राजा महेन्द्रले हिरासतमा लिएको ठीक दुई महिनापछि बीपीले जेल–जर्नल लेख्न सुरू गरेका हुन् । नेपाली क्रान्तिको उद्देश्य, राजनीतिक, आर्थिक, सामाजिक तथा विकाससम्बन्धी चुनौतीको अवस्था, बीपीको वैचारिक धरातल, सहयात्रीसँगको अन्तर्सहयोग, भाषा, धर्म, प्रकृति, साहित्य, कूटनीति, अध्यात्म तथा राष्ट्रिय जीवनका विविध पक्षहरूबारे बीपीका विचार तथा टिप्पणी यसमा परेका छन् ।

विश्व कारागार साहित्यमा बीपी कोइरालाको जेल जर्नलको विशेष महत्त्व छ । नेपाली भाषामा २०५४ मा जगदम्बा प्रकाशनबाट प्रकाशित बीपीको आत्म संवादको रूपमा लिपिबद्ध कृति जेल–जर्नल विश्वजेल साहित्यमा एउटा उल्लेखनीय कृति हो । उनको अंग्रेजीमा लेखिएको २०३३–३४ को पछिल्लो जेल डायरीको नेपाली अनुवाद फेरि सुन्दरीजलले पहिलो प्रयासलाई अझ सार्थक बनाएको छ ।

उपरोक्त दुवै जेल डायरीलाई दुई वर्षअघि प्रकाशित ‘बीपी कोइरालाको डायरी (२००८–२०१३) ले पूर्वाधारको काम गर्दछ । २००७ सालको नेपाली क्रान्तिको वास्तविक सूत्राधारका रूपमा सक्रिय राजनीतिमा रहँदा लेखिएको यो पछिल्लो डायरीले क्रान्ति पछिको राजनीतिक विकासमा बीपीको संघर्षशील सक्रियता, सत्ता अन्तर्द्वन्द्व, योग्यता, धैर्य, आक्रोश र कमिकमजोरीलाई विविधरूपमा व्यक्त गरेको छ । यसमा बीपी भन्छन्, ‘जब म मेरो व्यक्तिगत खुसी र सन्तोषको कुरा सोच्छु, मलाई मेरो नैतिक अस्तित्वमा केही अभावको बोध हुन्छ ।’

वास्तवमा, बीपीको बारेमा बीपी आफैभन्दा अरूले लेखेका विषय नै मूल प्रवाहमा रहेको नेपालको लामो इतिहास छ । यो इतिहास विद्वेषपूर्ण वा आग्रह र पूर्वाग्रहहरूको रूपमा बीपीप्रति लक्षित भएको बुझ्न सकिन्छ ।पञ्चायत प्रणालीले बीपीका बारेमा ‘मिसइन्फोर्मेसन क्याम्पेन’ नै चलाएको थियो ।

त्यसबेला लेखिएका सन् १९६६ को भुवनलाल जोशी तथा लिओई. रोजको ‘डिमोक्रेटिक इन्नोभेसन्स इन नेपालः अ केस स्टडी अफ पोलिटिकल एकल्चरेसन’ जस्तो सीमित पुस्तक तथा विश्लेषणहरू बाहेक धेरैले बीपीलाई न्याय गर्न नसकेको स्पष्ट परिस्थितिमा यी प्रकाशित डायरीहरूले बीपीलाई बुझ्न ठूलो भूमिका निर्वाह गरेका छन् ।

बीपीकै वरिपरि उनको विचारलाई निस्क्रिय पार्ने राजनीतिक अनुयायीहरूको सक्रियता रहेको उनको जेल डायरीका सम्पादक गणेशराज शर्माको स्पष्टोक्ति छ । बीपी स्वयंले आफ्नो मृत्युपछि नेपाली काङ्ग्रेसमा आफ्नो भूमिकाको बारेमा व्यापक भ्रम सिर्जना गर्ने प्रयास हुने तथा घटनाहरूलाई बङ्ग्याएर इतिहासको व्याख्यागरिने सम्भावनातर्फ औंल्याएको जेल–जर्नलको भूमिकामा स्पष्टरूपमा उल्लेख गरिएको छ ।

धेरै महत्त्वपूर्ण व्यक्तिहरूले कारागारमा छँदा आ–आफ्नो डायरी लेखेर समयको सदुपयोग गरेको पाइन्छ ।ज्याक अब्बोट्ट, जेफ्री आर्चरका कारागारका डायरीहरू प्रसिद्ध छन् । ज्याक अब्बोट अमेरिकी अपराधी तथा लेखक थिए । उनको सन् २००२ मा मृत्यु भयो । आर्चर पूर्व राजनीतिज्ञ तथा अंग्रेजी उपन्यासकार हुन् । उनी सन् १९६९–१९७४ को अवधिमा बेलायतका संसद सदस्य थिए । एउटा वित्तीय जालझेलका कारण उनी दामासाहीमा परे । यी दुवै लेखकहरूको जेल डायरी आज अत्यधिक चर्चामा रहेको मानिन्छ । अमेरिकी उपन्यासकार नर्मन मेलरले ज्याक अब्बोटको जेल डायरीलाई धेरै प्रशंसा गरेको पाइन्छ ।

यी लेखकहरू बीपी कोइरालाजस्तो ठूलो विषद् राजनीतिक संघर्ष भएको बहुआयामिक व्यक्तित्व होइनन् । बीपीका डायरीहरूले कसैको डायरी वा कारागार पत्राचारबाट प्रभावित भएर आफूले डायरी लेखन गरेको उल्लेख गरेको पनि देखिँदैन । तथापि यस क्षेत्रमा धेरै स्थापित नाउँहरू पनि छन् ।

हो ची मीन्हको चिनियाँ भाषामा लेखिएको ‘प्रिजन डायरी’ तथा हिटलरको ‘मेन क्याम्फ’ लाई उदाहरणका रूपमा लिन सकिन्छ । हो ची मीन्हको डायरी प्रसिद्ध छ । उनी भियतनामका सबैभन्दा प्रसिद्ध मार्क्सवादी–लेलिनवादी राजनीतिज्ञ हुन् । उनी फ्रेन्च पनि बोल्दथे । भियतनामलाई लामो संघर्षद्वारा फ्रान्सबाट स्वतन्त्र गराएका उनको दर्जनौ छद्म नाउँ थिए । दक्षिणी भियतनामको व्यापारिक सहर साइगनलाई आजकल ‘हो ची मीन्ह सिटी’ भनिन्छ ।

एउटा राजनीतिज्ञका रूपमा कम्युनिष्ट पार्टीको शासनलाई देशमा अनन्तकालका लागि संस्थागत गर्ने हो ची मीन्ह राजनीतिक स्वतन्त्रताको अर्थमा महत्त्व राख्दैनन् तर चीनका माओ त्से तुङजस्तै बलिया राष्ट्रवादी मानिन्छन् । उनको चिनियाँ भाषामा लेखिएको ‘जेल डायरी’ कारागारभित्रको परिस्थिति, कूप्रशासन, शोषण र दमन तथा भियतनामको विविध विषयसँग सम्बन्धित छ ।

तुलनात्मक रूपमा बीपीका दृष्टिकोणहरू धेरै उदार धरातलमा आधारित छन् र बलिया तथा सिद्धान्त प्रेरित पाइन्छन् । हो ची मीन्हले कविताको माध्यमबाट आफूलाई व्यक्त गरे । बीपीले इतिहास, साहित्य, दर्शनशास्त्र तथा प्रजातान्त्रिक चिन्तनका आधारमा आफ्नो अभिव्यक्ति दिएका छन् ।

त्यस्तै नवमार्क्सवादका चिन्तक एन्टोनियो ग्राम्शीको ‘जेल डायरी’ पनि धेरै प्रसिद्ध छ । उनी इटलीका कम्युनिस्ट पार्टीको संस्थापक, मार्क्सवादको सिद्धान्तकार तथा प्रचारक थिए । एन्टोनियो ग्राम्शीलाई मुसोलिनीले ६ वर्ष थुनामा राखे । यसैबेला उनले आफ्ना नोटबुकहरू लेखेका थिए । मुसोलिनीको राज्यलाई एउटा फासिष्ट राज्यको रूपमा लिइन्छ । नेता अधिनायकवादी तथा राज्य फासिष्ट भएपछि के बाँकी रहन्थ्यो? थुनिएका ग्राम्शीले जेलमा रहुञ्जेल पुँजीवादी राज्यको वितन्डाका बारेमा डायरी लेखे।

बुद्धिजीवीदेखि सांस्कृतिक आधिपत्यसम्मका कुरा उनले लेखेका छन् । बीसौं शताब्दीका प्रारम्भिक चार दशकको अवधि दक्षिणपन्थी फासिष्ट विचारधारासँग जुध्ने तथा साम्यवादको पक्षधरताको प्रयासका लागि प्रसिद्ध छ । ग्राम्शीले कारागारमा छँदा ३० वटा नोटबुक र तीनहजार पृष्ठ जति इतिहास विश्लेषण तथा आफ्नो दृष्टिकोण लेखेका थिए ।

दर्शनको क्षेत्रमा ग्राम्शीले ऐतिहासिक भौतिकवादका समस्याहरूलाई सम्बोधन गरेको देखिन्छ । कारावासका समयमा लेखिएको नोटबुक ग्राम्शीको विचारधारा र सैद्धान्तिक लेखनको प्रतिनिधि दस्तावेज हो । यसमा उनले ‘बेस एण्ड सुपरस्ट्रक्चर’ (आधार तथा विशिष्ट संरचना) सिद्धान्त समाजको तल रहेका सर्वहारा वर्ग र बुद्धिजीवी समुदायको पारस्परिक सम्बन्धहरूको विश्लेषण गरेका छन् । विचारधारा (दर्शन, कला, नीति, इत्यादि) को सापेक्षिक स्वतन्त्रताको गहिरो अध्ययन र विश्लेषण त्यसमा छ ।

इटालियन संस्कृतिको अध्ययन, क्याथोलिक धर्म, बेनेदेतो क्रसको अभिव्यञ्जनावादी दर्शन र समाजशास्त्रमा प्रत्ययवादी (चेतनामूलक) सिद्धान्तको आलोचनाकोमार्क्सवादी चिन्तनशैलीमा धेरै महत्त्व राख्दछन् । अति प्रभावकारी हुँदाहुँदै पनि प्रजातान्त्रिक मान्यताहरूमा ग्राम्शीले समय खर्च गरेनन् । उनको बाटो त्यो थिएन ।उनले छोएका अधिकांश विषयहरूमा बीपीका आफ्ना दृष्टिकोण छन् । तर बीपीको मूल आधार प्रजातान्त्रिक समाजवाद रहेको थियो ।

नेल्सन मण्डेला थुनामा रहँदा लेखिएका विभिन्न दैनिकी, संक्षिप्त लेख तथा चिठीहरू त्यतिकै प्रसिद्ध छन् । उनले आफ्नो जीवन तथा अनुभवको बारेमा तिनमा लेखेका थिए । नेल्सन मण्डेलाको ‘अ लंग वाक टु फ्रिडम : द अटोबायोग्राफी अफ नेल्सन मण्डेला’ एउटा स्तरीय पुस्तक हो । कन्भर्सेसन्स विथ माइसेल्फ त्यतिकै महत्वपूर्ण छ । उनको प्रिजन लेटर्स सन् २०१९ मा प्रकाशित भए ।

रङ्गभेद विरोधी क्रान्तिकारी राजनेता तथा परोपकारी व्यक्ति मण्डेलाका डायरीमा उनको राजनीतिक प्रतिबद्धतामात्र नभएर मानवतामुखी व्यक्तित्व पनि झल्किन्छ । रङ्गभेदविरुद्ध तथा राजनीतिक समानताको लडाइँमा मण्डेला अद्वितीय मानिन्छन् । बीपीकाझैँ मण्डेलाका डायरीले पनि राजनेताका रूपमा उनको बौद्धिक विकास क्रमशः कसरी हुँदै गएको रहेछ भन्ने देखाउँछन् ।

मार्टिन लुथर किङले अमेरिकाको अलावामास्थित बर्मिङ्घम जेलबाट लेखेका चिठीहरू जेल डायरीको एउटा अर्को बलियो उदाहरण हो । लुथरलाई बर्मिङ्घममा जातीय विभेदविरुद्ध गरिएको एउटा अहिंसात्मक विरोधका लागि थुनिएको थियो । त्यसै जेलबाट लेखिएका उनका चिठीहरू निकै प्रसिद्ध भए ।

‘इन्जस्टिस एनिहृवेयर इज अ थ्रेट टु जस्टिज एभ्रिहृवेयर’ अर्थात् कहीँ पनि भएको अन्याय सबैतिरको न्यायका लागि एउटा खतरा हो भन्ने उनको महानवाणी त्यस्तै चिठीबाट सार्वजनिक भएको हो । बीपीका डायरीहरूमा पनि यस्तै सयौं महत्त्वपूर्ण भनाइहरू भेटिन्छन् ।

झ्यालखानामा लेखिएका कतिपय पुस्तकहरू धेरै प्रसिद्ध छन् । वास्तवमा डायरी लेख्नेभन्दा पुस्तक लेख्ने धेरै पाइन्छन् । आजकै मितिमा पनि नाजी पार्टीका नेताका रूपमा हिटलरको सन् १९२५ र १९२६ मा लेखिएको उनको आत्मअभिव्यक्तिका रूपमा रहेको घोषणापत्र ‘मेन क्याम्फ’ राम्रो पुस्तक मानिँदैन यद्यपि यो अत्यधिक प्रसिद्ध छ ।

‘मेन क्याम्फ’ले विश्व नेतृत्वमा स्थापित हुन यहुदी जनताले गरेको कथित् षडयन्त्रलाई उल्लेख गर्दछ । यसको मूल विषय यहुदी विपत्ति हो । हिटलरको भनाइमा जर्मन जातिको पवित्र उद्देश्य आफ्नो जातिगत तत्वहरूलाई कायम राख्दै आफूलाई प्रभावशाली रूपमा स्थापित गर्ने हो ।

हिटलरको भनाइमा जो राम्रा जातिका छैनन् उनीहरू भुस हुन् । जर्मन जातिले कुकुर, घोडा र बिरालाको मात्र प्रजनन् गराएर बस्ने होइन आफ्नो रगतको विशुद्धता पनि सुरक्षित राख्ने हो । बीपीले आफ्नो उपन्यास ‘हिटलर र यहुदी’मा यस विषयलाई विस्तारका साथ विवेचना गरेका छन् ।

बीपीको राष्ट्रवादको कुनै चेतना हिटलरलगायत कुनै नाजी नेतृत्व वा समर्थकमा थिएन । यो पुस्तकले हिटलर कस्तो प्रक्रियाबाट क्रमशः यहुदी विरोधी तथा सैन्यवादी हुँदै गए भन्ने बुझ्न मद्दत गर्दछ । वास्तवमा जेलभित्र बसी युरोपको सत्यानाश गर्ने जुक्ति सिर्जनामा मात्र यो पुस्तक सहायक हुन सक्यो ।

अलेक्सान्द्र सोल्झेनित्सिन स्टालिनलाई खिसी गरेको कारणले जेलमा परे । उनी दार्शनिक तथा इतिहासकार पनि थिए । उनलाई सोभियत संघको सबैभन्दा प्रसिद्ध प्रतिपक्षी मत पनि मानिन्छ । कम्युनिस्ट प्रणाली तथा राजनीतिक दमनको उनले विरोध गरेका थिए ।

१९४५ तिरको कुरा हो, उनले लेखेकोद गुलाग आर्किपेलागो १९८९ मा छापियो । सोल्झेनित्सिनको भनाइमा मार्क्सवादी, लेनिनवादी सिद्धान्तले जहिले पनि ‘लेबरक्याम्प’कै सिर्जना गर्ने हो । लेनिनले यसको सुरूवात गरे । स्टालिनको समयमा अर्थात् सन् १९३० देखि १९५० सम्म यसको भयानक रूप देखियो ।

यसलाई राजनीतिक फरक दृष्टिकोण राख्नेलाई दमन गर्न प्रयोग गरियो । सोल्झेनित्सिनको भनाइमा सोभियत सरकारको बल जसरी गुलागको उत्पादकत्वमा टिकेको छ, त्यसैगरी त्यसको शक्तिको आड पनि गुलागको त्रास नै हो । राजनीति गर्नेलाई सोल्झेनित्सिनको यो पुस्तकले आत्मबल निर्माण गर्न मद्दत गर्दछ ।

बीपीका डायरीहरू राजनीतिक अर्थमा अत्यन्त प्रभावशाली छन् ।बीपी भन्छन्, ‘२००७ सालको क्रान्ति हामीले हिन्दुस्तानबाट सञ्चालन गर्‍यौं, तर हामीलाई हिन्दुस्तानले सञ्चालन गर्न खोजेको कुरा मैले सधैंभरि र सबैभन्दा बढी विरोध गरेको छु । मैले राजालाई हमेसा महत्व दिएको छु– मलाई थुनामा राख्दा पनि मैले त्यही विचार राखेको छु, तर उनको निरंकुश शैलीको मैले सधैं र सबैभन्दा बढी विरोध गरेको छु ।

मैले हिन्दुस्तान बसेर संगठन गर्दा पनि आफ्नो राष्ट्रियताको छवि कायम राख्ने प्रयास गरेँ । राजासँग मेलमिलापको कुरो गर्दा पनि प्रजातन्त्रको आग्रहमा मैले कहिल्यै समर्पण गरिनँ ।’ उनको भनाइ छ, ‘नेपाली काङ्ग्रेसको इतिहास ती सबै आदर्श र लक्ष्यहरूका साथ भएको संघर्षको इतिहास हो र मलाई लाग्छ, यस मुलुकको उज्जवल भविष्यका लागि नेपाली काङ्ग्रेसमा ती कुराको निरन्तरता रहनु पर्दछ ।

जुन नेपाली काङ्ग्रेसले राष्ट्रियताको आफ्नो अडान छाड्ने छ, यो निरर्थक भएर जानेछ र जुन दिन यसले प्रजातन्त्रका आदर्शहरू छाडेर केवल सत्ताको राजनीति गर्नेछ, यो निरर्थक भएर जानेछ ।’ आफ्ना यी अडानहरूका बारेमा कसैले भ्रमित नगरून् भन्ने बीपीको अपेक्षा छ ।

आफ्नै कलमद्वारा अभिव्यक्त बीपीका मौलिक विचारहरूले गर्दा दुवै जेल डायरीले उनका बारेमा भ्रमित नहुने अवस्थाको सिर्जना गरेका छन् । यसैगरी ८ जेठ २०३९ मा क्यान्सरको इलाज गर्न दिल्ली जानुअघि गरेको टेप वार्तामा बीपीले फर्किएर आइएला, नआइएला भन्ने त्रासबीच दिएको अन्तिम सन्देशलाई यहाँ उल्लेख गर्नु जरूरी छ । २०६३ मा प्रकाशित राजा, राष्ट्रियता र राजनीतिमा बीपीले आफ्नो कुरालाई यसरी बिट मारेका छन् :

१. हामी बडो अप्ठ्यारो परिस्थितिमा छौं । हाम्रो देश, हाम्रो जाति, हाम्रो राष्ट्र बडो अप्ठ्यारो परिस्थितिमा छ र त्यसलाई जोगाउनु परेको छ । … त्यस्ता संस्थाहरू, त्यस्ता शक्तिहरू जसले जोगाउन सक्दछन्, तीसँग हामीले वैमनष्यताको सम्बन्ध राख्नु हुँदैन । जस्तो, राजतन्त्रको बारेमा ।

मलाई लाग्दछ, त्यो त्यस्तो संस्था छ हाम्रो नेपालका लागि, नेपालको राष्ट्रियताको लागि, अहिले जो विपत्ति परेको छ । बाहिरियाबाट त्यसलाई बचाउनका लागि बडो ठूलो योगदान त्यसले दिन सक्छ । त्यसो हुनाले त्यसको खिलाफ हामीले बडो सजक भएर मात्र कारबाही गर्नुपर्छ । नत्र भनेदेखि जुन तत्वले हाम्रो राष्ट्रलाई सिध्याउन लागेको छ, त्यही तत्व हाम्रो पछाडि लागेर हामीलाई समर्थन गरेर त्यो गराउन सक्दछ ।

२. आर्थिक विकास भनेको नै हामी नेपालको विकास भन्दछौँ भने त्यो गाउँको विकास हो ।… गाउँको विकास भनेको मतलव के हो भनेदेखि ठूल्ठूला उद्योगधन्दाको विकासमात्र गर्ने होइन । गाउँलाई चाहिने आवश्यकताको कुरा गाउँमा नै उपलब्ध हुन सकोस् ।

३. जब म भन्छु बाहिरियाबाट हाम्रो देशमा यो खतरा छ तब ती मेरा वाक्यहरूमा कहिले हिन्दुस्तानका कुरा आउँछ, कहिले रूसको कुरा आउँछ, कसैले यो अनभिज्ञ भएर भनोस् यी शक्तिहरू बडो इमानदार भएर हाम्रो निम्ति (काम) गर्छन् त्योचाहिँ हाम्रा निम्ति पत्याउने कुरा छैन ।

४. हामीले याद गर्नुपर्छ हिन्दुस्तानसँग मिल्दैमा चीन विरोधी हुनुपर्छ भन्ने जरूरी पनि छैन र चीनले हामीलाई केही सुविधा पारिदियो भने हामीले भारत विरोधी हुनुपर्ने हुँदैन ।

५. कुनै एउटा व्यक्तिको बुताबाट देश बाँच्ने, संस्थाहरू विकसित हुने, देश विकास हुने, त्यो हुनै सक्दैन । हुने हो भने त राजाकै हुकुमबाट भइहाल्थ्यो नि । जस्तोसुकै बुद्धिमानले पनि त्यो गर्नै सक्दैन ।… मेरो अगर देन केही छ भने यो देशको सामर्थ्यलाई बुझेर आफ्नो कुरा भनेको छु ।

उपरोक्त पृष्ठभूमिमा एउटा मयार्दित आस्थाको बन्दीको रूपमा लेखिएका पछिल्ला दुवै डायरीहरू हजारौं प्रति बिक्री भइसकेको छ । तथापि यी सामग्रीहरूको समग्र प्राज्ञिक अध्ययन नहुञ्जेलसम्म नेपालको राष्ट्रनीतिमा बीपीको योगदान अन्तर्राष्ट्रिय जगत्‌ले बुझ्ने अवस्था छैन ।

अन्तर्राष्ट्रिय साहित्यमा जेल पर्दा लेखिएका उपन्यास, नाटक, कविता तथा राजनीतिक विषयहरूको कमी छैन । राजा महेन्द्रले हिरासतमा लिएको ठीक दुई महिनापछि बीपीले जेल–जर्नल लेख्न शुरू गरेका हुन् । यसमा आफ्नो यथार्थ उनले आफ्नी पत्नी सुशीलालाई सम्झेर व्यक्त गरेको देखिन्छ ।

बन्दी जीवनको यथार्थ एउटा कुरा भयो । तर समग्रमा नेपाली क्रान्तिको उद्देश्य, राजनीतिक, आर्थिक, सामाजिक तथा विकाससम्बन्धी चुनौतीहरूको अवस्था, बीपीको वैचारिक धरातल, सहयात्रीहरूसँगको अन्तर्सहयोग, भाषा, धर्म, प्रकृति, साहित्य, कूटनीति, अध्यात्म तथा राष्ट्रिय जीवनका विविध पक्षहरूबारे बीपीका विचार तथा टिप्पणीहरू यसमा परेका छन् ।

व्यक्तिहरूले झ्यालखाना बस्दा कलम चलाएको देखिन्छ । बीपीको उपस्थिति यो हूलमा अलि फरक हो । मूलतः बीपी राजनीतिमा सक्रिय व्यक्ति तथा चिन्तक थिए । जनताबाट अनुमोदित भइसकेपछि उनलाई जेल हालिएको थियो । प्रजातान्त्रिक क्रान्तिको नेतृत्व गर्दै मुलुकको प्रधानमन्त्री तथा सबैभन्दा सिद्धान्तनिष्ठ प्रतिपक्षका नेताका रूपमा यसरी साहित्य सिर्जना गर्ने अवसर कमैले पाएका छन् ।

विश्व राजनीतिमा धेरै नेताहरू जेल गएका छन् । तर आफ्नो युगको आदर्श, नैतिकता र मान्यताहरूका लागि आफूले गरेको संघर्षलाई लेखबद्ध गर्ने तथा आफूलाई समग्र समालोचनाका लागि खुला राख्ने नेताहरू कमै हुन्छन् ।

प्रजातन्त्र तथा राष्ट्रवादप्रति समर्पित बीपीका दुवै जेल डायरीहरूले बीपीको आदर्श, नैतिकता र मान्यताहरूका लागि गरिएको महान् संघर्षलाई शब्द चित्रमा उतारेका छन् ।

३० डिसेम्बर १९७६ का दिन करिब ८ वर्ष लामो प्रवास त्याग गरी राष्ट्रिय मेलमिलापको आहृवानका साथ स्वदेश फर्किएका दिनदेखि दोस्रो डायरीमा पहिलोजस्तै सम्पूर्ण मानवीय आवेग, उद्विग्नता, उत्तेजना र उदासीहरूको नितान्त निजी व्यक्तित्वसम्मको अवलोकन र अनुभूत यस डायरीका पानाहरूबाट गर्न सकिन्छ । वास्तवमा यी दुवै डायरीमा बीपीको वास्तविक योग्यता र औकात छर्लङ्ग देखिन्छन् ।

त्योभन्दा पनि बीपीको चिन्तनमा रहेको मौलिकता तथा आफ्नो मुलुकप्रतिको समर्पणको यी दुवै डायरीहरू उत्खननमा पाइएका गाडधन नै हुन् । ठूलठूला उद्भव भएका धेरै नेताहरू जस्तो जर्मनीका एडल्फ हिटलर वा भियतनामका हो ची मीन्हजस्ता कुनै बेलाका एकदमै महान् व्यक्तिहरू पनि अन्ततः प्रजातान्त्रिक निष्ठामा कमजोर सावित भएको विश्वइतिहास छ । बीपी यी डायरीबाट अझै कञ्चन देखिएका छन् ।

अतः बीपीका सबै डायरी विश्वजेल साहित्यमा धेरै महत्त्व राख्दछन् । तर यिनले भाषागत कारणले विश्व पाठकमञ्च प्राप्त गर्न सकेका छैनन् ।

[प्रकाशित : भाद्र २४, २०७८ १७:०६]

नेपालमा जन्मेका विश्व प्रसिद्ध तथा सम्यक विचारका कारण धर्मशास्त्रमा धेरैअघि नै स्थापित भगवान् बुद्धका बारेमा स्व. बीपी कोइरालाको चिन्तन अनुसन्धानको विषय हो । यसका दुई पक्ष छन् । पहिलो पक्ष राजनीतिसँग सम्बन्धित छ र दोस्रो पक्ष अध्यात्मसँग ।

८० वर्षको जीवन बाँचेर समाधि लिएका सन्यासी बुद्ध दुवै दृष्टिले एउटा महत्त्वपूर्ण व्यक्ति देखिन्छन् । बीपीले यी दुवै पक्षमा उनका बारेको आफ्नो संक्षिप्त दृष्टिकोण स्पष्ट गरेको देखिन्छ ।

बुद्ध एउटा बलियो परिवर्तनकारी शक्ति थिए । उनले आफूलाई भगवान् भएको दाबी गरेनन् । उनले आफूलाई सम्बोधि प्राप्त गरेको वा अन्तिम सत्यको साक्षात्कार गरेको व्यक्तिका रूपमा मात्र प्रस्तुत गरे । तर, भक्तहरूले उनलाई एक आदर्श तथा तत्वज्ञानी पुरुषका रूपमा भगवान् नै भने ।

बीपीको भनाइमा परिवर्तनकारी शक्तिका रूपमा इतिहासमा बुद्धबाहेक अरू कोही पनि त्यति धेरै सफल हुन सकेनन् । उनको परिवर्तनको राजनीति चलाकीको राजनीति थियो । बुद्धले जनसाधारणलाई भन्दा राजपुत्रहरूलाई आफ्नो सम्पर्कमा राखे । त्यसबाट उनको काम–कारबाही सहज हुन सक्यो ।

बुद्धकालीन यस जम्बुद्वीपमा त्यतिखेर १६ महाजन पदहरू थिए भनिन्छ । बौद्धग्रन्थ अंगुत्तर निकायानुसार यसमा १६ महाजन पदहरू, १० गणतन्त्रहरू र चार राज्यहरू उल्लेख गरिएको छ । १६ महाजन पदहरूमा अंग, मगध, काशी, कोशल, बज्जी, मल्ल, चेति, वशं (वत्स), कुरु, पंचाल, मत्स, सुरसेन, अस्सक, अवन्ती, गान्धार र कम्बोज पर्दथे ।

चार राज्यहरूमा मगध, कोशल, वंश रअवन्ति थिए । १० गणराज्यहरूमा साकिय, मोरिय, कोलिय, बुलि, कालाम, विदेह, भग्ग, लिच्छवि, पावा मल्ल र कुशीनगर हुन् । नेपालको कपिलवस्तु पनि गणराज्य नै थियो । यी मध्ये उत्तरी क्षेत्रका कतिपयका शासकहरूलाई बुद्धले राम्रैसँग प्रभावित गरे । जुन राज्यहरूलाई परिवर्तन गर्नुपर्ने हो, सो राज्यका शासकहरू प्रभावमा आउनु भनेको उनीहरूतर्फबाट अड्चन वा प्रतिरोध नहुनु हो ।

मगधका राजा बिम्बिसार तथा उनका छोरा अजातशत्रु बौद्ध धर्मका अनुयायी नै बने । बुद्धको पार्थिव शरीरको दाहसंस्कारपछिको अवशेष कसले लैजाने भन्ने मगधका राजा अजातशत्रु, कपिलवस्तुका शाक्य र वैशालीका लिच्छविबीच भएको झगडा शान्त नभएपछि द्रोण भन्ने एक ब्राह्मणको अग्रसरतामा बुद्ध अवशेष आठ भागमा बाँडेर राज्यहरूलाई दिइएको बौद्ध ग्रन्थहरूमा उल्लेख गरिएको छ ।

आठवटै राज्यहरूले आ–आफ्नो राज्यमा आठवटा स्तुप बनाई ती अवशेष राखेका थिए । भनिन्छ, पछि सम्राट अशोकले ती अवशेष निकालेर पुनः जम्बुद्वीपका ८४ हजार स्तुपहरूबीच बाँडेका थिए । यसबाट बुद्ध राजाहरूबीच कति प्रभावशाली थिए भन्ने बुझ्न सकिन्छ ।

यी सबै राजाहरूलाई बुद्धले आफ्नो ज्ञान, प्रतिभा र तर्क क्षमताले गलाएका हुन् । शासक वा राजाले बुद्ध धर्म अपनाएपछि जनता पनि त्यहि बाटो हिँड्न खोज्नु स्वाभाविक नै थियो । परिवर्तनका लागि बुद्धले रक्तपात गर्नु परेन । त्यसैले बीपीले बुद्धलाई सकारात्मक अर्थमा ‘चलाक’ भनेका हुन् ।

बीपीको भनाइमा “त्यसबखत ब्राह्मण र क्षेत्रीहरूको बडो ठूलो संघर्ष थियो । ब्राह्मणको खिलाफमा यो आन्दालेन थियो । ब्राह्मणहरूको हातमा हातहतियार हुँदैन थियो, बुद्धिबल मात्र हुन्थ्यो । हातहतियार क्षेत्रीयहरूसँग हुन्थ्यो । त्यस हुनाले उत्तर भारतका तमाम क्षेत्रीयहरूलाई बुद्धले आफ्नो मतअन्तर्गत ल्याएका थिए । त्यो मगधका राजा हुन् वा अरू कुनै ठाउँका, यिनले राजपुत्रहरूलाई मात्र परिवर्तन गरे । त्यस हुनाले जो मुकाबिला गर्नुपर्थ्यो विरोधको, त्यो यिनले गर्नु परेन । नत्र दुनियाँको कुनै पनि ठूला नेता बडो सफल भएर मरे भन्ने देखिन्न, त्यस दृष्टिबाट । तर, मेरो दृष्टिबाट त ती बुद्ध सफल नै भएका हुन् ।”

भगवान् बुद्धको निर्वाणको व्याख्या महत्त्वपूर्ण छ । यसको शाब्दिक अर्थ ‘निभेको’ भन्ने हो । जस्तो निभेको आगो, निभेको दियो । मान्छेको लोभ, मोह, आकांक्षा वा तृष्णाहरू समाप्त भएको अवस्थालाई निर्वाण भन्दछन् । तृष्णा र वासनाले नै दुःख हुन्छ । यो समाप्त भएको अवस्था निर्वाण हो । त्यसैले निर्वाण बुद्धत्वको त्यस्तो स्थिति हो, जसमा व्यक्ति सांसारिक मोह बन्धनबाट मुक्त भएर अनासक्त, निर्भिकार र निर्लिप्त भावले होसपूर्ण जीवन बाँच्दछ ।

बुद्धको भनाइमा भिक्षुहरूको संसार अनादि छ । अविद्या र तृष्णाबाट सञ्चालित भएर प्राणीहरू भत्किँदै हिँडेका छन् । उनीहरूको आदि र अन्तको पत्तो पाइँदैन । भावचक्रमा परेको प्राणाी अनादिकालदेखि जन्मँदै मर्दै आएको छ । अब भने मान्छेले सबै संस्कारहरूबाट निर्वेद प्राप्त गर्नुपर्दछ ।

वैराग्य प्राप्त गर्नुपर्दछ । मुक्ति प्राप्त गर्नुपर्छ । बुद्धको भनाइमा सबै दुःखको मूल संस्कार हो । यस तत्वलाई जानेर तृष्णा र संस्कारलाई मासेर नै मान्छेले निर्वाण पाउँदछ ।

कुषाण वंशका प्रमुख सम्राट कनिष्ट (शासनकाल लगभग १२७ ई. देखि १४०–५१ ई. सम्म)का समकालीन अश्वघोष एउटा महान् बौद्ध कवि र दार्शनिक थिए । बुद्ध दर्शनको इतिहासमा मात्र नभई संस्कृत काव्यको सम्पूर्ण परम्परामा उनको एउटा विशिष्ट स्थान छ ।

महाकवि अश्वघोष आदिकवि वाल्मीकिको एउटा महत्त्वपूर्ण उत्तराधिकारी थिए । उनी कालिदास र संस्कृत साहित्यका प्रसिद्ध नाटककार भासका पूर्वगामी मानिन्छन् ।

‘सौन्दरनन्द’ काव्य अश्वघोषले नै लेखेका हुन् । यसमा भगवान् बुद्धले आफ्ना पिता शुद्धोधन तथा सानिमाका छोरा (भाइ) नन्दलाई उनको प्रभावमा आएर सांसारिक भोगविलास त्यागेर प्रवज्या ग्रहण गरेको विषयलाई काव्यात्मक तरिकाले वर्णन गरेका छन् । बीपी महाकवि अश्वघोषका बारेमा जानकार देखिन्छन् ।

बीपीको ‘जेल जर्नल’मा सौन्दरनन्द काव्यलाई उल्लेख गरिएको छ । बुद्धलाई अनुशरण गर्दै अश्वघोषले आफ्नो सौन्दरनन्द काव्यमा “निभेका दीप न त पृथ्वीमा जान्छ, न अन्तरिक्षमा, न कुनै दिशामा विदिशामा पुग्दछ । प्रत्युत, तेलको क्षय भएपछि त्यो केवल शान्तिमा प्राप्त हुन्छ । त्यस्तै, ज्ञानी, बोधिप्राप्त पुरुष न त पृथ्वीमा, न कुनै आन्तरिक, दिशा वा विदिशामा पुग्छ । त्यो पुरुष क्लेशको क्षय भएपछि शान्तिमा प्राप्त हुन्छ” भन्ने दृष्टिकोण बीपीले उल्लेख गरेका छन् ।

अर्को बौद्ध ग्रन्थ ‘लंकावतारसूत्र’ पनि जेल जर्नलमा उल्लेखित छ । योगाचारको सबैभन्दा महत्त्वपूर्ण रचना लंकावतारसूत्र हो । यो एउटा गम्भीर दर्शन मानिन्छ । यसले चित्त विज्ञानको विश्लेषण गरेको छ । यसमा भगवान् बुद्धले सम्बोधन गरेका छन् । यस ग्रन्थको सम्बन्ध लंकासँग छ ।

बुद्धले यसको उपदेश लंकाका राजा रावणलाई दिएका थिए भन्ने मानिन्छ । तर, कालखण्ड फरक देखिएकाले यो बुद्ध शाक्यमुनि नभएर अन्य कोही बुद्ध हुन सक्दछ वा ‘रावण’ शब्द जो लंकावतारसूत्रको प्रथम अध्यायमा प्रयोग भएको छ, त्यो केवल काल्पनिक विषय मात्र हुन सक्दछ ।

यस लंकावतारसूत्रको प्रथम अध्यायमा बुद्धले आफ्ना अनेक अवतारको परम्परामा एकपल्ट लंका नगरीनजिकै कुनै मलय पर्वतमा आफ्ना अनेक शिष्यहरूसहित सहसा अवतीर्ण भएको उल्लेख छ । आफ्नो ओजस्वी वाणीबाट बुद्धले धर्मोपदेश दिँदै गरेको यक्ष राजा रावणले थाहा पाएपछि उनी पनि भगवान्को दर्शनका लागि त्यहाँ पुगेको यसमा चर्चा छ ।

लंकावतारसूत्रको निचोडलाई बीपीले यसरी उल्लेख गरेका छन््, “निर्वाण न त म जन्मको तिरो मान्छु, न त्यसलाई नष्ट हुनुको अर्थमा लिन्छु । निर्वाण त्यस वस्तुस्थितिको बोध हो, जसले ठिक आफ्नो स्वाभाविक रूपलाई सूचित गर्छ । आफ्नो चित्तवृत्तिहरू पूर्णतः बदलिएपछि त्यस्तो ‘परिवृत्ति’ (आमूल परिवर्तन) आफूमा आएको अनुभव होस् कि स्वयम् आफैँद्वारा आफ्नो बोध हुन थालोस्, त्यस स्थितिलाई म निर्वाण भन्छु ।”

अतः बीपीले बुद्धभन्दा फरक अर्थमा निर्वाणको व्याख्या गरेका छन् ।

बीपीको भनाइमा मुक्तिको युक्तायुक्तता परिणाम हो ‘शेष हुनु’ । यसलाई बुद्धले तर्क संगतिद्वारा निर्वाण (निभ्नु) भनेका छन् । तापको शेष हुनु निभ्नु हो । आगोको शेष निर्वाण हो । जीवनको शेष मुक्ति । यसरी आध्यात्मवादीहरू जीवनमा निहित समस्याको समाधान जीवनको शेषद्वारा गर्न चाहन्छन्।

अतः बीपीको प्रश्न छ, “यो कपाल दुखेको औषधि शिरच्छेदन हो भनेजस्तो भएन त ?”
यहाँ भने बीपी शंकालु देखिन्छन् ।

(काठमाडौँ विश्वविद्यालय स्कुल अफ ल / जुम कार्यपत्र / भदौ २३, २०७८ / असोज २३, २०७८ मा १२खरी डिजिटल न्युज मा पुनः प्रकाशित)
 

बीपी कोइराला प्रशस्त पढे लेखेको तथा अभिज्ञ नेता मानिनु हुन्छ । सानो उमेरदेखि नै यसमा उहाँको अभिरुचि स्पष्ट देखिन्छ।

तर, उहाँको लेखपढ गर्ने बानी र विचार निर्माणको प्रक्रियालाई ऐतिहासिक परिप्रेक्षमा अध्ययन गर्न भने बाँकी नै छ । कुनै योग्य अनुसन्धानकर्ताले यो चुनौती लिन सक्छ ।

बीपीले अभिरुचिपूर्वक पढेको, मन पराएको वा टिप्पणी गरेको धेरै पुस्तकसम्बन्धी चर्चा उहाँकै लेखोटहरूबाट पनि प्रष्ट हुन्छ। उहाँका बारेमा लेख्नेहरूले पनि कतिपय उहाँका छनोटका बारेमा उल्लेख गरेका छन् ।

यसमा व्यापकरूपमा विविधता छ । जस्तो, बीपीको भनाइ छ : ‘बेकनको चुस्त शैली मलाई मन पर्छ ।’ फ्रान्सिस बेकन सोह्रौं शताब्दीका प्रभावशाली लेखक विचारक थिए । बेलायतको मन्त्रिपरिषदका महान्यायाधिवक्ता तथा कानुन तथा न्याय क्षेत्र हेर्ने सदस्य पनि थिए । उनको जीवनको उत्तरार्ध त्यति सुखद भएन तर आफ्नो ‘साइन्टिफिक मेथड’ का कारण उनी धेरै प्रभावशाली भए ।

त्यस्तै कालिदासको संस्कृत साहित्यमा पनि बीपीको टिप्पणी छ । उनको प्रसिद्ध नाटक ‘विक्रमोर्वशीयम्’ मा लालित्य भए पनि नाटकीयता तथा विचारमा उत्प्रेरणा नभएको बीपीको कथन छ ।

राजा पुरुरवा तथा प्रसिद्ध अप्सरा उर्वशीको प्रेमकथामा आधारित कृतिका बारेमा बीपीको यस कथनले मसिनो गरी अध्ययन गर्न सक्ने क्षमता स्पष्ट गर्छ ।

अस्ट्रियाली लेखक स्टिफेन ज्विग प्रथम श्रेणीका लेखक देखिएनन् भन्ने निष्कर्ष पनि बीपीले निकालेको देखिन्छ । उहाँको आलोचना ज्विगको ‘बिवेयर अफ पिटी’ भन्ने सन् १९३९ को उपन्यासमा आधारित छ । पहिलो विश्वयुद्धपछि प्रकाशित यस पुस्तकमा ज्विग कलाको क्षेत्रमा बुर्जुवा देखिएको बीपीको ठहर छ ।

उहाँले बखान गरेको पुस्तकका रूपमा पार लेजरक्विस्टको ‘द सिविल’ लाई लिन सकिन्छ । उहाँले यसलाई मानव अनुभूति र मानवलाई प्राप्त हुनसक्ने दैवी अनुभवको विश्लेषण गरिएको पुस्तकका रूपमा प्रशंसा गर्नुभएको छ ।

स्वेडिस लेखक लेजरक्विस्टले सन् १९५१ मा यही पुस्तकमा नोबेल पुरस्कार पाए । यस्ता सयौं पुस्तक वा तिनका रचनाकारहरूका बारेमा बीपीको दृष्टिकोण पढ्न र बुझ्न सकिन्छ । त्यसमा विविधता छ । गुरुदत्तदेखि टेनिसन, जर्मन दार्शनिक डेकार्टदेखि उपन्यासकार हेमिङ्वे वा मनोविश्लेषक सिग्मन्ड फ्रायडसम्मका पुस्तकहरू बीपीको छनोटमा परेको देखिन्छ ।

उमेर, अध्ययन तथा जीवनका आवश्यकताहरूका आधारमा विचारहरू परिवर्तन हुँदै जान्छन् । कुनै विचार अझ बलियो बन्छ, कुनै विचार पछाडि छुट्छ । युवावस्थामा वामपन्थीहरूको सम्पर्कमा आएपछि आफ्ना पुराना सोचहरू स्वाटसुट्ट परिवर्तन हुन गएको बीपीले उल्लेख गर्नुभएको पढ्न सकिन्छ ।

उहाँको भनाइ छ — ‘त्यसभन्दा पहिले म गान्धीवादी थिएँ ।’ वास्तवमा उहाँलाई रुसी साहित्यकार लिओ टाल्सटाय र जोन रस्किनजस्ता लेखकहरू तिनताक मन पर्थे ।

भिक्टोरियाकालमा जोन रस्किनले कलम चलाएका अर्थ, राजनीतिलगायत हरेक क्षेत्रमा बोली बिक्थ्यो । बीपी आफँैले भन्नुभएको छ – ‘रोमान्टिक एनार्किस्ट’ विचारहरू उहाँलाई धेरै प्रिय थिए ।

उन्नाइसौं तथा बिसौं शताब्दीका धेरै अराजकतावादी चिन्तकमा गहिरोसँग प्राकृतवादी वा ‘एन्टिरोमान्टिक’ दृष्टिकोण पाइन्थ्यो । उनीहरू कलाकार, बुद्धिजीवी वा रुढीमुक्त समाजप्रति अराजक दृष्टिकोण राख्थे । युरोपमा एउटा दार्शनिक आन्दोलन सुरु भएको थियो । त्यो ज्ञानोदयको युग थियो । त्यहाँ आत्मचेतनाको विकासपथलाई चुनौती दिन निकै गाह्रो थियो ।

तर, मानवीय समस्याहरूप्रति संवेदनशीलता, सामाजिक सुधार, जर्मन आदर्शवाद वा विवेक र एम्मानुएल कान्टजस्ता चिन्तकको प्रभाव पन्छाउन नसकिने गरी अघि बढ्यो । गोथे, कलरिज, वर्ड्सवर्थ, लर्ड बायरन, किट्स सेली वा भिक्टर ह्यूगोको प्रभाव परिवर्तनका लागि धेरै निर्विवाद थिए ।

फ्रान्सेली कवि तथा उपन्यासकार भिक्टर ह्यूगोका बारेमा बीपी आफैँले उल्लेख गर्नुभएको छ । यस क्षेत्रमा उनको सन् १८६२ मा प्रकाशित ‘लेस मिसरेबल्स’ भन्ने कृति धेरै पढिन्छ ।

बीपीजस्तै ह्युगोले पनि धेरै वर्ष निर्वासनमा बिताउनु पर्यो । यो उपन्यासमा कानुन र सदाशयतालाई फ्रान्सको ऐतिहासिक परिप्रेक्षमा कथावस्तु बनाई वर्णन गरिएको छ ।

यी पुस्तकहरूको नाउँबाट मात्र परिचय स्थापित हुँदैन । यी सबै संसारले जानेका पुस्तकहूरुमा पर्छन् । जान्नेले राम्रो नराम्रो भनी आलोचना गर्न मिल्छ । कतिपय मान्छेका बारेमा कसैले पढ्ने जान्ने मौका पाएको छ भने समालोचकीय टिप्पणी गर्न मिल्छ ।

जर्मनीका फ्रेडरिक नित्सेले ‘द डेथ अफ गड’ भन्ने प्रसिद्ध पुस्तक लेखे । यो एउटा मुटु हल्लाउने दर्शनमा आधारित छ । हिटलर र नाजीहरूले राजनीतिक उद्देश्यका लागि यसको प्रयोग गरे । जर्मन राजनीतिक चिन्तक कार्ल स्मिथका सिद्धान्तहरू फलाक्दै नाजीहरू मान्छे मार्थे ।

शोषित पीडितहरूका पक्षमा कार्ल माक्र्सको विचारको ठूलो योगदान छ । तर, उनले राजनीतिमा घृणाको खेती पनि सुरु गरे । यसैका आधारमा माक्र्सवादले आफ्नो राजनीतिक यात्रा तय गर्यो ।

स्वतन्त्रता तथा व्यक्तिगत अधिकारका व्याख्याता जोन लकको धेरै ठूलो लगानी छ संसारको वैचारिक रुपान्तरणमा । तर, उनका लेखनीको कारणले उनलाई जमिनदारहरूको खेताला (एपोलोजिष्ट) भनी टिप्पणी गरिन्छ ।

डेस्कारेटले आफूलाई विगतको प्रभावबाट अलग राख्नुपर्छ भन्ने कुरालाई महत्त्व दिए । तर, फेरि पुरानै कुराका आधारमा आफ्नो प्रसिद्ध पुस्तक ‘अन मेथड’ पनि लेखे ।

आदिगुरु शंकराचार्यले अद्वैत वेदान्तको अवधारणालाई विवेचना गरेर हिन्दु धर्मलाई पुनः संगठित गराउन सके । हिन्दुहरूको उदार जरो (लिवरल रुट्स)लाई पुनः स्थापना गर्ने कार्यमा उनको ठूलो योगदान छ । तर, सत्यका सम्बन्धमा उनको दृष्टिकोण मनोवैज्ञानिक वा धार्मिक नै रह्यो ।

शंकराचार्य कतिपय विषयमा तर्कसम्मत हुन सकेनन् । त्यसैले उनलाई दार्शनिक भन्न पनि मिल्दैन होला । आफूभन्दा १२÷१३ सय वर्ष पहिले जन्मिएका बुद्धबाट उनले धेरै कुरा सिके तर प्रष्टसँग त्यसलाई स्वीकार गरेनन् । अर्थात्, सिक्ने सिकाउने विषयमा हरेकको व्यक्तिगत छनोट हुन सक्दोरहेछ ।

यस सम्बन्धमा बीपीको भनाइ के छ भने दृष्टिकोण बन्न विचार र जीवनमा ‘डायलग’ हुनु जरुरी छ । त्यसो हुन सक्यो भने एकातिर जीवन समृद्ध हुन जान्छ भने अर्कोतिर विचार पनि पुष्ट र उद्देश्यपूर्ण हुँदै जान्छ । विचारले पोषण तत्व पनि प्राप्त गर्छ ।

आफ्नो कारागार जीवनमा धेरै लेखपढ गरे पनि त्यसको प्रयोग हुन नपाएकोमा बीपी क्षुब्ध देखिनुहुन्छ । कारागारमा लेख्न पढ्न मौका पाइन्छ वा कारागारले बौद्धिक विकास गर्ने अवसर दिन्छ वा राजनीतिक बन्दीहरूले यस्तो अवसर पाउँछन् भन्नेमा अलि समीक्षात्मक हुनुपर्छ भन्ने उहाँको धारणा छ ।

उहाँ के कुरामा प्रष्ट हुनुहुन्छ भने कारागारको अध्ययनको स्थायी मूल्य कम हुन्छ । पढेर विचार प्राप्त हुन्छ । तर विचारको अभिवृद्धि हुँदैन । यसलाई विस्तार गर्ने हो भने यसको प्रयोग गर्न सक्नुपर्छ ।

पढिएको वा रुचि भएको विचारमा बाँच्न सकियो भने वा प्रयोग गर्न सकियो भनेमात्र त्यसको अभिवृद्धि सम्भव हुन्छ । किताबी ज्ञान एउटा कुरा हो । यसको ठोस धरातलमा उभिन पाउनु अर्को कुरा हो । होइन भने बीपीको विचारमा त्यस्तो ज्ञानको मूल्य तथ्याङ्क वा सूचकभन्दा बढी केही हुँदैन । यस्तो अवस्थामा विचारको रुपान्तरण भएर दृष्टिकोण बन्न सक्दैन भन्ने बीपीको भनाइमा प्रशस्त वजन छ ।

त्यसो त बन्दी जीवनमा कतिपय क्षमतावान व्यक्तिहरूबाट साहित्य सिर्जना नभएको होइन । तर, त्यसको संख्या कम छ : परिणाममा पनि, गुणस्तरमा पनि । समुदायबाट छुट्टिएर, थुनिएर बसेको मान्छेमा यथार्थ बुझ्ने अवस्था पनि हुँदैन । लेख्न जाँगर चलाउनेले त्यसैले त्यस्ता विषयमा हात हाल्दैनन् जसका लागि बाहिरी संसारको अनुभव चाहिन्छ ।

बीपीको भनाइमा यही कारणले गर्दा भारतका जवाहरलाल नेहरुजस्ता दिग्गजले पनि कारागारमा बस्दा ‘द डिस्कभरी अफ इण्डिया’ तथा ‘ग्लिम्सेज अफ वल्र्ड हिस्ट्री’ जस्ता पुस्तक लेखेर समयको सदुपयोग गरे । आफूले पनि त्यही कारणले गर्दा राजनीतिक लेखाइमा हात नहाली कारागारमा हुँदा कविता, कथा, उपन्यास र इतिहासमा लागेको बीपीले प्रष्ट गर्नुभएको छ ।

लेख्नु र पढ्नुबीच पनि फरक छ । पढ्नु सजिलो कुरा हो । लेख्नलाई बढी मिहिनेत गर्नुपर्छ । बीपी भन्नुहुन्छ : ‘पढ्नुभन्दा लेख्न गाह्रो– किनभने पढ्दा उति बौद्धिक सावधानी आवश्यक पर्दैन । लेख्न भने बुद्धिलाई चंख राखेर त्यसको राम्रो संगठन गर्नसक्नु पर्दछ । पढ्दा बुद्धिको चेतना सतहलाई मात्र जागृत राखे पुग्छ – गहिरो अध्ययन गर्न भने यसले पुग्दैन । तर, लेख्दा सतहको अवचेतन अवस्थाले मात्र पुग्दैन । केही न केही गहिरोपन यसका लागि आवश्यक हुन आउँछ । मुख्य कुरा, विचारको संगठन जरुरत पर्छ लेख्दा । किताब पढ्दा अर्काको संगठित विचार पाइन्छ; चम्चाले खाएजस्तो सजिलो हुन्छ । आफैँले लेख्नुपर्दा आदिदेखि अन्त्यसम्म आफैँले मिहिनेत गर्नुपर्छ ।’ यस भनाइमा यथार्थ लुकेको छ ।

बीपीले आफ्ना बारेमा जे भने पनि उहाँका पाठकहरूले उहाँलाई सर्जक तथा पाठक दुवैरूपमा उत्तिकै महत्त्वका साथ हेर्छन् । उहाँको अध्ययनमा विभिन्न राजनीतिक, सामाजिक, आर्थिक तथा साहित्यिक विषयवस्तुहरू परेको पाइन्छ ।

‘फिक्सन’ देखि ‘नन फिक्सन’ तथा वैदिक पौराणिकदेखि आधुनिक स्रोतसम्ममा उहाँको पहुँच पाइन्छ । तर, सामान्यतया चर्चित पुस्तकहरूमा नै उहाँको रुचि देखिन्छ । यद्यपि, उहाँ आफूलाई राम्रो पाठक मान्नुहुन्न । अझ उहाँको स्पष्टोक्ति छ – पढाइको व्यसन राम्रो होइन ।

उहाँको दृष्टिमा पढेका कुराहरू प्रयोग गर्न सक्नुपर्छ । त्यस्तो वातावरण हुनुपर्छ । जीवनको प्रवाहबाट छुट्टिएर वा वञ्चित भएर बस्दा पढ्नु वा अध्ययनको आधारमा तर्क गर्नु ‘शुष्क बौद्धिक व्यायाम’ जस्तो हुन्छ ।

उहाँको दृष्टिकोणमा अर्को किसिमको तीव्रता पनि देखिन्छ : ‘मैले यस्ता धेरै व्यक्ति देखेको छु जसलाई किताबको पढाइ व्यसनीलाई गाँजा वा अफिम चाहिएजस्तो तलतलको विषय भएको छ । हातले किताब लिन र आँखाले अक्षर टिप्न पाएनन् भने अफिम नपाएको अम्मलीलाई भएजस्तै उसलाई अल्छी लाग्छ र हाई हाई आइरहन्छ ।’ सिक्नु र नयाँ ज्ञानलाई आवश्यकताअनुसार प्रयोग गर्नुलाई बीपीले धेरै महत्त्व दिनुभएको देखिन्छ ।

जीवनको उत्तराद्र्धमा बीपीमा आफ्ना पश्चिमी सोचहरूले गन्तव्य पाएको अनुभूति देखिन्छ । पाश्चात्य दर्शन तथा साहित्यको प्रखर प्रवाहमा तिखारिएको व्यक्तित्व हो बीपीको । युवावयमा गान्धीबाट कम्युनिस्ट चिन्तनतर्फ त्यसपछि क्रमशः प्रजातान्त्रिक समाजवादतर्फ रुपान्तरण भएका बीपीले जीवनको उत्तराद्र्धमा महात्मा गान्धीले जस्तै मेरो जीवन पनि सत्यको खोजी नै हो भनि आफ्नो मूल्यांकन गर्नुभएको छ । ‘आत्मवृतान्त’मा यस सम्बन्धमा उहाँको अभिव्यक्ति पढ्न सकिन्छ ।

‘जेल जर्नल’मा बीपीले लेख्नुभएको छ – ‘मेरो प्रवृत्ति अध्यात्मिक नै छ । म अध्यात्मवादी (आत्मवादी) छैन तर अध्यात्मिक प्रवृत्तिको निश्चय नै छु । चेतन मन र बुद्धिले स्वीकार नगरे पनि जीवनका कष्टमय घडीमा मलाई आफ्नो नियति माथि भर हुन्छ ।’ यो नेपालको राजनीतिक वृत्तमा सधैँ सम्झिइने एउटा प्रचण्ड पाठकको स्वीकारोक्ति हो ।

बीपी सोच्दथे, भारतीय सत्ता कहिल्यै नेपालको लोकतन्त्रको विपक्षमा हुन सक्तैन, जवाहरलाल नेहरू कहिल्यै आफू विरोधी हुन सक्तैनन्। तर, २००७ सालदेखिको उनी जीवित रहुञ्जेलसम्म भारतीय सत्ताले बीपीलाई प्रिय कहिल्यै ठानेन।  

भारतमा बसेर नेपालको २००७ सालको क्रान्तिको तयारी गरेको कारणबाट पनि बीपी कोइरालाले आफ्नो राजनीतिक व्यक्तित्व विकास गर्ने केही अतिरिक्त अवसर पाए। त्यो अवसरले नेपाली कांग्रेसलाई स्थापित हुन प्रशस्त मद्दत गर्‍यो। तर उदीयमान बीपी भारतीय सत्ताका लागि उत्तिकै प्रिय रहिरहन सकेनन्। क्रान्तिसँगै प्रजातन्त्र र स्वतन्त्रता आउनु अनि स्वतन्त्रताले राष्ट्रवादलाई मलजल गर्नु स्वाभाविक प्रक्रिया थियो। तर भारतीय सत्ताका लागि यो अस्वाभाविक बन्न पुग्यो। 

बीपीको व्यक्तित्वका दुई पाटो सँगसँगै विकास भएको देखिन्छ। एउटा पाटोले प्रजातन्त्रीकरणको निरन्तरता चाहन्थ्यो भने अर्कोले राष्ट्रवादको जगेर्ना। भारतमा बसी नेपालमा क्रान्ति गर्दा, पार्टी गठन हुनु पहिलेका कांग्रेस समूहलाई भारतले नराम्रोसँग प्रयोग गर्‍यो। 

भारतको धोका 
भारतको सत्तालाई मित्र शक्तिका रूपमा हेर्न चाहने बीपी लगायतलाई भारतले धोका दिन सक्छ भन्ने कहिल्यै लागेन। यसबारे तब मात्र ज्ञात भयो, जब राजा त्रिभुवनलाई काठमाडौंबाट पाल्पा पु-याउने नेपाली कांग्रेसको गोप्य योजना विफल भयो। 

पाल्पाबाटै राजा त्रिभुवनले श्री ५ सुरेन्द्रले राणा खानदानलाई दिएको पञ्जापत्र बदर गर्दै राणाशाही अन्त्य र जनताको नयाँ सरकार स्थापनाको घोषणा गराउने कांग्रेसको योजना थियो। गणेशमान सिंहको भनाइमा उनले पाल्पा भाग्न हेलिकोप्टरको माग समेत गरेका थिए। तर, कांग्रेसले त्यसको व्यवस्था गर्न सकिरहेको थिएन ।

सोझा राजा स्वयं भारतीय राजदूतावासको चक्रव्यूहमा परे, र सपरिवार मोटर चढी भारतीय दूतावासमा ‘शरण’ लिन पुगे। 

क्रान्तिको तयारी गर्ने कांग्रेससँग न भारत सरकारले न राजा स्वयंले यसबारे कुनै सल्लाह गरे न त्यसपछिको सहकार्यमा साथ लिन नै आवश्यक ठानियो। राजा दिल्लीको हैदरावाद हाउसमा भारतीय सुरक्षाकर्मीको सुरक्षामा पुगे। क्रान्तिको लगाम राजाको फितलोपनले भारतका प्रधानमन्त्री जवाहरलाल नेहरूको हातमा पुग्यो।

कांग्रेससँग क्रान्तिको सिंहनाद गर्नु बाहेक अर्को विकल्प थिएन। तर, यसको अर्थ राणाहरूलाई नेहरूको पोल्टामा पार्नु हुन्थ्यो। कांग्रेस न झगडा गर्न सक्थ्यो न त सहकार्यमार्फत नेतृत्व स्थापना गर्ने। 

देशको एक मात्र शक्तिशाली प्रजातान्त्रिक दललाई या पन्छाएर वा पछि लगाएर नेपालको राजनीतिक यात्रा तय गर्ने भारतीय उद्देश्य स्पष्ट भइसकेको थियो। नेहरूले राजा, राणा र कांग्रेसका बीच पटकपटक मध्यस्थता गरे। उनी कहिले कांग्रेसको पक्ष लिएको जस्तो कुरा गर्थे, कहिले रिसाएर तर्साएको जस्तो गर्दथे।

कथित दिल्ली सम्झौता न नेपालको पक्षमा थियो, न त नेपाली कांग्रेसको। जता पनि नेहरू मात्र थिए। क्रान्तिले बाटो बिराएको थियो। राजा सँगसँगै नेपालको राजनीतिमा भारत पनि स्थापित भएको थियो। दिल्ली सम्झौताले बीपीलाई परिपक्व बनायो। तर राजालाई भने कांग्रेसभन्दा नेहरूपट्टि आसक्त बनायो। दिल्लीको आतिथ्यका लागि उनी आवश्यकताभन्दा बढी अनुग्रही हुन पुगे। यसैको बलमा नेपालको राजनीतिमा नेहरू हावी भइरहेका थिए।

कथित दिल्ली सम्झौता न नेपालको पक्षमा थियो, न त नेपाली कांग्रेसको। जता पनि नेहरू मात्र थिए। क्रान्तिले बाटो बिराएको थियो। राजा सँगसँगै नेपालको राजनीतिमा भारत पनि स्थापित भएको थियो।

दिल्ली सम्झौताले बीपीलाई परिपक्व बनायो। तर राजालाई भने कांग्रेसभन्दा नेहरूपट्टि आसक्त बनायो। दिल्लीको आतिथ्यका लागि उनी आवश्यकताभन्दा बढी अनुग्रही हुन पुगे। यसैको बलमा नेपालको राजनीतिमा नेहरू हावी भइरहेका थिए। 

यसो त भारत स्वतन्त्र भएपछि नेपाल आएका राजदूतहरूबाटै भारतले तानाबाना बुन्न शुरू गरिसकेको थियो। नेपाली कांगेस लगायतका प्रतिपक्षको आन्दोलनबाट भित्तोमा पुगिसकेका अन्तिम राणा प्रधानमन्त्रीलाई लोभलालच देखाएर भारतले सन् १९५० को सन्धि समेत गरायो। 

राजदूतहरूको हैकम
नेपालका लागि स्वतन्त्र भारतका प्रथम राजदूत सरदार सुरजीत सिंह मजिठिया ‘छुच्चो, मूर्ख र कूटनीतिक व्यवहार गर्न नजान्ने मान्छे थिए’ बीपी कोइराला प्रधानमन्त्री हुँदाका निजी सहायक कुमारमणि आचार्य दीक्षितले आफ्नो पुस्तक फाटफुट सम्झना (२०५२) मा लेखेका छन्।

उनीपछि राजदूत बनेर चन्द्रेश्वरप्रसाद नारायण (सीपीएन) सिंह आए। सिंह चाहिं धूर्त, बदमास र पैसाको लोभी थिए – दीक्षितको सार छ। अप्ठेरोमा परेका राणाहरूको निकै पैसा पनि ठगे रे सिंहले। 

नेहरू बाँचुञ्जेल सबै भारतीय राजदूतको मुख्य ‘एजेन्डा’ स्वतन्त्र नेपाललाई भारतको शर्तमा अनुकूल बनाउनु थियो। यी राजदूतहरू आफूलाई ‘भाइसराय’ ठान्दथे। 

तैपनि बीपी नेहरूलाई असाध्यै इज्जत गर्दथे। नेहरूले नेपाल सम्बन्ध विराएका हुन् भनेर बीपीले कहिल्यै भनेनन्। बरु नेहरू बितेको दिन आफू रोएको बीपी आफैंले लेखेका छन्। भारतीय जनताप्रति पनि बीपीलाई ठूलो विश्वास थियो। तर भारतीय सत्ताले त्यसको अनुभव हुन दिएन।   

७ फागुन २००७ पछि गठित अन्तरिम मन्त्रिमण्डलमा गृहमन्त्री भएपछि नै बीपी र भारतीय राजदूत सिंहसँग बीपीको मतभेद शुरू भयो। चन्द्रेश्वरप्रसादको नेहरूसँग व्यक्तिगत सम्पर्क थियो। राजालाई भड्काउने तथा सरकारलाई निर्देशन दिने चाहना उनमा तीव्र थियो।  

त्यसबेला जनरल नरशमशेर बलिया थिए। उनको एक पाकिस्तानी साथी थिइन्। तिनलाई नेपालबाट निकाल्ने, नरशमशेरलाई आई.जी.पी.बाट झिक्ने, बीपीलाई गृहमन्त्रीबाट बिदा गर्ने जस्ता कुरामा सिंह त्रिभुवनसँग कचिंगल गरिराख्थे। यति मात्र होइन, राणासँग सत्ता साझेदारीमा गएको कांग्रेसको एउटा समूहलाई सिंहले आफूतिर मिलाई भाँडभैलो मच्चाउन पनि सफल भएका थिए। 

नेपालले तेस्रो मुलुकसँग सम्बन्ध नराखोस्, राखिहाले पनि भारतलाई विश्वासमा लिएर काम गरोस्, भौगोलिक सर्वेसँगै प्रशासनिक संरचनाको काम पनि आफूहरूसँग नसोधी नहोस् भन्ने ध्येय सबै भारतीय राजदूतको हुन्थ्यो। उनीहरू आफूले गर्न खोजेको कुरा राजाबाट अनुरोध गराउँथे। नेपालको आधुनिकीकरणको हरेक प्रयासमा उनीहरू संलग्न हुने तथा सरसल्लाह निर्देशन दिने चाहना राख्दथे। यहाँसम्म कि नेपालसँग विज्ञ छैनन् भनी मन्त्रिपरिषद् बैठकमा मिनट लेख्ने मान्छे पनि भारतीय राख्ने प्रचलन शुरू गरिएको थियो। 

नेपालको प्रजातन्त्रीकरण तथा कानूनको शासनको पहिलो अवरोध भारतीय इच्छा, आकांक्षा हुन पुग्दथे। भारतलाई चित्त बुझाउनु नै सरकारको एउटा ठूलो चुनौती हुन्थ्यो। लाञ्छना लगाउने बीपीको बानी थिएन। उनी सभ्यतापूर्वक अन्यायको विरोध गर्दथे। बीपीसँग ठूलो र बलियो संगठन थियो, जुन भारतीयका लागि शूल झैं हुन्थ्यो।  

प्रधानमन्त्री मोहनशमशेर र गृह मन्त्री बीपी मिलेर काम गर्ने अवस्थामै थिएनन्। एक अन्तर्वार्तामा बीपीले भनेका छन्ः “मैले भन्नैपर्छ, … सीपीएन सिंह अर्थात् भारतले राणा खेमालाई मजबूत बनाउने भूमिका खेल्यो। हामीलाई दिल्लीमा बैठक गर्नुपर्ने सुझाव दिइएको जवाहरलाल नेहरूको एउटा पत्र पढेर सुनाइयो। तसर्थ, जून महीनामा प्रधानमन्त्री मोहनशमशेर र म दिल्ली गयौं। मैले जवाहरलाल नेहरूसँग तीन दिनमा नौ घण्टा छलफल गरें। तैपनि उहाँले कुनै ठोस धारणा राख्नुभएन। म बिहान आठ बजे नै ‘साउथ ब्लक’ स्थित उहाँको अफिसमा जान्थें र एघार बजे फर्किन्थें। उहाँ प्रायःजसो प्रवचन गरेको पाराले पुनर्गठन गर्नु अत्यन्त महत्वपूर्ण काम हो भनी धारणा राख्नुहुन्थ्यो। मिलेर काम गर्नुपर्छ भन्ने कुरामा उहाँको बल हुन्थ्यो।” 

प्रधानमन्त्री दिल्लीस्थित बाह्रखम्बा रोडस्थित नेपाली राजदूतावासमा बसेका थिए। बीपी नेहरूको चाला देखी दुःखी भई मोहनशमशेरलाई नयाँ प्रस्ताव लिएर गए। मोहनशमशेर भारतका लागि दिल्लीमा रहेका बेलायतका हाइ–कमिश्नरलाई पर्खिबसेका थिए। घरझगडा लिएर दिल्ली आएकोमा अपमानित हुनुपरेको भन्दै बीपीले ‘घरझगडा उतै जाऔं र मिलाऔं’ भनी प्रधानमन्त्री मोहनशमशेर समक्ष धारणा राखे। मोहनशमशेरको जवाफ अनपेक्षित थियो। ‘पहिले तपाईं आफैं दिल्ली आउने गर्नुहुन्थ्यो र आफ्ना उद्देश्यका लागि पण्डितजी र भारत सरकारको समर्थन प्राप्त गर्ने कोशिश पनि गर्नुभएको थियो, होइन ? अब मेरो पालो आयो। नेपालीमा एउटा उखान छ, कहिले सासूको पालो, कहिले बुहारीको पालो’, उनले भने। बीपी रिसाएर फर्कंदै थिए। तर मोहनशमशेरका छोरा विजय शमशेरले बीपीलाई बस्न कर गरे। “बुवाज्यूले मलाई भन्नुभएको छ, हाइ कमिस्नर आएर छलफल नसकुन्जेल तपाईं पर्खनुस् रे ! मेरा पिता वृद्ध हुनुहुन्छ, उहाँले पक्कै पनि तीतो बोल्नुभयो होला। म तपाईंको धारणासँग सहमत छु। उहाँले यी नेतालाई भेट्न दिल्ली दौडिन हुँदैनथ्यो। तपाईंले बूढो मानिसको कुरामा रिसाउनुहुँदैन। उहाँलाई दोष लगाउन हुँदैन। यसैले बेलायती हाइ कमिश्नर नफर्किंदासम्म गलत रूपमा कुरा नटुंग्याऔं।”

नेहरूको यस्ता कुराबाट बीपी उत्साहित हुन सकेनन्। प्रधानमन्त्री दिल्लीस्थित बाह्रखम्बा रोडस्थित नेपाली राजदूतावासमा बसेका थिए। बीपी नेहरूको चाला देखी दुःखी भई मोहनशमशेरलाई नयाँ प्रस्ताव लिएर गए। मोहनशमशेर भारतका लागि दिल्लीमा रहेका बेलायतका हाइ–कमिश्नरलाई पर्खिबसेका थिए। घरझगडा लिएर दिल्ली आएकोमा अपमानित हुनुपरेको भन्दै बीपीले ‘घरझगडा उतै जाऔं र मिलाऔं’ भनी प्रधानमन्त्री मोहनशमशेर समक्ष धारणा राखे। 

मोहनशमशेरको जवाफ अनपेक्षित थियो। ‘पहिले तपाईं आफैं दिल्ली आउने गर्नुहुन्थ्यो र आफ्ना उद्देश्यका लागि पण्डितजी र भारत सरकारको समर्थन प्राप्त गर्ने कोशिश पनि गर्नुभएको थियो, होइन ? अब मेरो पालो आयो। नेपालीमा एउटा उखान छ, कहिले सासूको पालो, कहिले बुहारीको पालो’, उनले भने।   

बीपी रिसाएर फर्कंदै थिए। तर मोहनशमशेरका छोरा विजय शमशेरले बीपीलाई बस्न कर गरे। “बुवाज्यूले मलाई भन्नुभएको छ, हाइ कमिस्नर आएर छलफल नसकुन्जेल तपाईं पर्खनुस् रे ! मेरा पिता वृद्ध हुनुहुन्छ, उहाँले पक्कै पनि तीतो बोल्नुभयो होला। म तपाईंको धारणासँग सहमत छु। उहाँले यी नेतालाई भेट्न दिल्ली दौडिन हुँदैनथ्यो। तपाईंले बूढो मानिसको कुरामा रिसाउनुहुँदैन। उहाँलाई दोष लगाउन हुँदैन। यसैले बेलायती हाइ कमिश्नर नफर्किंदासम्म गलत रूपमा कुरा नटुंग्याऔं।”

त्यसपछि भारतीय व्यवहार झनै बदलियो। राजदूत सिंह बीपी विरुद्ध षड्यन्त्र गर्न थाले। उनी विद्यार्थीलाई उचाल्न थाले। “हाम्रो पार्टीभित्र पनि उनका एजेन्टहरू थिए” बीपीले एक अन्तर्वार्तामा भनेका छन् ।  

राजालाई भारतको गुन ! 
कुमारमणि आचार्य दीक्षितले नेपाल र बीपीप्रति भारतीयको त्यो बेलाको दृष्टिकोणलाई एक प्रसंगमार्फत व्याख्या गर्ने प्रयत्न गरेका छन्। 

दीक्षितले नेपाल सरकारको प्रतिनिधित्व गरी १९५६ मा कोलम्बो प्लानको बैठकमा भाग लिन न्युजिल्याण्ड जाँदाको एउटा अनुभव उल्लेख गरेका छन्। त्यसबेला गुञ्जमान सिंह योजना मन्त्री थिए, दीक्षित मन्त्रीकै प्रतिनिधित्व गर्दै त्यहाँ पुगेका थिए। 

बैठकमा भारतका तर्फबाट सहायक अर्थमन्त्री बलीराम भगत आएका थिए। बीपीको कुरा कोट्याउँदै उनले भनेछन्– बीपी भारतसँग मित्रता राख्दैनन्। उसो त उनी भारतमै हुर्के पढेका मान्छे हुन्। प्रतिउत्तरमा दीक्षितले पनि भनेछन्– आफ्नो देशको हित हेर्दैमा भारतको अहित हुन्छ भन्नुहुँदैन। भारतकै प्रधानमन्त्री नेहरू पनि त बेलायतमा बढे, पढेका मान्छे हुन्। तैपनि उनले भारतबाट बेलायतीलाई भगाउन आन्दोलनमा भाग लिए। 

न्युजिल्याण्डबाट फर्कंदा अष्ट्रेलियाको सिड्नीस्थित विमानस्थलमा ओर्लंदा दीक्षितलाई ‘रिसिभ’ गर्न भारतीय कूटनैतिक नियोगका फर्स्ट सेक्रेटरी आएका रहेछन्। दीक्षित आश्चर्यमा परे। किन तपाईं आउनुपर्‍यो भनी सोध्दा उनले भनेछन्– नेपालको प्रतिनिधित्व नभएको स्थानमा भारतले नै नेपालको हित हेर्ने भन्ने दुई सरकारको सम्झौता भएको छ।

नेपाल फर्केपछि दीक्षितले यही प्रसंग बुबा परराष्ट्र सचिव नरेन्द्रमणि आचार्य दीक्षितलाई सुनाए। कुरा प्रधानमन्त्री टंकप्रसाद आचार्य हुँदै राजासम्म पुग्यो। राजाबाट ‘नेपालको प्रतिनिधित्व नभएको ठाउँमा नेपालको हित भारतले हेर्ने भन्ने कुरा उठेको तर यस विषयमा आफूले स्वीकृति दिएको सम्झना नभएको’ जवाफ आयो। 

छोरा कुमारमणिसँग कुराकानीका क्रममा नरेन्द्रमणिले ‘२००७ सालको क्रान्तिमा भारतले आफूलाई बचाएकोले गुन लाउन राजा त्रिभुवनले यस्ता धेरै कुरामा भारतलाई छुट दिएका’ भनेका रहेछन्। 

जस्तो कि, भारतीय सहयोगमा प्रस्तावित त्रिभुवन राजपथको बाटो धेरै घुमाउरो थियो र सरकार यसको विकल्पको खोजीमा थियो। विकल्पको प्रस्तावमा भारतीय पक्षले प्रष्ट भनेछ- यो विषयमा छलफल गर्नुको कुनै अर्थ छैन किनकि हामी दुई देशको उच्चस्तरबाट यो विषय टुंगो लागिसकेको छ। 

परराष्ट्र सचिव नरेन्द्रमणिले यो कुरा राजालाई सुनाएछन्। राजाको जवाफ सुन्दा उनी स्वयं छक्क परे। राजाले नै भारतीय सैनिक दृष्टिकोणबाट उपयुक्त हुने भनेकाले यो राजपथको स्वीकृति दिएका रहेछन्। भारतको मिलिटरी मिशन, नेपाल आउने चीनको सिमानामा भारतीय चेकपोष्ट स्थापना, नेपाल आउने विदेशीहरू (पर्यटक समेत) बारे भारतीय राजदूतावासको अग्रिम स्वीकृति लिएर मात्र भिसा दिनुपर्ने इत्यादि अनेक उदाहरण छन्, जसमा भारतले लामोहात गरेको देखिन्छ। 

बीपीको ‘लेगेसी’
२० डिसेम्बर १९५१ मा नेहरूले राजा त्रिभुवनलाई लेखेको चिठी छापिएको छ। त्यसमा उनले नेपालको सुरक्षा योजना र वैदेशिक नीतिलाई भारतको सुरक्षा योजना र वैदेशिक नीतिसँग समन्वय गर्ने राजाको प्रस्तावमा खुशी व्यक्त गरेका छन्। यसबाट राजदूत सिंहले कुन हदसम्मको षड्यन्त्रमा राजालाई पारिसकेको रहेछन् भन्ने स्पष्ट हुन्छ। 

यस्ता धेरै उदाहरण छन्, जसबाट पुष्टि हुन्छ– बीपी कोइरालाले नेपालका लागि ठूलो ‘लेगेसी’ छोडेर गएका छन्। ती ‘लेगेसी’हरूको प्रभाव आजसम्म उत्तिकै छ। बाँचुञ्जेल आफ्नो सामथ्र्य र क्षमताले देश बनाउने हो, मरेपछि छोडेर जाने ‘लेगेसी’ नै हो। चरित्रप्रधान मान्छेले मात्र यस्तो गर्न सक्दछ। बीपी त्यही चरित्रप्रधान व्यक्तित्व थिए। द्विपक्षीय विदेश नीतिमा अहिले पनि कोही कतै ‘म ब्वाँसो बन्छु, तिमी पाठो बन’ भन्न सक्छन्। तर, समानताका आधारमा विकसित आजको विदेश नीतिमा हामीले सहजै ‘अब ती दिन गए’ भन्न सक्नुपर्छ। बेलैमा त्यसो भनिएन भने आजको ब्वाँसो भोलि सिंह पनि बन्न सक्छ।

यो चिठीको करीब चार महीनापछि दाजु मातृकाप्रसादलाई लेखेको चिठीमा नेहरूले सचेत गराएका छन्: “बीपीमा पूर्ण ऊर्जा छ र कहिलेकाहीं बढी चञ्चल हुन्छन्, त्यति मात्र हो । ठीकसँग प्रयोग गर्ने हो भने ती असल गुणहरू हुन्, तपाई र उनीबीच पूर्ण सहयोग भयो भने तपाईंले उनका गतिविधिलाई ठीक दिशामा प्रयोग गर्न सक्नुहुनेछ।” 

नेपालको सुरक्षा नेपालीको चुनौती हो, भारतको होइन भन्ने उनको भनाइ र नेहरूलाई दिएको जवाफ नेपालको इतिहासमा सधैं चर्चित छ नै। बीपीको सरलता र निश्चल रूपमा आफ्नो मुलुकका लागि चिताएको सोझो कुरो लेख्ने र बोल्ने बानीले गर्दा उनी भारतीय सत्ताका लागि अपच हुन्थे।  

राजा महेन्द्रले २०१७ सालमा प्रधानमन्त्री बीपीलाई विना थुनुवा पुर्जी ८ वर्ष कारागारमा थुन्दा र प्रजातन्त्र मास्दा भारतीय सत्ताले उनको अनुपस्थितिमा आफूलाई बलियो पार्ने मौका पाएको सोच राख्यो। सुन्दरीजल जेल छँदा आफ्नो तथा मुलुकको बारेमा प्रशस्त ‘रिफ्लेक्सन’ गर्न पाएका बीपीले दुःखका साथ लेखेका छन्ः “नेपालमा भारतको प्रतिष्ठा माटोमा मिलेको छ।” 

भारत कतैबाट पनि नेपालको प्रजातन्त्र र राष्ट्रियताका लागि सहयोगी हुने अवस्था नदेखिंदा पनि बीपीले हिम्मत हारेनन्। राष्ट्रिय मेलमिलाप नीतिका लागि पृष्ठभूमि तयार हुँदैथियो। 

सत्ताका लागि मात्र राजनीति नगर्ने बीपी स्वयंमा नेपाली स्वतन्त्रता, स्वाभिमान र लोकतान्त्रिक अभियानका एक सार्वजनिक बौद्धिक थिए। पार्टी नेताका साथै एक विचारकका रूपमा जीवन बिताएकाले पनि हुनुपर्छ, उनी रहँदासम्म नेपाली कांग्रेस उनकै सेरोफेरोमा रह्यो। र आजपर्यन्त बीपी कांग्रेसको सिद्धान्तको पर्याय बनेका छन्।

राम्रो औपचारिक अध्ययन, युवाहरूसँगको निकटता तथा उनीहरुको सामथ्र्य चिन्नसक्ने खूबी, नेपाली भाषा, साहित्य, धर्म, रीतिथिति, अर्थशास्त्र, कानून सुधार, महिला अधिकार, विविधता, समावेशीकरण र परराष्ट्र सम्बन्ध जस्ता सबै क्षेत्रमा बीपीसँग फरक देशदृष्टि थियो। पार्टी संगठन विस्तारका लागि बीपी देशको कुनाकाप्चा सबैतिर पुग्दथे। र, अन्य सहकर्मीहरूलाई पनि घरघर पु-याउने दृष्टिकोण उनमा देखिन्थ्यो। 

यस्ता धेरै उदाहरण छन्, जसबाट पुष्टि हुन्छ– बीपी कोइरालाले नेपालका लागि ठूलो ‘लेगेसी’ छोडेर गएका छन्। ती ‘लेगेसी’हरूको प्रभाव आजसम्म उत्तिकै छ। 

बाँचुञ्जेल आफ्नो सामथ्र्य र क्षमताले देश बनाउने हो, मरेपछि छोडेर जाने ‘लेगेसी’ नै हो। चरित्रप्रधान मान्छेले मात्र यस्तो गर्न सक्दछ। बीपी त्यही चरित्रप्रधान व्यक्तित्व थिए। 

द्विपक्षीय विदेश नीतिमा अहिले पनि कोही कतै ‘म ब्वाँसो बन्छु, तिमी पाठो बन’ भन्न सक्छन्। तर, समानताका आधारमा विकसित आजको विदेश नीतिमा हामीले सहजै ‘अब ती दिन गए’ भन्न सक्नुपर्छ। बेलैमा त्यसो भनिएन भने आजको ब्वाँसो भोलि सिंह पनि बन्न सक्छ। 

उपन्यासकार विश्वेश्वरप्रसाद कोइरालाको राजनीतिक दर्शनको एउटा दरिलो पाटो उनको ‘हिटलर र यहुदी’ भन्ने सानो उपन्यासमा पाउन सकिन्छ ।

यस उपन्यासको पृष्ठभूमि दोस्रो विश्वयुद्ध हो । पहिलो विश्वयुद्धले सिर्जना गरेको सामरिक गुटबन्दी, उपनिवेशवाद, हतियारहरूको प्रदर्शन तथा राष्ट्रवादको लडाइँको निरन्तरताका रूपमा इतिहासमा हिटलरको उदय भएको हो । उनले राष्ट्रवादलाई विकृत रूपमा नश्लवादमा प्रवेश गराए । हिटलरको भनाइ थियो उनको मुलुक जर्मनी संसारको सबैभन्दा ठूलो शक्ति राष्ट्र हुन्छ वा देशका रूपमै रहँदैन । यसका लागि लडाइँ लड्नुपर्छ, नलड्नेलाई बाँच्ने अधिकार छैन । राष्ट्रिय, समाजवादको सैद्धान्तिक आवरणमा पहिलो विश्वयुद्धपछि जर्मनीमा स्थापना भएको नाजी पार्टी हिटलरको संगठनको आधार बन्न पुग्यो ।

जर्मन नाजी पार्टीको विकास क्रमशः भएको देखिन्छ । उनले झुटो अभिमान डर, त्रास तथा जर्मन जातिको विशिष्टता देखाएर यसका सदस्यहरू बढाउँदै लगे । सन् १९२३ मा नै हिटलरले जर्मन सरकारलाई वैधानिक सत्ताबाट मिल्काउने प्रयत्न गरे । तर सकेनन् । यसपछि उनलाई ५ वर्षको जेल सजाय सुनाइयो । जेलमा हुँदा उनले आफू र आफ्नो राजनीतिक दृष्टिकोणले भरिएको ‘मेन क्याम्फ’ (मेरो संघर्ष) नामको पुस्तक पनि लेखे । यसमा उनले नाजी पार्टीको सिद्धान्त्तहरूलाई विवेचना गरेका थिए । सन् १९३२ सम्म जर्मनीको संसद्मा नाजीहरूको सदस्य संख्या २३० पुगिसकेको थियो । सन् १९३३ मा जर्मनीको अल्पमतको सरकारका चान्सलर बनेपछि हिटलरले जर्मनीको संसद्लाई भंग गरे । संविधान र प्रजातान्त्रिक कानुनहरूबाट उनी सञ्चालित हुन चाहँदैनथे । दलहरूलाई लघारे । कम्युनिस्ट पार्टीलाई पनि उनले गैरकानुनी बनाए । तत्कालीन राष्ट्रसंघ (लिग अफ नेसन्स) को सदस्यता पनि छोडे । त्यसपछि उनको उद्देश्य सैन्य शक्ति बढाउनुबाहेक अरू केही थिएन । हिटलर सम्हालिनसक्नु भइसकेका थिए । १९३३ मा उनी जर्मनीको सत्तामा पुगेपछि जर्मनीको एउटा नश्लवादी साम्राज्यको स्थापनाको प्रक्रिया अनवरत रूपमा अघि बढ्न थाल्यो । तर शक्ति संघर्षमा लागेका युरोपेली मुलुकहरूले यसलाई त्यति महत्त्व दिएनन् । कतिपयमा त्यो क्षमता पनि थिएन । उल्टै सन् १९३८ मा टाइम म्यागाजिनले हिटलरलाई ‘म्यान अफ द इयर’ घोषणा गर्‍यो । सन् १९३९ मा उनलाई झन्डै नोबेल पिस प्राइज दिइएको थियो । सानो नानी हुँदा पुजारी बन्ने रहर भएको र वयस्क भइसक्दा पनि कालो बिरालीसँग डराउने हिटलर सत्तामा पुगेपछि नश्लवादी मात्र होइन डरलाग्दा तानाशाहका रूपमा स्थापित भए ।

त्यसो त हिटलर जर्मनीलाई बलियो बनाउन चाहन्थे । तर, पहिलो विश्वयुद्धमा जर्मनीको हारको कारण के–के हुन् ? तिनको उनले राम्रो विश्लेषण गर्न सकेनन् । उनको निष्कर्ष सही थिएन तर जर्मन यहुदीहरूलाई नै त्यस्तो हारको प्रमुख कारण उनले देखे । उनको भनाइ थियो, जर्मन साम्राज्यको पुरानो गौरव फर्काउने हो भने यहुदीहरूलाई मास्नुपर्छ तथा युद्धकै माध्यमबाट जर्मनीले शक्ति आर्जन गर्नुपर्छ । यहुदीहरू निचो जातका हुन् र जर्मनीको धार्मिक ऐतिहासिक, दार्शनिक वा मनोवैज्ञानिक दूरावस्थाका कारण उनीहरू नै हुन् । हिटलरले तत्कालीन जर्मनीमा रहेको एउटा यस्तो वर्ग जसले जातीय श्रेष्ठता, घृणा तथा हिंसाका आधारमा आफूलाई सर्वश्रेष्ठ ठान्थ्यो, तिनलाई आफूप्रति आकर्षित गर्दै गएका थिए । यति मात्र होइन तिनीहरू हिटलरको नाजी पार्टीमा बलियो हुँदै गएका थिए । कतिपय यहुदीहरू ज्यान र अस्मिता बचाउन जर्मन छोडी अन्य युरोपेली मुलुकहरूतिर भागेको पाइन्छ । तर युरोपभरि जहाँ पनि उनीहरू असुरक्षित थिए । जब यहुदीहरूलाई सम्पूर्ण रूपमा लगार्न सकिएन त्यसपछि हिटलरले यहुदीहरूको सर्वनाश गर्ने अन्तिम उपाय खोजे । ‘होलोकास्ट’ भनेको त्यही उपाय हो । यो यहुदीहरूको विध्वंशको विभत्स तरिका थियो । अब हिटलर राक्षस भइसकेका थिए । उनलाई वैधानिक जनाधारको आवश्यकता थिएन ।

विश्वयुद्धले हिटलरलाई मनोमानी गर्ने वातावरण दियो । ‘होलोकास्ट’ को पहिलो प्रयासका रूपमा हिटलरले जर्मन सेनाका सैनिक यहुदीहरूलाई खासखास इलाकाहरूमा जम्मा गरे । त्यसपछि उनीहरूबाट गराउन सकिने सबै प्रकारका कामहरू पनि गराए । युद्धबन्दी जस्तो गरी आफ्नै देशमा उनीहरूको शोषण गरियो । उनीहरूकै हातबाट उनीहरूलाई मार्न विशेष किसिमका क्याम्पहरू स्थापित गराइए । यसमध्ये सबैभन्दा कुख्यात क्याम्पको नाम थियो ‘आश्च्हवीट्ज’ । यहुदीहरूलाई यो शिविरमा ल्याउँदै झ्याल ढोका थुनेर विषालु ग्यास छाड्दै मारिन्थ्यो । कतिपयलाई जिउँदै जलाएर पनि समाप्त गरिन्थ्यो । जो काम गर्न सक्ने थिएनन् विरोध गर्थे वा भाग्न चाहन्थे उनीहरू अघिल्लो घानमा पर्थे । बाँकी रहेका यहुदीहरू पनि भोक र रोगका कारण क्रमशः सिद्धिन्थे । दोस्रो विश्वयुद्धको ६ वर्षको अवधिमा नाजीहरूले ६० लाख जति यहुदीहरूको हत्या गरेको मानिन्छ । त्यसमध्ये पनि १५ लाख त केटाकेटी मात्र थिए । किशोर–किशोरी तथा युवतीहरूको चरम शोषणपछि पालो आउँथ्यो । केवल यहुदी भएका कारणले मात्र यी सबै निर्दोष व्यक्तिहरूको हत्या गरिँदै थियो । वास्तवमा संसारका एकतिहाइ जति यहुदी जनसंख्या यो नरसंहारबाट खरानी भएको थियो । जुन रूपमा हिटलर र उनको नाजी पार्टीले यो नरसंहारको संख्या व्यवस्थापन तथा कार्यान्वयन गरे त्यो मानवताविरुद्धको पराकाष्टा थियो । मानवता हारेको क्षण थियो त्यो ।

आफ्ना काम–कारबाही तथा तथा प्रक्रियामा हिटलर एउटा तानाशाही शासक मात्र रहेनन् उनी एउटा मानसिकताका प्रतीक बन्न पुगे । संसारमा सर्वश्रेष्ठ मुलुक जर्मनी, सर्वश्रेष्ठ शासक हिटलर र सर्वश्रेष्ठ दर्शन नाजीवाद । झुटो बोल्नु, जनतालाई उन्मादित तुल्याउनु तथा मीठो भाषणबाट ‘हिप्नोटाइज’ गर्नु हिटलरको ठूलो खुबी थियो । सबै खाले शासकीय मिथ्यालाई स्थापित गर्न उनका प्रचार मन्त्री ‘गोयवल्स’ काफी थिए । विश्वयुद्धमा भाग लिएका कुनै पनि युरोपेली मुलुकहरूमा यो विभिषिकालाई रोक्ने क्षमता थिएन । हिटलरको नेतृत्वमा १९४१ सम्म नाजी सेनाहरूले युरोपमा कब्जा गरिसकेका थिए । जर्मनी सबै छिमेकी मुलुकहरूसँग लडाइँमा थियो । मित्रराष्ट्रका सेनाहरू मिलेर आफूलाई अन्ततः हराउन सक्नेतर्फ उनको ध्यान गएन । सन् १९४५ मा सोभियत सेनाहरूबाट घेरिएपछि हिटलरको अस्ताउने समय सुरु भयो । भनिन्छ, बर्लिनमा भुइँमुनि ५० फिट तलको एउटा बङ्करमा आफूलाई गोली हानेर आफ्नी श्रीमतीसँगै उनले आत्महत्या गरे । दोस्रो विश्वयुद्धको समाप्ति र हिटलरको तानाशाही सँगसँगै अन्त्य भयो । दोस्रो विश्वयुद्धको समाप्तिपछि इतिहासलाई हेर्ने विभिन्न दृष्टिकोणहरूका आधारमा संसारभरि विभिन्न पुस्तक लेखिएका छन् ।

यस उपन्यासको नाम ‘हिटलर र यहुदी’ भए पनि हिटलर यो उपन्यासको प्रमुख पात्र भने होइनन् । उनी उपन्यासको समग्र पृष्ठभूमि हुन् । उनको स्वेच्छाचारिता, तानाशाहीपन, वैचारिक स्तर, र यहुदी जातिका बारेमा उनको सिद्धान्त र व्यवहार यस उपन्यासमा परीक्षणमा छ । यसमा सबैभन्दा प्रमुख भूमिका ‘म’ पात्र को छ । ऊ सैद्धान्तिक रूपमा परिस्कृत हुन चाहने तथा मूल्य–मान्यताको निरन्तर खोजमा हिँडेको अनन्त यात्री हो । उसको यात्रा हिन्दुस्तान हुँदै पानीजहाजबाट युरोपसम्म पुगेको छ । ऊ कथावस्तुको सबैतिर छ । सबैलाई बौद्धिक चुनौती दिएर उसले उपन्यासलाई अघि बढाउँछ । उसले प्रश्न सोध्छ, तटस्थ भएर टिप्पणी गर्छ, आफ्नो अनुभव सुनाउँछ र अन्ततः मानवता, दया, प्रेम, संरक्षण र मान्छे हुनुको नैतिक पक्षलाई मुटु चिरिने गरी उपस्थित गराइदिन्छ । उसले देखाउँछ– युद्ध नितान्त खराब कुरा हो । यसले न व्यक्तिलाई राम्रो गर्छ, न उसको समाज, न त शासकीय पद्धति वा स्वतन्त्रतालाई ।

विचार र द्वन्द्वको आर्तनादमा बढेको छ यो उपन्यास । यहुदी जातिको इतिहास, देन, र विशेष गरेर धार्मिक विचारको विकासमा र त्यस जातिले भोगेको अनवरत दुःखबारे यसमा छलफल गरिएको छ । कुरो उप्काउने दृष्टिले ‘म’ पात्र भन्छ : ‘अध्यात्मवाद, परमेश्वरसम्बन्धी विचार र भावनाको विकासमा यहुदीको मौलिक योगदान छ । सर्वप्रथम परमेश्वरको चराचर्म व्याप्तताको स्पष्ट चित्र उनीहरू कै मष्तिष्कमा खिचिएको थियो, होइन ?” त्यसै गरी ऊ भन्छ “कुरैकुरामा मलाई लागेर भनेको– क्रिस्तान युरोपलाई त कमसेकम आध्यात्मिकताको प्रकाश दिने यहुदी जातिलाई नै किन इतिहासमा लाञ्छना छ, अविछिन्न यातनाको सिकार हुनुपर्‍यो ? हालैमा पनि ६० लाख कत्लेआम भए तिनीहरू– आवाल वृद्ध, वनिता सारा…।” यो प्रश्न मानवताको प्रश्न हो । हरेक जातिलाई बाँच्ने अधिकार छ । यो उपन्यासको कथावस्तु यसै प्रश्नबाट अगाडि बढ्छ ।

मद्रासी ब्राह्मण नारायणनले सजिलो गरी आफ्नो दृष्टिकोण राख्छ । उसको चेतना हिन्दुदर्शनको एउटा पाटोसम्म मात्र सीमित छ । ऊ भन्छ– “समाजको संगठनबाट कल्याणको कुरा, धार्मिक सहिष्णुताबाट मानव समाजको परिवर्तन सुधारवाद आदि कुरा त भौतिकवादीहरूका सिद्धान्त्त हुन्, जो पश्चिमी दर्शनको विषय हो । हिन्दु सिद्धान्त यस्ता कुरालाई प्रयोजनहीन भन्ठान्छ । जीवन त यात्रा हो, त्यस्तो बाटोमा जुन बाटो तिमीले स्वयं आफूले नै खनेका छौ । आफ्नो कर्मले खनेको बाटोमा नहिँडी धर छ र ? यदि जीवनसँग अविछिन्न रूपले रहेको यावत् दुःख तृष्णा, लोभ, मोह, अशान्ति इत्यादिबाट छुट्कारा पाउनु छ भने बाटो नखन, तिमीले हिँड्नु पर्दैन त्यसमा ।” चर्को तर्क छ नारायाणनको । ऊ न्याय अन्यायजस्ता विषयको जोखिम लिन चाहँदैन । विवेकको एउटा पाटो उसको व्यक्तित्वमा लुप्त छ । ठूला सैद्धान्तिक प्रश्नबारे उसको पेटमा कुनै अग्नि छैन । विद्वान् छ, तर उसको जीवनको कुरा शास्त्रमा हराएको छ । ‘म’ पात्रले अविश्वासको निःश्वास झिकेर उसलाई टिप्पणी गर्छ– “त्यसो भए के यहुदी जाति नै कर्मबन्धनमा परेर युगानुयुगदेखि विभिन्न स्थितिमा पिल्सिँदै आएका हुन् त ? आफैंले खनेको बाटोमा हिँडेका साठी लाख यहुदी जो हिटलरको भठ्ठीमा होमिए ?” उसले आक्षेप पनि लगाउँछ : “नारायणनजी, तपाईंलाई हिटलरले भष्मिभूत पारेका यहुदीहरूप्रति संवेदना पनि छैन ?”

यो द्वन्द्वको अर्कोपट्टि आफ्नो स्पष्ट धारणा लिएर उभिएकी छ एउटी अर्की आधुनिक गुजराती युवती । उसको नाउ रेवा हो । ऊ स्वच्छन्द स्वभावकी छ । प्रशस्त पढेलेखेकी छ, तर जीवनलाई बोझिलो बनाउन चाहन्न । हिटलरको प्रसंग होस् वा यहुदीको, उसले नबुझेकी केही छैन, तर भन्छे : “यो कस्तो खाँचो तिमीलाई, हर कुराको अर्थ चाहिने । बिनाअर्थको जीवन आनन्दमय हुन सक्दैन र ? मलाई त यो क्षणले नै यसरी लठ्याइराख्छ । त्यसभन्दा बाहिर सोच्ने समय नै पाउँदिनँ । तस्बिरको रङलाई कोट्याएर त्यसको मर्मलाई बुझ्ने प्रयत्न नगर । जे छ बाहिर छ, छर्लङ्ग छ, जीवनबाहिर छ, उदाङ्ग छ उघ्रिएको ।” रेवा सरल छे, तर त्यो जीवन के जीवन जहाँ यसका मौलिक प्रश्नहरूको समाधान नै नखोजी आत्मसमर्पण गरिएको होस् । हो, यहाँ रेवा समस्याको एउटा पक्ष हो, यसको जवाफ होइन । यस विषयमा अझ खोजीनीति चाहिएको छ ।

जवाफ दिनुपर्ने मान्छे वा आजको चलनचल्तीको भाकामा भन्ने हो भने सार्वजनिक उत्तरदायित्व वहन गर्नुपर्ने प्रमुख व्यक्ति त हिटलर नै हुन् । कानुनको पृष्ठभूमि भएको यो टिप्पणीकारलाई हिटलरले आत्महत्या गरेको कथा विश्वासिलो लाग्दैन । उनी र केही दिनअघि मात्र बिहे गरिएकी उनकी श्रीमती आफ्ना दुस्मनबाटै मारिएको हुन सक्ने परिस्थिति बलियो देखिन्छ । जे भए पनि उनको मृत्युले उसले सिर्जना गरेको समस्याको निदान गर्दैन । त्यसैले ‘म’ पात्रले मरिसकेका हिटलरलाई ईश्वरसँग संवाद गराउन पछि पर्दैन । सभ्यताको अपराधी त ऊ नै थिए । आफ्नो गलत उद्देश्यका लागि लाखौं नाजी सहयोगी तथा धुपौरेको प्रयोगबाट दोस्रो विश्वयुद्धको थालनी र यहुदीको सर्वनाशको प्रमुख सर्जक उनी आफैं बनेका हुन् । किन यो निष्ठुरता ? ईश्वरले सोध्छन् : “हिटलर, तिमीले आफ्नो अमानवीय निष्ठुरताको प्रतिवादमा केही भन्न सक्दैनौ ?”

मृतक हिटलरको जवाफले यस उपन्यासको अर्को पक्षलाई तेस्र्याइदिन्छ : “म निष्ठुर होइन कदापि । निष्ठुरता एउटा भावावेग हो– उत्तेजनापूर्ण क्रिया जसबाट म मुक्त भन्ठान्छु आफूलाई । यथार्थमा, म दयाबाट पनि मुक्त छु, किनभने दया पनि भावनाप्रधान तत्त्व भएकाले मैले त्यसलाई विषजस्तो त्यागेको छु । गीता सर्वश्रेष्ठ ग्रन्थ हो । दैवित्वविहीनको धर्म प्रतिवादित छ त्यसमा– सांसारिक कर्म गीता कर्म हो । त्यो एउटा यस्तो महान् आध्यात्मिक ग्रन्थ छ, जसलाई आ–आफ्नो अखण्डनीयताका लागि धर्मशास्त्रीहरूले ईश्वरको भर पर्नु पर्दैन । कृष्ण र अर्जुनको कथा एउटा रूपक मात्र हो, सोद्देश्य लेखिएको नीतिकथा–एउटा आख्यान हो । ईश्वर भनेको उत्तेजनारहित मानव हो– लिप्सामुक्त, स्पृहाबाट मुक्त व्यक्ति । मानव त्यस्तो ईश्वर हो जो आशक्तियुक्त छ । मानव र ईश्वरमा फरक अर्को यसले पनि छ– या भनुँ त्यही कारणले नै– कि एउटा सामथ्र्यहीन छ अर्को सामथ्र्यवान् । राजनीतिमा लागेको व्यक्ति अरू पेसाका मानिसभन्दा झन् बढी शक्तिको पथको यात्री हुन्छ । उसको अनुसन्धान शक्ति त झन् बढी शक्ति हो । त्यसो हुनाले गीता राजनीतिज्ञहरूका लागि अमरवाणी भएको छ । उनीहरूका लागि यो विज्ञानको ग्रन्थ हो ।”

हिटलरको तर्क असाध्यै स्वार्थी छ । उनको सोचाइ छ, आफूले जेजस्तो काम–कारबाही गरे त्यो आफ्नो मुलुक वा जर्मन जातिका लागि गरिएको थियो । उनी आफूलाई कर्मयोगी मान्छन् । एउटा कर्मयोगी कसरी दोषी हुन सक्छ । के महाभारतको युद्ध भगवान् कृष्णले नचाहेको भए हुन सक्थ्यो ? उनले पनि त निरङ्कुशता नै देखाएका हुन् । आफ्नो निरङ्कुशताको प्रतिरक्षा गर्दै ईश्वरसँगको संवादमा हिटलरको लोकलयमा बिक्न सक्ने एउटा बलियो दाबी हुन्छ ।

हिटलर भन्दछन् : “जुन घडीसम्म मेरो उत्पीडन–निरंकुशता–कायम रह्यो, तबसम्म म पनि ईश्वर नै भएँ । कविहरूले मलाई आफ्नो कवितामा गाए, शिल्पीहरूले मलाई सङ्गमरमरमा कुँदे, रंगमा चित्रित भएँ, चित्रकारद्वारा । नारीहरूले मलाई आफ्नो हृदयमा स्थापित गरे, पुरुषहरूले मेरो पाउमा शिर निहुराए । विद्वान्, प्राध्यापकहरूले मलाई विश्वविद्यालयहरूमा पढाए, विद्यार्थीहरूले अनेकानेक किताबहरूमा मेरो अध्ययन गरे । मातापिताहरूले आदरका साथ मलाई उच्चारण गरे, आफ्ना छोराहरूलाई मेरो नाम दिएर सुशोभित पारे– रातदिन मेरो स्तूतिगान भइरह्यो । संक्षेपमा, म ईश्वर थिएँ । हो, तिम्रो दाँजोमा एउटा सानो ईश्वर । तर योग्यताअनुसार सबैले आफ्नो भाग पाउने हुनाले मेरो अल्प–नगण्य निरङ्कुशताले त्यही अल्प–नगण्य–ईश्वर–पद आर्जन गर्‍यो, आज जब मेरो निरंकुशता समाप्त भयो । र अब म मरिसकेको छु । मलाई पृथ्वीलोकमा मानिसहरू यदि घृणा गर्छन् भने त्यसको पनि पछुतो छैन ।” हिटलरले अरू साक्षी बस्नेलाई ‘बुक’ मा ल्याउँछन् तर उनीहरूलाई पोलेर मात्र उम्किन सक्ने उनको अवस्था छैन ।

यस उपन्यासका विभिन्न पात्रहरू बडो बुद्धिमत्तापूर्ण रूपमा छनोट गरिएका छन् । विश्वयुद्ध र हिटलरले गरेको अशान्तिलाई विभिन्न दृष्टिकोणबाट यी पात्रहरूमार्फत मूल्याङ्कन हुन्छ । यो ‘म’ पात्रले डेबिड भन्ने अन्तर्राष्ट्रिय यहुदी संगठनको कार्यकर्तासँग यहुदी जातिले खपेको हत्या र आतङ्कको पीडाबारे सुन्दछ । यहुदी जातिको आफ्नो देश हुनुपर्छ । त्यसलाई धान्नुपर्छ, भन्ने उसको मान्यता छ । त्यस्तै यहुदी विरोधी लेबनानकी पत्रकार मार्गरेटसँगको कुराकानीका आधारमा ‘म’ पात्रले त्यस सम्बन्धमा वैकल्पिक दृष्टिकोण पाएको हुन्छ । अरबहरूको भूमि मासेर यहुदीका लागि देश कायम गर्न नसकिने आफ्नो दृष्टिकोण उसले राखेकी हुन्छे । यसै ‘म’ पात्रले आफ्नी श्रीमती लक्ष्मीसँगको चिठीपत्र सम्झना वा वार्ताका आधारमा प्रेम र यौनका कुराबारे आफ्नो दृष्टिकोण राख्छ । यसका आधारमा हिटलरले ल्याएको बेथितिलाई हेर्नुपर्ने हुन्छ । यसै ‘म’ पात्रसँगको अन्तर्क्रियामा मद्रासी ब्राह्मण नारायणन र गुजराती मूलकी युवती रेवामार्फत धर्म चेतना, जीवन र सुन्दरताका कुराहरू राखिन्छन् । युद्धबाट प्रताडित हुने मान्यताहरू हुन् यी । यो ‘म’ पात्र नै थियोडोरा नाम गरेकी पथप्रदर्शकसँग घुम्दै गरेका कुराकानीहरू तथा अन्तरमनको प्रस्तुति एवं सानी केटी इल्जेसँग उसले धानेको जीवनको समीक्षाबाट मानवतासँग सम्बन्धित कतिपय पक्षलाई सिंहनाद गरेको देखिन्छ । उमेरभन्दा बढी नारी चातुर्य भएकी थियोडोराको मासिएको जिन्दगी र युद्ध पीडित लिओनार्डोको बाँच्नैपर्ने विवशताबीचका जिजिविषा उल्लेखनीय रूपमा त्यहाँ चित्रित हुन्छन् । आफूलाई हिटलरको साथी भन्न रुचाउने त्यो खोरोन्डो सिपाही लिओनार्डोको अन्तक्र्रियाबाट हिटलरको वीभत्स रूप देखिन्छ । यसैमा बालयौन व्यवसायी इल्जेको सर्वनाश भइसके पनि आफू अझै नै मानवताका लागि उपयोगी भएको दाबी थपिन्छ । यो दाबीले पाठकको मुटु हल्लाउँछ : “बालिका शरीरमा नसुहाएको असमयमै छिप्पिएका स्तन र त्यस्तै तिघ्रा, निर्दोष अबोध बालिका शरीरमा यी दुई अंगले मात्र रसमय भएर मलजलमा हुर्किएका थिए । इल्जेको जीवनसँग यिनको केही आन्तरिक सम्बन्ध थिएन । ऊ त यिनलाई गहनाजस्तो लाएर हिँड्थी र निःतान्त अज्ञानमा तिनको अधिकारिणी भएकाले गर्व गर्थी र भन्थी–हेर, मसँग पनि छन् तिमीलाई काम लाग्ने कुरा ।”

‘म’ पात्र यहाँ पनि थाक्दैन आफ्नो अनन्त खोजमा । उसको सोचाइको वेग जीवन बाँच्न सिकेकी निर्दोष इल्जेले थाम्न सक्ने थिएन । ऊ प्रश्न गर्दछ : “(इल्जे) लाई कसैले भनिदेओस्– तिम्रा यी शृंगार–साधन पटक्क नसुहाउने छन्, त्यस्तो आत्मीय सहृदय पुरुष उसले कहाँ पाइहोली र ? जसले उसलाई भन्थ्यो– इल्जे, तिमीले लाएको ओठ र गालाको लाली, तिम्रा छाती र तिघ्राले तिमीलाई कुरूप बनाएको छ– तिम्रो सुसंस्कृत शरीरलाई एकदम पाखे तुल्याएको छ । त्यति सहृदयताको जिम्मेवारी कसले लिन्थ्यो । यदि कोही पर्यटक त्यति सहृदयी हुन चाहे पनि उसलाई समय कहाँ, त्यति त्यो जिम्मेवारी लिन ? हद गर्‍यो भने माल नकिनेर त्यसको मूल्य मात्र दिएर हिँड्थ्यो र अझ बढी केही गर्‍यो भने फोसामा लन्चप्याकेट र त्यस्तै उपहार दिएर । उसलाई त मैले केही उपकार गर्न सकिनँ । उसले भने अज्ञातमा नै मलाई जीवित नै स्वदेश फर्काई ।” जीवन, स्तन्त्रता तथा न्यायप्रतिको ‘म’ पात्रको धारणा तथा विश्वास अझ गहिरिएको थियो ।

हुन त “हिटलर र यहुदी” अपुरो उपन्यास हो । यसका पात्रहरूको भनाइ तथा दृष्टिकोणहरू विभिन्न पृष्ठमा छरिएका छन् । एघार परिच्छेद भएको यो उपन्यासमा उठाइएका धेरै विषयवस्तुहरू एक–अर्कासँग जोडेर केही अन्तिम परिच्छेदहरू थप्नु आवश्यक हुन्थ्यो । लय, ताल, सुर मात्र होइन, निष्कर्ष पनि चाहिन्छ यस्तो पुस्तकमा । बीपीले त्यो गर्न पाएनन् । तर पनि यसमा भएको विचार विमर्शले आफ्नो तात्पर्य हरेक पृष्ठमा स्पष्ट गरेको जस्तो लाग्छ । एउटा सार्वजनिक बौद्धिक व्यक्तिका रूपमा बीपी खरो देखिएका छन् यो उपन्यासमा । उपन्यासको सन्देश पनि स्पष्ट छ : उद्देश्य जे सुकै होस्, हिटलर प्रवृत्ति खराब हो, मानवताका लागि कलंक हो । यो मानव चेतनालाई स्पष्ट गर्नु नै यो उपन्यासको लक्ष्य हो ।

(डा. अधिकारी कानुन क्षेत्रसँग सम्बन्धित छन्)

 [pdfjs-viewer url=”https%3A%2F%2Fbipinadhikari.com.np%2Fwp-content%2Fuploads%2F2020%2F08%2FFor-ASAS.pdf” viewer_width=100% viewer_height=1360px fullscreen=true download=true print=true]

उल्फ आइज्याक ल्याडजिन्स्कीले सन् १९७७ मा अक्सफोर्ड विश्व विद्यालय छापाखानाबाट प्रकाशित गरेको एग्रेरियन रिफर्म एज अनफिनिस्ड बिजनेस भन्ने उनका लेखोटहरूको संकलनले कृषि र भूमि सुधारको क्षेत्रमा धेरै अर्थ राख्दछ। उनी यसै उद्देश्यका लागि प्रधानमन्त्री बीपी कोइरालाले रुचाएका विज्ञ थिए।

नेपाल जस्तो विकासोन्मुख मुलुकका लागि विकासको हरेक प्रक्रिया जग्गा-जमीन, कृषि तथा वन क्षेत्रबाट शुरु हुन्छ, हुनु पर्दछ। अन्य क्षेत्रबाट पनि शुरु गर्न सकिएला, तर त्यस्तो विकास समाजको सबै भन्दा कमजोर, वहिष्कृत वा विभेद खेपेका अधिकांश नेपालीको पहुँचमा हुँदैन।

नेपालको गरीबी मूलत: गाउँघरमा बस्ने, खनजोत, बाख्रापाठा गरी आफ्नो र जहान-परिवारको जीवन धान्ने सामान्य नेपाली समाजको गरीबी हो। यसको निराकरण नभई देशका अन्य आर्थिक समस्याहरूको निराकरण सम्भव हुँदैन। भूमिसुधारको प्रचलन यही मान्यताबाट शुरु भएको हो। नेपाली कांग्रेसले स्थापना कालदेखिनै समाजवादलाई राजनीतिक मञ्च र भूमिसुधारलाई प्रारम्भिक प्रक्रिया मान्दै आएको हो। यसमा अहिले धेरै विषयान्तर भइसकेको छ। परिस्थिति पनि उस्तै रहेन। तर, आज पनि कृषि र भूमिसुधार नेपालका लागि अत्यधिक महत्व राख्ने विषय हो।

भूमिसुधार नगरी गरीब किसानको उत्थान गर्न असम्भव हुन्छ भन्ने बीपीको धारणा थियो। यस सम्बन्धी ‘निटी ग्रिटी’ मा पनि बीपी स्पष्ट देखिन्छन्। कृषि क्षेत्रको उत्पादकत्व बढाउने र व्यापक रूपमा कृषि क्षेत्रमा आश्रित समुदायको हित गर्न नसक्ने कुनै पनि सुधार भूमिसुधार मानिदैन। जग्गा हदबन्दी गर्नु मात्र भूमि सुधार होइन। त्यस्तो हुँदो हो त धेरै अघिदेखि हदबन्दी गर्दै आएको नेपाली समाजमा भूमिमा आश्रित जनताको स्थितिमा उल्लेखनीय सुधार भइसक्थ्यो।

काम र माम खोज्दै कृषिमा आश्रित सामान्य नागरिक अन्यत्र जानुपर्ने थिएन। गाउँलेलाई गाउँमै जीवन निर्वाह हुनसक्ने आधारभूत सुरक्षा प्रदान गर्नका लागि भूमिसुधार चाहिएको हो। भूमिसँग कृषि र कृषिसँग वन जोडिएको हुन्छ। जग्गाको स्वामित्वसम्बन्धी कानून, नियम वा परम्परामा परिवर्तनको उद्देश्य यही हो। हदभन्दा बढी जमीन लिन सकिन्छ; नहुने वा कम हुनेलाई दिन सकिन्छ। सम्पत्तिको पुनर्वितरण हुनसक्छ। कृषि जमीनको उर्बरता बढाउन सकिन्छ। कृषि ऋणको उपलब्धता यसको एउटा पाटो हो, प्राविधिक सहयोग अर्को पाटो हो।

कृषिलाई व्यापारीकरण गर्ने पद्धतिहरू पनि विकसित भएका छन्। साना कृषकहरूको जग्गा जोडजाड गरेर ठूलो स्तरको कृषि गर्न सकिन्छ। जग्गा कमाउन नसक्ने ठूला जग्गावालको जग्गाको व्यवस्थापन साना कृषकबाट हुनसक्दछ। उत्पादन सरकारले खरीद गरिदिने वा वितरणको सुनिश्चितता गरिदिने जिम्मेवारी पनि सरकारबाट हुनसक्दछ।

हदबन्दीको कारबाही गर्दा क्षतिपूर्ति दिन सकिन्छ। खेती गर्दा सरकारलाई तेस्रो पक्षका रूपमा संलग्न गराउने प्रक्रियाको निर्माण पनि भूमिसुधारको एउटा दृष्टिकोण हो। सबै भूमिसुधारको साझा विशेषता, भूमिको कब्जा र प्रयोगलाई नियन्त्रण गर्ने विद्यमान संस्थागत व्यवस्थाको परिमार्जन वा प्रतिस्थापन हो। भूमिसुधार नीतिले समुदाय र राज्यबीचको सम्बन्धको सुखद रूपमा परिवर्तन गर्ने काम गर्दछ। यसैले साना-स्तरको भूमिसुधार र कानूनी संशोधनहरू पनि गहन बहस वा विवादको विषय बन्न सक्दछन्।

जग्गाधनीलाई चाहिएजति जग्गा राख्न दिने तर एउटा तल्लो हद तोकी त्यतिसम्मको जग्गामा मालपोतको एक मनासिब दर कायम गर्ने, त्यसभन्दा बढी राख्नेको क्रमिक रूपमा मालपोत बढाउँदै जाने बीपीको योजना थियो। यसबाट मालपोत बढी तिर्नुपर्ने हुँदा जग्गाधनीले आफै जग्गा बिक्री गर्छन् भन्ने उनको विचार थियो। यो पनि भूमि सुधारको एउटा तरिका हो।

विज्ञका रूपमा बीपीले रुचाएका ल्याडजिन्स्की भूमिसुधार सम्बन्धी संसार प्रसिद्ध अमेरिकन विशेषज्ञ थिए। उनी कृषि अर्थशास्त्रका विद्वान् मानिन्थे। जापान, चीन, दक्षिण कोरिया र ताइवानमा काम गरिसकेको अनुभव थियो। जापान र ताइवानमा उनले गराएको कृषि तथा भूमिसुधार अत्यन्त सफल भनिएको छ। अझ जापानलाई आधिपत्यमा ल्याउने अमेरिकी जर्नेल डग्लस मकआर्थरका सहयोगी भई यिनले जापानमा काम गरेका थिए।

दोस्रो विश्वयुद्धबाट मासिएको जापानको अर्थ व्यवस्थाको उत्थानका लागि भू-सामन्ती व्यवस्थाबाट मुक्त गर्न उनले जापानमा सन् १९४५ देखि १९५४ सम्म निरन्तर काम गरे। उनले त्यसबेला जापानका कृषिमन्त्री हिरु वादामा असल सहयात्री पाउन सके। ताइवानमा पनि त्यस्तै भयो। त्यहाँ प्रधानमन्त्री चियाङ काइसेकले उनको सुधार कार्यक्रमलाई महत्व दिएर कार्यान्वयन गरे। जापान र ताइवानको औद्योगिकीकरणको सूत्रधार हुन पुग्यो कृषि तथा भूमि सुधार कार्यक्रम।

त्यसबखत प्रधानमन्त्रीका रूपमा बीपीले खोज्दा उनी दक्षिण भियतनाममा कार्यरत थिए। आफूले चाहे जस्तो गरी भूमिसुधारमा हात हाल्न शुरुमा तीन करोड रुपैयाँ चाहिन्छ भन्ने बीपीको आकलन थियो। यो पैसा खोज्न उनले अमेरिका, भारत सबैसँग प्रयास गरे। तत्कालै कोही इच्छुक भएनन्। उनी निराश भएका थिए। पछि स्वीडेनको एक गैरसरकारी संस्थासँग उनको कुरा मिल्यो। प्रधानमन्त्रीको निवासमै भएको कुराकानीमा ती संस्थाका प्रतिनिधिले डेढ करोडसम्म त्यहाँबाट प्राप्त हुने आश्वासन दिएका थिए।

अब प्रक्रिया शुरु गर्न पैसा बाधा थिएन। बीपी प्रसन्न थिए। बीपीले तत्कालीन अमेरिकी राजदूत इल्सवर्थ बंकरलाई ल्याडजिन्स्कीलाई काठमाडौं ल्याउन आग्रह गरेका थिए। यसमा भने अमेरिकीहरूको सहयोग प्राप्त भयो। ल्याडजिन्स्की र यस क्षेत्रमा कृषि तथा भूमि सुधारमा विशेष चासो राख्ने फोर्ड फाउन्डेसन एक अर्कासँग सहकार्य गर्न पुगे।

अन्तत: अक्टोबर १९६० मा ल्याडजिन्स्की भियतनामबाट दुई/तीन दिनको पहिलो भ्रमणमा नेपाल आए। उनलाई त्रिपुरेश्वरको सरकारी गेष्टहाउसमा राख्ने प्रबन्ध गरिएको थियो। प्रधानमन्त्रीका निजी सहायकले लन्चटाइममा उनलाई प्रधानमन्त्री निवास ल्याउँथे। उनी हिडेरै आउँथे। नेपालमा कसरी भूमिसुधार गर्ने भन्नेबारे दुई दिनसम्म दुई-दुई घण्टा प्रधानमन्त्री बीपी र उनीबीच छलफल भएको थियो।

उनी फर्केर जाने बेला गौचर विमानस्थलमा उनलाई ‘सी अफ’ गर्न प्रधानमन्त्रीकै निजी सहायक गएका थिए। उनले ‘आफू अब रिटायर हुन लागेको तर, नेपालका प्रधानमन्त्रीसँग कुरा गर्दा प्रभावित भएकाले भियतनामको काम सकेपछि सन् १९६१ को फेब्रुअरी–मार्चतिर तीन/चार महीनाका लागि नेपाल आउने विचार गरेको छु’ भनेका थिए। ती निजी सहायक थिए, *कुमारमणि आचार्य दीक्षित।

दीक्षितले उल्लेख गरेका छन्- ‘कुरै कुरामा उनले आफूले भेटेका एशियाका राजनीतिज्ञहरूमध्ये बीपीलाई आफ्नो सिद्धान्त र विचार प्रष्ट भएको व्यक्ति पाएँ।’ ‍निजी सहायक कुमारमणिले ल्याडजिन्स्कीसँगको यो संवाद केहीपछि बीपीलाई पनि सुनाएका रहेछन्। सुनाउँदा उनीहरू भक्तपुर जाँदै थिए।

मोटरमा त्यस वेलाका याेजना-विकास उपमन्त्री त्रिवेणी प्रधान र भारतीय सहायता निगमका प्रतिनिधि एच लाल पनि सँगै थिए। बीपी दङ्ग नपर्ने कुरै थिएन। जवाफमा उनले ठट्टा गरेछन्, ‘यो कुरा मलाई भन्नुको सट्टा राजा र मेरी श्रीमतीलाई पो सुनाउनुपर्छ, मलाई भनेर के?’

ल्याडजिन्स्की तथा बीपीबीच निकै महत्वपूर्ण वार्ता भएको देखिन्छ। उनले सिंहदरबारका सम्बन्धित विभिन्न नीति निर्माता तथा प्रशासकहरूसँग पनि छलफल गरे। नेपालका समस्याहरू अशान्त बनाउने खालको भएको ल्याडजिन्स्कीको जिकिर थियो। सिंहदरबारका सबैजसो पदाधिकारीहरू विदेश भ्रमणमा रहेका थिए। देशमा ‘प्लानिङ बोर्ड’ थियो, तर त्यसले काम गर्न जानेको थिएन। मुलुकको प्रशासनिक संयन्त्रलाई क्रियाशील बनाउन नसक्नु यसको अर्को कमजोरी थियो।

दोस्रो पञ्चवर्षीय योजना महत्वाकांक्षी देखिन्थ्यो। यसले मुलुकका प्रमुख समस्याहरू नबुझेको जस्तो लाग्थ्यो। उपलब्ध आर्थिक स्रोत तथा मुलुकको क्षमताले धान्न वा कार्यान्वयन गर्न सक्ने अवस्था थिएन। प्रतिज्ञापत्रमा चञ्चल कल्पनाहरू धेरै भएको ल्याडजिन्स्कीको ठहर थियो। उनको सुझाव थियो:’द प्लान सुड बी टोन डाउन।’

योजनाप्रति प्रधानमन्त्री कटिबद्ध थिए। यसका प्राथामिकतालाई तल माथि पार्न उनलाई समस्या थिएन। तर पुनर्लेखन गर्न तयार थिएनन्। ल्याडजिन्स्कीको प्रष्ट ‘डिब्रिफिंग’ को सार के थियो भने नेपालले योजनाको लेखोटमा प्रत्येक कुरा अटाउनैपर्ने आवश्यकता नठानी आफ्नो स्रोत र साधनको परिचालन तथा विकास गर्नुपर्छ।

छान्न योग्य नीति तथा कार्यक्रम छान्ने हो। भएका स्रोतसाधनलाई दशतिर छरेर केही हुन नसक्ने स्थिति ल्याउनु हुँदैन। प्रधानमन्त्रीको दृष्टिमा भने दोस्रो पञ्चवर्षीय योजना एउटा हतियार थियो, जसले चरम दक्षिणपन्थी र चरम वामपन्थी दुवैलाई प्रतिरोध गर्न सहयोग गर्थ्यो।

नेपाल भ्रमणबारे फोर्ड फाउन्डेशनका अध्यक्षलाई लेख्दै ल्याडजिन्स्कीले उल्लेख गरेका छन्: ‘मलाई प्रधानमन्त्री एकदम मनपर्‍यो। उनी बुद्धिमान्, ‘उदार’ शब्दको अति उत्तम अर्थमा ‘उदार’ तथा संवेदनशील व्यक्ति हुन, र वास्तवमै आफ्ना जनताको हितका लागि चिन्तित छन्, तथा तानाशाही तरिकालाई पन्छाएरै यसलाई प्राप्त गर्न चाहन्छन्।’

प्रधानमन्त्रीले आफ्ना कठिनाइहरूबारे खुल्ला रूपमा बोलेको उनले उल्लेख गरेका छन्। मुलुकमा ‘सामाजिक तनाव’ भएकोमा प्रधानमन्त्रीको स्वीकारोक्ति थियो। देशको भूमि स्वामित्वको ढाँचालाई सोझ्याउन बनेका नयाँ ऐनहरू धेरै कडा नभए पनि विरोध भएको उनको गुनासो थियो।

सिंहदरबारको भूमिका सहयोगी नभएको उनले चर्चा गरेका रहेछन्- ‘यहाँ काम गर्नेमध्ये धेरैजसो त्यस्ता जग्गाबाट आम्दानी गर्छन्। ग्रामीण इलाकाका जग्गा मालिकहरूको पनि त्यस्तै सोचाइ छ। तिनीहरूले ऐन कार्यान्वयनको विरुद्ध नाराजुलुस गरेका छन्।’ लाभान्वित हुनेहरूले चरम वामपन्थीको नेतृत्वमा यस्तो गरेको उनको भनाइ थियो। यसै बीचमा गत दुई महीनामा भएका स्थानीय चुनावले कम्युनिष्टको भोटमा ठूलो वृद्धि भएको देखाएको उनले उल्लेख गरेका रहेछन्।

बीपीसँग गरेको सल्लाह अनुसार ल्याडजिन्स्की जनवरी १९६२ मा पुनः नेपाल आए, नेपालको कृषि क्षेत्र तथा भूमिसुधारका व्यापक सम्भावनाहरू बोकेर। देशले जापान तथा ताइवानले जस्तै एउटा होनहार नीतिविद् पाउँदै थियो। यो यस्तो अवसर थियो जो जापानका जनरल मॅकआर्थर, ताइवानका प्रधानमन्त्री चियाङ काइसेक, भियतनामका राष्ट्रपति डाइम, इरानका प्रधानमन्त्री होवेडा, फिलिपिन्सका राष्ट्रपति मार्कोस र विश्व ब्यांकका अध्यक्ष म्याकनामारा सबैले प्राप्त गरेका थिए।

तर, समयले कोल्टो फेरिसकेको थियो। नियतिलाई यो स्वीकार्य थिएन। राजा महेन्द्र ले ‘कु’ गरिसकेका थिए। राजालाई राजगद्दी फिर्ता गराउन क्रान्ति गर्ने र जनताबाट निर्वाचित भएका प्रधानमन्त्री कारागार पुगेका थिए। संवैधानिक स्थायित्व समाप्त भएको थियो। सिंहदरबार अब फरक देखिंदै थियो।

ल्याडजिन्स्की यो पालि काठमाडौं उपत्यका र पूर्वी तराई क्षेत्रको स्थलगत अध्ययनमा पनि गए। कतिपय अन्य व्यक्तिहरूलाई पनि भेटे। उनलाई राजनीतिमा बलिया हुँदै गएका सूर्यबहादुर थापासँग भेटाउन लैजाने काम पुनः कुमारमणि आचार्य दीक्षितले नै गर्नुपरेको थियो।

नयाँ नेतासँगको कुराकानीमा ल्याडजिन्स्कीले कुनै उत्साह देखेनन् वा प्रजातन्त्रको अभाव उनलाई नराम्रोसँग खड्कियो। अचम्मित ती अमेरिकी विशेषज्ञले ‘किन यो परिवर्तन?’ भनी सोधे। दीक्षितको जवाफ थियो ‘मलाई थाहा छैन, तर यो बेमज्जाको घटना हो।’ ल्याडजिन्स्कीले टिप्पणी गरे, ’नाउ आई विल ह्याभ टु रिथिङ्क अफ माई कमिटमेन्ट टु कम एण्ड वर्क इन नेपाल।’ उनी फर्किए।

त्यसको एक महीनापछि भूमिसुधारको नेपालको परिवेशलाई विश्लेषण गर्दै उनले राजा महेन्द्रलाई एउटा प्रेरणादायी पत्र लेखे। भूमिसुधार कार्यक्रमले फरक नेतृत्व अन्तर्गत निरन्तरता पायो। ल्याडजिन्स्कीले आउ-जाउ त गरे तर, भविष्यले देखायो- त्यहाँ बीपीको जस्तो राजनीतिक नेतृत्व थिएन। कृषि वा भूमिसुधारको एउटा गतिशील ‘च्याप्टर’ लेख्दै नलेखी समाप्त भयो।

Foreword by Dr Bipin Adhikari

It is with great pleasure that I write a foreword to this timely exposition and analysis of the laws introduced in Nepal and India to combat the current COVID-19 Coronavirus outbreak. This global pandemic has been wreaking havoc on the lives of people across the globe, already infecting around 3 million people and claiming around a quarter of million lives thus far.

It may be a little bold to call legal responses against this viral pandemic adopted by India and Nepal “progressive laws,” as their existing pieces of legislation are neither bold nor comprehensive enough to address the various dimensions and issues of the crisis.

The main purpose of a legal academic writing should be to perceive and portray patterns and relations in a body of legal rules so as to make it manageable, teachable, comprehensible and usable. In Nepal, we have a limited number of professionals in the field of law who are concerned with the academic study of law and legal principles. Most of those who do write on legal subjects produce commentaries on existing Acts or epitomize a new discourse, debate, or discussion. The present work succeeds in doing both to a remarkable degree.

The study of disaster law by our legal professionals has evoked a great deal of controversy. There are some who take the view that the crisis or epidemic laws should lay down the rights of the instruments of the state to battle such unprecedented situations. Others take the view that an intelligent approach to the study of all law, whether statute or other common law, is possible only if it strikes a balance between the rights and duties of the state. Regardless of either approach, it is obvious that a writer who attempts to collate and explain the fundamentals of epidemic law which generally trigger legal systems, renders a useful service to legal learning.

The study of disaster law by our legal professionals has evoked a great deal of controversy. There are some who take the view that the crisis or epidemic laws should lay down the rights of the instruments of the state to battle such unprecedented situations. Others take the view that an intelligent approach to the study of all law, whether statute or other common law, is possible only if it strikes a balance between the rights and duties of the state. Regardless of either approach, it is obvious that a writer who attempts to collate and explain the fundamentals of epidemic law which generally trigger legal systems, renders a useful service to legal learning.

The first print of this book seems to be a comprehensive collection of the laws, views of the courts and international practice arranged under appropriate heads. The authors’ reading that the epidemic law regimes in India and Nepal are neither comprehensive nor progressive cannot be overruled. We do not have modern policies, laws and institutions to combat health emergencies. The legal response to health emergencies, like the outbreak of a pandemic, has been poor. Neither country has a comprehensive law that deals with all aspects of prevention and control of a pandemic in the first place. The most important issue in such emergencies is to enable the federal agency to work with all provincial and local hospitals and health posts under federal coordination, resources and external support. Management of large-scale public health crises (i.e., the Coronavirus outbreak) is impossible without cooperation and coordination among the units of governance.

This begs the question about what kind of legal regimes are necessary in order to properly deal with a global pandemic of this scale and its threat to people’s lives, their livelihoods, and the larger economy of a state. Considering some of the issues that have risen in countries that have had large outbreaks of the Coronavirus may be useful in this regard. In contrasting the legal regimes in China (i.e. authoritarian) to that in South Korea (i.e. dramatic), some American scholars were quick to conclude that democracies, with their ingrained values of transparency, were better equipped at handling public health emergencies, while “[a]uthoritarianism is the greatest public health risk.” With news about China stifling whistleblower doctor Li Wenliang, some concluded that China had compromised the freedom of expression and curtailed the free flow of information. Of course, the tables quickly turned, as the pandemic overtook the United States and severely crippled its public health system.

There are various legal mechanisms at the United States federal government’s disposal to deal with a global pandemic like the COVID-19. For example, the National Emergencies Act (1976) and the Stafford Act allow the president to declare a national emergency, which activate emergency provisions and allows the Federal Emergency Management Agency (FEMA) to access nearly $40 billion in disaster relief funding. Additionally the Public Health Service Act allows the health and human services secretary to declare a public health emergency, “which then triggers a broader authority to ‘take such action as may be appropriate to respond.’” Similarly, the surgeon general is also enabled by this act to use his/her judgment to decide on any measures necessary to prevent the spread of communicable diseases. Additionally, the 10th Amendment under the U.S. Constitution also grants all power that is not specifically allocated to the federal government to the states, which then have the authority to take actions such as isolation and quarantine in their respective jurisdictions.

As such methods are imposed, some questioned how they infringe on Americans’ civil liberties, including individual freedoms, freedom of association, or a restriction on liberty. However, top legal scholars, like Harvard Law School faculty members, Charles Fried and Nancy Gertner, agree that “the restriction on individual freedom is largely appropriate for the circumstance.” When implementing surveillance measures that have been used by other countries, the issue comes down to whether such measures are proportionate with the purpose of containing the virus. However, Professor Gertner argues that the government cannot target individuals, like by tapping phones, or one business over a similar one, as the common good would outweigh the individual freedoms.

In Nepal, we have a plethora of peripheral laws that may become helpful in dealing with epidemics, but an integrated comprehensive legislation is overdue. The components of national health services, which are responsible for the diagnosis and treatment of individuals with infectious diseases, should act uniformly and in close coordination with a federal agency during the crisis. Local authorities may also be handed over statutory obligations and powers to control the spread of infectious diseases under the law. When it is considered that the existing law is, however, also seemingly quite inadequate in addressing the problem and that much more may be needed, one is bound to ask questions about how much of the world’s resources, wealth, energy and intellect is to be spent on this task of regulation and control.

In contrasting the South Korean legal regime with the American, B. Kim, a critic, writes that “[b]ehind the Korean government’s ability to afford ‘openness’—both in maintaining governmental transparency and in allowing for physical movement—in fact, is a custom-made legal apparatus that has empowered authorities to collect and disseminate private information in aggressive ways.” For example, through Article 76-2(2) of the South Korean Infectious Disease Control and Prevention Act (IDCPA), (1) the health minister is legally authorized to collect private data of citizens who are either confirmed with having the virus or are potential patients, and (2) health authorities can request private telecommunications companies as well as the National Policy Agency to share suspected and infected patients’ location information. Thus, without a warrant, South Korean authorities are empowered to gather such persons’ surveillance footage, credit card histories, and geolocations through cellular data and share them with the larger public to warn them about infected patients or buildings in the public vicinities.

This sort of digital surveillance has also been used in various other countries. In Singapore, the government has published an online dashboard that contains detailed information about each positive case of COVID-19; details include which street the person lives on, where he/she works, and the details about their travel history. In India, the state government of Kerala used geo-mapping to locate the primary and secondary contacts of a family that tested positive for the virus. In Taiwan, the National Health Insurance Administration and the National Immigration Agency joined forces to track the recent travel histories of citizens and their health information to identify high risk patients and monitor them through their cell phones.
The government’s access to such extensive private information, however, begs the question of how to prevent the misuse of this information by the government after the public health emergency has terminated. Many countries are going forward with such digital surveillance measures without much discussion and debate in their respective societies. To help guide this process in democratic nations with values regarding privacy and civil liberties, the Electronic Frontier Foundation provides some guidelines, including only necessary and proportionate privacy intrusions, data collection based on science, not bias, an expiration for additional authority, transparency, and due process (i.e. in the case that a government limits a person’s right based on “big data” and the concerned individual wishes to challenge the conclusions and limits).

In Nepal, we have a plethora of peripheral laws that may become helpful in dealing with epidemics, but an integrated comprehensive legislation is overdue. The components of national health services, which are responsible for the diagnosis and treatment of individuals with infectious diseases, should act uniformly and in close coordination with a federal agency during the crisis. Local authorities may also be handed over statutory obligations and powers to control the spread of infectious diseases under the law. When it is considered that the existing law is, however, also seemingly quite inadequate in addressing the problem and that much more may be needed, one is bound to ask questions about how much of the world’s resources, wealth, energy and intellect is to be spent on this task of regulation and control.

I want to thank Alok Kumar Yadav (India) and Jivesh Jha (Nepal) for undertaking such an important and timely research in a very short span of time. This work is an important first step towards rationalisation, for it does, by its very able and effective exposition, enable one to evaluate the dimensions of the problem and arrive at some sort of consensus of the existing legal apparatus. I trust the book will be useful not only to students in legal institutions, but also to the wider circle of scholars, practising lawyers and others interested in law.

Senior Advocate, Nepal Consulting Lawyers, Inc.
Founder Dean, Kathmandu University School of Law

April 28, 2020

www.youtube.com/watch 

‘भविष्यमा नेतृत्व दिन सक्नका लागि बढीभन्दा बढी चरित्र गुणलाई देखाउनुपर्छ मैले । प्रश्न छ, त्यसका लागि ममा चारित्रिक संसाधन छ र ?’

बौद्धिक व्यक्तिका रूपमा बीपीलाई कसरी हेर्ने ? यो प्रश्न धेरै गहिरो छ । एउटा राजनेताका रूपमा बीपीको तीक्ष्णता, सुधारमुखी प्रवृत्ति र गाम्भीर्य, आर्थिक, सामाजिक तथा राजनीतिक दृष्टिकोण र साहित्यिक बीपीको गहिराइलाई मानवीय चेतनासँग मिलाएर हेर्दा उनको समग्र बौद्धिकतालाई बुझ्न सकिन्छ ।

सांसारिक विषयवस्तुमा बीपीका अनुभूतिहरू, राजनीति तथा त्यसमा पनि उनको आधुनिक सोचबाट निःसृत देखिन्छन् । ज्ञानको प्रयोगमा विवेक तथा भावनाहरूउपर बौद्धिकताको अभ्यास उनको व्यक्तित्वको एउटा बलियो पाटो हो ।

सांसारिक विषयवस्तुमा बीपीका अनुभूतिहरू, राजनीति तथा त्यसमा पनि उनको आधुनिक सोचबाट निःसृत देखिन्छन् । ज्ञानको प्रयोगमा विवेक तथा भावनाहरूउपर बौद्धिकताको अभ्यास उनको व्यक्तित्वको एउटा बलियो पाटो हो ।

आजको संसारमा मोहम्मद युनुस, नोम चोम्स्की, अमर्त्य सेन, फरिद जकारिया वा अल गोरजस्ता बहुचर्चित व्यक्तिहरूमा जति विविधता छ, त्यति समानता पनि छ । बौद्धिकता देखिने आफ्नो क्षेत्रको ज्ञान, तर्क र विवेकले हो भने अर्कोतर्फ संसारका सम्बन्धमा राखिने विषद् विश्लेषण एवं सोचले पनि हो ।

आजको संसारमा मोहम्मद युनुस, नोम चोम्स्की, अमर्त्य सेन, फरिद जकारिया वा अल गोरजस्ता बहुचर्चित व्यक्तिहरूमा जति विविधता छ, त्यति समानता पनि छ । बौद्धिकता देखिने आफ्नो क्षेत्रको ज्ञान, तर्क र विवेकले हो भने अर्कोतर्फ संसारका सम्बन्धमा राखिने विषद् विश्लेषण एवं सोचले पनि हो । राजनीतिमा रुचि राख्ने र राजनीतिलाई नै आफ्नो गन्तव्य बनाउनेका बीचमा ठूलो फरक हुन्छ । तर हरेक क्षेत्रमा बौद्धिकताको अभ्यासमा अलिकति ठूलो, फराकिलो र अन्तर–विषयक दृष्टिकोण चाहिन्छ । बीपीमा यी गुणहरू थिए । उनको व्यक्तित्व विचारप्रधान थियो । यसैकारण मृत्युको ३७ वर्षपछि पनि उनी आफ्नो सिद्धान्त र विश्वासका सम्बन्धमा नेपालको राजनीतिमा सम्भवतः सबैभन्दा प्रभावकारी एवं चर्चित देखिन्छन् ।

अध्यात्म ज्ञान निरन्तर अभ्यासबाट प्राप्त हुने हो । जहाँ प्रेम र सही सोच हुँदैन, त्यहाँ शोषण र क्रूरता बढ्दै जान्छ । साहित्यमा सन् १९५१ मा नोबेल पुरस्कार पाएका स्विडिस साहित्यकार पार लेजरक्विस्टको ‘द सिबिल’ भन्ने पुस्तकको चर्चा गर्दै बीपीले लेखेका छन् ‘मानव अनुभूति र मानवलाई प्राप्त हुन सक्ने देव अनुभवको विश्लेषण गरिएका किताबहरूले मेरो हृदयको धार्मिक—आध्यात्मिक पक्षलाई स्पर्श गर्छन् ।’

राजाको थुनामा रहँदा उनको एउटा क्रन्दन निस्कन्छ । शारीरिकभन्दा पनि मानसिक क्लेशले उनी छटपटाउँछन् । ‘कुनै ठूलो रोगको कमसेकम एउटा गुण हुन्छ । त्यसले मानसिक उत्पीडन हुन दिँदैनÙ बरु रोगमाथि मनको यावत् एकाग्रता स्थापित गरेर रोगीलाई एक प्रकारको मुक्ति दिन्छ ।’ प्रजातन्त्रलाई अवरुद्ध गरेर राजा महेन्द्रले आफूलाई मर्नु न बाँच्नु पारेकोमा उनलाई संशय छैन । तर फेरि राजा महेन्द्रले किन भने होलान्– ‘तपाईंजस्तो प्रधानमन्त्रीसँग काम गर्न पाउनु म आफ्नो अहोभाग्य ठान्दछु ।’ यो प्रश्नको जवाफ विश्लेषकको खोजको विषय हुन पुगेको छ । बोलेअनुसार महेन्द्र टिक्न सकेनन् । तर देशमा राजा र संसद् दुवैको राम्रो सम्बन्ध भएको प्रजातान्त्रिक प्रणालीको आवश्यकता बीपीका लागि केवल ब्यूह रचना मात्र थिएन । तिक्तता र क्रोध बीपीमा अवश्य थियो । तर बौद्धिकता जोखिममा पुगेको थिएन ।

त्यसैले बीपी लेख्न पुग्छन्– ‘अहिले जुन तरिकाबाट हामीमाथि (राजा र उनको व्यवस्थाबाट) अत्याचार गरिएको छ, त्यसबाट स्वभवतः हृदयमा ठूलो तिक्तताको बाढी आउँछ ।…क्रोधको वेग पनि आउँछ ।’ देश र व्यक्तिलाई हुने कुनै परिणामको प्रवाह नगरेर ‘नेपालका लागि गणतन्त्र अब आवश्यक भएको (छ)’ भन्ने घोषणा गर्न मन लाग्छ । उनी भन्छन्– ‘क्रोधको वेगमा देशको चिन्तन सम्भव हुँदैन । क्रोधमा आएर उठेको यो विचार एक पौषको सोही कदममा निहित विचारजस्तै मूर्खतापूर्ण र स्वार्थपरायण हुन्छ । राजाको स्थान हाम्रो राजनीतिमा के हुनुपर्छ भन्ने मेरो पुरानो विचारमा एक पौषको घटनाले परिवर्तन ल्याउन सकेको छैन ।’

त्यसैले बीपी लेख्न पुग्छन्– ‘अहिले जुन तरिकाबाट हामीमाथि (राजा र उनको व्यवस्थाबाट) अत्याचार गरिएको छ, त्यसबाट स्वभवतः हृदयमा ठूलो तिक्तताको बाढी आउँछ ।…क्रोधको वेग पनि आउँछ ।’ देश र व्यक्तिलाई हुने कुनै परिणामको प्रवाह नगरेर ‘नेपालका लागि गणतन्त्र अब आवश्यक भएको (छ)’ भन्ने घोषणा गर्न मन लाग्छ । उनी भन्छन्– ‘क्रोधको वेगमा देशको चिन्तन सम्भव हुँदैन । क्रोधमा आएर उठेको यो विचार एक पौषको सोही कदममा निहित विचारजस्तै मूर्खतापूर्ण र स्वार्थपरायण हुन्छ । राजाको स्थान हाम्रो राजनीतिमा के हुनुपर्छ भन्ने मेरो पुरानो विचारमा एक पौषको घटनाले परिवर्तन ल्याउन सकेको छैन ।’

सन् १९५०—५१ को क्रान्तिको विकल्प नरहेको सम्बन्धमा बीपीलाई शंका थिएन । उनको यो यथार्थपरक निष्कर्ष थियो । यसको वैचारिक प्रवाह उनैले थामेका थिए । ‘हिंसा अनिवार्यताको सीमामा रहन सक्यो भने क्रान्तिको आदर्शलाई यसले कलुषित पार्न सक्दैन तर अनावश्यक हिंसा प्रारम्भ भयो भने फेरि परिणाम एउटै मात्र हुन्छ— हिंसा केवल हिंसा । क्रान्तिमा हिंसाको बाटो सजिलो हुन्छ । हामीले यो बाटो खोज्नुहुन्न सजिलो छ भनेर ।’

बीपी भन्छन्– ‘म नेपाली समाजको हरेक पक्षमा वर्तमान युगअनुरूपको परिवर्तन चाहन्छु । राजनीतिक क्षेत्रमा आर्थिक, सामाजिक, बौद्धिक दासता, रुढिवादी, सामन्ती मनोवृत्ति, दरिद्रता र त्यसबाट उत्पन्न हुने तमाम अवाञ्छनीय दुर्गुणहरूको अन्त्य हुनुपर्छ भन्ने विचारहरूलाई समग्र परिवर्तनको परिप्रेक्ष्यमा क्रान्तिको संज्ञा पनि दिने चलन छ । राजनीतिक क्रान्तिले यही समग्र सामाजिक क्रान्तिका लागि उपयुक्त पृष्ठभूमि तयार पार्छ । म यस प्रकारको विचार र सिद्धान्तलाई मान्ने भएकाले आफूलाई क्रान्तिवादी भन्छु ।’

बीपीको भनाइ छ– ‘क्रान्ति जनताको सक्रिय विरोधको त्यस्तो स्थिति हो, जसमा जनताले विरोधी सरकारमाथि यत्रो असह्य दबाब पार्दछन् कि जनतान्त्रिक अधिकार दिन सरकार बाध्य हुनुपर्छ । प्रजातन्त्र ल्याउनका लागि जनक्रान्तिको आवश्यकता परेको हो । तर, म व्यक्तिगत हिंसामा विश्वास गर्दिनँ किनभने मेरो उद्देश्य व्यवस्थाको समाप्तिमा छ, न कि व्यवस्थावादीहरूको । क्रान्तिको लक्ष्य व्यवस्था हुन्छ, आतंकको व्यक्ति । मैले व्यक्तिगत हिंसा र आतंकको खिलाफमा वक्तव्यहरू दिँदै आएको छु ।’

बीपीको भनाइ छ– ‘क्रान्ति जनताको सक्रिय विरोधको त्यस्तो स्थिति हो, जसमा जनताले विरोधी सरकारमाथि यत्रो असह्य दबाब पार्दछन् कि जनतान्त्रिक अधिकार दिन सरकार बाध्य हुनुपर्छ । प्रजातन्त्र ल्याउनका लागि जनक्रान्तिको आवश्यकता परेको हो । तर, म व्यक्तिगत हिंसामा विश्वास गर्दिनँ किनभने मेरो उद्देश्य व्यवस्थाको समाप्तिमा छ, न कि व्यवस्थावादीहरूको । क्रान्तिको लक्ष्य व्यवस्था हुन्छ, आतंकको व्यक्ति । मैले व्यक्तिगत हिंसा र आतंकको खिलाफमा वक्तव्यहरू दिँदै आएको छु ।’

स्वतन्त्रता नभएको राष्ट्र चरित्रवान् राष्ट्र हुन सक्दैन भन्ने दृष्टिकोणले बीपीको राष्ट्रिय चेतनालाई प्रतिविम्बित गर्दछ । उनी निष्काम कर्मको अर्थ निष्कर्म हो भन्ने ठान्दछन् । दर्शन बाँच्नका लागि चाहिएको हो, मर्नका लागि होइन भन्ने उनको भनाइ उनको विश्वास पनि हो । मृत्युलाई उनी अभय भई हेर्दछन् । अश्वघोषले आफ्नो सुन्दरानन्द काव्यमा उल्लेख गरेको यो भनाइ बीपीले उद्धृत गरेका छन्– ‘निभेको दीप न त पृथ्वीमा जान्छ, न अन्तरिक्षमा, न कुनै दिशा विदिशामा पुग्छ । प्रत्युत तेलको क्षय भएपछि त्यो केवल शान्तिमा प्राप्त हुन्छ । त्यस्तै ज्ञानी बोधिप्राप्त पुरुष न त पृथ्वीमा, न कुनै आन्तरिक दिशामा या विदिशामा पुग्छ, त्यो पुरुष क्लेषको क्षय भएपछि शान्तिमा प्राप्त हुन्छ ।’

मानव समाजका सम्बन्धमा बीपीले जीवनपर्यन्त प्रजातान्त्रिक समाजवादको वकालत गरेको देखिन्छ । दरिद्रताको परिस्थितिको ओखती नभएको होइन । उनले भनेका छन्– ‘जीवनका सबै दरिद्रताका कारण समाजको गठनको अविवेकपूर्ण आधार हो— समाजवादको आधारमा समाजको पुनर्गठन भएपछि पहिलेको जीवनका यावत् समस्याहरू स्वतः समाधान भएर जान्छ ।’

यस विश्वासका बौद्धिक आधार थिए । तत्कालीन कम्युनिस्ट पार्टीप्रतिको उनको विरक्ति एउटा प्रमुख कारण थियो । उनको चिन्तनलाई रूसका स्टालिन र ट्राट्स्कीको कलहले निकै प्रभावित गर्‍यो । प्रतिभाका दृष्टिले लेनिनभन्दा ट्राट्स्की अघि थिए । तर उनी षड्यन्त्रका सिकार भए । सन् १९२९ को सत्ताको लडाइँबाट स्टालिन निकै माथि पुगे । उनको शासनमा हत्याका घटना वीभत्स रूपमा आए । त्यसपछि बीपी कम्युनिस्ट सिद्धान्तबाट बाहिरिए ।

तर बीपीलाई लेनिनको ‘राज्य र क्रान्ति,’ ‘जे गर्नु थियो त्यो गरियो’, मेहरिङको ‘कार्ल मार्क्स,’ प्लेखानोभको ‘मार्क्सवादका आधारभूत समस्याहरू’, ‘साम्राज्यवाद : पुँजीवादको उच्चतम तह’, बुखारिनको ‘कम्युनिज्मको कखरा’ जस्ता पुस्तकले धेरै कुरा सिकाए । कार्ल मार्क्सलाई सम्झिँदै बीपीले इमानदारीपूर्वक टिप्पणी गरेका छन्– ‘मैले उनको ‘दास क्यापिटल’ पढिनँ, अरूले गरेको त्यसको व्याख्या मात्र पढेँ ।’ बीपीका लागि गान्धी उच्चकोटिका थिए । उनले लेखेका छन्– ‘मैले माओका विषयमा धेरै पढेको छैन तर म उनलाई पनि उच्चकोटिमा राख्दछु ।’

तर बीपीलाई लेनिनको ‘राज्य र क्रान्ति,’ ‘जे गर्नु थियो त्यो गरियो’, मेहरिङको ‘कार्ल मार्क्स,’ प्लेखानोभको ‘मार्क्सवादका आधारभूत समस्याहरू’, ‘साम्राज्यवाद : पुँजीवादको उच्चतम तह’, बुखारिनको ‘कम्युनिज्मको कखरा’ जस्ता पुस्तकले धेरै कुरा सिकाए । कार्ल मार्क्सलाई सम्झिँदै बीपीले इमानदारीपूर्वक टिप्पणी गरेका छन्– ‘मैले उनको ‘दास क्यापिटल’ पढिनँ, अरूले गरेको त्यसको व्याख्या मात्र पढेँ ।’ बीपीका लागि गान्धी उच्चकोटिका थिए । उनले लेखेका छन्– ‘मैले माओका विषयमा धेरै पढेको छैन तर म उनलाई पनि उच्चकोटिमा राख्दछु ।’

बीपीको बौद्धिकता बुद्धिविलासको अस्त्र थिएन । उनले बाँचेको जिन्दगी त्यस्तो बौद्धिकताको स्पष्ट प्रयोगको रूपमा परीक्षण गर्न सकिन्छ । उनको उपन्यास ‘सुम्निमा’ वा ‘कर्नेलको घोडा’ वा ‘तीन घुम्ती’ जस्ता कथाहरूले उनको जीवनदर्शन व्यक्त गर्दछन् । आफ्नो जेल जर्नलमा उनी जीवन सम्झौताहरूको शृंखला हो भनी उल्लेख गर्दै तत्कालै स्पष्ट गर्दछन्– ‘त्यस्ता संकल्प, मूल्य या आदर्शहरू पनि छन्, जसलाई सम्झौताको दर्शनमा होमिदिनु हुँदैन ।’ आत्मसम्मान त्यस्तो आदर्शको श्रेणीमा पर्ने उनकोविश्वास थियो ।

आफ्ना जेल परेका साथीहरू बिन्तीपत्र हाल्दै आफूलाई छोडी हिँडेको देखेर दिक्क भएका बीपी आफ्नो असफलताको उल्लेख यसरी गर्दछन्— ‘समाजलाई – एउटा राष्ट्रलाई अगाडि बढाउन सक्ने क्षमता, विवेक, चारित्रिक दृढता, आत्म संगठन, धैर्य, साहस, निर्भीकता, निःस्वार्थपन, संयम भएको नेतृत्व गुणको ममा अभाव छ भन्ने दुश्चिन्ताले म कहिलेकाहीँ क्षुब्ध हुन्छु ।’ अनि उनी भन्न पुग्छन्– ‘भविष्यमा नेतृत्व दिन सक्नको लागि बढीभन्दा बढी चरित्र गुणलाई देखाउनुपर्छ मैले । प्रश्न छ, त्यसका लागि ममा चारित्रिक संसाधन छ र ?’ बीपीको बौद्धिकताको यो चर्चाको सुरुवात यसै वाक्यबाट गर्न सकिन्छ ।

[प्रकाशित : फाल्गुन ७, २०७६ १२:४०]