बाधा अड्काउ फुकाउमा दुई वकिलको बहस

 नयाँ सरकारको गठनमा संवैधानिक अड्चन देखिएको भन्दै बाधाअड्काउ फुकाउने आदेश गर्न सरकारले राष्ट्रपतिलाई गरेको सिफारिसप्रति मतभेदहरु देखा परेका छन्।

सरकार गठनको प्रावधान संविधानको संक्रमणकालिन व्यवस्थामा नभएको भन्नेहरु वाधाअड्काउको पक्षमा देखिएका छन्। तर कतिपयले अविश्वासको प्रस्ताव व्यवस्था गर्ने संविधानले नयाँ सरकारको परिकल्पना गर्दैन भन्नु गलत भएको तर्क गरेका थिए। उनीहरुले भने बाधाअड्काउ फुकाउ आवश्यक नभएको तर्क गर्छन्।

संविधानविद विपिन अधिकारीले त संविधानको अपमान गरेको आरोप नै लगाए।संविधानलाई नेताहरुले आफ्नो स्वार्थअनुसार प्रयोग गरेर ‘पंगु’ बनाएको उनको भनाई छ।

‘संविधानका धाराहरु बाझिएका कारणले काम कारबाही रोकिएका भए पो अड्चन आउने हो, यहाँ त पुरानो सरकार अविश्वास पाएपछि नयाँ सरकार गठन हुने जस्तो सामान्य र स्पष्ट व्यवस्थामा समेत बाधा अड्काउ फुकाउने भन्छन्,’ उनले भने,‘नेताहरुले आफ्नो इगोका कारण संविधानलाई पंगु बनाउने भए।’

संविधानमा देखिएको अड्चन फुृकाउन मात्रै बाधा अड्काउन फुकाउने आदेश गर्न सकिने व्यवस्था संविधानको धारा ३०५मा छ।

अधिकारी भने संसद अधिवेशन चलिरहेका बेला बाधाअड्काउ फुकाउने आदेश गर्नुजस्तो लज्जास्पद कुरा केही भनएको तर्क गरे।

‘संसदको अधिवेशन नचलेका बेला मात्रै बाधाअड्काउ फुकाउने आदेश गर्ने भन्ने आधारभुत सिद्धान्त हो यहाँ त्यो पालना भएको देखिएन,’ उनले भने, ‘सरकारले अविश्वासको प्रस्तावपछि आफ्नो फेस सेभिङका लागि यस्तो निर्णय गरेको हो, तर यो धेरै अनावश्यक थियो।’

संक्रमणकालिन अवस्थामा नयाँ सरकार गठनको परिकल्पना संविधानले नगरेको तर्क गर्दै आएका संविधानविद आचार्यले भने,‘नयाँ सरकार बनाउने ठाउँ थिएन नभएपछि समाधान त खोज्नुपथ्र्यो,संविधान संसोधनको बाटो लामो हुन्थ्यो त्यसैले बाधा अड्काउ फुकाउने आदेश गर्नु ठिकै हो।’

संविधानविद अधिकारी भने, नयाँ सरकार गठन गर्ने व्यवस्था छ छैन भनेर गरिएको बहसलाई नै अनावश्यक ठान्छन्।

‘बहुदलिय व्यवस्थमा अविश्वासको प्रस्ताव पारित भएपछि नयाँ सरकार बन्ने कुरा आधारभुत नियम हो,’ उनले भने,‘यति सामान्य कुरामा यत्रो बहस आवश्यक नै थिएन।यसले संविधानप्रतिको जनविश्वासमा कमि ल्याउँछ।’

संविधान देशको सर्वोच्च कानुन भएकाले यसप्रतिको जनताको विश्वास बलियो हुने संविधानविदहरु बताउँछन्। तर यसलाई राजनीतिक स्वार्थको लागि अनावश्यक प्रयोग गरियो भने यसले जनविश्वास पनि गुमाउदै जाने अधिकारीले बताए।

‘संविधानप्रति आस्था र विश्वास चाहिन्छ हाम्रा राजनीतिक नेता र दलहरु भने कसैलाई जिताउने र हराउने खेलमा संविधानको अनावश्यक प्रयोग गर्छन्,’ अधिकारीले भने,‘वकिलले आफ्नो पक्षको झगडीया जिताउनका लागि गर्ने तर्क जस्तै राजनीतिज्ञहरुले तर्कवितर्क गर्न थाले। उनीहरु नै संविधानलाई लिएर झगडीया झैँ बाझ्न थाल्ने हो भने जनताले संविधानमाथि कसरी विश्वास गर्ने?’

प्रकाशित मिति: सोमबार, साउन १०, २०७३

डा. विपिन अधिकारी
http://setopati.com/raajneeti/50296/
http://setopati.com/raajneeti/50296/
Facebook
Twitter
LinkedIn

Related Posts