प्रदेश लोकसेवा आयोगको संविधान सम्मत गठन तथा प्रादेशिक कर्मचारी आपूर्तिको प्रसङ्ग
प्रदेश २ को सरकारले प्रदेश भित्रको रिक्त दरबन्दीका लागि कर्मचारी भर्नाको अधिकार प्रदेशमै रहेको भन्दै नयाँ भर्ना विज्ञापन नगर्न संघीय लोकसेवा आयोगलाई पत्र लेखेपछी प्रदेश लोकसेवा आयोग सम्बन्धि विवाद सतहमा आएको छ I
संविधानको धारा २४४ ले प्रत्येक प्रदेशमा प्रदेश लोक सेवा आयोग रहने व्यवस्था गर्दै त्यस्तो आयोगको गठन, काम, कर्तव्य र अधिकार प्रदेश कानुन बमोजिम हुने, तर त्यस्तो कानुन बनाउँदा संघीय संसदले कानुन द्वारा तोकेको आधार र मापदण्ड बमोजिम प्रदेश कानुन बनाउनु पर्ने बाध्यता छ I अहिले सम्म संघीय सरकारले संविधानको प्रावधान बमोजिम त्यस्तो ऐन ल्याई सकेको छैन I यसले प्रदेश सरकारहरु मारमा परेको छन् I
यसै प्रसंगमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले हिंजो लोक सेवा आयोगलाई पत्र लेखेर प्रदेश २ को प्रदेशस्तर र १ सय ३६ स्थानीय तहको हकमा कर्मचारी भर्नासम्बन्धी विज्ञापन नगर्न आग्रह गरेका हुन् । कर्मचारी समायोजनपछि तीनवटै तहमा अझै ३७ हजार कर्मचारी अपुग छन् । कान्तिपुर दैनिक अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालै सबै स्थानीय तहलाई पदपूर्तिका लागि माग फाराम पठाउन पक्राचार गरेको थियो । स्थानीय तहमा रिक्त पदमा यथाशीघ्र पूर्ति गर्नुपर्ने भएकाले प्रदेश लोकसेवा आयोग गठन नभएसम्म रिक्त पदहरूमा केन्द्रीय लोकसेवा आयोगमार्फत विज्ञापन गरिने पत्रमा उल्लेख थियो ।
रिक्त दरबन्दीमा संघीय सरकारले केन्द्रीय लोकसेवा आयोगमार्फत पदपूर्तिको सुरसार गरेपछि प्रदेश २ ले आपत्ति जनाउँदै उक्त अधिकार प्रदेश सरकारसँग रहेको उल्लेख गरेको हो । मुख्यमन्त्री राउतले प्रदेश लोकसेवा आयोग गठनसम्बन्धी विधेयक अन्तिम चरणमा रहेको र त्यसलगत्तै प्रदेश लोकसेवा आयोग गठन गर्ने तयारीमा प्रदेश सरकार रहेको पत्रमा उल्लेख गरेका छन् । उनले संविधानको विभिन्न धारालाई उद्धृत गर्दै प्रदेश र स्थानीय तहमा कर्मचारी भर्नाको अधिकार प्रदेश कानुनअनुसार हुने व्यवस्थातर्फ आयोगको ध्यानाकर्षण गराएका छन् । त्यस्तै, धारा २८५(३) मा प्रदेश मन्त्रिपरिषद्, गाउँपालिका र नगर कार्यपालिकाले आफ्नो प्रशासन सञ्चालन गर्न आवश्यकताअनुसार कानुनबमोजिम विभिन्न सरकारी सेवा गठन र सञ्चालन गर्न सक्ने उल्लेख छ ।
सरकारले हालै १ लाख ३१ जना कर्मचारीको तीनवटै तहमा समायोजन गरेको छ । स्वीकृत दरबन्दीअनुसार तीनवटै तहका लागि अझै ३७ हजार कर्मचारी अपुग छन् । प्रदेशका लागि करिब साढे ८ हजार र स्थानीय तहका लागि १६ हजार कर्मचारी दरबन्दी रिक्त रहेको बताइन्छ ।
संविधानको भावना अनुसार संघीय सरकारले यथाशक्य चांडो आधार र मापदण्ड उल्लेख गरी कानुन बनाई प्रदेश्हरुलाइ आफ्नो प्रादेशिक लोक सेवा आयोग ऐन निर्माण गर्न र आवश्यकता अनुसार कर्मचारी भर्ना गर्ने बाटो खोल्न सहयोग गर्नु आजको आवश्यकता हो I

Related Posts
Nepal’s Supreme Court Orders Against Prime Minister Prachanda Over Responsibility for Insurgency Deaths
सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग ऐनको संशोधन विधेयक
Artificial Intelligence (AI) Development and Its Law and Ethics in Nepal
किसुनजीलाई बीपीले दिएको संज्ञा ‘इन्करिजिबल अप्टिमिस्ट’
President Paudel summons constitutional experts to discuss formation of new govt
UML Chair Oli prepares for premiership as Dahal-led govt fails to secure trust vote
सर्वोच्च प्रशासनको सूचनाले न्यायाधीश नै असन्तुष्ट, ‘जिरो आवर’मा छलफल हुने