बीपी महेन्द्र सम्बादका प्रयासहरु

“अस्ति दुई गते रमेशले लेखेका थिए कि राजासँग भेटें । उनी २ महिनादेखि मलाई बारम्बार लेखिरहन्छन् कि मेरो तर्फबाट (इनिसिएटिभ) पदक्षेपण हुनुपर्छ । मेरो उत्तर हुन्थ्यो कि मेरो तर्फको (इनिसिएटिभ) को कुनै अर्थ हुँदैन जब अर्को तर्फबाट प्रतिक्रिया हुने कुनै लक्षण् देखिँदैन । २ गतेको रमेशको चिठीमा उनले भनेका छन् कि राजासँग भेटेपछि उनको यो आग्रह, कि मैले इनिसिएटिभ लिनुपर्छ, व्यावहारिक सल्लाह हो र राजाका तर्फबाट प्रतिक्रिया पनि हुन्छ भन्ने उनको विश्वास छ । उनले मेरो प्रतिक्रिया जानेपछि फेरि राजासँग भेट्छु भनेका छन् । सूर्यप्रसाद र टंकप्रसादहरुसँग पनि राजाको बराबर मुलाकात भएको खबर अखबारमा आएको छ । उनीहरु राजबन्दीको रिहाइ र नागरिक अधिकारको माग राखेर राजासँग भेट्छन् भन्ने खबर छ । यी सब दिलचस्प छन् ।”

बीपी कोइराला
जेल जर्नल
Facebook
Twitter
LinkedIn

Related Posts