समाजको उद्येश्य
श्री विन्ध्यवासिनी अधिकारी समाज काभ्रेपलाञ्चोक जिल्ला स्थित दाप्चा—बुच्चाकोट पुख्र्यौली थलो भई सिरहा जिल्ला लगायत मधेस वा पहाडका विभिन्न भागहरु तथा देश विदेशमा फिजिएका प्राचीन खस जातिका अधिकारीहरुको समाज हो । यो एक गैरसरकारी संस्थाका रुपमा रहेको छ । यसलाई वि.सं. २०६६ मा काठमाण्डौ जिल्ला प्रशासन कार्यालयमा दर्ता गरिएको छ ।
कश्यप गोत्रीय मानिएका यी अधिकारीहरुको आराध्य कुलदेवी माता विन्ध्यवासिनी हुन् । परम्परागत रुपमा यी सबै अधिकारीहरु खस जातिले मानिआएका विभिन्न मष्ट देवीदेवताहरु मान्दछन् ।
यो अधिकारी समाजले यस कूलका सबै अधिकारीहरुलाई एकअर्कासँग जोड्न खोजेको छ । आफ्नो रीतिथिति र परम्परालाई निरन्तरता दिन संगठनात्मक रुपमा काम गर्ने उद्देश्यले यो समाजको सिर्जना गरिएको हो ।
हाल विभिन्न देश–विदेशमा छरिएका यस वंशका आफन्त, बन्धु–बान्धवबीच सम्पर्क र समन्वय कायम राख्न नसकिएको परिस्थितिमा सो गर्दै पारिवारिक वंशावली बनाउन वा परिमार्जन गर्न समेत जिम्मेवारी नलिई नहुने अवस्था आएको छ ।
यसैगरी अधिकारीहरुले मान्दै आएका सबै देवीदेवता तथा परम्पराको निर्वाह एवम् संरक्षण गर्नका लागि सिरहा जिल्लाको पदमपुरमा २०६२ सालदेखि मन्दिर स्थापना भई कुल एवं पारिवारिक धर्म परम्पराअनुसार पूजाअर्चना लगायतका विषयहरुको व्यवस्थापन भई आएकोमा सो कार्यलाई अझ नियमित तथा व्यवस्थित गर्न यो समाजको स्थापना गर्नु झनै आवश्यक हुन गएको छ । यस मन्दिरलाई सबै अधिकारीहरुको आर्थिक, सामाजिक तथा नैतिक संरक्षण प्राप्त होस् भन्नाका लागि पनि यो समाज अस्तित्वमा आउनु जरुरी थियो ।
अतः यो समाजले अधिकारी परिवारलाई एकअर्कासँग जोड्दै यस साझा मन्दिरलाई चीरकालसम्म संरक्षण र संवद्र्धन गर्न तथा तथा उपर्युक्त सबै उद्देश्यको लागि आर्थिक स्रोतको समेत व्यवस्था गर्न यस विन्ध्यवासिनी अधिकारी समाजको स्थापना भएको हो ।
यस समाजको उद्देश्यहरु यसप्रकार छन्ः
(क) सिरहा जिल्लाको पदमपुर गाउँ स्थित कुलदेवी विन्ध्यवासिनीको मन्दिरको व्यवस्थापन, संरक्षण तथा सम्बद्र्घन गर्ने ।
(ख) अधिकारी कुल–परम्पराबमोजिम मन्दिर भित्र नित्य बिहान–बेलुका पूजा, आरती वा आवश्यकता अनुसार पूजा, अर्चना वा धर्म संस्कृित सम्बद्र्घनात्मक कार्य गर्ने ।
(ग) परम्परागत विधिद्वारा हरेक तीन वर्षमा देवाली पूजा वा मस्टोपूजन सम्पन्न गर्ने ।
(घ) दैवी एवम् अन्य कारणले विपत्तिमा परेका र अन्य असहाय र बालबालिका, वृद्घ र महिलालाई समाजको हैसियत अनुसार आर्थिक र मानवीय सेवा प्रदान गर्ने ।
(ङ) अधिकारी परिवार तथा आफ्ना चेलीबेटीलगायत सम्बन्धित सबैको बृहत्तर एकताका लागि विभिन्न धार्मिक, सामाजिक तथा साँस्कृतिक कार्यक्रम गर्ने ।
(च) वंशावली बनाउने साथै परिमार्जन गर्दै जाने ।
(छ) यो समाज मुनाफारहित उपरोक्त बमोजिम अधिकारीहरुका कुल–परम्परा निर्वाह गर्ने साँस्कृतिक संस्था हुनेछ ।
Last modified: October 16, 2015