यौन, योग र अनुभूतिहरु

“आज मैले हेभलक् एलिस / फ्रायड माथि एउटा निबन्ध पढें र आजै कताकताबाट योगको चर्चा हाम्रा बीचमा हुन पुग्यो । यौन (सेक्स) र योग मेरो अन्तरहृदयमा एउटा ध्वनि उत्पन्न गराउँछन् मानौं दुवै एउटै तत्व हुन् – अथवा यौनकै अर्को अभिव्यक्ति…

चीन – हिन्दुस्तान युद्धको विश्लेषण

“अहिले वृहत अन्तर्राष्ट्रिय क्षेत्रमा पनि हिन्दुस्तानको कमजोर नीतिले गर्दा चीनको हमलाको कठिन मुकाबिला गर्नुपर्दा हिन्दुस्तानमो शिर कुनै उँचा हुनपुगेको छैन । हिन्दुस्तान पछि हट्तै छ । नेपालमा राजापक्ष हिन्दुस्तानको अहिलेको अप्ठयारो स्थितिमा मनमनै बडो खुसी होला ।” “हिन्दुस्तानलाई एउटा ठूलो…

बढ्दो गरिबीको समस्या

 ”आज रिची काल्डरको एउटा पुस्तक ‘कमन्सेन्स एबाउट अ स्टार्भिङ्ग वोर्ल्ड’ पढें । सानो पुस्तिकामा वर्तमान क्षुधाको समस्यामा राम्रोे विचारको प्रतिपादन गरेको छ । उनको भनाइअनुसार, मानवजातिको अहिलेको सबभन्दा ठूलो समस्या जनसंख्याको असाधारण गतिबाट भइरहेको वृद्धि हो । अब २० वर्षमा…

नेपाली कांग्रेसको हिन्दुस्तान आश्रित आन्दोलन

“दुई वर्ष हुन लागिसक्यो हामी थुनिएको, बाहिरका साथीहरुले आफ्नो सामथ्र्यअनुसार भरमग्दूर गरिरहेका छन्, तर प्रभावकारी एक्सन हुनसकेको छैन ।” “बाहिरकाले आफ्नो सारा अण्डाहरु एउटै टोकरी हिन्दूस्तानमा राखेकाले पनि हाम्रो आन्दोलनमा केही कमजोरी आएको छ । हिन्दूस्तानमा मात्र पूरा भर पर्दा…

बाहिरियाले नबुझेको राजाको ‘लाइन अफ एक्सन’

“राजाको लाइन अफ एक्सनलाई बाहिरकाले नबुझेको जस्तो लाग्छ । त्यसो हुनाले बाहिरकाले आफ्नो कार्यक्रम परिस्थिति अनुकूल बनाउन सकेनन् जस्तो हामीलाई यहाँ [जेलमा] लाग्छ ।” “हिन्दूस्तान त पूर्ण रुपले बेवकुफ बनेको छ ।” “राजामाथि केवल शारीरिक बलको मात्र दवाब पर्न सक्छ,…

अवैधानिक सरकारसंग पत्र–व्यवहार उचित हुन्छ ?

“गृह–सचिवले सरकारी रुपैयाँका बापत मलाई सोधेर चिठी लेखेको छ । प्रधानमन्त्री छँदा चीन र संयुक्त राष्ट्रसँग जाँदा लिएको खर्चको पूरा विवरण मेरो निजी सचिवले दिउको छैन रे । म यहाँबाट यस सम्बन्धमा के भन्न सक्छु र ? मलाई यस सम्बन्धमा…

वैदेशिक साहित्यमा बीपी कोइराला

“स्टीफेन ज्वीगको मेरी आण्टोएनेट आज सिध्याएँ । अत्यन्त रोचक जीवन–चरित्र रहेछ । ज्वीगले बडो सहानुभूतिले आन्तोएनेटको चरित्र वर्णन गरेको छ । एउटी साधारण नारी, इतिहासको असाधारण अवस्थितिमा आण्टोएनेट कुनै उल्लेखनीय रानी हुने थिइन् तर इतिहासको असाधारण परिस्थितिमा परेर त्यस साधारण…

राजाले किन ‘कु’ गरे ?

‘धरणीधर दाइले [पत्र लेखेर] राजा र ममा सुलह हुन सके – वहाँबाट सुलह गराउन सके कत्रो राम्रो कुरो हुने थियो भन्ने संकेत गर्नुभएको छ । कस्तो सुलह? म अचानक, मेरा साथीहरुका साथ गिरफतार गरिएँ, अचानक देशमा एक व्यक्तिको हुकुमी शासन…

फेब्रुअरी १९६१: रानी एलिजावेथको आगमन

“रानी एलिजावेथको आगमनको चहलपहल थियो । यहाँका मानिसहरुलाई बडो उत्सुकता थियो उनको आगमनमा । उनी आइन्, गइन् । फेरि काठमान्डौले आफना साधारण दैनिक जीवन अख्तियार गर्यो । एलिजावेथको आगमनले पैदा गरेको हलचलको सानो लहर हामीसम्म पनि आयो; हामीलाई गार्ड गर्ने…

सैनिक शासनमा प्रजातन्त्र दिवस

“प्रजातन्त्र दिवस यसपालि सरकारी पक्षबाट बडो धूमधामसँग मनाइयो रे– एउटी कूलटाले पतिव्रताको स्वाँग गरेजस्तो, तर यसले पनि मलाई सन्तोष दियो, किनभने यो एउटा नयाँ पुष्टि थियो पुरानो भनाइको कि अधर्मले देखावटी अनुशरण गरेर धर्मको बडप्पनलाई स्वीकार गर्छ । आज जुन…

Protected by Security by CleanTalk