Category: Quotes

  • ‘China has filled vacuum left by India’

     Pro-China sentiments can be heard also among the Constitutional fraternity of Nepal

    After hours of brain-storming in Singha Durbar, Nepal’s new Foreign Minister and Deputy Prime Minister Kamal Thapa left for Delhi and a little later, an electricity outage reminded Nepal of the need to bring an end to the fuel blockade, which is Mr Thapa’s task in Delhi.

    But irrespective of Mr. Thapa’s success or failure in Delhi, Nepali diplomats and politicians say that India-Nepal ties are now damaged. Ramesh Nath Pandey, veteran diplomat and one of the longest serving Ministers in Nepal’s history, told The Hindu that the blockade had created a vacuum in the public mind which has been filled by China. “The blockade hurt Nepal’s supply lines but it also removed the visibility of India inside Nepal. Someone had to fill that vacuum that India left. China is now a psychological force in Nepal because of India’s support to the blockade,” Mr. Pandey said.

    Pro-China sentiments can be heard also among the Constitutional fraternity of Nepal.

    Bipin Adhikari, one of the foremost constitutional lawyers of Nepal, believes that the blockade has ended Nepal’s innocence: “India-Nepal relation is vast and has multiple dimensions. In comparison, Nepal-China ties are small. But after this blockade which has lasted more than two months, Nepal has become aware that it urgently needs an option beyond India. China provides an alternative to India and China has always treated Nepal with respect which is missing in India’s attitude to Kathmandu”.

    Sensing the public mood in Nepal, China moved fast and using massive pieces of machinery, cleared the path that connects Nepal with Tibet at the Tatopani crossing. This helped in reducing the sense of despair in Nepal. China has ensured a steady flow of essential commodities through the newly opened passages but has maintained total silence on India-Nepal ties during this period.

    Mr. Pandey believes that the blockade is rooted in Prime Minister Narendra Modi’s “South Asia First” policy. The blockade has conveyed that new reality of Delhi to countries like Nepal, Bangladesh, Maldives and others in South Asia which did not comprehend the full extent of the political change in India,” said Mr. Pandey.

  • Nepal: Election process for PM begins, Sushil Koirala refuses to resign

     Nepalese President Ram Baran Yadav Friday initiated the process for the election of a new prime minister by consensus within a week as per the advice of the incumbent Prime Minister Sushil Koirala. “As per the commitment I made publicly that I would quit immediately after the Constitution is promulgated, I would request the President to initiate to have my successor elected,” Koirala told the Parliament, soon after he overruled Deputy Prime Minister Bamdev Gautam’s insistence for his resignation during the cabinet meeting.

    Koirala subsequently called on the President to repeat the same plea. A communique issued by the President’s office said that the President has called for election of the Prime Minister through consensus as per Article 298 (2) of the Constitution, failing which the President would be invoke other clauses of the Constitution for election of a prime minister by a simple majority.

    An aide to the President told The Indian Express that Koirala’s refusal to resign will not make his position different from a “caretaker prime minister’s”.

    There were apprehensions that Koirala’s refusal would trigger a massive polarisation within the parties that will either stall altogether, or delay the election of K P Oli, chairman of the Communist Party of Nepal-Unified Marxist Leninist, and a front runner for the post.

    The new Constitution envisages the mandatory election of the prime minister within a week after the House is convened, that of the Speaker in two weeks and that of the President in four weeks. “The Prime Minister’s refusal to resign and propose the election of his successor is a political strategy, rather than an act of deference to the Constitution,” said Dr Bipin Adhikari, a constitutional lawyer.

  • ‘अन्तिम घडीमा ठूलै संकट’

     काठमाडौं- संविधानसभाबाट संविधान निर्माण गरेका अधिकांश देशले जारी हुने अन्तिम घडीमा ठूलै विरोध र संकट सामना गरेको इतिहास छ। सार्वभौम जनताको अपनत्वका लागि जनप्रतिनिधिबाट संविधान लेखिने भए पनि जारी गर्ने समयमा अल्पमतमा पर्ने पक्षले विरोध गर्ने गरेका छन्।

    अमेरिका, भारत, इन्डोनेसिया, बेलिभिया, केन्या, पूर्वी टिमोर, कम्बोडिया, इरिटि्रया, दक्षिण अफ्रिका, जर्मनी, फ्रान्स, इक्वेडर, नाइजेरिया, युगान्डालगायत करिब दुई दर्जन देशमा संविधानसभा गठन भएको थियो।

    ‘कम/बेसी होला तर संविधानसभाबाट संविधान जारी हुने बेला अधिकांश देशमा विरोध भएको छ,’ अन्तर्राष्ट्रिय संविधानका ज्ञाता डा. विपिन अधिकारीले नागरिकसँग भने, ‘तर धेेरै देशमा संविधान जारी भएपछि विरोधको स्वर कमजोर भएर गएका छन्, त्यसलाई थेग्न नसकेर कतिपय देश संकटमा पनि परेका छन्।’

    अधिकारीले अंग्रेज शासन हुँदा गठन भएको संविधानसभा हुँदै भारत र पाकिस्तान विभाजन भएको बताए। ‘देशमा मात्रै होइन संविधानसभाका सभासदसमेत विभाजित भए,’ अधिकारीले भने।

    केन्यामा संविधान जारी गर्ने समयमा ठूलै रक्तपातको अवस्थामा आयो। केन्याको सन् २००५ मा जारी गरेको संविधानमा असन्तुष्टि यति धेरै चर्क्यो कि संविधान नै फिर्ता लिनुपर्यो ।

    पछिल्लो समयमा विवादका बीच बोलिभियामा संविधान जारी भएको थियो। राष्ट्रपति इभो मोरालेसले बहुमतले नै संविधानको विषय पारित गर्न खोजेपछि विवादले ठूलो रूप लियो।

    आदिवासीलाई बढी अधिकार दिएको भन्दै युरोपेली मूलका बोलिभियालीले आन्दोलन गरेका थिए। तल्लो तटीय क्षेत्रका चारवटा राज्यको विरोधपछि अहिले स्वायत्ता हुने गरी व्यवस्था गरिएको छ।

    तल्लो तटीय क्षेत्रमा लामो समयसम्म सडक अवरुद्ध भएको थियो। संविधानसभाले बहुमतबाट पारित भएको धारालाई जनमत संग्रहबाट पारित गराउनुपर्योम। तर त्यसले पनि राम्रोसँग काम गर्न सकेन।

    केन्यामा संविधानसभाबाट उत्पन्न संकट यति चर्किएर गयो कि संविधानसभा नै विघटन गर्नुपर्ने अवस्था उत्पन्न भयो। राष्ट्रपति एबाई किवाकीको पार्टीले अधिकार कटौती गर्ने मस्यौदा पारित भएपछि त्यसलाई अस्वीकार गर्यो जसले केन्यामा राजनीतिक संकट निम्त्याएको थियो।

    विरोधका बीच संविधान जारी हुँदा पनि लामो समयसम्म टिकेका उदाहरण पनि छन्। अमेरिका र भारतमा संविधानसभाबाट जारी संविधानको लामो समयसम्म विरोध रह्यो। सविधानको कार्यान्वयन भनेको लामो प्रक्रिया पनि हो।

    अमेरिकामा संविधानसभाबाट १७८७ मा संविधान जारी भयो। ‘२ सय वर्षभन्दा बढी भयो। अमेरिकामा पहिलो संविधानमा सम्पत्तिको अधिकार बाहेक अन्य प्रजातान्त्रिक अधिकार थिएन। महिलाले भोट दिन पाउँदैनथे, अश्वेतहरूको किनबेच हुन्थ्यो। पछि एकपछि अर्को गर्दै मौलिक अधिकार थपिँदै गयो। संविधान विकासमुखी नहुनुको विकल्प छैन,’ अधिकारीले भने।

    अधिकारी नेपालको संविधान निर्माण प्रक्रियामा प्रजातान्त्रिक अभ्यासको अद्भूत प्रयोग भएको ठान्छन्। ‘अन्य देशको संविधानसभाबाट संविधान निर्माण गर्ने प्रक्रिया हेर्दा हाम्रो संविधानसभाले निकै प्रजातान्त्रिक ढंगले काम गरेको देखिन्छ,’ अधिकारीले भने, ‘नेतृत्वमा रहेको व्यक्तिको अक्षमता र राजनीतिक रूपमा निकै विभाजित भएकाले हामीले पहिलो संविधानसभाबाट संविधान जारी गर्न नसकेका हौं।’

  • At India’s door

     Article 138 of Interim Constitution upholds those commitments in a way. “Accepting the aspirations of indigenous ethnic groups and the people of the backward and other regions, and people of Madhesh, for autonomous provinces,” says the Article, “Nepal shall be a Federal Democratic Republic.” But it also accords power to decide federal structure to the CA. “The Constituent Assembly shall determine the number, boundary, names and structures of the autonomous provinces and the distribution of powers and resources, while maintaining the sovereignty, unity and integrity of Nepal… The final decision relating to the structure of state and federal system shall be made by Constituent Assembly.”

    Mahabir Paudyal

    Similar agreements have been made with Tamangs, Tharus, Limbus, campaigners of undivided Far-west and Brahmin/Chhetri and Dashnami community, each contradicting the provision of the other.

    None of the agreements, nor Article 138, says anything about number, boundaries and names of the federal provinces. They accept CA’s supremacy and accord it power to settle federalism issue and put sovereignty, national unity and territorial integrity above all else. All that the agreements say is that provinces shall be autonomous, which is no statement because every province in federal system is autonomous by nature. Agreements are silent about which districts should be incorporated into which provinces—the major bone of contention among the parties.

    Invoking one agreement will drag other into a mess. For example, you cannot address Limbus’ demand for Limbuwan (with Jhapa, Morang and Sunsari) and Madheshis’ call for incorporating them into Madhesh province at the same time. Nor can you agree to Tharuhat province without violating agreement made with undivided Far-west advocates. Implement one agreement and it will open a can of worms.

    “Political agreements are not binding in constitution making,” notes constitutional expert, Bipin Adhikari. “Save for the process, even CA is not obliged to follow Interim Constitution, let alone past agreements. It can chart its course according to its mandate.”

    On hindsight, all these agreements were meant to diffuse one after another violent protest escalating across the country in the name of identity. To escape the trap the government of the day would form talks team and had the agitating parties sign agreements to maintain peace, at least for time being. The biggest challenge in 2007 was to conduct Constituent Assembly election (already twice postponed) in 2008. It had become a competence issue for late Girija Prasad Koirala. He had signed the deal with Madheshi forces for the same purpose. He is said to have expressed ignorance about federalism even after he had agreed to it.

  • “शान्ति र संविधानका लागि २५ नागरिकको अपिल”

     संविधानसभाबाट संविधान जारी हुने समय आइपुग्दा मुलुकका विभिन्न भागमा हिंसात्मक भिडन्त र झडपहरू भइरहेका छन् । मुलुकका केही भाग लामो समयदेखि बन्दको मारमा छन् । कतिपय ठाउँमा अहिले पनि कफ्र्यू जारी छ र केही ठाउँलाई दंगाग्रस्त क्षेत्र घोषणा गरिएको छ । हिंसात्मक बन्दै गएको आन्दोलनका कारण जनधनको ठूलो क्षति भएको छ, आम सर्वसाधारणको दैनिक जीवन अत्यन्त कष्टकर बनेको छ र व्यक्तिको बाँच्न पाउने हक माथि गम्भीर असर परेको छ । यो जटिल परिस्थितिमा हामी तपसिलका व्यक्तिहरू सरकार, राजनीतिक दल, प्रदर्शनकारी र सरोकारवालाहरूको निम्न बिषयमा गम्भीर ध्यानाकर्षण गराउँछौं ।

    (१) मुलुकका विभिन्न भागमा भएको पहिचानको आन्दोलन र दलित, महिला, थारू, जनजाति तथा मधेशी समुदाय लगायतका उत्पीडित तथा उपेक्षित समुदायले उठाएका प्रतिनिधित्व, विभेद समाप्ति र सामाजिक न्यायका मागलाई संविधानसभाले निर्धारण गरेको संशोधनको बाटोबाट प्रभावकारी रूपमा सम्बोधन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने संविधान जारी गर्न ढिलाइ गरिनुहुन्न ।

    (२) संघीयताको सीमाङ्कन निश्चित सिद्धान्त र मापदण्डमा आधारित हुनुपर्दछ । जसले प्रत्येक नागरिकलाई ‘म कुन प्रदेशमा किन परें’ भन्ने प्रश्नको जवाफ आफंै दिन सकोस् । तसर्थ संघीयताको सीमाङ्कनमा अहिले देखिएको अन्योल तत्काल अन्त्य गर्ने जिम्मेवारी संविधानसभामा रहेका राजनीतिक दलहरूको हो । निश्चित मान्यतामा आधारित भएर स्पष्ट र पारदर्शी रूपमा संघीयताको रेखाङ्कन गरिएको अवस्थामा त्यसपछि आउने चुनौतीको सामना स्वयं संविधानले व्यवस्था गरेको संघीय आयोग र संसद्बाट हुनसक्छ भन्नेमा सम्पूर्ण राजनीतिक दलहरू विश्वस्त हुनुपर्दछ ।

    जतिसुकै गम्भीर र संवेदनशील मुद्दाहरूमा पनि वार्ताको माध्यमबाट समाधान खोज्न सकिन्छ भन्ने उदाहरण हाम्रा राजनीतिक दल स्वयं हुन् । तसर्थ यो विषम परिस्थितिमा सरकार, प्रमुख राजनीतिक दल र प्रदर्शनकारी शक्तिहरूबीच अबिलम्ब वार्ताको थालनी हुनुपर्दछ । यसलाई अनावश्यक प्रतिष्ठाको विषय नबनाउन, पहिला प्रदर्शन स्थगित कि संविधानसभाको प्रक्रिया स्थगित भन्ने नाममा संवादको हलो नअड्काउन दुवै पक्षमा अपिल गर्दछौं ।

    (३) संघीयताको वर्तमान सीमाङ्कनको बिरोधमा देशका विभिन्न भागमा भएका प्रदर्शनहरूमा सरकार र प्रदर्शनकारी दुवैतर्फबाट भएको हिंसात्मक बल प्रयोग एउटा अक्षम्य र असह्य सामाजिक अपराध हो । एउटा सभ्य लोकतान्त्रिक मुलुकको शासन पद्धति र पहिचान स्थापित गर्न पनि यस्ता घटनाको निष्पक्ष छानबिन जरुरी हुन्छ । तसर्थ, सुर्खेत, कैलाली, पर्सा, सप्तरी, बारा, रौतहट, जुम्ला लगायतका जिल्लामा भएका पछिल्ला हिंसात्मक घटनाको छानबिन गर्न अविलम्ब एक उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गरिनुपर्दछ ।

    (४) पहिचान, प्रतिनिधित्व, अधिकार र सामाजिक न्यायका लागि आन्दोलनरत दल, पक्ष र सरकारबीच तत्काल वार्ता शुरू हुनुपर्दछ । वार्ताको वातावरण निर्माण गर्न मुख्यतः तराई÷मधेशकेन्द्रित प्रदर्शनकारी दल र समूहले आन्दोलन स्थगित गर्ने र नागरिक सुरक्षा सुनिश्चित गर्दै नेपाली सेना यथास्थानमा फर्काइनु जरुरी छ ।

    (५) विरोध, प्रदर्शन र तिनको प्रतिवाद गर्ने नाममा मुलुकमा साम्प्रदायिक द्वेषको सञ्चार बढ्दै गएको अवस्थाप्रति हामी गम्भीर चिन्ता व्यक्त गर्दछौं । घृणा फैलाउने अभिव्यक्ति नदिन, कसैले यसो गरेको खण्डमा त्यसलाई प्रचारप्रसार नगर्न सामाजिक सञ्जाल प्रयोगकर्ता र आमसञ्चारमाध्यमहरूमा हामी अपिल गर्दछौं । सामाजिक सुसम्बन्ध कायम गर्ने दृष्टिकोणबाट समेत प्रेस काउन्सिल नेपाललाई सञ्चारमाध्यममा यस्ता सामग्रीको प्रयोग भए÷नभएका सम्बन्धमा नियमन गर्न अनुरोध गर्दछौं ।

    (६) सरकार र राजनीतिक दलले संविधान निर्माण प्रक्रियामा विभिन्न समुदायले उठाएका सरोकारलाई सत्ता र शक्तिको आडमा उपेक्षा गर्नु तथा प्रदर्शनकारीले जनताद्वारा निर्वाचित संविधानसभा बाहिर गएर मात्रै समाधान खोज्ने प्रयास गर्नु, मुलुकको दिगो शान्ति र उन्नति विरुद्धका काम हुन् । समुदायले उठाएका मुद्दाको गम्भीरतापूर्वक सुनुवाइ गर्न प्रमुख राजनीतिक दल र जननिर्वाचित संविधानसभा मार्फत आफ्ना विषयहरूको हल खोज्न प्रदर्शनकारी शक्तिहरूमा हामी अपिल गर्दछौं । लोकतान्त्रिक विधि, संविधानवाद, शान्तिपूर्ण राजनीति र सामाजिक न्याय सहमतिको साझा बिन्दु हुनुपर्दछ भन्ने हाम्रो माग छ ।

    (७) खासगरी मुलुकमा शान्ति प्रक्रियाको थालनी भएयताका विभिन्न सरकारले विभिन्न राजनीतिक दल र समुदायसँग गरेका सम्झौताको पालना अहिलेको विवादको पृष्ठभूमि रहेको छ । विगतमा गरिएका सहमतिहरूको सिद्धान्त र मर्मलाई आत्मसात् गरी अघि बढ्न जरुरी छ । (८) विरोध प्रदर्शनका क्रममा मृत्युवरण गरेका, घाइते र पीडित भएकाहरूको उच्च सम्मान गर्दै, उनका परिवारजनलाई तुरुन्तै राहत र सहयोग प्रदान गरिनुपर्दछ । त्यसैगरी विरोध प्रदर्शनका क्रममा हिंसा मच्चाउने, तोडफोड गर्ने र असंलग्न रहन चाहनेउपर आक्रमण गर्ने जस्ता ज्यादतीहरू तत्काल रोकिनुपर्दछ ।

    (९) विरोध र प्रदर्शनका क्रममा भएको गम्भीर मानवअधिकार उल्लंघनप्रति हामी गम्भीर चिन्ता प्रकट गर्दछौं । विशेषगरी बालबालिका, विद्यार्थी र गर्भवती महिलामाथि परेको समस्याप्रति गम्भीर हुन सरोकारवाला पक्षसँग माग गर्दछौं ।

    हस्ताक्षरकर्ता व्यक्तिहरू

    १) अरविन्दकुमार गुप्ता २) रत्नेश्वरलाल कर्ण ३) इन्द्र अधिकारी ४) प्राडा देवकुमारी गुरुङ ५) रामनारायण देव ६) शिव गाउँले ७) सत्यनारायण शाह ८) सुबोधराज प्याकुरेल ९)उद्धव प्याकुरेल १०) अनुराधा शर्मा अधिकारी ११) कपिल श्रेष्ठ १२) आशिक राम कार्की १३) बाबुराम गिरी १४) दुर्गा सोब १५) रेमबहादुर विश्वकर्मा १६) पदम सुन्दास १७) भक्त विश्वकर्मा १८) धर्मेन्द्र झा १९) पदम खतिवडा २०) मीनबहादुर शाही २१) विपिन अधिकारी २२) सुशील प्याकुरेल २३) कनकमणि दीक्षित २४) चरण प्रसाईं २५) गेजा शर्मा वाग्ले

    हस्ताक्षरकर्ताको तर्फबाटः शिव गाउँले)

  • संविधानले बोक्छ परिवर्तन

     सात प्रदेशको खाकाले असन्तुष्टि घटाएको छैन, तर विज्ञहरूले यो नक्शांकनलाई समन्वयात्मक संघीयताको रूपमा हेरेका छन्। संवैधानिक कानूनका विज्ञ डा. विपिन अधिकारी यसमा एकापसको साझेदारी र स्वस्थ प्रतिस्पर्धा भए प्रदेशहरू मजबूत हुने देख्छन्।

    १६ बुँदे सहमतिपछि संसद्बाट निर्वाचित प्रधानमन्त्री चाहने कांग्रेस, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको पक्षधर एमाले र प्रत्यक्ष निर्वाचित राष्ट्रपति बनाउनुपर्ने अडानमा रहेको एमाओवादी संसद्बाट निर्वाचित प्रधानमन्त्री कार्यकारी प्रमुख हुने प्रणालीमा राजी भए। विधेयकमा संघीयसभा र प्रदेशसभाका सदस्यहरूले चुनेको राष्ट्रपति राष्ट्राध्यक्ष हुने उल्लेख छ। प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई राष्ट्रपतिले कार्यकारी प्रधानमन्त्रीमा नियुक्ति गर्नेछन्। “दलहरूले शासकीय स्वरुपमा मध्यमार्गी बाटो लिएका छन्”, डा. अधिकारी भन्छन्, “दुई वर्षसम्म अविश्वासको प्रस्ताव लैजान नपाउने व्यवस्थाले सरकारलाई स्थिरता दिनेछ।” उनका अनुसार, अविश्वासको प्रस्ताव लैजाने क्रममै भावी प्रधानमन्त्रीको नाम प्रस्ताव गर्नुपर्ने संवैधानिक व्यवस्थाले यसअघि जस्तो १७–१७ पटक मतदान हुँदा पनि प्रधानमन्त्री चयन नहुने अवस्था रोक्नेछ। न्यायपालिकालाई एकीकृत राख्ने प्रावधानले न्यायालयमा राजनीतीकरण हुन नदिने अधिकारीको विश्वास छ।

    “सामाजिक, सांस्कृतिक र आर्थिक रूपमा अधिकारविहीन समुदायका लागि गरिएका मौलिक अधिकार यो संविधानको उल्लेख्य पक्ष हो।” कतिपय प्रावधान राज्यले आर्थिक रूपमा धान्नै नसक्ने खालका पनि भएको अधिकारीको बुझाइ छ। जस्तो, रोजगार सम्बन्धी हकमा, ‘प्रत्येक नागरिकलाई रोजगारीको हक हुनेछ’ भनिएको छ। विधेयकमा मर्यादित श्रमको अवधारणा अनुरूप सबै श्रमिकको आधारभूत अधिकार सुनिश्चित गर्दै सामाजिक सुरक्षा प्रत्याभूत गर्ने पनि उल्लेख छ। तर, अहिलेकै अवस्थामा सबैलाई रोजगारी दिन सकिनेमा सन्देह नै छ।

    “सच्याउनुपर्ने थुप्रै कुरा हुँदाहुँदै विधेयक संविधानमा परिवर्तन बोक्न सक्ने धेरै बुँदा छन्”, अधिकारी भन्छन्, “अब त्यही अनुसारको कानून बनाउन ध्यान दिनुपर्छ।

  • जातीय सीमांकन !

    संविधानविद् डा. विपिन अधिकारी खस–आर्य समुदाय असन्तुष्ट नहुने गरी आदिवासी जनजाति, दलित, मधेशी, महिला आदिलाई सशक्तीकरण गर्ने गरिको संवैधानिक व्यवस्था आजको आवश्यकता भएको बताउँछन्। जातीय प्रदेश नहुने गरि गरिएको प्रस्तावित सीमांकन आफैंमा राम्रो भए पनि यसमा उत्पीडित जातीय समुदायहरूको अधिकार सुनिश्चित हुने नदेखिएकाले सुधार गर्नुपर्ने उनको सुझाव छ। “एमाओवादीले जस्तो आरक्षण नभनी प्रतिनिधित्व बढाउने उपायहरूमा विचार पुर्‍याउनुपर्छ”, डा. अधिकारी भन्छन्। उनको नजरमा, प्रदेश–२ बाहेक अरू सबै प्रदेश सामर्थ्यको हिसाबले राम्रो बनेका छन्। राजधानी राख्ने र कार्यान्वयनमा जाने विषय चुनौतीपूर्ण भए पनि समाधान गर्नै नसकिने किसिमका समस्या नभएको अधिकारीको बुझाइ छ। सीमांकनमा चित्त नबुझेका समुदायको अधिकार निर्वाचन प्रणाली र मौलिक अधिकार मार्फत सुनिश्चित गर्न सकिने अधिकारी बताउँछन्। – सन्त गाहा मगर

  • Review Judicial Appointment Process

    An interaction organized by Transparency International Nepal (TIN) on 6 August 2015 focused on the appointment of justices in the judiciary.

    A paper by Dr Bipin Adhikari laid the ground for discussions on the prevailing practices of Nepal and some other countries.

    Issues highlighted during the discussion included the need to expand the scope and mandate of the Judicial Council (JC), the necessity of a separate wing for investigation of corruption in judiciary, publishing names of candidates shortlisted by the JC for public scrutiny, revamping the current parliamentary hearing system, abolishing the current practice of appointments based on political and other linkages, and strengthening the role of chief justice for stronger accountability and leadership in the judicial sector.

    JC member Ram Situala opined that the newly reorganized JC is initiating steps to bring in more integrity in the appointment process. TIN is drafting its recommendations to the JC.

  • स्वीकार्य संविधानको अवसर

     रामेश्वर बोहरा

    मस्यौदामा बाबु–आमामध्ये एक विदेशी नागरिक भएमा तिनका सन्तानले अंगीकृत नागरिकता पाउने व्यवस्था छ । त्यस अनुसार, बाबु–आमा दुवैले नेपाली नागरिकता लिएपछि मात्र सन्तानले वंशजको नागरिकता पाउँछन् । संवैधानिक कानूनविद् विपिन अधिकारी विदेशी बाबुबाट जन्मेको व्यक्ति नेपालमै बसेको भए पनि अंगीकृत नागरिकता नै पाउने बताउँछन् । “यसमा महिला र पुरुषबीचमा समानता भएन भन्ने कुरा उठेको छ” अधिकारी भन्छन्, “यो समानताको मात्र कुरा होइन, राज्यले देश पनि चलाउनुपर्छ, सार्वभौमसत्ता पनि जोगाउनुपर्छ, नागरिकता त्यसकै एक कडी हो ।”

    २०६२/६३ को जनआन्दोलन र त्यसपछिको मधेश आन्दोलनले स्थापित गरेको एउटा प्रमुख अवधारणा थियो– सामेलीपन । राज्यका हरेक तहमा पिछडिएका जाति, क्षेत्र र समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न समावेशीकरणको सिद्धान्त लागू गरियो । राजनीतिकदेखि राज्यका विभिन्न तहसम्म यसलाई अवलम्बन गरियो ।

    समावेशीकरणको यो अभ्यास पर्याप्त नभएकाले बढाइनुपर्ने आवाज उठ्दै आएकोमा संविधानको प्रारम्भिक मस्यौदा भने त्यसबाट पछाडि फर्केको छ । धारा २५५ को राष्ट्रिय समावेशी आयोग र धारा २५६ ले प्रस्ताव गरेको समावेशीकरण सम्बन्धी व्यवस्था त्यसको उदाहरण हो ।

    सीमान्तकृत समुदायहरूलाई कसरी राष्ट्रिय मूलधारमा समावेश गर्ने भन्ने समावेशीकरणको आधारभूत उद्देश्य हो । यो मूलतः दलित, आदिवासी जनजाति, मधेशी, महिला तथा अल्पसंख्यकसँग सम्बन्धित विषय हो । तर, संविधानको मस्यौदाले खसआर्य जाति, मजदूर, किसानलाई पनि समावेशीकरणको सूचीमा राखेको छ ।

    समावेशीकरणका आधार पहिल्यै तयार भइसकेका र सिद्धान्त समेत स्वीकार गरिसकिएको अवस्थामा प्रस्तावित व्यवस्थाले समावेशीकरणलाई समानुपातीकरण गरेको भन्दै विरोध भएको छ । संविधानको मस्यौदामाथि सुझाव संकलनका क्रममा पनि यो विषय चर्को रूपमा उठेको छ । समावेशीकरण चाहिएकाहरूलाई यसले सीधा असर पार्नेछ । महिलालाई खासै फरक नपारे पनि यसले दलित, मधेशी र जनजाति समुदायले पाउँदै आएको प्रतिनिधित्व घटाउनेछ । संवैधानिक कानूनविद् अधिकारी राज्य वा सत्तामा प्रतिनिधित्व नपाएको समूहलाई मूलधारमा ल्याउने समावेशीकरणको मर्मलाई यो व्यवस्थाले ध्वस्त पार्ने बताउँछन् । “खस आर्य जातिलाई समावेशीकरणको सूचीमा राखेपछि त्यो समावेशी नभएर समानुपातिक प्रतिनिधित्व हुन्छ”, अधिकारी भन्छन्, “यसले जनजाति, मधेशी वा दलित कहिल्यै प्रधानमन्त्री बन्न नसक्ने अवस्था ल्याउँछ ।”

    समावेशीकरण सधैंका लागि गरिने व्यवस्था नभएर आज मूलप्रवाहमा नभएकाहरूका लागि गरिएको विशेष व्यवस्था हो । भोलि मूलप्रवाहमा समेटिएपछि यसलाई निरन्तरता दिइरहनु पर्दैन । तर, मस्यौदाले प्रतिस्पर्धामा आफूलाई अब्बल प्रमाणित गरेका र प्रतिस्पर्धाबाटै राज्यका विभिन्न तहमा पुगिरहेका खसआर्य जातिलाई समावेशीकरणको सूचीमा राखेको छ ।

    संवैधानिक कानूनविद् अधिकारी समावेशीकरणको संवेदनशील मुद्दामा भागबण्डा गर्न नहुने बताउँछन् । “निर्वाचन प्रणाली र मौलिक अधिकारदेखि समावेशी आयोग सम्बन्धी व्यवस्थासम्ममा सुधार हुनुपर्छ”, अधिकारी भन्छन् ।

  • कार्यकारिणीको धङधङी

     –रामेश्वर बोहरा

    कानून निर्माण, नीतिगत सुधार र सरकारको सुपरीवेक्षणमा केन्द्रित हुनुपर्ने सांसद्हरूमा बजेट खर्च गर्ने कार्यकारी भूमिकाको हुटहुटी बढ्दा संसदीय अभ्यास नै कमजोर बन्दैछ।

    सरकारले २०७२/७३ को बजेट मार्फत सांसद्ले प्रत्यक्ष खर्च गर्न पाउने निर्वाचन क्षेत्र विकास कार्यक्रमको वार्षिक बजेट रु.१५ लाखबाट बढाएर रु.२० लाख तथा निर्वाचन क्षेत्रको पूर्वाधार विकास विशेष कार्यक्रम अन्तर्गत दिइने रु.१ करोडलाई बढाएर डेढ करोड पुर्‍याएको छ।जनस्तरको तीव्र विरोध बीच सरकारले बजेटमा गरेको यो व्यवस्थालाई सांसद्हरूले एकमतले स्वागत गरे।

    कानून निर्माण, नीतिगत सुधार र सरकारका कामकारबाहीको सुपरीवेक्षणमा केन्द्रित हुनुपर्ने जनप्रतिनिधिहरूले पैसामा देखाएको यो आसक्ति सांसद्हरूको मनोदशा दर्साउने पछिल्लो कडी मात्र हो।

    सांसद्ले आर्थिक लाभको आशा गर्न नहुने र सरकारले पनि बजेट/पैसा दिएर सांसद्को सहयोग लिने वा चूप लगाउन नहुने संसदीय प्रणालीको मर्म हो। अर्थात् संसद्ले गर्ने काम व्यवस्थापकीय हो, सरकारले कार्यकारिणी क्षेत्रको काम गर्छ।

    सरकारले लिने निर्णय र गरेका कामकारबाही सिद्धान्ततः उचित भए/नभएको र बजेट सदुपयोग भए/नभएको बारे सांसद्हरूले सरकारसँग जवाफदेहिता माग गर्न सक्छन्।

    “जोसँग जवाफदेहिता माग गर्ने हो, उसैसँग पैसा लिने हो भने संसदीय अभ्यास नै कमजोर हुन्छ” संवैधानिक कानूनविद् डा. विपिन अधिकारी भन्छन्, “खर्च गर्ने कार्यकारिणीको मापदण्डमा हो, विधायिकी मापदण्डमा खर्च गर्न थाल्ने हो भने त्यहाँ एक अर्काको क्षेत्राधिकारमा हस्तक्षेप हुन्छ, अनि विधायिकी अभ्यास कमजोर भएर शक्तिपृथकीकरणको मर्मलाई समेत कमजोर तुल्याउँछ।”

    एकथरीले भने पैसामा आँखा लगाउनु सांसद्को बाध्यता भएको तर्क गर्दै आएका छन्। उनीहरूका अनुसार जनताको आकांक्षा यतिसम्म चुलिएको छ कि, उनीहरू सांसद्बाटै सबै कुराको अपेक्षा गर्छन्।

    विधायिकाको निर्वाचनमा उम्मेद्वारले भोटका लागि विधि निर्माण हैन, स–साना विकास निर्माणका काम गरिदिने बाचा गर्नुपर्छ। वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी मतदाताको अपेक्षा अनुसार चल्नुपर्ने सांसद्हरूको बाध्यता भए पनि यस्तो अभ्यासलाई अनुचित मान्छन्।

    “हामीले निर्वाचनमा जस्तो पद्धति बसायौं, त्यसकै परिणाम हो यो” अधिकारी भन्छन्, “बाध्यता आफ्ना ठाउँमा होलान्। तर, यसले गर्दा बजेट कनिका छरे जस्तो हुने, उत्पादनशील क्षेत्रमा खर्च पनि नहुने खतरा हुन्छ।” भारतमा हुने संसदीय अभ्यासको देखासिकी गर्दै सांसद्हरूको हातमा बजेट थमाउन शुरू गरिएको हो।

    यो अभ्यास क्रमशः मौलाउँदै जानुमा लामो समयसम्म स्थानीय निकाय जनप्रतिविधिविहीन रहनु पनि अर्को कारण हो। स्थानीय निकाय र त्यहाँका जनप्रतिनिधि मार्फत सम्बोधन हुने मागको दबाब पनि सांसद्हरूमै पर्दा यो बेथिति झ्न् मौलाएको छ। संवैधानिक कानूनविद् डा. अधिकारी चाहिं सांसद्हरूलाई राम्रो तालीम र संस्कार नदिइँदाको परिणामस्वरुप संसदीय परिपाटी नै कमजोर बनेको ठान्छन्।