा पनि भइरहेका अदालतहरुको असाधारण कक्ष (एक्स्ट्राअर्डिनरी च्याम्बर्स) हो । यसमा सुरु अदालत तथा सर्वोच्च अदालत दुवै छन् । उनीहरुको क्षेत्राधिकारमा अप्रिल १७, १९७५ देखि जनवरी ६, १९७९ का बीच सत्ताधारी खमेर रुज पार्टी (प्रजातान्त्रिक कम्पुचिया) अपराध, कम्बोडियन फौजदारी कानुनको गम्भीर उल्लंघन, अन्तर्राष्ट्रिय मानवतावादी कानुन एवम् परम्परा र कम्बोडियाले मानिआएका अन्तर्राष्ट्रिय महासन्धिहरु अन्तर्गतका अपराधहरु पर्दथे । यी अपराधहरुमा आमहत्या तथा मानवताविरोधी अपराधहरु प्रमुख हुने नै भए ।
इसिसिसि स्थापना गर्न बनेको ऐनले कम्बोडियाको कायम रहेको कार्यविधि कानुनलाई नै मान्यता दिएको थियो । खासगरी समस्याको कारण तीन किसिमका कक्षहरुको व्यवस्थापन थियो – प्रि ट्रायल च्याम्बर, ट्रायल च्याम्बर र सर्वोच्च अदालत च्याम्बर । प्रि ट्रायल च्याम्बरमा तीनजना कम्बोडियन र दुई जना अन्तर्राष्ट्रिय न्यायाधीशहरुको व्यवस्था गरिएको थियो । कम्बोडियाको प्रचलनमा न्यायाधीशहरुले सुनुवाई पनि गर्छन्, अनुसन्धान तहकिकात पनि गर्छन् । तर जसले सुनुवाई गर्छ, उसले अनुसन्धान तहकिकात गर्दैन र जसले अनुसन्धान तहकिकात गर्छ, उसले सुनुवाई गर्दैन । तद्अनुसार ती न्यायाधीशहरुले तहकिकात गर्ने न्यायाधीशहरुद्वारा तहकिकात भइरहँदाको अवस्थामा सम्बन्धित पक्षको मोसन र अपिलहरुको सुनुवाई गर्दछन् । निर्णय गर्नका लागि पाँचजना मध्ये चारजना न्यायाधीशहरुको मुख मिल्नु पर्दछ । मुद्दामामिलाको तहकिकात सकिएपछि सुनुवाईका लागि सो मुद्दा जान्छ भने यसलाई ट्रायल च्याम्बरले सुनुवाई गर्नुपर्दछ । यो च्याम्बरमा तीनजना कम्बोडियन र दुईजना अन्तर्राष्ट्रिय न्यायाधीशहरु हुने व्यवस्था थियो । यसमा पनि प्रतिवादीलाई अपराधी ठहर गर्नका लागि पाँचमध्ये चारजना न्यायाधीशको मुख मिल्नु पर्दछ । ट्रायल च्याम्बरले गरेको निर्णयहरु सर्वोच्च अदालत च्याम्बरमा अपिल गर्न सकिन्छन् । यसमा चारजना कम्बोडियन र तीनजना अन्तर्राष्ट्रिय न्यायाधीशहरु रहन्छन् । यसले सातजना न्यायाधीशहरु मध्ये पाँचजनाको मुख मिलेपछि निर्णय गर्न सक्दछ ।
इसिसिसिमा प्रत्येक मुद्दा हेर्नका लागि दुईजना अनुसन्धान तहकिकात गर्ने न्यायाधीशहरु छन् । एउटा कम्बोडियन र अर्को अन्तर्राष्ट्रिय । उनीहरुले सहअभियोजनकर्ताले पेश गरेको विषयवस्तुमा प्रारम्भिक अनुसन्धान गर्दछन् । गरिएको अनुसन्धानको निष्कर्ष अनुसार ती सहअनुसन्धानकर्ता न्यायाधीशहरुले अभियोजन पत्र दाखिल गर्दछन् र उक्त विषयलाई पुर्पक्षका लागि पठाउँछन् । उनीहरुलाई सो विषयवस्तुलाई रद्द गर्ने अधिकार पनि छ । सहअभियोजनकर्ताहरु मध्ये एकजना कम्बोडियन र अर्का अन्तर्राष्ट्रिय हुन्छन् । जो अन्तर्राष्ट्रिय हो, ऊ सहअभियोजनकर्ताहरुको कार्यालयको प्रमुख पनि हो । उसले कम्बोडियन र अन्तर्राष्ट्रिय कर्मचारीहरु मार्फत काम गर्दछ । उनीहरु इसिसिसिबाट स्वतन्त्र हुन्छन् तथा प्रारम्भिक अनुसन्धान गरेर मुद्दाहरु अनुसन्धान गर्ने सहअनुसन्धानकर्ता न्यायाधीशहरुलाई बुझाउँछन् तथा इसिसिसिको सबै तहमा मुद्दा अभियोजन गर्दछन् ।
इसिसिसिलाई दोस्रो विश्वयुद्धपछि गठन गरिएको नरेम्बर्ग ट्राइब्युनल जत्तिकै ठूलो प्रक्रिया भनी कतिले लेखेका छन् । यस अन्तर्गत मुद्दा चलाइएका व्यक्तिहरु सबै उच्चपदाधिकारी हुन् । दिइने सजाय मध्ये सबैभन्दा ठूलो जन्मकैद नै हो ।
इसिसिसिको कामकारबाहीमा पीडितहरुको सहभागितालाई महत्व दिइएको छ र यस कार्यमा संक्रमणकालीन न्यायको संयन्त्रका रुपमा पीडितहरुलाई समेट्न खोजिएको छ । इसिसि अन्तर्गत पीडित सहायता शाखा खोलिएको छ । पीडितहरुले यस शाखामा उजुरीहरु ल्याउन सक्छन् । आफूसँग सम्बन्धित मुद्दामा उनीहरु देवानी पक्ष (सिभिल पार्टी) का रुपमा पनि संलग्न हुन सक्दछन् । इसिसिका सबै कामकारबाहीहरुका बारेमा पीडितलाई जानकारी दिनुपर्ने व्यवस्था छ । यी विषयहरु इसिसिको आन्तरिक नियमावलीबाट व्यवस्थित छन् । इसिसिले खमेर रुजको कुनै पनि पीडितलाई अतिरिक्त अनुसन्धानका लागि सहअभियोजनकर्ताहरु समक्ष उजुरी दिन समर्थ बनाएको छ । यसका अतिरिक्त यदि सहअभियोजनकर्ताहरुले अनुसन्धानरत न्यायाधीशहरुलाई उक्त उजुरी पठाउने निर्णय गर्दछन् भने उक्त अपराधबाट आरोपित अपराधको पीडितहरुले नागरिक पक्षका रुपमा उक्त मुद्दामा संलग्न हुन अनुसन्धानरत न्यायाधीशहरुलाई निवेदन दिन सक्छन् । नागरिक पक्षका रुपमा अभियोजन कार्यलाई सहयोग गर्नुमा पीडितहरुको सक्रिय भूमिका हुन्छ । आन्तरिक नियमावलीले उनीहरुलाई प्रमाणहरु प्रदान गर्ने, साक्षीहरु बोलाउने, आफ्नै साक्षीहरु उपस्थित गर्ने, मुद्दाको फाइल पुनरावलोकन गर्ने तथा आरोपित व्यक्तिलाई सिधै सोधपुछ गर्ने अधिकार दिएको छ । यद्यपि अदालतका केही आदेशहरुले त्यस्ता पीडितहरुले आफ्नो कुरा वा प्रमाण प्रत्यक्ष रुपमा त्यसरी पेश गर्ने भन्दा कानुन व्यवसायीको सहभागिताद्वारा गर्ने भन्ने उल्लेख गरेको छ ।
राष्ट्रसंघले निष्पक्ष र पारदर्शी प्रक्रियाहरुलाई लागु गर्न प्रयास गरेको देखिन्छ । तर त्यो कति प्रभावशाली रह्यो भन्ने कुरा एउटा प्रष्ट जवाफ दिन नसकिने प्रश्न हो । गृहयुद्ध पीडितहरुलाई राष्ट्रसंघले सान्तवना दिनसक्ने स्थिति छैन ।
कार्यान्वन पक्षः अनन्त प्रक्रिया ?
इसिसिसिले विभिन्न कारणले गर्दा राम्रो काम गर्न सकेको छैन । बस्तुगत रुपमा तथा स्वतन्त्र भएर अदालती संयन्त्रको रुपमा यसले काम गर्न नसकेको आक्षेप पनि छ । सुरुदेखि नै इसिसिका प्रक्रियाहरुका बारेमा प्रश्न उठिरहेको देखिन्छ । भ्रष्टाचार र राजनीतिकरणले इसिसिसिलाई छोइरहेको देखिन्छ । यसका प्रक्रियाहरु पनि कतिपय अवस्थामा नियमित हुन सकेका छैनन् । इसिसिसिका राष्ट्रिय कर्मचारीहरुले तलबको विषयमा र समयमा तलब नपाइएको भनी पनि इसिसिसिको कामकारबाहीहरु रोकेका छन् ।
पहिलो कुरा, फौजदारी कानुनको आधारविना कसैलाई पनि अपराधी मान्न सकिँदैन (नलम क्रिमेन सिने लेगे) भन्ने सिद्धान्तका कारण पनि एक्स्ट्राअर्डिनरी च्याम्बरका रुपमा गठन गरिएको उक्त अदालत सुरुमै विवादमा प¥यो । जस्तो चारजना प्रतिवादीहरुले इसिसिसिमा यस निकायको वैधता नभएको र जुन अवधिको अपराधका लागि उनीहरुलाई आरोपित गरिएको छ, सो अवधिमा सो अपराध कानुनको किताबमा नकिटिएको उनीहरुको जिकीर थियो । इसिसिसिको कानुन अनुसार यो अड्डामा मुद्दा चलाउन मुलुकको विद्यमान कानुन, अन्तर्राष्ट्रिय कानुन तथा अपराध गरिएका अवस्थामा प्रचलित परम्परागत कानुनका आधारमा कारबाही गर्न सकिन्थ्यो । त्यस्तै आमहत्याका अपराध वा मानवता विरोधी अपराधहरु सन् १९७५ ताका नै परम्परागत अन्तर्राष्ट्रिय कानुनमा आइसकेका थिए । कम्बोडियाले जेनेभा कन्भेन्सन्हरु स्वीकार गरेकाले यसैका आधारमा पनि मुद्दा चलाउन सकिन्छ भन्ने प्रि–ट्रायल च्याम्बरको सोचाई थियो । यो विषयले अदालतलाई निरन्तर विवादमा ल्याई नै रह्यो ।
एक्स्ट्राअर्डिनरी च्याम्बरहरु असाधारण भनिए पनि यसको टाइमिङ्ग र पुर्पक्षको क्षेत्रका बारेमा पनि प्रश्न उठ्यो । केही मानवअधिकारमुखी अधिवक्ताहरुको भनाई थियो कि पुर्पक्षको कुरा लामो अवधिसम्म झुण्ड्याएराख्न मिल्दैन । कारबाही गर्न धेरै ढिला भइसकेको छ । आरोपित व्यक्तिहरु अहिले पनि खुला रुपमा घुम्दैछन् र इसिसिसिका कामकारबाहीहरुलाई कम्बोडियाको सरकार र प्रधानमन्त्री स्वयम्ले छेकबार गर्दैछन् । आजसम्म पनि कसलाई अभियोजन गर्ने र कतिवटा मुद्दा चलाउने भन्ने कुरा विवादमै छ । प्रधानमन्त्री यसका बारेमा अनुदार दृष्टिकोण राख्दछन् । न्यायाधीशहरुमध्येका कम्बोडियन न्यायाधीशहरु निरन्तर सरकारको दवाबमा भएको पनि भनिएको छ । यसका साथसाथै अड्डाका अभियोजनकर्ताहरुले अभियोजन सम्बन्धी विषयमा तजबिजी अधिकार पाउन सकेका छैनन् । उनीहरुले आफूले गरेको अनुसन्धानहरु अनुसन्धान गर्ने न्यायाधीशहरुलाई बुझाउनु पर्ने व्यवस्थाको धेरैलाई चित्त बुझेको छैन । यी न्यायाधीशहरुले नै प्रमाणहरु पर्याप्त छन् कि छैनन् र उजुरी अघि बढ्न दिने हो कि नदिने हो भनी निर्णय गर्दछन् ।
अहिलेसम्म इसिसिसिमा पाँचजना उपर मुद्दा चलाइएको छ । तर केवल एकजना मात्रको अभियोग ठहर भएको छ । कमरेड डुच भनिने केङ्ग गुएक एभ (मुद्दा दर्ता नं. ००१) लाई मात्र मानवताविरुद्धको अपराधमा दोषी ठहर गरिएको छ । उनी अहिले जन्मकैद निर्वाह गर्दैछन् । राजधानी नोम्पेनस्थित (एस–२१) कारागारमा पन्ध्रहजार कैदीहरुको हत्याका लागि उनलाई जिम्मेवार ठह¥याइएको थियो । दोस्रो केस नुअन चियाको थियो । उनी पोल पोटका दाहिन हात मानिन्थे । उनलाई ‘ब्रदर नम्बर टु’ भनिन्थो । तेस्रो केस खिउ सम्फानको थियो । उनी भूतपुर्व राष्ट्राध्यक्ष थिए । तर खमेर रुजका भूतपुर्व परराष्ट्रमन्त्री एङ सेरी बित्न गए । उनकी श्रीमती एङ थिरिथ पनि खमेर रुजकि वरिष्ठ व्यक्ति मानिन्थिन । उनको मानसिक स्थिति ठिक नभएको भनी उनी उपर पूर्पक्ष गरिएन । तेस्रो र चौथो मुद्दा रोकिन पुगेको छ । जुन नामहरु उपर तहकिकात हुुँदैछ, तिनका बारेमा औपचारिक घोषणा गरिएको छैन । यद्यपि ती नामहरु पत्रपत्रिकामा आइरहेकै छन् । इसिसिसिको अहिलेसम्मको कारबाही यत्ति हो ।
दुईसय मिलियन डलरभन्दा बढी खर्च गरेर केवल एकजनालाई मात्र जेल चलान गर्न सक्नु निश्चित रुपमा अदालत र सम्बद्ध क्षेत्रबाट पैसाको कुन रुपमा दुरुपयोग भएको छ भन्ने कुराको प्रमाण हो । कम्बोडियाको सरकार उपरोक्त मूल अभियुक्तहरु बाहेक अरु विरुद्ध कारबाही चलाउन तयार देखिँदैन । धेरै अभियुक्तहरु उपर कारबाही चलाइएमा क्रमशः त्यो अहिलेको सरकारका प्रधानमन्त्री हुन सेन र अन्य ठूला मान्छेहरुसम्म तन्किने खतरा सरकारले देखेको कतिपयको भनाई छ । वास्तवमा पहिलेको युगोस्लाभियामा यस्तै पृष्ठभूमिमा १६१ व्यक्तिलाई अभियोग चलाइएको थियो । रुवाण्डामा ९५ जना र सियरा लियोनमा २२ जनालाई मुद्दा चलाइएको इतिहास छ । जबसम्म मूल मान्छे सबैका बारेमा तहकिकात हुँदैन र तिनलाई कानुनको दायरामा ल्याइँदैन, यसबाट न्यायको उद्देश्य पूरा हुन सक्दैन । कम्बोडियाको राजनीतिमा धेरै प्रभावशाली व्यक्तिहरु खमेर रुजसँग सम्बन्धित थिए । प्रधानमन्त्री हुनसेन आफैं नै खमेर रुजको एउटा बटालियनका कमाण्डर थिए । उनका बारेमा किताबै लेखिएको छ । गृहयुद्धमा भियतनाम भाग्नुभन्दा पहिले भएको लडाइँमा उनले एउटा आँखा गुमाइसकेका थिए । यो बटालियनले अल्पसंख्यक मुस्लिमहरुको एउटा समूहलाई हताहत गरेको आरोप छ । हुनसेनले त्यसबेला आफू अस्पतालमा उपचाररत रहेको उल्लेख गरेका छन् । तर फौजदारी दायित्वको कुरा सरकारले होइन, अदालतले छिनोफानो गर्ने विषय हो । मुद्दा नै प्रवेश गर्न दिइँदैन भने समष्टिगत रुपमा संक्रमणकालीन न्यायको उद्देश्य कसरी पूरा हुन्छ भन्ने बारेमा व्यापक जनगुनासो छ । यो गुनासो सही पनि हो ।
संरचनागत रुपमा मुद्दा चलाउन नदिइएको एउटा कठोर आलोचना हो । तर अन्य आलोचनाहरु पनि छन् । जस्तो प्रधानमन्त्रीको छेउछाउका कतिपय वरिष्ठ व्यक्तिहरुलाई अदालतमा बयान दिन दिइएको छैन । अहिलेको राष्ट्रियसभाका अध्यक्ष हेङ सामरिङ र सिनेटका अध्यक्ष चिया सिङ यो समूहमा पर्दछन् । हेङ सामरिङ त धेरै नजिकबाट खमेर रुजको क्रियाकलाप बुझ्ने मान्छे हुन् । उनी गृहयुद्धपछिको ठूला नेता पनि हुन् । यी आलोचनाहरु माझ त्यति ठूलो खर्च र न्यायिक प्रक्रियामा भएको ढिलासुस्ती र आमजनतामा देखिएको निराशालाई हेर्दा इसिसिसिले राजनीतिक वैधता गुमाइसकेको जस्तो देखिन्छ । तर यो कछुवाको चालमा कुनै उत्साह विना कार्यरत नै छ ।
ठूला मान्छेका कुरा बाहेक पनि हजारौं मध्यम स्तरका खमेर रुज लडाकूहरु छन्, जो गृहयुद्धकालमा शरणार्थीहरुसँगै भागेर विश्वका धेरै मुलुकमा रहेबसेका छन् । उनीहरुबाट भएको फौजदारी अन्यायको लेखाजोखा अब नहुने भएको छ । उनीहरु कम्बोडियाको इसिसिसि परिपाटीमा कहिल्यै नआउने भए । उत्पीडितहरुको सहभागिता गराउनु पनि अदालतको उद्देश्य हो । अभियुक्तलाई उपस्थित नगराई उत्पीडितहरुले कसरी उत्पीडनका बारेमा बोल्न सक्दछन् । यसो त करिब तिस हजार युद्ध पीडितहरु इसिसिसिमा पुगेको देखिन्छ । उनीहरुले न्यायिक कारबाहीहरु हेर्न पाएका छन् । टेलिभिजन र अनलाईन कार्यक्रमबाट पनि अदालतको कामकारबाही खुल्ला राखिएको छ । सजाय पाएका अपराधिहरुले सजाय पाएको अधिकारीको सम्बन्धमा अदालतले नैतिक एवं सामूहिक क्षतिपुर्ति दिन पाउने अधिकार राख्दछन् । तर तथानाम खुला तरिकाले पीडितहरुलाई संलग्न गराउँदा न त पीडितको इज्जत हुन सकेको छ, न अदालतको कारबाही स्फूर्तिका साथ हुन सकेको छ । कतिपय अवस्थामा कार्यविधिगत कुराहरुलाई छोट्याइएको र अनुसन्धान र अभियोजन प्रक्रिया छरितो हुन नसकेको पनि भनिँदैछ ।
कम्बोडियामा भएका अपराधहरुको कम्बोडियाभित्रै मुद्दा चलाउने वा पुर्पक्ष गरिएको कुरालाई धेरैले महत्व दिन्छन् । झट्ट हेर्दा कुरा ठिकै लाग्दछ । विदेशमा लगेर आफ्ना नागरिकलाई कारबाही गर्ने प्रचलन मन नपराउनेलाई इसिसिसि राम्रै विकल्प थियो । तर सायद विदेशमा लगेर यी प्रक्रियाहरु सुरु गरिएका भए कम्बोडियामा जस्तो शिथिल प्रक्रिया हुने थिएनन् । त्यसबाट केही न केही अन्तर्राष्ट्रिय स्तर कायम गर्न मद्दत मिल्दथ्यो । यस्तो प्रक्रिया देशमा गर्दा निश्चय नै धेरै कम्बोडियनहरुले युद्ध अपराधका बारेमा सुशिक्षित हुने अवसर पाए होलान् । तर न्याय गरियो भन्ने कुरामा शंका भयो भने यस्तो सुशिक्षाको के अर्थ हुन्छ ?
यि सबैको तात्पर्य केहो भने कम्बोडियालि जनताले त्यति विभत्स गृहयुद्ध बिर्साउने गरी न्याय पाएका छैनन् । अदालत कार्यरत छ तर यसले न्याय दिन सक्छ कि सक्दैन अझै धेरै वर्ष पर्खनुपर्ने देखिन्छ । ढिलो न्यायले न दण्डहिनतालाई सम्बोधन गर्न सक्छ, न न्याय नपाउनेलाई न्याय दिन सक्छ । फेरि एउटा कुरा के प्रष्ट छ भने जतिसुकै एक्स्ट्राअर्डिनरी च्याम्बर्स बनाए पनि मुलुकको मानवअधिकारको यथार्थ नियमित अदालतहरुको क्षमता र सरकारको सहयोगी दृष्टिकोणमा भरपर्दछ । यो दृष्टिकोणबाट हेर्ने हो भने आज पनि कम्बोडियामा मानवअधिकारको स्थिति असाध्यै कमजोर छ । यसका लागि अत्यावश्यक वैध कानुनको शासन (रुल अफ ल) हो । यसको अभाव त्यहाँ छँदैछ ।
अनुभवले के देखाउँछ भने अन्तर्राष्ट्रिय समुदाय पनि धेरै भरपर्दो हुँदैन । शुरुमा कम्बोडियाको सरकार र अन्र्तराष्ट्रिय समुदाय मिलेर खर्च भर्ने नितिमा सहमत भए पनि पछिपछि यि दूवैको प्राथमिकतामा परिवर्तन देखिएका छन् । सरकारलाई यो प्रक्रिया अनुत्पादक लाग्दछ भने अन्तर्राष्ट्रिय समुदायका आआफ्ना प्राथमिकताहरु छन् । गत महिना कम्बोडियाका प्रधानमन्त्रीलाई भेट्दा संयुक्त राष्ट्रसंघका महासचिवले कम्बोडिया सरकारले इसिसिको खर्च मध्ये केही खर्च निर्वाह गरिरहेकोमा धन्यवाद दिएको समाचार छापिएको थियो । अर्थात अन्तर्राष्ट्रिय समुदायले पनि इसिसिसिको प्रक्रियामा आन्तरिक स्रोत नै खोजिरहेको देखिन्छ । उता अन्तर्राष्ट्रिय समुदायका कतिलाई च्याम्बर्सको अवधारणा नै गलत भन्ने पनि महसुस भएको हुनु पर्दछ । तर छोडेर हिँड्ने स्थिति पनि छैन । त्यसैले जसले सहयोग गरिआए उनीहरुले सानोतिनो रुपमा भए पनि सहयोग जारी राख्नु जरुरी ठानिएको छ ।
निष्कर्ष
अन्नतः कम्बोडियाको इसिसिसिको अनुभव अनुकरणीय बन्न नसक्ने देखिन्छ । इसिसिसिको असफलता देखिदै रहनुको एउटा कारण क्लिष्ट अदालतको व्यवस्था, अपर्याप्त कानुन र पैसाको अभाव हो भने अर्को कारण त्यहाँ व्याप्त भष्टचार पनि हो । कतिपयले अदालतको कामकारबाहीमा राजनैतिक हस्तक्षेपको कुरा पनि उठाएका छन् । यी सबैकारणले गर्दा अदालतले स्फुर्तीसाथ काम गर्न पाएको छैन् । माथि नै उल्लेख गरिसकियो कि यो कार्यपत्र लेख्दासम्म पाँचजनामाथिमात्र कारबाही चलाइएको र एकजनालाई मात्र सजाय सुनाइएको छ । आठ वर्ष लामो प्रक्रियाको प्रतिफल यतिमात्र हो भने यो सन्तोषप्रद हुन सक्दैन ।
(अधिकारी संवैधानिक कानुनका ज्ञाता हुन् ।)

साभार: हर्क बहादुर कठायत (सम्पादक) बहुआयामिक विश्वेश्वर (बाजुराः नेपाल सांस्कृतिक संघ, २०७१)
सन् १९९३ मा एसिया प्रशान्त क्षेत्रका वकिल तथा कानुनविद्हरुको संगठन ल–एसियाको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन यो लेखक श्रीलंकाको कोलम्बो गएको थियो । सम्मेलन पछि एक दिनका लागि हामी श्रीलंकाको मध्यक्षेत्रमा पर्ने पहाडी सहर क्याण्डी पनि गयौं । क्याण्डीमा भगवान बुद्धको ठूलो मन्दिर छ । दर्शन गर्ने क्रममा म पनि लाइनमा बसेको थिएँ । अष्ट्रेलिया, पाकिस्तान तथा बंगलादेशका केही साथीहरु पनि पर्यटकका रुपमा उपस्थित थिए । ढोकैमा पुगेपछि मैले केही कुरा सम्झिएँ र लाइन छाडी फनक्क फर्किएँ ।
पछि क्याण्डीबाट फर्कने बेलामा हाम्रो बसमा केहीले त्यहाँबाट किन फनक्क फर्केको भनी बलगरी सोध्न थाले । मैले टार्न नसकेपछि जवाफ दिएँ– “मैले नुहाइधुवाइ गरेको थिइन । भगवानको मन्दिरमा नुहाइधुवाइ नगरी प्रवेश गर्नु हुँदैन भन्ने हाम्रो चलन छ ।” त्यसोभन्दा अष्ट्रेलियनहरुले बुझेँ भन्दै टाउको हल्लाए । तर बंगलादेशीहरु आफ्नो भाषामा गिल्ला गर्न थाले । मूर्तिपूजालाई मुस्लिमहरु मान्दैनन् । त्यसमा पनि एउटाले भन्यो – “तिमी त गाईलाई आमा मानी काटमार नगर्ने देशको मान्छे प¥यौ । त्यसैले देउता छुँदा जीउ पवित्र हुनुपर्छ भन्ने मान्यता राख्नु खासै हाँस्ने कुरा होइन ।” मैले भनेँ –”प्रचलनको कुरा हो । सिद्धान्ततः नेपालमा गाईसहित कुनै पनि स्त्रीजाति चौपायाको बध गर्न दिइँदैन । कानुनमा त्यही लेखिएको छ ।” त्यति भनिसकेपछि बंगलादेशीहरु तर्फ फर्किएर अष्ट्रेलियनहरु हाँस्न लागे । एउटाले भन्यो – “कुरो गाईको मात्र होइन, कुरा स्त्रीजाति चौपायाको रहेछ ।” धर्मसँग सम्बन्धित कुराहरुमा जतिपनि तर्क वा कुतर्क गर्न सकिन्छ । तर त्यसबाट पार पाउन सकिँदैन । त्यसैले ईश्वर र धर्म हरेक मान्छेको आफ्नो घरपरिवार वा समुदायभित्रको विषय मानिन्छ । सामान्यतः मानव अधिकार सम्बन्धित भएमा बाहेक त्यसलाई अन्य धर्मावलम्बीको चासो वा व्यापक राष्ट्रिय बहसको विषय बनाइँदैन । धार्मिक आस्थाका कुराहरु केवल वैज्ञानिकताको आधारमा मात्र हेर्ने प्रचलन पनि छैन । यस्तो बहसबाट उठेका प्रश्नहरुको जवाफ खोज्न गाह्रो हुन्छ ।
स्व. विश्वेश्वर प्रसाद कोइराला सामान्यतः ईश्वरमा विश्वास नभएको वा अनीश्वरवादी व्यक्तिका रुपमा चिनिनुहुन्छ । यस सम्बन्धमा केही कुरा वहाँ आफैंले लेख्नुभएको पाइन्छ भने केही कुरा वहाँले बोलेको आधारमा टिपिएका पनि छन् । त्यस्तै वहाँका साहित्यिक कृतिहरुमा वहाँका विशेष पात्रहरु बीचको संवादका आधारमा पनि ईश्वर सम्बन्धी कोइरालाको धारणाहरु प्रष्ट हुन्छन् । वहाँका कतिपय विचारहरु राजनीति सुरु गरेदेखि नै देखा परेका छन् । विभिन्न समयमा विभिन्न सन्दर्भमा वहाँका दृष्टिकोणहरु आएका छन् । यस आधारमा यस लेखमा स्व. कोइरालाको ईश्वरीय विश्वासका सम्बन्धमा यो लेखकको केही विश्लेषण राख्ने प्रयास भएको छ । यसलाई पूर्ण व्याख्याका रुपमा लिइनु हुँदैन । अन्ततः धर्मको कुरा माथि उल्लेख गरिएजस्तै व्यक्तिगत कुरा हो । त्यो व्यक्तिगतपनाको विश्लेषण अरु कसैले गर्न सक्दैन । यहाँ केवल सार्वजनिक भएका कथनहरुका आधारमा कोइरालाको दृष्टिकोणहरुको केही पक्षसम्म विश्लेषण गरिएको छ ।
भक्तका नजरले ईश्वरलाई हेर्ने हो भने त्यसको कुनै सीमा छैन
ईश्वरका बारेमा लेख्नु र बोल्नु दुवै दुरुह कुरा हो । बोल्ने र लेख्ने वा ईश्वर मान्ने र नमान्ने दुवैले यस विषयमा सर्वज्ञ भएर लेखेका भने हुँदैनन् । यसैले सृष्टिको यति लामो ऐतिहासिक अवधिमा पनि ईश्वर छन् कि छैनन् भन्ने विषयमा टुंगो लाग्न सकेको छैन । ईश्वर भन्ने नाम संसार चलाउने सर्वशक्तिमान शक्तिसँग सम्बन्धित भनिन्छ । ईश्वरको शक्ति असीमित भएको मानिन्छ । उनी जहाँ पनि छन् । जहाँ पनि पुग्न सक्दछन् । उनको सर्वव्यापी अस्तित्वमा निरन्तरता हुन्छ । जीवन र मरणको प्रक्रियाले उनलाई छुँदैन । छोए पनि प्रभावित गर्न सक्दैन । ईश्वरलाई विश्वास गर्नेले उनलाई ब्रम्हाण्डको रचनाकार तथा यसलाई निरन्तर चलाइरहने शक्तिका रुपमा मान्दछन् । ईश्वरले चाहेको कुरा दिन सक्दछन्; नचाहेको लिन सक्दछन् । कसैले सर्वशक्तिमान ईश्वर एउटै छन् भन्दछन् भने कसैले विभिन्न भएको मान्दछन् । ईश्वरका अवधारणाहरु केके हुन् भन्ने कुरामा व्यापक रुपमा फरक विचारहरु छन् । त्यस्तै ईश्वरको विशेषता, उद्देश्य, कामकारबाहीका बारेमा पनि फरक मतहरु छन् । उनको रुपका बारेमा पनि एउटै धारणा छैन । भक्तका नजरले ईश्वरलाई हेर्ने हो भने त्यसको कुनै सीमा छैन । तर आजसम्म सार्वजनिक भएको सूचनाका आधारमा हेर्दा कोइरालाले ईश्वरको यो व्याख्यालाई स्वीकार गर्नभएको देखिँदैन ।
भनिन्छ, ईश्वरलाई परिभाषित गर्ने तथा ईश्वर र मानव बीचको सम्बन्धलाई नियमित गर्ने प्रयासमै धर्महरुको सिर्जना भएको हो । सबैभन्दा पहिले संगठित रुपमा यो प्रयास यहुदीहरुले गरे । उनीहरु पछि इसाइहरु बलियो गरी देखा परे । नेपालमा किरात धर्म पनि प्राग्वैदिक हो । यसपछि बुद्ध धर्म अस्तित्वमा आएको हो । त्यसपछि इस्लाम देखा पर्दछ । हिन्दूहरु आफ्नो धर्म यी सबैभन्दा पुरानो भएको दाबी गर्दछन् । यसमध्ये अधिकांश धर्महरुले ईश्वरका बारेमा कुरा गर्दछन् ।
मानव बीच ईश्वरको प्रकृतिका बारेमा अलग अलग धारणा छ । बाइबलले उल्लेख गरेको तीन पूज्य कूलपिताहरु मध्येको पहिलो मानिएका अब्राहमको ईश्वर सम्बन्धी अवधारणा, यहुदी धर्ममा भएको ईश्वरको एकईश्वरवादी परिभाषा, इसाइहरुमा भएको त्रिदेवात्मक दृष्टिकोण र इस्लामको अलग अवधारणालाई यहाँ उल्लेख गर्न सकिन्छ । हिन्दू धर्ममा ठाउँ, सम्प्रदाय, जात अनुसार ईश्वरको अवधारणा देखिन्छ । त्यसैले इश्वर कोटी कोटी देवताका रुपमा पनि देखिन्छन् । हिन्दू धर्ममा एकईश्वरवादी पनि पर्दछन्, बहुईश्वरवादी पनि पर्दछन् । ऐतिहासिक बुद्ध विशेषगरी साक्र र ब्रहमाले ईश्वरत्वलाई स्वीकार गरेका थिए भनिन्छ । पछि गएर महायान परम्पराले ईश्वर सम्बन्धी अवधारणालाई धेरै महत्व दिएको देखिन्छ ।
यस किसिमको बहसमा कोइराला पर्नु भएको देखिँदैन । वरिष्ठ अधिवक्ता गणेशराज शर्माद्वारा संकलित तथा सम्पादितराजा, राष्ट्रियता र राजनीति मा कोइरालाले धर्म, ईश्वर र नियतिका सम्बन्धमा आफ्नो दृष्टिकोण प्रष्ट गर्नुभएको देखिन्छ । वहाँका विचारमा “मानिसको जुन संकट छ, मानसिक होस् वा आत्मिक, त्यसको निवारण उसको आत्मबलमा छ । सानो एउटा संकटले कतिलाई छट्पटाएर मारिदिन्छ, कोही मान्छे त्यो संकट माथि विजय प्राप्त गर्दछ” । कोइरालाको दृष्टिमा “दैवीशक्ति भन्ने कुरो त्यसबाट निश्रित हुन्छ ।” अन्य प्रकारको दैवका बारेमा वहाँले उल्लेख गर्नुभएको छैन । उल्लेख नै नगरेपछि यसका बारेमा विवाद गरिहिँड्ने प्रवृत्ति पनि देखिने भएन् । ईश्वर भए पनि नभए पनि वहाँको जोड यो कुरामा छ कि त्यस्तो ईश्वरको विशेष अनुकम्पा वहाँलाई प्राप्त होला भन्ने वहाँलाई लाग्दैन । यसका प्रष्ट कारणहरु छन् ।
ईश्वरको विशेष अनुकम्पा ?
कोइरालाको अनुभवमा संसारमा विभिन्न कारणले हरेक दिन सयौं साना बच्चाहरु मरिरहेका छन् । तिनका आमाहरुले कल्पेर देउताहरुको प्राथनाहरु नगरेको कहाँ होलान् ? कतिको दुलाहा मारिएका छन् । कतिको घर बर्बाद भएको छ । युद्ध र अत्याचार वा नरसंहारमा पर्नेको संख्यामा पनि कमि छैन । यसरी मारिएका कसैले पनि ईश्वरको अनुकम्पा प्राप्त गर्न सकेनन् । दुख परेर भीख मागी ईश्वरको पुकारा गर्दै हिँडिरहेका मान्छेको आर्तनाद पनि सँधै सुनिन्छ । ईश्वरले तिनलाई केही गरेको देखिँदैन । त्यसैले कोइरालाको स्पष्टोक्ति छ – “ती सब कुराहरु देख्दा भने मलाई ईश्वरको विशेष अनुकम्पा हुन्छ भन्ने पत्यार लाग्दैन ।” वहाँले कहिले प्रार्थना गर्नु भएन् । आफुलाई केन्द्रमा राखी वहाँ भन्नु हुन्छः “मेरो भन्दा बढी आवश्यकता परेका मानिसहरुको प्रार्थना देउताले सुन्न सकेका छैनन् भने त्यत्रो दम्भ कि मेरो कुरा पुग्छ भनेर म प्रार्थना गरौं । त्यो दम्भ मलाई छैन ।” जब “लाखौं करोडौं अरबौं मान्छेलाई देउताले अनुग्रह गरेको छैन । मलाई किन गर्ने?”
हरेक धर्मका सिद्धान्तहरु आदिम वा पौराणिक छन् । यो धर्म र त्यो धर्म भन्ने कुरा छैन । लेख्ने र व्याख्या गर्ने क्रम सँधै चलिरहेको हुन्छ । त्यसैले हरेक कुरामा एकमत हुन्छ भन्ने पनि छैन । समग्रमा प्राय सबै धर्ममा कतिपय कुराहरु असंगत वा अनुभवबाट प्रमाणित हुन नसकेको अवस्थाहरु छन् । कतिपय धर्मले आफ्नै धार्मिक समुदायभित्र पनि कसैलाई सानो, कसैलाई ठूलो बनाएको देखिन्छ । हिन्दू धर्मको सुरुवात जेजस्तो भए पनि जातिपातिलाई स्थापित गराएरै अगाडि बढेकै हो । इस्लाम धर्ममा पनि इस्लाम नमान्नेलाई अर्कै दृष्टिकोणले हेरिन्छ । त्यस्तालाई ‘काफिर’ भनिएको पाइन्छ । इसाइहरुले पनि गैरइसाइलाई ‘पैगन’ भनेर जंगली सभ्यता भएजस्तो ठान्ने चलन थियो । जस्तो बेल्जियमका पादरी ग्रोबरले सन् १६६२ मा भोटबाट नेपाल हुँदै भारततर्फ जाँदा नेपालीहरु मुग्लानी भन्दा धनीमानी, सभ्य र सम्पन्न भएको तर जंगली धर्म मान्ने ‘पैगन’ भएको भनी लेखेको पाइन्छ । कतिपय इसाइ, इस्लाम र हिन्दूले महिलाहरुलाई पुरुषभन्दा तल्लो मान्दछन् ।
अमेरिकी गृहयुद्धका बेला त्यहाँ दक्षिणवर्ती राज्यका मान्छेहरुले बाइबलले दासप्रथालाई न्यायोचित मानेकाले दासको खरिदबिक्री किन रोक्ने भनी लडाइँ नै गरेका थिए । एउटा धर्मले अर्कोलाई सहन नसकेको र एउटै धर्मभित्र पनि समूहगत अतिवाद देखिएका दर्जनौं उदाहरण होलान् । दोस्रो विश्वयुद्ध अघिको युरोपका यहुदी धर्मावलम्बीको नरसंहार मानव सभ्यताको कलंककै रुपमा सम्झिनु पर्ने हुन्छ । यहुदीहरु विरुद्ध अन्य धर्मको पूर्वाग्रह, घृणा र भेदभाव परस्त नीतिलाई अहिले पनि ‘एण्टि–सेमिटिज्म’ भनी अध्ययन गरिन्छ । इस्लाममा सिया र सुन्नी समुदाय बीचको काटाकाटको धेरै उदाहरण पाइन्छन् । इसाइ धर्ममा क्याथोलिकहरुले प्रोटेस्टेन्ट विरुद्ध गरेको अत्याचारको पनि कमी देखिँदैन । इजरायल र प्यालेस्टिनीहरुको लडाइँ पनि यसै कोटीको हो । यसमा यहुदी र इस्लाम जोडिएको छ । यति हुँदाहुँदै पनि अधर्मी वा धर्मविहीनतालाई लगभग सबै धर्मले चुनौती दिन्छन् । अर्को धर्मबाट आफ्नो धर्ममा ल्याउने विधिवत् प्रचलन प्राय हिन्दू धर्म बाहेक सबै ठूला धर्ममा होला । धर्म परिवर्तन गर्ने गराउने स्वेच्छा भन्दा पनि उद्योग नै हुने गरेको छ । समस्या जतापनि छ । हरेक धर्म नयाँ मूल्य र मान्यता अनुसार परिवर्तन हुँदै जान्छ । धर्म परिवर्तन भएन भने मान्छे परिवर्तन हुन्छन् । हार्ने चाहिँ धर्म नै हो ।
कोइरालाको लघु साहित्यिक कृति ‘मोदीआइन’ हिन्दू धर्मको विशेष ग्रन्थ ‘महाभारत’ प्रति प्रशस्त आलोचनात्मक दृष्टिकोण राख्ने कृति हो । मानवोचित चिन्तन भएका अर्जुनलाई भगवान कृष्णले कसरी पाषाण हृदयमा परिवर्तन गरी युद्धका लागि तयारी गराउँछन् भन्ने सम्बन्धमा कोइरालाको उक्त कृतिमा सटिक विश्लेषण छ । ‘देउता’ नलागुञ्जेल अर्जुन विवेकमय देखिन्थे । युद्ध उनलाई विभीषिका लाग्दथ्यो । तर त्यो स्थिति महाभारतको कुटनीतिमा कायम रहिरहन सकेन । मोदीआइनका अनुसार “बिचरो एउटा क्षुद्र मानव देवता ृकृष्णे को रुद्र तेजका अगाडि कतिबेर अड्न सक्थ्यो ? अर्जुनको मानव आग्रह खुकुलो पर्दै गयो ।” यही खुकुलो अवस्थामा उनीमार्फत् संसार कहालिने स्तरको युद्धको रचना गरियो । “अट्ठार अध्याय गीता श्रवण गरिसकेपछि, मानव मानव रहँदैन, त्यो ईश्वरारुढ व्यक्ति हुन्छ र तसर्थ, अतुल शक्तिबाट विद्युतमय ।” हुनु नहुनु सबै वर्णन गरिसकेपछि कोइरालाकी ‘मोदिआइन’ भन्दछिन् – “नानी ठूलो नहुनु, वीर नहुनु । असल हुनु, असल …।” सातजना बाहेक महाभारतको युद्धमा सबै मारिए । हो भगवान कृष्ण र धनुर्धर अर्जुन वीर भए । विजयी भए । तर उनीहरु असल भइदिएको भए महाभारतको युद्ध रोकिने थियो । लाखौं मान्छे हताहत हुनबाट जोगिन्थे । धेरैले विधुवा भई बाँच्नु पर्ने अवस्था आउँथेन । धेरै बच्चाहरु अनाथ हुनुपर्ने थिएन ।
अन्ततः सही वा गलत भन्दा पनि धार्मिक विश्वास भनेको आफ्नो चेतनालाई धर्मका आधारमा प्रतिबद्ध बनाउने प्रचलन हो । तर यसको न कुनै संवेदक प्रमाण हुन्छ, न त चैतन्य आस्था । जीवनलाई विज्ञानमय बनाउन स्वतन्त्र चिन्तन चाहिन्छ । समय सापेक्षता नबुझी धार्मिक आस्था र विश्वासले कतिपय अवस्थामा मान्छेलाई स्वतन्त्र बन्न दिँदैन । फरक किसिमको मान्छे फरक विचार र पद्धति अनुसार बाँच्न चाहनेलाई कतिपय अवस्थामा धर्म घाँडो भइदिएको हुन्छ । मनमा एउटा कुरा हुन्छ, लोकलाजले अर्को कुरा गरिरहेको हुन्छ । यसबाट सामाजिक र परिवर्तनमुखी सोचाईमा छलछाम देखा पर्दछ । पाखण्डीपनको उद्गम हुने एउटा प्रबल कारण यो पनि हो । जस्तो बलिप्रथा कुनै पनि विवेकशील मान्छेलाई हल्लाउनु पर्ने विषय हो । तर त्यसलाई त्यो रुपमा व्यक्त गर्ने आँट गरिएको देखिँदैन । हिन्दू धर्ममा यसबारे ठूलो बहस छ । यहुदीहरुको सन्दर्भमा ‘कोसर स्लाटर’ को प्रचलन देखिन्छ । जो यहुदी होइनन्, पशुपंक्षीलाई काट्ने यो प्रचलनको वा तौरतरिकाको आलोचना गर्दछन् । त्यसैले धर्मका बारेमा कुरा गर्दा यस्ता सीमाहरुका बारेमा समदृष्टिकोण चाहिन्छ । यी तथ्यलाई हेर्ने हो भने कोइरालाको ‘मोदिआइन’ का कथनहरु बुझ्न सकिन्छ ।
साहित्यमा कोइरालाको व्यक्तित्व र विचार यस्ता पुराणपन्थी कुरा भन्दा अलग देखिन्छ । उहाँको साहित्यिक जीवनको थालनी संवत् १९८६ देखि भएको मानिन्छ । उहाँको प्रथम नेपाली कथा ‘चन्द्रवदन’ सर्वप्रथम शारदा पत्रिकामा प्रकाशित भएको थियो । उहाँका कृतिहरुमा दोषीचश्मा, श्वेतभैरवी, बाबुआमा र छोरा, तीन घुम्ती, नरेन्द्र दाई, सुम्निमा, हिटलर र यहुदी मनोविश्लेषण, यौनसम्बन्ध तथा सामाजिक कुरीति र आधारविहीन संस्कारहरुलाई प्रश्न गर्ने मान्यताबाट लेखिएका छन् । अझ ‘सुम्निमा’ मा कोइरालाले जीवनप्रतिको आफ्नो दर्शनलाई कहिल्यै अलमल नहुनेगरी उल्लेख गर्नुभएको छ । किरात कन्या सुम्निमा र बाहुन कुमार सोमदत्तलाई प्रमुख पात्र बनाइएको यो उपन्यासमा शरीरलाई यातना दिएर ईश्वर प्राप्त गर्ने वा परलोक सपार्न खोज्ने बाहुन र मनुवालाई माया गरेर जीवन सुधार्न खोज्ने भन्ने किरातिनी बीचको द्वन्द्वमा कोइरालाले उपन्यास केन्द्रित गर्नुभएको छ । सरल र सही जीवनको वकालत छ यस उपन्यासमा । अझ ‘मोदिआइन’ मा माथि उल्लेख गरिएझैं भगवान श्रीकृष्णद्वारा महाभारतको युद्ध रोक्न नसक्नु र धर्मयुद्धको नाममा त्यति धेरै जीउज्यानको खति हुन दिनु किमार्थ सही थिएन भन्ने दृष्टिकोणलाई कोइरालाले स्थापना गर्नुभएको छ । ‘हिटलर र यहुदी’ त उच्चतम मानवीय मर्यादामा आधारित अपूरो उपन्यास हो । यदि यी मान्यताहरुलाई हेर्ने हो भने यसबाट देखिने कोइरालाको जीवन दर्शनमा पौराणिकता नभई मानवता एवम आधुनिकताको परिच्छेदहरु पाइन्छन् ।
साहित्यमा धर्म अधर्मको चर्चा विभिन्न किसिमले गरिएको देखिन्छ । जस्तो फ्रेञ्च अल्जेरियन दार्शनिक अल्बर्ट कामुले लेखेको सन् १९४२ को “द मिथ अफ सिसिफस” भन्ने निबन्ध तिनताका धेरै चर्चित निबन्ध थियो । कोइरालाले यो पुस्तक पढ्नु भएको थियो । कामु शतप्रतिशत नास्तिक हुन् । यो निबन्धमा उनले मान्छेले दुरुह वा बुझ्न नसकिने संसारलाई जबरजस्ती बुझ्न खोजेको, अमिल्दा र विसंगतिपूर्ण कामकुरालाई मिल्दो र सामञ्जस्यपूर्ण बनाउन खोजेको र मान्छेको उद्देश्य र अभिप्रायलाई अनावश्यक रुपमा अर्थ प्रदान गर्न खोजेको भनेर खिसी गरेका छन् । उनलाई लाग्दथ्यो, संसारमा न त शाश्वत् वा अविनाशी सत्य छ, न त त्यस्ता कुनै मूल्यमान्यता नै छन् । उनको दाबी के छ भने संसारमा ईश्वर छैनन् । यो संसार विसंगतिपूर्ण नै हो, सृष्टि नै यस्तो हो । यो विसंगति देखेर आत्महत्या गर्नुपर्छ भन्ने उनको भनाई होइन । तर साँचो कुरालाई सामना गर्नु पर्छ भन्ने उनको सोचाई हो थियो ।
यो निबन्धमा सिसिफस्लाई आधार बनाएर कामुले आफ्नो दर्शन अघि सार्दछन् । सिसिफस्को कुरा ग्रीसेली पुराणमा आधारित छ । उ एउटा प्रयत्नरत चरित्र हो । अर्थ न बर्थ भए पनि सिसिफस्ले कुनै ठूलो गोलढुंगालाई पटकपटक लगेर पहाडमा टाँस्न खोज्दछ । यो टासिँदैन । हरेकपल्ट गुडेर तल झर्दछ । उसले पटकपटक त्यसलाई फेरि माथि लैजान खोज्छ । उसको मेहनत देखेर कुनै ईश्वरले लौ न त भनी त्यो ढुंगा पहाडमा टाँसिदिँदैनन् । उ निरन्तर यही अभ्यासमा जीवन बिताउँछ । जीन्दगी विसंगतिपूर्ण छ भन्दाभन्दै पनि यो विसंगति मान्छेले बाँच्नै पर्ने हुन्छ । जीवनदेखि भागेर आत्महत्या गर्ने होइन । विवेक र विज्ञानले संसारको व्याख्या गर्न सक्दैन । जथाभावी निष्कर्ष निकालिँदै त्यस्ता व्याख्याहरु टुंगिएका छन् । विसंगति त्यसबेला देखिन्छ जब बुझ्नु पर्ने मान्छेले संसारको अविवेकीपनलाई व्यहोर्नुपर्ने अवस्था आउँछ । यो निबन्धको निष्कर्ष हुन्छ, जीन्दगी यस्तै हो, जुन संघर्ष गरिएको छ वा गरिँदैछ त्यसैले हृदयको प्यास मेटाउने हो । सिसिफस् यसै आधारमा खुशीसँग बाँचेको मान्नु पर्दछ । सबैकुरा हास्यास्पद छ तर अर्थ खोज्दा झनै विसंगतिपूर्ण हुन जान्छ । कामुले यसै प्रकारको “द स्ट्रयान्जर”, “द मिस अण्डरस्ट्याण्डिङ्ग”, “क्यालिगुला” तथा “द रिबेल” भन्ने उपन्यास, नाटक तथा निबन्ध इत्यादि लेखेका छन् । विसंगतिका बारेमा उनको मान्यता उस्तै हो । विसंगतिका बारेमा कोइराले पनि चित्त बुझाउनु भएको देखिन्छ । तर कामु जस्तो उद्वेग र नकारात्मकता कोइरालामा देखिँदैन ।
जर्मनीका दार्शनिक फ्रेडरिक नित्सेको प्रसंग पनि यहाँ जोड्न सकिन्छ । उनले धर्म, नैतिकता, समसामयिक संस्कृति, दर्शन तथा विज्ञानका बारेमा धेरै लेखेका छन् । उनी पनि बेग्लै प्रकारका दार्शनिक हुन् । उनले लेखेको विभिन्न सामाग्रीहरुमध्ये एउटा विषय ‘डेथ अफ गड’ निकै चर्चित छ । विशेषगरी “द गे साइन्स” मा यसका बारेमा उल्लेख गरिएको छ । यसैका आधारमा नित्सेलाई अनीश्वरवादी मानिएको छ । कतिपयले भने नित्से अनीश्वरवादी त होइनन् तर उनको देवत्वलाई बुझ्नका लागि ईश्वरका बारेमा अलि सुक्ष्म दृष्टिकोण चाहिन्छ भनेका छन् । अब्राहमको आस्थाको ईश्वर अब विस्तारै हराउँदै छ । धर्म निरपेक्षता बढ्दै छ तर ईश्वरको मृत्युको प्रसंगबाट नित्सेले विनाशवाद वा शुन्यवादको कुरा उठाएका छन् । उनले आफ्नो भनाईलाई यथार्थ भन्दै कसैको पनि आफैंमा ‘इन्हेरेन्ट इम्पोर्टेन्स्’ छैन भनेका छन् । जीवनको उद्देश्य छैन । उनलाई लाग्दथ्यो, क्रिश्चियन नैतिक सिद्धान्तहरुले ईश्वरमा स्वभाविक विश्वास देखाए पनि यो वस्तुगत ज्ञानमा आधारित छैन । ज्ञान वस्तुगत नै हुनुपर्दछ । यो सम्भव छ । तर इसाइधर्म विनाशवादको आरम्भिक स्वरुपको विषनाशक पदार्थका रुपमा आएको छ । अर्थविहीनताको नैराश्यता हो यो । उनको भनाईमा खोजेजस्तो संसार त बनेकै छैन । हाम्रा सुखदुख, कामकारबाही तथा सोचाईले कुनै अर्थ राख्दैनन्, यी व्यर्थ हुन् । जबसम्म विनाशवाद (निहिलिज्म) लाई विजय गरिँदैन, कुनै संस्कृतिले पनि त्यस्तो साँचो जग भेट्टाउन सक्दैनन् जसका आधारमा यसको विकास हुन सकोस् । त्यसैले नित्सेका लागि ईश्वरको मृत्यु भनेको तत्वमीमांशाको अन्त्य हो । कामु र नित्सेको ईश्वर प्रसंग कोइरालाको प्रसंग भन्दा धेरै फरक छ ।
“ममाथि धर्मको ठूलो असर परेको छ ” – कोइराला
कोइरालाको विचारमा माथिका दुई नास्तिकहरु जस्तो उष्णता देखिदैन । उनीहरु अत्यधिक नकारात्मक पनि छन् । कोइरालाले लेख्नुभएको छः “ममाथि धर्मको ठूलो असर परेको छ । तर कसैले सोेधे – ‘बिहान नुहाउँछस् कि नुहाउँदैनस् ? जनै लगाउँछस् कि लगाउँदैनस्? टुप्पी छ कि छैन ?आस्तिक होस् कि नास्तिक होस् ?’ मलाई यी प्रश्नहरु निरर्थक लाग्दछन् ।”
त्यसैगरि “देउता यस्ता हुन्छन् । चारमुखे शिवले सुनिरहेका होलान् । यो मलाई ृकोइरालालाईे पटक्कै लाग्दैन ।” शिव पुराणमा वर्णन भएका शिवको सम्बन्धमा जुन तथ्य छन् त्यो साँचो हो ? इतिहास हो ? भनी कसैले सोधे म प्रस्ट रुपमा होइन भन्ने छु भनेर कोइरालाले उल्लेख गर्नु भएको छ । गरुण पुराणमा मृत्युपछिको जीवनका बारेमा लेखिएको कुराहरुमा पनि वहाँलाई विश्वास छैन । यति कुराले नास्तिक हुने हो भने उहाँ नास्तिककै श्रेणीमा उभिन तयार हुनुहुन्छ । तर मन्दिरले उहाँलाई शितलता दिएको तथा पशुपतिनाथ वा विश्वनाथ गइरहने व्यक्ति हुनहुन्थ्यो ।
कोइरालाको कथन छः “मानवलाई एउटा भौतिक पदार्थ, भोजन इत्यादि चाहिन्छ । तर त्यसको साथसाथ एउटा त्यस्तो पनि तत्व चाहिन्छ, जो अर्को किसिमको खुराक, यो पेट भर्ने खुराक होइन कि त्यही धर्मले जुन खुराक दिएको छ, विश्वासको खुराक । जस्तो सूर्योदय हुन्छ, तपाईहरुले सूर्योदय हेर्दाखेरि मनमा एउटा प्रशन्नता आउँछ कि आउँदैन ? यो के हो ? देउता नमान्नुस्, धर्म नमान्नुस्, केही नगर्नुस्… रमाइलो लाग्नु नै, त्यो रमाइलोको अनुभूति हुनु नै त्यो धार्मिक अनुभूति हो । त्यसैबाट मानिसले एक कदम अगाडि बढेर भनिदिए ‘देउता उदाए’ ।”
मान्छेको जीवनमा करुणाको खाँचोका बारेमा कोइरालाले लेख्नुभएको छ । कामु र नित्से यस्तो मान्यता राख्दैनथे । कोइरालाको स्पष्ट भनाई छ “मलाई धर्मले, मन्दिरले कुनै किसिमको प्रभाव पारेको छ भने यसै किसिमबाट पारेको छ । मलाई यदि सुसंस्कृत बनाउँदछ, अर्काको दुख पीडामा संवेदनाको भावना ममाथि जागृत गर्दछ भने अरु कारणले पनि भएको छ, मन्दिरमा जाँदा मलाई झन् भएको छ ।” तर खाली के मात्र भने वहाँ मन्दिर गएर वा नगएर ईश्वरसँग दया माग्नुहुन्न । मलाई यसो गरिदेउ भन्नु हुन्न । कुनै दम्भले होइन । न त चाहिएभन्दा बढीको आत्मविश्वासले हो । कारण के हो भने “मभन्दा पनि वेसी खाँचो भएका मानिसहरु त्यहाँ पुगेका छन् र उसमा पूरा भरोसा पनि गर्दछन् । मैले त्यो देखिरहेको छु भने मेरो कुरा किन पूरा हुन्छ ? त्यसो हुनाले म भन्दा पनि भन्दिन, तर मन्दिरमा जाँदाखेरि मलाई एउटा संवेदनशिलताको, अर्काकाप्रति एउटा करुणाको भाव जागृत हुन्छ । मलाई लाग्दछ मेरो निम्ति मन्दिरको त्यो नै महत्व छ ।” वास्तवमा कोइरालाले आफूलाई प्रस्ट रुपमा संशयवादी (एग्नोस्टिक) भन्नुभएको छ । त्यो विचार गर्नुपर्ने कुरा हो । ‘एग्नोस्टिक’ भनेको धर्मसम्बन्धी मान्यतामा भएका संशयहरुलाई हटाउन नसकेको परिस्थिति हो । तर यो सोचाई त दार्शनिक बरुक स्पिनोजा र अल्बर्ट आइन्स्टाइनको पनि थियो । कोइराला र उनीहरु बीच के समानता छ त ? यो चाहिँ महत्वपूर्ण प्रश्न हो ।
‘एग्नोस्टिक’ कोइराला
भौतिक विज्ञानका सबैभन्दा ठूला वैज्ञानिक अल्बर्ट आइन्स्टाइन यहुदी थिए । उनलाई विभिन्न धर्महरुले प्रचार गरेजस्तो ईश्वरमा विश्वास थिएन । तर उनी आफुलाई अनीश्वरवादी भनी मान्दैनथे । यसरी आफ्नो सोचाई अलग राखिनुको उनको आफ्नै कारण थियो । आफूमा आफ्नो अस्तित्वको प्रवृत्तिका बारे बौद्धिक ज्ञान नभएका कारण आफूमा नम्र दृष्टिकोणको विकास भएको उनको सोचाई थियो । संसारको संरचनालाई जुन हदसम्म विज्ञानले वर्णन गर्न सकेको छ, त्यसप्रति उनी अचम्भित थिए । प्रकृतिमा रहेको सामञ्जस्यता यदि ईश्वर हो भने त्यस हदसम्म उनी आफूलाई ईश्वरपरस्त मान्दथे । यस अर्थमा ब्रह्माण्डको संरचना र यसको रीतिमा जुन अनुपम सिर्जना देखिन्छ, त्यसका अगाडि मान्छेको शक्तिको केही लाग्दैन । यसबारे आइन्स्टाइन सजग थिए । उनी डच दार्शनिक बरुक स्पिनोजाको भनाई मन पराउँथे । ईश्वरको अस्तित्व छ, तर त्यो अमूर्त र अव्यक्तिगत छ । प्रकृति र ईश्वरमा स्पिनोजाले फरक देखेनन् । कतिपयले ईश्वरको अस्तित्व मान्दैनन् तर ब्रह्माण्डका बारेमा भने निश्चय नै सोच्दछन् । कोइरालाको पनि यस्तो सोचाई थियो ।
कुनै अपारशक्तिमान ईश्वर विना पनि ब्रह्माण्डलाई वर्णन गर्न सकिन्छ भन्ने उनीहरुको दाबी हुन्छ । वैज्ञानिक अनुसन्धानले अन्धविश्वासलाई पखाल्छ । यसले मान्छेलाई कारण तथा परिणाम (कज एण्ड इफेक्ट) का रुपमा सोच्नलाई बाध्य गर्दछ । उच्चस्तरको प्रत्येक अनुसन्धानको पछिल्तिर संसारको तार्किकता र अबोधगम्यता रहेको देख्न सकिन्छ । त्यहाँ उच्चस्तरको मष्तिष्क देखिन्छ । यदि त्यो मष्तिष्कलाई ईश्वर भन्ने हो भने त्यहाँ एउटा तर्क अवश्य छ । आइन्स्टाइनको ईश्वरको अवधारणा त्यही हो । उनले ईश्वरको यस्तो अवधारणाका बारे प्रष्ट रुपमा उल्लेख गरे पनि मृत्युपछिको जीवन हुन्छ भन्ने कुरामा विश्वास गरेनन् । नैतिकताको कुरालाई पनि ईश्वरसँग जोडेनन् । नैतिकताको विषय सांसारिक हो भन्ने कुरामा उनी स्पष्ट थिए । यसको पछाडि कुनै दैव छैनन् । आफ्नो सृष्टिका जीवहरुलाई पुण्य प्रदान गर्ने वा सजाय गर्ने ईश्वर आइन्स्टाइनले सोचेको देखिँदैन । मनमा डर भएकाले यस्तो सोचिएको हो भन्ने उनको भनाई थियो । आफ्नै अनुहार जस्तो स्वयंकृत ईश्वर बालबालिकाको सोचाईजस्तो भएको भनी आइन्स्टाइनले भनेका छन् । यदि यस्तो हो भने अब्राहमले भनेजस्तो ईश्वर व्यक्तिको रुपमा सृष्टिकर्ता पनि होइन । न त तिनले रिस वा घमण्ड गर्दछन्, न त आफ्नो देवदूतहरुसँग वार्ता गर्दछन् । ईश्वरले कसैलाई सजाय गर्ने भन्ने पनि हुँदैन । कसैलाई पुल्कित गर्ने वा वरदान दिने भन्ने पनि हुँदैन । यी कथनहरुबाट प्रष्ट हुन्छ कोइराला र आइन्सटाइको सोचाईमा रहेको समानता ।
कतिपय अनीश्वरवादी मान्छे पछि गएर ईश्वरको शरणमा गएको पनि देखिन्छ । महात्मा गान्धीकी उपासक बेलायतकी एन्नी बसन्त ठूलो समाजवादी थिइन । उनको सुरुको अनीश्वरवादी सोच पछि ईश्वरवादी हुन पुग्यो । उनी हिन्दू बन्न पुगिन् । कति मान्छे कहिल्यै गलेनन् । जस्तो चिनीयाँ कम्युनिष्ट पार्टीका नेता माओत्से तुङ्ग तथा भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरु जीवनपर्यन्त नास्तिक नै रहे । पहिलोले त धर्म र देवीदेवता सिद्धयाउन सांस्कृतिक क्रान्ति नै गरे । इजरायली नेता मोशेदायन वा गोल्डामेयर, सोभियत संघका महासचिव निकिता खुश्चेव, क्याम्बोडियाका क्रान्तिवीर पोलपोट, बेलायतका प्रधानमन्त्री जेम्स् कालाघान वा क्लेमेण्ट एटली कसैलाई पनि ईश्वरमा विश्वास थिएन । उनीहरु धर्म मान्दैन थिए । फ्रान्सेली क्रान्तिताका कतिपय राज्यहरुले देशलाई धर्म निरपेक्ष कायम गर्न चाहेनन् । उनीहरुले लाज नमानी राज्य अनीश्वरवाद (स्टेट एथिज्म) कै घोषणा गरेका थिए । सन् १९१७ को मेक्सिकोको संविधानले पनि यस्तै ग¥यो । माक्र्सवादी लेनिनवादी विचारमा ईश्वरको स्थान छैन । उन्नाइसौं शताब्दिमा इतिहास, अर्थशास्त्र तथा समाजशास्त्रका प्रगतिशील तथा चर्चित व्यक्ति मध्ये कार्ल माक्र्सको नाम सबैभन्दा अगाडि आउँछ । उनको भनाइमा धर्म भनेको अफिम हो, शोषित पीडित जनतालाई लट्ठ पार्न र क्रान्तितर्फ उन्मुख नहुने गराउन यसको सिर्जना गरिएको हो । रुसी क्रान्ति नायक भ्लादिमिर लेनिनले पनि त्यस्तै भन्थे । तर धर्म कहिल्यै मासिएन । यो पक्षको अर्को विश्लेषण हुन सक्छ । कोइराला यो हदसम्म गएको देखिँदैन ।
कोइरालाकै साहित्यिक समकालीन स्व. महाकवि लक्ष्मीप्रसाद देवकोटोले आफूलाई नास्तिकहरुकै सूचीमा उभ्याएको पाइन्छ । वहाँ क्यान्सर रोगबाट जानुभयो । खण्डकाव्य मुनामदन (ईश्वर तैले रचेर फेरि…) वा यात्री कविता (भित्र छ ईश्वर बाहिर आँखा, खोजी हिँड्छौ कुन पुर ? ईश्वर बस्दछ गहिराईमा, सतह बहन्छौ कति दूर?…) बाट देवकोटाको पर्याप्त मूल्यांकन हुन सक्छ । बाँच्ने आस नभएपछि अन्तिम प्राण त्याग्न लगिएको ठाउँ पशुपति आर्यघाटबाट फर्काइएपछि वहाँलाई शान्तभवन अस्पताल लगिएको प्रसंग चर्चित छ । त्यहाँ वहाँले आफ्ना साथी हरि श्रेष्ठका लागि जीवनको अन्तिम कविता लेख्नु भएको थियो । एउटा नास्तिकको सरल उपमा पाएका उनको नास्तिक हुनुको वेदना अन्ततः यस्तो थियोः
संसार रुपीसुख स्वर्गभित्र । रमे रमाएँ लिई भित्रचित्र ।।
सारा भयो त्यो मरुभूमितुल्य । रातै परेझैं अब बुझ्छु बल्ल ।।
रहेछ संसार निशा समान । आएन ज्यूँदै रहँदा नि ज्ञान ।।
आखिर श्रीकृष्ण रहेछ एक । न भक्तिभो ज्ञान, न भो विवेक ।।
महामरुमा कणझैं म तातो । जलेर मर्दो लिनु आश लाटो ।।
सुकिरहेको तरुझैं छु खाली । चिताग्नी तापी जल डाल्न थाली ।।
संसार आफ्नो सब नै गुमाएँ । म शून्यमा शून्यसरि बिलाएँ ।।
जन्मेँ म यो स्वर्गविषे पलाएँ । आखिर भई खाक त्यसै बिलाएँ ।।
देवकोटाको यो मृत्युकालीन प्रसंगको बारेमा कोइरालाले लेखे बोलेको देखिँदैन । उहाँको आफ्नै मृत्युकालिन धारणा कस्तो थियो ? मृत्युको मुखमा उहाँले ईश्वरका बारेमा केही भन्नुभयो कि ? क्यान्सरको बिरामीको दिमागी अवस्था सँधै शून्य हुँदैन । वहाँका आफन्त र अन्तिम दिनका सहयोगीहरुले भन्न सक्दछन् । तर कतिपय आस्तिकहरु ईश्वरसँगको हिसाबकिताब नमिलेर कुनै बेला नास्तिक भएका पनि देखिन्छन् । जस्तो आदिकवि भानुभक्त आचार्य पछिका अर्का कवि पतञ्जली गजु¥यालको नाम यहाँ लिन सकिन्छ । उनी भानुभक्तभन्दा नौवर्ष कान्छा थिए । उनलाई ईश्वरवादी (वा प्रभुपरस्त) भने पनि हुन्छ । हरिभक्तमाला उनेलै लेखेका हुन् । त्यसमा पनि उनले काशीवास गरी केही वर्ष लगाएर ज्योतिषशास्त्र नै पढेका थिए । यति ईश्वरवादी भए पनि एक ठाउँमा उनले यस्तो लेख्न पुगेका रहेछन्ः
“बाब्बा तपस्विले पियार गरि मागे माया ।
माया रहेनछ हजुरसँग सास्ति खायाँ ।”
कसैले यति ठाडो गरी सास्ती खाएको कुरा लेख्दैनन् । कवि शिरोमणी लेखनाथ पौड्यालको कृति तरुण तपसी’ मा लेखिएको छ ः
“यो दुख भोग्ने परमेश्वरै हो ।
यो देह उनको रहने घरै हो ।
यो भत्कँदा दुख अवश्य मान्छ ।
सुटुक्क सामान लिएर जान्छ ।”
प्रारब्धको कुरा
“म प्रारब्धलाई मान्दछु । मैले आफ्नो बाबुआमा आफैं चुन्न पाइँन । पहिले नै चुनिए । मैले समाज चुन्न पाइन । पहिले नै चुनियो । मैले आफ्नो बुद्धिको क्षमता चुन्न पाइँन, मैले आफ्नो छाला गोरो कालो कस्तो हुने हो त्यो चुन्न पाइँन । यी धेरै महत्वपूर्ण कुराहरु पहिले नै कसैले चुनेर मलाई दिइदिए । त्यही हो प्रारब्ध । त्यही हो नियति ।”जीवनमा यसको महत्व कोइरालाले देख्नुभएको छ ।
अधिकारी संवैधानिक कानुनका विज्ञ हुनुहुन्छ । वहाँद्वारा संकलित बीपी कोइराला आर्काइभ्स् एण्ड रेकर्डस् (bipinadhikari.com.np/bpkoirala-archives) पनि इन्टरनेटमा उपलब्ध छ ।

Bipin Adhikari explains how peace and constitution-making processes in Nepal are at a pivotal point. The dissolution of the first Constituent Assembly in 2012, after four years’ deliberation and with no constitution agreed, reflected the scale of the challenge of post-war transition in Nepal. Elections for the new assembly saw the Communist Party of Nepal, the largest party in the first assembly, relegated to third place. Adhikari argues that the second assembly needs to learn the lessons of its precursor’s failure and engage political leaders, embrace civil society dialogue and overcome political differences in order to advance the ongoing transition….see more
[pdfjs-viewer url=”https%3A%2F%2Fbipinadhikari.com.np%2Fwp-content%2Fuploads%2F2018%2F03%2FAccord25_Nepal_20140301.pdf” viewer_width=100% viewer_height=1360px fullscreen=true download=true print=true]

New Member Orientation Programme, Parliament Secretariat,
नेपालको अन्तरिम संविधान, २०६३ मोटामोटी रुपमा संसदीय प्रणालीमा आधारित संविधान हो । तर तत्कालीन अस्थिर राजनैतिक परिस्थितिका कारण यसलाई मस्यौदा गर्दा तथा यस उपर पछि गरिएको कतिपय संशोधनले संसदीय प्रणालीका कतिपय मान्यतालाई यसले आत्मसात् गर्न नसकेको प्रष्ट देखिन्छ । तथापि यसको मूलभूत विशेषताहरु आज पनि संसदीय प्रजातन्त्रतर्फ नै उन्मुख छ । …
[pdfjs-viewer url=”https%3A%2F%2Fbipinadhikari.com.np%2Fwp-content%2Fuploads%2F2018%2F03%2FCA-2-Parliament-LECTURE.pdf” viewer_width=100% viewer_height=1360px fullscreen=true download=true print=true]
त्यो सामन्तवादी सोचको समय थियो । कानुनको शासन थिएन । मानवीय संवेदनाका आधारमा शासन चल्थ्यो । मौलिक अधिकारको अवधारणाको विकास भइसकेको थिएन । शिक्षा प्रदान गर्ने कुनै संगठित संरचना थिएन । लगभग कबिला अवस्थामा समाज चलेको थियो । मान्छेले जाने अनुसार धर्मकर्म र सामुदायिक शिष्टाचारका आधारमा राम्रो-नराम्रो कुरालाई परिभाषित गर्थे । समाजशास्त्र भन्ने कुनै अवधारणा नै थिएन । प्रजातन्त्रको सोच थियो होला तर संरचनाहरूको विकास भइसकेको थिएन । राजनीतिक रूपमा त्यो अत्यन्त अस्थिर समय थियो । उत्तर र दक्षिणतर्फका दुवै शासकसँग जुध्न सक्ने क्षमता हिमवत् खण्डमा थिएन । स्वाभिमानको कमी थियो । दुवैतर्फका छिमेकी राज्य विस्तारमा लागेका थिए । संसारमा साम्राज्यवाद सुरु भइसकेको थियो । यस्तो अवस्थामा हिमवत् खण्डको सुरक्षा एउटा चुनौतीपूर्ण प्रश्न थियो । आज पृथ्वीनारायण शाहलाई अध्ययन गर्न बस्दा त्यस बेलाको मापदण्डले हेर्नुपर्छ ।
नेपाललाई संसारको प्राचीनतम मुलुकमध्ये एक भएको गौरव छ । नेपाल उपत्यका ऐतिहासिक कालदेखि नै हिमवत् खण्डमा अलग सांस्कृतिक पहिचानयुक्त रहँदै आएको छ । इसापछिको तेस्रो शताब्दीसँगै लिखित इतिहास पाइएदेखि लगातार काठमाडौँ समग्र हिमवत् खण्डको सांस्कृतिक राजधानी रहँदै आएको हो । यहाँका अति प्रभावशाली लिच्छवि राजाहरूको पतनपछि क्रमशः विभिन्न सानाठूला राज्य बन्दै-भत्कँदै गए । गोरखाका युवा राजा पृथ्वीनारायण शाहले अठारौँ शताब्दीको मध्यतिर बाइसी-चौबीसी राज्य-रजौटाहरूलाई राजनीतिक रूपमा समेत एकीकरण गरे ।
उनले काठमाडौँलाई राजनीतिक राजधानी बनाए, यसको इज्जत-आमद, वैभव र उच्चतम् मर्यादालाई आत्मसात् गर्दै । एकीकरणको भूमिका निर्वाह गर्ने गोरखा राज्य नै नेपाल राज्यमा विलीन भयो । विजेता राज्य पराजित राज्यमा विलीन भएको उदाहरण स ंसारका एकीकरण इतिहासमा विरलै भेटिन्छ । तर, यही विन्दुबाट हजारौँ वर्षदेखि सँगसँगै सुखदुःख गर्दै बाँचेका तथा कुनै सिमानाले छेकबार नगरेका विभिन्न क्षेत्र, जाति, धर्म, संस्कृति एउटा नयाँ रूपमा संगठित र एकाकार भए । एकीकृत राष्ट्र निर्माणको प्रक्रिया सुरु भयो ।
यस कारण भन्न सकिन्छ, एकीकृत नेपाल राष्ट्रको निर्माण ऐतिहासिक तथ्य हो भने यसका निर्माता वा सूत्रधार राजा पृथ्वीनारायण शाह नै हुन् भन्ने पनि त्यत्तिकै सत्य हो । नेपालको इतिहासमा पृथ्वीनारायणको त्यति नै महत्त्व छ, जति प|mान्सको इतिहासमा नेपो लियन बोनापार्ट (सन् १७६९-१८२९), जर्मनीको इतिहासमा अट्टोभान विस्मार्क (सन् १८१५-९८) र इटलीको इतिहासमा जुसेप्प गरिबाल्डी (सन् १८०७-८२) वा प्रधानमन्त्री काभोर -सन् १८१०-६१)को छ ।
यी सबैका राष्ट्रिय चुनौती र परिवेश फरक थिए । विस्मार्कले जर्मनीका भुरेटाकुरे राज्यहरू तथा पर्सियालाई मिलाएर एउटा ठूलो जर्मन राज्यको एकीकरण गरे । उनले त्यो नयाँ मुलुक रगत र इस्पातले बनेको हो भनेका थिए । जर्नेल नेपोलियन बोनापार्टले क्रान्तिको माध्यमबाट प|mान्सलाई विश्वस्तरीय साम्राज्यमा रूपान्तरण गरे । जर्नेल गरिबाल्डी र प्रधानमन्त्री काभोरको क्षमताका कारण इटली एउटा समृद्धशाली एकीकृत मुलुकका रूपमा निर्माण हुन पुग्यो । यी सबै इतिहासका लौहपुरुष मानिन्छन् ।
यी सबैभन्दा पुराना थिए, पृथ्वीनारायण शाह । तैपनि, उनी बढी आधुनिक तथा बहुआयामिक र राजनीतिक रूपमा बढी परिपक्व देखिन्छन् । उनले नेपाल एकीकरण मात्र गरेनन् । नेपालको स्थापनाकालीन सिद्धान्तहरू पनि कायम गरे । यी सिद्धान्त नेपालका सम्बन्धमा आज पनि अकाट्य सत्यका रूपमा पढिन्छन् । एकताका सूत्रका रूपमा ऐतिहासिक कालमा यसको ठूलो महत्त्व थियो । आज पनि तिनको महत्त्व घटेको छैन ।
महत्त्वाकांक्षी र रणनीतिक
संसारमा कुनै पनि व्यक्ति जात वा नस्लका आधारमा राष्ट्रनिर्माता हुन सक्दैन । कुनै विशेष जात, धर्म, वर्ण, लिंग र क्षेत्रलाई राष्ट्राधार बनाउने व्यक्ति लामो समयसम्म राष्ट्रनिर्माता हुन वा टिकिरहन गाह्रो हुन्छ । पृथ्वीनारायण खस वा मगर कुन मूलका थिए, ठो कुवा गर्न सकिने स्थिति छैन । तथापि, उनले आफूलाई मगरातको राजा मै हुँ भनेका छन् । सुरथसिं राना आफ्नो मामाघरको हजुरबुबा भएको उनले उल्लेख गरेका छन् । त्यस्तै उनले मकवानपुरका दिग्बन्द सेनकी बहिनी बिहे गरेको इतिहासमा उल्लेख छ । उनको दरबारमा पाण्डे -बाहुन) र बस्नेत -क्षेत्री)को बिहेबारी चल्थ्यो । यी सबै पृष्ठभूमिबाट के देखिन्छ भने या त उनी मगर कुलका थिए, या मगर र खस राजपरिवारबीच राम्रै बिहेबारी चलेको अवस्था थियो । जात जे भए पनि उनी पढेलेखेका थिएनन् । देश-दे शान्तर घुमेका पनि होइनन् । ससुराली मकवानपुरबाट र्फकंदा चन्द्रागिरिको डाँडोबाट उनले पहिलोपटक काठमाडौँका तीन सहर देखेका हुन् ।
हरेक महानका अँध्यारा पक्ष
मान्छेमा देउता खोज्न सकिन्छ तर मान्छे देउता हुँदैन । राम्रा मान्छेलाई तत्कालीन परिवेश र समयको स्तरभन्दा राम्रो भएकाले राम्रो भनिएको हो । उसमा अवगुण छँदै थिएन भनेर राम्रो भनिएको हुँदैन । पृथ्वीनारायण शाह पनि यसै कोटीका शासक थिए । यस किसिमको आलोचना अन्य धेरै ठूला राष्ट्रनिर्माता वा व्यक्तित्वको पनि भएको छ ।इतिहासमा विस्मार्कलाई ‘एरिस्टोक्रेटिक जंकर’ भन्नेहरू पनि थिए । अमेरिकी संघका संस्थापक जर्ज वासिङ्टनले जाडो महिनामा रेड इन्डियनहरूको गाउँ जलाउन सिपाहीहरू पठाएको इतिहास छ । अमेरिकी संविधानका निर्माताहरू कतिपयले दासहरूको व्यापार गर्थे । दासताबाट मुक्तिको घोषणा गर्नेबित्तिकै अब्राहम लिंकनले अमेरिकामा धेरै स्थानीय अमेरिकीलाई फाँसी दिएका थिए । अमेरिकी इतिहासमा यो सबैभन्दा ठूलो सामूहिक फाँसी थियो ।
गान्धीजस्ता महात्मा पनि आलोचनारहित थिएनन् । उनले काला नस्लका मान्छेलाई आफ्नो जीवनमा कहिल्यै महत्त्व नदिएको आरोप खेपेका थिए । उनी स्वेच्छाचारी तथा आकर्षक तरुण महिलाप्रति आशक्त रहन्थे भन्ने आरोप छ । गान्धीको हर्मन कालेनब्याक भन्ने पुरुषसँग विकृत सम्बन्ध थियो भनेर पनि लेखिएको छ । श्रीमती बिरामी भई छटपटिएर मर्न लाग्दा पनि गान्धीले बलमिच्याइँ गरी आधुनिक उपचार गर्न नदिएको आरोप पनि छ । प्राकृतिक उपचारकै माध्यमबाट बाँच्नुपर्छ भन्ने उनको मान्यता थियो ।
अमेरिकाका गान्धी मानिने मार्टिन लुथर किङलाई अर्को विश्वविद्यालयमा पढ्ने एक छात्रसँग आफूले लेख्नुपर्ने ‘डक्टोरल थेसिस’ किनेको आरोप लगाइएको छ । उनको ‘आइ ह्याभ अ डि्रम’ भन्ने प्रख्यात भाषण पनि चोरीकै भन्ने आरोप छ ।
यी आरोपबाट के देखिन्छ भने राजनीतिक जीवन निर्वाह गर्ने व्यक्तिलाई यस्ता आरोप लागिरहन्छन् नै । कति सही होलान्, कति गलत । तर, कसैको मूल्यांकन गर्दा त्यस्तो व्यक्तिले बाँचेको समग्र जिन्दगी स्थापित सिद्धान्तहरू के थिए र उसको मूलप्रवाह के थियो भन्नेतर्फ लक्षित हुनुपर्छ । नराम्रा कुराले कुनै व्यक्तिमा भएको राम्रो कुरालाई बगाएर लैजान सक्दैन ।]
उनको समयमा गोरखा आफैँमा धनी वा वैभवशाली राज्य पनि थिएन । पृथ्वीनारायणका बाबु नरभूपाल शाह विशेष योग्यता भएका मान्छे थिएनन् । तर, करिब २० वर्षकै उमेरमा राजा भएका पृथ्वीनारायण महत्त्वाकांक्षी र होनहार दुवै थिए । उनमा गोरखा राज्यको विस्तार र वैभवशाली एवं सम्पन्न जनताको परिकल्पना पनि थियो । उनलाई राजा राम शाह, भूपतिन्द्र मल्ल वा महिन्द्र मल्लजस्तो न्यायपि्रय राजा बन्ने रहर थियो । ठूलो देशको अधिपति हुनका लागि हिमवत् खण्डको एकीकरण आवश्यक थियो भने परम्परागत रूपमा आर्थिक समृद्धिका लागि भोटसँग व्यापार गर्ने हिमाली नाकाहरू तथा दक्षिणतर्फको मुगलानसम्मको पहुँच नभई सम्भव थिएन । यो परिकल्पनाले पृथ्वीनारायणलाई राज्य विस्तार एवं एकीकरणतर्फ उन्मुख गरायो ।
नेपाल एकीकरणको प्रयास गर्ने पृथ्वीनारायण पहिलोे व्यक्ति थिएनन् । मानदेवलगायतका लिच्छविकालीन राजाहरू सम्भवतः सबैभन्दा प्रभावशाली थिए । अहिलेको नेपालभन्दा लगभग ठूलो नेपालमा उनीहरूले शासन गरेको मानिन्छ । तर, नेपाल सोही रूपमा रहिरहन सकेन । वास्तवमा अठारौँ शताब्दीका राजा अरमुडी, बाह्रौँ शताब्दीका राजा नागराज, सत्रौँ शताब्दीका राजा प्रताप मल्ल र राम शाहले पनि यस हिमवत् खण्डमा एकीकरणको भगीरथ प्रयत्न गरेका हुन् । पृथ्वीनारायण र अरूका बीचको मुख्य फरक के हो भने उनी ती प्रतापी राजाहरूभन्दा बढी महत्त्वाकांक्षी र रणनीतिक थिए । यो क्षमताले उनलाई राज्य विजेता मात्र नभई समग्र नेपालको एकीकरणकर्ता बनायो । यो अवसर प्रताप मल्लजस्ता सम्पन्न नेपालका राजा र अरमुडी वा नागराजजस्ता कश्मीरसम्म शासन गर्ने राजालाई प्राप्त भएन । किनभने, एकीकरण गर्न चाहिने सामरिक क्षमता र एकीकृत देशलाई धान्न सक्ने सामाजिक, आर्थिक, राजनीतिक र प्रशासकीय हुति सबैमा उत्तिकै थिएन । पृथ्वीनारायणले यो पुरुषार्थ गरेरै देखाएका हुन् ।
विश्व परिस्थिति
एकीकरण राजा पृथ्वीनारायणको महत्त्वाकांक्षा मात्र थिएन । यसका लागि तत्कालीन अवस्थाका वस्तुगत परिस्थितिहरू पनि विद्यमान थिए । उनी जन्मनुअघि रोबर्ट वालपोल बेलायतका प्रधानमन्त्री भएका थिए । बेलायतको बढ्दो सैन्यशक्ति त्रासको विषय भइसकेको थियो । रुसका राजा -जार) पिटर द ग्रेटले राज्यमा ठूलो भूमिका पाएको अर्थोडक्स चर्चको सुधार गर्न थालेका थिए । तथापि, रुस र पर्सियाबीच युद्ध सुरु भइसकेको थियो । अफगानहरूले त्यस बेलाको शक्तिशाली राष्ट्र इरानलाई जितिसकेका थिए । चीनका कांशी बादशाह भर्खर बितेका थिए ।
पृथ्वीनारायणको जन्मपछि नै पर्सियालाई कन्स्ट्यान्टटिनोपोल सन्धि अन्तर्गत रुस र अटोमान साम्राज्यले बाँडीचुँडी खाएका थिए । अंग्रेज र स्पेनीहरूबीचको युद्ध त्यसपछिको अर्को ठूलो घटना थियो । पृथ्वीनारायण शाह किशोर उमेरमा टेक्दा नटेक्दै रुस र टर्कीबीच चारवर्षे घमासान युद्ध सुरु भइसकेको थियो । चीनका प्रभावशाली सिङ लङ बादशाहको राज्य विस्तारको कार्यक्रम त्यत्तिकै दह्रो थियो । यता हिन्दुस्थानमा मुगलहरूको बिजोग सुरु भइसकेको थियो । जो टुक्राटुक्रा हुँदै थिए । पर्सियाका नादिर शाहको आक्रमणबाट मोहम्मद शाह निकै पीडित थिए । युरोपमा प्रोटेस्टेन्ट र क्याथोलिकबीच पटक-पटक युद्ध भएझैँ यस क्षेत्रमा मुस्लिम र हिन्दु राज्यहरू भिड्न सुरु गरिसकेका थिए । चतुर बेलायती तथा प|mान्सेलीहरू हिन्दुस्थानमाथि आधिपत्य स्थापित गर्ने तयारीमा जुटिसकेका थिए । यो खेलमा बेलायती महाचतुर देखिए । दिव्योपदेशमा टर्की, चीन र हिन्दुस्थानका बारेमा सावधान गर्नुपर्ने कारण सम्भवतः तिनै थिए ।
राष्ट्र निर्माणका आधार
राष्ट्र निर्माणका ८ आधार
छरिएर रहेका राज्य-रजौटा एकीकरण
राष्ट्रिय सेना निर्माण
राष्ट्रिय सुरक्षा नीति
असंलग्न परराष्ट्र नीतिको स्थापना
स्वदेशमै पुँजी परिचालन र उत्पादनमा जोड
राज्यलाई धार्मिक, सांस्कृतिक र जातीय विविधताको साझा फूलबारीका रुपमा स्वीकार
विजित राज्य-रजौटालाई स्वायत्तता
प्रजातान्त्रिक शासन पद्धतिप्रतिको अठोट (दुनियाँ/जनताले मन पराएको व्यक्तिलाई कज्याइँ/प्रधानमन्त्रीत्व)
पृथ्वीनारायण नयाँ नेपाली मुलुकका एकीकरणकर्ता मात्र होइनन् । आफ्नो जिन्दगीको अन्तिम लडाइँ उनले सन् १७७३ मा लडेको देखिन्छ । करिब ४६ वर्षको उमेरमा काठमाडौँमा राजधानी सारेपछि पृथ्वीनारायणमा देखिएको राजनीतिक कौशलले उनको परिपक्वता दर्साउँछ । उनले टिपाएको ‘दिव्योपदेश’ र उनका बारेमा लेखिएका ग्रन्थहरूले यसबारे प्रकाश पार्छन् । उनले पुनः एकीकृत नेपाललाई पाको राजनेताका रूपमा चार जात छत्तीस वर्णको साझा फूलबारीका रूपमा देख्न चाहे । हिमवत् खण्डको असंलग्न परराष्ट्र नीतिको सूत्रधार उनै भए । उपनिवेशवादविरुद्ध राष्ट्रिय सुरक्षाको अवधारणा उनीमार्फत नै आयो । एकीकरणमा परेका अधिकांश भुरेटाकुरे राज्यलाई उनले स्वशासन दिए । आफ्नो र अन्य क्षेत्रका फौजलाई नेपाली फौजमा परिणत गरे । राष्ट्रिय सेनाको निर्माण एउटा ठूलो प्रयोग थियो । आन्तरिक पुँजी निर्माणका लागि उद्योग र वाणिज्य क्षेत्रमा उनीद्वारा प्रतिपादित नीतिहरू आज पनि त्यत्तिकै महत्त्वपूर्ण छन् । नवएकीकृत देशको सामूहिक क्षमतामै त्यसपछिका उत्तर तथा दक्षिण दुवैतर्फ नेपालले पटकपटक लडाइँ लडेको थियो । यी लडाइँले नै नेपाललाई सम्पूर्ण रूपमा एक ढिक्का पारेको थियो । नेपाली पहिचान र नेपाली राष्ट्रवादको शिल्पकारिता पृथ्वीनारायण शाहले नै सुरु गरेका हुन्, जसमा अरूको पनि पर्याप्त लगानी छ । तथापि, सूत्रधार पृथ्वीनारायण नै हुन् भन्ने कुरामा विवाद छैन ।
पृथ्वीनारायणले निर्माण गरेको एकीकृत नेपाल उनको जमाना अनुसार हेर्दा सबैभन्दा टिकाउ भएको मान्नुपर्छ । उनको जमानामा यस क्षेत्रमा विभिन्न लडाइँ भए । तर, एकीकरणको प्रयास भएन । चिनियाँ प्रयोगलाई अलग गर्ने हो भने उनीपछि बनेको यस क्षेत्रको वैभावशाली सिख साम्राज्य ४८ वर्ष पनि टिक्न सकेन । यसका संस्थापक रञ्जित सिंह बितेपछि यो मूलतः सकियो । यसै बेला छत्रपति शिवाजीले मराठा साम्राज्य पनि स्थापित गरेका थिए, जसलाई हिन्दु राज्य भनिन्थ्यो । यो सन् १६७४ देखि १८१८ सम्म मात्र टिक्यो । सन् १८५८ देखि १९४७ का बीच उपनिवेशउन्मुख बेलायतीहरूले यस क्षेत्रका धेरैजसो राज्यलाई आफ्नो नियन्त्रणमा लिए । उपनिवेश नै नभने पनि करिब ५ सय ६२ वटा बाइसी-चौबीसी प्रकारका राज्य बेलायत सरकारलाई राजनीतिक-आर्थिक कूत बुझाउँथे । यो परिस्थितिलाई हेर्ने हो भने पृथ्वीनारायणले निर्माण गरेको नेपालले आफ्नो स्वतन्त्रता मात्र कायम राखेन, यसले बेलायती साम्राज्य र शक्तिशाली चिनियाँहरूसँग पनि जटिल कूटनीति निर्वाह गरी निरन्तर गन्तव्य पहिचान गर्यो ।
विस्तारवाद, जातीयता र धर्म
जतिसुकै राम्रा व्यक्तिका पनि कमीकमजोरी हुन्छन् । व्यक्तिको क्षमता जति बढी हुन्छ, उसका विरोधी पनि त्यति नै बढ्छन् । कतिपयले पृथ्वीनारायणलाई विस्तारवादी भनेका छन् भने कतिपयले हिन्दु धर्मलाई जनतामा लाद्ने शासक । त्यस्तै जातीय शासनलाई उनले भताभुंग पारेको पनि कतिपयको आरोप छ । उनको पालादेखि नै विभिन्न जनजातिले शासन गुमाएको पनि भनिएको छ । एकीकरणको लडाइँ बर्बरतापूर्ण थियो भन्ने मान्यता पनि व्यक्त गरेको देखिन्छ । प्रकाशित सामग्रीका आधारमा हेर्दा प ृथ्वीनारायणले नेपाललाई ‘असली हिन्दुस्थान’ बनाउन खोजेको आरोप लगाइएको छ । यी सबै आरोपका बारे विभिन्न मान्छेका विभिन्न दृष्टिकोण हुन सक्छन् । तथापि, राज्य जित्ने अभिलाषा नभएको भए एकीकरणको परिप्रेक्ष्य आउने थिएन भन्न सकिन्छ ।
रोबाटोको आक्रोश
वास्तवमा पृथ्वीनारायण शाहले बाँचेको समकालीन इतिहासमा काठमाडौँमा बसी काम गर्ने रोमन मिसनका धर्मप्रचारक जोसेप डे रोबाटोबाहेक कसैले पनि उनको खेदो खनेको इतिहासमा देखिँदैन । जतिले खेदो खनेका छन्, तिनको आधार जहिले पनि रोबाटो नै हुने गरेका छन् । यस प्रसंगमा रोबाटो को हुन् भनेर बुझ्नु आवश्यक छ । उनी एकीकरण युद्धमा कान्तिपुरका राजा जयप्रकाश मल्लका लागि अंग्रेजको सहयोग जुटाउने कार्यमा लागेको शंकाका आधारमा गोर्खालीद्वारा काठमाडौँबाट लखेटिएका व्यक्ति हुन् । उनी मिसनसहित भारतको बेतियातर्फ लखेटिएका थिए । उनले पृथ्वीनारायणको निन्दा गर्नु स्वाभाविक थियो । शत्रुको तारिफ केवल क्षमतावान्बाट मात्र हुन सक्छ ।काठमाडौँ उपत्यका एकीकरणको युद्धमा कीर्तिपुरवासीको नाक काटेको, काठमाडौँभित्र खाद्यान्न ओसारपसार गर्ने नाका बन्द गरेको र चाहिनेभन्दा बढी बल प्रयोग गरेको भन्दै रोबाटोले आफ्ना लेखोटमा उल्लेख गरेका छन् । रोबाटोकै लेखोटलाई एक जना अंग्रे जले धेरै पछि अंग्रेजीमा उल्था गरी कोलकाताबाट प्रकाशित हुने एसियाटिक सोसाइटीको जर्नलमा प्रकाशित गरेका थिए । यसबाहेक कुनै पनि इतिहासका अध्येताले पृथ्वीनारायणमाथि यस्ता आरोप लगाएका छैनन् । यहाँनिर के कुरा बिर्सनु हुँदैन भने काठमाडौँ एकीकरण गर्दा पृथ्वीनारायणले सबैभन्दा कठिन लडाइँ लडेका थिए ।
उनले नेपाललाई असली हिन्दुस्थान बनाउन खोजे भन्ने आरोपको आधार देखिँदैन । मुगल वा अंग्रेजबाट यो बिटुलिएको छैन भन्ने प्रसंगमा उनले ‘असली हिन्दुस्थान रहेछ’ भनेका छन् । उनले देखेबुझेसम्मको वस्तुस्थितिका आधारमा निकालिएको निष्कर्ष थियो त्यो । त्यस्तै, उनको समयमा कतै जातीय राज्य वा शासन भएको इतिहासले देखाउँदैन । यस अर्थमा उनले कसैसँग जातीय लडाइँ लडेका थिएनन् । जस्तो ः एकीकरणको वृत्तान्तमा गोर्खालीहरूले राजा जयप्रकाश मल्लको खस एवं मगर सेनासँग समेत लडाइँ लडेको पढ्न सकिन्छ ।
आस्था र विश्वासका कुरा राष्ट्र निर्माणमा धेरै महत्त्वपूर्ण हुन्छन् । विभिन्न मिथक, मूर्ति, प्रतिमा र प्रतीकलाई पनि एकताको आधारका रूपमा स्थापित गरिएका हुन्छन् । प्रकृतिको अवधारणालाई नियति र ईश्वरको अवधारणालाई मिथक भनिएकै छ । तर, त्यसबिना साधारण मान्छेको जीवनको परिकल्पना सम्भव हुँदैन । आममान्छेले बुझ्ने ससाना ऐतिहासिक तथ्य, वीरता, लडाइँ र शान्तिका गीतहरू आफ्नो भाषा, धर्म-संस्कृति, खोलानाला, जंगल, तरुण र तरुणीको सम्बन्ध, मेलापात, दुःख एवं विस्मात्का प्रसंगले मान्छे, समाज अनि राष्ट्रलाई जोडेका हुन्छन् । कतिपय कुरा असत्य पनि होलान्, तथापि यी समग्र परिस्थितिले देश र राष्ट्रियताको भावना जागृत गर्ने हो । प्रजातन्त्र, समानता र मौलिक अधिकार एवं शासनमा सहभागिताका कारण बन्ने राष्ट्रवाद त आजको सिर्जना हो । इतिहासलाई यसका आधारमा मूल्यांकन गर्न खोज्नु हुँदैन । राज्यहरू सेनाले टिक्लान्, नटिक्लान् तर यी साधारण सत्यका आधारमा ठूल्ठूला साम्राज्य बनेका पनि छन्, ढलेका पनि छन् । पृथ्वीनारायणका बारेमा नेपालीले गौरवान्वित हुनुपर्छ, नेपाल टिकेको मात्र छैन, आवश्यक पर्दा यसले शत्रुलाई ढालेको पनि छ ।
पृथ्वीनारायणको जन्म नभएको भए आजको नेपाल सम्भव हुन्थेन । एकीकरण आजको अकाट्य र चुनौती दिन नसकिने यथार्थ हो । यो नभएको भए नेपाल राज्य सम्भवतः कथा भइसकेको हुने थियो । प्रजातन्त्र र संविधानवादले मुलुकलाई बलियो बनाउने आधार उनले छाडेर गए । आजका नेपाली आजको आवश्यकताबमोजिम देशको शासन व्यवस्था, राजनीतिक प्रणाली तथा राज्य व्यवस्थापनको कुरो गर्न सक्षम छन् । अतः उनको जन्मजयन्तीलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउनु इतिहासप्रतिको इमानदारी मात्र होइन, शान्त, सुन्दर र समृद्ध नेपालको निर्माणका लागि एउटा बलियो पूर्वाधार पनि हो । उनले निर्माण गरेको राज्य गौरवको विषय हुने तर निर्माताचाहिँ अभिशाप हुने भन्ने हुनै सक्दैन ।
(अधिकारी ‘काठमाडौँ विश्वविद्यालय, स्कुल अफ ल’का डीन हुन् ।)

नेपालको दोस्रो संविधानसभाका लागि मंसिर ४ गते हुन गइरहेको निर्वाचनले नेपाली जनतालाई एकपटक फेरि मतदान गर्ने अवसर दिएको छ। अरबौं रुपियाँ खर्च गरेर निर्वाचन गरिएको पहिलो संविधानसभा ४ वर्षसम्ममा पनि नयाँ संविधान निर्माण गर्न नसकी अवसान भयो। यसको जिम्मेवारी न त सो अवधिमा मुलुकलाई नेतृत्व गर्ने प्रधानमन्त्रीहरुले लिए न त उनलाई ‘ब्याकअप’ गर्ने संयुक्त सरकारका घटकहरुले नै।अहिले पनि असफल नेताहरु नै पुनः चुनावमा उम्मेदवार छन्। न चुनावी घोषणापत्रमा विशेष परिवर्तन आएको छ,न त निर्णयकर्ताहरुमा। देशलाई यत्रोवर्षदेखि अल्मल्याएकोमा कसैले दुईशब्दमा माफी पनि मागेन।आफूलाई एक सितापरिवर्तन गर्न सकेका छैनन्;तर संविधान बनाउँछु भन्दछन्। के यसरीबन्ला त संविधान? संविधान बनाउन सक्ने संविधानसभाको चयन कसले गर्ने?जनताले होइन? कुभिण्डो रोप्नेले सुन्तला फल्ला भनी आश गर्न मिल्छ?कि चमत्कार होला भन्ने आशा गर्ने?यो कुरा अहिले नसोचे कहिले सोच्ने?

(यस प्रलेखको सम्पादित प्रमुख अंशहरु नेपाल राष्ट्रिय साप्ताहिक (आइतबार, १३ साउन, २०७०, पृ.२६–३१) मा प्रकाशित भएको छ ।)
नेपाल राष्ट्रिय साप्ताहिकमा यो लेख हेर्न यहाँ क्लिक गर्नुहोस् ।
नेपालको राजनीतिमा अत्याधिक चर्चित स्व. प्रधानमन्त्री बीपी कोइराला र राजा महेन्द्र एकअर्कासँग मिल्न नसक्दा नेपालका समस्याहरु क्रमशः झाँगिदै गएको भन्ने सम्बन्धमा धेरै नेपाली विज्ञहरु एक देखिन्छन् । तर त्यस्तो किन हुन गयो भन्ने बारेमा प्रशस्त बुझ पचाएको देखिन्छ ।
राजा महेन्द्रलाई सम्झाउने उनीद्वारा रचित एउटा गीत छ, जुन अचेल रेडियो/टेलिभिजनमा बज्दैन ः म मरे पनि मेरो देश बाँचिरहोस्…।
प्रथम निर्वाचित प्रधानमन्त्री बीपी कोइरालाले आफू सानो छँदा आफ्नो स्कुलमा गाएको सेसिल स्पि्रङ्-राइसद्वारा रचित बेलायती राष्ट्रिय गीत मृत्युशय्यामा रहेका बेला आत्मवृत्तान्तका सम्पादकलाई गाएरै टिपाएका थिए, जसको नेपाली अनुवाद हो:
म कामना गर्दछु तिम्रा लागि, ए मेरो देश
यहाँ रहेका सबै सांसारिक चीजहरू
त्यस्ता सबै सम्पूर्ण र पूर्ण
मेरा दोषरहित स्नेहका सेवाहरू…।
नेपालको राजनीतिमा अत्यधिक चर्चित तर अलग व्यक्तित्वका धनी यिनै दुई एकअर्कासँग मिल्न नसक्दा नेपालका समस्या क्रमशः झाँगिँदै गएको भन्ने गरिन्छ। वास्तवमा उनीहरू किन मिल्न सकेनन्? संविधानसभा नभए पनि संसदीय निर्वाचनमार्फत जनताको हातमा शासन गएको डेढ वर्ष पुग्दा नपुग्दै किन र कसरी प्रजातन्त्रको चीरहरण गरियो ? यी र यस्ता प्रश्नको सेरोफेरोमा बीपी र महेन्द्रकै प्रसंग आउँछ। सम्बन्ध, समानता, असमानता, राष्ट्रप्रेम, नेतृत्व क्षमता, दूरदर्शिता, सिद्धान्त र शक्तिका हिसाबले यी दुई शीर्ष व्यक्तित्व र त्यस समयको मूल्यांकन सान्दर्भिक हुन्छ। यो पनि त्यतिबेला, जतिबेला ००७ सालदेखि ०१५ सालको जस्तै मुलुक संक्रमण र अन्योलग्रस्त छ।
समानता/असमानता
आफ्नो मुलुकप्रति समर्पित यति संवेदनशील दिवंगत बीपी कोइराला तथा राजा महेन्द्र नेपालको शीतयुद्धकालका प्रखर राजनीतिक व्यक्ति हुनुका साथै विसं ००७ पछिको नेपाल निर्माणका बलिया खम्बा थिए। आधुनिक नेपाल, यसको सार्वभौमसत्ता, अखण्डता, स्वतन्त्र परराष्ट्र नीति, राष्ट्रिय स्वाभिमान एवं आर्थिक, सामाजिक र राजनीतिक संरचना निर्माणमा दुवैको ठोस विचार थियो। उनीहरूको विचारले क्रमशः आकार लिँदै गएको पनि थियो।
आफ्ना कुरा राख्दा महेन्द्र स्थिर तथा गम्भीर देखिन्थे, बीपी प्रगतिशील एवं उत्साहयुक्त। तर, आमजनताप्रतिको लगाव वा कटिबद्धतामा दुवै परिपक्व थिए। उमेरले बीपी महेन्द्रभन्दा छ वर्ष जेठा थिए। एउटा दरबारिया वातावरणमा पुलपुलिँदै हुर्किएका थिए भने अर्का संघर्षशील हुँदै देश निकालामा परेर निर्वासित परिवारसँगै दुःखजिलो गरी। एउटाले औपचारकि शिक्षा नलिएरै राणाशासनको सीमित राजतन्त्रको परिधिमा आफ्नो व्यक्तित्व निर्माण गरेका थिए भने अर्काले राजनीतिक चेतना भएको परिवार र यसबाहिरको खुला समाजमा व्यक्तित्व बनाएका थिए।
कोलकाताको स्कटिस चर्च कलेज तथा बनारसको हिन्दु विश्वविद्यालयमा पढेका बीपी कोइराला उदार शिक्षा प्रणालीका उत्पादन थिए। महेन्द्रले आफ्नो बाल्यकालमा न त्यस्तो स्कुल देख्न पाए, न त स्वतन्त्र वातावरण नै। छोराको भविष्यका बारेमा बीपीका बुबा कृष्णप्रसाद कोइरालामा कटिबद्धता देखिन्थ्यो। महेन्द्रका बुबा त्रिभुवनले भने काँचो उमेरमै अभिभावक भएकाले त्यति धेरै सोच्न पाएनन्। यति हुँदाहुँदै पनि दुवै आकर्षक व्यक्तित्वका धनी थिए। केही गरूँ भन्ने चाहना, बलियो इच्छाशक्ति तथा अदम्य साहस दुवैको विशेषता थियो।
बीपी र महेन्द्रबीच समानता तथा असमानताका कुरा अरू पनि छन्। दुवैको साहित्यमा गहिरो अभिरुचि थियो। दुवैमा सामान्य नेपालीसँग उठबस गर्ने, रमाउने स्वभाव थियो। चरत्रिले महेन्द्र अन्तरमुखी थिए। त्यसैले उनले के बोल्छन् र किन बोल्छन् भनेर बुझ्नुपर्ने हुन्थ्यो। बीपी आफ्नो व्यक्तित्व र विचारमा स्पष्ट थिए। एउटा कुरा सोच्ने र अर्को कुरा बोल्ने प्रवृत्ति उनमा थिएन। कुरा मन नपर्दा असहमति जनाउन बीपीलाई अप्ठ्यारो थिएन। तर, महेन्द्र समय लिन्थे। उनमा कूटनीतिको मात्रा बढी थियो।
राजनीतिको घामपानी खपेका बीपी शक्ति सञ्चय जनस्तरमा गर्नुपथ्र्यो भनी मान्थे। महेन्द्र पनि जनआकांक्षालाई नै आफ्नो सोचाइको आधार बनाउँथे। एउटाले आफूलाई मालिक ठान्थ्यो भने अर्कोले जनताको आवाज। पढाइलेखाइप्रति दुवैको अभिरुचि भए पनि बीपीको साहित्य, दर्शन, अर्थशास्त्र तथा कलामा उच्च स्तरको ज्ञान थियो। भारत एवं पाश्चात्य जगत्को प्रजातान्त्रिक आन्दोलन एवं दोस्रो विश्वयुद्धपछिको युरोपको आधुनिकताबाट बीपी प्रशस्त दीक्षित थिए। महात्मा गान्धीको स्वराज आन्दोलनको एउटा लहर बीपीमा थियो। महेन्द्रमा पनि पढ्ने-लेख्ने रहर थियो। तर, अवसर पाएनन्। त्यसैले उनी अर्काको कुरा सुन्न रुचाउँथे, तर्क गर्न भने चाहँदैनथे। यसै पनि राजाहरूले प्रायः खुला राजनीति गर्दैनन्। तर, बीपी यी दुवै कुरामा अगाडि थिए।
यतिविधि फरक हुँदाहुँदै पनि बीपी र महेन्द्रले प्रतिनिधित्व गर्ने पिँढी एउटै थियो। देशलाई बलियो बनाउनुपर्छ भन्नेमा दुवैको दृढता थियो। दुवैलाई ज्ञान थियो, नेपालको राणाकालीन विगत र अस्थिर वर्तमानको। मुलुकको आन्तरिक एवं बाह्य चुनौतीहरू के हुन् र भू-राजनीतिक समस्याहरूको समाधान कसरी गर्न सकिन्छ भन्ने सम्बन्धमा दुवैका चिन्ता उत्तिकै थिए। तर, बीपी हातेमालो गर्न सधैँ कटिबद्ध देखिन्थे भने महेन्द्रको हेराइ र बुझाइ जहिले पनि आलोचनात्मक रहन्थ्यो। बीपी राजकाजमा सहमति गरेरै अघि बढ्ने आदर्शका पक्षपाती थिए। उनको सोचाइमा प्रजातन्त्रमा राजनीतिक नेतृत्व जनस्तरबाटै स्थापित हुन्छ भन्ने थियो। महेन्द्रलाई लाग्थ्यो, यो देश उनका बाबुबाजेले पनि आर्जेका हुन्। राजाहरूलाई बन्दी बनाउने राणाशासन फालिएपछि बल्ल समयले साथ दिएको हुँदा देशको श्रीवृद्धिमा राजाको पनि भूमिका हुनुपर्छ भन्ने ठान्थे महेन्द्र।
बीपीमा एउटा दर्शन थियो तर त्यो एकल भूमिका होइन। उनी जनउत्तरदायी शासन पद्धतिप्रति कटिबद्ध थिए। उनी मान्थे, शासन कार्यमा राजा र जनताको साझेदारी हुनुपर्छ। राजाका कुराहरूलाई सुन्ने र कार्यान्वयन गर्ने जिम्मेवारी प्रधानमन्त्रीको हो। राजा आदरका पात्र हुन्, नीतिगत विषयवस्तु एवं प्रशासनिक कामकारबाहीमा उनी अलग बस्नुपर्छ। यसबाट प्रजातन्त्र बलियो हुन्छ। यसले आफूलाई संस्थागत गर्ने अवसर पाउँछ भन्ने सोचाइले बीपीलाई प्रस्ट रूपमा प्रजातान्त्रिक कित्तामा उभ्याएको थियो।
अन्तर्राष्ट्रिय परिवेशमा एकमत
देशका समस्याहरू बीपी वा महेन्द्रले सोचेभन्दा धेरै ठूला र जटिल थिए। विसं ००७ को परविर्तन नेपाली कांग्रेस तथा अन्य समूहहरूका लागि प्रजातन्त्रको सुरुआत थियो भने राजा त्रिभुवनका लागि राणाशासनबाट मुक्ति। भारतीयहरूले यसलाई राणा-बेलायती गठबन्धनका ठाउँमा आफूलाई स्थापित गर्ने प्रयासभन्दा बढी अर्थमा लिएनन्। साम्राज्यबाट मुक्ति पाए पनि साम्राज्यको लालसा भारतीय शासकहरूमा कम देखिएन। क्रान्तिका माध्यमबाट नेपाल भारतीयहरूको रणनीतिक भुमरीमा परेको थियो। गर्धन एउटाको काटियो, तक्मा अर्कोले भिर्यो। दिल्ली सम्झौताको पृष्ठभूमि यही हो। किनभने, क्रान्तिकारी पक्षलाई शासनमा बलियो रूपमा स्थापित हुन दिइएन। राजाका विरुद्ध दलहरू र दलहरूका विरुद्ध राजा पटक-पटक प्रयोग हुन थाले। बीपी र महेन्द्रका सम्बन्धमा एउटाको पक्ष लिएर अर्कोलाई आलोचना गरेर मात्र मुलुकका समस्या समाधान हुन सक्दैनथे।
प्रथम आमनिर्वाचनपछि बीपीको प्रधानमन्त्रीत्वमार्फत देशले सुशील, सक्षम र आधुनिक प्रधानमन्त्री मात्र पाएन, तेस्रो विश्वका लागि बलियो नेतृत्व विकासको अवसर पनि प्राप्त भयो। आफ्नो अन्तर्राष्ट्रिय कूटनीतिक क्षमताको प्रदर्शन तथा त्यस बेलाका नामी तेस्रो विश्वका नेतृत्वहरूमाझ बीपीले आफू र आफ्नो देशका लागि एउटा स्थान पनि प्राप्त गरे। प्रधानमन्त्रीका रूपमा उनले संयुक्त राष्ट्र संघको महासभालाई गरेको सम्बोधनमार्फत स्पष्ट रूपमा नेपाल तथा नेपालजस्तै अन्य साना तथा गरबि तेस्रो मुलुकका अधिकारहरूको सम्बन्धमा शंखनाद मात्र गरेनन्, सम्पन्न राष्ट्रहरूबाट विकासोन्मुख मुलुकहरूका लागि दिइने सहयोग दुईपक्षीय नभई राष्ट्र संघमार्फत हुनुपर्ने तथा पैसाको बलमा साना तथा कमजोर राष्ट्रहरूको स्वतन्त्रतालाई आँच पुर्याउन नहुने प्रस्ताव पनि राखे। बीपीको सम्बोधन नेपाली कांग्रेसको परराष्ट्र नीति मात्र थिएन, यो समाजवादप्रतिको समर्पण पनि थियो। त्यसमाथि त्यो राजा महेन्द्रद्वारा अनुमोदित सम्बोधन थियो। यसैबाट प्रस्ट हुन्छ, अन्तर्राष्ट्रिय विषयमा राजा प्रधानमन्त्रीसँग कति नजिकको नाता राख्थे।
प्रजातान्त्रिक आन्दोलन प्रभावित
बीपी आधुनिकता तथा प्रजातान्त्रिक शासन पद्धतिका प्रतीक थिए। राजाले परम्परागत नेपाल तथा यसको शक्तिलाई प्रतिनिधित्व गर्थे। बीपीलाई यसप्रति आपत्ति थिएन। त्यसैले होला, नेपालको प्रजातन्त्रीकरणको अनुभवका बारेमा दुवैलाई केन्दि्रत गरेर लेखिएको डेमोक्रेटिक इन्नोभेसन्स इन नेपाल भन्ने पुस्तकका लेखकद्वय नेपाली भुवनलाल जोशी र अमेरिकी प्राध्यापक लियो रोजले उक्त पुस्तक यी दुवै शिखर पुरुषलाई समर्पण गरेका थिए, जुन यस्तो छ ः
‘दुई नेपाली नेताहरू, जो यद्यपि नेपालको इतिहासका अत्यन्त अस्वाभाविक नदेखिएको निरन्तर विडम्बनाका कारण राजनीतिक तरंगको विपरीत दिशामा राखिएका छन्, उनीहरू वास्तविक अर्थमा यस पुस्तकमा उल्लेखित नेपालको राजनीतिक उत्संस्करणका अत्यन्त महत्त्वपूर्ण सहलेखक हुन्।’
लेखकद्वयको भनाइमा नेपालको उज्ज्वल प्रजातान्त्रिक भविष्य र राष्ट्रवादका लागि यी दुवैको सहकार्य जरुरी छ। उनीहरूले एउटाको विकल्पका रूपमा अर्कोलाई देखेनन्। यद्यपि, राजा महेन्द्रले प्रजातान्त्रिक परिपाटी एवं संविधानवादप्रति आफ्नो अभिरुचि बढाउनु जरुरी छ भन्ने कुरा स्पष्ट गर्न दुवै विद्वान् चुकेनन्। स्वयं बीपी कोइराला यही मान्यताकै पक्षपाती थिए। तर, अन्ततः त्यसो हुन सकेन। ००७ सालको परविर्तनले जुन रूपमा देशलाई अगाडि बढाउँदै लैजानुपथ्र्यो, त्यस रूपमा देश अघि बढ्न सकेन। त्यो परविर्तनसँगै भारतीयहरूले देखाएको असहिष्णुता एवं हस्तक्षेपको सिकार भएको यस प्रक्रियामा न महेन्द्रको जित हुन सक्यो, न त बीपीको नै। दुवै एकअर्काबाट प्रभावित भए। तर, यो खेलमा चौका भारतले हान्यो। उसले यो अवस्थाबाट प्रशस्त लाभ लियो।
नेपालमा त्यस बेला पनि राजनीति बुझ्ने र त्यसलाई व्यक्त गर्न सक्ने ‘क्रिटिकल मास’ नभएको होइन। तर, त्यो समूह सानो मात्र थिएन, अक्षम पनि थियो। नेपाली समाजको चेतनास्तर आज त यस्तो छ भने त्यस बेलाको स्थिति अन्दाज गर्न गाह्रो हुँदैन।
यो स्वाभाविक हो, नेताहरूमा सत्ताको आकांक्षा थियो। तर, जनसमर्थन धेरैलाई प्राप्त थिएन। नेतृत्वको व्यक्तिगत चाहनालाई अर्थतन्त्रले धान्न सक्दैनथ्यो। कृषिप्रधान मुलुक र कृषि आयको निरीह अवस्था वास्तवमा आर्थिक रूपमा एउटा प्रमुख पक्ष बनेको थियो, नेपालको प्रजातान्त्रिक आन्दोलनको त्यो चरणमा। नेपाली कांग्रेसलाई कसरी नियन्त्रणमा राख्ने भन्ने ००७ सालदेखिकै भारतीय प्रयासका साथै दलहरूको प्रशस्त दुरुपयोग, प्रादुर्भाव एवं लगानीका प्रक्रिया पनि सुरु भए। यसै प्रसंगमा विदेशीलाई सहयोग पुर्याउने सेवा प्रदायकका रूपमा अन्य स्रोतहरूबाट फाइदा लिने प्रवृत्ति क्रमशः देखा पर्न थालिसकेको थियो। यो चुनौती राजाका लागि पनि थियो। तर, यसबाट सबैभन्दा बढी प्रजातान्त्रिक आन्दोलन प्रभावित हुन पुग्यो।
छिमेकका भारत र चीन दुवै क्रमशः बलिया हुँदै थिए। अमेरिका र रुस महाशक्ति राष्ट्रको क्षमता राख्थे। भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुसँग बीपी आफ्नो व्यक्तिगत सम्बन्ध भएको ठान्थे। सम्बन्ध भएकामा शंका छैन तर स्वतन्त्र चिन्तक रहेका बीपीप्रति नेहरुको कुनै सद्भाव थिएन। त्यहाँका समाजवादीहरूसँग बीपीको मित्रता उल्लेखनीय रूपमा थियो। चिनियाँ क्रान्तिका नेतृत्वकर्ता माओत्सेतुङ्लाई बीपी पाको देख्थे। उनको प्रयोग सफल होस् र समाजवादले चीनमा जरो गाडोस् भन्ने चाहना तत्कालीन प्रधानमन्त्री बीपीमा थियो। महेन्द्र राजाका रूपमा यी दुवैसँग परिचित थिए। तर, व्यक्तिगत स्तरको सम्बन्ध उनलाई परिस्थितिले दिएन।
माग एकताको तर…
बीपीसँगै सहकार्यका लागि अगाडि बढ्ने प्रयास राजाका तर्फबाट कहिल्यै भएन। यसमा उनी हतार पनि मान्दैनथे। यो परिस्थिति राजा महेन्द्र तथा प्रधानमन्त्री बीपी दुवैका लागि चुनौतीपूर्ण थियो। देशले एकताको माग गरेको थियो। यो खेलमा परिस्थिति राम्रोसँग बुझ्न नसक्दा राजा महेन्द्र भारतसँग नजिकिन पुगे। परिणामस्वरूप प्रजातन्त्र अपदस्थ गरियो। बीपीलाई झ्यालखानमा पुर्याइयो। भारतीयहरूको दृष्टिमा बीपी भारतका लागि जोखिम भइसकेका थिए।
आजपर्यन्त पनि प्रजातान्त्रिक परिपाटीमाथि यत्रो ठूलो हमला किन भयो भनेर छलफल भइरहेकै छ। वास्तवमा ००७ सालदेखिका परविर्तनमा बीपीको गहिरो छाप थियो। व्यक्तिगत स्तरमा उनी सबैभन्दा योग्य र सक्षम देखिएका थिए। सरकारमा भए पनि नभए पनि उनको विचार र व्यक्तित्वले सधैँ राजनीतिक प्रक्रियाहरूलाई प्रभावित गर्थे। कहाँसम्म भने बीपीले नै मध्यस्थता गरिदिएका कारण महेन्द्रले रत्नसँग विवाह गर्न सके। राजपरिवारसँगको उनको सम्बन्ध झाँगिँदै थियो। परविर्तनबाट प्रभावित राणाहरूलाई धेरै हदसम्म नेपाली कांग्रेसले व्यवस्थापन गरसिकेको थियो। छोटो समयमै देशले आन्तरकि शान्ति तथा सुव्यवस्था प्राप्त गर्दै थियो। सार्वजनिक क्षेत्रमा बीपीको प्रभाव कम हुने कुरै भएन। अन्तर्राष्ट्रिय क्षेत्रमा पनि नेपालले दु्रत गतिमा सम्बन्ध स्थापना गर्दै थियो।
यसैबीच, नेपाली कांग्रेसको संगठनभित्रका खिचलोहरू सुरु भइसकेका थिए। तर, तिनका सैद्धान्तिक आधारहरू थिएनन्। यसले नेतृत्वलाई जहिल्यै संकट ल्याउने तथा कमजोर बनाउने उद्देश्य राख्थ्यो। राजाका वितृष्णाहरू कसरी बढ्दै गएका थिए भनेर बीपीले आत्मवृत्तान्तमा पनि उल्लेख गरेका छन्। राजा भ्रष्टाचारको कुरा उठाउँथे, कुशासनको प्रश्न झिक्थे। त्यसको छिनोफानो पनि हुन्थ्यो। अन्तर्राष्ट्रिय सम्बन्धलाई लिएर कतिपय विषयमा राजा र प्रधानमन्त्रीबीच सल्लाहसमेत हुन्थे। राष्ट्रियताका मुद्दामा दुवैका दृष्टिकोण समान थिए। तर, प्रजातन्त्रको कुरा गर्दा महेन्द्र स-साना कार्यकारिणी निर्णयलाई पनि बढी कोट्याउन चाहन्थे। भर्खर प्रजातन्त्र उपभोग गर्न थालेका तथा संगठनात्मक रूपमा बलियो भइनसकेका राजनीतिक दलहरूबाट हुन गएका उच्छृंखलताहरूसँग जुध्नका लागि समय चाहिन्थ्यो। राजा यसबारे त्यति सहनशील थिएनन्। कतिपय विषयमा सरकारलाई अप्ठ्यारो हुने गरी राजाले बोलेको, गतिविधि गरेको कारणबाट प्रधानमन्त्रीलाई कार्यकारिणी अधिकारको प्रयोग गर्न गाह्रो पथ्र्यो। बीपीले खोजेजतिको संवेदनशीलता राजाबाट प्राप्त हुँदैनथ्यो। तथापि, प्रजातान्त्रिक प्रक्रियाहरू अवरुद्ध भएका थिएनन्। निर्वाचित संसद्मा देशका बारेमा छलफल हुनु र सरकारबाट संसदीय उत्तरदायित्वको निर्वाह हुनु नेपालको राजनीतिक प्रयोगमा एउटा नौलो आयाम थियो।
तर पनि बीपी अपदस्थ गरिए। यसपछि पनि नेपालले विभिन्न मुलुकसँग सम्बन्ध विस्तार गर्यो। राजदूतहरू ल्याइए, पठाइए। स्वयं भारत र चीनसँगको सम्बन्धमा पनि ठूलो परविर्तन देखा पर्यो। मुलुकको आन्तरकि सुरक्षाका विषयहरूमा विभिन्न निर्णयहरू गरिए। ती विषयमा महेन्द्र र बीपीले एकअर्कालाई असहयोग गरेको देखिएन। आफूले आठ वर्ष लगातार जेलमा थुनेर राखेको अपदस्थ प्रधानमन्त्रीका बारेमा महेन्द्रले कतै निचो बोलेनन्। त्यसै गरी कतै पनि बीपीको मुखबाट महेन्द्रका प्रति नराम्रा अभिव्यक्ति आएनन्। महेन्द्र आफैँले पनि बीपीलाई कुनै व्यक्तिगत वा सार्वजनिक आरोप लगाएको कुनै पनि प्रकाशित स्रोतहरूमा देखिँदैन। त्यसो भए के कारणले त्यत्रो दुर्घटना गराइयो त?
०१९ मा भएको भारत-चीन युद्ध एउटा ठूलो ‘टेस्ट केस’ थियो। बीपी वा महेन्द्रले यो विषयलाई लिएर एकअर्कासँग रुग्ण राजनीति गरेनन्। यी दुईका बीच समस्या छँदै थिएनन् भन्ने होइन, थिए। तर, ती समाधान हुँदै गएका थिए। प्रमुख कुरा के हो भने अब बीपी तथा नेपाली कांग्रेस दुवै भारत सरकारको आँखाको कसिंगर भइसकेका थिए। यसैबीच अप्रत्यासित रूपमा राजा महेन्द्रले आफू र आफ्नो देशविरुद्ध निर्णय लिएका थिए। त्यो निर्णयमा सानोतिनो उनको पनि स्वार्थ थियो। तर, त्यसभन्दा ठूलो स्वार्थ भारतको थियो, जसको महेन्द्रलाई अन्दाज थिएन।
आफ्नो जीन्दगीको उत्तराद्र्धमा यो समस्याको बारेमा बीपीले कसैलाई अन्धकारमा राखेनन् – “म गुप्तचर संस्थाको प्रमुख होइन । म त राजनैतिक परिस्थितिलाई विश्लेषण गरेर एउटा निष्कर्षमा पुग्ने मानिस हुँ । तपाइँले सुन्नु भएको छ तुलसी गिरीको भाषण, पञ्च भेलामा राजालाई औंला ठ्ड्याएर कि यो नयाँ परिवर्तन ल्याएर हामीहरुलाई बलिको बोको बनाउन पाइँदैन । राजाले परिवर्तन गर्न पाउँदैनन् । हामीहरुको मद्दत लिएर यो व्यवस्था ल्याए । अब हेरौं यो व्यवस्था कसरी फ्याँक्दा रहेछन् भन्ने थियो । यो भन्ने आधार उसले कहाँबाट पायो ? उसको आधार राजा त होइन रहेछ नि । राजालाई नै औंलो ठ्ड्याउने, राजाले गर्न खोजेकालाई तिमीले गर्न पाउँदैनौं भन्ने ताकत मैले पाउँछु किनभने मेरो आधार त जनता हो । या, मेरो आधार मैले आफ्नो आदर्शको निम्ति दश वर्षसम्म यहाँ जेलमा बसेँ । राजाले नै मलाई १० वर्ष थुने । त्यसो हुनाले राजाले गर्नसक्ने ममाथि जति उत्पीडन हुन सक्दछ, मलाई गरे । त्यो मैले भोगिसकेकोले मलाई भन्ने आधार प्राप्त भएको छ । उसले कुन आधार र कुन बल पाएको छ ? जनताको बलबाट बोलिरहेको छ ? त्याग र बलिदानको तेजबाट बोलिरहेको छ ? केबाट बोलिरहेको छ? त्यसोभए कसको बलबाट होला ।”
राष्ट्रिय मेलमिलापको सन्दर्भलाई लिएर बीपीको भनाई थियो – “मैले सँधै भनेको छु, हार्डलाइनरहरु भनेका राजाका मानिसहरु होइनन्, विदेशीहरुका मानिस हुन् । विद्यार्थी आन्दोलनका पछिल्तिर हार्डलाइनरहरु थिए । मेरो खिलाफमा चार्ज नै छ हार्डलाइनरहरुको कि म राजापट्टि झुकेर गएँ । त्यो हार्डलाइनरको नेता को ? अब म त्यसको नाउँ लिउँ कि नलिउँ ? हार्डलाइनर राजाको मान्छे हुँ भनेर जनताको समक्ष आउँछ । तर त्यसले भित्रबाट बाहिरी तत्वको सञ्चालनमा काम गर्दछ । मैल जब नाम लिएर उनीहरुको मुकुण्डो उतार्न थालेँ । उनीहरुको आक्रमण ममाथि बढेको छ । एउटा कुरा स्पष्ट छ – कम्युनिष्टहरु, रुसी पक्षहरु ममाथि आक्रमण गर्दछन् । म उनीहरुमाथि आक्रमण गर्दछु । त्यसो हुनाले उनीहरुले ममाथि आक्रमण गरेको म बुझ्न सक्छु । यो प्रो–इण्डियन भन्ने तत्व पनि ममाथि किन आक्रमण गर्दछ – त्यो म बुझिरहेको छैन ।”
बीपीले देखेको खतरा अस्पष्ट थिएन । यो धेरै प्रक्ष्ट थियो । “हाम्रो देश, हाम्रो जाति, हाम्रो राष्ट्र बडो अप्ठ्यारो परिस्थितिमा छ र त्यसालाई जोगाउनु परेको छ । त्यसको निम्ति मेरो एउटा प्रयत्न रहेको छ । त्यस्ता संस्थाहरु, त्यस्ता शक्तिहरु, जसले जोगाउन सक्छन्, तीसँग हामीले वैमनस्यको सम्बन्ध राख्नु हुँदैन, जस्तो राजतन्त्रको बारेमा । मलाई लाग्दछ, त्यो त्यस्तो संस्था छ हाम्रो नेपालको लागि, नेपालको राष्ट्रियताका लागि, अहिले जो विपत्ति परेको छ बाहिरियाबाट त्यसबाट बचाउनका लागि बडो ठूलो योगदान त्यसले दिन सक्छ । त्यसो हुनाले त्यसको खिलाफ हामीले बडो सजग भएर मात्र कारबाही गर्नुपर्छ । नत्र भनेदेखि जुन तत्वले हाम्रो राष्ट्रलाई सिध्याउन लागेको छ, त्यही तत्व हाम्रो पछाडि लागेर हामीलाई समर्थन गरेर त्यो गराउन सक्दछ । त्यासे हुनाले तपाईहरु सबैले भन्ठान्नुस् एउटा आँधीमा दियो बलिरहेछ, त्यसलाई बचाउनु पर्ने कर्तव्य परिरहेछ । राष्ट्रको दियोलाई बचाउनका लागि त्यसमा जति तत्वहरु छन्, बचाउने, बचाउन लाग्ने र बचाउन चाहने, ती सबैसँग हाम्रो राम्रो सम्बन्ध हुनुपर्दछ ।”
पञ्चायत व्यवस्थाले उपरोक्त खतराहरुको सम्बोधन गर्न सक्दैन भन्ने धारणा बीपीका लेखाईहरुमा प्रष्ट रुपमा देखिन्छन् । “पञ्चायत वादीहरु भन्छन् कि राजतन्त्र बलियो पारे सबै ठीक हुन्छ, तर हामीहरु भन्छौं राजतन्त्रलाई बलियो पार्ने पनि तरिका छ । राजा ठूलो हो भनेर मात्र राजतन्त्र बलियो हुँदैन । त्यसलाई, राजतन्त्रलाई बलियो पार्नलाई पनि प्रजातन्त्रको संस्थागत विकास हुनुपरेको छ । संस्थागत प्रजातन्त्रको एउटा ठूलो भूमिका पूरा गर्ने तत्व राजतन्त्र पनि हुन सक्छ । त्यस परिप्रेक्ष्यमा हामीले राजतन्त्रलाई सोच्नु पर्छ । दोस्रो कुरा प्रजातन्त्रमा त्यसो हुनाले नै हाम्रो जोड छ । पञ्चायतवादीसँग हाम्रो विरोध राजतन्त्रका निम्ति होइन कि त्यो राजतन्त्रलाई कसरी जोगाउने भन्ने तरिकामा पनि मतभेद भएको हो ।”
बीपीले आफ्नो भनाईलाई स्पष्ट गर्दै बोलेका छन् – “राजासँगको जो हाम्रो संघर्ष छ, त्यसलाई सीमांकन गरौं । त्यसलाई परिसीमित गरौं । एउटा परिधि बनाइदिउँ । त्यस परिधिभित्र त्यस संघर्ष, विवाद र झगडालाई सीमित राखौं । बाहिरको खतरालाई हामीले ध्यान दिउँ । मलाई पहिले बाहिरको खतराको अनुभव हुँदैनथ्यो । तर अहिले त मलाई त्यसको धेरै अनुभव छ । पहिले राष्ट्रियताको प्रश्न दोस्रो महत्वको विषय थियो भने आज यो प्रथम महत्वको हुन आएको छ ।” (राजा, राष्ट्रियता र राजनीति)
बीपीलाई अपदस्थ गरी १ पुस ०१७ मै झ्यालखानमा हालिसकेपछि पनि महेन्द्रले उनका कतिपय मान्यतालाई छाडेनन्। उनले ०१७ देखि ०२८ सालसम्म गरे/गराएका विभिन्न आर्थिक, सामाजिक एवं विकासका प्रयासहरूलाई बीपीले पनि विरोध गरेनन्। यस्तै, बीपीको प्रधानमन्त्रीत्व कालपछि पनि प्रशासनिक सुधार, न्यायिक सुधार तथा शान्ति सुरक्षाका सम्बन्धमा प्रशस्त कानुनहरू पारति भए। राज्यका प्रशासनिक संरचनाहरू पुनः निर्माण गरिए। बीपी एवं नेपाली कांग्रेसले गरेका त्यस्ता कार्यका बारेमा पनि महेन्द्रले कतै टीकाटिप्पणी गरेनन्। बरू उनले बीपीले ०१६ सालमा ल्याएका कतिपय नीति तथा कार्यक्रमलाई पछिका सरकारमार्फत निरन्तरता नै दिए। मूलभूत रूपमा राजनीतिक दल एवं प्रजातान्त्रिक संगठनहरूलाई पर्याप्त ठाउँ दिनुपर्छ तथा राजनीतिक दलहरूबिना जनताको परिचालन सम्भव छैन भन्ने विषयमा बीपीका विचारहरू सधैँ स्पष्ट रहे। यसबाहेक स्वयं पञ्चायती व्यवस्थाप्रति पनि बीपीका अन्य तीक्ष्ण आलोचनाहरू पाइँदैनन्।
बीपीको स्वभाव षड्यन्त्रपूर्ण थिएन। तर, भारतीयहरूको नेपाल नीति कुटिलतारहित थिएन। त्यसैले अन्तरमुखी राजा महेन्द्रको प्रशस्त दुरुपयोग हुन लाग्दा पनि बीपी आफ्नो क्षमतामा नै विश्वास गरी बसे। आफूले विरोध गर्दा राजतन्त्र मात्र होइन, देशभित्र रहेको आन्तरकि सार्वभौमसत्तासमेत कुचक्रमा पर्न सक्छ भन्ने उनलाई लाग्थ्यो। तर, दरबारभित्रका व्यूह रचनामा बीपीको पकड थिएन। क्रमशः राजा र जनताबीचको खाडल खनिँदै थियो।
आफ्नो अन्तस्करणमा कतै न कतै राजा महेन्द्रलाई लाग्थ्यो, राजकाजमा महत्त्वाकांक्षी शक्तिशाली व्यक्ति नेपालमा जंगबहादुर -विसं १८७४-१९३३)का रूपमा पुनः जन्मन सक्छन्। २ असोज १९०३ मा तत्कालीन प्रधानमन्त्री फत्तेजंग शाह तथा ४० जना भाइभारदारको ज्यान लिने गरी भएको कोतपर्वमार्फत आफूलाई सत्तामा स्थापित गर्न सक्षम जंगबहादुर राणा नेपालका राजाहरूका लागि सधैँ भय र त्रासका विषय बने। नेपाली कांग्रेसका नेता एवं पूर्वप्रधानमन्त्री दिवगंत कृष्णप्रसाद भट्टराईको दृष्टिकोणमा त्यो भय एवं त्रास राजा त्रिभुवन र महेन्द्रमा पनि थियो। बीपीको व्यक्तित्व, क्षमता वा उचाइले कदाचित महेन्द्र पनि आक्रान्त थिए। तर, केवल त्यतिका कारणले मात्र नेपालको प्रजातन्त्रको प्रयोग विफल गराइएको थिएन। दुश्चक्रमा उनी पनि फसेका थिए।
महेन्द्रको मृत्यु अप्रत्यासित रूपमा हृदयाघातका कारण भएको मानिन्छ। राजा महेन्द्रको मृत्यु अमेरिकी गुप्तचर संस्थासँग नजिक रहेका टाइगर टप्स होटलका मालिक जोन कोपम्यानको अँगालोमा भएको भन्ने छ। यसका बारेमा प्रस्ट रूपमा लेखिएको/बोलिएको देखिँदैन। दुर्भाग्य भनौँ वा नियति, त्यतिखेरसम्म बीपीसँग मेलमिलाप गर्दै प्रजातान्त्रिक शासन प्रणालीमा फर्किने वातावरण नयाँ राजाको हातमा होइन, तथाकथित दरबारको हातमा पुगिसकेको थियो। दरबारलाई कसैले चलाउँदो रहेछ। बीपीले पटक-पटक यो कुरा उल्लेख गरेका छन्।
बीपी आफ्नो जीवनकालमै राजनेता मानिए। उद्देश्यको पवित्रता र संघर्षले उनलाई त्यो उचाइमा पुर्यायो। प्रजातान्त्रिक संरचनाहरूप्रति असहिष्णु देखिएका कारण महेन्द्रले त्यो खिताब पाउन सकेनन्। प्रजातन्त्र र अखण्ड राष्ट्रवाद सन्निहित राष्ट्रिय मेलमिलापको नीतिको पृष्ठभूमि यिनै अनुभवका आधारमा तयार गरिएका थिए। तर, आजका मितिमा बीपी आफूले स्थापना गरेको नेपाली कांग्रेसकै एजेन्डामा पर्दैनन्। किनभने, बाहिरिया तत्त्व दरबार सिध्याएर अब ठूला दलहरूलाई सिध्याउन लागेको छ। बाँच्नका लागि पनि बीपी तथा उनका सिद्धान्तहरूलाई बार्नुपर्ने बाध्यता कांग्रेसजनलाई छ। यदि बीपीको राष्ट्रिय चिन्तनलाई राजा महेन्द्रले बुझ्न सकेका भए आज देशको यो स्तरको दुर्दशा हुने थिएन र पराधीनता पनि खेप्नुपर्ने थिएन। राष्ट्रवादीहरूले प्रजातन्त्र चलाउँथे र प्रजातन्त्रवादीहरूले राष्ट्रको सार्वभौमसत्ता जोगाउँथे।
(डा. अधिकारी संविधानविद् हुन्।)