केयू रजिस्ट्रार थापाको राजीनामा

काठमाडौँ — काठमाडौं विश्वविद्यालय (केयू) का रजिस्ट्रार प्राध्यापक भोला थापाले पदबाट राजीनामा दिएका छन् । विश्वविद्यालयअन्तर्गत स्कुल अफ लका डिन तथा संविधानविद् विपिन अधिकारीलाई प्राध्यापक बनाउने विषयमा विवाद बढेपछि थापाले राजीनामा गरेका हुन् ।

केयू कार्यकारी परिषद् बैठकले शिक्षक, कर्मचारी छनोट गर्न गठन गरेको उपसमितिले अधिकारीलाई प्राध्यापक बनाउन ‘योग्य’ रहेको सिफारिस गरेको थियो। उक्त सिफारिसप्रति उपकुलपति रामकण्ठ माकजुले असन्तुष्टि जनाएका थिए।

उपकुलपतिले उपसमितिको सिफारिस अस्वीकार गरेकाले आफूले राजीनामा दिएको थापाले बताए। ‘प्राध्यापक बन्न योग्य छु भनेर आवेदन दिने अधिकारी एक जना मात्र भएकाले सिफारिस अघि बढाइएको हो,’ उनले भने, ‘तर, उपकुलपतिज्यूले सकारात्मक रूपमा लिनुभएन।’ थापा यसअघि चार वर्ष रजिस्ट्रारको जिम्मेवारीमा थिए। उनले त्यसअघि दस वर्ष स्कुल अफ इन्जिनियरिङमा डिनको भूमिका निर्वाह गरेका थिए।

[प्रकाशित : भाद्र ८, २०७५ १९:३९]

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *