संविधानसभाबाट संविधान जारी हुने समय आइपुग्दा मुलुकका विभिन्न भागमा हिंसात्मक भिडन्त र झडपहरू भइरहेका छन् । मुलुकका केही भाग लामो समयदेखि बन्दको मारमा छन् । कतिपय ठाउँमा अहिले पनि कफ्र्यू जारी छ र केही ठाउँलाई दंगाग्रस्त क्षेत्र घोषणा गरिएको छ । हिंसात्मक बन्दै गएको आन्दोलनका कारण जनधनको ठूलो क्षति भएको छ, आम सर्वसाधारणको दैनिक जीवन अत्यन्त कष्टकर बनेको छ र व्यक्तिको बाँच्न पाउने हक माथि गम्भीर असर परेको छ । यो जटिल परिस्थितिमा हामी तपसिलका व्यक्तिहरू सरकार, राजनीतिक दल, प्रदर्शनकारी र सरोकारवालाहरूको निम्न बिषयमा गम्भीर ध्यानाकर्षण गराउँछौं ।

(१) मुलुकका विभिन्न भागमा भएको पहिचानको आन्दोलन र दलित, महिला, थारू, जनजाति तथा मधेशी समुदाय लगायतका उत्पीडित तथा उपेक्षित समुदायले उठाएका प्रतिनिधित्व, विभेद समाप्ति र सामाजिक न्यायका मागलाई संविधानसभाले निर्धारण गरेको संशोधनको बाटोबाट प्रभावकारी रूपमा सम्बोधन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने संविधान जारी गर्न ढिलाइ गरिनुहुन्न ।

(२) संघीयताको सीमाङ्कन निश्चित सिद्धान्त र मापदण्डमा आधारित हुनुपर्दछ । जसले प्रत्येक नागरिकलाई ‘म कुन प्रदेशमा किन परें’ भन्ने प्रश्नको जवाफ आफंै दिन सकोस् । तसर्थ संघीयताको सीमाङ्कनमा अहिले देखिएको अन्योल तत्काल अन्त्य गर्ने जिम्मेवारी संविधानसभामा रहेका राजनीतिक दलहरूको हो । निश्चित मान्यतामा आधारित भएर स्पष्ट र पारदर्शी रूपमा संघीयताको रेखाङ्कन गरिएको अवस्थामा त्यसपछि आउने चुनौतीको सामना स्वयं संविधानले व्यवस्था गरेको संघीय आयोग र संसद्बाट हुनसक्छ भन्नेमा सम्पूर्ण राजनीतिक दलहरू विश्वस्त हुनुपर्दछ ।

जतिसुकै गम्भीर र संवेदनशील मुद्दाहरूमा पनि वार्ताको माध्यमबाट समाधान खोज्न सकिन्छ भन्ने उदाहरण हाम्रा राजनीतिक दल स्वयं हुन् । तसर्थ यो विषम परिस्थितिमा सरकार, प्रमुख राजनीतिक दल र प्रदर्शनकारी शक्तिहरूबीच अबिलम्ब वार्ताको थालनी हुनुपर्दछ । यसलाई अनावश्यक प्रतिष्ठाको विषय नबनाउन, पहिला प्रदर्शन स्थगित कि संविधानसभाको प्रक्रिया स्थगित भन्ने नाममा संवादको हलो नअड्काउन दुवै पक्षमा अपिल गर्दछौं ।

(३) संघीयताको वर्तमान सीमाङ्कनको बिरोधमा देशका विभिन्न भागमा भएका प्रदर्शनहरूमा सरकार र प्रदर्शनकारी दुवैतर्फबाट भएको हिंसात्मक बल प्रयोग एउटा अक्षम्य र असह्य सामाजिक अपराध हो । एउटा सभ्य लोकतान्त्रिक मुलुकको शासन पद्धति र पहिचान स्थापित गर्न पनि यस्ता घटनाको निष्पक्ष छानबिन जरुरी हुन्छ । तसर्थ, सुर्खेत, कैलाली, पर्सा, सप्तरी, बारा, रौतहट, जुम्ला लगायतका जिल्लामा भएका पछिल्ला हिंसात्मक घटनाको छानबिन गर्न अविलम्ब एक उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गरिनुपर्दछ ।

(४) पहिचान, प्रतिनिधित्व, अधिकार र सामाजिक न्यायका लागि आन्दोलनरत दल, पक्ष र सरकारबीच तत्काल वार्ता शुरू हुनुपर्दछ । वार्ताको वातावरण निर्माण गर्न मुख्यतः तराई÷मधेशकेन्द्रित प्रदर्शनकारी दल र समूहले आन्दोलन स्थगित गर्ने र नागरिक सुरक्षा सुनिश्चित गर्दै नेपाली सेना यथास्थानमा फर्काइनु जरुरी छ ।

(५) विरोध, प्रदर्शन र तिनको प्रतिवाद गर्ने नाममा मुलुकमा साम्प्रदायिक द्वेषको सञ्चार बढ्दै गएको अवस्थाप्रति हामी गम्भीर चिन्ता व्यक्त गर्दछौं । घृणा फैलाउने अभिव्यक्ति नदिन, कसैले यसो गरेको खण्डमा त्यसलाई प्रचारप्रसार नगर्न सामाजिक सञ्जाल प्रयोगकर्ता र आमसञ्चारमाध्यमहरूमा हामी अपिल गर्दछौं । सामाजिक सुसम्बन्ध कायम गर्ने दृष्टिकोणबाट समेत प्रेस काउन्सिल नेपाललाई सञ्चारमाध्यममा यस्ता सामग्रीको प्रयोग भए÷नभएका सम्बन्धमा नियमन गर्न अनुरोध गर्दछौं ।

(६) सरकार र राजनीतिक दलले संविधान निर्माण प्रक्रियामा विभिन्न समुदायले उठाएका सरोकारलाई सत्ता र शक्तिको आडमा उपेक्षा गर्नु तथा प्रदर्शनकारीले जनताद्वारा निर्वाचित संविधानसभा बाहिर गएर मात्रै समाधान खोज्ने प्रयास गर्नु, मुलुकको दिगो शान्ति र उन्नति विरुद्धका काम हुन् । समुदायले उठाएका मुद्दाको गम्भीरतापूर्वक सुनुवाइ गर्न प्रमुख राजनीतिक दल र जननिर्वाचित संविधानसभा मार्फत आफ्ना विषयहरूको हल खोज्न प्रदर्शनकारी शक्तिहरूमा हामी अपिल गर्दछौं । लोकतान्त्रिक विधि, संविधानवाद, शान्तिपूर्ण राजनीति र सामाजिक न्याय सहमतिको साझा बिन्दु हुनुपर्दछ भन्ने हाम्रो माग छ ।

(७) खासगरी मुलुकमा शान्ति प्रक्रियाको थालनी भएयताका विभिन्न सरकारले विभिन्न राजनीतिक दल र समुदायसँग गरेका सम्झौताको पालना अहिलेको विवादको पृष्ठभूमि रहेको छ । विगतमा गरिएका सहमतिहरूको सिद्धान्त र मर्मलाई आत्मसात् गरी अघि बढ्न जरुरी छ ।

(८) विरोध प्रदर्शनका क्रममा मृत्युवरण गरेका, घाइते र पीडित भएकाहरूको उच्च सम्मान गर्दै, उनका परिवारजनलाई तुरुन्तै राहत र सहयोग प्रदान गरिनुपर्दछ । त्यसैगरी विरोध प्रदर्शनका क्रममा हिंसा मच्चाउने, तोडफोड गर्ने र असंलग्न रहन चाहनेउपर आक्रमण गर्ने जस्ता ज्यादतीहरू तत्काल रोकिनुपर्दछ ।

(९) विरोध र प्रदर्शनका क्रममा भएको गम्भीर मानवअधिकार उल्लंघनप्रति हामी गम्भीर चिन्ता प्रकट गर्दछौं । विशेषगरी बालबालिका, विद्यार्थी र गर्भवती महिलामाथि परेको समस्याप्रति गम्भीर हुन सरोकारवाला पक्षसँग माग गर्दछौं ।

हस्ताक्षरकर्ता व्यक्तिहरू

१) अरविन्दकुमार गुप्ता २) रत्नेश्वरलाल कर्ण ३) इन्द्र अधिकारी ४) प्राडा देवकुमारी गुरुङ ५) रामनारायण देव ६) शिव गाउँले ७) सत्यनारायण शाह ८) सुबोधराज प्याकुरेल ९)उद्धव प्याकुरेल १०) अनुराधा शर्मा अधिकारी ११) कपिल श्रेष्ठ १२) आशिक राम कार्की १३) बाबुराम गिरी १४) दुर्गा सोब १५) रेमबहादुर विश्वकर्मा १६) पदम सुन्दास १७) भक्त विश्वकर्मा १८) धर्मेन्द्र झा १९) पदम खतिवडा २०) मीनबहादुर शाही २१) विपिन अधिकारी २२) सुशील प्याकुरेल २३) कनकमणि दीक्षित २४) चरण प्रसाईं २५) गेजा शर्मा वाग्ले

हस्ताक्षरकर्ताको तर्फबाटः शिव गाउँले)

 गत ३ हप्तादेखि मधेस तराइ लगायत विभिन्न पहाडी क्षेत्रहरुमा संघिय सिमांकनको बिरुद्धमा भएको नेपाल बन्द तथा विरोध कार्यक्रमहरुले महिला बालबालिका तथा जेठा नागरिक लगायत सर्वसाधारण सबैलाई नराम्रोसँग प्रभावित गरेको छ । बन्द गर्ने गराउने र सुरक्षाको जिम्मेवारी बोकेका निकायहरु बीचको संघर्षका कारण नागरिक र सुरक्षाकर्मी समेत गरी करिब दुइ दर्जनको ज्यान गइसकेको छ । यो सार्है कष्टकर अवस्था हो । यसलाई तत्कालै रोक्न सबै संवेदनशील हुनु पर्दछ ।

नेपाल बन्दको आव्हान गर्नेले आफ्नो कार्यक्रमलाई जिम्मेवार बनाउन सकेका छैनन् । घरेलु हथियारको रक्तपातपुर्ण प्रयोग र हुन गएका फौजदारी वारदातहरुले नेपाल बन्द लाइ अपवित्र बनाएको छ । उनीहरुको नेतृत्वमा सार्वजनिक सम्पत्तिको तोडफोड, प्रहरी तथा अन्य सरकारी कार्यालयहरुमा आगजनी तथा सुरक्षा निकायका राष्ट्रसेवकहरुलाई हातपात तथा ज्यान मार्ने प्रयास अत्यधिक रुपमा बढेको छ भने प्रदर्शनकारीहरुलाई रोक्ने क्रममा निषेधित क्षेत्र प्रवेशमा रोक्ने प्रयासमा भएको बल प्रयोगबाट कतिपयको जीउज्यान गएको छ । जिम्मेवार राजनीति गर्न सकेको भए यो हत्या र हिंसा कदापि हुने थिएन ।

आन्दोलनमा लागेका नेताहरुले बोलेको भनेर बेलाबेलामा आउने अभिव्यक्ति प्रजातान्त्रिक प्रणाली र कानुन को शाशन लाइ कमजोर तुल्याउने खालका देखिन्छन तथा बन्दमा परिचालित जनताहरु विशेषगरी स्थानीय युवाहरु नेतृत्ववर्गको अनुशासन तथा नियन्त्रणमा नरहेको कारण उनीहरुबाट सामाजिक सद्भाव धेरै बिथोलिँदै गएको अवस्था छ । यस्तो परिस्थितिमा बाह्य शक्तिहरुबाट पनि वर्तमान आन्दोलन प्रभावित भएको आशंका गरिएको देखिन्छ । कुनै पनि आन्दोलन केहि सिमित व्यक्तिहरुको अदृश्य लाभका लागि समर्पित हुनु हुदैन । यो सवै पक्षको समस्टिगत लाभमा आधारित हुनु पर्दछ । गरिवी र विभेद खपेका सामान्य थारु वा मधेशीहरुले यसबाट केहि पाउन यो आन्दोलन हिंसा बिहिन र मर्यादित बनाइनु पर्दछ । नोक्सानीमा परेको जिउ-ज्यान अव कहिले फर्किने छैनन् । त्यस्तै भनेजति सबैकुरा पुरा भए पनि तराईको विकास र समृद्धि पहाडसंग जोडिएको छ । अधिकांश सम्पन्न तराईलिहरु पहाडे भइसकेका छन । उनीहरु पहाड मधेश दोहोट गरि बसेका छन । प्रकृतिले तथा अर्थ व्यवस्थाले तराई पहाड लाइ सहयात्री बनाएको छ I

यसरी निरन्तर बढिरहेको आन्दोलन तथा उच्छृंखलताबाट कसैको राजनीतिक हित हुनसक्ने अवस्था छैन । सिमांकन को समस्या तराईमा मात्र होइन पहाडमा पनि यसका बारे व्यापक असन्तुस्टी छ । साझा चिन्तनका अभावमा यो समस्या को समाधान पाउन गार्हो छ । हतियारमुखी प्रबृत्तिबाट साझा चिन्तन सम्भव हुदैन । देश भरि जहाँसुकै जनसंख्याको बनोट मिश्रित छ I प्रतिशोधका रुपमा जवाफी कामकारबाहीहरु हुनसक्ने आशंकाहरु पनि गरिएका छन् । यसबाट देशलाई चाँडोभन्दा चाँडो जोगाउनु जरुरी छ । अरुका लागि प्रयोग हुनेले मात्र मर्ने र मार्ने कुरा गर्दछन I आफ्ना लागि त प्रत्येकले पहिले बाँच्नु पर्दछ I जीवन को सुरक्षा खोज्नु पर्दछ ।

पहल गर्ने जिम्मेवारी सरकारकै हो । संविधान निर्माणको कार्यलाई ढिलो गरेर भए पनि असन्तुष्ट राजनीतिक पक्षहरुसँग सरकारले वार्ताको प्रक्रिया तुरुन्तै थाल्नु जरुरी छ । पहिचान सबैले पाउनु पर्दछ I थारुहरुकालागि पनि यो सुनिश्चित हुनुपर्द छ I मधेसीले पाएको कुरो थारु लाइ दिन्न भन्नु अर्घेल्याईं हो । तर आन्दोलन गर्नेलाई पहिचान अरुलाई फुस्सा भनिनु हुदैन I संघीय सीमांकन, नामांकन लगायतका विषयहरु केवल एउटापक्ष सँग मात्र वार्ताको प्रयास गरेर सम्पन्न गर्न सकिँदैन । यसका लागि सम्बद्ध सबै पक्षसँग सहकार्य गर्न जरुरी छ ।लिने र दिने गर्दा संविधानको समान सम्ररक्षण सबैलाई उपलब्ध हुनु पर्छ । त्यसैले संविधानसभाको निरन्तर आवश्यकता छ । संविधानसभाबाट बाहिरिएका तथा यसलाई प्रयोग गर्न नचाहने सबै राजनीतिक दलहरु पुनः संविधानसभा फर्किनु संविधानमार्फत परिवर्तनको प्रयासका लागि धेरै महत्वपूर्ण कदम हुनेछ । नेपाल सरकारले यसमा सम्पूर्ण राजनैतिक बल लगाउनु पर्ने देखिन्छ ।

यो अवधिमा सबै राजनीतिक पक्षले आफ्नो क्षमताले धान्न नसक्ने गरी जनता परिचालित गर्नुभन्दा यसबाट हुन सक्ने जोखिमलाई नियन्त्रण गर्न सक्ने सम्मको कामकारबाही मात्र हुनु सबै नेतृत्ववर्गबाट अपेक्षा गरिन्छ । क्षमता भन्दा बढीको आन्दोलनले सबैभन्दा पहिले सुरुको नेतृत्व लाइनै बिस्थापित गर्दछ भन्ने बारे पनि नेता गण हरुलाई सस्मरण हुनु जरुरि छ ।

नेपालमा संविधानसभा विदेशी चलखेल मार्फत आएको सर्वविदितै छ । लगानी गर्नेले सावाँ ब्याज उठाउन खोज्दैछन । त्यसैले राजनीतिमा जोखिमहरु बढेको बढ्यै छन । चनाखो हुनु सबै नेपालीको जिम्मेवारी हो ।

 सात प्रदेशको खाकाले असन्तुष्टि घटाएको छैन, तर विज्ञहरूले यो नक्शांकनलाई समन्वयात्मक संघीयताको रूपमा हेरेका छन्। संवैधानिक कानूनका विज्ञ डा. विपिन अधिकारी यसमा एकापसको साझेदारी र स्वस्थ प्रतिस्पर्धा भए प्रदेशहरू मजबूत हुने देख्छन्।

१६ बुँदे सहमतिपछि संसद्बाट निर्वाचित प्रधानमन्त्री चाहने कांग्रेस, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको पक्षधर एमाले र प्रत्यक्ष निर्वाचित राष्ट्रपति बनाउनुपर्ने अडानमा रहेको एमाओवादी संसद्बाट निर्वाचित प्रधानमन्त्री कार्यकारी प्रमुख हुने प्रणालीमा राजी भए। विधेयकमा संघीयसभा र प्रदेशसभाका सदस्यहरूले चुनेको राष्ट्रपति राष्ट्राध्यक्ष हुने उल्लेख छ। प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई राष्ट्रपतिले कार्यकारी प्रधानमन्त्रीमा नियुक्ति गर्नेछन्। “दलहरूले शासकीय स्वरुपमा मध्यमार्गी बाटो लिएका छन्”, डा. अधिकारी भन्छन्, “दुई वर्षसम्म अविश्वासको प्रस्ताव लैजान नपाउने व्यवस्थाले सरकारलाई स्थिरता दिनेछ।” उनका अनुसार, अविश्वासको प्रस्ताव लैजाने क्रममै भावी प्रधानमन्त्रीको नाम प्रस्ताव गर्नुपर्ने संवैधानिक व्यवस्थाले यसअघि जस्तो १७–१७ पटक मतदान हुँदा पनि प्रधानमन्त्री चयन नहुने अवस्था रोक्नेछ। न्यायपालिकालाई एकीकृत राख्ने प्रावधानले न्यायालयमा राजनीतीकरण हुन नदिने अधिकारीको विश्वास छ।

“सामाजिक, सांस्कृतिक र आर्थिक रूपमा अधिकारविहीन समुदायका लागि गरिएका मौलिक अधिकार यो संविधानको उल्लेख्य पक्ष हो।” कतिपय प्रावधान राज्यले आर्थिक रूपमा धान्नै नसक्ने खालका पनि भएको अधिकारीको बुझाइ छ। जस्तो, रोजगार सम्बन्धी हकमा, ‘प्रत्येक नागरिकलाई रोजगारीको हक हुनेछ’ भनिएको छ। विधेयकमा मर्यादित श्रमको अवधारणा अनुरूप सबै श्रमिकको आधारभूत अधिकार सुनिश्चित गर्दै सामाजिक सुरक्षा प्रत्याभूत गर्ने पनि उल्लेख छ। तर, अहिलेकै अवस्थामा सबैलाई रोजगारी दिन सकिनेमा सन्देह नै छ।

“सच्याउनुपर्ने थुप्रै कुरा हुँदाहुँदै विधेयक संविधानमा परिवर्तन बोक्न सक्ने धेरै बुँदा छन्”, अधिकारी भन्छन्, “अब त्यही अनुसारको कानून बनाउन ध्यान दिनुपर्छ।

 २०७२ भाद्र १५ मंगलवार

भारतका गृहमन्त्री राजनाथ सिंहले हिजो नेपालमा एक करोड भारतीय रहेको र पछिल्लो राजनीतिक अवस्थामा उनीहरूको चासो सम्बोधन हुने भनी गरेका टिप्पणीले आम नेपालीलाई सशंकित तुल्याएको छ। उनीहरूसम्बन्धी विषय नेपालको आन्तरिक मामिला भए पनि भारत सरकारले उनीहरूको हितको संरक्षण गर्नेछ भनी उनले भनेका छन्।

भारतीय सशस्त्र सीमाबलको एक कार्यक्रममा आएको गृहमन्त्री सिंहको यो भनाइ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कैलाली हत्याकाण्डको पृष्ठभूमिमा नेपाललाई सुरक्षा सहयोग गर्न भारत तयार छ भन्ने अभिव्यक्तिको केही दिनपछि नै देखिएको हो। राजनीतिमा प्रधानमन्त्री मोदीभन्दा ठूलो लगानी भएका राजनाथ सिंहको यो भनाइ केवल स्थानीय राजनीतिलाई सन्तुलन गर्ने उद्देश्यले मात्र आएको होइन। यी दुवै भनाइ सार्वजनिक भएपछि नेपालको संविधानसभाको भविष्य संकटमा परेको अनुभूति गर्न सकिन्छ। यो केवल एउटा नाटक गर्ने ठाउँ मात्र हुन जाने सम्भावना देखिँदै छ। यस्तोमा आफ्नो देशका बारेमा आफैंले निर्णय लिन सक्ने अवस्था अब कसरी रहला? यदि उनीहरूले बोलेका कुराहरू सत्य हुन् भने भारतले अब नेपालमा अन्य कुराहरूका अतिरिक्त कथित ‘एक करोड भारतीयको कार्ड’ खेल्ने मानसिकता लिएको प्रस्ट देखिन्छ। आमनेपालीका लागि यो एउटा कठोर प्रश्न हो।

भारतलाई थाहा छ-नेपाल संविधान निर्माणको एउटा संवेदनशील चरणमा छ। संविधानसभाभित्र परिमार्जित संविधानको विधेयकमाथिको पाँचदिने सैद्धान्तिक छलफल हिजो सकियो। संविधानसभाभित्र भइरहेको सैद्धान्तिक छलफलमा सम्बन्धित कुनै पनि पक्षले आपत्ति गर्नुपर्ने अवस्था थिएन। यसले सबै पार्टीहरूलाई बोल्ने ठाउँ दिएको थियो। संविधानसभा निर्वाचित प्रतिनिधिहरूको सबैभन्दा औपचारिक थलो मात्र नभई छलफल गर्न पाउनु जनप्रतिनिधिहरूको अधिकारको कुरा पनि भएकाले सैद्धान्तिक छलफलको महत्वलाई बुझ्न सकिन्छ। यस छलफलको एजेन्डामा संविधानसभाका सीमान्त दलहरूले पनि बलियो गरी प्रयोग गर्न सक्ने थिए। किन उनीहरूले यो अवसरको प्रयोग गर्न चाहेनन् भन्ने धेरैलाई चासो थियो।

संविधानसभाभित्र बोल्दा प्रत्येक सभासद्लाई आफ्नो दलीय हैसियत मात्र नभई समग्र सभाभित्र निजको स्थान के हो भन्ने पनि थाहा हुन्छ । सदन र सडकबीचको मूल फरक त्यही हो। त्यहाँ ठूला दलहरूले कसैलाई सानो भनेर हुत्याउन पनि सक्दैनन्। सानाहरूले पनि आफून्दा ठूलो हैसियत भएको दल वा दलहरूको हैसियत स्वीकार गर्नुपर्ने हुन्छ। तात्कालिक सार्वजनिक जबाफदेही (इम्मिडियट पब्लिक रेस्पोन्सिबिलिटी) निर्वाह गर्नुपर्ने प्रतिनिधि र साधारण सभासद् वा ‘ब्याक बेन्चर’ हरूको वैधानिक स्थिति सधैं प्रस्ट हुन्छ। साना दलहरूले पनि ठूला दलहरूले झैं आफ्नो बोली मुलुकभरि प्रत्यक्ष प्रसारण गराउन पाउँछन्। जोसँग सार्वजनिक रूपमा खपत हुन सक्ने तार्किक विकल्प छ, त्यसलाई जनतामा जाने योभन्दा ठूलो अवसर अन्य प्रकारले प्राप्त हुँदैन। हरेक दलको कार्यादेशको इज्जत हुने ठाउँ संविधानसभा नै हो। यसलाई बिजेत गरेर प्रजातन्त्रको इज्जत हुँदैन। तर दुर्भाग्य नै भन्नुपर्छ, एकातिर छलफलका लागि दलहरूले पर्याप्त समय पाएनन् भने अर्कोतिर प्रतिपक्षमा रहेका दलहरूले सैद्धान्तिक छलफल संविधानको सुधार वा जनतामा जाने अवसरका रूपमा लिएनन्। नलिनुपर्ने कारण के रहेछ? प्रस्ट हुँदै छ।

संविधानसभाभित्र भइरहेको सैद्धान्तिक छलफलको महत्वलाई कुनै संविधानवादीले ‘डाउनप्ले’ गर्नु हुँदैनथ्यो। जहाँसम्म मतदानको विषय छ, त्यो फरक कुरा हो। संविधानसभामा संविधानको परिमार्जित विधेयकमाथि पर्याप्त सर्वपक्षीय छलफल नै नभईकन आआफ्नो टीकाटिप्पणी दिएको कारण मात्रबाट समग्र रूपमा नमिलेको के हो वा केचाहिँ मिलाउन बाँकी छ, स्थापित हुन सक्दैन। खण्डीकरणदेखि अखण्ड क्षेत्रसम्मका कुरा एकातिर छन् भने भाषा, धर्म, संस्कृति र पहिचानमुखी विषयहरू अर्कोतिर छन् । राज्य संरचनामा समावेशीकरण गर्ने उद्देश्यले कायम गर्नुपर्ने प्रावधानहरू तथा निर्वाचन पद्धतिलाई शोषित, पीडित र पहिचान पाउन नसकेका समुदायको हितमा कसरी प्रयोग गर्ने भन्ने प्रश्न पनि अनुत्तरित नै छन्।
यस सम्बन्धमा देशका सबै ठूला नेताहरू एक ठाउँमा उभिएको देखिनुपर्ने हो, तर त्यसो हुन नसक्दा देशको हरेक जातजाति वा समुदायको आआफ्ना प्रतिक्रिया देखा परेका छन् । हरेकले चाहेजस्तो हुनसक्ने अवस्था छैन। सबैलाई एउटा ‘प्लेटफार्म’ मा ल्याउनका लागि साझा धारणा छैन। प्रजातान्त्रिक विधिद्वारा मूल्य-मान्यताको निरूपण हुन सक्ने अवस्था भए पनि सोलाई स्वीकार गरिएको छैन। विकल्पको खोजी हुन सक्छ, तर त्यो गर्नका लागि उदार चित्तका साथसाथै अर्काको दृष्टिकोण पनि बुझ्नुपर्ने हुन्छ। त्यसैले यहाँ स्पष्ट रूपमा के बुझ्नुपर्छ भने सहमतिको प्रयास पुगेको छैन। प्रयासका लागि अवसरहरूको खोजी हुँदै गर्दा गृहमन्त्री राजनाथ सिंहले नेपालको समस्यालाई भारतीय रणनीतिको विषय बनाइदिएका छन्।

यसो त, नेपालका आफ्नै धेरै समस्या छन्। सहमतिको प्रयास गर्दा हरेक पक्षले जथाभावी बोल्ने प्रवृत्ति छोड्न सकेका छैनन्। यसका लागि सकारात्मक सोच चाहिन्छ। आफ्नो कुरा राख्दा एकोहोरो रूपमा प्रस्तुत हुनुभन्दा पनि अर्को पक्षको मान्यताभन्दा हाम्रो मान्यतामा दम छ भन्ने दृष्टिकोण स्थापित गर्ने प्रयास गर्नुपर्ने हुन्छ। अन्ततः यो प्रयासबाट सबैलाई एक ठाउँमा ल्याउन सकिँदैन भने पनि आउन नमान्नेलाई बहुमतवालाले एक्ल्याउन सक्नुपर्छ। राजनीतिमा कसैलाई एक्ल्याउने भनेको पनि एउटा प्रक्रियाअन्तर्गत मात्र सम्भव छ। यो नितान्त महत्वपूर्ण राजनीतिक प्रक्रिया हो। बहस र सहमतिको प्रक्रियालाई धेरै छोटो पारिदिनाले यो प्रक्रिया केवल प्राविधिक कुरा मात्र हुन जान्छ। त्यसैले नेपालमा बहुमत कसको छ भन्ने कुरा प्रस्ट देखिए पनि उसले सोको हैसियतलाई राजनीतिक रूपमा देखाउन सकेको हुँदैन। अतः सहमतिको प्रयास पुनः सुरु नगरी मतदानमा जानु हुँदैन। न्यायोचित आधारमा हरेक समस्याको समाधान हुन सक्छ। त्यसका लागि आफ्नो महत्वाकांक्षा मात्र नभई देशको सबै राजनीतिक क्षेत्र तथा समग्र राष्ट्रिय हितमा के छ? त्यो हेर्नुपर्छ । त्यो हेर्ने प्रक्रियामा नेपाल जाँदै गर्दा भारतका गृहमन्त्री राजनाथ सिंहले आफ्नो एजेन्डा सार्वजनिक गरिदिएका छन।

यसै पनि अहिले सकिएको सैद्धान्तिक छलफल अपूरो भयो। यसबारे देशका स्वतन्त्र संवैधानिक कानुनविज्ञ तथा कानुनी मस्यौदाकारसँग पनि छलफल गरिएको छैन। उनीहरूको सहयोगबिना संविधानको संरचना गरिनु र त्यसमाथि मतदान गराइनु संविधानसभाकै अपमान हो। प्रत्येक संविधानसभा सदस्यले परिमार्जित मस्यौदाका बारेमा विज्ञहरूबाट सुसूचित हुने अधिकार राख्दैन भने अर्कै कुरा हो। होइन भने चाँडो गर्ने नाममा आधारभूत प्रक्रिया छोडनु हुँदैन। यहाँ गम्भीर त्रुटि भएको छ। तर अब संविधान निर्माण रणनीतिक विषय बन्न गएपछि राम्रो र नराम्रो वा न्याय र अन्यायको कुराको संविधानमा के नै अर्थ छ?

अन्ततः प्रक्रियालाई परिणाम दिने भनेको मतदानबाटै हो। अब मतदान भारतको प्रभावमा हुन सक्ने अवस्था आउँदै छ । के अब सार्वभौम प्रक्रियाबाट अनुकूल परिस्थिति तयार गर्न सकिएला? हुन त सैद्धान्तिक छलफल केही अवधि लम्ब्याउन सकेको भए यो अवधिलाई असन्तुष्ट पक्षसँग वार्ता गर्न वा विवादास्पद विषयहरूमा समाधान खोज्न प्रयोग हुन सक्थ्यो। हतार गरेर हिजो परिमार्जित विधेयकलाई सैद्धान्तिक रूपमा पारित गरिदिएपछि परिणामस्वरूप अब केवल संशोधन प्रस्ताव गर्ने चरण मात्र बाँकी रहेको छ। संविधानसभा अध्यक्षले विधेयकमाथि संशोधन राख्न सभासद्हरूलाई भदौ १९ सम्मको समय दिँदै अर्को सूचना प्रकाशित नभएसम्मका लागि संविधानसभाको बैठक स्थगन गरेका छन् । संविधानसभाभित्र अब सैद्धान्तिक छलफल नभएर रणनीतिक रूपमा संविधानसभाबाहिर हुने अवस्था देखा परेको छ।

अहिले पनि भदौ १९ गतेलाई धेरै महत्व दिनु हुँदैन। सहमतिको प्रयासलाई नै महत्व दिने बेला छ। यसलाई नै मानेर हिँड्ने हो भने सभासद्ले राख्ने संशोधन प्रस्तावपछि संविधानसभाले विधेयकमाथि दफावार छलफल गरी संविधान पारित गर्ने प्रक्रिया सुरु गर्नुपर्ने हुन्छ। तर हरेक सभासद्ले आफूखुसी संशोधन प्रस्ताव गर्ने हो भने र त्यसलाई छलफलका लागि प्रस्तुत गराइने हो भने यो प्रक्रिया अनन्त प्रक्रिया हुन जानेछ। त्यसैले सहमतिका आधारमा राजनीतिक दलहरूका तर्फबाट एकमुष्ठ संशोधन प्रस्ताव गर्नुपर्ने अवस्था छ। अहिलेको अवस्था हेर्दा दलहरूले भदौ १८ सम्म गर्ने राजनीतिक सहमतिलाई संशोधन प्रस्तावमार्फत विधेयकको अंग बनाउन सक्छन्। देशमा अशान्ति गर्न लागेका पक्षले यो अवधिमा आफूलाई एक ढिक्का बनाई प्रस्तुत हुने सम्भावना एकदमै कम छ। असन्तुष्ट पक्षको राजनीतिक माग सम्बोधन गर्न वार्ता गर्न कम्तीमा पनि यो संशोधन प्रस्तावको अवधि बढाइनु आवश्यक छ।
तर यो आवश्यकता एउटा सैद्धान्तिक विषय मात्र बन्न गएको छ। संविधानसभा भदौरे बालीका रूपमा रोपिएको रहेछ। सो बाली फुल्ने बेला हुन लाग्दानलाग्दै काट्नेलाई हतार हुन लागिसक्यो। यो बाली काट्ने हतार हो भने समग्र नेपाली राष्ट्रको पक्षमा संविधान कसरी लेखिएला ?

अधिकारी संवैधानिक कानुनका अध्येता हुन्।

 सर्वोच्च अदालतले अधिवक्ता रोशनकुमार झा र यमकुमार योञ्जन द्वारा दायर भएको सेना परिचालनविरुद्धको रिट खारेज गरेको छ । अदालतले दंगाग्रस्त कैलाली, रौतहट र सर्लाही सहितका क्षेत्रमा सेना परिचालन गर्ने सरकारको निर्णय अवैध रहेको दाबीसहित दायर रिटलाई हिजो भदौ ११ गते पहिलो सुनुवाइमै खारेजीको निर्णय गरेको हो।

सर्वोच्चले यो निर्णयमा सुरक्षा बलको उपयोगका विषयमा अतिरञ्जित गरी न्यायिक हस्तक्षेप हुन नसक्ने ठहर गरेको छ। “अनावश्यक रूपमा सुरक्षा बलको औचित्य, आवश्यकता र मनोबलमा समेत प्रभाव पार्ने कुनै नकारात्मक कुरा हुन्छ भने त्यसबाट अन्ततः जनताको जिउधन र सुरक्षा नै प्रभावित हुन जान्छ,” प्रधान न्यायाधीश कल्याण श्रेष्ठको एकल इजलास द्वारा गरिएको फैसलामा उल्लेख छ। संसद्मा बोलिएको विषयमा संसद् स्वयं स्वतन्त्र रहने र त्यहींबाटै आवश्यकताअनुरूप उपयुक्त निर्णय लिन सक्ने भएकाले बाह्य हस्तक्षेप बाञ्छनीय नरहेको पनि आदेशमा जनाइएको छ।

प्रमुख जिल्ला अधिकारीलाई सेना परिचालनको अधिकार दिने गरी सरकारबाट असंवैधानिक निर्णय भएको दाबीसहित रिट दायर भएको थियो। अन्तरिम संविधानको धारा १४४ (३) ले सेनाको नियन्त्रण, परिचालन र व्यवस्थापन कानुनबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले गर्ने व्यवस्थाविपरीत सरकारले निर्णय गरेको भन्दै रोक लगाउन रिट निवेदकको माग थियो। प्रमुख जिल्ला अधिकारीको समन्वयमा स्थानीय प्रशासन ऐन, २०२८ अनुरूपको अधिकार प्रयोग गरी शान्तिसुरक्षा कायम गराउन भएको कार्यलाई रोक्न नमिल्ने ठहर सर्वोच्चको छ। सरकारले ऐनको अधिकार प्रयोग गरी प्रमुख जिल्ला अधिकारीको आदेशमा ‘शान्ति सुरक्षा कायम गराउन प्रयास मात्र भएको’ भन्दै त्यसलाई सेना परिचालनका अर्थमा लिन नमिल्ने ठहर समेत गरेको छ । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ ख मा शान्ति सुरक्षामा खलल पुगेमा सेना परिचालन गर्न पाउने व्यवस्था छ । त्यही आधार र कारणमा शान्ति भंग भएका ठाउँमा सेना परिचालन रोक भन्न नसकिने संकेत सर्वाेच्चले दिएको छ । राष्ट्रिय सुरक्षा समितिको निर्णयअनुरूप प्रमुख जिल्ला अधिकारीलाई दिइएको अधिकारको संवैधानिक मान्यता ग्रहण गर्न नसक्ने जिकिर निवेदकले लिएका थिए। रिटमा अन्तर्राष्ट्रिय कानुनका सिद्धान्तले पनि यो परिस्थितिमा सेना परिचालन गर्न नमिल्ने उल्लेख थियो ।

रिट निवेदकले गैरकानुनी रूपमा सेना परिचालन भएको भनेर स्थापित गर्न नसकेको र तथा सञ्चारमाध्यममा प्रकाशित समाचारका आधारमा रिट दायर भएको निष्कर्षसहित रिट खारेजीको निर्णय भएको हो। अतः ‘जनताको मौलिक हकमा सेना परिचालनको निर्णयले आघात पर्ने हुँदा अन्तरिम आदेश जारी भई तत्काल रोक्नुपर्ने’ उनीहरूको मागसँग सर्वाेच्च भने सहमत हुन सकेन ।

 संविधानसभा भित्र भइरहेको शैद्धान्तिक छलफलमा आपत्ति गर्नु पर्दैन I यसले सबै पार्टीहरुलाई बोल्ने ठाउं दिएको छ I यो निर्वाचित प्रतिनिधिहरुको सवैभन्दा औपचारिक थलो पनि हो I छलफल गर्न पाउनु जनप्रतिनिधिहरुको अधिकारको कुरा पनि हो I

संविधानसभा भित्र बोल्दा प्रत्येक सभासदलाइ आफ्नो दलिय हैसियत मात्र नभई समग्र सभा भित्र निजको स्थान के हो भन्ने पनि थाहा हुन्छ I सदन र सडक बिचको मूल फरक त्यहि हो I त्यहाँ ठुला दलहरुले सानो भनेर हुत्याउन पनि सक्दैनन् I सानाहरुले पनि आफुभन्दा ठुलो हैसियत भएको दल वा दलहरुको हैसियतलाइ स्वीकार गर्नु पर्ने हुन्छ I “इम्मिडीयट् पब्लिक रेस्पोंसिबिलीटि” निर्वाह गर्नु पर्ने प्रतिनिधि र “ब्याक बेचर” हरुको वैधानिक स्थिति सधैनै प्रस्ट हुन्छ I साना दलहरुले पनि ठुला दलहरुलेझैं आफ्नो बोलि मुलुकभरि प्रत्यक्ष प्रसारण गराउन पाउछन् I जो संग तार्किक विकल्प छ त्यसलाई जनतामा जाने यो भन्दा ठुलो अवसर अन्य प्रकारले प्राप्त हुदैन I हरेक दलको म्यान्डेट को इज्जत हुने ठाउं संविधान सभा नै हो I यसलाई बेइज्जत गरेर प्रजातन्त्रको इज्जत हुदैन I

संविधानसभा भित्र भइरहेको शैद्धान्तिक छलफल को महत्वलाई कुनै प्रजातन्त्र वादीले पनि ‘डाउनप्ले’ गर्नु हुदैन I तर भोटिंगको कुरा फरक हो I यहाँ सहमतिको प्रयास पुगेको छैन I यो प्रयास बाट सबैलाई एक ठाउंमा ल्याउन सकिदैन भने पनि आउन नमान्ने लाइ बहुमत वाला ले एक्ल्याउन सक्नु पर्दछ I यो नितान्त महत्वपुर्ण राजनैतिक प्रक्रिया हो I बहस र सहमतिको प्रक्रियालाई धेरै छोटो पारिदिनाले यो प्रक्रिया केवल प्राविधिक कुरा मात्र हुन जान्छ I त्यसैले नेपालमा बहुमत कसको छ भन्ने कुरा प्रस्ट देखिए पनि उसले सो को हैसियत लाइ राजनैतिक रेपमा देखाउन सकेको हुदैन I अतः सहमतिको प्रयास पुनः सुरु नगरी भोटिंग मा जानु हुदैन I न्यायोचित आधारमा हरेक समस्याको समाधान हुन सक्छ I त्यसका लागि आफ्नो महत्वाकान्छा नभई देसको समग्र हित मा के छ त्यो हेर्नु पर्छ I

अहिले गरिदै गरेको शैद्धान्तिक छलफल अपुरो छ I यसबारे देशका संवैधानिक कानुनका विज्ञ तथा कानुनी मश्यौदाकार संग पनि छलफल गरिएको छैन I उनीहरुको सहयोग विना संविधानको संरचना गरिनु र त्यस उपर भोटिंग गराइनु संविधान सभाकै अपमान हो I प्रत्येक संविधान सभा सदस्यले परिमार्जित मश्यौदाका बारेमा बिज्ञा हरुबाट सुसुचित हुने अधिकार राख्दैन भन्ने हि भने अर्कै कुरा हो I होइन भने चांडो गर्ने नाउमा आधारभूत प्रक्रिया छोडनु हुदैन I

अन्ततः प्रक्क्रिया लाइ परिणाम दिने भनेको मतदान बाटै हो I तर पहिले अनुकुल परिस्थिति तयार गर्नु सबैको साझा कर्तब्य हो I

 A victim is a person directly or indirectly affected as a result of commission of a crime. He/she may be affected either financially, socially, physically or mentally.

The modern definition of victim includes person such as prisoner, immigrant and subjects of medical experimentations along with conservative definition of victim which includes person affected by crimes such as murder, rape, dacoit and violence.

The 1973 landmark judgment delivered by the Supreme Court of the United States in Linda R.S. v. Richard D reported in 410 U.S. 614 may be mentioned here. In this case, relief for maintenance was denied in absence of such provisions. However, the Court had directed the Legislature to enact a legislation protecting the rights of victims which lead to proclamation of Victim and witness Protection Act, 1982.

In Shri Bodhisattwa Gautam v. Miss Subhra Chakraborty, which has been reported in AIR 1996 SC 922 of India, the issue was again discussed. In this case, on account of prima facie evidence as an interim relief maintenance was to be provided to the prosecutrix till the final disposal of the case.

The issue of the victim protection remains one of the paramount aspects of criminal jurisprudence which has been neglected in the past. Every victim deserves protection, cooperation, access to justice, humane treatment and compensation. The present Bill tries to respond to the situation. However, its provisions are not legally enforceable and appear more to be like a Directive Principle of State Policy in the Constitution. The following shortcomings may be pointed out:

1. Section 4 of the Draft Bill states that no court shall have right to enforce the policy under the concerned Part of the Draft Bill.

2. Sections 5 to 20 enumerate rights of victims and measures to protect them. The Draft Bill further provides victim’s right to information of the investigation. However, the Draft Bill is ambiguous whether such information is to be provided as a mandatory requirement or on demand, the mode of demanding such information and also whether the information is to be provided with or without any fee.

3. Section 11 of the Draft Bill lays down the policy of protecting victim, his family and his property from any form of coercion or duress but the Draft Bill fails to lay down the procedure to achieve its objectives.

4. The time period provided to appeal under Section 18 of the Draft Bill needs consideration as 15 days limitation period for appeal against the order/judgment of the adjudicating court is unconsciously less.

5. Section 22 states that an application may be preferred to the Appellate Court for enforcement of the rights enumerated under Part 3 of the Draft Bill, however, Section 23 conversely states that the Appellate Court shall not have right to review the decision delivered under the Draft Bill for any infringement of victim’s right.

6. The compensation for victim provided under Part 6 needs to be reconsidered.

7. Section 48 of Part 7 of the Draft Bill identifies offences when committed, the victim of such offences is entitled to compensation but the list fails to enlist communal violence and discrimination one the offences wherein a victim is entitled to compensation.

Nobody can disagree with the logic that the compensation to the victim should be determined after carefully considering various aspects such as offence committed, injury inflicted, mental agony and trauma etc suffered by the victim. The Draft Bill is silent about the procedure for compensation when the accused is unknown or absconding and at which stage the victim is entitled to protection and compensation. Some of the rights which have been laid down have already been guaranteed in the Constitution and there is no need to be redefined in present Draft Bill.The primary object of the Draft Bill ought to have been to lay down procedure and institution/committee to implement already known rights to protect and compensate the victims.

No doubt, the present Draft Bill is a comprehensive Bill defining rights of a victim after various deliberations and is amenable to further improvement. It should however be admitted that the provisions portray the objectives it aims to achieve in near future as the State in current situation is not in a position to safeguard and compensate all victims. The procedural aspect regarding protection, compensation and rehabilitation the victim such as video-conferencing, in camera proceeding, indirect confrontation of victim with the accused are absent in the draft.

 १. प्रस्तावित धारा २०
२०. नेपालको नागरिकता सम्बन्धी अन्य व्यवस्थाः (१) झूटो विवरण वा बयान दिई वा एकभन्दा बढी नागरिकताको प्रमाणपत्र लिने दिने वा सोको लागि सिफारिस गर्ने कार्य कानुन बमोजिम दण्डनीय हुनेछ ।
(२) प्रत्येक नेपाली नागरिकको परिचय खुल्ने गरी अभिलेख राख्ने तथा नेपालको नागरिकता सम्बन्धी अन्य व्यवस्था कानुन बमोजिम हुनेछ ।
सुधारिएको धारा २०
२०. नेपालको नागरिकता सम्बन्धी अन्य व्यवस्थाः (१) झूटो विवरण वा बयान दिई वा एकभन्दा बढी नागरिकताको प्रमाणपत्र लिने दिने वा सोको लागि सिफारिस गर्ने कार्य कानुन बमोजिम दण्डनीय हुनेछ ।
(२) यस भाग बमोजिम विदेशको नागरिकता परित्याग गर्ने कारबाही चलाई नेपालको अंगीकृत नागरिकता प्राप्त गर्ने व्यक्तिले यस्तो अंगीकृत नागरिकता प्राप्त गरेको ६ महिनाभित्र आफ्नो पुरानो नागरिकता परित्याग गरेको प्रमाण पेश गर्नुपर्ने छ ।
(३) प्रत्येक वर्षको सालतमामीपछि नेपाल सरकारले अंगीकृत नागरिकता प्राप्त गर्ने व्यक्तिहरुको अभिलेख प्रकाशित गर्नेछ ।
(४) प्रत्येक नेपाली नागरिकको परिचय खुल्ने गरी अभिलेख राख्ने तथा नेपालको नागरिकता सम्बन्धी अन्य व्यवस्था कानुन बमोजिम हुनेछ ।
२. प्रस्तावित धारा २२(२)(घ) को प्रतिबन्धात्मक खण्ड (४)
धारा २२ को उपधारा (२) को खण्ड (घ)ः संघ र संस्था खोल्ने स्वतन्त्रताको प्रतिबन्धात्मक वाक्यांशः
(४) खण्ड (घ) को कुनै कुराले नेपालको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डतामा खलल पर्ने, राष्ट्रको विरुद्ध जासूसी गर्ने, राष्ट्रिय गोपनीयता भङ्ग गर्ने वा नेपालको सुरक्षामा आँच पु¥याउने गरी कुनै विदेशी राज्य, संगठन वा प्रतिनिधिलाई सहयोग गर्ने, राज्यद्रोह गर्ने वा संघीय इकाइबीचको सु–सम्बन्धमा खलल पर्ने वा जातीय वा साम्प्रदायिक विद्वेष फैलाउने वा विभिन्न जात, जाति, धर्म र सम्प्रदायबीचको सु–सम्बन्धमा खलल पर्ने वा हिंसात्मक कार्य गर्न दुरुत्साहन गर्ने वा सार्वजनिक नैतिकताको प्रतिकूल हुने कार्यमा मनासिब प्रतिबन्ध लगाउँने गरी ऐन बनाउन रोक लगाएको मानिने छैन ।

सुधारिएको धारा २२(२)(घ) को प्रतिबन्धात्मक खण्ड (४)ः
(४) खण्ड (घ) को कुनै कुराले नेपालको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डतामा खलल पर्ने, राष्ट्रको विरुद्ध जासूसी गर्ने, राष्ट्रिय गोपनीयता भङ्ग गर्ने वा नेपालको सुरक्षामा आँच पु¥याउने गरी कुनै विदेशी राज्य, संगठन वा प्रतिनिधिलाई सहयोग गर्ने, राज्यद्रोह गर्ने वा संघीय इकाइबीचको सु–सम्बन्धमा खलल पर्ने वा जातीय वा साम्प्रदायिक विद्वेष फैलाउने वा विभिन्न जात, जाति, धर्म र सम्प्रदायबीचको सु–सम्बन्धमा खलल पर्ने वा हिंसात्मक कार्य गर्न दुरुत्साहन गर्ने वा शिक्षा प्रदान गर्ने निकायहरुमा राजनीतिकरण गर्ने वा सार्वजनिक नैतिकताको प्रतिकूल हुने कार्यमा मनासिब प्रतिबन्ध लगाउँने गरी ऐन बनाउन रोक लगाएको मानिने छैन ।
३. प्रस्तावित धारा २३
२३. समानताको हक ः (१) सबै नागरिक कानुनको दृष्टिमा समान हुनेछन् । कसैलाई पनि कानुनको समान संरक्षण र लाभबाट वञ्चित गरिने छैन ।
(२) सामान्य कानुनको प्रयोगमा धर्म, वर्ण, जात, जाति, लिङ्ग, यौनिक अभिमुखीकरण, शारीरिक अवस्था, अपाङ्गता, स्वास्थ्य स्थिति, वैवाहिक स्थिति, गर्भावस्था, आर्थिक अवस्था, उत्पत्ति, भाषा वा क्षेत्र, वैचारिक आस्था वा यस्तै अन्य कुनै आधारमा भेदभाव गरिने छैन ।
(३) राज्यले नागरिकहरूका बीच धर्म, वर्ण, जात, जाति, लिङ्ग, यौनिक अभिमुखीकरण, शारीरिक अवस्था, अपाङ्गता, स्वास्थ्य स्थिति, वैवाहिक स्थिति, गर्भावस्था, आर्थिक अवस्था, उत्पत्ति, भाषा वा क्षेत्र, वैचारिक आस्था वा यस्तै अन्य कुनै आधारमा भेदभाव गर्ने छैन ।
तर आर्थिक रुपले विपन्न, सामाजिक वा सांस्कृतिक दृष्टिले पिछडिएका महिला, दलित, आदिवासी, आदिवासी जनजाति, खस आर्य, मधेशी, थारु, किसान, मजदूर, उत्पीडित वर्ग, मुस्लिम, पिछडा वर्ग, अल्पसंख्यक, सीमान्तीकृत, लोपोन्मुख समुदाय, युवा, बालबालिका, ज्येष्ठ नागरिक, लैङ्गिक तथा यौनिक अल्पसंख्यक, अपाङ्गता भएका व्यक्ति, अशक्त वा असहाय र पिछडिएको क्षेत्रको नागरिकको संरक्षण, सशक्तीकरण वा विकासको लागि कानुन बमोजिम विशेष व्यवस्था गर्न रोक लगाएको मानिने छैन ।
स्पष्टीकरण ः यस भाग र भाग ४ को प्रयोजनका लागि “आर्थिक रुपले विपन्न” भन्नाले गरिबीको रेखाभन्दा मुनि रहेका नागरिक सम्झनु पर्छ ।
(४) समान कामका लागि लैङ्गिक आधारमा पारिश्रमिक तथा सामाजिक सुरक्षामा कुनै भेदभाव गरिने छैन ।
(५) पैतृक सम्पत्तिमा लैङ्गिक भेदभाव विना सबै सन्तानको समान हक हुनेछ ।
सुधारिएको धारा २३
२३. समानताको हक ः (१) सबै नागरिक कानुनको दृष्टिमा समान हुनेछन् । कसैलाई पनि कानुनको समान संरक्षण र लाभबाट वञ्चित गरिने छैन ।
(२) सामान्य कानुनको प्रयोगमा धर्म, वर्ण, जात, जाति, लिङ्ग, यौनिक अभिमुखीकरण, शारीरिक अवस्था, अपाङ्गता, स्वास्थ्य स्थिति, वैवाहिक स्थिति, गर्भावस्था, आर्थिक अवस्था, उत्पत्ति, भाषा वा क्षेत्र, वैचारिक आस्था वा यस्तै अन्य कुनै आधारमा भेदभाव गरिने छैन ।
(३) राज्यले नागरिकहरूका बीच धर्म, वर्ण, जात, जाति, लिङ्ग, यौनिक अभिमुखीकरण, शारीरिक अवस्था, अपाङ्गता, स्वास्थ्य स्थिति, वैवाहिक स्थिति, गर्भावस्था, आर्थिक अवस्था, उत्पत्ति, भाषा वा क्षेत्र, वैचारिक आस्था वा यस्तै अन्य कुनै आधारमा भेदभाव गर्ने छैन ।
तर निम्न समूहहरुको संरक्षण, सशक्तीकरण वा विकासको लागि कानुन बमोजिम विशेष व्यवस्था गर्न रोक लगाएको मानिने छैन ः
क) महिला, दलित, आदिवासी जनजाति, मधेशी तथा अल्पसंख्यकहरु
ख) अपाङ्गता भएका व्यक्तिहरु
ग) युवा, बालबालिका तथा ज्येष्ठ नागरिक
घ) अशक्त वा असहायहरु र
ङ) आर्थिक रुपले विपन्न तथा सामाजिक वा सांस्कृतिक दृष्टिले पिछडिएका क्षेत्रका नागरिकहरु
स्पष्टीकरण ः यस भाग र भाग ४ को प्रयोजनका लागि “आर्थिक रुपले विपन्न” भन्नाले गरिबीको रेखाभन्दा मुनि रहेका नागरिक सम्झनु पर्छ ।
(४) समान कामका लागि लैङ्गिक आधारमा पारिश्रमिक तथा सामाजिक सुरक्षामा कुनै भेदभाव गरिने छैन ।
(५) पैतृक सम्पत्तिमा लैङ्गिक भेदभाव विना सबै सन्तानको समान हक हुनेछ ।
४. प्रस्तावित धारा ४७
४७. सामाजिक न्यायको हक ः (१) सामाजिक रुपले पछाडि परेका महिला, दलित, आदिवासी, आदिवासी जनजाति, खस आर्य, मधेशी, थारु, अल्पसंख्यक, सीमान्तीकृत, मुस्लिम, पिछडावर्ग, लैङ्गिक तथा यौनिक अल्पसंख्यक, युवा, किसान, मजदूर, उत्पीडित वा पिछडिएको क्षेत्रका नागरिकलाई समावेशी सिद्धान्तका आधारमा राज्यको संरचना तथा सार्वजनिक सेवामा सहभागिताको हक हुनेछ ।
(२) आर्थिक रुपले विपन्न तथा लोपोन्मुख समुदायका नागरिकको संरक्षण, उत्थान, सशक्तीकरण र विकासका लागि शिक्षा, स्वास्थ्य, आवास, रोजगारी, खाद्यान्न र सामाजिक सुरक्षामा विशेष अवसर तथा लाभ प्राप्त गर्ने हक हुनेछ ।
(३) अपाङ्गता भएका नागरिकलाई विविधताको पहिचानसहित मर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन गर्न पाउने र सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हक हुनेछ ।
(४) प्रत्येक किसानलाई कानुन बमोजिम कृषि कार्यको लागि भूमिमा पहुँच, परम्परागत रुपमा प्रयोग र अवलम्बन गरिएको स्थानीय बीउ बिजन र कृषि प्रजातिको छनौट र संरक्षणको हक हुनेछ ।
(५) नेपालमा अग्रगामी लोकतान्त्रिक परिवर्तनको लागि भएका सबै जनआन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिको क्रममा जीवन उत्सर्ग गर्ने शहीदका परिवार, बेपत्ता पारिएका व्यक्तिका परिवार, लोकतन्त्रका योद्धा, द्वन्द्वपीडित र विस्थापित, अपाङ्गता भएका व्यक्ति, घाइते तथा पीडितलाई न्याय एवम् उचित सम्मान सहित शिक्षा, स्वास्थ्य, रोजगारी, आवास र सामाजिक सुरक्षामा कानून बमोजिम प्राथमिकताका साथ अवसर प्राप्त गर्ने हक हुनेछ ।
सुधारिएको धारा ४७
४७. सामाजिक न्यायको हक ः (१) सामाजिक रुपले पछाडि परेका महिला, दलित, आदिवासी जनजाति, मधेशी, अल्पसंख्यकलाई समावेशी सिद्धान्तका आधारमा राज्यको संरचना तथा सार्वजनिक सेवामा सहभागिताको हक हुनेछ ।
(२) आर्थिक रुपले विपन्न तथा लोपोन्मुख समुदायका नागरिकको संरक्षण, उत्थान, सशक्तीकरण र विकासका लागि शिक्षा, स्वास्थ्य, आवास, रोजगारी, खाद्यान्न र सामाजिक सुरक्षामा विशेष अवसर तथा लाभ प्राप्त गर्ने हक हुनेछ ।
(३) अपाङ्गता भएका नागरिकलाई विविधताको पहिचानसहित मर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन गर्न पाउने र सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हक हुनेछ ।
(४) प्रत्येक किसानलाई कानुन बमोजिम कृषि कार्यको लागि भूमिमा पहुँच, परम्परागत रुपमा प्रयोग र अवलम्बन गरिएको स्थानीय बीउ बिजन र कृषि प्रजातिको छनौट र संरक्षणको हक हुनेछ ।
(५) नेपालमा अग्रगामी लोकतान्त्रिक परिवर्तनको लागि भएका सबै जनआन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिको क्रममा जीवन उत्सर्ग गर्ने शहीदका परिवार, बेपत्ता पारिएका व्यक्तिका परिवार, लोकतन्त्रका योद्धा, द्वन्द्वपीडित र विस्थापित, अपाङ्गता भएका व्यक्ति, घाइते तथा पीडितलाई न्याय एवम् उचित सम्मान सहित शिक्षा, स्वास्थ्य, रोजगारी, आवास र सामाजिक सुरक्षामा कानून बमोजिम प्राथमिकताका साथ अवसर प्राप्त गर्ने हक हुनेछ ।
५. प्रस्तावित धारा ८८
८८. प्रतिनिधिसभाको गठन ः (१) प्रतिनिधिसभामा देहाय बमोजिमका दुई सय पचहत्तर सदस्य रहनेछन् ः–
(क) नेपाललाई भूगोल, जनसंख्या र प्रादेशिक सन्तुलनको आधारमा एक सय पंैसठ्ठी निर्वाचन क्षेत्र कायम गरी प्रत्येक निर्वाचन क्षेत्रबाट एक जना रहने गरी पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम निर्वाचित हुने एक सय पैंसठ्ठी सदस्य,
(ख) सम्पूर्ण देशलाई एक निर्वाचन क्षेत्र मानी राजनीतिक दललाई मत दिने समानुपातिक निर्वाचन प्रणाली बमोजिम निर्वाचित हुने एक सय दश सदस्य ।
(२) समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने प्रतिनिधि सभाको निर्वाचनको लागि राजनीतिक दलले उम्मेदवारी दिंदा भूगोल, जनसंख्या र प्रादेशिक सन्तुलनको आधारमा महिला, दलित, आदिवासी, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारु, मुस्लिम, पिछडिएको क्षेत्र, अल्पसंख्यक समुदाय समेतबाट बन्द सूचीका आधारमा प्रतिनिधित्व गराउने व्यवस्था कानुन बमोजिम हुनेछ ।
स्पष्टीकरण ः “खस आर्य” भन्नाले क्षेत्री, ब्राम्हण, ठकुरी, सन्यासी (दशनामी) समुदाय सम्झनु पर्छ ।
(३) उपधारा (१) बमोजिम हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन कानुन बमोजिम गोप्य मतदानद्वारा हुनेछ ।
(४) अठार वर्ष उमेर पूरा भएको प्रत्येक नेपाली नागरिकलाई कानुन बमोजिम कुनै एक निर्वाचन क्षेत्रमा मतदान गर्ने अधिकार हुनेछ ।
(५) प्रतिनिधिसभाका सदस्यको लागि हुने निर्वाचनमा मतदान गर्न अधिकार पाएको धारा ९१ बमोजिम योग्यता पुगेको नेपाली नागरिक कानुनको अधीनमा रही कुनै पनि निर्वाचन क्षेत्रबाट उम्मेदवार हुन पाउनेछ ।
(६) प्रतिनिधिसभाको कार्यकाल छ महीनाभन्दा बढी अवधि बाँकी छँदै कुनै सदस्यको स्थान रिक्त भएमा उक्त स्थान जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको हो सोही प्रक्रियाद्वारा पूर्ति गरिनेछ ।
(७) यस धारामा लेखिएका कुराहरुको अधीनमा रही प्रतिनिधि सभाको निर्वाचन र तत्सम्बन्धी अन्य विषय कानुन बमोजिम हुनेछ ।
(८) यस भागमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि संघीय संसदमा प्रतिनिधित्व गर्ने प्रत्येक राजनीतिक दलबाट निर्वाचित कुल सदस्य संख्याको कम्तीमा एक तिहाइ सदस्य महिला हुनु पर्नेछ । त्यसरी निर्वाचित गर्दा उपधारा (१) को खण्ड (क) र धारा ९० को उपधारा (२) को खण्ड (क) बमोजिम निर्वाचित सदस्यहरु मध्ये कुनै राजनीतिक दलको एक तिहाई सदस्य महिला निर्वाचित नभएमा त्यस्तो राजनीतिक दलले उपधारा (१) को खण्ड (ख) बमोजिम सदस्य निर्वाचित गर्दा आफ्नो दलबाट संघीय संसदमा निर्वाचित हुने कुल सदस्यको कम्तीमा एक तिहाई महिला सदस्य हुने गरी निर्वाचित गर्नु पर्नेछ ।
सुधारिएको धारा ८८
८८. प्रतिनिधिसभाको गठन ः (१) प्रतिनिधिसभामा देहाय बमोजिमका दुई सय पचहत्तर सदस्य रहनेछन् ः–
(क) नेपाललाई भूगोल, जनसंख्या र प्रादेशिक सन्तुलनको आधारमा एक सय पंैसठ्ठी निर्वाचन क्षेत्र कायम गरी प्रत्येक निर्वाचन क्षेत्रबाट एक जना रहने गरी पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम निर्वाचित हुने एक सय पैंसठ्ठी सदस्य,
(ख) सम्पूर्ण देशलाई एक निर्वाचन क्षेत्र मानी राजनीतिक दललाई मत दिने समानुपातिक निर्वाचन प्रणाली बमोजिम निर्वाचित हुने एक सय दश सदस्य ।
(१क) पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम राजनीतिक दलहरुले उठाएको उम्मेदवार समावेशी सिद्धान्तका आधारमा उठाइने छन् ।
(२) समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने प्रतिनिधि सभाको निर्वाचनको लागि राजनीतिक दलले उम्मेदवारी दिंदा कानुन बमोजिम भूगोल, जनसंख्या र प्रादेशिक सन्तुलनको आधारमा महिला, दलित, आदिवासी जनजाति, मधेसी, अल्पसंख्यक समुदाय समेतबाट प्राथमिकतासहित उल्लेखित नामहरुको बन्द सूचीका आधारमा प्रतिनिधित्व गराउने व्यवस्था हुनेछ ।
(३) उपधारा (१) बमोजिम हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन कानुन बमोजिम गोप्य मतदानद्वारा हुनेछ ।
(४) अठार वर्ष उमेर पूरा भएको प्रत्येक नेपाली नागरिकलाई कानुन बमोजिम कुनै एक निर्वाचन क्षेत्रमा मतदान गर्ने अधिकार हुनेछ ।
(५) प्रतिनिधिसभाका सदस्यको लागि हुने निर्वाचनमा मतदान गर्न अधिकार पाएको धारा ९१ बमोजिम योग्यता पुगेको नेपाली नागरिक कानुनको अधीनमा रही कुनै पनि निर्वाचन क्षेत्रबाट उम्मेदवार हुन पाउनेछ ।
(६) प्रतिनिधिसभाको कार्यकाल छ महीनाभन्दा बढी अवधि बाँकी छँदै कुनै सदस्यको स्थान रिक्त भएमा उक्त स्थान जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको हो सोही प्रक्रियाद्वारा पूर्ति गरिनेछ ।
(७) यस धारामा लेखिएका कुराहरुको अधीनमा रही प्रतिनिधि सभाको निर्वाचन र तत्सम्बन्धी अन्य विषय कानुन बमोजिम हुनेछ ।
(८) यस भागमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि संघीय संसदमा प्रतिनिधित्व गर्ने प्रत्येक राजनीतिक दलबाट निर्वाचित कुल सदस्य संख्याको कम्तीमा एक तिहाइ सदस्य महिला हुनु पर्नेछ । त्यसरी निर्वाचित गर्दा उपधारा (१) को खण्ड (क) र धारा ९० को उपधारा (२) को खण्ड (क) बमोजिम निर्वाचित सदस्यहरु मध्ये कुनै राजनीतिक दलको एक तिहाई सदस्य महिला निर्वाचित नभएमा त्यस्तो राजनीतिक दलले उपधारा (१) को खण्ड (ख) बमोजिम सदस्य निर्वाचित गर्दा आफ्नो दलबाट संघीय संसदमा निर्वाचित हुने कुल सदस्यको कम्तीमा एक तिहाई महिला सदस्य हुने गरी निर्वाचित गर्नु पर्नेछ ।
६. प्रस्तावित धारा १७५
१७५. प्रदेश सभाको गठन ः (१) प्रत्येक प्रदेश सभामा देहाय बमोजिमको संख्यामा सदस्य रहने छन् ः—
(क) सम्बन्धित प्रदेशबाट प्रतिनिधिसभामा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अनुसार निर्वाचित हुने सदस्य संख्याको दोब्बर संख्यामा हुन आउने सदस्य,
(ख) खण्ड (क) बमोजिम कायम हुने सदस्य संख्यालाई साठी प्रतिशत मानी बाँकी चालीस प्रतिशतले हुन आउने सदस्य संख्यामा समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने सदस्य ।
(२) उपधारा (१) को खण्ड (क) बमोजिमको सदस्य निर्वाचनको लागि भूगोल र जनसंख्याको आधारमा कानुन बमोजिम निर्वाचन क्षेत्र कायम गरिनेछ ।
(३) प्रदेश सभाका साठी प्रतिशत सदस्यहरु पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अनुसार र चालीस प्रतिशत सदस्यहरु समानुपातिक निर्वाचन प्रणाली अनुसार कानुन बमोजिम बालिग मताधिकारको आधारमा गोप्य मतदानद्वारा निर्वाचित हुनेछन् ।
(४) समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने प्रदेश सभाको निर्वाचनको लागि राजनीतिक दलले उम्मेदवारी दिंदा भूगोल र जनसंख्याको आधारमा महिला, दलित, आदिवासी, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारु, मुस्लिम, पिछडिएको क्षेत्र, अल्पसंख्यक समुदाय समेतबाट बन्द सूचीका आधारमा प्रतिनिधित्व गराउने व्यवस्था कानुन बमोजिम हुनेछ ।
स्पष्टीकरण ः “खस आर्य” भन्नाले क्षेत्री, ब्राम्हण, ठकुरी, सन्यासी (दशनामी) समुदाय सम्झनु पर्छ ।
(५) यस धारामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि प्रदेशसभामा प्रतिनिधित्व गर्ने प्रत्येक राजनीतिक दलबाट निर्वाचित कुल सदस्य संख्याको कम्तीमा एक तिहाइ सदस्य महिला हुनु पर्नेछ । त्यसरी निर्वाचित गर्दा उपधारा (१) को खण्ड (क) बमोजिम निर्वाचित सदस्यहरु मध्ये कुनै राजनीतिक दलको एक तिहाई सदस्य महिला निर्वाचित नभएमा त्यस्तो राजनीतिक दलले सोही उपधाराको खण्ड (ख) बमोजिम सदस्य निर्वाचित गर्दा आफ्नो दलबाट प्रदेश सभमा निर्वाचित हुने कुल सदस्यको कम्तीमा एक तिहाई महिला सदस्य हुने गरी निर्वाचित गर्नु पर्नेछ ।
(६) अठार वर्ष उमेर पूरा भएको प्रदेशको क्षेत्रभित्र बसोबास गर्ने नेपाली नागरिकलाई कानुनमा व्यवस्था भए बमोजिम कुनै एक निर्वाचन क्षेत्रमा मतदान गर्ने अधिकार हुनेछ ।
(७) प्रदेश सभाको सदस्यको लागि निर्वाचनमा मतदान गर्ने अधिकार पाएको कुनै पनि व्यक्ति कानुनको अधीनमा रही प्रदेशको कुनै पनि निर्वाचन क्षेत्रबाट उम्मेदवार हुन पाउनेछ ।
(८) प्रदेश सभाको कार्यकाल छ महीना भन्दा बढी अवधि बाँकी छँदै कुनै सदस्यको स्थान रिक्त भएमा उक्त रिक्त स्थानको पूर्ति उपनिर्वाचनद्वारा गरिनेछ ।
(९) प्रदेश सभाको निर्वाचन र तत्सम्बन्धी अन्य व्यवस्था कानुन बमोजिम हुनेछ ।
सुधारिएको धारा १७५
१७५. प्रदेश सभाको गठन ः (१) प्रत्येक प्रदेश सभामा देहाय बमोजिमको संख्यामा सदस्य रहने छन् ः—
(क) सम्बन्धित प्रदेशबाट प्रतिनिधिसभामा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अनुसार निर्वाचित हुने सदस्य संख्याको दोब्बर संख्यामा हुन आउने सदस्य,
(ख) खण्ड (क) बमोजिम कायम हुने सदस्य संख्यालाई साठी प्रतिशत मानी बाँकी चालीस प्रतिशतले हुन आउने सदस्य संख्यामा समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने सदस्य ।
(२) उपधारा (१) को खण्ड (क) बमोजिमको सदस्य निर्वाचनको लागि भूगोल र जनसंख्याको आधारमा कानुन बमोजिम निर्वाचन क्षेत्र कायम गरिनेछ । यस अन्तर्गत राजनीतिक दलहरुले उठाएको उम्मेदवार समावेशी सिद्धान्तका आधारमा उठाइने छन् ।
(३) प्रदेश सभाका साठी प्रतिशत सदस्यहरु पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अनुसार र चालीस प्रतिशत सदस्यहरु समानुपातिक निर्वाचन प्रणाली अनुसार कानुन बमोजिम बालिग मताधिकारको आधारमा गोप्य मतदानद्वारा निर्वाचित हुनेछन् ।
(४) समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने प्रदेश सभाको निर्वाचनको लागि राजनीतिक दलले उम्मेदवारी दिंदा कानुन बमोजिम भूगोल, जनसंख्या र प्रादेशिक सन्तुलनको आधारमा महिला, दलित, आदिवासी जनजाति, मधेसी, अल्पसंख्यक समुदाय समेतबाट प्राथमिकतासहित उल्लेखित नामहरुको बन्द सूचीका आधारमा प्रतिनिधित्व गराउने व्यवस्था हुनेछ ।
(५) यस धारामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि प्रदेशसभामा प्रतिनिधित्व गर्ने प्रत्येक राजनीतिक दलबाट निर्वाचित कुल सदस्य संख्याको कम्तीमा एक तिहाइ सदस्य महिला हुनु पर्नेछ । त्यसरी निर्वाचित गर्दा उपधारा (१) को खण्ड (क) बमोजिम निर्वाचित सदस्यहरु मध्ये कुनै राजनीतिक दलको एक तिहाई सदस्य महिला निर्वाचित नभएमा त्यस्तो राजनीतिक दलले सोही उपधाराको खण्ड (ख) बमोजिम सदस्य निर्वाचित गर्दा आफ्नो दलबाट प्रदेश सभमा निर्वाचित हुने कुल सदस्यको कम्तीमा एक तिहाई महिला सदस्य हुने गरी निर्वाचित गर्नु पर्नेछ ।
(६) अठार वर्ष उमेर पूरा भएको प्रदेशको क्षेत्रभित्र बसोबास गर्ने नेपाली नागरिकलाई कानुनमा व्यवस्था भए बमोजिम कुनै एक निर्वाचन क्षेत्रमा मतदान गर्ने अधिकार हुनेछ ।
(७) प्रदेश सभाको सदस्यको लागि निर्वाचनमा मतदान गर्ने अधिकार पाएको कुनै पनि व्यक्ति कानुनको अधीनमा रही प्रदेशको कुनै पनि निर्वाचन क्षेत्रबाट उम्मेदवार हुन पाउनेछ ।
(८) प्रदेश सभाको कार्यकाल छ महीना भन्दा बढी अवधि बाँकी छँदै कुनै सदस्यको स्थान रिक्त भएमा उक्त रिक्त स्थानको पूर्ति उपनिर्वाचनद्वारा गरिनेछ ।
(९) प्रदेश सभाको निर्वाचन र तत्सम्बन्धी अन्य व्यवस्था कानुन बमोजिम हुनेछ ।
७. प्रस्तावित धारा २५५ को उपधारा (२)
२५५. राष्ट्रिय समावेशी आयोग ः (१) नेपालमा एक राष्ट्रिय समावेशी आयोग रहनेछ जसमा अध्यक्ष र अन्य आठजनासम्म सदस्य रहने छन् ।
(२) राष्ट्रपतिले संवैधानिक परिषदको सिफारिसमा राष्ट्रिय समावेशी आयोगका अध्यक्ष र सदस्यहरुको नियुक्ति गर्नेछ ।
सुधार गरिएको धारा २५५ को उपधारा (२)
२५५. राष्ट्रिय समावेशी आयोग ः (१) नेपालमा एक राष्ट्रिय समावेशी आयोग रहनेछ जसमा अध्यक्ष र अन्य आठजनासम्म सदस्य रहने छन् ।
(२) राष्ट्रपतिले संवैधानिक परिषदको सिफारिसमा राष्ट्रिय समावेशी आयोगका अध्यक्ष र सदस्यहरुको नियुक्ति गर्नेछ । आयोगको अध्यक्ष समावेशिकरण गरिनुपर्ने समुदायमध्येबाट सिफारिस गरिने छ ।
८. प्रस्तावित धारा २५६
२५६. राष्ट्रिय समावेशी आयोगको काम, कर्तव्य र अधिकार ः (१) राष्ट्रिय समावेशी आयोगको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ः–
(क) आदिवासी जनजाती, खस आर्य, मधेशी, थारु, मुस्लिम, पिछडावर्ग, अपागंता भएका व्यक्ति, ज्येष्ठ नागरिक, मजदूर, किसान, श्रमिक, अल्पसंख्यक एवं सिमान्तकृत समुदाय तथा पिछडिएको वर्ग र कर्णाली, तथा आर्थिक रुपले विपन्न वर्ग लगायतका समुदायको हक अधिकारको संरक्षणको लागि अध्ययन तथा अनुसन्धान गर्ने,
(ख) खण्ड (क) मा उल्लिखित समुदाय, वर्ग र क्षेत्रको समावेशीकरणको लागि नेपाल सरकारले अवलम्बन गरेको नीति तथा कानुनको कार्यान्वयन अवस्थाको अध्ययन गरी सुधारको लागि नेपाल सरकारलाई आवश्यक सुझाव दिने,
(ग) खण्ड (क) मा उल्लिखित समुदाय, वर्ग र क्षेत्रको राज्य संयन्त्रमा उचित प्रतिनिधित्व भए नभएको समय समयमा अध्ययन गरी त्यस्तो समुदाय, वर्ग र क्षेत्रको प्रतिनिधित्वको लागि गरिएको विशेष व्यवस्थाको पुनरावलोकन गर्न नेपाल सरकारलाई सुझाव दिने,
(घ) खण्ड (क) मा उल्लिखित समुदाय, वर्ग र क्षेत्रको संरक्षण, सशक्तीकरण र विकास सन्तोषजनक भए नभएको अध्ययन गरी भविष्यमा अवलम्बन गर्नु पर्ने नीतिको सम्बन्धमा नेपाल सरकार समक्ष सिफारिस गर्ने,
(ङ) कर्णाली र पिछडिएको क्षेत्रको विकास र समृद्धिको लागि अबलम्बन गर्नु पर्ने नीति र कार्यक्रमको सम्बन्धमा नेपाल सरकारलाई सुझाव दिने,
(च) कानुन बमोजिम तोकिएको अन्य कार्य गर्ने ।
(२) राष्ट्रिय समावेशी आयोगले आफूलाई प्राप्त अधिकार मध्ये आवश्यकता अनुसार केही अधिकार सो आयोगको अध्यक्ष, सदस्य वा सदस्य रहेको समिति वा नेपाल सरकारको अधिकृतस्तरको कर्मचारीलाई तोकिएको शर्तको अधीनमा रही प्रयोग तथा पालना गर्ने गरी प्रत्यायोजन गर्न सक्नेछ ।
सुधारिएको धारा २५६
२५६. राष्ट्रिय समावेशी आयोगको काम, कर्तव्य र अधिकार ः (१) राष्ट्रिय समावेशी आयोगको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ः–
(क) महिला, दलित, आदिवासी जनजाती, मधेशी तथा अल्पसंख्यकको हक अधिकारको संरक्षण तथा समावेशिकरणका लागि अध्ययन तथा अनुसन्धान गर्ने,
(ख) खण्ड (क) मा उल्लिखित समूहहरुको समावेशीकरणको लागि नेपाल सरकारले अवलम्बन गरेको नीति तथा कानुनको कार्यान्वयन अवस्थाको अध्ययन गरी सुधारको लागि नेपाल सरकारलाई आवश्यक सुझाव दिने,
(ग) खण्ड (क) मा उल्लिखित समूहहरुको राज्य संयन्त्रमा उचित प्रतिनिधित्व भए नभएको समय समयमा अध्ययन गरी त्यस्तो समूहहरुको प्रतिनिधित्वको लागि गरिएको विशेष व्यवस्थाको पुनरावलोकन गर्न नेपाल सरकारलाई सुझाव दिने,
(घ) खण्ड (क) मा उल्लिखित समूह र क्षेत्रको संरक्षण, सशक्तीकरण र विकास सन्तोषजनक भए नभएको अध्ययन गरी भविष्यमा अवलम्बन गर्नु पर्ने नीतिको सम्बन्धमा नेपाल सरकार समक्ष सिफारिस गर्ने,
(ङ) अन्य संवैधानिक आयोगसँग आवश्यकता अनुसार सहकार्य गर्ने,
(च) कानुन बमोजिम तोकिएको अन्य कार्य गर्ने ।
(२) राष्ट्रिय समावेशी आयोगले आफूलाई प्राप्त अधिकार मध्ये आवश्यकता अनुसार केही अधिकार सो आयोगको अध्यक्ष, सदस्य वा सदस्य रहेको समिति वा नेपाल सरकारको अधिकृतस्तरको कर्मचारीलाई तोकिएको शर्तको अधीनमा रही प्रयोग तथा पालना गर्ने गरी प्रत्यायोजन गर्न सक्नेछ ।

संविधानविद् डा. विपिन अधिकारी खस–आर्य समुदाय असन्तुष्ट नहुने गरी आदिवासी जनजाति, दलित, मधेशी, महिला आदिलाई सशक्तीकरण गर्ने गरिको संवैधानिक व्यवस्था आजको आवश्यकता भएको बताउँछन्। जातीय प्रदेश नहुने गरि गरिएको प्रस्तावित सीमांकन आफैंमा राम्रो भए पनि यसमा उत्पीडित जातीय समुदायहरूको अधिकार सुनिश्चित हुने नदेखिएकाले सुधार गर्नुपर्ने उनको सुझाव छ। “एमाओवादीले जस्तो आरक्षण नभनी प्रतिनिधित्व बढाउने उपायहरूमा विचार पुर्‍याउनुपर्छ”, डा. अधिकारी भन्छन्। उनको नजरमा, प्रदेश–२ बाहेक अरू सबै प्रदेश सामर्थ्यको हिसाबले राम्रो बनेका छन्। राजधानी राख्ने र कार्यान्वयनमा जाने विषय चुनौतीपूर्ण भए पनि समाधान गर्नै नसकिने किसिमका समस्या नभएको अधिकारीको बुझाइ छ। सीमांकनमा चित्त नबुझेका समुदायको अधिकार निर्वाचन प्रणाली र मौलिक अधिकार मार्फत सुनिश्चित गर्न सकिने अधिकारी बताउँछन्। – सन्त गाहा मगर

 २०७२ साउन २९ शुक्रबार

नेपालमा नागरिकताको विषय सधैं विवादमा आएको छ। नेपाली नागरिकले नागरिकता पाउने अधिकार स्वतः दाबी गर्न पाउँछ । तर एकातिर को नेपाली नागरिक हो तथा अर्कोतिर अनागरिकलाई कसरी नागरिकता दिने भन्ने प्रश्न यहाँ सधैं चुनौतीपूर्ण बन्ने गरेको छ। वर्तमान अन्तरिमकालको सुरुआतमै एकपटकका लागि भनी मागेजति सबैलाई खुकुलो प्रावधानअन्तर्गत नेपाली नागरिकता प्रदान गरिए पनि नेपालमा नागरिकता समस्या समाधान हुन सकेन। आज सात वर्षपछि पुनः लाखौंले नेपाली नागरिकता पाउन सकेका छैनन् भनिँदै छ। किन यस्तो हुँदैछ ? नबुझिने होइन।

नेपाली नागरिकता कानुनले थाम्न नसकेको बोझ भनेको नेपाल भारतको खुला सिमाना हो। सिमानावारि बस्ने नेपाली र पारि बस्ने भारतीयहरू कतिपय अवस्थामा उस्तै लाग्दछन्। उनीहरूबीच साझा भाषा, धर्म, संस्कृति र रीतिरिवाज पनि छन्। उताका लाई यताका आफ्नै लाग्दछन् भने यताकालाई पनि उताका परचक्री देखिँदैनन्। आइजाइमा सुगमता छ। तर ऐतिहासिक कालमा सुगमतालाई स्वीकार गरिए पनि सीमालाई इज्जत गरिन्थ्यो।

विसं २००७ को क्रान्तिको समापन भारतीय सुबिस्ताअनुसार भएकाले नेपाल भारतको सीमा सुरक्षा व्यवस्था भारतीयहरूका हकमा खुला गरिने बाध्यता नयाँ सरकारहरूले बोक्नुपर्ने भयो। स्पष्टरूपमा क्रान्तिभन्दा अघि पगरी गुम्ने त्रासमा रहेका राणा तथा भारतका बीचमा नेपाल भारत मैत्री सन्धि सहीछाप हुन पुग्यो। यसले दुवै मुलुकका जनतालाई एकअर्को देशमा समान अधिकार प्रदान गर्ने व्यवस्था गरेपछि भारतीयहरू निर्बाध रूपमा नेपाल आउन जान थालेका हुन्। यसपछि नेपालको सुरक्षा संयन्त्रले आइजाइ गर्ने भारतीयहरूको रेकर्ड राख्ने परम्परा पनि छुट्यो। नेपालका गाउँघर, मौजा र गौंडा-गौंडामा बस्ने कमान्डिङ अफिसरहरू पनि हटाइए। तत्पश्चात् नेपालका सरकारहरूले सीमा व्यवस्थापनमा कहिल्यै पुरानो मान्यता कायम गर्न सकेनन् । यसको नेपाली जनसंख्यामा दूरगामी प्रभाव पर्दै गएको छ।

नेपाली क्रान्तिभन्दा पहिले नागरिकतासम्बन्धी कानुनको आवश्यकता देखिएको थिएन। तर खुला अन्तर्राष्ट्रिय सिमाना तथा बढ्दो जनसंख्या अनि भारत र नेपालबीच बढ्दै गएको आर्थिक, सामाजिक तथा सांस्कृतिक सम्बन्धले यसको आवश्यकता महसुस हुँदै गयो। नागरिकतासम्बन्धी कानुन बने पनि नेपालबाट भारत जाने र भारतबाट नेपाल आउने व्यक्तिहरूको आवतजावतको परिचयसहितको रेकर्ड राख्ने व्यवस्था अपनाउन नसक्नुका कारण नागरिकतासम्बन्धी कानुन त्यति प्रभावकारी हुन सकेन। आवतजावतलाई खुला राखिए पनि नेपालमा बसी काम गर्ने भारतीयलाई श्रम अनुमतिको व्यवस्था गर्न सकेको भए नेपालमा कमाउन आएका भारतीयहरूको विदेशी हैसियत कायम हुन्थ्यो। कुनै दिन फर्केर जान्थे । यो दुवैको अभावमा काम गर्न आउने भारतीयहरू केही समयमै मधेसी भएको दाबी गर्ने र नेपाली नागरिकता प्राप्त गर्ने प्रचलन चलेकै हो।

तीन सहर काठमाडौंमा सुरुआतका लागि श्रम अनुमति व्यवस्था लागू गर्न खोज्दा भारतले २०४५÷४६ मा नेपाललाई आर्थिक नाकाबन्दी गरी राजालाई संवैधानिक राजामा झार्ने आन्दोलनलाई सहयोग गरेकै हो। यस्तो निरन्तरताका बीच नेपालको नागरिकता कानुनका प्रयोग हुँदै आएको छ। कतिपय मधेसीहरूलाई खुलारूपमा प्रवेश गरी यहाँ काम तथा बसोबास गर्ने भारतीयका कारणले नागरिकता सम्बन्धमा राज्यको विभेद खपेका छन्। जसलाई कडाइ गरिनुपर्ने हो, उनीहरू फुत्किएका छन्। जसले स्वतः नेपाली भएका कारण नागरिकता प्राप्त गर्नुपर्ने हो, उसले प्रमाण पेस गर्नुपरेको छ। हालको परिस्थिति कस्तो छ भने आम नेपाली युवा काम खोज्न विदेश लागेका छन् भने देश भारतीय श्रम बजार हुन पुगेको छ। नेपाल भारत सीमा वैज्ञानिक रूपमा व्यवस्थापन गरिएको भए नागरिकताको समस्या नै हुन्थेन। नागरिकता भए पनि नभए पनि नेपालमा भएका सबै व्यक्तिहरू अन्यथा प्रमाणित भएमा बाहेक नेपाली नागरिक नै हुन्थे, तर यस्तो स्थिति रहन दिइएन।

नेपालमा नागरिकता समस्या समाधानका प्रयास निरन्तर भएका छन्। घरघरमा डोर खटाएर घरधुरी भएका सबैलाई नागरिकता दिएकै हो । त्यसले पनि नपुगेर जन्मका आधारमा र तीनजनाको सिफारिसका आधारमा पनि नागरिकता वितरण भएकै हो। तर खुला सिमानाका कारणले केही वर्षपछि पुनः नागरिकताको समस्या देखा पर्छ र सरकारलाई निकास खोज्न बाध्य गरिन्छ। यही कारणले गर्दा नेपाल खुला सिमाना भए पनि लगभग भारतीय नभएको देशका रूपमा चिनिन्छ।

नागरिकताको कानुन नेपालीका लागि हो। विदेशीलाई नागरिकता दिन नेपाललाई कर छैन। हरेक देशले नागरिकता कसलाई दिने भन्ने आफ्नो स्वतन्त्रतालाई आवश्यकताअनुसार प्रयोग गर्ने हो। नागरिकतासम्बन्धी अन्तर्राष्ट्रिय मान्यताका दुइटा पक्षहरू छन्। पहिलो, नेपालमा कोही नेपाली राज्यविहीन रहनु हुँदैन। राज्यविहीनता कुनै पनि मुलुकका लागि लाज मान्नुपर्ने विषय हो। अर्को, नागरिकतासम्बन्धी कानुन पुरुष र महिलाबीच विभेदकारी हुनु हुँदैन। यसका लागि हरेक कानुन प्रणालीले उपयुक्त व्यवस्थाहरू गर्न सक्छ। तर विभेदको कुरा नागरिकहरूबीचको कुरा हो। विदेशी र नेपालीबीच विभेद गर्न पाइँदैन भन्नु लज्जास्पद कुरा हो । नेपालको अहिलेको समस्याहरू यो दृष्टिकोणबाट समाधान हुन सक्दैन।

नेपाल अधिराज्यको संविधान २०४७ विज्ञ तथा राजनीतिज्ञहरूबाट मस्यौदा भएको तथा जनआन्दोलनबाट स्थापित संविधान थियो। नागरिकताको कुरा गर्दा यसले नेपालमा स्थायी बसोबास भएका नेपालको संविधान २०१९ को धारा ७ वा नेपाल नागरिकता ऐन २०२० को दफा ३ बमोजिम नेपालको नागरिक ठहर्ने व्यक्तिहरू तथा सोही ऐनको दफा ६ बमोजिम नेपालको अंगीकृत नागरिकता प्राप्त भएका व्यक्तिहरूलाई यो संविधान प्रारम्भ हुँदाको बखत नेपालको नागरिक भएको उल्लेख गरेको थियो। संविधान प्रारम्भ भएपछि जन्मेको कुनै व्यक्तिको बाबु निजको जन्म हुँदा नेपालको नागरिक रहेछ भने त्यस्तो व्यक्ति वंशजको नाताले नेपालको नागरिक हुने तथा नेपाल अधिराज्यभित्र फेला परेको पितृत्वको ठेगान नभएको प्रत्येक नाबालक निजको बाबुको पत्ता नलागेसम्म वंशजको नाताले नेपालको नागरिक मानिने व्यवस्था यसले गरेको थियो।

यो संविधानअनुसार नेपालको राष्ट्रभाषा बोल्न र लेख्न जानेको यसै देशमा कुनै व्यवसाय गरेको अन्य राज्यको नागरिकता त्यागेको र कम्तीमा १५ वर्षसम्म नेपालमा बसेको व्यक्तिले यो संविधान प्रारम्भ भएपछि नेपालको नागरिकता पाउन सक्दथ्यो। तर नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध भएकी विदेशी महिलाले विदेशको नागरिकता त्याग्ने कारबाही चलाएपछि र नेपालको नागरिकता त्यागेर विदेश गएको व्यक्तिले विदेशको नागरिकता त्यागेपछि नेपाली नागरिकता प्राप्त गर्ने व्यवस्थाद्वारा नेपाल आउने बुहारीहरूका सम्बन्धमा भइरहेको समस्याको समाधान गरिएको थियो। तथापि यो संविधानले नेपालको नागरिकको छोराछोरी वा वंशजको हकमा त्यस्तो व्यक्तिले नेपालमा दुई वर्षसम्म बसोबास गरेको भए कानुनद्वारा निर्धारित अवस्था र सर्तमा नेपालको नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था उल्लेख गरी नागरिकताको प्रावधानलाई अझ लचिलो बनाएको देखिन्थ्यो। अंगीकृत नागरिकको सन्तानको हकमा यो प्रावधान राखिएन, तर २०४७ सालको संविधानले नेपालीलाई अनागरिक बन्न बाध्य गर्‍यो भन्ने आधारमा हेरियो।

नेपालको अन्तरिम संविधान २०६३ ले नागरिकता सम्बन्धमा गैरनेपाली पक्षले चाहेबमोजिम व्यवस्था गरियो। यो संविधान प्रारम्भ हुँदाको बखत नेपालमा स्थायी बसोबास भएको वंशजका आधारमा नागरिकता प्राप्त गरेका व्यक्ति नेपाली नागरिक हुने नै भए। तर यसले कुनै व्यक्तिको जन्म हुँदाको बखत निजको बाबु र आमा दुवैमध्ये एकजना मात्र पनि नेपाली नागरिक रहेछ भने त्यस्तो व्यक्तिलाई पनि नेपाली नागरिकता प्राप्त गर्ने अधिकार प्राप्त गर्‍यो। नेपाल सरहदभित्र फेला परेको पितृत्वको मात्र ठेगान नभएको मात्र नभई मातृत्वको पनि ठेगान नभएको प्रत्येक नाबालकलाई निजको बाबु वा आमा फेला नपरेसम्म वंशजका आधारमा नेपाली नागरिक ठहर गरियो।

यसभन्दा पनि संवत् २०४६ चैत मसान्तसम्म नेपाल सरहदभित्र जन्म भई नेपालमा स्थायी रूपले बसोबास गर्दै आएको व्यक्तिले प्रचलित कानुनबमोजिम जन्मका आधारमा नेपालको नागरिकता प्राप्त गर्ने भयो। नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले चाहेमा प्रचलित कानुनबमोजिम अंगीकृत नेपाली नागरिकता पाउने व्यवस्थालाई निरन्तरता दिइयो। तर विदेशी नागरिकसँग विवाह गरेकी नेपाली महिला नागरिकबाट जन्मिएको व्यक्तिको हकमा निजको नेपालमा जन्म भई नेपालमा नै स्थायी बसोबास गरेको र बाबुको नागरिकताका आधारमा निजले विदेशी मुलुकको नागरिकता प्राप्त गरेको रहेनछ भने निजले प्रचलित कानुनबमोजिम नेपालको अंगीकृत नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था गरियो। यी प्रावधानबमोजिम नै नागरिकता पाउन योग्यता पुगेको व्यक्तिलाई नागरिकता प्रदान गर्न मुलुकभरि वितरण टोली पठाइएको र नागरिकता समस्या सधैंका लागि समाधान गरिएको भनिएको थियो। अब यति खुला प्रावधान राखिनु जरूरी थिएन।

सम्भवतः यही कारणले हालै प्रस्तावित नेपालको संविधान २०७२ को प्रारम्भिक मस्यौदाले उपरोक्त व्यवस्थालाई परिमार्जन गर्न खोजेको देखिन्थ्यो। यसले नेपालमा स्थायी बसोबास भएको कुनै व्यक्तिको जन्म हुँदाको बखत निजको आमा र बाबु नेपाली नागरिक रहेछ भने त्यस्तो व्यक्ति तथा कुनै व्यक्तिको नेपालमा जन्म हुँदाको बखत निजको आमा वा बाबुमध्ये एक नेपाली नागरिक रहेकोमा नागरिकता प्राप्त गर्दाको बखत निजको आमा र बाबु दुवै नेपाली नागरिक रहेछन् भने त्यस्तो व्यक्ति वंशजका आधारमा नेपालको नागरिक हुने उल्लेख गरियो। अर्थात् आमा वा बाबु मात्र नभई आमा र बाबु दुवै नेपाली भएका अवस्थामा मात्र वंशजका आधारमा नेपाली नागरिक हुने व्यवस्थालाई यसले कायम गर्‍यो। तर वंशजकै आधारमा नेपाली नागरिक ठहर्ने व्यक्ति र यो संविधान प्रारम्भ हुनुअघि जन्मका आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकका सन्तानले निज बालिग भएपछि आमा वा बाबुको नामबाट वंशजका आधारमा नेपालको नागरिकता प्राप्त गर्ने प्रावधान पनि यसले व्यवस्था गर्‍यो। यसले उल्लेख गरेको अर्को सबैभन्दा महत्वपूर्ण प्रावधान भनेको नेपाली नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान नभएको व्यक्तिलाई यसले वंशजका आधारमा नागरिकता प्रदान गर्ने प्रस्ताव गर्‍यो।

अंगीकृत नागरिकताका सम्बन्धमा नेपाली नागरिकसँग विवाह गर्ने विदेशी पुरुषले वैवाहिक अंगीकृत नागरिकता लिन चाहेमा नेपालमा १५ वर्ष स्थायी बसोबास गरी विदेशको नागरिकता परित्याग गर्ने कारबाही चलाएमा कानुनबमोजिम नेपालको अंगीकृत नागरिकता प्राप्त गर्न सक्ने थियो। त्यस्तै नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलाले नेपालको नागरिकता लिन चाहेमा निजले विदेशको नागरिकता परित्याग गर्ने कारबाही चलाएपछि कानुनबमोजिम नेपालको अंगीकृत नागरिकता प्राप्त गर्न सक्नेछ। विदेशी नागरिकसँग विवाह भएको नेपाली नागरिकबाट नेपालमा जन्म भई नेपालमा नै स्थायी बसोबास गरेको र विदेशी मुलुकको नागरिकता प्राप्त नगरेको स्वयं घोषणा गर्ने व्यक्तिले नेपालको अंगीकृत नागरिकता प्राप्त गर्ने व्यवस्था यसले गर्‍यो। यो व्यवस्थाबाट बुबा जहाँसुकैको भए पनि आमासँगै मावलीमै रहेको वा घरजम गरी बसेको व्यक्ति स्वतः नेपाली नागरिक ठहर्ने भयो। तर निजलाई अर्को देशमा पनि नागरिकताको दाबी हुन सक्ने भएकाले मावलीमा अंगीकृत नागरिकताको प्रस्ताव गरियो। यसमा कसैले चित्त नबुझाउनुपर्ने कारण देखिँदैन। तर यो विरोधको विषय बन्यो।

हाल आएर उक्त प्रारम्भिक मस्यौदालाई पुनः परिमार्जन गरिँदैछ। परिमार्जन गरिएअनुसार यो संविधान प्रारम्भ हुनुअघि वंशजका आधारमा नागरिकता प्राप्त गरेको व्यक्ति र जन्म हुँदाको बखत जसको बाबु वा आमा नेपाली नागरिक हो, ऊ वंशजकै आधारमा नेपाली नागरिक हुन्छ। यसैगरी विदेशी नागरिकसँग विवाह गरेकी नेपाली महिला नागरिकबाट जन्मिएको व्यक्तिको हकमा निज नेपालमा नै स्थायी बसोबास गरेको र बाबुको नागरिकताका आधारमा निजले विदेशी मुलुकको नागरिकता प्राप्त गरेको रहेनछ भने निजले प्रचलित कानुनबमोजिम नेपालको अंगीकृत नागरिकता प्राप्त गर्न सक्दछ। तर विदेशी श्रीमानको हकमा अहिले पनि पन्ध्र वर्ष नेपालमा स्थायी रूपमा रहेको हुनुपर्ने व्यवस्था कायम रहेको छ। यो परिमार्जित व्यवस्थाबाट नेपालमा नागरिकताको समस्या समाधान हुनुपर्ने हो, तर त्यो समाधान हुन सक्दैन। किनकि कुरा केवल औपचारिक समानताको मात्र होइन। नेपाल राज्यका पनि नेपाली जनताका हकमा संरक्षण गर्नुपर्ने केही कर्तव्यहरू छन्।

मूलतः मुलुक त्यसको हो, जो यहाँ छन्, जसले यो देशलाई खनिखोस्री जीवन निर्वाह गरेको छ, जसको अर्को देश छैन, नागरिकताको अधिकार उसका सन्दर्भमा हो। नागरिकता नहुँदा उसलाई कानुन वा प्रजातन्त्रले दिने संरक्षण उसले पाउन सक्दैन। न त घुमेर हिँड्ने विदेशीलाई, न त कमाइ खान आएकाहरूलाई नेपालले नागरिकता दिने कर्तव्य छ। सुरक्षा दिने भनेको बेग्लै कुरा हो । त्यसैले नेपाली नागरिकका हकमा विभेदविहीनता नागरिकतासम्बन्धी व्यवस्थाले पनि कायम गर्नु पर्दछ। राज्यविहीनता पनि हुन दिनु हुँदैन। तर नेपालसँग जसको रगतको नाता पनि छैन, माटोको नाता पनि छैन, उसका प्रति राज्यले कुनै कर्तव्य निर्वाह गर्नुपर्ने अवस्था छैन। यस अर्थमा विदेशी नागरिकसँग विवाह भएको नेपाली नागरिकबाट नेपालमा जन्म भई नेपालमा नै स्थायी बसोबास गरेको र विदेशी मुलुकको नागरिकता प्राप्त नगरेको स्वयं घोषणा गर्ने व्यक्तिले नेपालको अंगीकृत नागरिकता प्राप्त गर्ने सुरुको व्यवस्थामा समस्या थिएन। आमाको जुन हैसियत छ, उनीसँग टाँसिएर यहीँ बसेका सन्तानको हैसियत पनि सोहीबमोजिम हुनु उचित व्यवस्था नै हो । तर आमा वा बाबु जोसुकै भए पनि बाहिर बस्दछन्, नेपालमै आई बस्ने कुनै प्रयोजन छैन, चाहना पनि छैन र त्यस्तो गरिएको पनि छैन भने कन्तुरमा राख्नका लागि नागरिकता दिनुपर्ने कुनै आवश्यकता पनि हुँदैन। त्यस्तै जबसम्म नेपाल र भारतको सिमामा नियन्त्रणको पद्धति विकास गरिँदैन, नेपालमा पाइने हरेक मान्छे वंशजकै आधारमा नेपाली नागरिक हुनेछ भन्नु हास्यास्पद नै हो। छोरीका सन्तानलाई नागरिकता दिँदा बाबु र बाबुको देशबाट पाउने कानुनी अधिकार र संरक्षण लुप्त हुनेबारेमा नेपाली छोरीहरूलाई जानकारी हुनुपर्छ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले बंगलादेश र भारतबीचको सीमा विवाद तथा विवादास्पद सीमाभित्र को भारतीय हो, को बंगलादेशी हो भन्ने प्रश्नलाई दुई देशसँगको समझदारीका आधारमा सधैंका लागि समाधान खोजेका छन्। दुई देशबीच सीमा नियन्त्रणको प्रावधान कायम गरिसकेको परिस्थितिमा जे गरिएको छ, त्यो यहाँबाट हेर्नेहरूलाई धेरै उचित लागेको हुनुपर्छ। यस सम्बन्धमा भारतले ठूलो देश भएअनुसारको उचित व्यवहार गरेको पनि देखिन्छ। छिमेकबीच सन्धिसर्पन जति बलियो हुन्छ, सम्बन्ध त्यति नै बलियो हुन्छ भन्ने कुरामा सत्यता छ।

नेपाल र भारतको सीमा पनि केवल आयात-निर्यात र अपराध नियन्त्रणका सम्बन्धमा मात्र व्यवस्थापन गरिएको आजको परिस्थिति हो। सानो र कमजोर देश भएकाले नेपालले जहिले पनि आफूलाई यसबाट पीडित मात्र देखेको छ। जबसम्म दुई देशका जनताहरूबीचको आवागमनको वैज्ञानिक आधारमा व्यवस्थापन वा नियन्त्रण गरिँदैन, भारतीयहरू नेपालमा निरन्तर प्रवेश र नागरिकताको व्यवस्था उनीहरूबाट निरन्तर थकित हुँदै रहनेछ। यसबाट विश्वासको वातावरण बन्न सक्दैन।

भारतसँगको सम्बन्धमा आप्रबासका नियमहरू तथा श्रम अनुमतिका व्यवस्थाहरूमार्फत अझ बलियो बनाउन सकिन्छ। भारतीयहरूका लागि भारत आज पनि धेरै ठूलो देश छ। नेपालीका लागि नेपाल सानो भइसक्यो। आफ्ना मान्छेलाई आफ्नै ठाउँमा राखेर नेपाल र भारतबीच असल सम्बन्ध बनाउन नसकिने होइन। यति गर्ने हो भने नेपाली भई बाँच्न चाहने भारतीय ज्वाइँलाई पनि तत्कालै अंगीकृत नागरिकता दिन नसकिने होइन। तर अहिलेको प्रणालीबाट नेपालमा नागरिकताको कहिल्यै समाधान हुन सक्दैन। भारतको नयाँ व्यवस्थापनले यो ‘आमा वा बाबु’ वा ‘आमा र बाबु’ को खेल हेरेर नेपाली समस्याप्रति उदासीन भइरहनु हुँदैन।

अधिकारी संवैधानिक कानुनका अध्येता हुन्।