Category: Quotes

  • दुई चरणले आशंका: प्रबुद्ध वर्ग

    पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती, सूर्यप्रसाद श्रेष्ठ, संविधानविद् डा. विपिन अधिकारी, निलाम्बर आचार्य, स्थानीय शासनविद् मुक्ति रिजाल, डा. श्याम भुर्तेल, हिक्मत बिष्ट, कृष्ण सापकोटालगायतले बिहीबार प्रमुख निर्वाचन आयुक्तसहित आयोगका पदाधिकारीलाई भेटेर एकै चरणमा वैशाख ३१ मै निर्वाचन गराउन माग गरेका हुन् । दुई चरणमा जाँदा निर्वाचन नै नहुने अवस्था आउन सक्ने भन्दै एकै चरणमा गराउन आयोगको ध्यानाकर्षण गराइएको उनीहरूले बताए । 

    संविधानविद् अधिकारीले सरकारले यसअघि ३१ गते एकै चरणमा निर्वाचन गराउने घोषणा गरे बमोजिम नै हुनुपर्ने बताए । ‘वैशाख ३१ बाट पर सार्दा विषयान्तर हुने सम्भावना छ । दोस्रो, दुई चरणको निर्वाचनले स्वच्छ एवं निष्पक्ष निर्वाचन हुन नसक्ने अवस्था आउँछ,’ उनले भने, ‘संविधान संशोधन जस्तो विषयमा भाँडभैलो गरिँदैछ । यसले निर्वाचनमा प्रभाव पार्न सक्नेबारे हामीले आयोगलाई जानकारी गरायौं ।’ 

    अधिकारीले दुई चरणमा हुने निर्वाचनले विभिन्न समस्या ल्याउने बताए । उनले दोस्रो चरणमा निर्वाचन हुने प्रदेश १, २, ५ र ७ मा मतदाता नामावलीमा नयाँ मतदाता थप्न समय दिने तर पहिलो चरणमा हुने ३, ४ र ६ प्रदेशमा नयाँ मतदाता नथपिने कुरा समान मताधिकारको सिद्धान्तविपरीत भएको बताए । ‘एउटै देशका नागरिकप्रति दोहोरो मापदण्ड अपनाउने कार्य स्वीकार्य हुन सक्दैैन,’ उनले भने । 

    अगुवाहरूले आचारसंहिता पालना बाध्यकारी व्यवस्था भएकाले त्यसतर्फ आयोगलाई सचेत गराएका छन्। ‘निर्वाचन मिति घोषण भएपछि मतदातालाई प्रभावित पार्नेगरी सरकारले उत्ताउलो भएर नहुने काम गर्दै आएको छ, संविधान संशोधन, सीमांकन र प्रदेशसँग सम्बन्धित गर्नै नमिल्ने निर्णय गर्दै आएको छ,’ संविधानविद् अधिकारीले भने, ‘अन्ततः सरकार आफैं चुनाव गर्न नदिने बाटोमा लागेको संकेत मिलेको छ।’ उनले आयोगलाई प्रभावशाली हुन आग्रह गरिएको पनि बताए । 

  • Civil society raises concern over election code of conduct violation

    During the meeting, former chief elections commissioners, Nilkantha Uprety, Surya Prasad Shrestha, constitutional experts Nilamber Acharya and Bipin Adhikari, local development experts Shyam Bhurtel, Hikmat Bista, Mukti Rijal and Krishna Prasad Sapkota drew the attention of the EC officials towards some of the recent decisions taken by the government related to the local level polls. 

    Read full news at http://kathmandupost.ekantipur.com/news/2017-04-28/civil-society-raises-concern-over-election-code-of-conduct-violation.html 

  • Experts say 2-phase polls will be against electoral principles

    Former CEC Neel Kantha Uprety and Surya Prasad Shrestha, legal experts Bipin Adhikari, Nilamber Acharya and local governance experts Krishna Prasad Sapkota, Mukti Rijal, Shyam Bhurtel and Hikmat Bista had reached the EC headquarters demanding that the elections should be conducted across the country on May 14. 

    'Since amendment or revision of the constitution made for political gain or loss may raise question over the impartiality of the election body, EC should play an effective role in implementing the election code of conduct,' states the memorandum adding, 'Implementation of the election code is mandatory, not optional.' 

    Read full news at http://www.myrepublica.com/news/19005/ 

  • Ex-CECs concerned about government decision

    Along with Upreti, former CEC Surya Prasad Shrestha, former chief of the Constitutional Committee of the first Constituent Assembly Nilamber Acharya, constitutional expert Bipin Adhikari, local self-governance experts — Hikmat Bista, Shyam Bhurtel, Mukti Rijal — and former chairman of Association of District Development Committees Krishna Prasad Sapkota today reached the EC central office to draw its attention to violation of election code of conduct by the government and ruling parties. They asked polls panel to play an effective role to ensure free and fair elections. 

    “We urged EC to hold local polls at once throughout the country on May 14,” said Upreti. He said the polls panel has completed 95 per cent of preparation and was able to conduct polls at once throughout the country. Former CECs and civil society members expressed concern about the government’s decision to hold second phase elections after unveiling a new budget. This, they said, was against the norms and contradicted with the election code of conduct enforced by the EC. They said announcement of the budget just a few days before the elections could influence voters. 

    Read full news at https://thehimalayantimes.com/kathmandu/ex-chief-election-commissioners-concerned-government-decision/ 

  • संविधानविदको रायः संविधान संशोधन निर्वाचन आचारसंहिता विपरित

     आफूले दिएको सुझाव सुनाउदै संविधानविद विपिन अधिकारीले भने, ‘निर्वाचन आचारसंहिता लागू भएको अवस्थामा निर्वाचन कार्यान्वयन गर्ने बाहेकका अन्य गतिविधि गर्न हुँदैन । मतदातालाई प्रभावित गर्ने उद्देश्यले कुनै पनि नीतिगत निर्णय गर्नु हुँदैन भन्ने प्रष्ट हुँदाहुँदै सविधान संशोधन जस्तो नीतिगत निर्णय समेत गर्न लागिएकाले गम्भिर प्रश्न खडा भएको छ ।’

    संविधान संशोधन वा परिमार्जनको राजनीतिक नाफा नोक्सानले निर्वाचनको स्वच्छतामाथि प्रश्न उठ्ने भन्दै उनीहरुले आचारसंहिता पालना गराउन निर्वाचन आयोगले आफ्नो भूमिका देखाउनुपर्ने सुझाव दिएका छन् । अधिकारीले भने, ‘आचारसंहिता बाध्यकारी व्यवस्था हो, रोजाइको विषय होइन ।’

    Read full news at http://www.onlinekhabar.com/2017/04/576990/

  • स्वच्छ एवं निस्पक्ष निर्वाचनकालागी बैशाख ३१ गतेका लागि घोषणा गरेको स्थानीय तहको निर्वाचन सोहि मितिमा समग्र रुपमा पुर्व घोषणा बमोजिमनै हुनुपर्दछ

     नागरिक समाजका प्रतिनिधिहरु श्री कृष्ण प्रसाद सापकोटा, पुर्व अध्यक्ष, जिल्ला विकास समिति महासंघ, श्री निलकण्ठ उप्रेती, पुर्व प्रमुख आयुक्त, निर्वाचन आयोग, श्री निलाम्वर आचार्य, पुर्व अध्यक्ष, पुर्व संवैधानिक समिति, संविधानसभा, डा. मुक्ति रिजाल, स्थानीय स्वशाशनविद, डा. विपिन अधिकारी, संविधानविद, श्री सुर्य प्रसाद श्रेष्ठ, पुर्व प्रमुख आयुक्त, निर्वाचन आयोग, डा. श्याम भुर्तेल, स्थानीय स्वशाशनविद र श्री डा. हिक्मत बिस्ट, स्थानीय स्वशाशनविद, ले बिहीबार, १४ बैशाख २०७४ मा निर्वाचन आयोगका प्रमुख आयुक्त तथा अन्य चार जना आयुक्तहरु समक्ष बैशाख ३१, २०७४ कालागि घोषणा गरेको स्थानीय तहको निर्वाचन सम्वन्धमा गरेको अनुरोध:

    अनुरोध (बुलेट पोइन्टमा)

    १. स्थानीय तहको निर्वाचन स्वतन्त्र, निश्पक्ष, धााधलीरहित र भयरहित वातावरणमा हुनुपर्छ।

    २. स्वच्छ एवं निस्पक्ष निर्वाचनकालागी बैशाख ३१ गतेका लागि घोषणा गरेको स्थानीय तहको निर्वाचन सोहि मितिमा समग्र रुपमा पुर्व घोषणा बमोजिमनै हुनुपर्दछ ।

    ३. निर्वाचनको मिति घोषणा भैसकेपछि निर्वाचन आचारसंहिता लागू भएको अवस्थामा निर्वाचन कार्यान्वयन गर्ने बाहेकका अन्य गतिविधि निर्वाचनसग सम्बन्धित कुनै पनि पक्षले गर्नु गराउनु हुदैन । मतदातालाई प्रभावित पार्ने उद्देश्यले कुनै पनि नीतिगत निर्णयहरु गर्नु हुदैन भन्ने व्यवस्था प्रस्ट उल्लेख हुदाहुदै संविधान संशोधन जस्तो नीतिगत निर्णय समेत गर्न लागिएकोप्रति गम्भीर प्रश्न खडा भएको छ ।

    ४. संविधान देशको मूल कानुन हो । यसको संशोधन वा परिमार्जनका राजनीतिक नाफा नोक्सानले निर्वाचनको स्वच्छतामाथि प्रश्न उठ्ने अवस्था आउदा आचारसंहिता पालना गराउने संवैधानिक निर्वाचन आयोगको भूमिका प्रभावकारी हुनुपर्छ । आचार संहिताको पालना बाध्यकारी व्यवस्था हो, रोजाइको बिषय होइन ।

    ५. विभिन्न कारणले प्रकृयागत रुपमा हुने बाहेक दुइ चरणमा हुने निर्वाचन विभिन्न कारणले समस्याग्रस्त देखिन्छ । दोस्रो चरणमा निर्वाचन हुने प्रदेश १, २, ५ र ७ मा नयाा मतदाता थप्न १० दिनको समय दिनुपर्ने भएको हुनाले दुई निर्वाचनबीच एक महिनाको फरक राखिएको कुरा बताइएको छ । प्रदेश ३, ४ र ६ का नयाा मतदातालाई नामावलीमा सामेल हुने अवसर नदिने तर बाकी प्रदेशमा यस्तो अवसर दिने कुरा समान मताधिकारको सिद्धान्त विपरीत हुन्छ । अलग प्रदेशका नागरिकप्रति दोहोरो मापदण्ड अपनाउने कार्य स्वीकार्य हुन सक्दैन । एक महिनाको अन्तरालमा हुने दुई चरणका निर्वाचनबीच सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेट प्रस्तुत गर्ने कार्य निर्वाचन आचारसंहिता विपरीत हुन्छन् किनभने नीति तथा कार्यक्रम र बजेटले नागरिकलाई तत्काल प्रभाव पार्ने एबं सरकारमा रहने दलले यी अवसरलाई निर्वाचनको वातावरण आफ्नो पक्षमा पार्न उपयोग गर्ने खतरा देखिएको छ । हामि प्रस्ताव भए अनुसारको दुइ चरणको निर्वाचनको पक्षमा छैनौ ।

  • स्थानीय निर्वाचनः जटिलता थप्दै सरकार

    काठमाडौं– स्थानीय तहको निर्वाचन गराउने नाममा पुष्पकमल दाहाल नेतृत्वको सरकारले राजनीतिक, संवैधानिक र प्रावधिक जटिलताको गाँठो नफुकाईकन दोस्रो चरणको चुनाव मिति घोषणा गरी आफैले जटिलता निम्त्याएको छ । राजनीतिक, संवैधानिक र प्रावधिक अन्योललाई सरकारले तत्काल अन्त्य गर्न नसके जटिलता अझै थपिँदै जाने देखिन्छ ।

    पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती दोस्रो चरणमा निर्वाचन गर्ने प्रचलन भए पनि लामो अन्तर राखेर तथा बजेट घोषणालगत्तै दोस्रो चरणको निर्वाचन गराउने सरकारी घोषणाले थप अन्योल बढेको बताउँछन् । ‘त्यसै त निर्वाचन हुन्छ कि हँुदैन भन्ने आशंका बढिरहेका बेला सरकारले बजेट घोषणापछि दोस्रो चरणको चुनाव घोषणा गर्दा झन् अन्योल बढेको छ,’ उप्रेतीले नागरिकसँग भने, ‘निर्वाचन मिति घोषणा गरेपछि त्यसलाई प्रभावित पार्ने कुनै पनि काम गर्नुहुँदैन तर यहाँ त खुल्मखुला भइरहेको देखिन्छ ।’ निर्वाचन मिति घोषणा गरिसकेको अवस्थामा सरकारले एउटा कर्मचारी सरुवा गरे पनि निर्वाचन आयोगले स्पष्टीकरण सोध्ने गर्दै आएको नजिर बिर्सन नहुने उप्रेतीको भनाइ छ ।

    दोस्रो चरणमा निर्वाचन गराए पनि समयअन्तर बढीमा १० दिन र त्यो बजेट घोषणाअघि नै हुनुपर्ने उप्रेती बताउँछन् । ‘निर्वाचन मिति घोषणा गरेपछि एउटा कर्मचारी पनि सरुवा बढुवा गर्न पाइँदैन्, बजेट ल्याउन त परको कुरा हो, एउटा थप कुलो पनि बनाउन पाइँदैन्,’ उप्रेतीले भने, ‘तर, यहाँ त निर्वाचन मिति घोषणापछि संविधान संशोधन गर्ने भनिएको छ, स्थानीय तह संख्या र क्षेत्र हेरफेर गर्न खोजिएको छ, जसका लागि चुनाव गराउन खोजिएको हो त्यसैको अधिकार कटौती गर्न पनि खोजिएको छ ।’

    यस्ता कार्य निर्वाचन मिति घोषणाअघि नै गर्नपथ्यौे, त्यसो नगरी मिति घोषणा गर्दा सरकार र निर्वाचन दुवै विवादमा पर्ने उनको भनाइ छ । उनका अनुसार दुई चरणको निर्वाचनको बीचमा बजेट ल्याउन पाइँदैन्, त्यसरी ल्याइने बजेटले चुनाव प्रभावित पार्छ ।

    त्यसो त निर्वाचन आयोगकी आयुक्त इला शर्माले पनि चुनावबीचमा बजेट घोषणाले मतदाता प्रभावित गर्ने भन्दै संविधान संशोधन गरेर बजेट ल्याउने मिति सार्न सरकारलाई सुझाव दिएको बताइन् ।

    ‘बजेटले मतदाता प्रभावित पार्ने भएकाले संविधान संशोधन गरेर बजेट असारमा ल्याउने व्यवस्था मिलाउन सुझाव दिइसकेका छौं, त्यो काम सरकारको हो’, शर्माले भनिन् । आयोगले दोस्रो चरणको निर्वाचन कार्यतालिक सोमबार सार्वजनिक गरिसकेको छ ।

    नयाँ संविधानमा बजेट जेठ १५ मा ल्याउनुपर्ने बाध्यात्मक व्यवस्था छ तर सरकारले बजेटको १५ दिनअघि र १५ दिन पछि निर्वाचन मिति घोषणा गरिदिएको छ । त्यसै बीचमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुतिसहित प्रिबजेटमा पनि छलफल गर्नुपर्ने हुन्छ । जो सामान्यतयाः निर्वाचन आचारसंहिता विपरीत हुन्छ ।

    संविधानविद् डा. विपिन अधिकारी निर्वाचन मिति घोषणा भएपछि दलहरूले चालेका राजनीतिक कदमलाई निर्वाचन आयोगले अंकुश लगाउन नसक्दा समस्या बल्झिँदै गएको बताउँछन् ।

    ‘निर्वाचन प्रभावित हुनेगरी संविधान संशोधन र स्थानीय तहको संख्या बढाउने जस्ता प्रयास भइरहेका छन्, यसमा निर्वाचन आयोगले टिप्पणी गर्नुपथ्र्याे तर गर्न सकेको छैन्, यस सबालमा आयोग कमजोर देखिएको छ,’ अधिकारी भन्छन, ‘संविधान संशोधन भनेको विशुद्ध प्रावधिक विषय मात्रै होइन, यो राजनीतिक, सैद्धान्तिक र लेनदेनको विषय पनि हो, यसले सोझै मतदातालाई प्रभावित गर्छ ।’ उनका अनुसार तयार भएको संविधान संशोधन प्रस्ताव जनताको घरदैलोमा लगेर मत माग्नुपर्नेमा संसद्मा लगेर उल्टो काम गरिएको छ ।

    निर्वाचन स्वच्छ, निष्पक्ष र स्वतन्त्र रुपमा गराउनु आयोगको दायित्व भएको र त्यसमा सरकारले सहयोग गर्नुपर्नेमा दुवै अवैद्य बाटो हिँडिरहेको उनको आरोप छ । ‘जुन तहको चुनाव मिति घोषणा गरिएको हो, त्यो तहको संख्या र क्षेत्र निर्धारण गर्न अब पाइँदैन,’ अधिकारीले भने, ‘सरकारले जुनजुन काम गरिरहेको छ, यसले ऊ आफैं चुनाव गराउन चाहन्छ भन्ने देखिन्न ।’ उनका अनुसार बजेटपछि दोस्रो चरणको निर्वाचन गर्ने निर्णयले त्यसको संकेत गरिरहेको छ ।

    सरकारले बजेटपछि पनि निर्वाचन गर्ने र प्रक्रिया सुरु भइसकेपछि पनि स्थानीय तहको संख्या तथा क्षेत्र हेरफेर गर्ने जनाएलगत्तै प्रमुख प्रतिपक्षी एमालेले मंगलबार संसद् अबरुद्ध गरेको छ । यसबारे एमालेले सरकारसँग जबाफ मागेपछि बुधबारसम्म बैठक स्थगित हुनपुगेको छ ।

    यसअघि बसेको एमाले स्थायी समिति बैठकले बजेटपछिको निर्वाचनलाई ठाडै अस्वीकार गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । ‘सिंगो मुलुक वैशाख ३१ गतेको निर्वाचन तयारीमा जुटिरहेका बेलामा निर्वाचनलाई नै अनिश्चयतिर धकेल्ने र मुलुकलाई थप अस्थिरतातिर लैजाने दुराशयपूर्ण उद्देश्यसहित निर्वाचनलाई दुई चरणमा गर्ने नाममा स्वयं निर्वाचन आयोगद्वारा जारी गरिएको आचारसंहितालाई उल्लंघन गर्ने, जेठ १५ गते संसद्मा वार्षिक बजेट पेस गर्नुपर्ने संवैधानिक व्यवस्थालाई बेवास्ता गर्दै निर्वाचनलाई प्रभावित गर्ने गरी प्रस्तुत भएका निर्वाचनसम्बन्धी कतिपय विषयमा हाम्रो गम्भीर असहमति छ’, भट्टराईले भने ।

    कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री अजयशंकर नायकले बजेटले निर्वाचन प्रभावित नहुने जिकिर गरे ।

    ‘बजेट ल्याउनलाई आयोगले बाधा गरेको छैन, त्यसमा आचारसंहिता पनि लाग्दैन’, मन्त्री नायकले नागरिकसँग भने, ‘बजेट संवैधानिक व्यवस्थाअनुसार आउने हो, संविधानभन्दा माथि ऐन र नियमावली हुँदैन ।’

    सरकारले दोस्रो चरणको निर्वाचन गर्नुअघि स्थानीय तहको संख्या बढाउने तयारी गरेको छ । राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम नेपाल आबद्ध संघीय गठबन्धनसँग सरकारले दोस्रो चरणमा निर्वाचन गर्ने, परिमार्जनसहित संविधान संशोधन गर्ने, छुटेका मतदाता नामावली संकलन गर्ने र स्थानीय तह संख्या बढाउने जस्ता सहमति गरेको छ ।

    संविधान संशोधन र स्थानीय तह संख्या बढाउने विषयमा प्रमुख प्रतिपक्ष एमालेले असहमति जनाइसकेको छ भने निर्वाचन आयोगले मतपत्र परिवर्तन नगर्ने, मतदाता नामावली र मतदाता परिचयपत्रमा परिवर्तन नगर्ने जनाइसकेको छ । तर, स्थानीय तहको संख्या बढाउने र क्षेत्रफल हेरफेर गर्ने विषयमा भने उसले औपचारिक प्रतिक्रिया दिएको छैन । ‘तर, निर्वाचन मिति घोषणापछि मतदाता र स्थानीय तह संख्यामा थपघट गर्न पाइँदैन, यो निर्वाचन मिति घोषणाअघि नै गरिसक्नुपथ्र्यो’, उप्रेतीले भने ।

    राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संविधान संशोधन र स्थानीय तह संख्या नबढाएसम्म निर्वाचनमा नजाने प्रस्ट्याएका छन् । ‘संविधान संशोधन र स्थानीय तह संख्या नबढाएसम्म निर्वाचनमा सहभागिता जनाउँदैनौं’, उनले नागरिकसँग भने, ‘निर्वाचन गराउन यी दुई सर्त पूरा गर्नुपर्छ ।’ उनका अनुसार यी सर्त पूरा भएपछि मात्रै निर्वाचनको वातावरण बन्नेछ ।

    त्यसो त सत्तासीन र असन्तुष्ट दलबीचको ‘भद्र सहमति’ अनुसार आन्दोलनरत पक्षले घोषित आन्दोलनका कार्यक्रम स्थगन गर्ने भनिए पनि त्यसको औपचारिक घोषणा भएको छैन् । संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले सरकारसँग कुनै सहमति नभएको भन्दै गरेको टिप्पणीले झन् अन्योल बढाएको छ ।

    ‘मोर्चाले भने जसरी संविधान संशोधन हुन सकेन भने अथवा स्थानीय तह संख्या थप भएन भने के मधेसी मोर्चा निर्वाचनमा आउँछ ?’, उपे्रतीको प्रश्न छ, ‘यसको के ग्यारेन्टी छ ?’ अनेक अन्योलका बीचमा निर्वाचन गराउने सरकारको घोषणा सुझबुझपूर्ण नभएको भन्दै राजनीतिक, संवैधानिक र प्रक्रियागत विषयलाई सुल्झाएर मात्रै निर्वाचनमा जान उपे्रतीले सुझाएका छन् ।

  • परिवर्तन हुँदै शासकीय स्वरुप

     सोमबार, ११ बैशाख २०७४, १२ : ११ | अर्जुन सुवेदी

    शासकीय स्वरुप परिवर्तनका लागि पहिलो सर्त भने निर्वाचन नै भएको छ । त्यसमा पनि घोषणा भइसकेको स्थानीय तहको चुनावलाई नै सबैले शासकीय स्वरुप परिवर्तनको पहिलो सर्त मानेका छन् । शासकीय स्वरुप परिवर्तन हुनु भनेको नयाँ संविधानको पूर्ण कार्यान्वयन समेत हो । संविधानवीद् विपिन अधिकारी निर्वाचनतर्फ जनता आतुर रहेकाले तीन वटै निर्वाचन सम्पन्न भएपछि मात्रै संविधान कार्यान्वयनमा आउने बताउँछन् ।

    ‘आगामी माघ ७ भित्र तीनवटै तहको निर्वाचन गर्नैपर्ने बाध्यता संविधानले स्पष्ट पारिसकेको छ,’ अधिकारीले भने ‘निर्वाचन नभएसम्म अहिले संक्रमणकालीन व्यवस्था अन्र्तगत कामचलाउन ढंगले चल्छन्, रुपान्तरीत व्यवस्थापिका संसदलाई पनि संक्रमणकालीन व्यवस्था अन्र्तगत निरन्तरता मात्रै दिइएको हो ।’ त्यसपछि मात्र शासकीय स्वरुपमा परिवर्तन देखिने उनले बताए ।

    Read full news at http://www.nagariknews.com/news/18717/

  • कार्यान्वयनमा संविधानका उपलब्धि

     सोमबार, ११ बैशाख २०७४, १३ : २९ | प्रकाश तिमल्सिना

    ‘जनतालाई अधिकार सम्पन्न बनाउन र विश्वको बदलिँदो चासो सम्बोधन गर्न विश्वले नेपालको संविधानबाट सिक्नुपर्ने विषय समावेश गरिएका छन्,’ संविधानविद् डा. विपिन अधिकारी भन्छन्, ‘सबैभन्दा पछाडि संविधान बनेकाले नयाँ मान्यता लिपिबद्ध गर्ने अवसर नेपालले पाएको छ ।’ उनका अनुसार समावेशी र समानुपातिक सवालमा विश्वले नेपालको संविधानलाई नमुनाका रूपमा लिन सक्नेछन् ।

    समावेशी समानुपातिक प्रतिनिधित्वको हकमा धारा ४२ मा राखिएको व्यवस्था पनि अन्यत्र कुनै देशका संविधानमा उल्लेख नभएको संविधानविद् बताउँछन् । ‘सामाजिक न्यायअन्तर्गत धारा ४२ (१) मार्फत समावेशी र समानुपातिक प्रतिनिधित्वसम्बन्धी व्यवस्था अन्य देशमा छैन,’ डा. अधिकारी भन्छन्, ‘यो धारामा आर्थिक रूपले विपन्न, किसान, लोपोन्मुख तथा अल्पसंख्यक, किसानलाई क्लस्टर छुटाइएको छ, यो अन्य देशका संविधानमा छैन ।’ उनका अनुसार संविधानको धारा ४२ बाट विश्वले नै राज्यको निकायमा समावेशी र समानुपातिक प्रतिनिधित्व कसरी गर्ने सिक्न सक्छन् ।

    ‘संविधानको अनुुसूचीमा नै राखेर अधिकार बाँडफाँड गरी स्थानीय तहलाई बलियो बनाइएको सम्भवतः नेपालमा पहिला नै हो, यस्तो व्यवस्था अन्य देशमा छैन,’ अधिकारी भन्छन् ।

    राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेश आयोग, आदिवासी जनजाति आयोग, मधेसी आयोग, थारू आयोग, मुस्लिम आयोग नेपालको हकमा नौलो आयोगको रूपमा स्थापित गराइएको छ । ‘जुन रूपमा ‘ठूला जाति’ र समुदायलाई समावेश गर्न आयोग बनाइएको छ, यो नेपालका लागि पहिलो व्यवस्था हो । यी आयोगको जस्तै संवैधानिक हैसियत अन्य मुलुकमा छैन,’ डा. अधिकारी भन्छन् ।

    Read full news at http://www.nagariknews.com/news/18725/

  • Statute Amendment Proposal Risk Of Horse-trading In Parliament

    As the date for local elections approaches, the Nepalese political parties are bracing for a constitutional battle. The government has decided to put the fresh constitution amendment proposal to a vote today (Sunday) amidst a strong protest of the opposition. It decries that the contents of amendment are regressive and anti-nationalistic. Whether it will be endorsed or rejected by the parliament, it has already led the nation down a slippery slope. The discordant contents of amendment have implanted a feeling of social, political and territorial division in the psyche of the Nepalese people. Visibly, it smacks of pernicious geopolitical interests, disdain for grassroots democracy and disregard of election codes. The bickering over the amendment has poured cold water on the election momentum necessary to boost the participation of overwhelming number of voters in the ballot.

    A can of worms

    The first obvious danger is that it may open up a can of worms. We have a jumbo hung parliament with no party commanding a majority. The ruling coalition, a mélange of parties from ultra-left to ultra-right, falls short of a two-thirds needed to approve the Bill registered to meet the demands of regional/ethnic Madhesi parties and bring them to election. With a tussle between the ruling and opposition parties to endorse and scuttle it at all cost, a disgusting horse-trading is set in motion. The reports that the ruling alliance has already made a crack in the opposition front led by the UML, are pouring in. The government has claimed that three lawmakers from opposition camp have decided to vote for the amendment proposal. Nepal Pariwar Dal chairman and lawmaker Eknath Dhakal has shifted his allegiance and announced that he would cast vote for the amendment proposal so as to give a way out to the nation. Until a few days ago, Dhakal had argued that the UML’s stance against the amendment was in the interest of the nation. His volte-face has raised the eyebrows of many.

    With the announcement of poll, it is imperative for the government to extend all possible support to the Election Commission to implement the election code of conduct in letter and spirit. But the government’s decision to approve the statute amendment bill, unveil the fiscal budget two weeks ahead of the second round of election and hold the polls in two phases has called its motive into question. These issues have become very tricky, casting doubt on the prospect of a free, fair, impartial and peaceful election. No policy level decision should come once the polls are declared. Such a step will swing the public mood in favour of particular parties.

    Realising that these decisions will affect the impartiality of election, a group of reputed persons, including former EC chiefs and legal experts other day urged the incumbent EC officials to strictly enforce the code of conduct and reject the arbitrary steps of the government. They have taken serious exception to the amendment bid. “The statute is the main law of the land. The fairness of election comes into question when the statute amendment causes a political benefit or loss. This demands that the EC play its active role effectively to implement the code of conduct that is not a matter of choice but a mandatory provision,” they said in their memorandum submitted to the EC. These individuals include former chief election commissioners Dr Surya Prasad Shrestha and Nilkantha Uprety, former president of Constitutional Committee under the first Constituent Assembly Nilambar Acharya, former chairman of District Development Federation Krishna Prasad Sapkota, constitutional law expert Dr Bipin Adhikari and local self-governance experts Dr Hikmat Bista, Dr Mukti Rijal and Dr Shyam Bhurtel.

    They have also pointed out to another potential pitfall arising from the two rounds of elections. The government announced to hold the local polls in Province No. 1, 2, 5 and 7 at an interval of one month after the first round of poll slated for May 14. This is for allotting 10-day time for the addition of new voters to the voters’ list in the above provinces. But, this arrangement will violate the principle of equal voting right of the people living in Province No 3, 4, and 6. “This double standard employed to the people of different provinces is unacceptable. The provision to bring the government policies and programmes, and annual budget between the two phases of polls amounts to the violation of the code of conduct. There will be a risk of tipping the scales in the favour of ruling parties in the election. Thus, we disagree on holding the polls in two phases,” they said.

    General will

    The statute amendment proposal seeks to ensure the all-acceptability of the national charter by bringing the recalcitrant Madhesi forces on board. However, this lopsided approach has triggered a pertinent question: How can the statute become all-acceptable by excluding the main opposition, UML, and its allies from the amendment process? It will be another stupidity to keep out around 35 per cent out of the entire amendment process for the sake of fulfilling the interest of less than 10 per cent forces represented in the parliament. The UML argues that the amendment seeks to recognize Hindi as national language, bypass the central and provincial parliaments while fixing the boundaries of provinces and further relax the laws to obtain naturalised citizenship. The constitution is a document of broader compromise aimed at uniting the society, not splitting it. It should have rational cohesive elements based on the ‘general will’ and a national vision essential to enable the citizenry to lead a decent, happy and affluent life.