Category: Quotes

  • संसद्को साख नगिराऊ

    प्रतिनिधि सभाको महत्त्व र त्यसलाई हाँक्ने सभामुख पदको गरिमा सत्तारुढ नेकपाभित्रको पूर्वएमाले वा पूर्वमाओवादी खेमाको स्वार्थको जोडघटाउको कोपभाजनमा पर्न सक्दैन, पर्नु हुँदैन।

    संघीय संसद्को तल्लो सदन प्रतिनिधि सभामा नयाँ सभामुख कसलाई बनाउने भन्नेबारे सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को निर्णयविहीनताले विधायिकाको अभ्यास नै अवरुद्ध हुनपुगेको भन्दै नागरिक अगुवाहरूले गम्भीर चिन्ता र चासो प्रकट गरेका छन्। एक महिनादेखि निरन्तर यो गतिरोध तत्काल हटाउन र प्रतिनिधि सभाको बैठक रोकिने अवस्था आउन नदिन सरकार, सत्तारुढ र प्रमुख प्रतिपक्षसहितका दलसँगै संसद् सदस्यहरूलाई समेत अपिल गरेका नागरिक अगुवाले यसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट समेत उचित पहलको अपेक्षा गरेका छन्।

    प्रतिनिधि सभा चार महिनादेखि नेतृत्वविहीन छ। तत्कालीन सभामुख कृष्णबहादुर महराले संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि बलात्कार प्रयास गरेको आरोप लागेपछि राजीनामा दिएसँगै कानुन र नीति निर्माण गर्ने, देशका मुख्य मुद्दाहरूमा छलफल गरी निर्णय लिने तथा नागरिकको आवाज दैनिक रुपमा प्रस्तुत हुने सार्वभौम प्रतिनिधि सभा नै प्रमुखको अभावमा किंकर्तव्यविमुढ छ। प्रतिनिधि सभाको यो अबस्थाले संघीय संसद्को अर्को सदन, राष्ट्रिय सभा पनि औपचारिकतामा सीमित हुनपुगेको छ।

    लोकतन्त्रको मूल मर्म हो– नागरिकको भावना र चाहना अनुसार शासन सञ्चालन गर्नु। र, नागरिकको आवाज प्रत्यक्ष परावर्तन हुने वैधानिक मञ्च हो, संसद्। जनप्रतिनिधीले संसद्‌बाट शासन सञ्चालनका लागि आवश्यक कानून तर्जुमादेखि कार्यकारीको निरन्तर परीक्षण गरिरहने भएकाले नै लोकतन्त्रमा सार्वभौमसत्ता जनतामा निहित हुन्छ भनिएको हो। राज्यका तीनै अंग– विधायिका, कार्यपालिका र न्यायपालिकालाई स्वतन्त्र र समान मानिए पनि लोकतन्त्रमा नागरिकको आवाज बोल्ने मुख्य अंग नै संसद् हो, चाहे त्यो संसदीय सर्वोच्चतायुक्त ‘वेस्ट मिन्स्टर मोडल’ होस् वा संवैधानिक सर्वोच्चता अंगीकार गरेको वर्तमान नेपाली मोडल।

    विडम्बना, लोकतन्त्रका लागि तीन पुस्ताले संघर्ष गरेको नेपालमा यसको मूल आत्मा नै एक महिनादेखि बन्दी बनाइएको छ। अझ ठूलो बिडम्बना त्यो काम लोकतन्त्रका प्रमुख खेलाडी राजनीतिक दलबाटै भएको छ। राष्ट्रपतिले संसद्को बैठक आह्वान गरेको एक महिना बित्दा पनि प्रतिनिधि सभाको बैठक बस्न सकेको छैन। बैठक जम्मा एकपटक बसेको छ, त्यो पनि औपचारिकताका लागि मात्र। र, पटक–पटक सूचना प्रकाशित गरी बैठक स्थगित भइरहेको छ। यसरी बैठक किन स्थगित गरिएको छ ? यसको औपचारिक जानकारी न प्रतिनिधि सभाका सदस्यले पाएका छन्, न त नागरिकले। निरंकुशताविरुद्ध पटकपटक लडेका राजनीतिक दलहरूबाटै लोकतान्त्रिक अभ्यासमाथि धावा बोल्ने यो बिब्ल्याँटो अभ्यासले हामीले संविधानसभाबाट जारी भएको संविधानअनुसार बसाउन खोजेको सिंगो प्रणालीले नै जनविश्वास गुमाउने खतरा बढेको छ। लोकतन्त्रलाई नै विकृत तुल्याउने र अन्ततः संकटमा पार्ने यो अभ्यास ‘अक्षम्य’ छ।

    हो, संसद् सुचारु रहेकै समयमा पनि यो प्रभावकारी हुन सकिरहेको थिएन। संक्रमणकालको बाध्यताका रुपमा अंगीकार गरिएको ‘सहमतिको राजनीति’को एक दशकको गलत अभ्यासले अहिले पनि निरन्रता पाउँदा संसद्, राजनीतिक दलहरूको स्वार्थ बाँडफाँडको औपचारिक मञ्चभन्दा माथि उठ्नसकेको थिएन। सत्ताको निरन्तर परीक्षण गरिरहने प्रतिपक्षको दायित्व संसद्मा झल्कनुपर्थ्यो, तर त्यो पनि हुनसकेन। नागरिकका दैनिक जिविकाका समस्या उठाउनुपर्ने, त्यसको समाधानका लागि कार्यकारीलाई झक्झक्याउँदै दायित्वबोध गराउनुपर्ने यो मञ्च गतिशून्य, भूमिकाशून्य र आवाजशून्य प्रतित हुन्थ्यो।

    त्यहीबेला प्रतिनिधि सभाका सभामुख बलात्कार प्रयास जस्तो गम्भिर अपराधमा मुछिनु अर्को ठूलो दुर्घटना हुनपुग्यो। सभामुख स्वयं जघन्य र अनैतिक अपराधमा मुछिनु संसद्को गरिमामाथिकै प्रश्न थियो। यति संगीन पश्न उठिसकेपछि आफ्नो औचित्य र महत्त्वलाई पुष्टि गर्नेगरी र आफूप्रतिको जनविश्वास बढाउनेगरी संसद् झनै प्रभावकारी हुनुपर्थ्यो। त्यसका लागि जतिसक्दो चाँडो संसद् अधिवेशन शुरू गरिनुपर्थ्यो, संसदीय कारवाही एक दिन पनि रोकिनुहुन्नथ्यो। सभामुख नभएको र दलहरूले सभामुखका लागि उम्मेदवार चयन गर्न ढिलाइ गरिरहेको अवस्थामा उपसभामुखको नेतृत्वमा संसद्ले आफ्नो औचित्य पुष्टि गर्नुपर्ने अवसर पनि थियो। तर, संसद् स्वयम् यो भूमिकामा चुक्दा अहिले यसमै दलीय स्वार्थको ग्रहण लागेको छ। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को गुटगत स्वार्थको जोडघटाउले सभामुखको उम्मेदवार टुंगो नलाग्नु र त्यसको मारमा संसद् अवरुद्ध भइरहनु लोकतन्त्रका हिमायतीका लागि लज्जाको विषय हो।

    संसद् अवरुद्ध हुनु भनेको कार्यकारीमाथि परीक्षणको बाटो पनि अवरुद्ध हुनु हो, जसले सत्तालाई नागरिकप्रति उत्तरदायी बन्नबाट उन्मुक्ति दिन्छ। त्यसको असर नागरिकका संवैधानिक हकमा पर्छ। अझै महत्त्वपूर्ण पक्ष, नागरिकका सरोकार र समस्या अभिव्यक्त हुने मञ्च हराउँछ। सर्लाहीबाट काठमाडौं आएका उखु किसानको आन्दोलन एउटा उदाहरण हो। नागरिकका समस्या उठाइदिने जननिर्वाचित थलो हुन्थ्यो र त्यसले नागरिकका पीरमर्का बुझ्थ्यो भने सर्लाहीका कृषकहरूले आफूले बेचेको उखुको मूल्य पाउने आश्वासन पाउन १५ दिन काठमाडौंको चिसोमा कठ्यांग्रिनु पर्दैन्थ्यो। अनि उनीहरूको रोजीरोटीमा लात हान्ने व्यवसायीहरू उधारो सम्झौताको आवरणमा उन्मुक्त हुनेथिएनन्।

    संसद्को प्रभावकारी भूमिका अहिले झन् बढी अपेक्षित छ। संसद्‍मा पेश भएका विभिन्न विधेयक र सम्झौता अहिले आम चासो र बहसमा छन्। एकातिर ‘मिलिनियम च्यालेन्स कर्पोरेसन’ (एमसीसी) मा नेपाली सहभागिताबारे समाज नै ध्रुवीकृत भइरहेको छ भने अर्कोतिर सरकारले प्रस्तुत गरेका ‘सूचना प्रविधि विधेयक’ देखि ‘मिडिया काउन्सिल विधेयक’ जस्ता विधेयकले नागरिकको मौलिक अधिकार कुण्ठित गर्न खोजिएको गुनासो र टिप्पणी आमरूपमा व्याप्त छ। प्रश्न उठ्छ– यही र यस्तै समयमा आफ्नो भूमिका देखाउन नसक्ने संसद्ले कहिले के गर्छ ?

    प्रतिनिधि सभाको महत्त्व र त्यसलाई हाँक्ने सभामुख पदको गरिमा सत्तारुढ नेकपाभित्रको पूर्वएमाले वा पूर्वमाओवादी खेमाको स्वार्थको जोडघटाउको कोपभाजनमा पर्न सक्दैन, पर्नु हुँदैन। नेकपाको नेतृत्वले जति छिटो यो कुरा बुझ्छ, त्यति नै छिटो संसद् र सभामुख पदको मानमर्दन गर्ने क्रम रोकिनेछ। सीमित नेताको स्वार्थको पासोबाट मुक्त बनाएर संसद्लाई नियमित भूमिकामा फर्काउने संवैधानिक–कानूनी जिम्मेवारी अहिले उपसभामुखको हो। कानूनी आबद्धता नरहे पनि आफूआबद्ध पूर्वदलको गुटगत स्वार्थमा पिल्सिएकी उपसभामुखले निमित्त नै भए पनि प्रतिनिधि सभाको नेता आफू नै रहेको प्रमाणित गर्नुपर्छ। र, आफ्नै गुटको व्यक्ति सभामुख हुनुपर्ने नेकपाभित्रको रडाको थान्को लाग्दैन र नेकपाले निकास दिँदैन भने संसद्लाई गतिरोधमुक्त गराएर सभामुख निर्वाचनतर्फ डोर्‍याउने आफ्नो जिम्मेवारीमा उपसभामुख खरो उत्रनैपर्छ। त्यो अभ्यासबाट हुने दलगत घाटा व्यहोर्न स्वार्थपासोमा संसद्लाई अल्झाउने दल नै तयार हुनुपर्नेछ।

  • संसद्‍को गतिरोध हटाउन नागरिक अगुवाको अपिल, कांग्रेसले दबाब दिने

    काठमाडौँ — सभामुख चयनको विवादलाई लिएर जारी प्रतिनिधिसभाको गतिरोध हटाउन १७ जना नागरिक अगुवाहरूले अपिल गरेका छन् । नागरिक अगुवाहरूले बिहीबार जारी गरेको संयुक्त अपिलमा अनिर्वाचितलाई कार्यकारी बन्ने बाटो खुलाउने गरी संविधान संशोधनको दिशामा नजानसमेत आग्रह गरिएको छ । सार्वभौम संसद्को प्रतिनिधित्व गर्ने सभामुख पद ४ महिनासम्म खाली रहनु गम्भीर विषय भएको उनीहरूको ठहर छ ।

    नागरिक अगुवाहरूले माघ ६ का लागि तोकिएको प्रतिनिधिसभाको बैठक नियमित रूपमा सुचारु हुने अवस्था सिर्जना गर्न राष्ट्रपतिलाई समेत गुहारेका छन् । ‘संविधानको संरक्षण गर्ने दायित्व नेपालको संविधानले राष्ट्रपतिलाई सुम्पेको छ । यो संवैधानिक दायित्व पूरा गर्ने क्रममा राष्ट्रपतिद्वारा प्रतिनिधिसभाको गतिरोध अन्त्य गर्न प्रधानमन्त्री, प्रमुख प्रतिपक्षी दलका नेता, संसद्मा प्रतिनिधित्व गर्ने दलहरू तथा सभामुखको रिक्तताको अवस्थामा प्रतिनिधिसभाको अध्यक्षता गर्ने उपसभामुखसमेतलाई प्रोत्साहित गर्नु आवश्यक देखेका छौं,’ अपिलमा भनिएको छ ।

    प्रतिनिधिसभाको बैठक सञ्चालन हुने वातावरणका लागि क्रियाशीलता देखाउन उनीहरूले सांसदहरूलाई समेत ध्यानाकर्षण गराएका छन् । ‘सूचना प्रकाशित गरी संसद्को बैठक लगातार स्थगित गर्ने कार्य संसदीय अभ्यासविपरीत तथा सार्वभौम जनताप्रति अनुत्तरदायी हुन जान्छ । अब उप्रान्त यस्तो कार्य दोहोरिनु हुँदैन र आगामी माघ ६ गते बोलाइएको प्रतिनिधिसभाको बैठक सुचारु हुनुपर्दछ भन्ने हाम्रो दृढ मान्यता छ’ अपिलमा भनिएको छ ।

    नागरिक अगुवाहरूले सभामुखको उम्मेदवारको योग्यताबारे पनि आफ्नो धारणा अघि सारेका छन् । ‘प्रतिनिधिसभाको सभामुख पदमा उम्मेदवार बन्न चाहने संसद् सदस्य संविधानअनुसार उच्च नैतिक चरित्रवान हुनुका साथै सक्षम, जनस्तरले समेत कुनै गुनासो नगरेको तथा कुनै कानुनले अयोग्य नभएको, अभियोगरहित एवं प्रतिनिधिसभालाई कुशल नेतृत्वका साथ अगाडि बढाउन सक्ने भनी नेपाली नागरिकले समेत विश्वास गर्न सक्ने हुनुपर्छ,’ अपिलमा भनिएको छ । कुनै पनि दलले सभामुख पदका लागि उम्मेदवार अघि नसारेको अवस्थामा उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा गर्दा प्रतिनिधिसभाको अध्यक्षता गर्ने कार्यमा रिक्तता आउने उनीहरूको ठहर छ ।

    संविधान संशोधन गरी राष्ट्रिय सभाबाट पनि प्रधानमन्त्री बन्न सक्ने व्यवस्था गरिनुपर्ने विषयको चर्चा भइरहँदा नागरिक अगुवाहरूले त्यसबारे पछि प्रस्ट धारणा बाहिर ल्याएका छन् । ‘संविधान देशको मूल कानुन हो । यसको संशोधन गर्दा राजनीतिक नाफा नोक्सानको उद्देश्य वा केवल दलगत कारण देखिँदा आम जनतामा नवस्थापित संसदीय गणतान्त्रिक व्यवस्थाप्रति नै विकर्षण हुने खतरा आउँछ,’ अपिलमा भनिएको छ,’ अनिर्वाचित व्यक्तिलाई देशको सर्वोच्च कार्यकारी नेतृत्व दिने गरी गरिने संविधान संशोधनउपर हाम्रो गम्भीर आपत्ति छ ।’

    संवैधानिक सर्वोच्चता, विचार र अभिव्यक्तिको स्वतन्त्रता तथा कानुनी शासन लोकतन्त्रका जीवन्त आधारस्तम्भ भएका उल्लेख गर्दै उनीहरूले यी मूल्य र मान्यताविपरीत सरकारका कामकारबाहीप्रति नागरिकले निरन्तर निगरानी गर्नुपर्ने जनाएका छन् । संयुक्त अपिल जारी गर्नेमा सूर्यप्रसाद श्रेष्ठ, गौरीशंकरलाल दास, प्राध्यापक गणेशमान गुरुङ, सूर्य ढुंगेल, पूर्णमान शाक्य, विपिन अधिकारी, सुमित्रा मानन्धर, टीकाराम भट्टराई, सरोज धिताल, डम्बर चेम्जोङ, सुलोचना मानन्धर, दिनेश त्रिपाठी, धर्मेन्द्र झा, कनकमणि दीक्षित, टीका ढकाल, सुनीलरञ्जन सिंह र फुर्पा तामाङ छन् ।

    कांग्रेसले दबाब दिने
    प्रमुख प्रतिपक्षी कांग्रेसले प्रतिनिधिसभाको सभामुख यथाशीघ्र चयन गरी संघीय संसद्को बैठक सुचारु गर्न दबाब दिने भएको छ । कांग्रेसले संसद् सुचारु गर्न संसद्का अतिरिक्त सत्तारूढ दल नेकपा र सरकारलाई दबाब दिने रणनीति तय गर्न शुक्रबार संसदीय दलको बैठक बोलाएको छ ।

    नेकपाभित्रको विवादले सभामुख चयन हुन नसकेपछि पुस ४ मा सुरु भएको संघीय संसद्को अधिवेशन झन्डै एक महिनादेखि अवरुद्ध छ । कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले लामो समयदेखि सभामुख चयन हुन नसकेका कारण संसद् अवरुद्ध भइरहेकाबारे छलफल गर्न संसदीय दलको बैठक बोलाइएको जनाए ।

    ‘संघीय संसद् चल्न नसक्दा जनप्रतिनिधिले जनताको आवाज सदनमा राख्न नसकेकाले यथाशीघ्र सञ्चालन गराउन प्रतिपक्षको रणनीति तय गर्न बैठक बोलाइएको हो,’ उनले भने, ‘नेकपाको आन्तरिक विवादले संसद् बैठकलाई बन्धक बनाउनु हुँदैन । सभामुखको छिटो चयन गर्न हामी संसद्मा दबाब सिर्जना गर्छौं ।’
    प्रकाशित : माघ ३, २०७६ ०७:०१

  • Civil society leaders urge parties to elect the speaker at the earliest

    Kathmandu, January 17

    As many as 17 civil society leaders associated with different professions and organisations have appealed to major political parties including the ruling Nepal Communist Party to elect a new speaker in the House of Representatives as soon as possible so that the current impasse in the House meeting would end.

    Issuing a statement on Friday, the leaders also urged the government and the parties not to amend the constitution letting a National Assembly member become the prime minister, arguing it will be against sentiments of the constitution. Earlier, some media had reported that top leaders of the ruling party were discussing the amendment so that the party’s vice-chairperson Bamdev Gautam could become a prime minister.

    In the statement, they have argued that Deputy Speaker Shiva Maya Tumbahamphe should be forced to resign as it could create a vacuum in the House.

    The signatories include former chief election commissioner Surya Prasad Shrestha, former commissioner at National Human Rights Commission Gauri Shankar Lal Das, former lawmaker Ganesh Man Gurung, constitutional experts Purna Man Shakya and Bipin Adhikari.

  • Civil society leaders urge proactive effort over speaker impasse

    Caution against preparations to amend constitution to allow even un-elected lawmaker to become PM

    KATHMANDU, Jan 17: Expressing concern over prolonged delay in convening the House of Representatives because of differences within the ruling Nepal Communist Party over the choice of a speaker candidate, a group of 17 prominent civil society leaders have urged the parties in power as well as others concerned to work proactively to end the impasse.

    Issuing a joint press statement on Thursday, they said that continuously subjecting the lower house to suspension notices because of the inability of the ruling party to elect a new speaker goes against parliamentary practice and indicates to the public a lack of accountability.

    “We strongly believe that such practice and behavior should be discontinued in future and that the meeting of the House of Representatives called for 20 January must be held as scheduled,” they have said, while asking members of parliament in particular to exhibit a sense of urgency in this regard.

    They also said that asking Deputy Speaker Shivamaya Tumbahangphe to step down at a time when no party has put up a candidate for the post of speaker would deprive the lower house of the leadership to chair its proceedings.

    The signatories have stressed that as per the Constitution of Nepal, the post of speaker should be filled by a capable lawmaker of high moral standing, someone who is trusted by the public and eligible under existing laws, who does not have cases pending in the courts, and who is able to provide able parliamentary leadership.

    The civil society leaders have also called on President Bidya Devi Bhandari to fulfill her duty as the custodian of the constitution and encourage the prime minister, the main opposition party leader, all parties represented in parliament and the deputy speaker who is chairing the lower house in the absence of the speaker, to end the ongoing parliamentary impasse.

    “…we appeal to members of the public to raise their voice on the ongoing impasse in parliament in order to hold the political parties accountable,” they further said in their statement.

    Those signing in the statement include Surya Prasad Shrestha (former chief election commissioner), Gaurishanker Lal Das (former member, National Human Rights Commission), Prof Ganesh Man Gurung (member of Constituent Assembly), Surya Dhungel (constitutionalist and advisor to former president Ram Baran Yadav), Purnaman Shakya (constitutionalist), Bipin Adhikari (constitutionalist), Tikaram Bhattarai (constitutionalist) and Sumitra Manandhar Gurung (social scientist).

    Prof Saroj Dhital (doctor), Dambar Chemjong (social scientist), Sulochana Manandhar (litterateur), Dinesh Tripathi (constitutionalist), Dharmendra Jha (former president, Federation of Nepali Journalists), Sunil Ranjan Singh (lawyer), Phurpa Tamang (lawyer), Tika Dhakal (writer/political scientist) and Kanak Mani Dixit (writer/journalist) are also among those signing in the statement.

    The civil society leaders have also expressed concern over preparations to bring an amendment to the constitution to allow even un-elected lawmakers to become prime minister of the country. “The Constitution is the basic law of the land. When amendments are contemplated on the basis of political calculations or according to the interest of one or more political parties, there is danger of the general public becoming disenchanted with our newly-established parliamentary republican system,” they said.

    The signatories have also urged the government to ensure that there is open discussion among the general public when it comes to a matter as important as amendment of the constitution, and also to ensure energetic debate in both houses of parliament.

  • Citizens’ Appeal on Parliamentary Impasse and Constitutional Amendment

    The 17 signatories of this statement wish to express grave concern with regard to the continuing impasse on election of the new Speaker of the House of Representatives as well as discussions in political quarters that seem to go against the constitutional spirit. We therefore make the following appeal to the Government of Nepal, the parties in power and in opposition, as well as all the Members of Parliament representing the sovereign citizens of the country:

    1. It is a matter of grave concern that the post of Speaker of the House of Representatives of the Federal Parliament has remained vacant for four long months, for this is a sovereign body that not only makes laws, policies and programs on important national matters but is also the place for the people’s voice to be heard through their representatives.

    2. The inability to elect a new Speaker has resulted in the scheduled meetings of the House being suspended through pasted notices. A full month after the President opened Parliament, it has been able to have only formal sittings and unable to take up substantive matters. All concerned must proactively work to end to this impasse, and Members of Parliament in particular must exhibit a sense of urgency. Continuously subjecting the House’s work to suspension notices goes against our parliamentary practice and indicates to the public a lack of accountability. We strongly believe that such practice and behavior should be discontinued in future and that the meeting of the House of Representatives called for 20 January must be held as scheduled.

    3. According to the Constitution, the position of Speaker should be filled by a capable Member of Parliament who has high moral standing, is trusted by the public and eligible under existing laws, as well as someone who does not have cases pending in the courts and who is able to provide able parliamentary leadership. We also wish it to be noted that asking Deputy Speaker Shivamaya Tumbahumphe to step down at a time when no party has put up a candidate for the post of Speaker will deprive the House of leadership to chair its proceedings.

    4. The Constitution is the basic law of the land. When amendments are contemplated on the basis of political calculations or according to the interest of one or more political parties, there is danger of the general public becoming disenchanted with our newly established parliamentary republican system. We strongly object to attempts to amend the Constitution in order to allow un-elected individuals the possibility of achieving the highest executive position in the land. We urge the Government to ensure that there is open discussion among the general public when it comes to a matter as important as amendment of the Constitution, and also to ensure energetic debate in both houses of Parliament.

    5. The task of protecting the Constitution rests constitutionally with the office of the President of the Republic. In line with fulfilling this duty, and in order to end the current parliamentary impasse, we believe it is important for the President to encourage following towards that goal: the Prime Minister, leader of the main opposition party, all parties in Parliament, as well as the Deputy Speaker who is chairing the House of Representatives in the absence of the Speaker.

    6. We believe in the citizens’ continuous oversight on the matters of constitutional supremacy, freedom of thought and expression, as well as rule of law, for these principles lie at the foundation of democracy. In line with this belief, we appeal to members of the public to raise their voice on the ongoing impasse in Parliament in order to hold the political parties accountable.

    Signatories:

    1. Surya Prasad Shrestha, Former Chief Election Commissioner
    2. Dr. Gaurishanker Lal Das, Former Member, National Human Rights Commission
    3. Prof. Ganesh Man Gurung, Member of Constituent Assembly
    4. Dr. Surya Dhungel, Constitutionalist and Advisor to former President Ram Baran Yadav
    5. Prof. Purnaman Shakya, Constitutionalist
    6. Dr. Bipin Adhikari, Constitutionalist
    7. Tikaram Bhattarai, Constitutionalist
    8. Dr. Sumitra Manandhar Gurung, Social Scientist
    9. Prof. Saroj Dhital, Doctor
    10. Dr. Dambar Chemjong, Social Scientist
    11. Sulochana Manandhar, Litterateur
    12. Dinesh Tripathi, Constitutionalist
    13. Dharmendra Jha, Former President, Nepal Journalists’ Association
    14. Sunil Ranjan Singh, Lawyer
    15. Phurpa Tamang, Lawyer
    16. Tika Dhakal, Writer/Political Scientist
    17. Kanak Mani Dixit, Writer/Journalist

    [Contact: Tika Dhakal, 9851176813, tikadhakal31@gmail.com]

  • संसद–गतिरोध र संविधान संशोधन सम्बन्धमा नागरिक अपील

    संघीय संसदको प्रतिनिधि सभामा नयाँ सभामुखको निर्वाचनलाई लिएर गतिरोध उत्पन्न भएको छ । यसैबीचमा संविधानको मर्म विपरीत हुनेगरी अनिर्वाचित व्यक्तिलाई देशको कार्यकारी बन्ने बाटो खोल्न राजनीतिक वृत्तले संविधान संशोधनसमेत चर्चामा ल्याएको छ । यस सम्बन्धमा चासो र चिन्ता व्यक्त गर्दै नेपाल सरकार, सत्तारुढ र प्रमुख प्रतिपक्षसहितका दलहरु तथा संसदमा सार्वभौमसत्ता सम्पन्न नेपाली नागरिकको प्रतिनिधित्व गरिरहेका सबै संसद सदस्यहरुलाई हामी तल उल्लिखित सत्र जना नागरिकहरु निम्नानुसार अपील गर्दछौं :

    १. कानुन निर्माण, नीति तथा कार्यक्रम एवम् देशका मुख्य मुद्दाहरूमा छलफल गरी निर्णय लिने तथा नागरिकको आवाज दैनिक रुपमा प्रस्तुत हुने सार्वभौम संघीय संसदमा प्रतिनिधिसभाको नेतृत्व गर्ने सभामुख पद चार महिनासम्म खाली रहनु गम्भीर चिन्ताको विषय हो ।

    २. नयाँ सभामुखको निर्वाचनलाई लिएर प्रतिनिधि सभाको काम कार्यवाहीमा गतिरोध उत्पन्न भएको हुनाले सूचना टाँसेर पूर्वनिर्धारित बैठकहरु स्थगित भैरहेका छन् । सम्माननीय राष्ट्रपतिले संसद्को बैठक आव्हान गरेपछिको एक महिना भैसक्दा पनि प्रतिनिधि सभाको बैठक औपचारिकताका लागि मात्र बस्न सकेको छ । यस अवस्थाको तत्काल निकास खोज्न प्रतिनिधिसभामा सबैको अग्रसरता आवश्यक छ र सबै संसद सदस्यले यस विषयमा क्रियाशीलता देखाउनु पर्दछ । सूचना प्रकाशित गरी संसद्को बैठक लगातार स्थगित गर्ने कार्य संसदीय अभ्यासको बिपरीत तथा सार्वभौम जनताप्रति अनुत्तरदायी हुन जान्छ । अब उप्रान्त यस्तो कार्य दोहोरिनु हुँदैन र आगामी माघ ६ गते बोलाइएको प्रतिनिधि सभाको बैठक सुचारु हुनुपर्दछ भन्ने हाम्रो दृढ मान्यता रहेको छ ।

    ३. प्रतिनिधि सभाको सभामुख पदमा उम्मेदवार बन्न चाहने संसद सदस्य संविधान अनुसार उच्च नैतिक चरित्रवान हुनुका साथै सक्षम, जनस्तरले समेत कुनै गुनासो नगरेको तथा कुनै कानुनले अयोग्य नभएको, अभियोगरहित एवम् प्रतिनिधि सभालाई कुशल नेतृत्वका साथ अगाडि बढाउन सक्ने भनी नेपाली नागरिकले समेत विश्वास गर्न सक्ने हुनुपर्छ । कुनैपनि दलले सभामुख पदका लागि उम्मेदवार अघि नसारेको वर्तमान परिस्थितिमा उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा गर्दा प्रतिनिधि सभाको अध्यक्षता गर्ने कार्यमा रिक्तता आउने अवस्थाप्रति समेत सवैको ध्यान आकृष्ट गर्दछौं ।

    ४. संविधान देशको मूल कानुन हो । यसको संशोधन गर्दा राजनीतिक नाफा नोक्सानको उद्देश्य वा केवल दलगत कारण देखिंदा आम जनतामा नवस्थापित संसदीय गणतान्त्रिक व्यवस्थाप्रति नै विकर्षण हुने खतरा आउँछ । अनिर्वाचित व्यक्तिलाई देशको सर्वोच्च कार्यकारी नेतृत्व दिनेगरी गरिने संविधान संशोधनउपर हाम्रो गम्भीर आपत्ति रहेको छ । संविधानको संशोधनका विषयमा हुने कुनैपनि छलफल खुलारुपमा नागरिक स्तरमा तथा संसदका दुवै सदनमा व्यापक रुपले हुने वातावरण सिर्जना गर्न नेपाल सरकारलाई आव्हान गर्दछौं ।

    ५.संविधानको संरक्षण गर्ने दायित्व नेपालको संविधानले राष्ट्रपतिलाई सुम्पेको छ । यो संवैधानिक दायित्व पूरा गर्ने क्रममा राष्ट्रपतिद्वारा प्रतिनिधिसभाको गतिरोध अन्त्य गर्न प्रधानमन्त्री, प्रमुख प्रतिपक्षी दलका नेता, संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरू तथा सभामुखको रिक्तताको अवस्थामा प्रतिनिधि सभाको अध्यक्षता गर्ने उपसभामुख समेतलाई प्रोत्साहित गर्नु आवश्यक देखेका छौं ।

    ६. संवैधानिक सर्वोच्चता, विचार र अभिव्यक्तिको स्वतन्त्रता तथा कानुनको शासन लोकतन्त्रका जीवन्त आधारस्तम्भ भएकाले यी मूल्य र मान्यता विपरीतका कामकारवाहीहरु निरन्तर नागरिक निगरानीमा रहनुपर्दछ । त्यसैले, सबै नागरिकलाई संसद्को विद्यमान गतिरोधप्रति चासो प्रकट गर्न तथा दलीय नेतृत्वको ध्यानाकर्षण गरिरहन अपील गर्दछौं ।

    हस्ताक्षरकर्ताः

    १. श्री सूर्यप्रसाद श्रेष्ठ, पूर्व प्रमुख आयुक्त, निर्वाचन आयोग
    २. डा. गौरीशंकर लाल दास, पूर्व आयुक्त, राष्ट्रिय मानव अधिकार आयोग
    ३. प्रा. गणेशमान गुरुङ्ग, संविधानसभा सदस्य
    ४. डा. सूर्य ढुंगेल, संविधानविद, पूर्व राष्ट्रपति रामवरण यादवका संवैधानिक सल्लाहकार
    ५. श्री पूर्णमान शाक्य, संविधानविद
    ६. डा. विपिन अधिकारी, संविधानविद
    ७. डा. सुमित्रा मानन्धर, समाजशास्त्री
    ८. श्री टीकाराम भट्टराई, संविधानविद
    ९. प्रा.सरोज धिताल, चिकित्सा विज्ञान
    १०. डा. डम्बर चेम्जोङ्ग, समाजशास्त्री
    ११. श्री सुलोचना मानन्धर, लेखक
    १२. श्री दिनेश त्रिपाठी, संविधानविद
    १३. श्री धर्मेन्द्र झा, पूर्व सभापति, नेपाल पत्रकार महासंघ
    १४. श्री कनकमणि दीक्षित, लेखक÷पत्रकार
    १५. श्री टीका ढकाल, लेखक÷राजनीतिशास्त्री
    १६. श्री सुनिलरन्जन सिंह, अधिवक्ता
    १७. श्री फूर्पा तामाङ्ग, अधिवक्ता

    [सम्पर्क– टीका ढकाल, ९८५११७६८१३]

  • Civil society members express concern over parliamentary impasse

    7 signatories from different fields call for ending the dispute over Speaker post and resuming the House.

    A group of civil society members has expressed serious concern over the ongoing Parliament impasse over Speaker’s election.

    Issuing a statement on Thursday, 17 signatories from different fields said the continuous postponement of House meetings through notices is against the parliamentary practice and indicates to the public a lack of accountability.

    “We strongly believe that such practice and behaviour should be discontinued in future and that the meeting of the House of Representatives called for January 20 must be held as scheduled,” read the statement.

    The statement has been signed by Surya Prasad Shrestha, former chief election commissioner; Gaurishanker Lal Das, former member of the National Human Rights Commission; Prof Ganesh Man Gurung, a former Constituent Assembly member; and constitutionalists Surya Dhungel, Purnaman Shakya Bipin Adhikari Tikaram Bhattarai and Dinesh Tripathi.

    Social scientists Sumitra Manandhar Gurung and Dambar Chemjong, medical doctor Saroj Dhital and litterateur Sulochana Manandhar have also signed the statement. The other signatories are journalists Dharmendra Jha and Kanak Mani Dixit and lawyers Sunil Ranjan Singh and Phurpa Tamang as well as Tika Dhakal, a writer and political analyst.

    “The position of Speaker should be filled by a capable Member of Parliament who has high moral standing, is trusted by the public and eligible under existing laws, as well as someone who does not have cases pending in the courts and who is able to provide able parliamentary leadership,” read the statement.

    The civil society members have expressed concerns about the Nepal Communist Party leadership asking Deputy Speaker Shiva Maya Tumbahangphe to step down.

    They have also strongly objected to the discussion within the ruling party to amend the constitution to allow a member of the Upper House to become the prime minister of the country.

    Bamdev Gautam, who lost 2017 parliamentary elections, has been demanding an amendment to the constitution to pave the way for a National Assembly member, to become the prime minister.

  • नागरिक अपील– संसदको गतिरोध अन्त्य गर

    काठमाडौं । संघीय संसदको प्रतिनिधि सभामा नयाँ सभामुखको निर्वाचनलाई लिएर उत्पन्न गतिरोध समाधान गर्न नागरिकहरुले अपील गरेका छन् ।

    यसैबीचमा संविधानको मर्मविपरीत हुनेगरी अनिर्वाचित व्यक्तिलाई देशको कार्यकारी बन्ने बाटो खोल्न राजनीतिक वृत्तले संविधान संशोधनसमेत चर्चामा ल्याएको भन्दै उनीहरुले ध्यानाकर्षण भएको जनाएका छन् ।

    यस सम्बन्धमा चासो र चिन्ता व्यक्त गर्दै नेपाल सरकार, सत्तारुढ र प्रमुख प्रतिपक्षसहितका दलहरु तथा संसदमा सार्वभौमसत्ता सम्पन्न नेपाली नागरिकको प्रतिनिधित्व गरिरहेका सबै संसद सदस्यहरुलाई १७ जना नागरिकहरुले सार्वजनिक अपील गरेका छन् ।

    “कानुन निर्माण, नीति तथा कार्यक्रम एवम् देशका मुख्य मुद्दाहरूमा छलफल गरी निर्णय लिने तथा नागरिकको आवाज दैनिक रुपमा प्रस्तुत हुने सार्वभौम संघीय संसदमा प्रतिनिधिसभाको नेतृत्व गर्ने सभामुख पद चार महिनासम्म खाली रहनु गम्भीर चिन्ताको विषय हो,” अपीलमा भनिएको छ, “नयाँ सभामुखको निर्वाचनलाई लिएर प्रतिनिधि सभाको काम कार्यवाहीमा गतिरोध उत्पन्न भएको हुनाले सूचना टाँसेर पूर्वनिर्धारित बैठकहरु स्थगित भैरहेका छन् । सम्माननीय राष्ट्रपतिले संसद्को बैठक आह्वान गरेपछिको एक महिना भैसक्दा पनि प्रतिनिधि सभाको बैठक औपचारिकताका लागि मात्र बस्न सकेको छ । यस अवस्थाको तत्काल निकास खोज्न प्रतिनिधिसभामा सबैको अग्रसरता आवश्यक छ र सबै संसद सदस्यले यस विषयमा क्रियाशीलता देखाउनु पर्दछ । सूचना प्रकाशित गरी संसद्को बैठक लगातार स्थगित गर्ने कार्य संसदीय अभ्यासको बिपरीत तथा सार्वभौम जनताप्रति अनुत्तरदायी हुन जान्छ । अब उप्रान्त यस्तो कार्य दोहोरिनु हुँदैन र आगामी माघ ६ गते बोलाइएको प्रतिनिधि सभाको बैठक सुचारु हुनुपर्दछ भन्ने हाम्रो दृढ मान्यता रहेको छ ।”

    त्यसैगरी प्रतिनिधि सभाको सभामुख पदमा उम्मेदवार बन्न चाहने संसद सदस्य संविधानअनुसार उच्च नैतिक चरित्रवान हुनुका साथै सक्षम, जनस्तरले समेत कुनै गुनासो नगरेको तथा कुनै कानुनले अयोग्य नभएको, अभियोगरहित एवम् प्रतिनिधि सभालाई कुशल नेतृत्वका साथ अगाडि बढाउन सक्ने भनी नेपाली नागरिकले समेत विश्वास गर्न सक्ने हुनुपर्ने अपीलमा उल्लेख छ ।

    “कुनैपनि दलले सभामुख पदका लागि उम्मेदवार अघि नसारेको वर्तमान परिस्थितिमा उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा गर्दा प्रतिनिधि सभाको अध्यक्षता गर्ने कार्यमा रिक्तता आउने अवस्थाप्रति समेत सवैको ध्यान आकृष्ट गर्दछौं,” अपीलमा भनिएको छ, “संविधान देशको मूल कानुन हो । यसको संशोधन गर्दा राजनीतिक नाफा नोक्सानको उद्देश्य वा केवल दलगत कारण देखिंदा आम जनतामा नवस्थापित संसदीय गणतान्त्रिक व्यवस्थाप्रति नै विकर्षण हुने खतरा आउँछ । अनिर्वाचित व्यक्तिलाई देशको सर्वोच्च कार्यकारी नेतृत्व दिनेगरी गरिने संविधान संशोधनउपर हाम्रो गम्भीर आपत्ति रहेको छ । संविधानको संशोधनका विषयमा हुने कुनैपनि छलफल खुलारुपमा नागरिक स्तरमा तथा संसदका दुवै सदनमा व्यापक रुपले हुने वातावरण सिर्जना गर्न नेपाल सरकारलाई आव्हान गर्दछौं । संविधानको संरक्षण गर्ने दायित्व नेपालको संविधानले राष्ट्रपतिलाई सुम्पेको छ । यो संवैधानिक दायित्व पूरा गर्ने क्रममा राष्ट्रपतिद्वारा प्रतिनिधिसभाको गतिरोध अन्त्य गर्न प्रधानमन्त्री, प्रमुख प्रतिपक्षी दलका नेता, संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरू तथा सभामुखको रिक्तताको अवस्थामा प्रतिनिधि सभाको अध्यक्षता गर्ने उपसभामुख समेतलाई प्रोत्साहित गर्नु आवश्यक देखेका छौं । संवैधानिक सर्वोच्चता, विचार र अभिव्यक्तिको स्वतन्त्रता तथा कानुनको शासन लोकतन्त्रका जीवन्त आधारस्तम्भ भएकाले यी मूल्य र मान्यता विपरीतका कामकारवाहीहरु निरन्तर नागरिक निगरानीमा रहनुपर्दछ । त्यसैले, सबै नागरिकलाई संसद्को विद्यमान गतिरोधप्रति चासो प्रकट गर्न तथा दलीय नेतृत्वको ध्यानाकर्षण गरिरहन अपील गर्दछौं ।”

    हस्ताक्षरकर्ताहरु :

    १.सूर्यप्रसाद श्रेष्ठ, पूर्व प्रमुख आयुक्त, निर्वाचन आयोग

    २. डा. गौरीशंकर लाल दास, पूर्व आयुक्त, राष्ट्रिय मानव अधिकार आयोग

    ३. प्रा. गणेशमान गुरुङ्ग, संविधानसभा सदस्य

    ४. डा. सूर्य ढुंगेल, संविधानविद, पूर्व राष्ट्रपति रामवरण यादवका संवैधानिक सल्लाहकार

    ५. प्रा. पूर्णमान शाक्य, संविधानविद

    ६. डा. विपिन अधिकारी, संविधानविद

    ७. डा. सुमित्रा मानन्धर, समाजशास्त्री

    ८. टीकाराम भट्टराई, संविधानविद

    ९. प्रा.सरोज धिताल, चिकित्सा विज्ञान

    १०. डा. डम्बर चेम्जोङ्ग, समाजशास्त्री

    ११. सुलोचना मानन्धर, लेखक

    १२. दिनेश त्रिपाठी, संविधानविद

    १३. धर्मेन्द्र झा, पूर्व सभापति, नेपाल पत्रकार महासंघ

    १४. कनकमणि दीक्षित, लेखक–पत्रकार

    १५. टीका ढकाल, लेखक–राजनीतिशास्त्री

    १६.सुनिलरन्जन सिंह, अधिवक्ता

    १७. फूर्पा तामाङ्ग, अधिवक्ता

  • प्रतिनिधिसभाको अध्यक्षता गर्न उपसभामुखलाई प्रोत्साहन गरौं : नागरिक समाज

    सभामुख निर्वाचनका सम्बन्धमा उत्पन्न संसद गतिरोध तथा अनिर्वाचितलाई कार्यकारी अधिकार दिने गरी संविधान संशोधन गरिने चर्चाको सम्बन्धमा नागरिक समाजले सरकारको ध्यानाकर्षण गराएको छ।

    नागरिक समाजले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै संसद गतिरोध र अनिर्वाचितलाई कार्यकारी अधिकार दिने गरी संविधान संशोधन विषयलाई लक्षित सरकार, सत्तारूढ र प्रमुख प्रतिपक्षसहितका दल तथा नागरिकको प्रतिनिधित्व गरिरहेका सांसदसमक्ष ६ बुँदे अपिल गरेको छ।

    यस्ता छन् अपिल:

    १. कानुन निर्माण, नीति तथा कार्यक्रम एवम् देशका मुख्य मुद्दाहरूमा छलफल गरी निर्णय लिने तथा नागरिकको आवाज दैनिक रूपमा प्रस्तुत हुने सार्वभौम संघीय संसदमा प्रतिनिधिसभाको नेतृत्व गर्ने सभामुख पद चार महिनासम्म खाली रहनु गम्भीर चिन्ताको विषय हो।

    २. नयाँ सभामुखको निर्वाचनलाई लिएर प्रतिनिधि सभाको काम कारबाहीमा गतिरोध उत्पन्न भएको हुनाले सूचना टाँसेर पूर्वनिर्धारित बैठकहरू स्थगित भैरहेका छन्। राष्ट्रपतिले संसद्को बैठक आव्हान गरेपछिको एक महिना भैसक्दा पनि प्रतिनिधि सभाको बैठक औपचारिकताका लागि मात्र बस्न सकेको छ। यस अवस्थाको तत्काल निकास खोज्न प्रतिनिधिसभामा सबैको अग्रसरता आवश्यक छ र सबै संसद सदस्यले यस विषयमा क्रियाशीलता देखाउनु पर्दछ। सूचना प्रकाशित गरी संसद्को बैठक लगातार स्थगित गर्ने कार्य संसदीय अभ्यासको बिपरीत तथा सार्वभौम जनताप्रति अनुत्तरदायी हुन जान्छ । अब उप्रान्त यस्तो कार्य दोहोरिनु हुँदैन र आगामी माघ ६ गते बोलाइएको प्रतिनिधि सभाको बैठक सुचारु हुनुपर्दछ भन्ने हाम्रो दृढ मान्यता रहेको छ ।

    ३. प्रतिनिधि सभाको सभामुख पदमा उम्मेदवार बन्न चाहने संसद सदस्य संविधान अनुसार उच्च नैतिक चरित्रवान हुनुका साथै सक्षम, जनस्तरले समेत कुनै गुनासो नगरेको तथा कुनै कानुनले अयोग्य नभएको, अभियोगरहित एवम् प्रतिनिधि सभालाई कुशल नेतृत्वका साथ अगाडि बढाउन सक्ने भनी नेपाली नागरिकले समेत विश्वास गर्न सक्ने हुनुपर्छ। कुनैपनि दलले सभामुख पदका लागि उम्मेदवार अघि नसारेको वर्तमान परिस्थितिमा उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा गर्दा प्रतिनिधि सभाको अध्यक्षता गर्ने कार्यमा रिक्तता आउने अवस्थाप्रति समेत सबैको ध्यान आकृष्ट गर्दछौं ।

    ४. संविधान देशको मूल कानुन हो। यसको संशोधन गर्दा राजनीतिक नाफा नोक्सानको उद्देश्य वा केवल दलगत कारण देखिंदा आम जनतामा नवस्थापित संसदीय गणतान्त्रिक व्यवस्थाप्रति नै विकर्षण हुने खतरा आउँछ । अनिर्वाचित व्यक्तिलाई देशको सर्वोच्च कार्यकारी नेतृत्व दिनेगरी गरिने संविधान संशोधनउपर हाम्रो गम्भीर आपत्ति रहेको छ। संविधानको संशोधनका विषयमा हुने कुनैपनि छलफल खुलारुपमा नागरिक स्तरमा तथा संसदका दुवै सदनमा व्यापक रुपले हुने वातावरण सिर्जना गर्न नेपाल सरकारलाई आव्हान गर्दछौं ।

    ५.संविधानको संरक्षण गर्ने दायित्व नेपालको संविधानले राष्ट्रपतिलाई सुम्पेको छ । यो संवैधानिक दायित्व पूरा गर्ने क्रममा राष्ट्रपतिद्वारा प्रतिनिधिसभाको गतिरोध अन्त्य गर्न प्रधानमन्त्री, प्रमुख प्रतिपक्षी दलका नेता, संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरू तथा सभामुखको रिक्तताको अवस्थामा प्रतिनिधि सभाको अध्यक्षता गर्ने उपसभामुख समेतलाई प्रोत्साहित गर्नु आवश्यक देखेका छौं ।

    ६. संवैधानिक सर्वोच्चता, विचार र अभिव्यक्तिको स्वतन्त्रता तथा कानुनको शासन लोकतन्त्रका जीवन्त आधारस्तम्भ भएकाले यी मूल्य र मान्यता विपरीतका कामकारवाहीहरु निरन्तर नागरिक निगरानीमा रहनुपर्दछ । त्यसैले, सबै नागरिकलाई संसद्को विद्यमान गतिरोधप्रति चासो प्रकट गर्न तथा दलीय नेतृत्वको ध्यानाकर्षण गरिरहन अपील गर्दछौं ।

    हस्ताक्षरकर्ताः
    १. सूर्यप्रसाद श्रेष्ठ, पूर्व प्रमुख आयुक्त, निर्वाचन आयोग
    २. डा. गौरीशंकर लाल दास, पूर्व आयुक्त, राष्ट्रिय मानव अधिकार आयोग
    ३. प्रा. गणेशमान गुरुङ्ग, संविधानसभा सदस्य
    ४. डा. सूर्य ढुंगेल, संविधानविद, पूर्व राष्ट्रपति रामवरण यादवका संवैधानिक सल्लाहकार
    ५. प्रा. . पूर्णमान शाक्य, संविधानविद
    ६. डा. विपिन अधिकारी, संविधानविद
    ७. डा. सुमित्रा मानन्धर, समाजशास्त्री
    ८. टीकाराम भट्टराई, संविधानविद
    ९. प्रा.सरोज धिताल, चिकित्सा विज्ञान
    १०. डा. डम्बर चेम्जोङ्ग, समाजशास्त्री
    ११. सुलोचना मानन्धर, लेखक
    १२. दिनेश त्रिपाठी, संविधानविद
    १३. धर्मेन्द्र झा, पूर्व सभापति, नेपाल पत्रकार महासंघ
    १४. कनकमणि दीक्षित, लेखक÷पत्रकार
    १५. टीका ढकाल, लेखक÷राजनीतिशास्त्री
    १६. सुनिलरन्जन सिंह, अधिवक्ता
    १७. फूर्पा तामाङ्ग, अधिवक्ता
    प्रकाशित मिति: बिहिबार, माघ २, २०७६, १९:०८:००

  • सभामुख विवाद : पूर्वमाओवादी खेमा विरुद्ध घेराबन्दी !

    पूर्वमाओवादीलाई सभामुख नदिन १७ जनाको हस्ताक्षरसहित अपील

    काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनमा गठवन्धन तथा त्यस लगत्तै पार्टी एकताको जटिल काम सम्पन्न गरेको नेकपाभित्र सभामुखको उम्मेदवार छान्ने विवादले चर्को रुप लिने देखिएको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’कै बीचमा नयाँ सभामुखको उम्मेदवार को हो ? भन्ने विषयमा मतभिन्नता छ । पार्टी एकताका बेला भएको शक्ति सन्तुलन र सोही अनुसारको भागवण्डाका आधारमा सभामुख पद माओवादी खेमाको भागमा परेकाले अहिले पनि एकिकरण नसकिएको तर्क गर्दै प्रचण्ड आफूले प्रस्ताव गरेको व्यक्ति सभामुख बनाईछाड्ने अडानमा छन् । सरकारमा काम गर्न सजिलो सभामुख चाहिने भएकाले प्रधानमन्त्री ओली आफू अनुकुलको सभामुख बनाउन प्रचण्डलाई रोक्ने हत्कण्डा अपनाईरहेका छन् । बिहीबार अध्यक्षद्यको झण्डै ३ घण्टा बालुवाटारमा वार्ता भयो । प्रचण्डको सचिवालयले सकारात्मक कुराकानी भएको प्रतिक्रिया दियो भने, प्रधानमन्त्रीको सचिवालयले खासै कुनै प्रगति नभएको बतायो ।

    सभामुख आफू अनुकुलको बनाउने यो होडमा नेकपा समेत विभक्त छ । नेकपा सचिवालयमा अध्यक्ष ओली, नेता ईश्वर पोखरेल एकापट्टी छन् भने अरु सवै प्रचण्डको पक्षमा पंक्तिबद्द छन् । महासचिव विष्णु पौडेलले आफ्नो कित्ता क्लियर गरिसकेका छैनन् । सहमति हुन नसकेमा प्रजातान्त्रिक प्रकृया अनुसार पार्टी सचिवालयमा छलफल गरेर बहुमत अल्पमतकै आधारमा भएपनि यो विषय टुंग्याउने पक्षमा प्रचण्ड छन् भने सचिवालयमा अल्पमतमा रहेका ओली आफ्नो पक्षमा सहमति गराउने विभिन्न अस्त्र प्रयोग गर्न थालेका छन् । ओलीको यो अभियानमा राष्ट्रपति विद्यादेवी भण्डारीको साथ छ । तर, सतहमा उनीहरु दुवैका फरक–फरक उम्मेदवार छन् । संसदमा देखिएको पछिल्लो गत्यारोधमा समेत राष्ट्रपति र प्रधानमन्त्रीको आघोशित स्वार्थको मिलनले काम गरेको नेकपाका पूर्व माओवादी खेमाका नेताहरुको आशंका छ ।

    उपसभामुख शिवमाया तुम्बाहाम्फेले आफ्नो पदबाट राजीनामा दिन अस्वीकार गर्दै आएकी छन् । पार्टीको समानुपातिक सूचीबाट सांसद हुंदै उपसभामुख बनेकि तुम्बाहाम्फेलाई राष्ट्रपति भण्डारीले घोषित रुपमै सभामुखका लागि पहल गरिरहेकी छन् भने प्रधानमन्त्री ओलीको उम्मेदवार सुवासचन्द्र नेम्वाड. भएपनि माओवादी खेमाबाट यो सभामुख पद फुत्काउन उपसभामुखलाई राजीनामा नगराउन हौसला दिईरहेका छन् । ‘तपाईहरु टाउका गनेर सभामुख बनाउदै हिड्नुभएको छ अरे, संसदको अवरोध पनि खुलाउनुस्’ भन्दै प्रधानमन्त्रीले दिएको अभिव्यक्ति र सभामुख चयनकै विषयमा भएको सचिवालय बैठकमा प्रधानमन्त्री अनुपस्थित हुनुले उनको प्राथामिकता र चाहना प्रष्ट हुन्छ । अध्यक्ष प्रचण्ड भने यसपाली सभामुख पद गुमाउने पक्षमा नरहेको नेकपाका नेताहरु बताउँछन् ।

    प्रचण्डले नयाँ सभामुखका लागि नेता अग्नीप्रसाद सापकोटाको नाम बैठकहरुमा लिईसकेका छन् । पार्टी एकताताका भएको लिखित सहमतिमा प्रधानमन्त्री आधा आधा कार्यकाल चलाउने तथा पार्टी अध्यक्ष आधा आधा चलाउने सहमति समेत आफूले सजिलै त्यागेर अध्यक्ष ओलीलाई नै ५ वर्ष चलाउन दिएको अवस्थामा अध्यक्ष ओलीले सभामुख सजिलै छोड्नुपर्ने प्रचण्डको बुझाई छ । प्रचण्डको यो बुझाईमा पूर्व एमालेकै नेताहरु, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम लगायतले समेत साथ दिएका छन् । घेराबन्दीको नयाँ खेल नेपाली राजनीतिमा माओवादीको अवतरण, उसको शक्ति र प्रभावलाई नागरिक समाज, मानवअधिकार तथा यस्तै विभिन्न आवरणका केही व्यक्तिहरुले सुरुवात देखिनै रुचाएका थिएनन् । त्यसमा पनि प्रचण्डको उदय र प्रभाव, माओवादीले अघि सारेका राजनीतिक एजेण्डा स्थापित हुँदा समाजको त्यो शक्ति जहिले पनि विपक्षमा देखिँदै आएको छ ।

    कहिले जनसेनाको नाममा, कहिले वाइसिएलको नाममा, कहिले प्रचण्डका अभिव्यक्तिका विरुद्ध त कहिले माओवादीलाई राज्यसंचालयको यो वा त्यो पदमा पुर्याउनु हुँदैन भनेर उनीहरुले अभियान चलाईनै रहेका छन् । माओवादी एमालेबीच एकता भएर नेकपा बनेपछि सुसुप्त रहेको त्यो शक्ति सभामुख चयनको यो विवादमा फेरी सतहमा आएको छ । यो समूहको नेतृत्व राष्ट्रपति विद्यादेवी भण्डारीको सल्लाहाकार समेत रहेका सुशिल प्याकुरेल, संचार उद्यमी कनकमणी दिक्षित लगायतले गरेको पूर्वमाओवादी खेमाका एक नेताले दावी गरे । उनीहरुले बिहिबार मात्रै एउटा वक्तव्य अघि सारे।

    ‘संसद–गतिरोध र संविधान संशोधन सम्बन्धमा नागरिक अपील’ शीर्षक दिएर अघि सारिएका धारणाहरु उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई सभामुख बनाउनु पर्छ, पूर्वमाओवादी खेमालाई दिन हुँदैन, वामदेव गौतम वा नारायणकाजी श्रेष्ठहरुलाई राज्य संचालनको कार्यकारी पदमा ल्याउनु हुँदैन, भन्ने पक्षमा देखिएका छन् । पूर्वमाओवादी खेमाका नेताहरुलाई युद्धकालका कुनै न कुनै अभियोग लगाईएको छ । शान्ति प्रकृयाको संक्रमणकालिन न्यायको काम अझै बाँकी रहेकाले प्रचण्डसहितका नेताहरुमाथि युद्धकालिन मुद्धा छन् । सोही विषयलाई आधार बनाएर अपीलकर्ताहरुले सभामुख पदमा कुनै अभियोग नलागेको व्यक्ति हुनुपर्ने लगायतका ६ बुँदा अघि सारेका छन् । १७ जनाले हस्ताक्षर गरेको भनिएको सो अपीलमा पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठ देखि, दिक्षित, एमालेका पूर्व सांसद गणेशमान गुरुड.लगायत छन् ।