Warning: Attempt to read property "name" on bool in /home/bipinadh/public_html/wp-content/themes/personal/template-parts/content-single.php on line 13
...
राम्रा-राम्री र सुन्दरताको कुरा

Warning: Undefined variable $post in /home/bipinadh/public_html/wp-content/themes/personal/functions.php on line 281

Warning: Attempt to read property "ID" on null in /home/bipinadh/public_html/wp-content/themes/personal/functions.php on line 281

Warning: Undefined variable $pinterest_icon in /home/bipinadh/public_html/wp-content/themes/personal/functions.php on line 430

धार्मिक कथा तथा साहित्यहरुमा राम्रा राम्रिको प्रसङ्ग निकै आउंछ I केहि संस्कृत साहित्य बाट चर्चामा आएका छन् I केहि अझ पुराना मिथक हुन I महाभारतकी पांच पाण्डव कि पत्नी द्रौपदी धेरै राम्री मानिन्थिन। उनलाई मन पराउनेको कमि थिएन I तर उनले अर्जुनलाइ मात्र मन पराइन् । उनको कालो वर्णले उनलाई नराम्रो बनाएन I

उर्वशिलाई इन्द्रको दरबारको सबैभन्दा राम्री अप्सरा भनि वर्णन गरेको पाइन्छ I मेनकाको रुप झनै थाम्न नसकिने मानिन्थ्यो। तिलोत्तमा त्यस्तै नाम चलेकी अप्सरा थिइन I अहिले नेपालमा तिलोत्तमाको नाममा एउटा नगरपालिकाको पनि गठन भएको छ I

राम पत्नी सिता अप्सरा नभएपनि अति राम्री मानिन्थिन I रुप र चरित्र दुबैमा उनको चर्चा हुन्थ्यो I उनको स्वयम्वरमा संसारभरिका युवराजहरुले भाग लिएक थिए रे । तर उनले शिव धनुमा ताँदो चढाउन सफल रामलाइनै वरण गरिन। शिव पत्नी पार्वतीलाइ त्रिपुरासुन्दरी भनिएकै छ I गौतम मुनिकी पत्नी अहिल्या राम्री मात्र होइन कि उनलाई १६ वर्षे य़ौवना रही रहने वरदान प्राप्त थियो I उनलाई ब्रम्हाकी छोरी भनिन्छ। रुप र चरित्र दुबैमा उनको नाम आउँछ। विष्णु पत्नी सरस्वति धेरै गोरी थिइन् भनिन्छ I उनि गोरी सुकिली मात्र नभई विद्यादायिनी पनि मानिएकी छन् I

कामदेवकि पत्नी रति राम्री मात्रै नभई कामिनी पनि मानिन्थिन I शकुन्तलाकी आमा मेनका को झन् के कुरा गर्नु । १६००० वर्ष देखिको ऋषि विश्वामित्रको तपस्या यिनैले आफ्नो रुप र भंगीमाले भंग गराइन I मोहिनी अर्की सुन्दरी हुन् – देख्ने जति सबैलाई मोहित पार्ने । रावणकी पत्नी मंदोदारी यति राम्री थिइन कि सुन्दरतामा नाम चलेकी सिता खोज्न लंका गएका हनुमानलाई यिनै सिता हुनकी ? भनेर झुक्किएको रामायणमा उल्लेख छ I

सिंधु उपत्यकाका अवशेषहरुमा पाइएको यक्षिणीको मूर्तिले पनि सुन्दरताको एउटा नमुना देखाउंछ । अजंता र एलोराका गुफाहरुपनि सुन्दरीहरुको चित्र कम देखिंदैनन। सुन्दरताको प्रतिमूर्ति भनिने देवदासि र आम्रपाली, वसंतसेना र चित्रलेखा जस्ता राजनर्तकिहरुको वर्णन पनि साहित्यमा अझै चर्चित छ ।

राम्रो देखिन केटाहरुले पनि बलगरेका छन I वालक तथा केटौले कृष्णले मयूरपंखी मुकुट र करधनी धारण गरेको देखिन्छ। उनले भनेका छन् – आभूषणको आवश्यकता केटाहरुलाइ बढी हुन्छ किनकि केटीहरु त सुन्दरताले यसै परिपूर्ण हुन्छन । भगवान कृष्ण र भगवान राम दुवै कालै मानिन्छन । गोरो वर्ण प्रतिको आसक्तिले उनीहरुमा कुण्ठा थपेको देखिन्दैन । एउटाले धर्म ज्ञानबाट सुन्दरता आर्जन गरे, अर्काले मर्यादा पुरुषोत्तम भएर. पहिलोले राधाको मुस्कानमा जीवन खोजे, दोस्रोले सीताको सरलतामा ।

हिन्दि फिल्मका प्रशिद्ध नायिकाहरु हेमा मालिनी, वहीदा रहमान वा वैजयंती मालामा को राम्री ? निर्णयकर्ताले एउटालाई मात्र छान्दा जस नपाउलान I अचेल कि ‘टप’ हिरोइन दिपिका पादुकोने ययसै श्रेणी कि नायिका हुन् कि?

अंग्रेजी भाषाका कवि शेक्सपियर भन्दछन “सौंदर्य हेर्ने मान्छे को आँखामा हुन्छ”। त्यसो भए के राम्रो नराम्रो भन्ने कुरा व्यक्तिगत अनुभूति मात्र हो त? अमेरिकी निबंधकार राल्फ वाल्डो इमर्सन थप्दछन “कहिले पनि केहि राम्रो हेर्ने मौका नछोड। सत्य के हो भने सुन्दरता इश्वरको लेखोट हो I प्रत्येक अनुहारमा, धोइसफा भएको आकासमा, हरेक फूलमा उसैको लेखोट देखिनेछ .. र हे भगवान, यस सौंदर्यका लागि हामि तिमीप्रति आभारी छौं ।” के बाँकि रह्यो त अब ?

धेरै कुरा बाँकी छन I प्रेम, धैर्य, त्याग, सर्मपण र सरलता विना सुन्दरताको अवधारणा धेरै टिकाउ हुँदैन। इश्वर त्यसैमा हुन्छ। यस अर्थमा सुन्दरता चिरस्थायी हुन्छ। समय बित्दै जाँदा चाउरी पर्ने बेलामा पनि सुन्दरता पखालिन्छ कि भनि पिर मान्नु पर्दैन। यो कुरामा पनि गान्धी सधैँ झैँ सहि देखिन्छन “वास्तविक सोन्दर्य हृदयको पवित्रतामा हुन्छ ।

महाकवि कालिदासको रचना ‘कुमारसंभव’ संस्कृतका मुख्य महाकाव्यहरु मध्ये एक मानिन्छ। झट्ट हेर्दा नेवारीमा ‘स्वस्थानी’ लेख्ने पण्डितले ‘कुमारसंभव’ बाटै प्रेरणा लिएको हो कि? भन्ने पनि लाग्दछ I यसमा कालिदासले हिमालयवर्णन, पार्वतीको तपस्या, ब्रम्हचारीको शिवनिंदा, वसंत आगमन, शिवपार्वती विवाह र रतिक्रिया वर्णन गरेका छन्। उनले हिमकन्या पार्वतीको निकै वर्णन गर्दछन – कहिले बाला पार्वतीको रुपमा कहिले तपस्विनी पार्वतीको रुपमा । पार्वती विनयवती पनि देखिन्छिन; रुपवती पनि देखिन्छिन। सुन्दरतालाइ कालिदासले लट्पट्याउंदै अतिरिक्त क्रियाकलाप सम्म पुर्याउंछन। विचरा शिवलाइ मूलपात्रका रुपमा उभिन शक्ति र क्रोधको सहारा लिनु पर्ने अवस्था हुन्छ । कतिपयको भनाइ छ, शिवपार्वतीको गोप्य क्रियाकलाप वर्णन गरेको पाप लागेर कालिदासको जिउमा कुष्ठ उम्रियो। अनि उनले ‘कुमारसंभव’ लाइ आठ सर्ग भन्दा अघि लान सकेनन। त्यो काम अरुले गरे । घुमिफिरी धार्मिक साहित्य सिर्जना पनि सुन्दरताको कल्पना भन्दा बाहिर जान गार्हो पर्ने रहेछ ।


Warning: Undefined variable $post in /home/bipinadh/public_html/wp-content/themes/personal/single.php on line 81

Warning: Attempt to read property "ID" on null in /home/bipinadh/public_html/wp-content/themes/personal/single.php on line 81