नेपाली वास्तुकला, कलाकारिता र लोक परम्परा

मार्क ट्वेनको प्रशिद्ध उपन्यास 'एडवेंचर्स ऑफ़ द हकलबेरी फिन'को एउटा पात्र हो जिम I उ एउटा बँधुवा होI उसले हकलबेरीलाइ माया गर्दछ र उसकालागी नैतिक दुबिधाहरु पनि तेर्स्याई दिन्छ I जिमले भन्दछ माहुरीले मुर्खहरुलाई चिल्दैन I तर हकलबेरीलाइ त्यसमा विश्वास छैन। उसले धेरैपाली आफुलाई माहुरीले चिल्योस भनि प्रयास गर्यो I तर त्यसले उसलाई चिलेन I त्यसैले उसलाई पक्का विश्वास भयो जिमको कुरा सहि होइन I किनकि उ आफुलाई 'कन्फर्म' रुपमा मुर्ख मान्दथ्यो I

म मधेस बाट पहिलो पल्ट काठमाडौँ आउँदा बसबाट गौशालामा ओर्ल्हिएं I बेलुकी हुनै लागेको थियो I त्यो बस लहानबाट हाईस्कुलका विद्यार्थीहरुलाई शैक्षिक भ्रमणमा लिंदैआएको थियो I थानकोट बाट छिरे देखिनै काठमाडौँ मलाई धेरै राम्रो लाग्यो I नेपाली शैलीका लहरबद्ध घरहरु I संगै ललिता श्रेठ (अहिले गायिका) पनि थिइन I हामी दुबै मधेसेलाई न्युयोर्क म्यानह़ाट्टन पुगे जस्तै भएको थियो I त्यहाबाट सोध्दैसोध्दै दिदी (विणा उपाध्याय - जेठी फुपू)को घर मित्रपार्क तिर लांगे I दिदीले खाजा खान दिनु भयो I पेट टम्म भएपछी म दिदीको आँखा छली मिलिक्क गौशाला तिर फर्कें I कारण थियो - बाटोमा पर्ने जय बागेश्वरीको मन्दिर I अघि आउँदा देख्ने वितिक्कै मलाई मन्दिरले निम्ता दिए जस्तो लागेको थियो। दुइतिन फन्का लगाए पछि म फेरी फर्के I यताउति चहार्दा दिदीको घर छेउकै चारुमती विहार तिर ठोक्किन पुगें I त्यसपछि छेउकै चन्द्र विनायक मन्दिर (गणेस्थान) I काठमाडौँको एउटा नमुना केहि घन्टामै छर्लंग भएको थियो I त्यो नमुना थियो - नेपाली वास्तुकलाको I वास्तुकला भित्र के के छ ? त्यो त सोह्र सत्रह बर्खको ठिटोले बुझ्न सक्ने कुरा थिएन I तर वास्तुकलाको बाहिरी स्वरुप अद्वितीय मात्रै थिएन, त्यसले एउटा सभ्यताको परिचय दिन्थ्यो I त्यस्तो सभ्यता जुन संसारमा कतै छैन; थिएन I

नेपालीको सम्पदा चेतनाको इतिहाँस कति पुरानो छ? यस विषयका विज्ञले भन्न सक्लान I वास्तुकलाले आकार र प्रकार लिनुभन्दा पहिले कला–शिल्प र प्रविधिका परम्पराहरु सुरु भए होलान I चाँगुनारायण मन्दिर छैटौं शताब्दीमा बनेको हो I

सन् १८४५ को फेबु्रअरी ५ देखि मध्य मार्चसम्म नेपाल भ्रमण गरेका प्रुसिया (जर्मन साम्राज्य बन्नुभन्दा अघिल्लो अधिराज्य) का राजकुमार वाल्डेमरले ल्याएका कलाकारले उतारेको पेन्टिङमा बालगोपालेश्वर मन्दिर शिखर शैलीमा देखिन्छ। पाटनमा जन्मेका अरनिको (सन् १२४५-१३०६) ले चीनमा गएर आफ्नो वास्तुकला देखाएका थिए । उनि मार्कोपोलोक समकालीन थिए I अरनिको प्यागोडा शैलिको मन्दिरहरु निर्माण गर्ने दक्ष कलाकार हुन् । अरनिकोले बनाएको श्वेत चैत्यलाई मित्रताको प्रतीक मानिएको छ I उनले नेपाली वास्तुकलालाई चीन हुँदै कोरिया र क्योटोसम्म फैल्याए I युरोपमा औद्योगिक क्रान्ति सुरु भएकै थिएन I करिब ७०० वर्षअगाडिको कुरा हो I नेपालमा धातुकर्मी र मूर्तिकारहरूले वास्तुकला र मूर्ति-निर्माणमा अनेकौँ रासायनिक विधिको उच्चतम प्राविधिक क्षमता देखाइ प्रयोग गरि सकेका थिए I श्वेत चैत्य जाने बाटोको काठको द्वार, ढुंगाको सिंढी, चैत्यभित्रका तिकिझ्या, दिपंकर, शाक्यमुनि, मैत्रेय बुद्ध मूर्तिहरू, महाकाल, श्वेत तारा, हरित तारा, अवलोकितेश्वर, पौभा चित्रहरू र मुख्यतः श्वेत चैत्यको गजुर नेपाली कलाकारिता क उदाहरण हुन् । अरनिको ले बौद्ध दर्शन र प्रतीक सहितको वास्तुकला चीनमा लगे I शिद्धान्त समेत छिरेकोले उनको कलाकृति फैलिदै गएको हो I

नेपालकी रानी ललितत्रिपुरासुन्दरीले बनारसमा बनाउन लगाएको पशुपति मन्दिर यही नेपाली मौलिक शैलीमा छ I

[To be continued]