बीपी सोच्दथे, भारतीय सत्ता कहिल्यै नेपालको लोकतन्त्रको विपक्षमा हुन सक्तैन, जवाहरलाल नेहरू कहिल्यै आफू विरोधी हुन सक्तैनन्। तर, २००७ सालदेखिको उनी जीवित रहुञ्जेलसम्म भारतीय सत्ताले बीपीलाई प्रिय कहिल्यै ठानेन।  

भारतमा बसेर नेपालको २००७ सालको क्रान्तिको तयारी गरेको कारणबाट पनि बीपी कोइरालाले आफ्नो राजनीतिक व्यक्तित्व विकास गर्ने केही अतिरिक्त अवसर पाए। त्यो अवसरले नेपाली कांग्रेसलाई स्थापित हुन प्रशस्त मद्दत गर्‍यो। तर उदीयमान बीपी भारतीय सत्ताका लागि उत्तिकै प्रिय रहिरहन सकेनन्। क्रान्तिसँगै प्रजातन्त्र र स्वतन्त्रता आउनु अनि स्वतन्त्रताले राष्ट्रवादलाई मलजल गर्नु स्वाभाविक प्रक्रिया थियो। तर भारतीय सत्ताका लागि यो अस्वाभाविक बन्न पुग्यो। 

बीपीको व्यक्तित्वका दुई पाटो सँगसँगै विकास भएको देखिन्छ। एउटा पाटोले प्रजातन्त्रीकरणको निरन्तरता चाहन्थ्यो भने अर्कोले राष्ट्रवादको जगेर्ना। भारतमा बसी नेपालमा क्रान्ति गर्दा, पार्टी गठन हुनु पहिलेका कांग्रेस समूहलाई भारतले नराम्रोसँग प्रयोग गर्‍यो। 

भारतको धोका 
भारतको सत्तालाई मित्र शक्तिका रूपमा हेर्न चाहने बीपी लगायतलाई भारतले धोका दिन सक्छ भन्ने कहिल्यै लागेन। यसबारे तब मात्र ज्ञात भयो, जब राजा त्रिभुवनलाई काठमाडौंबाट पाल्पा पु-याउने नेपाली कांग्रेसको गोप्य योजना विफल भयो। 

पाल्पाबाटै राजा त्रिभुवनले श्री ५ सुरेन्द्रले राणा खानदानलाई दिएको पञ्जापत्र बदर गर्दै राणाशाही अन्त्य र जनताको नयाँ सरकार स्थापनाको घोषणा गराउने कांग्रेसको योजना थियो। गणेशमान सिंहको भनाइमा उनले पाल्पा भाग्न हेलिकोप्टरको माग समेत गरेका थिए। तर, कांग्रेसले त्यसको व्यवस्था गर्न सकिरहेको थिएन ।

सोझा राजा स्वयं भारतीय राजदूतावासको चक्रव्यूहमा परे, र सपरिवार मोटर चढी भारतीय दूतावासमा ‘शरण’ लिन पुगे। 

क्रान्तिको तयारी गर्ने कांग्रेससँग न भारत सरकारले न राजा स्वयंले यसबारे कुनै सल्लाह गरे न त्यसपछिको सहकार्यमा साथ लिन नै आवश्यक ठानियो। राजा दिल्लीको हैदरावाद हाउसमा भारतीय सुरक्षाकर्मीको सुरक्षामा पुगे। क्रान्तिको लगाम राजाको फितलोपनले भारतका प्रधानमन्त्री जवाहरलाल नेहरूको हातमा पुग्यो।

कांग्रेससँग क्रान्तिको सिंहनाद गर्नु बाहेक अर्को विकल्प थिएन। तर, यसको अर्थ राणाहरूलाई नेहरूको पोल्टामा पार्नु हुन्थ्यो। कांग्रेस न झगडा गर्न सक्थ्यो न त सहकार्यमार्फत नेतृत्व स्थापना गर्ने। 

देशको एक मात्र शक्तिशाली प्रजातान्त्रिक दललाई या पन्छाएर वा पछि लगाएर नेपालको राजनीतिक यात्रा तय गर्ने भारतीय उद्देश्य स्पष्ट भइसकेको थियो। नेहरूले राजा, राणा र कांग्रेसका बीच पटकपटक मध्यस्थता गरे। उनी कहिले कांग्रेसको पक्ष लिएको जस्तो कुरा गर्थे, कहिले रिसाएर तर्साएको जस्तो गर्दथे।

कथित दिल्ली सम्झौता न नेपालको पक्षमा थियो, न त नेपाली कांग्रेसको। जता पनि नेहरू मात्र थिए। क्रान्तिले बाटो बिराएको थियो। राजा सँगसँगै नेपालको राजनीतिमा भारत पनि स्थापित भएको थियो। दिल्ली सम्झौताले बीपीलाई परिपक्व बनायो। तर राजालाई भने कांग्रेसभन्दा नेहरूपट्टि आसक्त बनायो। दिल्लीको आतिथ्यका लागि उनी आवश्यकताभन्दा बढी अनुग्रही हुन पुगे। यसैको बलमा नेपालको राजनीतिमा नेहरू हावी भइरहेका थिए।

कथित दिल्ली सम्झौता न नेपालको पक्षमा थियो, न त नेपाली कांग्रेसको। जता पनि नेहरू मात्र थिए। क्रान्तिले बाटो बिराएको थियो। राजा सँगसँगै नेपालको राजनीतिमा भारत पनि स्थापित भएको थियो।

दिल्ली सम्झौताले बीपीलाई परिपक्व बनायो। तर राजालाई भने कांग्रेसभन्दा नेहरूपट्टि आसक्त बनायो। दिल्लीको आतिथ्यका लागि उनी आवश्यकताभन्दा बढी अनुग्रही हुन पुगे। यसैको बलमा नेपालको राजनीतिमा नेहरू हावी भइरहेका थिए। 

यसो त भारत स्वतन्त्र भएपछि नेपाल आएका राजदूतहरूबाटै भारतले तानाबाना बुन्न शुरू गरिसकेको थियो। नेपाली कांगेस लगायतका प्रतिपक्षको आन्दोलनबाट भित्तोमा पुगिसकेका अन्तिम राणा प्रधानमन्त्रीलाई लोभलालच देखाएर भारतले सन् १९५० को सन्धि समेत गरायो। 

राजदूतहरूको हैकम
नेपालका लागि स्वतन्त्र भारतका प्रथम राजदूत सरदार सुरजीत सिंह मजिठिया ‘छुच्चो, मूर्ख र कूटनीतिक व्यवहार गर्न नजान्ने मान्छे थिए’ बीपी कोइराला प्रधानमन्त्री हुँदाका निजी सहायक कुमारमणि आचार्य दीक्षितले आफ्नो पुस्तक फाटफुट सम्झना (२०५२) मा लेखेका छन्।

उनीपछि राजदूत बनेर चन्द्रेश्वरप्रसाद नारायण (सीपीएन) सिंह आए। सिंह चाहिं धूर्त, बदमास र पैसाको लोभी थिए – दीक्षितको सार छ। अप्ठेरोमा परेका राणाहरूको निकै पैसा पनि ठगे रे सिंहले। 

नेहरू बाँचुञ्जेल सबै भारतीय राजदूतको मुख्य ‘एजेन्डा’ स्वतन्त्र नेपाललाई भारतको शर्तमा अनुकूल बनाउनु थियो। यी राजदूतहरू आफूलाई ‘भाइसराय’ ठान्दथे। 

तैपनि बीपी नेहरूलाई असाध्यै इज्जत गर्दथे। नेहरूले नेपाल सम्बन्ध विराएका हुन् भनेर बीपीले कहिल्यै भनेनन्। बरु नेहरू बितेको दिन आफू रोएको बीपी आफैंले लेखेका छन्। भारतीय जनताप्रति पनि बीपीलाई ठूलो विश्वास थियो। तर भारतीय सत्ताले त्यसको अनुभव हुन दिएन।   

७ फागुन २००७ पछि गठित अन्तरिम मन्त्रिमण्डलमा गृहमन्त्री भएपछि नै बीपी र भारतीय राजदूत सिंहसँग बीपीको मतभेद शुरू भयो। चन्द्रेश्वरप्रसादको नेहरूसँग व्यक्तिगत सम्पर्क थियो। राजालाई भड्काउने तथा सरकारलाई निर्देशन दिने चाहना उनमा तीव्र थियो।  

त्यसबेला जनरल नरशमशेर बलिया थिए। उनको एक पाकिस्तानी साथी थिइन्। तिनलाई नेपालबाट निकाल्ने, नरशमशेरलाई आई.जी.पी.बाट झिक्ने, बीपीलाई गृहमन्त्रीबाट बिदा गर्ने जस्ता कुरामा सिंह त्रिभुवनसँग कचिंगल गरिराख्थे। यति मात्र होइन, राणासँग सत्ता साझेदारीमा गएको कांग्रेसको एउटा समूहलाई सिंहले आफूतिर मिलाई भाँडभैलो मच्चाउन पनि सफल भएका थिए। 

नेपालले तेस्रो मुलुकसँग सम्बन्ध नराखोस्, राखिहाले पनि भारतलाई विश्वासमा लिएर काम गरोस्, भौगोलिक सर्वेसँगै प्रशासनिक संरचनाको काम पनि आफूहरूसँग नसोधी नहोस् भन्ने ध्येय सबै भारतीय राजदूतको हुन्थ्यो। उनीहरू आफूले गर्न खोजेको कुरा राजाबाट अनुरोध गराउँथे। नेपालको आधुनिकीकरणको हरेक प्रयासमा उनीहरू संलग्न हुने तथा सरसल्लाह निर्देशन दिने चाहना राख्दथे। यहाँसम्म कि नेपालसँग विज्ञ छैनन् भनी मन्त्रिपरिषद् बैठकमा मिनट लेख्ने मान्छे पनि भारतीय राख्ने प्रचलन शुरू गरिएको थियो। 

नेपालको प्रजातन्त्रीकरण तथा कानूनको शासनको पहिलो अवरोध भारतीय इच्छा, आकांक्षा हुन पुग्दथे। भारतलाई चित्त बुझाउनु नै सरकारको एउटा ठूलो चुनौती हुन्थ्यो। लाञ्छना लगाउने बीपीको बानी थिएन। उनी सभ्यतापूर्वक अन्यायको विरोध गर्दथे। बीपीसँग ठूलो र बलियो संगठन थियो, जुन भारतीयका लागि शूल झैं हुन्थ्यो।  

प्रधानमन्त्री मोहनशमशेर र गृह मन्त्री बीपी मिलेर काम गर्ने अवस्थामै थिएनन्। एक अन्तर्वार्तामा बीपीले भनेका छन्ः “मैले भन्नैपर्छ, … सीपीएन सिंह अर्थात् भारतले राणा खेमालाई मजबूत बनाउने भूमिका खेल्यो। हामीलाई दिल्लीमा बैठक गर्नुपर्ने सुझाव दिइएको जवाहरलाल नेहरूको एउटा पत्र पढेर सुनाइयो। तसर्थ, जून महीनामा प्रधानमन्त्री मोहनशमशेर र म दिल्ली गयौं। मैले जवाहरलाल नेहरूसँग तीन दिनमा नौ घण्टा छलफल गरें। तैपनि उहाँले कुनै ठोस धारणा राख्नुभएन। म बिहान आठ बजे नै ‘साउथ ब्लक’ स्थित उहाँको अफिसमा जान्थें र एघार बजे फर्किन्थें। उहाँ प्रायःजसो प्रवचन गरेको पाराले पुनर्गठन गर्नु अत्यन्त महत्वपूर्ण काम हो भनी धारणा राख्नुहुन्थ्यो। मिलेर काम गर्नुपर्छ भन्ने कुरामा उहाँको बल हुन्थ्यो।” 

प्रधानमन्त्री दिल्लीस्थित बाह्रखम्बा रोडस्थित नेपाली राजदूतावासमा बसेका थिए। बीपी नेहरूको चाला देखी दुःखी भई मोहनशमशेरलाई नयाँ प्रस्ताव लिएर गए। मोहनशमशेर भारतका लागि दिल्लीमा रहेका बेलायतका हाइ–कमिश्नरलाई पर्खिबसेका थिए। घरझगडा लिएर दिल्ली आएकोमा अपमानित हुनुपरेको भन्दै बीपीले ‘घरझगडा उतै जाऔं र मिलाऔं’ भनी प्रधानमन्त्री मोहनशमशेर समक्ष धारणा राखे। मोहनशमशेरको जवाफ अनपेक्षित थियो। ‘पहिले तपाईं आफैं दिल्ली आउने गर्नुहुन्थ्यो र आफ्ना उद्देश्यका लागि पण्डितजी र भारत सरकारको समर्थन प्राप्त गर्ने कोशिश पनि गर्नुभएको थियो, होइन ? अब मेरो पालो आयो। नेपालीमा एउटा उखान छ, कहिले सासूको पालो, कहिले बुहारीको पालो’, उनले भने। बीपी रिसाएर फर्कंदै थिए। तर मोहनशमशेरका छोरा विजय शमशेरले बीपीलाई बस्न कर गरे। “बुवाज्यूले मलाई भन्नुभएको छ, हाइ कमिस्नर आएर छलफल नसकुन्जेल तपाईं पर्खनुस् रे ! मेरा पिता वृद्ध हुनुहुन्छ, उहाँले पक्कै पनि तीतो बोल्नुभयो होला। म तपाईंको धारणासँग सहमत छु। उहाँले यी नेतालाई भेट्न दिल्ली दौडिन हुँदैनथ्यो। तपाईंले बूढो मानिसको कुरामा रिसाउनुहुँदैन। उहाँलाई दोष लगाउन हुँदैन। यसैले बेलायती हाइ कमिश्नर नफर्किंदासम्म गलत रूपमा कुरा नटुंग्याऔं।”

नेहरूको यस्ता कुराबाट बीपी उत्साहित हुन सकेनन्। प्रधानमन्त्री दिल्लीस्थित बाह्रखम्बा रोडस्थित नेपाली राजदूतावासमा बसेका थिए। बीपी नेहरूको चाला देखी दुःखी भई मोहनशमशेरलाई नयाँ प्रस्ताव लिएर गए। मोहनशमशेर भारतका लागि दिल्लीमा रहेका बेलायतका हाइ–कमिश्नरलाई पर्खिबसेका थिए। घरझगडा लिएर दिल्ली आएकोमा अपमानित हुनुपरेको भन्दै बीपीले ‘घरझगडा उतै जाऔं र मिलाऔं’ भनी प्रधानमन्त्री मोहनशमशेर समक्ष धारणा राखे। 

मोहनशमशेरको जवाफ अनपेक्षित थियो। ‘पहिले तपाईं आफैं दिल्ली आउने गर्नुहुन्थ्यो र आफ्ना उद्देश्यका लागि पण्डितजी र भारत सरकारको समर्थन प्राप्त गर्ने कोशिश पनि गर्नुभएको थियो, होइन ? अब मेरो पालो आयो। नेपालीमा एउटा उखान छ, कहिले सासूको पालो, कहिले बुहारीको पालो’, उनले भने।   

बीपी रिसाएर फर्कंदै थिए। तर मोहनशमशेरका छोरा विजय शमशेरले बीपीलाई बस्न कर गरे। “बुवाज्यूले मलाई भन्नुभएको छ, हाइ कमिस्नर आएर छलफल नसकुन्जेल तपाईं पर्खनुस् रे ! मेरा पिता वृद्ध हुनुहुन्छ, उहाँले पक्कै पनि तीतो बोल्नुभयो होला। म तपाईंको धारणासँग सहमत छु। उहाँले यी नेतालाई भेट्न दिल्ली दौडिन हुँदैनथ्यो। तपाईंले बूढो मानिसको कुरामा रिसाउनुहुँदैन। उहाँलाई दोष लगाउन हुँदैन। यसैले बेलायती हाइ कमिश्नर नफर्किंदासम्म गलत रूपमा कुरा नटुंग्याऔं।”

त्यसपछि भारतीय व्यवहार झनै बदलियो। राजदूत सिंह बीपी विरुद्ध षड्यन्त्र गर्न थाले। उनी विद्यार्थीलाई उचाल्न थाले। “हाम्रो पार्टीभित्र पनि उनका एजेन्टहरू थिए” बीपीले एक अन्तर्वार्तामा भनेका छन् ।  

राजालाई भारतको गुन ! 
कुमारमणि आचार्य दीक्षितले नेपाल र बीपीप्रति भारतीयको त्यो बेलाको दृष्टिकोणलाई एक प्रसंगमार्फत व्याख्या गर्ने प्रयत्न गरेका छन्। 

दीक्षितले नेपाल सरकारको प्रतिनिधित्व गरी १९५६ मा कोलम्बो प्लानको बैठकमा भाग लिन न्युजिल्याण्ड जाँदाको एउटा अनुभव उल्लेख गरेका छन्। त्यसबेला गुञ्जमान सिंह योजना मन्त्री थिए, दीक्षित मन्त्रीकै प्रतिनिधित्व गर्दै त्यहाँ पुगेका थिए। 

बैठकमा भारतका तर्फबाट सहायक अर्थमन्त्री बलीराम भगत आएका थिए। बीपीको कुरा कोट्याउँदै उनले भनेछन्– बीपी भारतसँग मित्रता राख्दैनन्। उसो त उनी भारतमै हुर्के पढेका मान्छे हुन्। प्रतिउत्तरमा दीक्षितले पनि भनेछन्– आफ्नो देशको हित हेर्दैमा भारतको अहित हुन्छ भन्नुहुँदैन। भारतकै प्रधानमन्त्री नेहरू पनि त बेलायतमा बढे, पढेका मान्छे हुन्। तैपनि उनले भारतबाट बेलायतीलाई भगाउन आन्दोलनमा भाग लिए। 

न्युजिल्याण्डबाट फर्कंदा अष्ट्रेलियाको सिड्नीस्थित विमानस्थलमा ओर्लंदा दीक्षितलाई ‘रिसिभ’ गर्न भारतीय कूटनैतिक नियोगका फर्स्ट सेक्रेटरी आएका रहेछन्। दीक्षित आश्चर्यमा परे। किन तपाईं आउनुपर्‍यो भनी सोध्दा उनले भनेछन्– नेपालको प्रतिनिधित्व नभएको स्थानमा भारतले नै नेपालको हित हेर्ने भन्ने दुई सरकारको सम्झौता भएको छ।

नेपाल फर्केपछि दीक्षितले यही प्रसंग बुबा परराष्ट्र सचिव नरेन्द्रमणि आचार्य दीक्षितलाई सुनाए। कुरा प्रधानमन्त्री टंकप्रसाद आचार्य हुँदै राजासम्म पुग्यो। राजाबाट ‘नेपालको प्रतिनिधित्व नभएको ठाउँमा नेपालको हित भारतले हेर्ने भन्ने कुरा उठेको तर यस विषयमा आफूले स्वीकृति दिएको सम्झना नभएको’ जवाफ आयो। 

छोरा कुमारमणिसँग कुराकानीका क्रममा नरेन्द्रमणिले ‘२००७ सालको क्रान्तिमा भारतले आफूलाई बचाएकोले गुन लाउन राजा त्रिभुवनले यस्ता धेरै कुरामा भारतलाई छुट दिएका’ भनेका रहेछन्। 

जस्तो कि, भारतीय सहयोगमा प्रस्तावित त्रिभुवन राजपथको बाटो धेरै घुमाउरो थियो र सरकार यसको विकल्पको खोजीमा थियो। विकल्पको प्रस्तावमा भारतीय पक्षले प्रष्ट भनेछ- यो विषयमा छलफल गर्नुको कुनै अर्थ छैन किनकि हामी दुई देशको उच्चस्तरबाट यो विषय टुंगो लागिसकेको छ। 

परराष्ट्र सचिव नरेन्द्रमणिले यो कुरा राजालाई सुनाएछन्। राजाको जवाफ सुन्दा उनी स्वयं छक्क परे। राजाले नै भारतीय सैनिक दृष्टिकोणबाट उपयुक्त हुने भनेकाले यो राजपथको स्वीकृति दिएका रहेछन्। भारतको मिलिटरी मिशन, नेपाल आउने चीनको सिमानामा भारतीय चेकपोष्ट स्थापना, नेपाल आउने विदेशीहरू (पर्यटक समेत) बारे भारतीय राजदूतावासको अग्रिम स्वीकृति लिएर मात्र भिसा दिनुपर्ने इत्यादि अनेक उदाहरण छन्, जसमा भारतले लामोहात गरेको देखिन्छ। 

बीपीको ‘लेगेसी’
२० डिसेम्बर १९५१ मा नेहरूले राजा त्रिभुवनलाई लेखेको चिठी छापिएको छ। त्यसमा उनले नेपालको सुरक्षा योजना र वैदेशिक नीतिलाई भारतको सुरक्षा योजना र वैदेशिक नीतिसँग समन्वय गर्ने राजाको प्रस्तावमा खुशी व्यक्त गरेका छन्। यसबाट राजदूत सिंहले कुन हदसम्मको षड्यन्त्रमा राजालाई पारिसकेको रहेछन् भन्ने स्पष्ट हुन्छ। 

यस्ता धेरै उदाहरण छन्, जसबाट पुष्टि हुन्छ– बीपी कोइरालाले नेपालका लागि ठूलो ‘लेगेसी’ छोडेर गएका छन्। ती ‘लेगेसी’हरूको प्रभाव आजसम्म उत्तिकै छ। बाँचुञ्जेल आफ्नो सामथ्र्य र क्षमताले देश बनाउने हो, मरेपछि छोडेर जाने ‘लेगेसी’ नै हो। चरित्रप्रधान मान्छेले मात्र यस्तो गर्न सक्दछ। बीपी त्यही चरित्रप्रधान व्यक्तित्व थिए। द्विपक्षीय विदेश नीतिमा अहिले पनि कोही कतै ‘म ब्वाँसो बन्छु, तिमी पाठो बन’ भन्न सक्छन्। तर, समानताका आधारमा विकसित आजको विदेश नीतिमा हामीले सहजै ‘अब ती दिन गए’ भन्न सक्नुपर्छ। बेलैमा त्यसो भनिएन भने आजको ब्वाँसो भोलि सिंह पनि बन्न सक्छ।

यो चिठीको करीब चार महीनापछि दाजु मातृकाप्रसादलाई लेखेको चिठीमा नेहरूले सचेत गराएका छन्: “बीपीमा पूर्ण ऊर्जा छ र कहिलेकाहीं बढी चञ्चल हुन्छन्, त्यति मात्र हो । ठीकसँग प्रयोग गर्ने हो भने ती असल गुणहरू हुन्, तपाई र उनीबीच पूर्ण सहयोग भयो भने तपाईंले उनका गतिविधिलाई ठीक दिशामा प्रयोग गर्न सक्नुहुनेछ।” 

नेपालको सुरक्षा नेपालीको चुनौती हो, भारतको होइन भन्ने उनको भनाइ र नेहरूलाई दिएको जवाफ नेपालको इतिहासमा सधैं चर्चित छ नै। बीपीको सरलता र निश्चल रूपमा आफ्नो मुलुकका लागि चिताएको सोझो कुरो लेख्ने र बोल्ने बानीले गर्दा उनी भारतीय सत्ताका लागि अपच हुन्थे।  

राजा महेन्द्रले २०१७ सालमा प्रधानमन्त्री बीपीलाई विना थुनुवा पुर्जी ८ वर्ष कारागारमा थुन्दा र प्रजातन्त्र मास्दा भारतीय सत्ताले उनको अनुपस्थितिमा आफूलाई बलियो पार्ने मौका पाएको सोच राख्यो। सुन्दरीजल जेल छँदा आफ्नो तथा मुलुकको बारेमा प्रशस्त ‘रिफ्लेक्सन’ गर्न पाएका बीपीले दुःखका साथ लेखेका छन्ः “नेपालमा भारतको प्रतिष्ठा माटोमा मिलेको छ।” 

भारत कतैबाट पनि नेपालको प्रजातन्त्र र राष्ट्रियताका लागि सहयोगी हुने अवस्था नदेखिंदा पनि बीपीले हिम्मत हारेनन्। राष्ट्रिय मेलमिलाप नीतिका लागि पृष्ठभूमि तयार हुँदैथियो। 

सत्ताका लागि मात्र राजनीति नगर्ने बीपी स्वयंमा नेपाली स्वतन्त्रता, स्वाभिमान र लोकतान्त्रिक अभियानका एक सार्वजनिक बौद्धिक थिए। पार्टी नेताका साथै एक विचारकका रूपमा जीवन बिताएकाले पनि हुनुपर्छ, उनी रहँदासम्म नेपाली कांग्रेस उनकै सेरोफेरोमा रह्यो। र आजपर्यन्त बीपी कांग्रेसको सिद्धान्तको पर्याय बनेका छन्।

राम्रो औपचारिक अध्ययन, युवाहरूसँगको निकटता तथा उनीहरुको सामथ्र्य चिन्नसक्ने खूबी, नेपाली भाषा, साहित्य, धर्म, रीतिथिति, अर्थशास्त्र, कानून सुधार, महिला अधिकार, विविधता, समावेशीकरण र परराष्ट्र सम्बन्ध जस्ता सबै क्षेत्रमा बीपीसँग फरक देशदृष्टि थियो। पार्टी संगठन विस्तारका लागि बीपी देशको कुनाकाप्चा सबैतिर पुग्दथे। र, अन्य सहकर्मीहरूलाई पनि घरघर पु-याउने दृष्टिकोण उनमा देखिन्थ्यो। 

यस्ता धेरै उदाहरण छन्, जसबाट पुष्टि हुन्छ– बीपी कोइरालाले नेपालका लागि ठूलो ‘लेगेसी’ छोडेर गएका छन्। ती ‘लेगेसी’हरूको प्रभाव आजसम्म उत्तिकै छ। 

बाँचुञ्जेल आफ्नो सामथ्र्य र क्षमताले देश बनाउने हो, मरेपछि छोडेर जाने ‘लेगेसी’ नै हो। चरित्रप्रधान मान्छेले मात्र यस्तो गर्न सक्दछ। बीपी त्यही चरित्रप्रधान व्यक्तित्व थिए। 

द्विपक्षीय विदेश नीतिमा अहिले पनि कोही कतै ‘म ब्वाँसो बन्छु, तिमी पाठो बन’ भन्न सक्छन्। तर, समानताका आधारमा विकसित आजको विदेश नीतिमा हामीले सहजै ‘अब ती दिन गए’ भन्न सक्नुपर्छ। बेलैमा त्यसो भनिएन भने आजको ब्वाँसो भोलि सिंह पनि बन्न सक्छ। 

उपन्यासकार विश्वेश्वरप्रसाद कोइरालाको राजनीतिक दर्शनको एउटा दरिलो पाटो उनको ‘हिटलर र यहुदी’ भन्ने सानो उपन्यासमा पाउन सकिन्छ ।

यस उपन्यासको पृष्ठभूमि दोस्रो विश्वयुद्ध हो । पहिलो विश्वयुद्धले सिर्जना गरेको सामरिक गुटबन्दी, उपनिवेशवाद, हतियारहरूको प्रदर्शन तथा राष्ट्रवादको लडाइँको निरन्तरताका रूपमा इतिहासमा हिटलरको उदय भएको हो । उनले राष्ट्रवादलाई विकृत रूपमा नश्लवादमा प्रवेश गराए । हिटलरको भनाइ थियो उनको मुलुक जर्मनी संसारको सबैभन्दा ठूलो शक्ति राष्ट्र हुन्छ वा देशका रूपमै रहँदैन । यसका लागि लडाइँ लड्नुपर्छ, नलड्नेलाई बाँच्ने अधिकार छैन । राष्ट्रिय, समाजवादको सैद्धान्तिक आवरणमा पहिलो विश्वयुद्धपछि जर्मनीमा स्थापना भएको नाजी पार्टी हिटलरको संगठनको आधार बन्न पुग्यो ।

जर्मन नाजी पार्टीको विकास क्रमशः भएको देखिन्छ । उनले झुटो अभिमान डर, त्रास तथा जर्मन जातिको विशिष्टता देखाएर यसका सदस्यहरू बढाउँदै लगे । सन् १९२३ मा नै हिटलरले जर्मन सरकारलाई वैधानिक सत्ताबाट मिल्काउने प्रयत्न गरे । तर सकेनन् । यसपछि उनलाई ५ वर्षको जेल सजाय सुनाइयो । जेलमा हुँदा उनले आफू र आफ्नो राजनीतिक दृष्टिकोणले भरिएको ‘मेन क्याम्फ’ (मेरो संघर्ष) नामको पुस्तक पनि लेखे । यसमा उनले नाजी पार्टीको सिद्धान्त्तहरूलाई विवेचना गरेका थिए । सन् १९३२ सम्म जर्मनीको संसद्मा नाजीहरूको सदस्य संख्या २३० पुगिसकेको थियो । सन् १९३३ मा जर्मनीको अल्पमतको सरकारका चान्सलर बनेपछि हिटलरले जर्मनीको संसद्लाई भंग गरे । संविधान र प्रजातान्त्रिक कानुनहरूबाट उनी सञ्चालित हुन चाहँदैनथे । दलहरूलाई लघारे । कम्युनिस्ट पार्टीलाई पनि उनले गैरकानुनी बनाए । तत्कालीन राष्ट्रसंघ (लिग अफ नेसन्स) को सदस्यता पनि छोडे । त्यसपछि उनको उद्देश्य सैन्य शक्ति बढाउनुबाहेक अरू केही थिएन । हिटलर सम्हालिनसक्नु भइसकेका थिए । १९३३ मा उनी जर्मनीको सत्तामा पुगेपछि जर्मनीको एउटा नश्लवादी साम्राज्यको स्थापनाको प्रक्रिया अनवरत रूपमा अघि बढ्न थाल्यो । तर शक्ति संघर्षमा लागेका युरोपेली मुलुकहरूले यसलाई त्यति महत्त्व दिएनन् । कतिपयमा त्यो क्षमता पनि थिएन । उल्टै सन् १९३८ मा टाइम म्यागाजिनले हिटलरलाई ‘म्यान अफ द इयर’ घोषणा गर्‍यो । सन् १९३९ मा उनलाई झन्डै नोबेल पिस प्राइज दिइएको थियो । सानो नानी हुँदा पुजारी बन्ने रहर भएको र वयस्क भइसक्दा पनि कालो बिरालीसँग डराउने हिटलर सत्तामा पुगेपछि नश्लवादी मात्र होइन डरलाग्दा तानाशाहका रूपमा स्थापित भए ।

त्यसो त हिटलर जर्मनीलाई बलियो बनाउन चाहन्थे । तर, पहिलो विश्वयुद्धमा जर्मनीको हारको कारण के–के हुन् ? तिनको उनले राम्रो विश्लेषण गर्न सकेनन् । उनको निष्कर्ष सही थिएन तर जर्मन यहुदीहरूलाई नै त्यस्तो हारको प्रमुख कारण उनले देखे । उनको भनाइ थियो, जर्मन साम्राज्यको पुरानो गौरव फर्काउने हो भने यहुदीहरूलाई मास्नुपर्छ तथा युद्धकै माध्यमबाट जर्मनीले शक्ति आर्जन गर्नुपर्छ । यहुदीहरू निचो जातका हुन् र जर्मनीको धार्मिक ऐतिहासिक, दार्शनिक वा मनोवैज्ञानिक दूरावस्थाका कारण उनीहरू नै हुन् । हिटलरले तत्कालीन जर्मनीमा रहेको एउटा यस्तो वर्ग जसले जातीय श्रेष्ठता, घृणा तथा हिंसाका आधारमा आफूलाई सर्वश्रेष्ठ ठान्थ्यो, तिनलाई आफूप्रति आकर्षित गर्दै गएका थिए । यति मात्र होइन तिनीहरू हिटलरको नाजी पार्टीमा बलियो हुँदै गएका थिए । कतिपय यहुदीहरू ज्यान र अस्मिता बचाउन जर्मन छोडी अन्य युरोपेली मुलुकहरूतिर भागेको पाइन्छ । तर युरोपभरि जहाँ पनि उनीहरू असुरक्षित थिए । जब यहुदीहरूलाई सम्पूर्ण रूपमा लगार्न सकिएन त्यसपछि हिटलरले यहुदीहरूको सर्वनाश गर्ने अन्तिम उपाय खोजे । ‘होलोकास्ट’ भनेको त्यही उपाय हो । यो यहुदीहरूको विध्वंशको विभत्स तरिका थियो । अब हिटलर राक्षस भइसकेका थिए । उनलाई वैधानिक जनाधारको आवश्यकता थिएन ।

विश्वयुद्धले हिटलरलाई मनोमानी गर्ने वातावरण दियो । ‘होलोकास्ट’ को पहिलो प्रयासका रूपमा हिटलरले जर्मन सेनाका सैनिक यहुदीहरूलाई खासखास इलाकाहरूमा जम्मा गरे । त्यसपछि उनीहरूबाट गराउन सकिने सबै प्रकारका कामहरू पनि गराए । युद्धबन्दी जस्तो गरी आफ्नै देशमा उनीहरूको शोषण गरियो । उनीहरूकै हातबाट उनीहरूलाई मार्न विशेष किसिमका क्याम्पहरू स्थापित गराइए । यसमध्ये सबैभन्दा कुख्यात क्याम्पको नाम थियो ‘आश्च्हवीट्ज’ । यहुदीहरूलाई यो शिविरमा ल्याउँदै झ्याल ढोका थुनेर विषालु ग्यास छाड्दै मारिन्थ्यो । कतिपयलाई जिउँदै जलाएर पनि समाप्त गरिन्थ्यो । जो काम गर्न सक्ने थिएनन् विरोध गर्थे वा भाग्न चाहन्थे उनीहरू अघिल्लो घानमा पर्थे । बाँकी रहेका यहुदीहरू पनि भोक र रोगका कारण क्रमशः सिद्धिन्थे । दोस्रो विश्वयुद्धको ६ वर्षको अवधिमा नाजीहरूले ६० लाख जति यहुदीहरूको हत्या गरेको मानिन्छ । त्यसमध्ये पनि १५ लाख त केटाकेटी मात्र थिए । किशोर–किशोरी तथा युवतीहरूको चरम शोषणपछि पालो आउँथ्यो । केवल यहुदी भएका कारणले मात्र यी सबै निर्दोष व्यक्तिहरूको हत्या गरिँदै थियो । वास्तवमा संसारका एकतिहाइ जति यहुदी जनसंख्या यो नरसंहारबाट खरानी भएको थियो । जुन रूपमा हिटलर र उनको नाजी पार्टीले यो नरसंहारको संख्या व्यवस्थापन तथा कार्यान्वयन गरे त्यो मानवताविरुद्धको पराकाष्टा थियो । मानवता हारेको क्षण थियो त्यो ।

आफ्ना काम–कारबाही तथा तथा प्रक्रियामा हिटलर एउटा तानाशाही शासक मात्र रहेनन् उनी एउटा मानसिकताका प्रतीक बन्न पुगे । संसारमा सर्वश्रेष्ठ मुलुक जर्मनी, सर्वश्रेष्ठ शासक हिटलर र सर्वश्रेष्ठ दर्शन नाजीवाद । झुटो बोल्नु, जनतालाई उन्मादित तुल्याउनु तथा मीठो भाषणबाट ‘हिप्नोटाइज’ गर्नु हिटलरको ठूलो खुबी थियो । सबै खाले शासकीय मिथ्यालाई स्थापित गर्न उनका प्रचार मन्त्री ‘गोयवल्स’ काफी थिए । विश्वयुद्धमा भाग लिएका कुनै पनि युरोपेली मुलुकहरूमा यो विभिषिकालाई रोक्ने क्षमता थिएन । हिटलरको नेतृत्वमा १९४१ सम्म नाजी सेनाहरूले युरोपमा कब्जा गरिसकेका थिए । जर्मनी सबै छिमेकी मुलुकहरूसँग लडाइँमा थियो । मित्रराष्ट्रका सेनाहरू मिलेर आफूलाई अन्ततः हराउन सक्नेतर्फ उनको ध्यान गएन । सन् १९४५ मा सोभियत सेनाहरूबाट घेरिएपछि हिटलरको अस्ताउने समय सुरु भयो । भनिन्छ, बर्लिनमा भुइँमुनि ५० फिट तलको एउटा बङ्करमा आफूलाई गोली हानेर आफ्नी श्रीमतीसँगै उनले आत्महत्या गरे । दोस्रो विश्वयुद्धको समाप्ति र हिटलरको तानाशाही सँगसँगै अन्त्य भयो । दोस्रो विश्वयुद्धको समाप्तिपछि इतिहासलाई हेर्ने विभिन्न दृष्टिकोणहरूका आधारमा संसारभरि विभिन्न पुस्तक लेखिएका छन् ।

यस उपन्यासको नाम ‘हिटलर र यहुदी’ भए पनि हिटलर यो उपन्यासको प्रमुख पात्र भने होइनन् । उनी उपन्यासको समग्र पृष्ठभूमि हुन् । उनको स्वेच्छाचारिता, तानाशाहीपन, वैचारिक स्तर, र यहुदी जातिका बारेमा उनको सिद्धान्त र व्यवहार यस उपन्यासमा परीक्षणमा छ । यसमा सबैभन्दा प्रमुख भूमिका ‘म’ पात्र को छ । ऊ सैद्धान्तिक रूपमा परिस्कृत हुन चाहने तथा मूल्य–मान्यताको निरन्तर खोजमा हिँडेको अनन्त यात्री हो । उसको यात्रा हिन्दुस्तान हुँदै पानीजहाजबाट युरोपसम्म पुगेको छ । ऊ कथावस्तुको सबैतिर छ । सबैलाई बौद्धिक चुनौती दिएर उसले उपन्यासलाई अघि बढाउँछ । उसले प्रश्न सोध्छ, तटस्थ भएर टिप्पणी गर्छ, आफ्नो अनुभव सुनाउँछ र अन्ततः मानवता, दया, प्रेम, संरक्षण र मान्छे हुनुको नैतिक पक्षलाई मुटु चिरिने गरी उपस्थित गराइदिन्छ । उसले देखाउँछ– युद्ध नितान्त खराब कुरा हो । यसले न व्यक्तिलाई राम्रो गर्छ, न उसको समाज, न त शासकीय पद्धति वा स्वतन्त्रतालाई ।

विचार र द्वन्द्वको आर्तनादमा बढेको छ यो उपन्यास । यहुदी जातिको इतिहास, देन, र विशेष गरेर धार्मिक विचारको विकासमा र त्यस जातिले भोगेको अनवरत दुःखबारे यसमा छलफल गरिएको छ । कुरो उप्काउने दृष्टिले ‘म’ पात्र भन्छ : ‘अध्यात्मवाद, परमेश्वरसम्बन्धी विचार र भावनाको विकासमा यहुदीको मौलिक योगदान छ । सर्वप्रथम परमेश्वरको चराचर्म व्याप्तताको स्पष्ट चित्र उनीहरू कै मष्तिष्कमा खिचिएको थियो, होइन ?” त्यसै गरी ऊ भन्छ “कुरैकुरामा मलाई लागेर भनेको– क्रिस्तान युरोपलाई त कमसेकम आध्यात्मिकताको प्रकाश दिने यहुदी जातिलाई नै किन इतिहासमा लाञ्छना छ, अविछिन्न यातनाको सिकार हुनुपर्‍यो ? हालैमा पनि ६० लाख कत्लेआम भए तिनीहरू– आवाल वृद्ध, वनिता सारा…।” यो प्रश्न मानवताको प्रश्न हो । हरेक जातिलाई बाँच्ने अधिकार छ । यो उपन्यासको कथावस्तु यसै प्रश्नबाट अगाडि बढ्छ ।

मद्रासी ब्राह्मण नारायणनले सजिलो गरी आफ्नो दृष्टिकोण राख्छ । उसको चेतना हिन्दुदर्शनको एउटा पाटोसम्म मात्र सीमित छ । ऊ भन्छ– “समाजको संगठनबाट कल्याणको कुरा, धार्मिक सहिष्णुताबाट मानव समाजको परिवर्तन सुधारवाद आदि कुरा त भौतिकवादीहरूका सिद्धान्त्त हुन्, जो पश्चिमी दर्शनको विषय हो । हिन्दु सिद्धान्त यस्ता कुरालाई प्रयोजनहीन भन्ठान्छ । जीवन त यात्रा हो, त्यस्तो बाटोमा जुन बाटो तिमीले स्वयं आफूले नै खनेका छौ । आफ्नो कर्मले खनेको बाटोमा नहिँडी धर छ र ? यदि जीवनसँग अविछिन्न रूपले रहेको यावत् दुःख तृष्णा, लोभ, मोह, अशान्ति इत्यादिबाट छुट्कारा पाउनु छ भने बाटो नखन, तिमीले हिँड्नु पर्दैन त्यसमा ।” चर्को तर्क छ नारायाणनको । ऊ न्याय अन्यायजस्ता विषयको जोखिम लिन चाहँदैन । विवेकको एउटा पाटो उसको व्यक्तित्वमा लुप्त छ । ठूला सैद्धान्तिक प्रश्नबारे उसको पेटमा कुनै अग्नि छैन । विद्वान् छ, तर उसको जीवनको कुरा शास्त्रमा हराएको छ । ‘म’ पात्रले अविश्वासको निःश्वास झिकेर उसलाई टिप्पणी गर्छ– “त्यसो भए के यहुदी जाति नै कर्मबन्धनमा परेर युगानुयुगदेखि विभिन्न स्थितिमा पिल्सिँदै आएका हुन् त ? आफैंले खनेको बाटोमा हिँडेका साठी लाख यहुदी जो हिटलरको भठ्ठीमा होमिए ?” उसले आक्षेप पनि लगाउँछ : “नारायणनजी, तपाईंलाई हिटलरले भष्मिभूत पारेका यहुदीहरूप्रति संवेदना पनि छैन ?”

यो द्वन्द्वको अर्कोपट्टि आफ्नो स्पष्ट धारणा लिएर उभिएकी छ एउटी अर्की आधुनिक गुजराती युवती । उसको नाउ रेवा हो । ऊ स्वच्छन्द स्वभावकी छ । प्रशस्त पढेलेखेकी छ, तर जीवनलाई बोझिलो बनाउन चाहन्न । हिटलरको प्रसंग होस् वा यहुदीको, उसले नबुझेकी केही छैन, तर भन्छे : “यो कस्तो खाँचो तिमीलाई, हर कुराको अर्थ चाहिने । बिनाअर्थको जीवन आनन्दमय हुन सक्दैन र ? मलाई त यो क्षणले नै यसरी लठ्याइराख्छ । त्यसभन्दा बाहिर सोच्ने समय नै पाउँदिनँ । तस्बिरको रङलाई कोट्याएर त्यसको मर्मलाई बुझ्ने प्रयत्न नगर । जे छ बाहिर छ, छर्लङ्ग छ, जीवनबाहिर छ, उदाङ्ग छ उघ्रिएको ।” रेवा सरल छे, तर त्यो जीवन के जीवन जहाँ यसका मौलिक प्रश्नहरूको समाधान नै नखोजी आत्मसमर्पण गरिएको होस् । हो, यहाँ रेवा समस्याको एउटा पक्ष हो, यसको जवाफ होइन । यस विषयमा अझ खोजीनीति चाहिएको छ ।

जवाफ दिनुपर्ने मान्छे वा आजको चलनचल्तीको भाकामा भन्ने हो भने सार्वजनिक उत्तरदायित्व वहन गर्नुपर्ने प्रमुख व्यक्ति त हिटलर नै हुन् । कानुनको पृष्ठभूमि भएको यो टिप्पणीकारलाई हिटलरले आत्महत्या गरेको कथा विश्वासिलो लाग्दैन । उनी र केही दिनअघि मात्र बिहे गरिएकी उनकी श्रीमती आफ्ना दुस्मनबाटै मारिएको हुन सक्ने परिस्थिति बलियो देखिन्छ । जे भए पनि उनको मृत्युले उसले सिर्जना गरेको समस्याको निदान गर्दैन । त्यसैले ‘म’ पात्रले मरिसकेका हिटलरलाई ईश्वरसँग संवाद गराउन पछि पर्दैन । सभ्यताको अपराधी त ऊ नै थिए । आफ्नो गलत उद्देश्यका लागि लाखौं नाजी सहयोगी तथा धुपौरेको प्रयोगबाट दोस्रो विश्वयुद्धको थालनी र यहुदीको सर्वनाशको प्रमुख सर्जक उनी आफैं बनेका हुन् । किन यो निष्ठुरता ? ईश्वरले सोध्छन् : “हिटलर, तिमीले आफ्नो अमानवीय निष्ठुरताको प्रतिवादमा केही भन्न सक्दैनौ ?”

मृतक हिटलरको जवाफले यस उपन्यासको अर्को पक्षलाई तेस्र्याइदिन्छ : “म निष्ठुर होइन कदापि । निष्ठुरता एउटा भावावेग हो– उत्तेजनापूर्ण क्रिया जसबाट म मुक्त भन्ठान्छु आफूलाई । यथार्थमा, म दयाबाट पनि मुक्त छु, किनभने दया पनि भावनाप्रधान तत्त्व भएकाले मैले त्यसलाई विषजस्तो त्यागेको छु । गीता सर्वश्रेष्ठ ग्रन्थ हो । दैवित्वविहीनको धर्म प्रतिवादित छ त्यसमा– सांसारिक कर्म गीता कर्म हो । त्यो एउटा यस्तो महान् आध्यात्मिक ग्रन्थ छ, जसलाई आ–आफ्नो अखण्डनीयताका लागि धर्मशास्त्रीहरूले ईश्वरको भर पर्नु पर्दैन । कृष्ण र अर्जुनको कथा एउटा रूपक मात्र हो, सोद्देश्य लेखिएको नीतिकथा–एउटा आख्यान हो । ईश्वर भनेको उत्तेजनारहित मानव हो– लिप्सामुक्त, स्पृहाबाट मुक्त व्यक्ति । मानव त्यस्तो ईश्वर हो जो आशक्तियुक्त छ । मानव र ईश्वरमा फरक अर्को यसले पनि छ– या भनुँ त्यही कारणले नै– कि एउटा सामथ्र्यहीन छ अर्को सामथ्र्यवान् । राजनीतिमा लागेको व्यक्ति अरू पेसाका मानिसभन्दा झन् बढी शक्तिको पथको यात्री हुन्छ । उसको अनुसन्धान शक्ति त झन् बढी शक्ति हो । त्यसो हुनाले गीता राजनीतिज्ञहरूका लागि अमरवाणी भएको छ । उनीहरूका लागि यो विज्ञानको ग्रन्थ हो ।”

हिटलरको तर्क असाध्यै स्वार्थी छ । उनको सोचाइ छ, आफूले जेजस्तो काम–कारबाही गरे त्यो आफ्नो मुलुक वा जर्मन जातिका लागि गरिएको थियो । उनी आफूलाई कर्मयोगी मान्छन् । एउटा कर्मयोगी कसरी दोषी हुन सक्छ । के महाभारतको युद्ध भगवान् कृष्णले नचाहेको भए हुन सक्थ्यो ? उनले पनि त निरङ्कुशता नै देखाएका हुन् । आफ्नो निरङ्कुशताको प्रतिरक्षा गर्दै ईश्वरसँगको संवादमा हिटलरको लोकलयमा बिक्न सक्ने एउटा बलियो दाबी हुन्छ ।

हिटलर भन्दछन् : “जुन घडीसम्म मेरो उत्पीडन–निरंकुशता–कायम रह्यो, तबसम्म म पनि ईश्वर नै भएँ । कविहरूले मलाई आफ्नो कवितामा गाए, शिल्पीहरूले मलाई सङ्गमरमरमा कुँदे, रंगमा चित्रित भएँ, चित्रकारद्वारा । नारीहरूले मलाई आफ्नो हृदयमा स्थापित गरे, पुरुषहरूले मेरो पाउमा शिर निहुराए । विद्वान्, प्राध्यापकहरूले मलाई विश्वविद्यालयहरूमा पढाए, विद्यार्थीहरूले अनेकानेक किताबहरूमा मेरो अध्ययन गरे । मातापिताहरूले आदरका साथ मलाई उच्चारण गरे, आफ्ना छोराहरूलाई मेरो नाम दिएर सुशोभित पारे– रातदिन मेरो स्तूतिगान भइरह्यो । संक्षेपमा, म ईश्वर थिएँ । हो, तिम्रो दाँजोमा एउटा सानो ईश्वर । तर योग्यताअनुसार सबैले आफ्नो भाग पाउने हुनाले मेरो अल्प–नगण्य निरङ्कुशताले त्यही अल्प–नगण्य–ईश्वर–पद आर्जन गर्‍यो, आज जब मेरो निरंकुशता समाप्त भयो । र अब म मरिसकेको छु । मलाई पृथ्वीलोकमा मानिसहरू यदि घृणा गर्छन् भने त्यसको पनि पछुतो छैन ।” हिटलरले अरू साक्षी बस्नेलाई ‘बुक’ मा ल्याउँछन् तर उनीहरूलाई पोलेर मात्र उम्किन सक्ने उनको अवस्था छैन ।

यस उपन्यासका विभिन्न पात्रहरू बडो बुद्धिमत्तापूर्ण रूपमा छनोट गरिएका छन् । विश्वयुद्ध र हिटलरले गरेको अशान्तिलाई विभिन्न दृष्टिकोणबाट यी पात्रहरूमार्फत मूल्याङ्कन हुन्छ । यो ‘म’ पात्रले डेबिड भन्ने अन्तर्राष्ट्रिय यहुदी संगठनको कार्यकर्तासँग यहुदी जातिले खपेको हत्या र आतङ्कको पीडाबारे सुन्दछ । यहुदी जातिको आफ्नो देश हुनुपर्छ । त्यसलाई धान्नुपर्छ, भन्ने उसको मान्यता छ । त्यस्तै यहुदी विरोधी लेबनानकी पत्रकार मार्गरेटसँगको कुराकानीका आधारमा ‘म’ पात्रले त्यस सम्बन्धमा वैकल्पिक दृष्टिकोण पाएको हुन्छ । अरबहरूको भूमि मासेर यहुदीका लागि देश कायम गर्न नसकिने आफ्नो दृष्टिकोण उसले राखेकी हुन्छे । यसै ‘म’ पात्रले आफ्नी श्रीमती लक्ष्मीसँगको चिठीपत्र सम्झना वा वार्ताका आधारमा प्रेम र यौनका कुराबारे आफ्नो दृष्टिकोण राख्छ । यसका आधारमा हिटलरले ल्याएको बेथितिलाई हेर्नुपर्ने हुन्छ । यसै ‘म’ पात्रसँगको अन्तर्क्रियामा मद्रासी ब्राह्मण नारायणन र गुजराती मूलकी युवती रेवामार्फत धर्म चेतना, जीवन र सुन्दरताका कुराहरू राखिन्छन् । युद्धबाट प्रताडित हुने मान्यताहरू हुन् यी । यो ‘म’ पात्र नै थियोडोरा नाम गरेकी पथप्रदर्शकसँग घुम्दै गरेका कुराकानीहरू तथा अन्तरमनको प्रस्तुति एवं सानी केटी इल्जेसँग उसले धानेको जीवनको समीक्षाबाट मानवतासँग सम्बन्धित कतिपय पक्षलाई सिंहनाद गरेको देखिन्छ । उमेरभन्दा बढी नारी चातुर्य भएकी थियोडोराको मासिएको जिन्दगी र युद्ध पीडित लिओनार्डोको बाँच्नैपर्ने विवशताबीचका जिजिविषा उल्लेखनीय रूपमा त्यहाँ चित्रित हुन्छन् । आफूलाई हिटलरको साथी भन्न रुचाउने त्यो खोरोन्डो सिपाही लिओनार्डोको अन्तक्र्रियाबाट हिटलरको वीभत्स रूप देखिन्छ । यसैमा बालयौन व्यवसायी इल्जेको सर्वनाश भइसके पनि आफू अझै नै मानवताका लागि उपयोगी भएको दाबी थपिन्छ । यो दाबीले पाठकको मुटु हल्लाउँछ : “बालिका शरीरमा नसुहाएको असमयमै छिप्पिएका स्तन र त्यस्तै तिघ्रा, निर्दोष अबोध बालिका शरीरमा यी दुई अंगले मात्र रसमय भएर मलजलमा हुर्किएका थिए । इल्जेको जीवनसँग यिनको केही आन्तरिक सम्बन्ध थिएन । ऊ त यिनलाई गहनाजस्तो लाएर हिँड्थी र निःतान्त अज्ञानमा तिनको अधिकारिणी भएकाले गर्व गर्थी र भन्थी–हेर, मसँग पनि छन् तिमीलाई काम लाग्ने कुरा ।”

‘म’ पात्र यहाँ पनि थाक्दैन आफ्नो अनन्त खोजमा । उसको सोचाइको वेग जीवन बाँच्न सिकेकी निर्दोष इल्जेले थाम्न सक्ने थिएन । ऊ प्रश्न गर्दछ : “(इल्जे) लाई कसैले भनिदेओस्– तिम्रा यी शृंगार–साधन पटक्क नसुहाउने छन्, त्यस्तो आत्मीय सहृदय पुरुष उसले कहाँ पाइहोली र ? जसले उसलाई भन्थ्यो– इल्जे, तिमीले लाएको ओठ र गालाको लाली, तिम्रा छाती र तिघ्राले तिमीलाई कुरूप बनाएको छ– तिम्रो सुसंस्कृत शरीरलाई एकदम पाखे तुल्याएको छ । त्यति सहृदयताको जिम्मेवारी कसले लिन्थ्यो । यदि कोही पर्यटक त्यति सहृदयी हुन चाहे पनि उसलाई समय कहाँ, त्यति त्यो जिम्मेवारी लिन ? हद गर्‍यो भने माल नकिनेर त्यसको मूल्य मात्र दिएर हिँड्थ्यो र अझ बढी केही गर्‍यो भने फोसामा लन्चप्याकेट र त्यस्तै उपहार दिएर । उसलाई त मैले केही उपकार गर्न सकिनँ । उसले भने अज्ञातमा नै मलाई जीवित नै स्वदेश फर्काई ।” जीवन, स्तन्त्रता तथा न्यायप्रतिको ‘म’ पात्रको धारणा तथा विश्वास अझ गहिरिएको थियो ।

हुन त “हिटलर र यहुदी” अपुरो उपन्यास हो । यसका पात्रहरूको भनाइ तथा दृष्टिकोणहरू विभिन्न पृष्ठमा छरिएका छन् । एघार परिच्छेद भएको यो उपन्यासमा उठाइएका धेरै विषयवस्तुहरू एक–अर्कासँग जोडेर केही अन्तिम परिच्छेदहरू थप्नु आवश्यक हुन्थ्यो । लय, ताल, सुर मात्र होइन, निष्कर्ष पनि चाहिन्छ यस्तो पुस्तकमा । बीपीले त्यो गर्न पाएनन् । तर पनि यसमा भएको विचार विमर्शले आफ्नो तात्पर्य हरेक पृष्ठमा स्पष्ट गरेको जस्तो लाग्छ । एउटा सार्वजनिक बौद्धिक व्यक्तिका रूपमा बीपी खरो देखिएका छन् यो उपन्यासमा । उपन्यासको सन्देश पनि स्पष्ट छ : उद्देश्य जे सुकै होस्, हिटलर प्रवृत्ति खराब हो, मानवताका लागि कलंक हो । यो मानव चेतनालाई स्पष्ट गर्नु नै यो उपन्यासको लक्ष्य हो ।

(डा. अधिकारी कानुन क्षेत्रसँग सम्बन्धित छन्)

उल्फ आइज्याक ल्याडजिन्स्कीले सन् १९७७ मा अक्सफोर्ड विश्व विद्यालय छापाखानाबाट प्रकाशित गरेको एग्रेरियन रिफर्म एज अनफिनिस्ड बिजनेस भन्ने उनका लेखोटहरूको संकलनले कृषि र भूमि सुधारको क्षेत्रमा धेरै अर्थ राख्दछ। उनी यसै उद्देश्यका लागि प्रधानमन्त्री बीपी कोइरालाले रुचाएका विज्ञ थिए।

नेपाल जस्तो विकासोन्मुख मुलुकका लागि विकासको हरेक प्रक्रिया जग्गा-जमीन, कृषि तथा वन क्षेत्रबाट शुरु हुन्छ, हुनु पर्दछ। अन्य क्षेत्रबाट पनि शुरु गर्न सकिएला, तर त्यस्तो विकास समाजको सबै भन्दा कमजोर, वहिष्कृत वा विभेद खेपेका अधिकांश नेपालीको पहुँचमा हुँदैन।

नेपालको गरीबी मूलत: गाउँघरमा बस्ने, खनजोत, बाख्रापाठा गरी आफ्नो र जहान-परिवारको जीवन धान्ने सामान्य नेपाली समाजको गरीबी हो। यसको निराकरण नभई देशका अन्य आर्थिक समस्याहरूको निराकरण सम्भव हुँदैन। भूमिसुधारको प्रचलन यही मान्यताबाट शुरु भएको हो। नेपाली कांग्रेसले स्थापना कालदेखिनै समाजवादलाई राजनीतिक मञ्च र भूमिसुधारलाई प्रारम्भिक प्रक्रिया मान्दै आएको हो। यसमा अहिले धेरै विषयान्तर भइसकेको छ। परिस्थिति पनि उस्तै रहेन। तर, आज पनि कृषि र भूमिसुधार नेपालका लागि अत्यधिक महत्व राख्ने विषय हो।

भूमिसुधार नगरी गरीब किसानको उत्थान गर्न असम्भव हुन्छ भन्ने बीपीको धारणा थियो। यस सम्बन्धी ‘निटी ग्रिटी’ मा पनि बीपी स्पष्ट देखिन्छन्। कृषि क्षेत्रको उत्पादकत्व बढाउने र व्यापक रूपमा कृषि क्षेत्रमा आश्रित समुदायको हित गर्न नसक्ने कुनै पनि सुधार भूमिसुधार मानिदैन। जग्गा हदबन्दी गर्नु मात्र भूमि सुधार होइन। त्यस्तो हुँदो हो त धेरै अघिदेखि हदबन्दी गर्दै आएको नेपाली समाजमा भूमिमा आश्रित जनताको स्थितिमा उल्लेखनीय सुधार भइसक्थ्यो।

काम र माम खोज्दै कृषिमा आश्रित सामान्य नागरिक अन्यत्र जानुपर्ने थिएन। गाउँलेलाई गाउँमै जीवन निर्वाह हुनसक्ने आधारभूत सुरक्षा प्रदान गर्नका लागि भूमिसुधार चाहिएको हो। भूमिसँग कृषि र कृषिसँग वन जोडिएको हुन्छ। जग्गाको स्वामित्वसम्बन्धी कानून, नियम वा परम्परामा परिवर्तनको उद्देश्य यही हो। हदभन्दा बढी जमीन लिन सकिन्छ; नहुने वा कम हुनेलाई दिन सकिन्छ। सम्पत्तिको पुनर्वितरण हुनसक्छ। कृषि जमीनको उर्बरता बढाउन सकिन्छ। कृषि ऋणको उपलब्धता यसको एउटा पाटो हो, प्राविधिक सहयोग अर्को पाटो हो।

कृषिलाई व्यापारीकरण गर्ने पद्धतिहरू पनि विकसित भएका छन्। साना कृषकहरूको जग्गा जोडजाड गरेर ठूलो स्तरको कृषि गर्न सकिन्छ। जग्गा कमाउन नसक्ने ठूला जग्गावालको जग्गाको व्यवस्थापन साना कृषकबाट हुनसक्दछ। उत्पादन सरकारले खरीद गरिदिने वा वितरणको सुनिश्चितता गरिदिने जिम्मेवारी पनि सरकारबाट हुनसक्दछ।

हदबन्दीको कारबाही गर्दा क्षतिपूर्ति दिन सकिन्छ। खेती गर्दा सरकारलाई तेस्रो पक्षका रूपमा संलग्न गराउने प्रक्रियाको निर्माण पनि भूमिसुधारको एउटा दृष्टिकोण हो। सबै भूमिसुधारको साझा विशेषता, भूमिको कब्जा र प्रयोगलाई नियन्त्रण गर्ने विद्यमान संस्थागत व्यवस्थाको परिमार्जन वा प्रतिस्थापन हो। भूमिसुधार नीतिले समुदाय र राज्यबीचको सम्बन्धको सुखद रूपमा परिवर्तन गर्ने काम गर्दछ। यसैले साना-स्तरको भूमिसुधार र कानूनी संशोधनहरू पनि गहन बहस वा विवादको विषय बन्न सक्दछन्।

जग्गाधनीलाई चाहिएजति जग्गा राख्न दिने तर एउटा तल्लो हद तोकी त्यतिसम्मको जग्गामा मालपोतको एक मनासिब दर कायम गर्ने, त्यसभन्दा बढी राख्नेको क्रमिक रूपमा मालपोत बढाउँदै जाने बीपीको योजना थियो। यसबाट मालपोत बढी तिर्नुपर्ने हुँदा जग्गाधनीले आफै जग्गा बिक्री गर्छन् भन्ने उनको विचार थियो। यो पनि भूमि सुधारको एउटा तरिका हो।

विज्ञका रूपमा बीपीले रुचाएका ल्याडजिन्स्की भूमिसुधार सम्बन्धी संसार प्रसिद्ध अमेरिकन विशेषज्ञ थिए। उनी कृषि अर्थशास्त्रका विद्वान् मानिन्थे। जापान, चीन, दक्षिण कोरिया र ताइवानमा काम गरिसकेको अनुभव थियो। जापान र ताइवानमा उनले गराएको कृषि तथा भूमिसुधार अत्यन्त सफल भनिएको छ। अझ जापानलाई आधिपत्यमा ल्याउने अमेरिकी जर्नेल डग्लस मकआर्थरका सहयोगी भई यिनले जापानमा काम गरेका थिए।

दोस्रो विश्वयुद्धबाट मासिएको जापानको अर्थ व्यवस्थाको उत्थानका लागि भू-सामन्ती व्यवस्थाबाट मुक्त गर्न उनले जापानमा सन् १९४५ देखि १९५४ सम्म निरन्तर काम गरे। उनले त्यसबेला जापानका कृषिमन्त्री हिरु वादामा असल सहयात्री पाउन सके। ताइवानमा पनि त्यस्तै भयो। त्यहाँ प्रधानमन्त्री चियाङ काइसेकले उनको सुधार कार्यक्रमलाई महत्व दिएर कार्यान्वयन गरे। जापान र ताइवानको औद्योगिकीकरणको सूत्रधार हुन पुग्यो कृषि तथा भूमि सुधार कार्यक्रम।

त्यसबखत प्रधानमन्त्रीका रूपमा बीपीले खोज्दा उनी दक्षिण भियतनाममा कार्यरत थिए। आफूले चाहे जस्तो गरी भूमिसुधारमा हात हाल्न शुरुमा तीन करोड रुपैयाँ चाहिन्छ भन्ने बीपीको आकलन थियो। यो पैसा खोज्न उनले अमेरिका, भारत सबैसँग प्रयास गरे। तत्कालै कोही इच्छुक भएनन्। उनी निराश भएका थिए। पछि स्वीडेनको एक गैरसरकारी संस्थासँग उनको कुरा मिल्यो। प्रधानमन्त्रीको निवासमै भएको कुराकानीमा ती संस्थाका प्रतिनिधिले डेढ करोडसम्म त्यहाँबाट प्राप्त हुने आश्वासन दिएका थिए।

अब प्रक्रिया शुरु गर्न पैसा बाधा थिएन। बीपी प्रसन्न थिए। बीपीले तत्कालीन अमेरिकी राजदूत इल्सवर्थ बंकरलाई ल्याडजिन्स्कीलाई काठमाडौं ल्याउन आग्रह गरेका थिए। यसमा भने अमेरिकीहरूको सहयोग प्राप्त भयो। ल्याडजिन्स्की र यस क्षेत्रमा कृषि तथा भूमि सुधारमा विशेष चासो राख्ने फोर्ड फाउन्डेसन एक अर्कासँग सहकार्य गर्न पुगे।

अन्तत: अक्टोबर १९६० मा ल्याडजिन्स्की भियतनामबाट दुई/तीन दिनको पहिलो भ्रमणमा नेपाल आए। उनलाई त्रिपुरेश्वरको सरकारी गेष्टहाउसमा राख्ने प्रबन्ध गरिएको थियो। प्रधानमन्त्रीका निजी सहायकले लन्चटाइममा उनलाई प्रधानमन्त्री निवास ल्याउँथे। उनी हिडेरै आउँथे। नेपालमा कसरी भूमिसुधार गर्ने भन्नेबारे दुई दिनसम्म दुई-दुई घण्टा प्रधानमन्त्री बीपी र उनीबीच छलफल भएको थियो।

उनी फर्केर जाने बेला गौचर विमानस्थलमा उनलाई ‘सी अफ’ गर्न प्रधानमन्त्रीकै निजी सहायक गएका थिए। उनले ‘आफू अब रिटायर हुन लागेको तर, नेपालका प्रधानमन्त्रीसँग कुरा गर्दा प्रभावित भएकाले भियतनामको काम सकेपछि सन् १९६१ को फेब्रुअरी–मार्चतिर तीन/चार महीनाका लागि नेपाल आउने विचार गरेको छु’ भनेका थिए। ती निजी सहायक थिए, *कुमारमणि आचार्य दीक्षित।

दीक्षितले उल्लेख गरेका छन्- ‘कुरै कुरामा उनले आफूले भेटेका एशियाका राजनीतिज्ञहरूमध्ये बीपीलाई आफ्नो सिद्धान्त र विचार प्रष्ट भएको व्यक्ति पाएँ।’ ‍निजी सहायक कुमारमणिले ल्याडजिन्स्कीसँगको यो संवाद केहीपछि बीपीलाई पनि सुनाएका रहेछन्। सुनाउँदा उनीहरू भक्तपुर जाँदै थिए।

मोटरमा त्यस वेलाका याेजना-विकास उपमन्त्री त्रिवेणी प्रधान र भारतीय सहायता निगमका प्रतिनिधि एच लाल पनि सँगै थिए। बीपी दङ्ग नपर्ने कुरै थिएन। जवाफमा उनले ठट्टा गरेछन्, ‘यो कुरा मलाई भन्नुको सट्टा राजा र मेरी श्रीमतीलाई पो सुनाउनुपर्छ, मलाई भनेर के?’

ल्याडजिन्स्की तथा बीपीबीच निकै महत्वपूर्ण वार्ता भएको देखिन्छ। उनले सिंहदरबारका सम्बन्धित विभिन्न नीति निर्माता तथा प्रशासकहरूसँग पनि छलफल गरे। नेपालका समस्याहरू अशान्त बनाउने खालको भएको ल्याडजिन्स्कीको जिकिर थियो। सिंहदरबारका सबैजसो पदाधिकारीहरू विदेश भ्रमणमा रहेका थिए। देशमा ‘प्लानिङ बोर्ड’ थियो, तर त्यसले काम गर्न जानेको थिएन। मुलुकको प्रशासनिक संयन्त्रलाई क्रियाशील बनाउन नसक्नु यसको अर्को कमजोरी थियो।

दोस्रो पञ्चवर्षीय योजना महत्वाकांक्षी देखिन्थ्यो। यसले मुलुकका प्रमुख समस्याहरू नबुझेको जस्तो लाग्थ्यो। उपलब्ध आर्थिक स्रोत तथा मुलुकको क्षमताले धान्न वा कार्यान्वयन गर्न सक्ने अवस्था थिएन। प्रतिज्ञापत्रमा चञ्चल कल्पनाहरू धेरै भएको ल्याडजिन्स्कीको ठहर थियो। उनको सुझाव थियो:’द प्लान सुड बी टोन डाउन।’

योजनाप्रति प्रधानमन्त्री कटिबद्ध थिए। यसका प्राथामिकतालाई तल माथि पार्न उनलाई समस्या थिएन। तर पुनर्लेखन गर्न तयार थिएनन्। ल्याडजिन्स्कीको प्रष्ट ‘डिब्रिफिंग’ को सार के थियो भने नेपालले योजनाको लेखोटमा प्रत्येक कुरा अटाउनैपर्ने आवश्यकता नठानी आफ्नो स्रोत र साधनको परिचालन तथा विकास गर्नुपर्छ।

छान्न योग्य नीति तथा कार्यक्रम छान्ने हो। भएका स्रोतसाधनलाई दशतिर छरेर केही हुन नसक्ने स्थिति ल्याउनु हुँदैन। प्रधानमन्त्रीको दृष्टिमा भने दोस्रो पञ्चवर्षीय योजना एउटा हतियार थियो, जसले चरम दक्षिणपन्थी र चरम वामपन्थी दुवैलाई प्रतिरोध गर्न सहयोग गर्थ्यो।

नेपाल भ्रमणबारे फोर्ड फाउन्डेशनका अध्यक्षलाई लेख्दै ल्याडजिन्स्कीले उल्लेख गरेका छन्: ‘मलाई प्रधानमन्त्री एकदम मनपर्‍यो। उनी बुद्धिमान्, ‘उदार’ शब्दको अति उत्तम अर्थमा ‘उदार’ तथा संवेदनशील व्यक्ति हुन, र वास्तवमै आफ्ना जनताको हितका लागि चिन्तित छन्, तथा तानाशाही तरिकालाई पन्छाएरै यसलाई प्राप्त गर्न चाहन्छन्।’

प्रधानमन्त्रीले आफ्ना कठिनाइहरूबारे खुल्ला रूपमा बोलेको उनले उल्लेख गरेका छन्। मुलुकमा ‘सामाजिक तनाव’ भएकोमा प्रधानमन्त्रीको स्वीकारोक्ति थियो। देशको भूमि स्वामित्वको ढाँचालाई सोझ्याउन बनेका नयाँ ऐनहरू धेरै कडा नभए पनि विरोध भएको उनको गुनासो थियो।

सिंहदरबारको भूमिका सहयोगी नभएको उनले चर्चा गरेका रहेछन्- ‘यहाँ काम गर्नेमध्ये धेरैजसो त्यस्ता जग्गाबाट आम्दानी गर्छन्। ग्रामीण इलाकाका जग्गा मालिकहरूको पनि त्यस्तै सोचाइ छ। तिनीहरूले ऐन कार्यान्वयनको विरुद्ध नाराजुलुस गरेका छन्।’ लाभान्वित हुनेहरूले चरम वामपन्थीको नेतृत्वमा यस्तो गरेको उनको भनाइ थियो। यसै बीचमा गत दुई महीनामा भएका स्थानीय चुनावले कम्युनिष्टको भोटमा ठूलो वृद्धि भएको देखाएको उनले उल्लेख गरेका रहेछन्।

बीपीसँग गरेको सल्लाह अनुसार ल्याडजिन्स्की जनवरी १९६२ मा पुनः नेपाल आए, नेपालको कृषि क्षेत्र तथा भूमिसुधारका व्यापक सम्भावनाहरू बोकेर। देशले जापान तथा ताइवानले जस्तै एउटा होनहार नीतिविद् पाउँदै थियो। यो यस्तो अवसर थियो जो जापानका जनरल मॅकआर्थर, ताइवानका प्रधानमन्त्री चियाङ काइसेक, भियतनामका राष्ट्रपति डाइम, इरानका प्रधानमन्त्री होवेडा, फिलिपिन्सका राष्ट्रपति मार्कोस र विश्व ब्यांकका अध्यक्ष म्याकनामारा सबैले प्राप्त गरेका थिए।

तर, समयले कोल्टो फेरिसकेको थियो। नियतिलाई यो स्वीकार्य थिएन। राजा महेन्द्र ले ‘कु’ गरिसकेका थिए। राजालाई राजगद्दी फिर्ता गराउन क्रान्ति गर्ने र जनताबाट निर्वाचित भएका प्रधानमन्त्री कारागार पुगेका थिए। संवैधानिक स्थायित्व समाप्त भएको थियो। सिंहदरबार अब फरक देखिंदै थियो।

ल्याडजिन्स्की यो पालि काठमाडौं उपत्यका र पूर्वी तराई क्षेत्रको स्थलगत अध्ययनमा पनि गए। कतिपय अन्य व्यक्तिहरूलाई पनि भेटे। उनलाई राजनीतिमा बलिया हुँदै गएका सूर्यबहादुर थापासँग भेटाउन लैजाने काम पुनः कुमारमणि आचार्य दीक्षितले नै गर्नुपरेको थियो।

नयाँ नेतासँगको कुराकानीमा ल्याडजिन्स्कीले कुनै उत्साह देखेनन् वा प्रजातन्त्रको अभाव उनलाई नराम्रोसँग खड्कियो। अचम्मित ती अमेरिकी विशेषज्ञले ‘किन यो परिवर्तन?’ भनी सोधे। दीक्षितको जवाफ थियो ‘मलाई थाहा छैन, तर यो बेमज्जाको घटना हो।’ ल्याडजिन्स्कीले टिप्पणी गरे, ’नाउ आई विल ह्याभ टु रिथिङ्क अफ माई कमिटमेन्ट टु कम एण्ड वर्क इन नेपाल।’ उनी फर्किए।

त्यसको एक महीनापछि भूमिसुधारको नेपालको परिवेशलाई विश्लेषण गर्दै उनले राजा महेन्द्रलाई एउटा प्रेरणादायी पत्र लेखे। भूमिसुधार कार्यक्रमले फरक नेतृत्व अन्तर्गत निरन्तरता पायो। ल्याडजिन्स्कीले आउ-जाउ त गरे तर, भविष्यले देखायो- त्यहाँ बीपीको जस्तो राजनीतिक नेतृत्व थिएन। कृषि वा भूमिसुधारको एउटा गतिशील ‘च्याप्टर’ लेख्दै नलेखी समाप्त भयो।

‘भविष्यमा नेतृत्व दिन सक्नका लागि बढीभन्दा बढी चरित्र गुणलाई देखाउनुपर्छ मैले । प्रश्न छ, त्यसका लागि ममा चारित्रिक संसाधन छ र ?’

बौद्धिक व्यक्तिका रूपमा बीपीलाई कसरी हेर्ने ? यो प्रश्न धेरै गहिरो छ । एउटा राजनेताका रूपमा बीपीको तीक्ष्णता, सुधारमुखी प्रवृत्ति र गाम्भीर्य, आर्थिक, सामाजिक तथा राजनीतिक दृष्टिकोण र साहित्यिक बीपीको गहिराइलाई मानवीय चेतनासँग मिलाएर हेर्दा उनको समग्र बौद्धिकतालाई बुझ्न सकिन्छ ।

सांसारिक विषयवस्तुमा बीपीका अनुभूतिहरू, राजनीति तथा त्यसमा पनि उनको आधुनिक सोचबाट निःसृत देखिन्छन् । ज्ञानको प्रयोगमा विवेक तथा भावनाहरूउपर बौद्धिकताको अभ्यास उनको व्यक्तित्वको एउटा बलियो पाटो हो ।

सांसारिक विषयवस्तुमा बीपीका अनुभूतिहरू, राजनीति तथा त्यसमा पनि उनको आधुनिक सोचबाट निःसृत देखिन्छन् । ज्ञानको प्रयोगमा विवेक तथा भावनाहरूउपर बौद्धिकताको अभ्यास उनको व्यक्तित्वको एउटा बलियो पाटो हो ।

आजको संसारमा मोहम्मद युनुस, नोम चोम्स्की, अमर्त्य सेन, फरिद जकारिया वा अल गोरजस्ता बहुचर्चित व्यक्तिहरूमा जति विविधता छ, त्यति समानता पनि छ । बौद्धिकता देखिने आफ्नो क्षेत्रको ज्ञान, तर्क र विवेकले हो भने अर्कोतर्फ संसारका सम्बन्धमा राखिने विषद् विश्लेषण एवं सोचले पनि हो ।

आजको संसारमा मोहम्मद युनुस, नोम चोम्स्की, अमर्त्य सेन, फरिद जकारिया वा अल गोरजस्ता बहुचर्चित व्यक्तिहरूमा जति विविधता छ, त्यति समानता पनि छ । बौद्धिकता देखिने आफ्नो क्षेत्रको ज्ञान, तर्क र विवेकले हो भने अर्कोतर्फ संसारका सम्बन्धमा राखिने विषद् विश्लेषण एवं सोचले पनि हो । राजनीतिमा रुचि राख्ने र राजनीतिलाई नै आफ्नो गन्तव्य बनाउनेका बीचमा ठूलो फरक हुन्छ । तर हरेक क्षेत्रमा बौद्धिकताको अभ्यासमा अलिकति ठूलो, फराकिलो र अन्तर–विषयक दृष्टिकोण चाहिन्छ । बीपीमा यी गुणहरू थिए । उनको व्यक्तित्व विचारप्रधान थियो । यसैकारण मृत्युको ३७ वर्षपछि पनि उनी आफ्नो सिद्धान्त र विश्वासका सम्बन्धमा नेपालको राजनीतिमा सम्भवतः सबैभन्दा प्रभावकारी एवं चर्चित देखिन्छन् ।

अध्यात्म ज्ञान निरन्तर अभ्यासबाट प्राप्त हुने हो । जहाँ प्रेम र सही सोच हुँदैन, त्यहाँ शोषण र क्रूरता बढ्दै जान्छ । साहित्यमा सन् १९५१ मा नोबेल पुरस्कार पाएका स्विडिस साहित्यकार पार लेजरक्विस्टको ‘द सिबिल’ भन्ने पुस्तकको चर्चा गर्दै बीपीले लेखेका छन् ‘मानव अनुभूति र मानवलाई प्राप्त हुन सक्ने देव अनुभवको विश्लेषण गरिएका किताबहरूले मेरो हृदयको धार्मिक—आध्यात्मिक पक्षलाई स्पर्श गर्छन् ।’

राजाको थुनामा रहँदा उनको एउटा क्रन्दन निस्कन्छ । शारीरिकभन्दा पनि मानसिक क्लेशले उनी छटपटाउँछन् । ‘कुनै ठूलो रोगको कमसेकम एउटा गुण हुन्छ । त्यसले मानसिक उत्पीडन हुन दिँदैनÙ बरु रोगमाथि मनको यावत् एकाग्रता स्थापित गरेर रोगीलाई एक प्रकारको मुक्ति दिन्छ ।’ प्रजातन्त्रलाई अवरुद्ध गरेर राजा महेन्द्रले आफूलाई मर्नु न बाँच्नु पारेकोमा उनलाई संशय छैन । तर फेरि राजा महेन्द्रले किन भने होलान्– ‘तपाईंजस्तो प्रधानमन्त्रीसँग काम गर्न पाउनु म आफ्नो अहोभाग्य ठान्दछु ।’ यो प्रश्नको जवाफ विश्लेषकको खोजको विषय हुन पुगेको छ । बोलेअनुसार महेन्द्र टिक्न सकेनन् । तर देशमा राजा र संसद् दुवैको राम्रो सम्बन्ध भएको प्रजातान्त्रिक प्रणालीको आवश्यकता बीपीका लागि केवल ब्यूह रचना मात्र थिएन । तिक्तता र क्रोध बीपीमा अवश्य थियो । तर बौद्धिकता जोखिममा पुगेको थिएन ।

त्यसैले बीपी लेख्न पुग्छन्– ‘अहिले जुन तरिकाबाट हामीमाथि (राजा र उनको व्यवस्थाबाट) अत्याचार गरिएको छ, त्यसबाट स्वभवतः हृदयमा ठूलो तिक्तताको बाढी आउँछ ।…क्रोधको वेग पनि आउँछ ।’ देश र व्यक्तिलाई हुने कुनै परिणामको प्रवाह नगरेर ‘नेपालका लागि गणतन्त्र अब आवश्यक भएको (छ)’ भन्ने घोषणा गर्न मन लाग्छ । उनी भन्छन्– ‘क्रोधको वेगमा देशको चिन्तन सम्भव हुँदैन । क्रोधमा आएर उठेको यो विचार एक पौषको सोही कदममा निहित विचारजस्तै मूर्खतापूर्ण र स्वार्थपरायण हुन्छ । राजाको स्थान हाम्रो राजनीतिमा के हुनुपर्छ भन्ने मेरो पुरानो विचारमा एक पौषको घटनाले परिवर्तन ल्याउन सकेको छैन ।’

त्यसैले बीपी लेख्न पुग्छन्– ‘अहिले जुन तरिकाबाट हामीमाथि (राजा र उनको व्यवस्थाबाट) अत्याचार गरिएको छ, त्यसबाट स्वभवतः हृदयमा ठूलो तिक्तताको बाढी आउँछ ।…क्रोधको वेग पनि आउँछ ।’ देश र व्यक्तिलाई हुने कुनै परिणामको प्रवाह नगरेर ‘नेपालका लागि गणतन्त्र अब आवश्यक भएको (छ)’ भन्ने घोषणा गर्न मन लाग्छ । उनी भन्छन्– ‘क्रोधको वेगमा देशको चिन्तन सम्भव हुँदैन । क्रोधमा आएर उठेको यो विचार एक पौषको सोही कदममा निहित विचारजस्तै मूर्खतापूर्ण र स्वार्थपरायण हुन्छ । राजाको स्थान हाम्रो राजनीतिमा के हुनुपर्छ भन्ने मेरो पुरानो विचारमा एक पौषको घटनाले परिवर्तन ल्याउन सकेको छैन ।’

सन् १९५०—५१ को क्रान्तिको विकल्प नरहेको सम्बन्धमा बीपीलाई शंका थिएन । उनको यो यथार्थपरक निष्कर्ष थियो । यसको वैचारिक प्रवाह उनैले थामेका थिए । ‘हिंसा अनिवार्यताको सीमामा रहन सक्यो भने क्रान्तिको आदर्शलाई यसले कलुषित पार्न सक्दैन तर अनावश्यक हिंसा प्रारम्भ भयो भने फेरि परिणाम एउटै मात्र हुन्छ— हिंसा केवल हिंसा । क्रान्तिमा हिंसाको बाटो सजिलो हुन्छ । हामीले यो बाटो खोज्नुहुन्न सजिलो छ भनेर ।’

बीपी भन्छन्– ‘म नेपाली समाजको हरेक पक्षमा वर्तमान युगअनुरूपको परिवर्तन चाहन्छु । राजनीतिक क्षेत्रमा आर्थिक, सामाजिक, बौद्धिक दासता, रुढिवादी, सामन्ती मनोवृत्ति, दरिद्रता र त्यसबाट उत्पन्न हुने तमाम अवाञ्छनीय दुर्गुणहरूको अन्त्य हुनुपर्छ भन्ने विचारहरूलाई समग्र परिवर्तनको परिप्रेक्ष्यमा क्रान्तिको संज्ञा पनि दिने चलन छ । राजनीतिक क्रान्तिले यही समग्र सामाजिक क्रान्तिका लागि उपयुक्त पृष्ठभूमि तयार पार्छ । म यस प्रकारको विचार र सिद्धान्तलाई मान्ने भएकाले आफूलाई क्रान्तिवादी भन्छु ।’

बीपीको भनाइ छ– ‘क्रान्ति जनताको सक्रिय विरोधको त्यस्तो स्थिति हो, जसमा जनताले विरोधी सरकारमाथि यत्रो असह्य दबाब पार्दछन् कि जनतान्त्रिक अधिकार दिन सरकार बाध्य हुनुपर्छ । प्रजातन्त्र ल्याउनका लागि जनक्रान्तिको आवश्यकता परेको हो । तर, म व्यक्तिगत हिंसामा विश्वास गर्दिनँ किनभने मेरो उद्देश्य व्यवस्थाको समाप्तिमा छ, न कि व्यवस्थावादीहरूको । क्रान्तिको लक्ष्य व्यवस्था हुन्छ, आतंकको व्यक्ति । मैले व्यक्तिगत हिंसा र आतंकको खिलाफमा वक्तव्यहरू दिँदै आएको छु ।’

बीपीको भनाइ छ– ‘क्रान्ति जनताको सक्रिय विरोधको त्यस्तो स्थिति हो, जसमा जनताले विरोधी सरकारमाथि यत्रो असह्य दबाब पार्दछन् कि जनतान्त्रिक अधिकार दिन सरकार बाध्य हुनुपर्छ । प्रजातन्त्र ल्याउनका लागि जनक्रान्तिको आवश्यकता परेको हो । तर, म व्यक्तिगत हिंसामा विश्वास गर्दिनँ किनभने मेरो उद्देश्य व्यवस्थाको समाप्तिमा छ, न कि व्यवस्थावादीहरूको । क्रान्तिको लक्ष्य व्यवस्था हुन्छ, आतंकको व्यक्ति । मैले व्यक्तिगत हिंसा र आतंकको खिलाफमा वक्तव्यहरू दिँदै आएको छु ।’

स्वतन्त्रता नभएको राष्ट्र चरित्रवान् राष्ट्र हुन सक्दैन भन्ने दृष्टिकोणले बीपीको राष्ट्रिय चेतनालाई प्रतिविम्बित गर्दछ । उनी निष्काम कर्मको अर्थ निष्कर्म हो भन्ने ठान्दछन् । दर्शन बाँच्नका लागि चाहिएको हो, मर्नका लागि होइन भन्ने उनको भनाइ उनको विश्वास पनि हो । मृत्युलाई उनी अभय भई हेर्दछन् । अश्वघोषले आफ्नो सुन्दरानन्द काव्यमा उल्लेख गरेको यो भनाइ बीपीले उद्धृत गरेका छन्– ‘निभेको दीप न त पृथ्वीमा जान्छ, न अन्तरिक्षमा, न कुनै दिशा विदिशामा पुग्छ । प्रत्युत तेलको क्षय भएपछि त्यो केवल शान्तिमा प्राप्त हुन्छ । त्यस्तै ज्ञानी बोधिप्राप्त पुरुष न त पृथ्वीमा, न कुनै आन्तरिक दिशामा या विदिशामा पुग्छ, त्यो पुरुष क्लेषको क्षय भएपछि शान्तिमा प्राप्त हुन्छ ।’

मानव समाजका सम्बन्धमा बीपीले जीवनपर्यन्त प्रजातान्त्रिक समाजवादको वकालत गरेको देखिन्छ । दरिद्रताको परिस्थितिको ओखती नभएको होइन । उनले भनेका छन्– ‘जीवनका सबै दरिद्रताका कारण समाजको गठनको अविवेकपूर्ण आधार हो— समाजवादको आधारमा समाजको पुनर्गठन भएपछि पहिलेको जीवनका यावत् समस्याहरू स्वतः समाधान भएर जान्छ ।’

यस विश्वासका बौद्धिक आधार थिए । तत्कालीन कम्युनिस्ट पार्टीप्रतिको उनको विरक्ति एउटा प्रमुख कारण थियो । उनको चिन्तनलाई रूसका स्टालिन र ट्राट्स्कीको कलहले निकै प्रभावित गर्‍यो । प्रतिभाका दृष्टिले लेनिनभन्दा ट्राट्स्की अघि थिए । तर उनी षड्यन्त्रका सिकार भए । सन् १९२९ को सत्ताको लडाइँबाट स्टालिन निकै माथि पुगे । उनको शासनमा हत्याका घटना वीभत्स रूपमा आए । त्यसपछि बीपी कम्युनिस्ट सिद्धान्तबाट बाहिरिए ।

तर बीपीलाई लेनिनको ‘राज्य र क्रान्ति,’ ‘जे गर्नु थियो त्यो गरियो’, मेहरिङको ‘कार्ल मार्क्स,’ प्लेखानोभको ‘मार्क्सवादका आधारभूत समस्याहरू’, ‘साम्राज्यवाद : पुँजीवादको उच्चतम तह’, बुखारिनको ‘कम्युनिज्मको कखरा’ जस्ता पुस्तकले धेरै कुरा सिकाए । कार्ल मार्क्सलाई सम्झिँदै बीपीले इमानदारीपूर्वक टिप्पणी गरेका छन्– ‘मैले उनको ‘दास क्यापिटल’ पढिनँ, अरूले गरेको त्यसको व्याख्या मात्र पढेँ ।’ बीपीका लागि गान्धी उच्चकोटिका थिए । उनले लेखेका छन्– ‘मैले माओका विषयमा धेरै पढेको छैन तर म उनलाई पनि उच्चकोटिमा राख्दछु ।’

तर बीपीलाई लेनिनको ‘राज्य र क्रान्ति,’ ‘जे गर्नु थियो त्यो गरियो’, मेहरिङको ‘कार्ल मार्क्स,’ प्लेखानोभको ‘मार्क्सवादका आधारभूत समस्याहरू’, ‘साम्राज्यवाद : पुँजीवादको उच्चतम तह’, बुखारिनको ‘कम्युनिज्मको कखरा’ जस्ता पुस्तकले धेरै कुरा सिकाए । कार्ल मार्क्सलाई सम्झिँदै बीपीले इमानदारीपूर्वक टिप्पणी गरेका छन्– ‘मैले उनको ‘दास क्यापिटल’ पढिनँ, अरूले गरेको त्यसको व्याख्या मात्र पढेँ ।’ बीपीका लागि गान्धी उच्चकोटिका थिए । उनले लेखेका छन्– ‘मैले माओका विषयमा धेरै पढेको छैन तर म उनलाई पनि उच्चकोटिमा राख्दछु ।’

बीपीको बौद्धिकता बुद्धिविलासको अस्त्र थिएन । उनले बाँचेको जिन्दगी त्यस्तो बौद्धिकताको स्पष्ट प्रयोगको रूपमा परीक्षण गर्न सकिन्छ । उनको उपन्यास ‘सुम्निमा’ वा ‘कर्नेलको घोडा’ वा ‘तीन घुम्ती’ जस्ता कथाहरूले उनको जीवनदर्शन व्यक्त गर्दछन् । आफ्नो जेल जर्नलमा उनी जीवन सम्झौताहरूको शृंखला हो भनी उल्लेख गर्दै तत्कालै स्पष्ट गर्दछन्– ‘त्यस्ता संकल्प, मूल्य या आदर्शहरू पनि छन्, जसलाई सम्झौताको दर्शनमा होमिदिनु हुँदैन ।’ आत्मसम्मान त्यस्तो आदर्शको श्रेणीमा पर्ने उनकोविश्वास थियो ।

आफ्ना जेल परेका साथीहरू बिन्तीपत्र हाल्दै आफूलाई छोडी हिँडेको देखेर दिक्क भएका बीपी आफ्नो असफलताको उल्लेख यसरी गर्दछन्— ‘समाजलाई – एउटा राष्ट्रलाई अगाडि बढाउन सक्ने क्षमता, विवेक, चारित्रिक दृढता, आत्म संगठन, धैर्य, साहस, निर्भीकता, निःस्वार्थपन, संयम भएको नेतृत्व गुणको ममा अभाव छ भन्ने दुश्चिन्ताले म कहिलेकाहीँ क्षुब्ध हुन्छु ।’ अनि उनी भन्न पुग्छन्– ‘भविष्यमा नेतृत्व दिन सक्नको लागि बढीभन्दा बढी चरित्र गुणलाई देखाउनुपर्छ मैले । प्रश्न छ, त्यसका लागि ममा चारित्रिक संसाधन छ र ?’ बीपीको बौद्धिकताको यो चर्चाको सुरुवात यसै वाक्यबाट गर्न सकिन्छ ।

[प्रकाशित : फाल्गुन ७, २०७६ १२:४०]

बीपीले भनेका छन्, “प्रजातन्त्रका तीन मूलभूत सिद्धान्त छन्- मौलिक र नागरिक अधिकार, कानूनी राज्य र राज्यशक्तिको प्रयोग, राज्यको नीति निर्धारणमा नागरिकको सर्वाधिकार र निर्वाध उपस्थिति र हस्तक्षेपको सिद्धान्त। यी तीनमध्ये एउटा मात्रको पनि अभावमा प्रजातन्त्र रहँदैन।”

[सन्दर्भ राष्ट्रिय मेलमिलाप दिवसको]

धेरै विद्रोहीहरूले क्रान्तिको कुरा गर्दछन्। मानव इतिहास सफल तथा असफल क्रान्ति प्रसंगहरूले भरिएको छ। तर, क्रान्तिको नैतिक पक्ष सबैले चर्चा गर्दैनन्। त्यसो गर्नलाई क्षमताले मात्र पुग्दैन। सार्वजनिक नैतिकता, चरित्र र कटिबद्ध संगठन पनि चाहिन्छ। त्यसैले क्रान्ति किन, कसरी र के का लागि भन्ने प्रश्न एउटा जटिल प्रश्न हो।

राष्ट्र निमार्णको सन्दर्भामा क्रान्ति के हो भन्ने प्रश्नलाई बीपी कोइरालाले अगस्ट १९७५ को तरुण पत्रिकामा हल गर्न खोजेको पाइन्छ। कोइरालाको भनाइ थियो, “प्रजातन्त्रको स्थापनाका लागि क्रान्ति अनिवार्य भएको छ, प्रजातन्त्र नभइ वर्तमान युगमा राष्ट्रियताको विकास संभव छैन।”

यही विषयलाई सन् १९७७ मा विशेष अदालतसमक्ष राजद्रोह लगायत विभिन्न अभियोगको सन्दर्भमा उनले दिएको बयानमा पुनः स्पष्ट गरिएको थियो- “म क्रान्तिवादी हुँ, आतंकवादी होइन।” उनका वकीलहरू गणेशराज शर्मा, कुसुम श्रेष्ठ र कृष्णप्रसाद भण्डारीको परामर्श लिएर अदालतलाई दिएको बीपीको याे बयानले क्रान्तिको नैतिक पक्षलाई प्रष्टसँग उल्लेख गर्दछ।

के हो क्रान्ति ?
बीपीको भनाइ छ, “क्रान्ति जनताको सक्रिय विरोधको त्यस्तो स्थिति हो, जसमा जनताले विरोधी सरकारमाथि यत्रो असह्य दबाब पार्दछन् कि जनतान्त्रिक अधिकार दिन सरकार बाध्य हुनुपर्छ। प्रजातन्त्र ल्याउनका लागि जनक्रान्तिको आवश्यकता परेको हो। तर, म व्यक्तिगत हिंसामा विश्वास गर्दिनँ, किनभने मेरो उद्देश्य व्यवस्थाको समााप्तिमा छ, न कि व्यवस्थावादीहरूको। क्रान्तिको लक्ष्य ‘व्यवस्था’ हुन्छ, आत‌ंकको ‘व्यक्ति’। मैले व्यक्तिगत हिंसा र आत‌ंकको खिलापमा आफ्ना वक्तव्यहरू दिँदै आएको हुँ।”

कार्ल मार्क्सले उल्लेख गरेका द्वन्द्वात्मक भौतिकवाद, इतिहासको भौतिकवादी व्याख्या, वर्ग संघर्षको सिद्धान्त, मूल्य एवं अतिरिक्त मूल्यको सिद्धान्त वा राज्यको अन्त हुने अवस्थाहरू महत्वपूर्ण हुदाँहुदै पनि चर्का लाग्छन्।

यसबारे बीपीका भनाइहरूले अलग धार देखाउँछन्। बीपी भन्छन् “म नेपाली समाजको हरेक पक्षमा वर्तमान युग अनुरूपकाे परिवर्तन चाहन्छु। राजनीतिक क्षेत्रमा, आर्थिक, सामाजिक, बाैद्धिक दासता, रुढीवाद, सामन्ती मनोवृत्ति, दरिद्रता र त्यसबाट उत्पन्न हुने तमाम अवान्छनीय दुर्गुणहरूको अन्त्य हुनुपर्छ भन्ने विचारहरूलाई समग्र परिवर्तनको परिप्रेक्ष्यमा क्रान्तिको संज्ञा पनि दिने चलन छ। राजनीतिक क्रान्तिले यही समग्र सामाजिक क्रान्तिका लागि उपयुक्त पृष्ठभूमि तयार पार्छ। म यसप्रकारको विचार र सिद्धान्तलाई मान्ने भएकाले आफूलाई क्रान्तिवादी भन्छु।”

आफ्नो दृष्टिकोणलाई व्याख्या गर्दै बीपी भन्छन्- “सायद मेरो सिद्धान्त र आदर्शलाई बुझेर नै होला, सरकारले पनि मविरुद्ध ‘जन–क्रान्तिद्वारा प्रजातान्त्रिक समाजवाद कायम गर्न खोज्ने’ भनी अभियोग लगाएको छ। जन-क्रान्ति त पुग्ने बाटो हो, लक्ष्य प्राप्तिको साधन हो। त्यो पनि विशेष परिस्थितिको बाध्यताले लिनुपर्ने बाटो। साँच्चै भन्नुपर्दा म नरम विचार भएको वैधानिकतामा विश्वास गर्ने राजनीतिक प्राणी हुँ। कार्यकारणले, परिस्थितिको बाध्यताले र आफ्नो आदर्शलाई त्याग्न नसकेर २००७ सालमा क्रान्तिको बाटो अंगाल्नु परेको थियो। २००७ सालको क्रान्तिको अनिवार्यतालाई अहिलेकाे शासनका पृष्ठपोषकहरूले मेरो योग्दानमा निहित आदर्शलाई स्वीकार गर्ने हो भने आजको क्रान्तिलाई बुझ्न कसैलाई गाह्रो पर्ने छैन। मैले आफूमाथि भएका अन्यायको चर्चा गर्दा आफ्नो राजनीतिक मान्यताकासाथै तत्‌सम्बन्धी बितेका कुराको उल्लेख गरेको हुँ।”

बीपीको यो भनाइले झनै महत्व राख्दछ, “मलाई अभियुक्तको रूपमा अदालतमा उपस्थित नगराइएको भए म यसको चर्चा गर्ने नै थिइनँ। किनभने हामी राष्ट्रिय संकटबाट गुज्रिरहेका छौँ। यो संक्रमणकालीन या विकासको शैशवकालीन संकट मात्र होइन। हाम्रो अस्तित्वको नै संकट हो। यस स्थितिमा हामीले बाच्ने आधार राष्ट्रिय एकता मात्र छ। त्यसो हुनाले बितेका कुरालाई कोट्याएर वाद-विवाद, पक्ष-प्रतिपक्षको मनोमालिन्यको स्थिति उत्पन्न गराउनु हुन्न। राष्ट्रिय एकताका लागि सबै प्रयत्नशील हुनुपर्छ। इतिहासका सम्मुख, जनताको सम्मुख, आफ्नो आदर्शको सम्मुख, यो न्यायालयको सम्मुख, म आफूलाई पूर्ण निर्दोष भएको अनुभव गर्दछु।”

बीपी कोइराला, मार्क्सवाद र लेनिन
लेनिनको क्रान्तिको अवधारणा साम्यवादी विचारधाराको क्षेत्रमा एउटा बलियो योग्दान हो। लेनिनले मार्क्सवादलाई मुलतः एउटा क्रान्तिकारी सिद्धान्तका रूपमा प्रतिपादन गरे। बीपीले यसलाई प्रजातान्त्रिक समाजवादको आलोकमा हेरेका छन्।

लेनिनको पुस्तक ‘स्टेट एण्ड रिभोल्युसन’मा उनले यसबारे लेखेका छन्। आजकाल पूँजीपतिविरुद्धको श्रमिक आन्दोलनभित्र अवसरवादी व्यक्तिहरूले मार्क्सवादलाई बिटुलो पार्दैछन् भन्ने उनको दाबी छ- ‘यिनिहरूले मार्क्सवादी सिद्धान्तको क्रान्तिकारी पक्षलाई, यसको क्रान्तिकारी आत्मालाई या त भुलाइदिन्छन् या धमिलो पारिदिन्छन्। यसलाई कसैगरी नष्ट पारिदिउँ भन्ने प्रयास हुन्छ। उनिहरूको चाहना केबल पूँजीपतिहरूलाई ग्राह्य विषयवस्तु मात्र अगाडि राख्ने हो। त्यसको नै प्रशंसा गर्दछन्। यस्तो परिस्थितिमा जब मार्क्सवादलाई यति व्यापक रूपमा भ्रष्ट गरिंदै छ।’

राज्यबारे मार्क्सका शिक्षाहरूलाई पूर्ण प्रतिष्ठित गर्नु बुझ्ने मान्छेहरूको पहिलो कर्तव्य हो भन्ने लेनिनको सोच देखिन्छ। समकालीन भएको भए लेनिनको मापदण्डमा बीपी यसै कोटीमा पर्ने थिए। लेनिन क्रान्तिकारी विचारधारा राख्दथे। बीपी पनि राख्दथे। लेनिन मार्क्सवादलाई मौलिक रूपले एउटा क्रान्तिकारी सिद्धान्त हो भन्ने प्रमाणित गर्न चाहन्थे। त्यसैले उनी अरु विकासवादी, समाजवादीहरूको विरोधमा थिए।

मार्क्सको विचार ‘पूँजीवादी राज्य विस्तारै समाप्त हुनेछ वा त्यसको क्रमिक रूपमा अन्त हुनेछ’ भन्ने पटक्कै नभएकाे लेनिनको विश्वास थियो। उनी कसैगरी श्रमजीवी तानाशाहीको स्थापनाबाट मात्र पूँजीवादी राज्य समाप्त हुन्छ भन्ने दृष्टिकोण राख्दथे।

लेनिनको भनाइमा मार्क्सको लेखनको सही व्याख्या श्रमजीवीको राज्य क्रान्तिद्वारा पूँजीवादी व्यवस्था समाप्त हुन्छ भन्ने हो। श्रमिक आन्दोलन क्रान्तिकारी छैन भने त्यो आन्दोलन नै होइन भन्ने मार्क्सको कथनको आड लिएर लेनिनले त्यस्ताे व्याख्या गरेका हुन्।

वास्तवमा शुरूदेखि नै लेनिनको यही प्रयास देखिन्छ। उनी मार्क्सवाद सामाजिक क्रान्ति दर्शनका रूपमा प्रतिष्ठित होस् भन्ने चाहन्थे। त्यसलाई संशोधनवादी एंव विकासवादीको सबै विकृतिहरूबाट मुक्त गरिर्नुपर्छ भन्ने लेनिनको भनाइ थियो। समाजवादतर्फको प्रगति केवल क्रान्तिकारी ढंगले मात्र हुन्छ भन्ने कुरामा उनि अडिग थिए।

वास्तवमा मार्क्सले सबै देशमा क्रान्तिको अपरिहार्यताको कुरा गरेनन्। मार्क्सको विचारमा ब्रिटेन, संयुक्त राज्य अमेरिका आदी देश सुदृढ प्रजातन्त्रवादी परम्पराका थिए। त्यहाँ क्रान्तिबिना पनि काम चल्न सक्दथ्यो।

लेनिनले यतातिर रूची देखाएनन्। बीपीको अधिकारउन्मुख क्रान्ति लेनिनको लागि क्रान्ति नै हुने थिएन। यसको वर्गीय चरित्र पनि थिएन। एकाधिकार पूँजी तथा साम्राज्यवाद एवं विश्वयुद्धले परिस्थितिलाई परिवर्तन गरिदिएको लेनिनको दाबी थियो। इंल्याण्ड र अमेरिका प्रजातान्त्रिक देश मात्र नभएर साम्राज्यवादी एवं सैन्यवादी बनिसकेको ठोकुवा गर्दथे।

त्यसैले उनी भन्थे, “यी देशहरूका श्रमिकमाझ बलपूर्वक गरिने क्रान्तिबाहेक अरु कुनै चारा बाँकी छैन।” उनीहरू क्रान्तितर्फ उन्मुख हुनैपर्छ भन्ने लेनिनको भनाइ थियो। तर, पछिका घटनाहरूले लेनिनको उपर्युक्त कथनलाई अप्रमाणित सिद्ध गरिदिएका छन्।

लेनिनले इंल्याण्डको स्थितिको गलत अध्ययन गरेको भन्ने नै देखिन्छ। मार्क्सवादको क्रान्तिकारी स्वरूपमा कुनै शंका छैन। तर, यस सम्बन्धमा लेनिन अलि बढी बल गर्दथे। मार्क्सको क्रान्तिकारी सिद्धान्त सीमित एंव स्थितिवद्ध थियो। लेनिनले मार्क्सको सतर्कतालाई अपनाउन सकेनन्। उनले मार्क्सद्वारा स्थापित सीमाहरूको बन्धनलाई काँडा फाले जस्तो फाले।

वर्गीय चरित्रको क्रान्तिकारी सिद्धान्तलाई लेनिनवादले सार्वभौमिक रूप दिन खोज्यो। यसैले यसले बाटो बिरायो।

शंका गर्नु पर्दैन, लेनिन व्यवहारले पनि क्रान्तिकारी नै हुन्। तर, उनी प्रजातान्त्रिक हुन सक्दैनथे। उनलाई के विश्वास थियो भने परिपक्क हुने प्रतिक्षा गर्ने समाजवादी क्रान्तिले पाएको अवसर अवश्य नै फुत्काउँछ। उनलाई द्वन्द्ववादी प्रक्रियाले स्वतः क्रान्ति ल्याउँछ भन्नेमा कुनै आश थिएन। उनको मान्यता थियो कि तथ्यहरू तथा समयको साथ रहनुमा नै सजीव मार्क्सवाद छ।

आफ्नो यो विश्वासका कारण लेनिनले आवश्यक संगठनहरूद्वारा रुसमा जारशाहीको सत्ता पल्टाएर श्रमजीवी तानाशाही स्थापित गर्न सके। यही कारणले उनी मार्क्सवादको त्यस्तो व्याख्या गर्न प्रेरित भए। त्यसमा उनको क्रान्तिकारी पक्ष भने बलियो नै रहिरह्यो।

स्टालिनले सही नै भनेका थिए, लेनिनवाद सामान्य रूपले श्रमजीवी क्रान्तिको र विशेष रूपले श्रमजीवी तानाशाहीको सिद्धान्त हो। मार्क्स र एंगेल्सले आफ्ना रचनाहरूमा श्रमजीवी तानाशाहीलाई त्यो केन्द्रीय स्थान दिएका थिएनन्, जो लेनिनले दिएका थिए।

लेनिनलाई उनको देशमा कोरा संवैधानिक प्रयोगहरूबाट समाजवादी राज्य स्थापना हुन सक्दैन भन्ने विश्वास थियाे। रुसको तत्कालीन राष्ट्रिय संसद ड्युमा जसरी क्रियाशिल थियो त्यसबाट लेनिनको यो विश्वासको पनि पुष्टि हुँदै थियो। केवल हिंसात्मक क्रान्तिद्वारा मात्र श्रमिकहरूले राजनीतिक शक्ति प्राप्त गर्न सक्दछन् भन्ने उनको हठी भनाइ सिद्ध हुँदै थियो।

नेपालमा १९५०-५१ को क्रान्ति नरम सिद्धान्तहरूमा आधारित थियो। रुसमा पनि प्रथम विश्वयुद्ध तिरकाे स्थितिले मार्च १९१७ को क्रान्तिलाई जन्म दिएको हो। तर, यो अन्तिम क्रान्ति थिएन। कुनै एउटा दल, वर्ग या राजनीतिक संस्थाद्वारा आयोजित थिएन। यसको कुनै निश्चित कार्यक्रम तथा उद्देश्य पनि थिएन।

१५ मार्च १९१७ मा जारहरूले सिहांसन त्याग गर्नु भन्दा केही हप्ता पहिले मेन्सेभिक, बोल्सेभिक, सामाजिक क्रान्तिकारीहरू तथा वैधानिक प्रजातन्त्रवादीहरू सबैले अनेक प्रतिवाद गरका थिए। जुलियस मार्तोभको मेन्सेभिक पार्टी तथा सामाजिक प्रतिवादक दलले मार्चको क्रान्तिलाई एक निर्णायक घटना भन्यो। उनीहरू प्रजातान्त्रिक तरिकाले अगाडी बढ्न तयार थिए।

तर, लेनिनको विचार फरक थियाे। उनी रुस आर्थिक दृष्टिले पूर्ण समाजवादका लागि तयार नभए पनि राजनीतिक दृष्टिले मजदुरहरूलाई सत्ता हस्तान्त्रण गर्न योग्य छ भन्ने मान्थे। ‘यस्तो क्रान्तिका लागि सोभियतहरू उपयुक्त साधन हुन्। अल्पसंख्यक वर्गले हतार गरेर सत्ता हत्याउनु हुँदैन। त्यसैगरी शासनमा लामो समय परिर्वतन पनि हुन दिनु हुँदैन। त्यो काम ठूलो बहुमत आफूप्रति आकर्षित भइसकेपछि गर्नुपर्छ। क्रान्तिद्वारा सत्ता प्राप्त गर्ने हो भने केवल सोभियतहरूले यो कार्य पुरा गर्न सक्दछन्। अन्ततः क्रान्तिकारी दलका लागि एकमात्र नारा के हुनु पर्दछ भने सारा शक्ति लगाएर मुलुकमा भएका सोभियतहरूलाई प्राप्त गरेर क्रान्तिका लागि मोर्चाबन्दी गर्ने,’ लेनिनकाे यस्ताे साेच थियाे।

बीपी कोइरालालाई यस्ता कुरामा रुची थिएन। प्रजातान्त्रिक परिवर्तन केवल एउटा क्षेत्रमा मात्र शक्ति प्राप्त गरेर सम्भव हुँदैन भन्ने उनी ठान्दथे। उनको दृष्टिमा समाजका सबै क्षेत्रको प्रजातान्त्रिककरण र व्यापक रूपमा परिचालन आवश्यक हुन्छ।

मार्क्सको विश्वास थियो- ‘ऐतिहासिक युगमा मानिसले कुनै परिर्वतन गर्न सक्दैन। मानिस ऐतिहासिक विकासको स्वभाविक अवस्थाहरूलाई न बदल्न सक्दछ न त्यसबाट उम्किन। प्रयासबाट केबल यसमा लाग्ने समय कम गर्न सकिन्छ। घटनाक्रममा मूल परिवर्तन गर्न सकिदैन। त्यसैले कुनै पनि देश समाजवादसम्म पुग्न पूर्व पूँजीवादी अवस्थाबाट नगुज्रिकन सम्भव छैन। समाजवादको विशुद्ध आवागमन तब मात्र सम्भव हुन्छ जब निर्दयी पूँजीवादी अवस्थाविरुद्ध वर्ग चेतनाबाट भरिएको क्रान्तिकारी श्रमिक वर्ग उभिन पुग्दछ।’

अर्को शब्दमा के भन्न सकिन्छ भने मार्क्सवादीका अनुसार श्रमिक वर्गीय क्रान्तिका लागि मध्यम वर्गीय क्रान्ति आवश्यक छ। सन् १९०५ र १९१७ को रुसी क्रान्तिहरू यसै प्रकारका थिए। मार्क्सवादीका अनुसार मध्यम वर्गीय क्रान्ति श्रम वर्गीय क्रान्तिका लागि आवश्यक तयारी हो।

कुनै पनि देशमा समयोचित राजनीतिक र आर्थिक विकासद्वारा श्रमिक क्रान्तिका लागि बाटो ठूलो पारिएपछि मात्र त्यस्ताे क्रान्ति सम्भव हुन्छ भन्ने मार्क्सको आधारभूत धारणा थियो। मेन्सेभिक पार्टी मार्क्सको यो सिद्धान्तलाई मान्दथ्याे। तर, १९१७ मा निर्वासनबाट फर्किएपछि लेनिनले रुसको अन्तरीम सरकारलाई कुनै सहयोग नगरौँ र श्रमजीवी अधिनायकत्व स्थापित गराै‌ं भन्ने अपिल गर्दा मेन्सेभिक पार्टी आवद्धहरूलाई धेरै आश्चर्य भयो। उनी निकै अघि बढिसकेका थिए।

लेनिनले संवैधानिक अथवा लोकतान्त्रिक सुत्रहरूबाट क्रान्ति हुँदैन भन्ने आफ्नो विश्वासलाई पुष्टि गरेका छन्। उनले ‘सामाजिक दर्शनका लागि वर्ग संघर्ष समाजको मूल तथा स्थायी गुण हो। बहुमतको शासन जस्तो लोकतान्त्रिक संकल्प निरर्थक छ’ भनेका छन्।

१९१७ अप्रिलपछि रुसको क्रान्तिकारी स्थितिलाई राम्रोसँग हृदयंगम गरेर लेनिनले क्रान्तिका लागि समाज परिपक्क हुनेछ भनेर प्रतिक्षा गर्ने समय थिएन भन्ने धारणा बनाएका थिए। रुसको तत्कालीन भावनात्मक ज्ञानले उनमा यो विश्वास पैदा गरेको थियो। उनी ठान्दथे- क्रान्तिका लागि एक अल्पमार्ग सम्भव छ र रुसलाई क्रान्तिको त्याे बाटोमा मोड्न सकिन्छ।

रुसको क्रान्तिले न मार्क्सले उल्लेख गरेका ती सामान्य शर्तहरूलाई पुरा गर्‍यो न ती विशेष शर्तहरूलाई नै। मार्क्सले जुन देशलाई समाजवादी क्रान्तिको लागि सबैभन्दा कम तयार भनेका थिए त्यही देशमा सबैभन्दा पहिले साम्यवादी शासन स्थापना भएको हो। यस सम्बन्धमा लेनिनले ‘रुसी क्रान्ति मार्क्सको सिद्धान्तअनुसार नै भएको हो’ भनेका छन्।
लेनिनले पनि भन्थे- कुनै विशेष देशमा क्रान्तिको सफलताको लागि केही पूर्वावस्थाहरू हुनु अत्यन्त आवश्यक छ। पहिलो, देशमा आक्रमणशील, दृढप्रतिज्ञ र आफ्नो लक्षयलाई राम्रोसँग बुझेकाे एउटा सुसंगठित दल हुनुपर्दछ। दोस्रो, त्यो दल अनिवार्य रूपले सानो हुन्छ तर, त्यसलाई जनताको सक्रिय असन्तोषको समर्थन प्राप्त हुनुपर्दछ। तेस्रो, पुरानो व्यवस्था र शासनका सर्मथकहरू विभाजित र शक्तिहीन भएका बेला क्रान्ति गर्नुपर्दछ।

लेनिनको भनाइअनुसार सन् १९१७ को रुसमा उपयुक्त सबै अवस्थाहरू विद्यमान थिए। क्रान्तिका लागि बीपीसँग मूल्य मान्यताहरू थिए। तर, रणनीतिक रूपमा उनी लेनिन जतिको तुच्छतामा गएको देखिँदैन।

बीपी अधिकारवादी, समाजवादी तथा राष्ट्रिय मेलमिलापवादी थिए। उनि सैन्यवादी थिएनन्। तर, ‘क्रान्ति’को विवेचना गरेर मात्र लेनिनको कुरा बुझ्न गाह्रो हुन्छ। उनको दल सम्बन्धी धारणा पनि क्रान्तिसँग बेरिएर आउँछ। दलको विषयमा लेनिनको धारणा धेरै सैन्यमुखि र कठोर थियो। उनको दृढ विश्वास थियो- ‘क्रान्तिको सफलताका लागि साम्यवादी दलको संगठन इस्पात जस्तो बलियो हुनुपर्दछ। त्यस्तो दलको प्रमुख कार्य श्रमिकहरूलाई आन्तरिक रूपमा राजनैतिक चेतना प्रदान गर्ने र संघर्षका लागि तयार गर्ने हो। दृढ र साहसपूर्ण दल नभइकन क्रान्ति गर्न सकिँदैन। सत्ता संघर्षको लागि श्रमिक वर्गसँग त्यस्तो संगठन छोडेर अरु कुनै अस्त्र हुँदैन। केवल आफ्नो बलमा मात्र कुनै महान संघर्ष सम्भव छैन। संघर्षलाई युद्धमा परिणत गर्नुपर्छ। युद्धमा विजय प्राप्त गर्न सेनाको अगाडि हिड्ने संगठनको प्रवल आवश्यकता हुन्छ।’

यो संगठन भनेको साम्यवादी दलको संगठन हो। यसैलाई लेनिनले ‘भ्यानगार्ड’ को नाम दिएका थिए।

‘भ्यानगार्ड’को उद्देश्य संगठन निर्माण, विस्तार र प्रचार प्रसार
‘भ्यानगार्ड’को उद्देश्य संगठन निर्माण, विस्तार र प्रचार प्रसार हो। लेनिनको दृष्टिकोणमा जनतामा सेनामुखी उन्नत चेतना ल्याउने कोसिस गर्नु संगठनको प्रमुख कार्य हो। यस्तो दल विशिष्ठ मार्क्सवादी बुद्धिजीवि र नीतिविद्हरूद्वारा सुसंगठित हुन्छ।

उनीहरूले वैचारिक शुद्धतालाई कायम राख्ने प्रयास गर्दछन। दललाई पथ प्रदर्शन गर्दछन्। शक्ति प्राप्त गरेपछि दलले राज्यको समस्त नीतिलाई पथप्रदर्शन गर्दछ। आन्तरिक चुनाव र कठोर दलगत प्रशिक्षणका कारण मान्छेहरू दल तथा क्रान्तिप्रति पूर्णतः निष्ठावान हुन जान्छन्।

लेनिनको मत के थियो भने दल सँधै नै श्रमिक आन्दोलनहरूको बीचमा रहन्छ। त्यस्ताे आन्दोलनको नेतृत्व र पथप्रदर्शन गर्दछ। यसले क्रान्तिकारी विचारहरूको प्रसारण गर्दछ। क्रान्तिकलाको शिक्षण दिन्छ। श्रमिकहरूलाई आफ्नो उद्देश्य पूर्ति गर्न सफल बनाउँछ। लेनिनले दललाई क्रान्तिको अग्रभाग भनेका छन्। त्यसैले यसले जहिले पनि क्रान्तिकारी सिद्धान्त र क्रान्तिका नियमहरू बुझेकै हुनुपर्ने अपेक्षा हुन्छ।

यसकाे अभिप्राय के हो भने सर्वहारा वर्गलाई शक्ति प्राप्त गर्न र प्राप्त शक्तिलाई संरक्षण गरिराख्न गर्ने संघर्षमा दलको स्थिति सँधै नै एउटा सैनिक संगठनकाे जस्तै हुन्छ। दल सर्वहारा वर्गको त्यस्तो अग्रिम पङ्ति हो, जो वर्गीय रूपमा सर्वोपरी हुनुका साथै श्रमिक वर्गका लागि गर्ने त्यागमा सबैभन्दा अगाडि रहन्छ। मार्क्सवादको सिद्धान्तले त्यसलाई एकताको सुत्रमा बाँध्ने काम गर्दछ। संगठनले उसलाई शक्तिशाली बनाउँछ। त्यसैले भनिएको हो- आफ्नो शक्ति प्रदर्शनमा सर्वहारा वर्गसँग संगठनका अतिरिक्त अन्य कुनै हतियार हुँदैन। एउटा प्रजातान्त्रिक दलले अरु दल वा समूहको असहयोगमा यत्रो ठूलो दाबी गर्न सक्दैन। त्यसैले उसले सम्पूर्ण मुलुक तथा यसका संरचनाहरूको परिचालनलाई महत्व दिन्छ।

लेनिनको नजरमा पूँजीवादी संसारको अराजकतापूर्ण प्रतियोगिताद्वारा विभक्त पूँजीपतिहरूबाट पूर्णत: प्रताडित र अधोगतिको फोहरमा डुबेका श्रमिक त्यसैसमय एक शक्तिको रूप धारण गर्न सक्दछन्। मार्क्सवादको सिद्धान्तका आधारमा उनीहरू वैचारिक एकता र संगठनको भौतिक एकताद्वारा दृढ हुन्छन्। अनि लाखौँ, करोडाै‌ं कामदार, मजदुरले सेनाको रूप धारण गर्छन्। साम्यवादी दल श्रमिक वर्गको एउटा अङ्ग हो। त्यो उसको सबैभन्दा धेरै प्रगतिशिल, सबैभन्दा बढी वर्ग चेतनापूर्ण र यसैकारण सबैभन्दा बढी क्रान्तिकारी पाटो हो।

लेनिनको मान्यतामा दलका सदस्यहरूलाई दलको आलोचना गर्ने अधिकार हुँदैन। व्यर्थको वादविवादमा उनलाई विश्वास थिएन। मार्क्सवादी सिद्धान्तले गहन निष्ठाको माग गर्दछ। दल नै यसरी सम्पूर्ण सत्यको प्रतीक हुन्छ। त्यसैले यसमा लौह अनुशासन चाहिन्छ। दलभित्रका निम्न अंगहरूको एकमात्र कर्तव्य दलको उच्च तहबाट निर्धारित नीतिको अनुसरण गर्नु हो।

यहाँ पनि बीपीको बाटो बेग्लै छ। श्रमजीवी अधिनायकवादका विषयमा पनि लेनिनको विचार स्पष्ट थियो। मार्क्सका कृतिहरूमा सर्वहाराको अधिनायकत्व शब्द दुई वा तीनपल्ट उल्लेख भएको छ। तर, लेनिनले आफ्नो क्रान्ति सम्बन्धी विचारहरूमा यसलाई मूल तत्व बनाइदिएका छन्। सर्वहारा वर्गको अधिनायकवादी सिद्धान्त लेनिनवादको आधारभूत धारणा हो।

लेनिनवादको मूल समस्या यसको पृथक्करणको विन्दु कृषक समस्या होइन, श्रमजीवि तानाशाहीको समस्या हो। शक्तिका लागि आफ्नो संघर्षमा श्रमिकहरूको मित्रको रूपमा कृषकहरूको समस्या त एउटा नि:स्त्राेतात्मक समस्या हो। लेनिनकाे श्रमजीवी तानाशाहीको अध्ययनलाई दुई शीर्षक अन्तर्गत वर्णन गर्न सकिन्छ।

पहिलो, श्रमजीवी क्रान्तिको यन्त्रको रूपमा। श्रमजीविय तानाशाहीले क्रान्तिको सफलतालाई साकार बनाउँदछ। कुनै परिस्थितिमा श्रमजीविय तानाशाहीबिना नै पूँजीपति वर्गलाई पराजित गर्न सम्भव होला। तर, यो निश्चित छ कि तानाशाहीको अभावमा आफ्नो विजयलाई कायम राख्नु श्रमिक वर्गका लागि सम्भव छैन। क्रान्तिपश्चात तत्कालै शान्तिको अवस्था हुदैन। पूँजीपति, जमिनदार र भूस्वामीसँग अवशिष्ट शक्तिहरू बाँकी नै हुन्छन्। उनीहरूले सधैं यस्तो अवसर खोज्दछन् जसबाट पासो पल्टाउन सकियोस्। त्यसैले क्रान्तिको परिणामलाई सुदृढ बनाउन र प्रतिक्रियावादी शक्तिहरूलाई कुल्चिन सर्वहारा वर्गको अधिनायकबाद झन् आवश्यक छ।

श्रमजीवी तानाशाहीको स‍ङ्क्रमणकारी भूमिका पनि हुन्छ। शक्ति हातमा लिएपछि श्रमजीवी वर्ग पूँजीपति वर्गको कब्जामा नभएर उसको टाउकोमा चढेको हुन्छ। यसमा पूँजीपति वर्गलाई समुल रूपमा नाश गर्ने चाहना हुन्छ। यो एक वर्गीय शासन हो। यसैले यो पूँजीवादी व्यवस्थाकै समान हो। दुईटामा यतिमात्र फरक छ कि पूँजीवादी व्यवस्थामा बहुुसंख्यक वर्ग, पूँजीपति र तिनका अतिरिक्त अन्य जनताहरू, अल्पसंख्यक वर्ग, पूँजीद्वारा शोसित हुन्छन्।

स‍ङ्क्रमणकालीन राज्यका रूपमा श्रमजीवी तानाशाहीले आफ्नो स्थितिलाई दृढताका साथ कायम राख्नका लागि प्रतिरोधी शक्तिहरूलाई बलियो गरी कुल्चिन विवश हुन्छ। यस अन्तर्गत पूँजीवादी एवं छुद्र पूँजीवादी वर्गलाई कुनै स्वतन्त्रता रहँदैन। विशुद्ध साम्यवादको स्थापना कहिलेसम्म अथवा कुन अवधिसम्म हुन सक्छ भन्न सकिदैन। यसको स्थापना वर्ग संघर्षका सबै परिस्थितिहरूको अन्त्य भएपछि हुन्छ। साँचो समयवादका परिस्थितिहरू विचारका रूपमा प्रकट हुन्छन्। राज्यको लोप हुन सक्दछ। स‍ङ्क्रमणकालीन राज्यका रूपमा श्रमवर्गीय तानाशाहीको अभिप्राय शासनमा कुनै परिर्वतन मात्र नभई शाेषणविहीन नवीन व्यवस्थाको स्थापना गर्नु रहेकाे हुन्छ। श्रमजीवी तानाशाहीको यो उद्देश्य पुराना पूँजीवादी राज्यका सबै संयन्त्र ध्वस्त भएपछि मात्र सम्भव हुन्छ। श्रमजीवी अधिनायकत्व नवीन प्रकारकाे वर्ग संघर्ष हो। यसमा संसदीय प्रर्णालीको कुनै स्थान हुँदैन।

मार्क्सको एउटा अनुयायीका रूपमा लेनिनले मार्क्सवादलाई के दिए भन्ने प्रश्नको सहज जवाफ दिन सकिन्छ। लेनिनले मार्क्सवादलाई एउटा विकृत सिद्धान्तका रूपमा स्थापित गरिदिए। बीपीका लागि मार्क्सवाद उनको प्रजातान्त्रिक समाजवादको एउटा बलियो पाटो रह्यो। तर, यो एउटै पाटोको रूपमा भने रहन सक्दैनथ्यो। मार्क्सवाद सँगसँगै एउटा सही राजनीतिक प्रणालीका लागि अन्य वादहरूको पनि आवश्यकता हुन्छ। मूलतः बीपीवाद न त सर्वहाराको अधिनायकत्वप्रति कुनै लगाव राख्दथ्यो, न यस उद्देश्यलाई प्राप्त गर्ने हिंसात्मक संगठनप्रति नै।

वर्गीय होइन साझा ?
बीपीको रामवाण यस्तो छ: ‘प्रजातन्त्रमा राज्य सार्वभौमिकता र सरकारसम्बन्धी मान्यता हुन्- राज्य जनताको साझा सम्पत्ति हो। त्यसो हुनाले त्यसको सार्वभौमिकता पनि जनतामा सम्मिलित रूपमा निहित रहन्छ। त्यसैले राज्यको शासन यन्त्रकाे रूपमा रहने सरकार जनताद्वारा स्थापित हुनुपर्दछ। यो प्रजातान्त्रिक मान्यताले जनतालाई रैतीको श्रेणीबाट उचालेर नागरिकको श्रेणीमा पुर्‍याउँछ।’

त्यस्तै उनी भन्छन्, ‘प्रजातन्त्रका तीन मूलभूत सिद्धान्त छन्। ती हुन्- १. मौलिक र नागरिक अधिकार, २. कानूनी राज्य, राज्यशक्तिको प्रयोग र, ३. राज्यको नीति निर्धारणमा नागरिकको सर्वाधिकार र निर्वाध उपस्थिति र हस्तक्षेपको सिद्धान्त। यी तीनमध्ये एउटा मात्रकाे पनि अभावमा प्रजातन्त्र रहँदैन।

बीपी भन्दछन्, ‘यो सिद्धान्त जनताको सार्वभौमिक सिद्धान्तबाट प्रतिफलित भएको हो। राज्यशक्तिको प्रयोग अधिकार कसलाई छ या राज्यशत्ता कसको हातमा हुनुपर्छ भन्ने प्रश्नमा तीन प्रकारको माध्यमको चर्चा हुन सक्दछ। १. जबरजस्ती स्थूल शक्तिको प्रयोगद्वारा राज्यसत्ता प्राप्त गर्ने माध्यम। यस माध्यमको औचित्यलाई कसैले पनि स्वीकार गर्ने छैन। २. दैवीशक्तिबाट राज्यसत्ता प्राप्तिको धारणा। श्री ३ मोहन शमशेरले मलाई (२००५ सालमा) भनेका थिए- राज्यसत्ता प्राप्त गर्न पुर्पुरोमा लेखिएको हुनुपर्छ। यसअन्तर्गत जन्मबाट अधिकार पाएको सिद्धान्त पर्न आउँछ। ३. प्रजातान्त्रिक माध्यम- पूर्ण स्वतन्त्रताको वातावरणमा जनताले मौलिक अधिकारको पूर्ण प्रयोग गर्न पाएको स्थितिमा चुनावको माध्यमद्वारा राज्यसत्ता प्राप्त गर्नु।’

बीपी आर्थिक विकासका लागि पनि प्रजातन्त्र आएको हो भन्ने मान्दथे। उनी भन्दथे, ‘यो ऐतिहासिक शक्तिबाट उत्पन्न भएको व्यवस्था हो। समाजमा सुषुप्त शक्तिहरूको जागरण गराएर, तिनलाई समाजको विकासको शक्तिमा परिणत गर्नपर्दछ। पुरानो सामन्ती व्यवस्था त्यागेर युग सुहाउँदो जनप्रिय र प्रजातान्त्रिक व्यवस्था कायम गर्नुपर्छ भन्ने नेपाली कांग्रेसको धारणा छ।’

बीपी थप भन्छन्- ‘समाजको आन्तरिक शक्ति तबमात्र चलायमान हुन्छ, जब जनताले ठूला–ठूला जिम्मेवारी लिन थाल्दछन्। जब जनताकै बीचमा नयाँ-नयाँ प्रयोगका लागि स्थानीय र राष्ट्रिय स्तरमा नेतृत्व वर्गको उदय हुन्छ जान्छ।’

[प्रकाशित: बुधबार, १६ पुष, २०७६ | Wednesday, January 1, 2020 | 10:12 AM]

हरेक राष्ट्रनिर्माताले आफूले निर्माण गरेको मुलुकको निरन्तर सुरक्षा कसरी कायम राख्ने भन्ने कुरा सोचेको हुन्छ । यस्तो सोचाईको दुईवटा पक्ष हुन्छन् । पहिलो पक्ष भनेको निर्माण गरिएको मुलुकको स्याहार–सम्भार र आन्तरिक शान्तिसुव्यवस्था कसरी कायम गर्ने भन्ने हो । दोस्रो पक्षका रुपमा मुलुकको बाह्य सुरक्षा पर्दछ । यी दुवै एकअर्कासँग सम्बन्धित विषय हुन् । आन्तरिक सुरक्षा गर्न नसक्ने मुलुकले बाह्य सुरक्षाका लागि काम गर्न सक्दैन ।…Read the Article

एउटा राजनेताका रुपमा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको विभिन्न कोणबाट विश्लेषण भएको छ । हालका वर्षहरुमा राजनीतिक क्षेत्रका धेरै व्यक्तिहरुले वहाँको प्रजातान्त्रिक राजनीति, राष्ट्रवा, राजा महेन्द्रसँगको सम्बन्ध, समाजवादी चिन्तन र विशेषगरी राष्ट्रिय मेलमिलाप नीतिका बारेमा लेखेका छन् । कानुनव्यवसायीका रुप्मा कोइरालाको विश्लेषण प्रायः भएको छैन भने पनि हुन्छ अर्थात् अत्यन्त न्यून रुपमा मात्र भएको छ ।…Read the Article

 https://www.youtube.com/watch?v=v6UHeKBSBI8&t=366s

विद्वान रमेशनाथ पाण्डे ज्युले ‘आत्मवृत्तान्त’ मा बीपीको भाषा छैन” भनेर आज आएर उल्लेख गर्दा पटक्कै राम्रो लागेन I मलाइ लाग्छ बिपि का कुनैपनि पाठकलाइ यो पढ्दा चसक्क गरेको हुनु पर्छ I

‘आत्मवृतान्त’ केवल बीपीको वृतान्त मात्र होइन I यो आधुनिक नेपालको प्रजातन्त्र र रास्ट्रवाद को लडाईको इतिहाँस पनि हो I मुलुकको स्वतन्त्रता र अस्तित्व जोगाउने संघर्षमा बिपी स्वयम् कसरि सकिनु भयो भन्ने तथ्यलाइ नेपालको भविष्यका लागि पनि सधै एउटा मर्यादित तथ्य का रुपमा कायम राख्नु पर्ने हुन्छ I

‘आत्मवृतान्त’ प्रकाशित भएको यतिका बर्ष भैसक्यो I यसका बारेमा धेरैले आ-आफ्नो टिका टिप्पणी मिडियामा सार्वजनिक गरेका छन I यो कुरा कहिल्यै कसैबाट आएको देखिदैन I स्वयम् पाण्डेज्युले नै पनि यो अवधिमा दर्जनौ लेखहरु लेख्नु भएको छ I तर यसबारे किन आज आएर यत्रो ठुलो सार्वजनिक टिप्पणी ?

यसै पनि यो पुस्तक ‘कन्भर्सेसन’ मा आधारित पुस्तक हो I यसलाई प्रस्तुत गर्दा सम्पादकको भूमिका धेरै महत्वपुर्ण हुन्छ भन्ने कुरामा असहमत हुनु पर्ने अवस्था छैन I रेकर्ड गर्दाको परिस्थिति पुस्तकका सम्पादक बरिस्ठ अधिवक्ता गणेशराज शर्मा ज्युले प्रस्ट रुपमा उल्लेख गर्नु भएकै छ I “जेल जर्नल” र अन्य प्रकाशित सामग्रीमामा लेखिएका कुरा र यसमा प्रस्तुत तथ्य कतै बाझिएको पनि देखिदैन I त्यसो हो भने “आत्मवृत्तान्त मा बीपीको भाषा छैन” भन्नुको तात्पर्य के हो ?

पाण्डेज्युले “मैले यसबारे एकपटक [पुस्तकका सम्पादक] गणेशराज शर्मासित पनि सोधें । उहाँले ‘मैले अलिकति सम्पादन गरेर यताउति गरें’ भन्नुभयो । त्यो यताउति भनेको के हो ?” भनेर आरोप पनि लगाउनु भएको छ I उहाँलाइ केहि शंका छ भने प्रस्ट रुपमा आफ्नो शंका सार्वजनिक गर्नोस न त ? उहाँको शंकामा सम्वन्धित सवैले सरोकार ब्यक्त गर्ने थिए । बौद्धिक परम्पराको निर्वाह पनि हुने थियो I

मलाइ के कुराको खेद छ भने उहाँले “आत्मवृतान्त” को ‘क्रेडिबिलिटी’मा र गणेशराज शर्मालाइ यो बेलामा आएर आरोप लगाउनु भएको छ, जुनबेला गणेशराज शर्मा भौतिक रुपमा हामी माझै भएपनि स्वास्थ र निको नहुने मस्तिस्क पिडाका कारण उहाँको यो गम्भीर र गलत ब्याख्या हुनसक्ने ‘स्टेटमेन्ट’ लाइ जवाफ दिन सक्नु हुन्न I यस्तो हुनुहुदैन थियो I

विपिन अधिकारी, गौरीघाट, काठमाडौँ

Dr Bipin Adhikari

साभारहर्क बहादुर कठायत (सम्पादक) बहुआयामिक विश्वेश्वर (बाजुराः नेपाल सांस्कृतिक संघ, २०७१)

सन् १९९३ मा एसिया प्रशान्त क्षेत्रका वकिल तथा कानुनविद्हरुको संगठन ल–एसियाको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन यो लेखक श्रीलंकाको कोलम्बो गएको थियो । सम्मेलन पछि एक दिनका लागि हामी श्रीलंकाको मध्यक्षेत्रमा पर्ने पहाडी सहर क्याण्डी पनि गयौं । क्याण्डीमा भगवान बुद्धको ठूलो मन्दिर छ । दर्शन गर्ने क्रममा म पनि लाइनमा बसेको थिएँ । अष्ट्रेलिया, पाकिस्तान तथा बंगलादेशका केही साथीहरु पनि पर्यटकका रुपमा उपस्थित थिए । ढोकैमा पुगेपछि मैले केही कुरा सम्झिएँ र लाइन छाडी फनक्क फर्किएँ ।

पछि क्याण्डीबाट फर्कने बेलामा हाम्रो बसमा केहीले त्यहाँबाट किन फनक्क फर्केको भनी बलगरी सोध्न थाले । मैले टार्न नसकेपछि जवाफ दिएँ– “मैले नुहाइधुवाइ गरेको थिइन । भगवानको मन्दिरमा नुहाइधुवाइ नगरी प्रवेश गर्नु हुँदैन भन्ने हाम्रो चलन छ ।” त्यसोभन्दा अष्ट्रेलियनहरुले बुझेँ भन्दै टाउको हल्लाए । तर बंगलादेशीहरु आफ्नो भाषामा गिल्ला गर्न थाले । मूर्तिपूजालाई मुस्लिमहरु मान्दैनन् । त्यसमा पनि एउटाले भन्यो – “तिमी त गाईलाई आमा मानी काटमार नगर्ने देशको मान्छे प¥यौ । त्यसैले देउता छुँदा जीउ पवित्र हुनुपर्छ भन्ने मान्यता राख्नु खासै हाँस्ने कुरा होइन ।” मैले भनेँ –”प्रचलनको कुरा हो । सिद्धान्ततः नेपालमा गाईसहित कुनै पनि स्त्रीजाति चौपायाको बध गर्न दिइँदैन । कानुनमा त्यही लेखिएको छ ।” त्यति भनिसकेपछि बंगलादेशीहरु तर्फ फर्किएर अष्ट्रेलियनहरु हाँस्न लागे । एउटाले भन्यो – “कुरो गाईको मात्र होइन, कुरा स्त्रीजाति चौपायाको रहेछ ।” धर्मसँग सम्बन्धित कुराहरुमा जतिपनि तर्क वा कुतर्क गर्न सकिन्छ । तर त्यसबाट पार पाउन सकिँदैन । त्यसैले ईश्वर र धर्म हरेक मान्छेको आफ्नो घरपरिवार वा समुदायभित्रको विषय मानिन्छ । सामान्यतः मानव अधिकार सम्बन्धित भएमा बाहेक त्यसलाई अन्य धर्मावलम्बीको चासो वा व्यापक राष्ट्रिय बहसको विषय बनाइँदैन । धार्मिक आस्थाका कुराहरु केवल वैज्ञानिकताको आधारमा मात्र हेर्ने प्रचलन पनि छैन । यस्तो बहसबाट उठेका प्रश्नहरुको जवाफ खोज्न गाह्रो हुन्छ ।

स्व. विश्वेश्वर प्रसाद कोइराला सामान्यतः ईश्वरमा विश्वास नभएको वा अनीश्वरवादी व्यक्तिका रुपमा चिनिनुहुन्छ । यस सम्बन्धमा केही कुरा वहाँ आफैंले लेख्नुभएको पाइन्छ भने केही कुरा वहाँले बोलेको आधारमा टिपिएका पनि छन् । त्यस्तै वहाँका साहित्यिक कृतिहरुमा वहाँका विशेष पात्रहरु बीचको संवादका आधारमा पनि ईश्वर सम्बन्धी कोइरालाको धारणाहरु प्रष्ट हुन्छन् । वहाँका कतिपय विचारहरु राजनीति सुरु गरेदेखि नै देखा परेका छन् । विभिन्न समयमा विभिन्न सन्दर्भमा वहाँका दृष्टिकोणहरु आएका छन् । यस आधारमा यस लेखमा स्व. कोइरालाको ईश्वरीय विश्वासका सम्बन्धमा यो लेखकको केही विश्लेषण राख्ने प्रयास भएको छ । यसलाई पूर्ण व्याख्याका रुपमा लिइनु हुँदैन । अन्ततः धर्मको कुरा माथि उल्लेख गरिएजस्तै व्यक्तिगत कुरा हो । त्यो व्यक्तिगतपनाको विश्लेषण अरु कसैले गर्न सक्दैन । यहाँ केवल सार्वजनिक भएका कथनहरुका आधारमा कोइरालाको दृष्टिकोणहरुको केही पक्षसम्म विश्लेषण गरिएको छ ।

भक्तका नजरले ईश्वरलाई हेर्ने हो भने त्यसको कुनै सीमा छैन
ईश्वरका बारेमा लेख्नु र बोल्नु दुवै दुरुह कुरा हो । बोल्ने र लेख्ने वा ईश्वर मान्ने र नमान्ने दुवैले यस विषयमा सर्वज्ञ भएर लेखेका भने हुँदैनन् । यसैले सृष्टिको यति लामो ऐतिहासिक अवधिमा पनि ईश्वर छन् कि छैनन् भन्ने विषयमा टुंगो लाग्न सकेको छैन । ईश्वर भन्ने नाम संसार चलाउने सर्वशक्तिमान शक्तिसँग सम्बन्धित भनिन्छ । ईश्वरको शक्ति असीमित भएको मानिन्छ । उनी जहाँ पनि छन् । जहाँ पनि पुग्न सक्दछन् । उनको सर्वव्यापी अस्तित्वमा निरन्तरता हुन्छ । जीवन र मरणको प्रक्रियाले उनलाई छुँदैन । छोए पनि प्रभावित गर्न सक्दैन । ईश्वरलाई विश्वास गर्नेले उनलाई ब्रम्हाण्डको रचनाकार तथा यसलाई निरन्तर चलाइरहने शक्तिका रुपमा मान्दछन् । ईश्वरले चाहेको कुरा दिन सक्दछन्; नचाहेको लिन सक्दछन् । कसैले सर्वशक्तिमान ईश्वर एउटै छन् भन्दछन् भने कसैले विभिन्न भएको मान्दछन् । ईश्वरका अवधारणाहरु केके हुन् भन्ने कुरामा व्यापक रुपमा फरक विचारहरु छन् । त्यस्तै ईश्वरको विशेषता, उद्देश्य, कामकारबाहीका बारेमा पनि फरक मतहरु छन् । उनको रुपका बारेमा पनि एउटै धारणा छैन । भक्तका नजरले ईश्वरलाई हेर्ने हो भने त्यसको कुनै सीमा छैन । तर आजसम्म सार्वजनिक भएको सूचनाका आधारमा हेर्दा कोइरालाले ईश्वरको यो व्याख्यालाई स्वीकार गर्नभएको देखिँदैन ।

भनिन्छ, ईश्वरलाई परिभाषित गर्ने तथा ईश्वर र मानव बीचको सम्बन्धलाई नियमित गर्ने प्रयासमै धर्महरुको सिर्जना भएको हो । सबैभन्दा पहिले संगठित रुपमा यो प्रयास यहुदीहरुले गरे । उनीहरु पछि इसाइहरु बलियो गरी देखा परे । नेपालमा किरात धर्म पनि प्राग्वैदिक हो । यसपछि बुद्ध धर्म अस्तित्वमा आएको हो । त्यसपछि इस्लाम देखा पर्दछ । हिन्दूहरु आफ्नो धर्म यी सबैभन्दा पुरानो भएको दाबी गर्दछन् । यसमध्ये अधिकांश धर्महरुले ईश्वरका बारेमा कुरा गर्दछन् ।

मानव बीच ईश्वरको प्रकृतिका बारेमा अलग अलग धारणा छ । बाइबलले उल्लेख गरेको तीन पूज्य कूलपिताहरु मध्येको पहिलो मानिएका अब्राहमको ईश्वर सम्बन्धी अवधारणा, यहुदी धर्ममा भएको ईश्वरको एकईश्वरवादी परिभाषा, इसाइहरुमा भएको त्रिदेवात्मक दृष्टिकोण र इस्लामको अलग अवधारणालाई यहाँ उल्लेख गर्न सकिन्छ । हिन्दू धर्ममा ठाउँ, सम्प्रदाय, जात अनुसार ईश्वरको अवधारणा देखिन्छ । त्यसैले इश्वर कोटी कोटी देवताका रुपमा पनि देखिन्छन् । हिन्दू धर्ममा एकईश्वरवादी पनि पर्दछन्, बहुईश्वरवादी पनि पर्दछन् । ऐतिहासिक बुद्ध विशेषगरी साक्र र ब्रहमाले ईश्वरत्वलाई स्वीकार गरेका थिए भनिन्छ । पछि गएर महायान परम्पराले ईश्वर सम्बन्धी अवधारणालाई धेरै महत्व दिएको देखिन्छ ।

यस किसिमको बहसमा कोइराला पर्नु भएको देखिँदैन । वरिष्ठ अधिवक्ता गणेशराज शर्माद्वारा संकलित तथा सम्पादितराजा, राष्ट्रियता र राजनीति मा कोइरालाले धर्म, ईश्वर र नियतिका सम्बन्धमा आफ्नो दृष्टिकोण प्रष्ट गर्नुभएको देखिन्छ । वहाँका विचारमा “मानिसको जुन संकट छ, मानसिक होस् वा आत्मिक, त्यसको निवारण उसको आत्मबलमा छ । सानो एउटा संकटले कतिलाई छट्पटाएर मारिदिन्छ, कोही मान्छे त्यो संकट माथि विजय प्राप्त गर्दछ” । कोइरालाको दृष्टिमा “दैवीशक्ति भन्ने कुरो त्यसबाट निश्रित हुन्छ ।” अन्य प्रकारको दैवका बारेमा वहाँले उल्लेख गर्नुभएको छैन । उल्लेख नै नगरेपछि यसका बारेमा विवाद गरिहिँड्ने प्रवृत्ति पनि देखिने भएन् । ईश्वर भए पनि नभए पनि वहाँको जोड यो कुरामा छ कि त्यस्तो ईश्वरको विशेष अनुकम्पा वहाँलाई प्राप्त होला भन्ने वहाँलाई लाग्दैन । यसका प्रष्ट कारणहरु छन् ।

ईश्वरको विशेष अनुकम्पा ?
कोइरालाको अनुभवमा संसारमा विभिन्न कारणले हरेक दिन सयौं साना बच्चाहरु मरिरहेका छन् । तिनका आमाहरुले कल्पेर देउताहरुको प्राथनाहरु नगरेको कहाँ होलान् ? कतिको दुलाहा मारिएका छन् । कतिको घर बर्बाद भएको छ । युद्ध र अत्याचार वा नरसंहारमा पर्नेको संख्यामा पनि कमि छैन । यसरी मारिएका कसैले पनि ईश्वरको अनुकम्पा प्राप्त गर्न सकेनन् । दुख परेर भीख मागी ईश्वरको पुकारा गर्दै हिँडिरहेका मान्छेको आर्तनाद पनि सँधै सुनिन्छ । ईश्वरले तिनलाई केही गरेको देखिँदैन । त्यसैले कोइरालाको स्पष्टोक्ति छ – “ती सब कुराहरु देख्दा भने मलाई ईश्वरको विशेष अनुकम्पा हुन्छ भन्ने पत्यार लाग्दैन ।” वहाँले कहिले प्रार्थना गर्नु भएन् । आफुलाई केन्द्रमा राखी वहाँ भन्नु हुन्छः “मेरो भन्दा बढी आवश्यकता परेका मानिसहरुको प्रार्थना देउताले सुन्न सकेका छैनन् भने त्यत्रो दम्भ कि मेरो कुरा पुग्छ भनेर म प्रार्थना गरौं । त्यो दम्भ मलाई छैन ।” जब “लाखौं करोडौं अरबौं मान्छेलाई देउताले अनुग्रह गरेको छैन । मलाई किन गर्ने?”

हरेक धर्मका सिद्धान्तहरु आदिम वा पौराणिक छन् । यो धर्म र त्यो धर्म भन्ने कुरा छैन । लेख्ने र व्याख्या गर्ने क्रम सँधै चलिरहेको हुन्छ । त्यसैले हरेक कुरामा एकमत हुन्छ भन्ने पनि छैन । समग्रमा प्राय सबै धर्ममा कतिपय कुराहरु असंगत वा अनुभवबाट प्रमाणित हुन नसकेको अवस्थाहरु छन् । कतिपय धर्मले आफ्नै धार्मिक समुदायभित्र पनि कसैलाई सानो, कसैलाई ठूलो बनाएको देखिन्छ । हिन्दू धर्मको सुरुवात जेजस्तो भए पनि जातिपातिलाई स्थापित गराएरै अगाडि बढेकै हो । इस्लाम धर्ममा पनि इस्लाम नमान्नेलाई अर्कै दृष्टिकोणले हेरिन्छ । त्यस्तालाई ‘काफिर’ भनिएको पाइन्छ । इसाइहरुले पनि गैरइसाइलाई ‘पैगन’ भनेर जंगली सभ्यता भएजस्तो ठान्ने चलन थियो । जस्तो बेल्जियमका पादरी ग्रोबरले सन् १६६२ मा भोटबाट नेपाल हुँदै भारततर्फ जाँदा नेपालीहरु मुग्लानी भन्दा धनीमानी, सभ्य र सम्पन्न भएको तर जंगली धर्म मान्ने ‘पैगन’ भएको भनी लेखेको पाइन्छ । कतिपय इसाइ, इस्लाम र हिन्दूले महिलाहरुलाई पुरुषभन्दा तल्लो मान्दछन् ।

अमेरिकी गृहयुद्धका बेला त्यहाँ दक्षिणवर्ती राज्यका मान्छेहरुले बाइबलले दासप्रथालाई न्यायोचित मानेकाले दासको खरिदबिक्री किन रोक्ने भनी लडाइँ नै गरेका थिए । एउटा धर्मले अर्कोलाई सहन नसकेको र एउटै धर्मभित्र पनि समूहगत अतिवाद देखिएका दर्जनौं उदाहरण होलान् । दोस्रो विश्वयुद्ध अघिको युरोपका यहुदी धर्मावलम्बीको नरसंहार मानव सभ्यताको कलंककै रुपमा सम्झिनु पर्ने हुन्छ । यहुदीहरु विरुद्ध अन्य धर्मको पूर्वाग्रह, घृणा र भेदभाव परस्त नीतिलाई अहिले पनि ‘एण्टि–सेमिटिज्म’ भनी अध्ययन गरिन्छ । इस्लाममा सिया र सुन्नी समुदाय बीचको काटाकाटको धेरै उदाहरण पाइन्छन् । इसाइ धर्ममा क्याथोलिकहरुले प्रोटेस्टेन्ट विरुद्ध गरेको अत्याचारको पनि कमी देखिँदैन । इजरायल र प्यालेस्टिनीहरुको लडाइँ पनि यसै कोटीको हो । यसमा यहुदी र इस्लाम जोडिएको छ । यति हुँदाहुँदै पनि अधर्मी वा धर्मविहीनतालाई लगभग सबै धर्मले चुनौती दिन्छन् । अर्को धर्मबाट आफ्नो धर्ममा ल्याउने विधिवत् प्रचलन प्राय हिन्दू धर्म बाहेक सबै ठूला धर्ममा होला । धर्म परिवर्तन गर्ने गराउने स्वेच्छा भन्दा पनि उद्योग नै हुने गरेको छ । समस्या जतापनि छ । हरेक धर्म नयाँ मूल्य र मान्यता अनुसार परिवर्तन हुँदै जान्छ । धर्म परिवर्तन भएन भने मान्छे परिवर्तन हुन्छन् । हार्ने चाहिँ धर्म नै हो ।

कोइरालाको लघु साहित्यिक कृति ‘मोदीआइन’ हिन्दू धर्मको विशेष ग्रन्थ ‘महाभारत’ प्रति प्रशस्त आलोचनात्मक दृष्टिकोण राख्ने कृति हो । मानवोचित चिन्तन भएका अर्जुनलाई भगवान कृष्णले कसरी पाषाण हृदयमा परिवर्तन गरी युद्धका लागि तयारी गराउँछन् भन्ने सम्बन्धमा कोइरालाको उक्त कृतिमा सटिक विश्लेषण छ । ‘देउता’ नलागुञ्जेल अर्जुन विवेकमय देखिन्थे । युद्ध उनलाई विभीषिका लाग्दथ्यो । तर त्यो स्थिति महाभारतको कुटनीतिमा कायम रहिरहन सकेन । मोदीआइनका अनुसार “बिचरो एउटा क्षुद्र मानव देवता ृकृष्णे को रुद्र तेजका अगाडि कतिबेर अड्न सक्थ्यो ? अर्जुनको मानव आग्रह खुकुलो पर्दै गयो ।” यही खुकुलो अवस्थामा उनीमार्फत् संसार कहालिने स्तरको युद्धको रचना गरियो । “अट्ठार अध्याय गीता श्रवण गरिसकेपछि, मानव मानव रहँदैन, त्यो ईश्वरारुढ व्यक्ति हुन्छ र तसर्थ, अतुल शक्तिबाट विद्युतमय ।” हुनु नहुनु सबै वर्णन गरिसकेपछि कोइरालाकी ‘मोदिआइन’ भन्दछिन् – “नानी ठूलो नहुनु, वीर नहुनु । असल हुनु, असल …।” सातजना बाहेक महाभारतको युद्धमा सबै मारिए । हो भगवान कृष्ण र धनुर्धर अर्जुन वीर भए । विजयी भए । तर उनीहरु असल भइदिएको भए महाभारतको युद्ध रोकिने थियो । लाखौं मान्छे हताहत हुनबाट जोगिन्थे । धेरैले विधुवा भई बाँच्नु पर्ने अवस्था आउँथेन । धेरै बच्चाहरु अनाथ हुनुपर्ने थिएन ।

अन्ततः सही वा गलत भन्दा पनि धार्मिक विश्वास भनेको आफ्नो चेतनालाई धर्मका आधारमा प्रतिबद्ध बनाउने प्रचलन हो । तर यसको न कुनै संवेदक प्रमाण हुन्छ, न त चैतन्य आस्था । जीवनलाई विज्ञानमय बनाउन स्वतन्त्र चिन्तन चाहिन्छ । समय सापेक्षता नबुझी धार्मिक आस्था र विश्वासले कतिपय अवस्थामा मान्छेलाई स्वतन्त्र बन्न दिँदैन । फरक किसिमको मान्छे फरक विचार र पद्धति अनुसार बाँच्न चाहनेलाई कतिपय अवस्थामा धर्म घाँडो भइदिएको हुन्छ । मनमा एउटा कुरा हुन्छ, लोकलाजले अर्को कुरा गरिरहेको हुन्छ । यसबाट सामाजिक र परिवर्तनमुखी सोचाईमा छलछाम देखा पर्दछ । पाखण्डीपनको उद्गम हुने एउटा प्रबल कारण यो पनि हो । जस्तो बलिप्रथा कुनै पनि विवेकशील मान्छेलाई हल्लाउनु पर्ने विषय हो । तर त्यसलाई त्यो रुपमा व्यक्त गर्ने आँट गरिएको देखिँदैन । हिन्दू धर्ममा यसबारे ठूलो बहस छ । यहुदीहरुको सन्दर्भमा ‘कोसर स्लाटर’ को प्रचलन देखिन्छ । जो यहुदी होइनन्, पशुपंक्षीलाई काट्ने यो प्रचलनको वा तौरतरिकाको आलोचना गर्दछन् । त्यसैले धर्मका बारेमा कुरा गर्दा यस्ता सीमाहरुका बारेमा समदृष्टिकोण चाहिन्छ । यी तथ्यलाई हेर्ने हो भने कोइरालाको ‘मोदिआइन’ का कथनहरु बुझ्न सकिन्छ ।

साहित्यमा कोइरालाको व्यक्तित्व र विचार यस्ता पुराणपन्थी कुरा भन्दा अलग देखिन्छ । उहाँको साहित्यिक जीवनको थालनी संवत् १९८६ देखि भएको मानिन्छ । उहाँको प्रथम नेपाली कथा ‘चन्द्रवदन’ सर्वप्रथम शारदा पत्रिकामा प्रकाशित भएको थियो । उहाँका कृतिहरुमा दोषीचश्मा, श्वेतभैरवी, बाबुआमा र छोरा, तीन घुम्ती, नरेन्द्र दाई, सुम्निमा, हिटलर र यहुदी मनोविश्लेषण, यौनसम्बन्ध तथा सामाजिक कुरीति र आधारविहीन संस्कारहरुलाई प्रश्न गर्ने मान्यताबाट लेखिएका छन् । अझ ‘सुम्निमा’ मा कोइरालाले जीवनप्रतिको आफ्नो दर्शनलाई कहिल्यै अलमल नहुनेगरी उल्लेख गर्नुभएको छ । किरात कन्या सुम्निमा र बाहुन कुमार सोमदत्तलाई प्रमुख पात्र बनाइएको यो उपन्यासमा शरीरलाई यातना दिएर ईश्वर प्राप्त गर्ने वा परलोक सपार्न खोज्ने बाहुन र मनुवालाई माया गरेर जीवन सुधार्न खोज्ने भन्ने किरातिनी बीचको द्वन्द्वमा कोइरालाले उपन्यास केन्द्रित गर्नुभएको छ । सरल र सही जीवनको वकालत छ यस उपन्यासमा । अझ ‘मोदिआइन’ मा माथि उल्लेख गरिएझैं भगवान श्रीकृष्णद्वारा महाभारतको युद्ध रोक्न नसक्नु र धर्मयुद्धको नाममा त्यति धेरै जीउज्यानको खति हुन दिनु किमार्थ सही थिएन भन्ने दृष्टिकोणलाई कोइरालाले स्थापना गर्नुभएको छ । ‘हिटलर र यहुदी’ त उच्चतम मानवीय मर्यादामा आधारित अपूरो उपन्यास हो । यदि यी मान्यताहरुलाई हेर्ने हो भने यसबाट देखिने कोइरालाको जीवन दर्शनमा पौराणिकता नभई मानवता एवम आधुनिकताको परिच्छेदहरु पाइन्छन् ।

साहित्यमा धर्म अधर्मको चर्चा विभिन्न किसिमले गरिएको देखिन्छ । जस्तो फ्रेञ्च अल्जेरियन दार्शनिक अल्बर्ट कामुले लेखेको सन् १९४२ को “द मिथ अफ सिसिफस” भन्ने निबन्ध तिनताका धेरै चर्चित निबन्ध थियो । कोइरालाले यो पुस्तक पढ्नु भएको थियो । कामु शतप्रतिशत नास्तिक हुन् । यो निबन्धमा उनले मान्छेले दुरुह वा बुझ्न नसकिने संसारलाई जबरजस्ती बुझ्न खोजेको, अमिल्दा र विसंगतिपूर्ण कामकुरालाई मिल्दो र सामञ्जस्यपूर्ण बनाउन खोजेको र मान्छेको उद्देश्य र अभिप्रायलाई अनावश्यक रुपमा अर्थ प्रदान गर्न खोजेको भनेर खिसी गरेका छन् । उनलाई लाग्दथ्यो, संसारमा न त शाश्वत् वा अविनाशी सत्य छ, न त त्यस्ता कुनै मूल्यमान्यता नै छन् । उनको दाबी के छ भने संसारमा ईश्वर छैनन् । यो संसार विसंगतिपूर्ण नै हो, सृष्टि नै यस्तो हो । यो विसंगति देखेर आत्महत्या गर्नुपर्छ भन्ने उनको भनाई होइन । तर साँचो कुरालाई सामना गर्नु पर्छ भन्ने उनको सोचाई हो थियो ।

यो निबन्धमा सिसिफस्लाई आधार बनाएर कामुले आफ्नो दर्शन अघि सार्दछन् । सिसिफस्को कुरा ग्रीसेली पुराणमा आधारित छ । उ एउटा प्रयत्नरत चरित्र हो । अर्थ न बर्थ भए पनि सिसिफस्ले कुनै ठूलो गोलढुंगालाई पटकपटक लगेर पहाडमा टाँस्न खोज्दछ । यो टासिँदैन । हरेकपल्ट गुडेर तल झर्दछ । उसले पटकपटक त्यसलाई फेरि माथि लैजान खोज्छ । उसको मेहनत देखेर कुनै ईश्वरले लौ न त भनी त्यो ढुंगा पहाडमा टाँसिदिँदैनन् । उ निरन्तर यही अभ्यासमा जीवन बिताउँछ । जीन्दगी विसंगतिपूर्ण छ भन्दाभन्दै पनि यो विसंगति मान्छेले बाँच्नै पर्ने हुन्छ । जीवनदेखि भागेर आत्महत्या गर्ने होइन । विवेक र विज्ञानले संसारको व्याख्या गर्न सक्दैन । जथाभावी निष्कर्ष निकालिँदै त्यस्ता व्याख्याहरु टुंगिएका छन् । विसंगति त्यसबेला देखिन्छ जब बुझ्नु पर्ने मान्छेले संसारको अविवेकीपनलाई व्यहोर्नुपर्ने अवस्था आउँछ । यो निबन्धको निष्कर्ष हुन्छ, जीन्दगी यस्तै हो, जुन संघर्ष गरिएको छ वा गरिँदैछ त्यसैले हृदयको प्यास मेटाउने हो । सिसिफस् यसै आधारमा खुशीसँग बाँचेको मान्नु पर्दछ । सबैकुरा हास्यास्पद छ तर अर्थ खोज्दा झनै विसंगतिपूर्ण हुन जान्छ । कामुले यसै प्रकारको “द स्ट्रयान्जर”, “द मिस अण्डरस्ट्याण्डिङ्ग”, “क्यालिगुला” तथा “द रिबेल” भन्ने उपन्यास, नाटक तथा निबन्ध इत्यादि लेखेका छन् । विसंगतिका बारेमा उनको मान्यता उस्तै हो । विसंगतिका बारेमा कोइराले पनि चित्त बुझाउनु भएको देखिन्छ । तर कामु जस्तो उद्वेग र नकारात्मकता कोइरालामा देखिँदैन ।

जर्मनीका दार्शनिक फ्रेडरिक नित्सेको प्रसंग पनि यहाँ जोड्न सकिन्छ । उनले धर्म, नैतिकता, समसामयिक संस्कृति, दर्शन तथा विज्ञानका बारेमा धेरै लेखेका छन् । उनी पनि बेग्लै प्रकारका दार्शनिक हुन् । उनले लेखेको विभिन्न सामाग्रीहरुमध्ये एउटा विषय ‘डेथ अफ गड’ निकै चर्चित छ । विशेषगरी “द गे साइन्स” मा यसका बारेमा उल्लेख गरिएको छ । यसैका आधारमा नित्सेलाई अनीश्वरवादी मानिएको छ । कतिपयले भने नित्से अनीश्वरवादी त होइनन् तर उनको देवत्वलाई बुझ्नका लागि ईश्वरका बारेमा अलि सुक्ष्म दृष्टिकोण चाहिन्छ भनेका छन् । अब्राहमको आस्थाको ईश्वर अब विस्तारै हराउँदै छ । धर्म निरपेक्षता बढ्दै छ तर ईश्वरको मृत्युको प्रसंगबाट नित्सेले विनाशवाद वा शुन्यवादको कुरा उठाएका छन् । उनले आफ्नो भनाईलाई यथार्थ भन्दै कसैको पनि आफैंमा ‘इन्हेरेन्ट इम्पोर्टेन्स्’ छैन भनेका छन् । जीवनको उद्देश्य छैन । उनलाई लाग्दथ्यो, क्रिश्चियन नैतिक सिद्धान्तहरुले ईश्वरमा स्वभाविक विश्वास देखाए पनि यो वस्तुगत ज्ञानमा आधारित छैन । ज्ञान वस्तुगत नै हुनुपर्दछ । यो सम्भव छ । तर इसाइधर्म विनाशवादको आरम्भिक स्वरुपको विषनाशक पदार्थका रुपमा आएको छ । अर्थविहीनताको नैराश्यता हो यो । उनको भनाईमा खोजेजस्तो संसार त बनेकै छैन । हाम्रा सुखदुख, कामकारबाही तथा सोचाईले कुनै अर्थ राख्दैनन्, यी व्यर्थ हुन् । जबसम्म विनाशवाद (निहिलिज्म) लाई विजय गरिँदैन, कुनै संस्कृतिले पनि त्यस्तो साँचो जग भेट्टाउन सक्दैनन् जसका आधारमा यसको विकास हुन सकोस् । त्यसैले नित्सेका लागि ईश्वरको मृत्यु भनेको तत्वमीमांशाको अन्त्य हो । कामु र नित्सेको ईश्वर प्रसंग कोइरालाको प्रसंग भन्दा धेरै फरक छ ।

“ममाथि धर्मको ठूलो असर परेको छ ” – कोइराला 
कोइरालाको विचारमा माथिका दुई नास्तिकहरु जस्तो उष्णता देखिदैन । उनीहरु अत्यधिक नकारात्मक पनि छन् । कोइरालाले लेख्नुभएको छः “ममाथि धर्मको ठूलो असर परेको छ । तर कसैले सोेधे – ‘बिहान नुहाउँछस् कि नुहाउँदैनस् ? जनै लगाउँछस् कि लगाउँदैनस्? टुप्पी छ कि छैन ?आस्तिक होस् कि नास्तिक होस् ?’ मलाई यी प्रश्नहरु निरर्थक लाग्दछन् ।”

त्यसैगरि “देउता यस्ता हुन्छन् । चारमुखे शिवले सुनिरहेका होलान् । यो मलाई ृकोइरालालाईे पटक्कै लाग्दैन ।” शिव पुराणमा वर्णन भएका शिवको सम्बन्धमा जुन तथ्य छन् त्यो साँचो हो ? इतिहास हो ? भनी कसैले सोधे म प्रस्ट रुपमा होइन भन्ने छु भनेर कोइरालाले उल्लेख गर्नु भएको छ । गरुण पुराणमा मृत्युपछिको जीवनका बारेमा लेखिएको कुराहरुमा पनि वहाँलाई विश्वास छैन । यति कुराले नास्तिक हुने हो भने उहाँ नास्तिककै श्रेणीमा उभिन तयार हुनुहुन्छ । तर मन्दिरले उहाँलाई शितलता दिएको तथा पशुपतिनाथ वा विश्वनाथ गइरहने व्यक्ति हुनहुन्थ्यो ।

कोइरालाको कथन छः “मानवलाई एउटा भौतिक पदार्थ, भोजन इत्यादि चाहिन्छ । तर त्यसको साथसाथ एउटा त्यस्तो पनि तत्व चाहिन्छ, जो अर्को किसिमको खुराक, यो पेट भर्ने खुराक होइन कि त्यही धर्मले जुन खुराक दिएको छ, विश्वासको खुराक । जस्तो सूर्योदय हुन्छ, तपाईहरुले सूर्योदय हेर्दाखेरि मनमा एउटा प्रशन्नता आउँछ कि आउँदैन ? यो के हो ? देउता नमान्नुस्, धर्म नमान्नुस्, केही नगर्नुस्… रमाइलो लाग्नु नै, त्यो रमाइलोको अनुभूति हुनु नै त्यो धार्मिक अनुभूति हो । त्यसैबाट मानिसले एक कदम अगाडि बढेर भनिदिए ‘देउता उदाए’ ।”

मान्छेको जीवनमा करुणाको खाँचोका बारेमा कोइरालाले लेख्नुभएको छ । कामु र नित्से यस्तो मान्यता राख्दैनथे । कोइरालाको स्पष्ट भनाई छ “मलाई धर्मले, मन्दिरले कुनै किसिमको प्रभाव पारेको छ भने यसै किसिमबाट पारेको छ । मलाई यदि सुसंस्कृत बनाउँदछ, अर्काको दुख पीडामा संवेदनाको भावना ममाथि जागृत गर्दछ भने अरु कारणले पनि भएको छ, मन्दिरमा जाँदा मलाई झन् भएको छ ।” तर खाली के मात्र भने वहाँ मन्दिर गएर वा नगएर ईश्वरसँग दया माग्नुहुन्न । मलाई यसो गरिदेउ भन्नु हुन्न । कुनै दम्भले होइन । न त चाहिएभन्दा बढीको आत्मविश्वासले हो । कारण के हो भने “मभन्दा पनि वेसी खाँचो भएका मानिसहरु त्यहाँ पुगेका छन् र उसमा पूरा भरोसा पनि गर्दछन् । मैले त्यो देखिरहेको छु भने मेरो कुरा किन पूरा हुन्छ ? त्यसो हुनाले म भन्दा पनि भन्दिन, तर मन्दिरमा जाँदाखेरि मलाई एउटा संवेदनशिलताको, अर्काकाप्रति एउटा करुणाको भाव जागृत हुन्छ । मलाई लाग्दछ मेरो निम्ति मन्दिरको त्यो नै महत्व छ ।” वास्तवमा कोइरालाले आफूलाई प्रस्ट रुपमा संशयवादी (एग्नोस्टिक) भन्नुभएको छ । त्यो विचार गर्नुपर्ने कुरा हो । ‘एग्नोस्टिक’ भनेको धर्मसम्बन्धी मान्यतामा भएका संशयहरुलाई हटाउन नसकेको परिस्थिति हो । तर यो सोचाई त दार्शनिक बरुक स्पिनोजा र अल्बर्ट आइन्स्टाइनको पनि थियो । कोइराला र उनीहरु बीच के समानता छ त ? यो चाहिँ महत्वपूर्ण प्रश्न हो ।

‘एग्नोस्टिक’ कोइराला
भौतिक विज्ञानका सबैभन्दा ठूला वैज्ञानिक अल्बर्ट आइन्स्टाइन यहुदी थिए । उनलाई विभिन्न धर्महरुले प्रचार गरेजस्तो ईश्वरमा विश्वास थिएन । तर उनी आफुलाई अनीश्वरवादी भनी मान्दैनथे । यसरी आफ्नो सोचाई अलग राखिनुको उनको आफ्नै कारण थियो । आफूमा आफ्नो अस्तित्वको प्रवृत्तिका बारे बौद्धिक ज्ञान नभएका कारण आफूमा नम्र दृष्टिकोणको विकास भएको उनको सोचाई थियो । संसारको संरचनालाई जुन हदसम्म विज्ञानले वर्णन गर्न सकेको छ, त्यसप्रति उनी अचम्भित थिए । प्रकृतिमा रहेको सामञ्जस्यता यदि ईश्वर हो भने त्यस हदसम्म उनी आफूलाई ईश्वरपरस्त मान्दथे । यस अर्थमा ब्रह्माण्डको संरचना र यसको रीतिमा जुन अनुपम सिर्जना देखिन्छ, त्यसका अगाडि मान्छेको शक्तिको केही लाग्दैन । यसबारे आइन्स्टाइन सजग थिए । उनी डच दार्शनिक बरुक स्पिनोजाको भनाई मन पराउँथे । ईश्वरको अस्तित्व छ, तर त्यो अमूर्त र अव्यक्तिगत छ । प्रकृति र ईश्वरमा स्पिनोजाले फरक देखेनन् । कतिपयले ईश्वरको अस्तित्व मान्दैनन् तर ब्रह्माण्डका बारेमा भने निश्चय नै सोच्दछन् । कोइरालाको पनि यस्तो सोचाई थियो ।

कुनै अपारशक्तिमान ईश्वर विना पनि ब्रह्माण्डलाई वर्णन गर्न सकिन्छ भन्ने उनीहरुको दाबी हुन्छ । वैज्ञानिक अनुसन्धानले अन्धविश्वासलाई पखाल्छ । यसले मान्छेलाई कारण तथा परिणाम (कज एण्ड इफेक्ट) का रुपमा सोच्नलाई बाध्य गर्दछ । उच्चस्तरको प्रत्येक अनुसन्धानको पछिल्तिर संसारको तार्किकता र अबोधगम्यता रहेको देख्न सकिन्छ । त्यहाँ उच्चस्तरको मष्तिष्क देखिन्छ । यदि त्यो मष्तिष्कलाई ईश्वर भन्ने हो भने त्यहाँ एउटा तर्क अवश्य छ । आइन्स्टाइनको ईश्वरको अवधारणा त्यही हो । उनले ईश्वरको यस्तो अवधारणाका बारे प्रष्ट रुपमा उल्लेख गरे पनि मृत्युपछिको जीवन हुन्छ भन्ने कुरामा विश्वास गरेनन् । नैतिकताको कुरालाई पनि ईश्वरसँग जोडेनन् । नैतिकताको विषय सांसारिक हो भन्ने कुरामा उनी स्पष्ट थिए । यसको पछाडि कुनै दैव छैनन् । आफ्नो सृष्टिका जीवहरुलाई पुण्य प्रदान गर्ने वा सजाय गर्ने ईश्वर आइन्स्टाइनले सोचेको देखिँदैन । मनमा डर भएकाले यस्तो सोचिएको हो भन्ने उनको भनाई थियो । आफ्नै अनुहार जस्तो स्वयंकृत ईश्वर बालबालिकाको सोचाईजस्तो भएको भनी आइन्स्टाइनले भनेका छन् । यदि यस्तो हो भने अब्राहमले भनेजस्तो ईश्वर व्यक्तिको रुपमा सृष्टिकर्ता पनि होइन । न त तिनले रिस वा घमण्ड गर्दछन्, न त आफ्नो देवदूतहरुसँग वार्ता गर्दछन् । ईश्वरले कसैलाई सजाय गर्ने भन्ने पनि हुँदैन । कसैलाई पुल्कित गर्ने वा वरदान दिने भन्ने पनि हुँदैन । यी कथनहरुबाट प्रष्ट हुन्छ कोइराला र आइन्सटाइको सोचाईमा रहेको समानता ।

कतिपय अनीश्वरवादी मान्छे पछि गएर ईश्वरको शरणमा गएको पनि देखिन्छ । महात्मा गान्धीकी उपासक बेलायतकी एन्नी बसन्त ठूलो समाजवादी थिइन । उनको सुरुको अनीश्वरवादी सोच पछि ईश्वरवादी हुन पुग्यो । उनी हिन्दू बन्न पुगिन् । कति मान्छे कहिल्यै गलेनन् । जस्तो चिनीयाँ कम्युनिष्ट पार्टीका नेता माओत्से तुङ्ग तथा भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरु जीवनपर्यन्त नास्तिक नै रहे । पहिलोले त धर्म र देवीदेवता सिद्धयाउन सांस्कृतिक क्रान्ति नै गरे । इजरायली नेता मोशेदायन वा गोल्डामेयर, सोभियत संघका महासचिव निकिता खुश्चेव, क्याम्बोडियाका क्रान्तिवीर पोलपोट, बेलायतका प्रधानमन्त्री जेम्स् कालाघान वा क्लेमेण्ट एटली कसैलाई पनि ईश्वरमा विश्वास थिएन । उनीहरु धर्म मान्दैन थिए । फ्रान्सेली क्रान्तिताका कतिपय राज्यहरुले देशलाई धर्म निरपेक्ष कायम गर्न चाहेनन् । उनीहरुले लाज नमानी राज्य अनीश्वरवाद (स्टेट एथिज्म) कै घोषणा गरेका थिए । सन् १९१७ को मेक्सिकोको संविधानले पनि यस्तै ग¥यो । माक्र्सवादी लेनिनवादी विचारमा ईश्वरको स्थान छैन । उन्नाइसौं शताब्दिमा इतिहास, अर्थशास्त्र तथा समाजशास्त्रका प्रगतिशील तथा चर्चित व्यक्ति मध्ये कार्ल माक्र्सको नाम सबैभन्दा अगाडि आउँछ । उनको भनाइमा धर्म भनेको अफिम हो, शोषित पीडित जनतालाई लट्ठ पार्न र क्रान्तितर्फ उन्मुख नहुने गराउन यसको सिर्जना गरिएको हो । रुसी क्रान्ति नायक भ्लादिमिर लेनिनले पनि त्यस्तै भन्थे । तर धर्म कहिल्यै मासिएन । यो पक्षको अर्को विश्लेषण हुन सक्छ । कोइराला यो हदसम्म गएको देखिँदैन ।

कोइरालाकै साहित्यिक समकालीन स्व. महाकवि लक्ष्मीप्रसाद देवकोटोले आफूलाई नास्तिकहरुकै सूचीमा उभ्याएको पाइन्छ । वहाँ क्यान्सर रोगबाट जानुभयो । खण्डकाव्य मुनामदन (ईश्वर तैले रचेर फेरि…) वा यात्री कविता (भित्र छ ईश्वर बाहिर आँखा, खोजी हिँड्छौ कुन पुर ? ईश्वर बस्दछ गहिराईमा, सतह बहन्छौ कति दूर?…) बाट देवकोटाको पर्याप्त मूल्यांकन हुन सक्छ । बाँच्ने आस नभएपछि अन्तिम प्राण त्याग्न लगिएको ठाउँ पशुपति आर्यघाटबाट फर्काइएपछि वहाँलाई शान्तभवन अस्पताल लगिएको प्रसंग चर्चित छ । त्यहाँ वहाँले आफ्ना साथी हरि श्रेष्ठका लागि जीवनको अन्तिम कविता लेख्नु भएको थियो । एउटा नास्तिकको सरल उपमा पाएका उनको नास्तिक हुनुको वेदना अन्ततः यस्तो थियोः

संसार रुपीसुख स्वर्गभित्र । रमे रमाएँ लिई भित्रचित्र ।।
सारा भयो त्यो मरुभूमितुल्य । रातै परेझैं अब बुझ्छु बल्ल ।।
रहेछ संसार निशा समान । आएन ज्यूँदै रहँदा नि ज्ञान ।।
आखिर श्रीकृष्ण रहेछ एक । न भक्तिभो ज्ञान, न भो विवेक ।।
महामरुमा कणझैं म तातो । जलेर मर्दो लिनु आश लाटो ।।
सुकिरहेको तरुझैं छु खाली । चिताग्नी तापी जल डाल्न थाली ।।
संसार आफ्नो सब नै गुमाएँ । म शून्यमा शून्यसरि बिलाएँ ।।
जन्मेँ म यो स्वर्गविषे पलाएँ । आखिर भई खाक त्यसै बिलाएँ ।।

देवकोटाको यो मृत्युकालीन प्रसंगको बारेमा कोइरालाले लेखे बोलेको देखिँदैन । उहाँको आफ्नै मृत्युकालिन धारणा कस्तो थियो ? मृत्युको मुखमा उहाँले ईश्वरका बारेमा केही भन्नुभयो कि ? क्यान्सरको बिरामीको दिमागी अवस्था सँधै शून्य हुँदैन । वहाँका आफन्त र अन्तिम दिनका सहयोगीहरुले भन्न सक्दछन् । तर कतिपय आस्तिकहरु ईश्वरसँगको हिसाबकिताब नमिलेर कुनै बेला नास्तिक भएका पनि देखिन्छन् । जस्तो आदिकवि भानुभक्त आचार्य पछिका अर्का कवि पतञ्जली गजु¥यालको नाम यहाँ लिन सकिन्छ । उनी भानुभक्तभन्दा नौवर्ष कान्छा थिए । उनलाई ईश्वरवादी (वा प्रभुपरस्त) भने पनि हुन्छ । हरिभक्तमाला उनेलै लेखेका हुन् । त्यसमा पनि उनले काशीवास गरी केही वर्ष लगाएर ज्योतिषशास्त्र नै पढेका थिए । यति ईश्वरवादी भए पनि एक ठाउँमा उनले यस्तो लेख्न पुगेका रहेछन्ः

“बाब्बा तपस्विले पियार गरि मागे माया । 
माया रहेनछ हजुरसँग सास्ति खायाँ ।”

कसैले यति ठाडो गरी सास्ती खाएको कुरा लेख्दैनन् । कवि शिरोमणी लेखनाथ पौड्यालको कृति तरुण तपसी’ मा लेखिएको छ ः

“यो दुख भोग्ने परमेश्वरै हो ।
यो देह उनको रहने घरै हो । 
यो भत्कँदा दुख अवश्य मान्छ ।
सुटुक्क सामान लिएर जान्छ ।”

प्रारब्धको कुरा
“म प्रारब्धलाई मान्दछु । मैले आफ्नो बाबुआमा आफैं चुन्न पाइँन । पहिले नै चुनिए । मैले समाज चुन्न पाइन । पहिले नै चुनियो । मैले आफ्नो बुद्धिको क्षमता चुन्न पाइँन, मैले आफ्नो छाला गोरो कालो कस्तो हुने हो त्यो चुन्न पाइँन । यी धेरै महत्वपूर्ण कुराहरु पहिले नै कसैले चुनेर मलाई दिइदिए । त्यही हो प्रारब्ध । त्यही हो नियति ।”जीवनमा यसको महत्व कोइरालाले देख्नुभएको छ ।

अधिकारी संवैधानिक कानुनका विज्ञ हुनुहुन्छ । वहाँद्वारा संकलित बीपी कोइराला आर्काइभ्स् एण्ड रेकर्डस् (bipinadhikari.com.np/bpkoirala-archives) पनि इन्टरनेटमा उपलब्ध छ ।