प्रेस विज्ञप्ति
५ भाद्र २०७५, काठमाडौं ।
मदन भण्डारी फाउण्डेशनले बेल्ट एण्ड रोड इनिसिएटिभ: भू–राजनीतिलाई भन्दा पूर्वाधार विकासलाई प्राथमिकता शीर्षकमा एक संवाद कार्यक्रम आयोजना गर्यो । उक्त कार्यक्रमका प्रमुख वक्ता सिचुवान विश्वविद्यालय चीन स्थित दक्षिण एशियाली अध्ययन केन्द्रका प्रमुख प्राध्यापक डा. दाइ योङहोङ हुनुहुन्थ्यो । कार्यक्रमको अध्यक्षता काठमाडौं विश्वविद्यालय स्कुल अफ ल का डिन डा. विपिन अधिकारीले गर्नु भएको थियो ।
उक्त बेल्ट एण्ड रोड इनिसिएटिभ: भूरानीतिलाई भन्दा पूर्वाधार विकासलाई प्राथमिकता शीर्षक प्रस्तुतीको सारांश यसप्रकार रहेको छ:
ल्ट एण्ड रोड इनिसिएटिभ चिनियाँ राष्ट्रपति सि जिनपिङले सन् २०१३ मा अघि सारेको विश्वव्यापी प्रस्ताव भएपनि आजको समयमा यो कार्यक्रम चीनको एक्लो प्रस्ताव नभएर विश्वव्यापी सहमतिको विषय भैसकेको छ । नेपालि सहित विश्वका ६७ देशले बीआरआई मा चीनसंग सहकार्य गर्न सम्झौता गरेका छन् ।
नेपालले आफ्नो विकासका निम्ति उत्तर र दक्षिण फर्कनुको सट्टा विश्वव्यापी दृष्टिकोण राख्नुपर्छ । बीआरआई विकासको कुनै एउटा पक्षलाई मात्र ध्याने दिने कार्यक्रम होइन, यसले ठूला पूर्वाधार निर्माण, व्यापार विस्तार, जनस्तरको सम्वन्ध विकास, शिक्षा, स्वास्थ्य लगायत गरिवी निवारणलाई पनि समेटेको छ । व्यापार र लगानीका लागि विकासशील मुलुकलाई आर्थिक श्रोत उपलव्ध गराउनु बीआरआईको एउटा प्रमुख उद्देश्य हो । यसका लागि एशिया इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट वैंकको स्थापना पनि भएको छ, जसको प्रमुख लगानीकर्ता चीन, भारत र रसिया रहेका छन् ।
बीआरआईका चारवटा प्रमुख विशेषता छन्:
१. शान्ति र सहयोग
२. खुलापन र समावेशीकरण
३. पारस्परिक सिकाई
४. पारस्परिक लाभ
बीआरआईका विभिन्न ९ वटा कनेक्टिभिटी कोरिडर मध्ये चीन – नेपाल – भारत कोरिडर पनि एउटा हुन सक्छ । बिआरआइ अन्तरगत चीनको राष्ट्रिय रेल्वे संजालमा जोडिन नेपालले शिगात्से – केरुङ – काठमाडौं, लुम्बिनी रेल्वे निर्माणमा सहयोग प्राप्त गर्र्नेछ । भविष्यमा यो कनेक्टिभिटी परियोजनाले नयाँ दिल्लीलाई समेत जोड्ने सम्भावना बोकेको छ ।
चीन भित्रै बीआरआई अन्तर्गत विभिन्न विकासका परियोजना ठुलो संख्यामा अघि वढेका छन् । त्यसैले यो कार्यक्रम भू–राजनीतिक एजेण्डा नभएर विकास र पारस्परिक सहयोगको योजना मात्र हो।
चीनको आधुनिक विकास करिव ३०/४० वर्ष अघि विश्व वैंक, अन्तर्राष्ट्रिय मुद्राकोष लगायतका संस्थाबाट ऋण लिएर शुरु भएको हो । त्यही विकासले चीनलाई अहिले संसारको दोस्रो ठूलो अर्थतन्त्र वनाएको छ । त्यसैले आज चीनको अर्थ व्यवस्थाबाट ऋण लिने मुलुकहरु ऋण पासोमा फस्छन भन्ने तर्कमा सत्यता छैन । चीन आफँैले ऋण लिएर विकास गरेको हुनाले कुनै पनि राष्ट्रलाई ऋण पासोमा लैजाने उसको उद्देश्य छैन ।
चीन वर्तमान समयमा कन्फ्यूसियसको विचार अनुसार अघि बढिरहेको छ । कन्फ्यूसियसवादले समावेशीकरणमा विश्वास गर्दछ । बीआरआई अन्तर्गत अमेरिका, भारत, जापानलाई पनि समावेश गर्न चीनले चाहेको छ । पछिल्लो समयमा वीआरआई सफलता तर्फ उन्मुख छ । यो सफलताको फाइदा लिन सके नेपाल दुई ढुंगा वीचको तरुल नभएर दुई ठुला आर्थिक शक्ति वीचको मोति हुन सक्छ ।
वहुपक्षिय आर्थिक तथा प्राविधिक सहयोगका लागि वंगालको खाडी पहल (विम्स्टेक) संग वीआरआईलाई जोड्न सकिन्छ । भारतमा भएको विम्स्टेक सम्मेलनमा प्रधानमन्त्रि नरेन्द्र मोदीले चीनिया राष्ट्रपति सि जिनपिङलाई वीआरआई वारे छलफल गर्न आमन्त्रण गरेको उल्लेख गर्दै प्राध्यापक योङहाङले वीआरआईबाट सवै सहभागी राष्ट्रले समान लाभ लिन सक्ने वताउनुभयो ।
विभिन्न क्षेत्रका विषय विज्ञ, वुद्धिजिवी, सांसद, प्राध्यापक, विद्यार्थि लगायतको उपस्थिती रहेको उक्त कार्यक्रमको शुरुआतमा मदन भण्डारी फाउण्डेशनका सचिव एवम् पूर्व सांसद पेम्बा लामाले कार्यक्रमको उपादेयतामाथि प्रकाश पार्र्दै उपस्थित सबैलाई स्वागत गर्नुभएको थियो । मदन भण्डारी फाउण्डेशनलाई देशको प्रमुख थिङट्याङ्कका रुपमा अगाडि लैजाने उद्देश्य रहेको लामाले बताउनुभएको थियो ।
उषा किरण भण्डारी
अध्यक्ष
संचार सम्पर्क: मिना भण्डारी – ९८६२१४५८४०