BP Thoughts

It contains my thoughts on BP Koirala as a statesman.

लेखपढ गर्ने बानी र विचार निर्माण : बीपी कोइरालाको प्रसंग

बीपी कोइराला प्रशस्त पढे लेखेको तथा अभिज्ञ नेता मानिनु हुन्छ । सानो उमेरदेखि नै यसमा उहाँको अभिरुचि स्पष्ट देखिन्छ। तर, उहाँको लेखपढ गर्ने बानी र विचार निर्माणको प्रक्रियालाई ऐतिहासिक परिप्रेक्षमा अध्ययन गर्न भने बाँकी नै छ । कुनै योग्य अनुसन्धानकर्ताले…

बीपी किन नेहरूका प्रिय हुन सकेनन् ?

बीपी सोच्दथे, भारतीय सत्ता कहिल्यै नेपालको लोकतन्त्रको विपक्षमा हुन सक्तैन, जवाहरलाल नेहरू कहिल्यै आफू विरोधी हुन सक्तैनन्। तर, २००७ सालदेखिको उनी जीवित रहुञ्जेलसम्म भारतीय सत्ताले बीपीलाई प्रिय कहिल्यै ठानेन।   भारतमा बसेर नेपालको २००७ सालको क्रान्तिको तयारी गरेको कारणबाट पनि बीपी…

‘हिटलर र यहुदी’ मा मानव चेतना

उपन्यासकार विश्वेश्वरप्रसाद कोइरालाको राजनीतिक दर्शनको एउटा दरिलो पाटो उनको ‘हिटलर र यहुदी’ भन्ने सानो उपन्यासमा पाउन सकिन्छ । यस उपन्यासको पृष्ठभूमि दोस्रो विश्वयुद्ध हो । पहिलो विश्वयुद्धले सिर्जना गरेको सामरिक गुटबन्दी, उपनिवेशवाद, हतियारहरूको प्रदर्शन तथा राष्ट्रवादको लडाइँको निरन्तरताका रूपमा इतिहासमा…

कसरी असफल भयाे बीपीले थालेकाे भूमिसुधार?

उल्फ आइज्याक ल्याडजिन्स्कीले सन् १९७७ मा अक्सफोर्ड विश्व विद्यालय छापाखानाबाट प्रकाशित गरेको एग्रेरियन रिफर्म एज अनफिनिस्ड बिजनेस भन्ने उनका लेखोटहरूको संकलनले कृषि र भूमि सुधारको क्षेत्रमा धेरै अर्थ राख्दछ। उनी यसै उद्देश्यका लागि प्रधानमन्त्री बीपी कोइरालाले रुचाएका विज्ञ थिए। नेपाल…

बीपी : अध्यात्म र बौद्धिकताको सन्दर्भ

‘भविष्यमा नेतृत्व दिन सक्नका लागि बढीभन्दा बढी चरित्र गुणलाई देखाउनुपर्छ मैले । प्रश्न छ, त्यसका लागि ममा चारित्रिक संसाधन छ र ?’ बौद्धिक व्यक्तिका रूपमा बीपीलाई कसरी हेर्ने ? यो प्रश्न धेरै गहिरो छ । एउटा राजनेताका रूपमा बीपीको तीक्ष्णता, सुधारमुखी प्रवृत्ति र गाम्भीर्य,…

बीपीलाई मार्क्स र लेनिनसँग जोडेर हेर्दा : क्रान्ति किन, कसरी र के का लागि ?

बीपीले भनेका छन्, “प्रजातन्त्रका तीन मूलभूत सिद्धान्त छन्- मौलिक र नागरिक अधिकार, कानूनी राज्य र राज्यशक्तिको प्रयोग, राज्यको नीति निर्धारणमा नागरिकको सर्वाधिकार र निर्वाध उपस्थिति र हस्तक्षेपको सिद्धान्त। यी तीनमध्ये एउटा मात्रको पनि अभावमा प्रजातन्त्र रहँदैन।” [सन्दर्भ राष्ट्रिय मेलमिलाप दिवसको]…

राष्ट्रनिर्माताको नेपाल सुरक्षा नीति

हरेक राष्ट्रनिर्माताले आफूले निर्माण गरेको मुलुकको निरन्तर सुरक्षा कसरी कायम राख्ने भन्ने कुरा सोचेको हुन्छ । यस्तो सोचाईको दुईवटा पक्ष हुन्छन् । पहिलो पक्ष भनेको निर्माण गरिएको मुलुकको स्याहार–सम्भार र आन्तरिक शान्तिसुव्यवस्था कसरी कायम गर्ने भन्ने हो । दोस्रो पक्षका…

वकिलका रुपमा बिपी कोइराला

एउटा राजनेताका रुपमा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको विभिन्न कोणबाट विश्लेषण भएको छ । हालका वर्षहरुमा राजनीतिक क्षेत्रका धेरै व्यक्तिहरुले वहाँको प्रजातान्त्रिक राजनीति, राष्ट्रवा, राजा महेन्द्रसँगको सम्बन्ध, समाजवादी चिन्तन र विशेषगरी राष्ट्रिय मेलमिलाप नीतिका बारेमा लेखेका छन् । कानुनव्यवसायीका…

Protected by Security by CleanTalk