सरकारले लकडाउन गर्ने र खोल्नेबाहेक केही गर्न सकेनः सिटौला

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले कोरोना संक्रमण नियन्त्रणमा सरकार पुरै असफल रहेको आरोप लगाएका छन् ।

कोरोना संक्रमण नियन्त्रणका लागि भैरहेका प्रयासबारे प्रजातान्त्रिक प्राध्यापक संघले आयोजना गरेको भर्चुअल कार्यक्रममा नेता सिटौलाले ब्याङ्गात्मक शैलीमा भने ‘सरकारले कोरोना संक्रमण नियन्त्रणको ठाेस कदम चाल्नुकाे सट्टा लकडाउन लगाउन र खोल्ने बाहेक केही गर्न सकेन’ ।

नेता सिटौलाले कोरोना नियन्त्रणकमा केन्द्र सरकार पुरै असफल रहेको वताए । उनले पछिल्लो समय राजनीतिमा पैसा र पावरवाला मानिस छिराउने होडबाजी जस्तै चलेको भन्दै पार्टीहरू अब नेताहरुको परिवार र पैसावालाको कब्जामा पुगिसकेकाे बताए ।

उनले समानुपातिक समावेसिताको चरम दुरुपयोग भैरहेकाे भन्दै पैसा र पावरवाला ब्याक्तिलाई सत्ता र शक्तिमा ल्याउने काम भैरहेको आरोप लगाए ।

सिटौलाले भने शत्ताको वागडोर सम्हालिरहका ब्याक्तिले जनताको सेवक नभइ आफुलाइ शासकको रुपमा प्रस्तुत गरेकाे भन्दै राज्य सञ्चालकले सवैधानिक निकाय र कतिपय राज्यका स्वतन्त्र अंगहरुलाई कब्जामा लिएर नियन्त्रण गरेका कारण संविधानको प्रति जनताकाे भराेसा कम हुदै गएकाे र यसका मर्म विपरित ब्याख्या गर्दै संविधानकाे भावनालाइ समेत वंग्याउने र त्यसको दुरुपयोग भैरहेकाे आराेप लगाए ।

नेता सिटौलाले संविधानमा उल्लेख भएअनुसार सभामुख र उपसभामुख फरक पार्टीको हुनु पर्नेमा एउटै पार्टीको कब्जामा रहेको र लामो समयदेखि उपसभामुख नियुक्त हुन नसक्नु दुःखद रहेको बताए।

सिटौलाले भने ‘संवैधानिक परिषद्को सदस्य उपसभामुख हुने कानुनी ब्यावस्थामै उल्लेख गरिएकाे छ । तर सभामुख र उपसभामुख दुवै नेकपा सरकारकाे कब्जामा रह्याे । यतिवेला उपसभामुख पद रिक्त छ तर नियुक्त हुन सकिरहेको छैन’ । जसका कारण संबैधानिक परिषद् समेत अपूर्ण छ ।

यसले गर्दा संवैधानिक नियकायमा लामो समयदेखि नियुक्ति रोकिएको छ । नेकपा नेतृत्वकाे सरकारले संवैधानिक ब्यावस्था असफल पार्दै कानुनी राज्यकै उपहास हुने गरी गतिविधि सञ्चालन गरेकाे र राज्य व्यवस्थाको चरम दुरुपयोग गरिरहेको आराेप लगाए ।

सिटौलाले नेकपा सरकार राज्य संञ्चालनमा पुरै असफल भैरहेका बेला प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले समेत जनताका समस्या समाधानकालागि ठाेस पहल गर्न नसकेको स्विकार गरेका छन् ।

उनले भने सरकार पुरै असफल हुँदा जनताले कांग्रेसप्रति अपेक्षा गरेकाे छन्। तर हामी जनअपेक्षा अनुसार काम गर्न सकेका छैनाै । लाले कांग्रेसले जन अपेक्षा अनुसार आफ्ना गतिविधि सञ्चालन गर्न नसकेका कारण नेपाली कांग्रेस भित्र र वाहिर समेत अविस्वास बढदै गएको बताए ।

उनले सत्ता पक्षले संविधानलाई कुल्चेर असफल बनाउने षडयन्त्रमालागेको भन्दै नेता सिटौलाले संविधानलाई बचाउने र संशोधन गर्दै अगाडि बढाउने दायित्व काँग्रेसकै रहेको बताएका छन ।

कांग्रेसभित्र नेतृत्व परिवर्तनकालागि बैचारिक बहस सुरु भएको भन्दै काँग्रेसमा ठूलो परिवर्तनको आवश्यकता रहेको भन्दै सिट्टौलाले त्यसकालागि अब सवै लोकतन्त्रवादी शक्ति एकठाउँमा आउनु पर्छ र ती शक्तिलाई नेपाली कांग्रेसले एकताबद्ध गराउनु सक्नुपर्ने बताए ।

कार्यक्रममा संविधानविद् डा. विपिन अधिकारी र पुर्णमान शाक्यले संविधानका विविध आयाम तथा सक्रमण नियन्त्रणमा भैरहेका प्रयास र कमजोरीबारेमा आफ्नो धारण राखेका थिए ।

नयाँ विकल्प राजनीतिक ब्यूराे
नयाँ विकल्प
https://www.nayabikalpa.com/2020/09/13053
Facebook
Twitter
LinkedIn

Related Posts