Warning: Attempt to read property "name" on bool in /home/bipinadh/public_html/wp-content/themes/personal/template-parts/content-single.php on line 13
...
प्राध्यापक उपेन्द्रमान मल्लले गरे ‘नेपाल एक सङ्क्रमणकालीन देश’ को बिमोचन

Warning: Undefined variable $post in /home/bipinadh/public_html/wp-content/themes/personal/functions.php on line 281

Warning: Attempt to read property "ID" on null in /home/bipinadh/public_html/wp-content/themes/personal/functions.php on line 281

Warning: Undefined variable $pinterest_icon in /home/bipinadh/public_html/wp-content/themes/personal/functions.php on line 430

काठमाडौं । नेपालका विभिन्न विद्वानको लेख समावेश भएको पुस्तक प्राध्यापक उपेन्द्रमान मल्लले आज विमोचन गरे । मण्डला बुक प्वाइन्ट, एजुुकेशनल बुक हाउस तथा आदर्श इन्टरप्राइजेज नयाँदिल्लीद्वारा संयुक्तरुपमा आयोजित कार्यक्रममा सो पुस्तक उनले विमोचन गरेका हुन ।

नेपाल एक सङ्क्रमणकालीन देश नामक उक्त पुस्तकमा डा त्रिरत्न मानन्धर, दिल्लीराम दाहाल, विपिन अधिकारी, दीपेन्द्र अधिकारी, मदनकुमार दाहाल, द्वारिका ढुङ्गेल, मोहन लोहनी, निश्चलनाथ पाण्डे, रविराज थापा, चिरजङ्ग थापा, आदित्यमान श्रेष्ठ, चिरञ्जीवी भण्डारी, राजीव तिमिल्सिना तथा दीपक ज्ञवालीका लेखहरु समावेश भएका छन् ।

एक सय पृष्ठको पुस्तकमा लेखकहरुले माओवादी जनयुद्ध, इतिहास, नेपालमा कमजोर प्रजातन्त्र, धर्मनिरपेक्षता, नेपाल मण्डल, धार्मिक सभ्यता र दक्षिण एशियाली मुलुकलगायत विषयमा चर्चा गरिएको थियो ।

सो अवसरमा प्राडा मल्लले देशको आर्थिक विकासका लागि शिक्षाको महत्व उच्च रहेको बताउँदै यो पुस्तक युवा पुस्ताका लागि उपयोगी हुने विश्वास व्यक्त गरेका थिए ।

समीक्षक मधुकरशम्शेर राणा तथा डा अभि सुवेदी, डा त्रिरत्न मानन्धर र मण्डला बुक प्वाइन्टका कार्यकारी निर्देशक माधवलाल महर्जनले पुस्तकमा नेपाल, भारत तथा चीन बीचको त्रिपक्षीय सम्बन्धलाई उजागर गरेको बताए । पुस्तकको सम्पादकमा द्वारिकानाथ ढुङ्गेल तथा मदनकुमार दाहाल रहेका छन् ।


Warning: Undefined variable $post in /home/bipinadh/public_html/wp-content/themes/personal/single.php on line 81

Warning: Attempt to read property "ID" on null in /home/bipinadh/public_html/wp-content/themes/personal/single.php on line 81