साधारण सदश्यहरु
यस विन्ध्यवासिनी अधिकारी समाजले चार प्रकारको सदस्यताको व्यवस्था गरेको छ ।
(क) साधारण सदस्यः
यस विधानको दफा ७ बमोजिम योग्यता पुगेको कुनै पनि नेपाली नागरिकले तोकिएको प्रकृया अन्तर्गत रही आवेदन गरेमा समाजको सदस्यता प्राप्त गर्ने व्यक्तिहरू साधारण सदस्य हुनेछन् ।
(ख) संस्थापक सदस्यहरूः
यो विधान दर्ता हुँदाको बखतका पदाधिकारीहरू संस्थापक सदस्य हुनेछन् । संस्थापक सदस्यहरूले साधारण वा आजीवन सदस्यता लिएर विधान बमोजिमको शुल्क बुझाउनु पर्नेछ ।
(ग) आजीवन सदस्यः
समाजको विकासका लागि विशेष योगदान पु¥याउने कुनै अधिकारीलाई तोकिएको प्रकृया अन्तर्गत आजीवन सदस्यता प्रदान गरिने छ ।
(घ) मानार्थ सदस्यः
साधारणसभाले उपयुक्त ठहर गरेको “आफन्त” तथा यस समाजलाई सहयोग गरेको र गर्न चाहने विशिष्ट समाजसेवी तथा प्रतिष्ठित नेपाली नागरिकलाई समाजको मानार्थ सदस्यता प्रदान गर्न सक्नेछ । तर मानार्थ सदस्यहरूको मताधिकार रहने छैन ।
Last modified: October 16, 2015