BP Thoughts

It contains my thoughts on BP Koirala as a statesman.

“कुनै ‘हार्डलाइनर’ हरुको तत्कालीन विजय उनीहरुको दिगो विजय हो जस्तो मलाई लाग्दैन” … “नेपालको भविष्य छ भने हामि एक त हुन्छौं हुन्छौं ” – बी. पी. कोइराला

 [pdfjs-viewer url=”https%3A%2F%2Fbipinadhikari.com.np%2Fwp-content%2Fuploads%2F2020%2F03%2FBPK-Interview.pdf” viewer_width=100% viewer_height=1360px fullscreen=true download=true print=true]                            बि. पी. कोइरालाको अप्रसारित अन्तर्वार्ता (२०७६ माघ)

नेहरुको मृत्युताका हिन्दुस्तानको हालत

“हिन्दूस्तानको हालत बडो नराम्रो छ – आर्थिक, सामाजिक, राजनीतिक दृष्टिबाट । १७ वर्षसम्म नेहरुले एकछत्र राज्य गरे अंग्रेजबाट पाएको सुसंगठित शासन व्यवस्थालाई उत्तराधिकारमा पाएर । १७ वर्षको अविच्छिन्न शासन एउटै व्यक्ति तथा एउटै पार्टीको हातमा रह्यो । यस्तो सुयोग इतिहासमा…

‘सन्यासको सिद्धान्त या त एकदम युक्तिसंगत छैन, या त्यो मृत्यु दर्शन हो’: बीपीको समालोचना

” निष्काम कर्मको अर्थ निष्कर्ष हो भने तर्कको युक्तिसंगति बुझेर हिन्दूदर्शनले अर्को पक्ष पनि लिएको छ– त्यो हो सन्यास, जसको अर्थ पूर्ण कर्म–निवृत्ति (टोटल एब्स्टेन्सन फ्रम वर्क) हो । तर संन्यास दर्शन पनि तर्कको असंगतिले पीडित छ । पूर्ण कर्म…

के जवाहरलाल नेहरुको जीवनलाई सफल भन्न सकिन्छ ?

“के उनको [जवाहरलाल नेहरुको ]जीवनलाई सफल भन्न सकिन्छ? हिन्दूस्तानको स्वतन्त्रताको पछि लगत्तै प्रधानमन्त्री भएर १७ वर्षसम्म देशको एकछत्र राज्य गरे । प्रजातान्त्रिक व्यवस्थामा यदि सर्वेसर्वा कोही व्यक्ति इतिहासमा भयो भने नेहरु नै भए । साम्राज्यवादको विरुद्ध राष्ट्रिय संग्राममा सेनानी भएकोले…

नेहरुको मृत्यु सम्बन्धमा बीपीका भावनाहरु

“जवाहरलालजीको मृत्युको सम्वाद सुनेदेखि मन बडो बेचैन छ । थामीथामी मनमा हुक उठ्छ । कतिचोटि कोठामा आएर एक्लै रोएँ । रोएपछि लाग्थ्यो मन केही हलुको भयो । कस्तो आस्था, विश्वास र स्नेह रहेछ ममा तिनका प्रति । पितातुल्य भाव–मूर्ति बनाएर…

जेल जर्नलमा बीपीको समाजवादी धारणा

बिरामी हुँदा बीपीले शैलजा उपाध्यायको उपस्थितिमा कानुनविद गणेशराज शर्मा लाइ भन्नुभयो: “‘मैले नेपाली कांग्रेसको इतिहास लेख्नु धेरै आवश्यक थियो । अब सक्तिनँ र शैलजाले त्यो गर्छे । उसले मेरा कुराहरु बुझेकी छु । म मरेपछि नेपाली कांग्रेसमा मेरो भूमिकाको बारेमा…

राजनीतिज्ञहरुको बढ्दो हत्या

बीपीको भनाइमा “लुमुम्बाको हत्या बन्दी अवस्थामा निर्ममताको पराकाष्ठा हो।” पत्रपत्रिकामा पढेका आधारमा उनले बदलाको भावनाले प्रेरित भएर यो हत्या–काण्ड गरिएको उल्लेख गरेका छन । लुमुम्बाको हत्याले बीपीलाई उदास बनाएको देखिन्छ। बन्दि अवस्थामा रहेका सबैको मनमा यसले ठूलो चोट पारेको र…

केनेडीको हत्या

“केनेडीको हत्याको खबरले हामी यहाँ सबै स्तब्ध भयौं । अमेरिकामा यसप्रकारको कारवाही हुन सक्छ – राजनीतिक विरोधले यतिसम्म सीमोल्लघंन गर्न सक्छ कि राष्ट्रपतिको हत्या होस् – भन्ने कल्पना थिएन मलाई । ठीक १०० वर्षपछि (लिङ्कन १८६५ मा मारिएका थिए) अर्को…

४९ वर्षको उमेरमै वार्धक्य ?

“के भएको हो ? वार्धक्यको लक्षण पनि हुन सक्छ, तर यसप्रकारको कुण्ठितता बुद्धिमा यति छिटै आउनु नपर्ने, र वार्धक्य पनि अहिले ४९ वर्षको उमेरमै ममा आइसक्यो भन्न सक्तिनँ, कमसेकम बुद्धि भ्रष्ट पार्ने उमेर त भएको छैन; उमेर छिप्पिएको मात्रै हो,…

Protected by Security by CleanTalk