नयाँ संविधान जारी गर्न शुक्रबार भदौ २५ गते देखि नै संविधानसभामा मतदानको प्रकृया सुरु हुने भएको छ। नेपाली काँग्रेस. एमाले र एनेकपा माओवादी को सहमति का आधारमा यस्तो निर्णय लिइएको हो I

तराइ मधेसमा भैरहेको आन्दोलनका आन्दोलनकारी दलहरुसँग वार्ता हुन नसकेको अहिलेको परिस्थितिमा सभाको प्रक्रियामा यति हतार गर्नु हुन्थेन I संविधान बिधेयक आइसकेको अवस्थामा अब मश्यौदालाइ लिएर धेरै ढिलो हुने अवस्था छैन I बाँकि रहेको भनेको केवल दफाबार छलफल र मतदान मात्र हो I त्यसैले यसमा धेरै हतार गर्नुको औचित्य छैन I केहि समय यो अघिल्लो प्रक्रियालाई स्थगन गरेर भएपनि असन्तुस्ट पक्षसंग सबै पक्षले सहमति कायम गर्न प्रयाश गर्नु पर्छ I मुख्य तीन दलहरुले जसरि बार्ताको ढोका खुल्ला राख्दै संविधान निर्माणलाई मतदानको प्रकृयामा लैजाने निश्कर्षमा पुगेका छन् त्यो राम्रो कुरो होइन I यस सम्बन्धमा आवश्यक तयारी र व्यवस्थापन गर्न सभाध्याक्ष सुवास नेम्वाङले संविधानसभा सचिवालयलाई निर्देशन दिएका छन्। यस बीचमा दलहरुले आन्दोलनकारी पक्षहरुसँग संवादको प्रयोगलाई जारी राख्ने छन् भनिएको छ । तर तिन दलहरुले परिस्थिति नाबुझेकोंई देखिन्छ I

संविधानका हरेक प्रावधानलाई मतदानबाट टुंगो लगाएर भदौं मसान्तभित्रै संविधान जारी गर्ने कार्यतालिकाअनुसार प्रक्रियालाई तीव्रता दिइएको हो । संविधानसभा सचिवालयले शुक्रबारदेखि सुरु हुने मतदानका लागि प्राविधिक गृहकार्य सुरु गरेको छ ।

सभाध्याक्ष सुवास नेम्वाङले संविधानको बिधेयकमाथिको दफावार छलफल सकेर शुक्रबार नै मतदान सुरु गर्ने जानकारी पहिलेदेखिनेनै दिएका थिए । उनले भनेका थिए “अब प्रकृया रोकिदैन भदौभित्रै संविधान जारी हुन्छ ।”

संविधान सचिवालयले भदौमसान्तभित्रै संविधान जारी गर्नका लागि कार्यसुची तय गरिसकेको छ । संविधानको विधेयकमाथि पचासभन्दा बढी संशोधन पेश गर्ने र सभासद्ले बोल्ने क्रम अस्ति नै सकिएको छ । आन्दोलनकारीसंग बार्ता गरेरै जादा पनि धेरै ढिलो हुदैन । यसमा सबै गम्भिर हुनुपर्ने बेला छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *