धर्म भन्नाले दैवि शक्ति, परमात्मा अथवा अदृश्य शक्तिमा गरिने विश्वास र त्यस्ता शक्तिहरू सँग सम्बन्धित नैतिक आचरण, व्यवहार, मूल्य तथा मान्यता, सङ्घ संस्था, तथा पुरातन बिधिहरू पर्दछन्। श्री विन्ध्यवासिनी अधिकारी समाजले धर्म मन्थन लाइ विशेष महत्व दिन्छ । यो कार्य बाट ज्ञान, विवेक तथा सद्बुद्धि प्राप्त गर्न मदत पुग्दछ । श्री विन्ध्यवासिनी को मन्दिर यस कार्य का लागि सर्वोचित स्थान हो ।
बृहद अर्थमा कसैले धर्मलाईब्रम्हाण्ड र मानवको संबन्ध बारे सम्पूर्ण उत्तर मान्ने गर्दछन् । कहिलेकाहिं आस्था अथवा विश्वास जस्ता शव्द पनि धर्मकै अर्थमा प्रयोग गरिन्छ। धर्म भनेको जिव वा मानवको स्वभाविक गुण हो। मानव सँस्कृतीको विकाश सँगै धर्मको अर्थ समाज र ब्यक्ति अनुसार फरक फरक पाइन्छ। कहिलेकाहीं, "धर्म" शब्दलाई "संगठीत धर्म"को रूपमा पनि हेर्ने गरिन्छ। संगठीत धर्म भन्नाले त्यस्ता मानिसहरूको समुहलाई जनाउँछ जसले सँयुक्त रूपमा एउटै धर्म सँयुक्त रूपमा पालना गर्दछन्। यस्ता संगठनहरूलाई कहिलेकाहीं कानूनी अस्तित्व पनि प्राप्त हुन्छ। संसारमा मानिसहरू बिभिन्न किशिमका धर्महरू पालना गर्दछन्। ती मध्ये जनसंख्याको हिसाबले एउटा प्रमुख धर्म हिन्दू धर्म हो। नेपालमा हिन्दु, बौद्ध र किराँत धर्म कतिपय अवस्थामा एक अर्कासंग मिश्रित रुपमा ब्यक्त गरिएको पाइन्छ ।
ज्ञानको श्रोत भनेका धार्मिक गुरु, धार्मिक ग्रन्थ, अथवा आत्मज्ञान हुन्। धर्मको कुनै सिमा हुँदैन र यसले हरेक प्रश्नको उत्तर दिने कोशिस गर्दछ। केही धार्मिक ब्यक्तिहरूका अनुसार यस्तो तरिका बाट प्राप्त ज्ञन नै सत्य ज्ञान हो जुन गलत सावित गर्न सकिंदैन। धार्मिक ज्ञान धर्म तथा सम्प्रदाय अनुसार अलग अलग हुन सक्छ। हामि समस्त अधिकारी समाजलाई धर्म मन्थनमा आकर्षित गर्न चाहन्छौं ।