भाद्र ३१, २०७२- संविधानसभाको अत्यधिक मतबाट बुधबार नयाँ संविधान पारित भएको छ । नेपाली जनताले आफ्ना निर्वाचित प्रतिनिधिमार्फत संविधान निर्माण गर्न ६५ वर्षदेखि पाल्दै आएको सपना अहिले पूरा भएको हो । ‘नेपालको संविधान’ असोज ३ बाट लागू हुनेछ । उक्त दिन संविधानसभाले आयोजना गर्ने राष्ट्रिय समारोहमा सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रमाणीकरण गरेको संविधान राष्ट्रपति रामवरण यादवले जारी भएको घोषणा गर्नेछन् ।

वि.सं. २००४ को वैधानिक कानुनबाट सुरु भएको नेपालको संवैधानिक इतिहासमा यो छैटौं संविधान भए पनि सार्वभौम नेपाली जनताका तर्फबाट जारी हुन लागेको यो पहिलो सर्वोच्च कानुन हो । ‘जनताको व्यापक सहभागितामा संविधानसभाले बनाएको यो संविधान नेपालको संवैधानिक इतिहासमा अतुलनीय छ,’ संविधान पारित गरेको बैठकपछि सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले भने, ‘अन्तरवस्तुका दृष्टिले यो सबभन्दा बढी प्रगतिशील र जनतामैत्री छ ।’ संविधान निर्माणसँगै तत्कालीन विद्रोही माओवादीले सञ्चालन गरेको दसवर्षे सशस्त्र संघर्ष अन्त्य गरी २०६३ बाट सुरु भएको शान्तिप्रक्रिया तार्किक निष्कर्षमा पुगेको छ । नयाँ संविधानले राष्ट्र निर्माणदेखि नै कायम रहेको एकात्मक शासन प्रणालीको अन्त्य गरी सात प्रदेशको संरचनासहित संघीय शासन व्यवस्था स्थापित गरेको छ ।

नयाँ संविधानले २०६५ जेठ १५ देखि कार्यान्वयनमा आएको लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेको छ । जनआन्दोलन २०६२/६३ बाट पुन:स्थापित प्रतिनिधि सभाले जेठ ४ को घोषणामार्फत तत्कालीन राजसंस्थाका सम्पूर्ण अधिकार कटौती गरेपछि गणतन्त्र स्थापनाको प्रक्रिया सुरु भएको थियो । पहिलो संविधानसभा निर्वाचनमा सहभागी हुन तत्कालीन माओवादीले सर्तका रूपमा अघि सारेपछि अन्तरिम संविधान संशोधनमार्फत घोषणा गरिएको गणतन्त्रको कार्यान्वयन २०६४ मा निर्वाचित पहिलो संविधानसभाको पहिलो बैठकले गरेको थियो ।

संविधानका विशेषताहरु यस्ता छन् :

– संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था

– सार्वभौम र राजकीय सत्ता जनतामा

– सात प्रदेशको संघीय संरचना

– संघ, प्रदेश र स्थानीय गरी तीन तहको राज्य संरचना

– संघीय र प्रदेश संसद्बाट निर्वाचित संवैधानिक राष्ट्रपति

– सुधारिएको संसदीय शासन प्रणाली, संसद्बाट निर्वाचित प्रधानमन्त्री कार्यकारी प्रमुख

– प्रधानमन्त्रीले संसद् विघटन गर्न नपाउने

– दुई वर्षसम्म प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउन नपाइने

– दुईतिहाइले संशोधन गर्न सकिने

– मिश्रित निर्वाचन प्रणाली

– केन्द्रमा प्रतिनिधिसभा र राष्ट्रियसभासहित दुई सदनात्मक संघीय संसद्

– प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित १६५ र समानुपातिक ११० सहित २७५ सदस्य

– केन्द्रमा बढीमा २५ सदस्यीय मन्त्रिपरिषद्

– राष्ट्रियसभामा सात प्रदेशबाट निर्वाचित ५६ र राष्ट्रपतिबाट मनोनीत ३ सहित ५९ सदस्य

– प्रदेशमा एक सदनात्मक संसद्

– ७ प्रदेशमा कुल सांसद ५५०

– प्रदेशमा प्रदेश संसदबाट निर्वाचित मुख्यमन्त्री, राष्ट्रपतिबाट नियुक्त प्रदेश प्रमुख

– प्रदेशमा प्रदेश संसद्का कुल सांसदको २० प्रतिशतबाट नबढ्ने गरी मन्त्रिपरिषद्

– प्रदेश संसद्मा संघीय संसद्मा जस्तै ६० प्रतिशत प्रत्यक्ष र ४० प्रतिशत समानुपातिक निर्वाचन प्रणालीबाट सांसद चुनिने

– ३७ भाग र ३ सय ८ धारा र ९ अनुसूचीको बृहत् संविधान

– प्रदेशको सीमांकन संघीय आयोगले ट’ंग्याउने

– प्रदेशको नामकरण प्रदेश संसदको द’ईतिहाइले गर्ने

– प्रदेशसभाले आफ्नो राजधानी तय नगर्दासम्म केन्द्रीय सरकारले तोकेको स्थानबाट कार्य सञ्चालन ह’ने ।

– संविधानमा नै केन्द्र, प्रदेश र स्थानीय सरकारको अधिकार क्षेत्र विभाजन

– प्रदेशसभाको निर्वाचन र प्रदेश सरकार नबन्दासम्म उनीहरूको अधिकार पनि केन्द्रले प्रयोग गर्ने संक्रमणकालीन व्यवस्था ।

– एकीकृत न्यायपालिका

– केन्द्रमा सर्वोच्च अदालत

– सर्वोच्च अदालतमा संवैधानिक इजलास रहने

– प्रदेशपिच्छे उच्च अदालत

– साबिक जिल्लामा जिल्ला अदालत

– आमा वा बाब’को नामबाट वंशजको नागरिकता

– धर्मनिरपेक्ष राष्ट्र

– धर्मनिरपेक्षताको व्याख्या– धर्मनिरपेक्षता भन्नाले सनातनदेखि चली आएको धर्म, संस्कृतिको संरक्षणलगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता सम्झन’पर्छ

– मधेसी, थारू, म’स्लिम, आदिवासी जनजातिका लागि छ’ट्टाछ’ट्टै आयोग

– सबै मातृभाषा राष्ट्रभाषा, सरकारी कामकाजको भाषाको देवनागरिक लिपिमा नेपाली

– राष्ट्रिय जनावर गाई, राष्ट्रिय झण्डा र राष्ट्रियगान यथावत्

– जिल्ला प्रशासनिक इकाईका रूपमा रहने

– जिल्लामा निर्वाचित जिल्ला सभा रहने

– सरकार गठन गर्ने आयोगले एक वर्षभित्र स्थानीय निकायको प’न:संंरचना गर्ने

– स्थानीय निकायमा अन्तरिम च’नाव गर्ने संक्रमणकालीन व्यवस्था

– चार वर्षका लागि निर्वाचित संविधानसभाका सदस्यहरू बाँकी कार्यकालका लागि रूपान्तरित व्यवस्थापिका संसदको सदस्यका रूपमा रहने ।

– ०७४ माघअगावै आमनिर्वाचन घोषणा भए उम्मेदवारी मनोनयनका दिनसम्म मात्र उनीहरूको कार्यकाल रहने ।

– संविधान जारी भएको ७ दिनमा प्रधानमन्त्री, २० दिनमा सभाम’ख र एक महिनामा राष्ट्रपतिको निर्वाचन गर्ने संक्रमणकालीन व्यवस्था

 संविधानसभाको बुधबार साँझको बैठकले संविधानकाे परिमार्जित विधेयकका सबै ३०२ धारा पारित गरेको छ। बैठकले संविधानकाे नाम र प्रारम्भ हुने मिति पनि बहुमतले पारित गरेको छ। संविधानकाे नाम ‘नेपालको संविधान’ हुनेछ भने यो संविधान २०७२ असोज ३ गतेदेखि प्रारम्भ हुनेछ। बुझ्न नसकिने हतारोमा सबै धाराहरु पारित गरिएका छन् ।

साँझ ७ बजेपछि आधा घण्टाका लागि स्थगित गरिएको बैठकपछि पूरै संविधानलाई दुई तिहाईले पारित गर्न मत विभाजन गरिनेछ। संविधान पारित हुनका लागि तत्काल कायम ५९८ सदस्यको दुई तिहाई बहुमत अर्थात् ३९९ मत आवश्यक रहन्छ। प्रमुख दलहरु एकै ठाउँमा भएकोले सहजै दुई तिहाईभन्दा बढी मत पुग्नेछ। संविधानको परिमार्जित विधेयक–२०७२ का पक्षमा ५०७ मत र विपक्षमा २५ मतपर्ने सम्भावना देखिएको छ । यो भनेको संविधानका पक्षमा यो भनेको ८४.७८ प्रतिशत मत हो । राप्रपा नेपालले संविधानको विपक्षमा मतदान गर्ने सम्भावना छ भने केही मधेश केन्द्रित दलहरु संविधान निर्माण प्रक्रियाबाटै अलग भएकाले बैठकमा सहभागी हुने छैनन् । तर अहिले संशोधन सहित पारित भएको सम्पूर्ण संविधानको मूल कपि तयार भएको देखिदैन । यदि मूल कपि प्रस्ताबनै नगरी मत बिभाजन गर्ने हो भने यो प्रक्रिया त्रुटिपूर्ण मानु पर्ने हुन्छ ।

यो प्रक्रिया पछि संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराई पदेन अध्यक्ष रहने आनुसंगिक समितिले पारित भएका धाराहरुको क्रम मिलाउने काम गर्नेछ। यो कार्य केवल प्राविधिक कार्य मात्र हुने छ I

सो समितिमा मस्यौदा समितिका सभापति कृष्ण सिटौला, एमाले सचेतक अग्निप्रसाद खरेल, एमाओवादी सचेतक गिरिराजमणि पोखरेल र राप्रपा नेपालकी कुन्तिकुमारी शाही सदस्य छ। सो समितिको सिफारिसमा अध्यक्षले सभाबाट पारित भइसकेको संविधानको विधेयकमा आवश्यक देखेमा विधेयकका धाराको सङ्ख्याको क्रम मिलाउन र आवश्यक आनुषङ्गिक सुधार गर्न सक्ने व्यवस्था रहेको छन्। समितिले संविधानलाई क्रम मिलाएर अन्तिम रुप दिएपछि नेपाली कागजमा पाँच प्रति छाप्नेछ।

असोज १ गते शुक्रबार बिहान ९ बजेदेखि ३ बजेसम्म संविधानसभा भवनको ल्होत्से हल संविधानको सबै ५ प्रतिमा सभासदहरुले हस्ताक्षर गर्नेछन्।

हस्ताक्षर सकिएपछि संविधान सभा अध्यक्ष सुवास नेम्वाङले प्रमाणिकरण गर्नेछन् भने असोज ३ गते साँझ ५ बजे हुने समारोहमा राष्ट्रपति डा. रामवरण यादवले जारी गर्नेछन्।

यसरि हतार हतार संविधान पारित गर्दाका जोखिमहरू प्राबिधिक तथा सैद्धान्तिक दुवै हुन सक्दछन I पारित भएका प्रावधानहरु सार्बजनिक नभई सकेकाले यसबारे अहिल्यै भन्न सकिने अवस्था छैन I केहि समय यो प्रक्रिया अल्झाउन सकेको भए तराइमा आन्दोलन गरिरहेका दलहरुलाई संविधानसभामा पुनः फर्काउन सकिन्थ्यो कि ? भन्ने तर्फ़ सोच्न सकिएको देखिदैन ।

 सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेले संविधानसभामा आज मतदान प्रक्रिया सुरु गर्ने निर्णय गरेका छन्। दुबै दलको आज बसेको संसदीय दलको छुट्टाछुट्टै बैठकले नयाँ संविधानसभामा प्रक्रिया सुरु गर्ने गर्ने निर्णय गरेका हुन्। दुई ठूला दलको निर्णय अनुसार आज संविधानसभा बैठकलले संविधानका सं‌शोधन प्रस्तावलाई मतदानबाट टुङ्गो लगाउन सुरु गर्नेछ।

आज बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले प्रक्रिया सुरु गर्ने निर्णय गरेको प्रमुख सचेतक चीनकाजी श्रेष्ठले जानकारी दिए। उनले कांग्रेसका सबै सभासदलाई मतदान प्रक्रियामा अनिवार्य उपस्थित हुन एसएमएसबाट निर्देशन पनि पठाएका छन्। त्यस्तै आज बिहान बसेको एमाले संसदीय दलको बैठकमा पार्टी अध्यक्ष केपी ओलीले सभासद्हरुलाई मतदान प्रक्रिया नसकिएसम्म संविधानसभा भवनबाट नबाहिरिन निर्देशन दिएका छन्। ‘आफू पनि नबाहिरिनुस् र अरु सभासदहरुलाई पनि नबाहरिन भन्नुस्’ उनले भने। कांग्रेस र एमाओवादीसित मिलेर दर्ता गरिएको संयुक्त संशोधन प्रस्तावको पक्षमा अनिवार्य रुपमा मतदान गर्न उनले निर्देशन दिए। यस विषयमा एकीकृत नेकपा माओवादीको धारणा भने सार्वजनिक भइसकेको छैन।

यसअघि कांग्रेस, एमाले र एकीकृत नेकपा माओवादीको बैठकले तराई मधेशमा आन्दोलनरत दलहरुसँग वार्ता गर्नका लागि दुई दिन प्रक्रिया स्थगित गर्ने निर्णय गरेका थिए। वार्ताका लागि दिएको दुई दिनको समय आज सकिएको छ। तर यस बीचमा तराई मधेशमा आन्दोलनरत दलहरुसँग वार्ता सुरु नै भएको छैन। थरुहट संघर्ष समितिले वार्ताका लागि समिति गठन गरेको छ भने संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले वार्ता अस्वीकार गरेको छ। प्रक्रिया स्थगित गरेको दुई दिनमा संविधानसभा छाडेको चौथो ठूलो दल राप्रपा नेपाल भने संविधानसभामा फर्केको छ।

संविधानसभाको बैठक बिहान ११ बजे राखिएको भए पनि साढे १२ बजे यो समाचार तयार पार्दासम्म बस्न सकेको छैन। आजको बैठकको कार्यसूचीमा ‘संशोधन प्रस्तावमाथि छलफल जारी’ मात्र लेखिएको छ। दलहरुको आन्तरिक तयारी भने त्यसलगत्तै तीन दलका नेताले बोल्ने गरी कार्यसूची बनाउने र त्यसपछि अर्को बैठक बसी मतदानमा लाने छ। तीन दलबाहेक अरुले राखेका संशोधन प्रस्तावलाई ध्वनि मतबाट अस्वीकार गर्दै तीन दलको संयुक्त संशोधन प्रस्ताव पास गर्ने प्रक्रियाका लागि दुई दिन, पास भएका संशोधन अनुसार धारा नम्बर र क्रम मिलाउन सचिवालयलाई एक दिन र त्यसपछि विधेयकको प्रत्येक धारा दुई तिहाईले पारित गर्न कम्तिमा दुई दिन लाग्ने अनुमान यसअघि संविधान सभा अध्यक्ष सुवास नेम्वाङले गरेका थिए।

तर देशको संवेदनशील परिस्थितिलाई ध्यानमा राख्दै संविधानसभाको बैठक लम्ब्याउँदै यो प्रक्रियालाई छोट्याएर छिट्टै संविधान जारी गर्ने विकल्पमा पनि नेताहरुले सोचेका छन्।

 २०७२ भाद्र २५ शुक्रबार

संविधानसभामा परिमार्जित विधेयकमाथि दफाबार छलफल प्रारम्भ भएको छ। सभाध्यक्ष सुवासचन्द्र नेम्बाङले कुल ५४ संशोधन प्रस्ताव प्राप्त भएको जानकारी दिनुभएको छ। नेम्बाङले संशोधन प्रस्तावमाथि छलफल गर्न चाहने सभासद्को नाम पनि प्राप्त गरिसक्नुभएको छ। प्रस्तावमाथिको छलफल पनि आरम्भ भएको छ।

यति हुँदाहुँदै पनि संविधानसभा संविधान निर्माणको सबैभन्दा कठिन चरणमा प्रवेश गरेको मान्नुपर्ने हुन्छ। संघीय समाजवादी फोरमसहित चार राजनीतिक दलद्वारा संविधानसभाभित्रको छलफल बहिष्कार गरेको वर्तमान परिस्थिति छ। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध दलका तर्फबाट तराई-मधेस लोकतान्त्रिक पार्टी नेपालका अध्यक्ष महेन्द्रराय यादवले विगतमा भएको मधेसी दलसँगको सम्झौता लागू नभएको र विभिन्न जिल्लामा जनता शान्तिपूर्ण रूपमा आन्दोलनमा उत्रिँदा पनि सरकारले सेना परिचालन गरेको भन्दै सहमतिको वातावरण नबनेसम्म बैठक बहिष्कार गर्ने घोषणा गर्नुभएको छ। सबै जाति र समुदायले मुलुक आफ्नो हो भन्ने भावनाको विकास गराउन सेना परिचालनलाई फिर्ता गरी सहमतिबाटै संविधान जारी गर्ने ध्येयसहित ठूला दलहरूलाई भूमिका निर्वाह गर्न संविधानसभाबाटै यादवको आह्वान छ। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा संघीय समाजवादी फोरम, तराई-मधेस लोकतान्त्रिक पार्टी, मधेसी जनाधिकार फोरम गणतान्त्रिक र सद्भावना पार्टी आबद्ध छन्। सद्‍भावना पार्टीले यसअघि नै संविधानसभा छोड्न राजीनामा बुझाइसकेको छ। राप्रपा नेपाल जो वर्तमानमा संविधानसभाको चौथो ठूलो राजनीतिक दल हो, पनि अस्तिदेखि मूलधारबाट किनार लागेको घोषणा गरेको छ।

अहिलेको प्रक्रियाका साझेदार नेपाली कांग्रेस, नेकपा एमाले र एमाओवादीभित्रै पनि संविधान विधेयकमा उल्लिखित प्रावधानहरूका सम्बन्धमा फरक-फरक धारणा छन् । एउटै दलभित्र पनि विभिन्न धारहरू हुनाले फरक मतको व्यवस्थापन गर्ने कामलाई चुनौतीपूर्ण बनाइदिएको छ। जेजति सहमति गरिएको छ, त्यो पनि धेरै मेहनतबाट मात्र हुन सकेको हो भन्नेमा शंका छैन। तथापि फरक मतको व्यवस्थापन गर्ने काम सकिएको देखिँदैन। उदाहरणका लागि हिन्दु राज्य र धर्म निरपेक्षताको कित्तामा बाँडिएका कांग्रेसलगायतका सभासद्लाई एक ठाउँमा ल्याउन ‘धर्म निरपेक्षता’ को स्पष्टीकरण राखिएको सबैले बुझेको हो। तर कांग्रेसका सूर्यमान गुरुङले धर्म निरपेक्षतालाई कायम राखिनुपर्नेमा थप व्याख्या गर्ने नाममा अपव्याख्या गरिएकाले आदिवासी÷जनजाति समुदाय असन्तुष्ट रहेको बताउनुभएको छ। लोकतान्त्रिक आन्दोलनमा आफूहरू पनि सहभागी भएर रगत-पसिना बगाएको स्मरण गराउँदै उहाँले यी समुदायका आवाजलाई गम्भीरतापूर्वक सुनियोस् भन्नुभएको छ। मधेसी जनजाति सभासद्ले आफ्नो समुदायलाई बाहिर राखेर जारी हुने संविधानको स्वामित्व आफूले नलिने चेतावनी दिएका छन्। एमालेका एक सभासद्ले त आफ्नो नेतृत्वले आफ्नो जातीय अनुहार देखाएको समेत आरोप लगाएका छन्। अध्यक्ष प्रचण्डको घरै पुगेर माओवादीका केही मधेसी नेताहरूले आफ्नो कुरा सुनुवाइ नभएकोमा असन्तुष्टि व्यक्त गरेका छन्। यी सबै आफ्नै दलभित्र अन्तरसंघर्षमा छन् । उता हिन्दु राज्य स्थापनाको माग राख्दै काठमाडौंमा राप्रपा नेपाल एक्लै आन्दोलनमा छ।

परिस्थिति यति विषम भए पनि राजनीतिक माग के हो भन्ने स्पष्ट छैन। नेपाल बन्दमै संलग्न दलहरूको पनि साझा धारणा छैन। थारूहरूले थारूलाई जनाउने प्रदेश माग गरे पनि अरूको एजेन्डा के हो स्पष्ट छैन। सरकारले स्पष्ट गरेर ल्याऊ भनेको पनि छैन। मुलुकमा सुरु भएको नेपाल बन्दको प्रक्रियाबाट पूर्वीतराई क्षेत्र झन्झन् आक्रामक हुँदै आएको देखिन्छ। पश्चिम क्षेत्रमा कथित आन्दोलनकारीहरूले सात सुरक्षाकर्मी र एउटा काखको नानीको हत्या गरेपछि सामाजिक सद्भाव नखल्बल्याईकन आन्दोलनमा संलग्न भइरहने प्रतिबद्धता सार्वजनिक गरेका छन्। यस्तो प्रतिबद्धता पूर्वतर्फ पनि छ। तर वस्तुतः आन्दोलन हिंस्रक हुँदै गएको देख्न सकिन्छ। नियोजित हिंसाका माध्यमबाट सरकारलाई गलाउने आन्दोलनकारीको रणनीति देखिन्छ।

यो रणनीति स्पष्ट देखिए पनि आन्दोलनकारीहरू केवल नेपाल बन्दमा मात्र समर्पित छैनन्। उनीहरू गोलाबारुद हुने सुरक्षासंयन्त्रलाई ढुंगामुढा गरी आवेश प्रेरित गराउने, निषेधित क्षेत्र तोड्ने र तोड्न लगाउने, सडकमा हिँडेका मोटरगाडीहरू जलाउने, सरकारी कार्यालयमा तोडफोड गर्ने तथा आगो लगाउनेलगायतका कर्ममा लागेको पनि देखिन्छ। प्रहरी बिट तथा कार्यालय र नेपाल सरकारको संरचनामा ताकेर गरिएको आगजनीले धेरै कुरा सोच्न बाध्य तुल्याउँछ। विराटनगरमा अस्ति पुनः सुरक्षा अधिकारीहरूमाथि प्रज्ज्वलनशील पदार्थ प्रयोग गरी जलाउने प्रयास भएको सार्वजनिक जानकारीमा आएको छ। सुरक्षा संयन्त्र न छोडेर जान सक्छ, न त टुलुटुलु हेरेर बस्न सक्छ। नेपाली सेनाको उपस्थितिले कतिपय क्षेत्रमा परिस्थिति धेरै बिग्रन दिएको छैन। सुरक्षा संयन्त्रको तर्फबाट गोली चलाउँदा भएको क्षतिलाई तुरुन्त बन्द गर्नुपर्ने अवस्था देखिन्छ, तर यसले कसैको भलो गर्दैन।

यो आन्दोलनको भूराजनीतिक पक्ष पनि छ। देशका लागि यो सबैभन्दा बढी चिन्ताको विषय हो। नेपाल एउटा सनासो (ट्र्याप) मा फसिसकेको देखिन्छ। तथापि समस्याको राजनीतिक हलबाहेक अर्को समाधान खोज्न सकिँदैन। गत २२ गतेकै दिन संविधानसभा बैठक बस्नुअघि नै सभाध्यक्ष नेम्बाङलाई मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले भेटी संविधान जारी गर्ने प्रक्रियालाई बिस्तार गर्न आग्रह गर्नुभएको थियो। त्यो आग्रहलाई अध्यक्षले त्यति महत्व नदिएकोमा उहाँले ‘सत्ताधारी ठूला दलहरूले पुरानो मानसिकता र एकपक्षीय संकीर्ण जातीय चिन्तनलाई निरन्तरता दिँदै सुर्खेत, कर्णाली र मध्यपश्चिम क्षेत्रका माग सम्बोधन गरेको तर मधेस थरुहट क्षेत्रलाई पूर्णरूपमा बेवास्ता गर्दै दमन गरेरै जाने नीतिमा अघि बढेको आरोप लगाउनुभएको छ। आमरूपमा देशभर र विशेषगरी मधेस र थरुहटमा चरम किसिमको तनाव, ध्रुव्रीकरण, भीडन्त तथा दुर्घटनाको स्थिति विद्यमान देखिएकोमा दुईमत छैन।
प्रकाशित खबरहरूले गच्छदार झापा छोडेर मोरङ, सुनसरीसहितको एक प्रदेश, मकवानपुर र सिन्धुलीको तल्लो भागसहितको अर्को प्रदेश र कन्चनपुर छोडेर कैलालीसम्मकै अर्को प्रदेश गरी तराईमा तीन प्रदेश र समग्रमा आठ प्रदेशको पक्षमा देखाएका छन्। मधेसमुखी दलहरू आफैं प्रस्ट देखिएका छैनन् । तर अहिलेसम्मको आन्दोलन मूलतः मधेसी र थारूहरूको मात्र हो । अखण्ड पक्षधरहरूको प्रतिक्रिया देखिएको छैन। अहिले आएर ठूला दलका थारू मधेसी सभासद्हरूले आफ्नो दलको ह्विप नमान्ने धम्की दिएपछि प्रजातान्त्रिक विधिको खासै कुनै प्रयोजन रहेन। जनजाति समूहहरूमा एकातर्फ कठोर आन्दोलनमा जाँदा देश विखण्डनकारीको हातमा पुग्छ कि भन्ने त्रास र अर्कोतर्फ केही नगर्दा पछि सीमांकन र नामांकनमा अल्मल्याउँछन् कि भन्ने सन्देहमा रहेका छन्। चुप लागेर बसेको समुदायको मनपेट बुझ्न गाह्रो नै छ। त्यसैले राजनीतिक समाधान केवल एक पक्षसँग मात्र खोजेर प्राप्त हुन सक्ने स्थिति छैन।

एमाओवादीले केही दिनदेखि आन्दोलनरत मधेसी, थारूलगायतसँग वार्ता गरी समाधान खोज्न पहल सुरु गरेको छ। यसको कांग्रेस-एमाले र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकसहित आन्दोलनरत मधेसी दल, थारू समुदायसँग अनौपचारिक छलफल गरी औपचारिक वार्ताको पहल गर्ने निर्णय सराहनीय छ। खासगरी संविधान निर्माण सम्बन्धमा भएको सोह्रबुँदे सहमतिको एक पक्ष मधेसी जनअधिकार फोरम लोकतान्त्रिकलाई कुनै हालतमा प्रक्रियाबाट बाहिर जान नदिन पहल गर्ने यसको निर्णय न्यायोचित देखिन्छ। गच्छदार हाल अन्य पक्षसँग नजोडिए पनि तीन दलसँग भने छुट्टिएर बस्नुभएको छ। कांग्रेस, एमाले, एमाओवादी र लोकतान्त्रिकबीच जेठ २५ गते भएको सोह्रबुँदेअनुरूप बढेपछि मात्र संविधान निर्माण प्रक्रियाले गति लिएको सर्वविदितै छ । त्यसैले पनि संविधान घोषणा गर्दासम्म लोकतान्त्रिकलाई समेट्नुपर्नेमा एमाओवादी जोड सम्भव पनि छ । यसका लागि तीन दलले आवश्यक गृहकार्य गर्नैपर्छ।
सभाध्यक्ष नेम्बाङले दलहरूलाई संविधान जारी भएपछि पनि संशोधनमार्फत कतिपय विषय समेट्न सकिने भन्दै आपसी विश्वास कायम राख्न निरन्तर सुझाव दिएको वर्तमान परिस्थिति हो। ‘मैले भनेको छु, बाटो साँघुरो छ तर बन्द छैन, संशोधनहरू बीचबाट बाटो खोज्नुस्, संविधान जारी भएपछि पनि संशोधन गर्न सकिन्छ’ भन्ने उहाँको भनाइ त्यति तार्किक लाग्दैन। उहाँले वर्तमान प्रक्रियालाई ‘स्लो’ बनाई सम्बद्ध पक्षसँग वार्ता गर्न सभाका तर्फबाट वातावरण बनाइदिनु जरुरी छ। सोह्रबुँदे सहमति र सात प्रदेशको सीमांकनको विपक्षमा रहेका दलहरू सबैजसो सडकमै रहे पनि तिनीहरूका माग र नारामा एकरूपता छैन। उनीहरूबीच पनि छलफल र संवाद हुनुपर्दछ। यसका लागि पनि केही समय चाहिन्छ नै। सडकमा कोही नरहून् भन्नाका लागि अन्तिम प्रयास पुगेको छैन।

संविधानसभाको बर्तमान सिट संख्या केवल ५९७ मात्र हो। वर्तमान परिस्थिति हेर्दा प्रक्रियामा रहेको दलहरूको संख्या १८ छ भने उनीहरूसँग संयुक्त रूपमा ५१५ सभासद्हरू छन्। संविधानको विधेयक पारित गर्न चाहिने अन्तरिम संविधानको धारा ७० को बहुमत अर्थात् ३९८ को बहुमत अहिले पनि संविधानसभामा छ । प्रमुख तीन दलमा रहेको सभासद् संख्या ४ सय ७४ नै संविधान निर्माणका लागि काफी छ। प्रक्रियामा रहेका अन्य दलहरूसमेतलाई मिलाउने हो भने यो संख्या आज पनि चाहिने दुईतिहाई बहुमतभन्दा ११७ सिट बढी छ। राप्रपा नेपाल पनि मिल्न आयो भने यो संख्या १४२ पुग्दछ।

संविधानसभाको प्रक्रिया छोडेर ११ वटा दलहरू तीनवटा मोर्चामार्फत अहिले आन्दोलनमा लागेका छन्। उनीहरूको सभासद् संख्या केवल ५७ मात्र हो। यसमध्ये ११ जना तराई-मधेस लोकतान्त्रिक पार्टीका छन्। राप्रपा नेपाललाई छुट्ट्याएर हेर्ने हो भने अंकगणितले आन्दोलनको आकार र परिमाणलाई वर्णन गर्न सकिरहेको छैन। आन्दोलनको जरो अन्यत्रै हो भने यसलाई सरकारले नियन्त्रण गर्न सक्ने अवस्था छैन। त्यस्तै अंकगणितका आधारमा यहाँ प्रजातन्त्र चल्ने सम्भावना पनि रहेन।

तर यो आन्दोलन आन्तरिक शक्ति निर्माणको प्रतिस्पर्धामा छ भने वार्ताको विकल्प छैन। खेर गइरहेको जीउज्यान र नोक्सानीमा परिरहेको राष्ट्रिय सम्पत्तिहरूलाई तत्काल जोगाउनु पर्दछ। आन्दोलनका समुचित मागहरूको सम्बोधन हुनुपर्दछ। तर वार्तामा नबसीकन परिस्थिति के हो भनी प्रस्ट हुन सक्दैन। हिजो पनि प्रमुख तीन दलले आन्दोलनरत दल र नेतृत्वपंक्तिलाई वार्तामा आउन आह्वान गरेको छ। प्रधानमन्त्रीले उनीहरू सबैलाई व्यक्तिगत रूपमा पनि ‘रिच आउट’ गर्दै हुनुहुन्छ। तर वार्ता जबसम्म सर्वपक्षीय हुँदैन, यसबाट देशका लागि निकास निस्कन सक्दैन। केवल कसैका लागि अर्को आन्दोलनको तयारी मात्र हुन सक्दछ।

अधिकारी संवैधानिक कानुनका अध्येता हुन्।

 नयाँ संविधान जारी गर्न शुक्रबार भदौ २५ गते देखि नै संविधानसभामा मतदानको प्रकृया सुरु हुने भएको छ। नेपाली काँग्रेस. एमाले र एनेकपा माओवादी को सहमति का आधारमा यस्तो निर्णय लिइएको हो I

तराइ मधेसमा भैरहेको आन्दोलनका आन्दोलनकारी दलहरुसँग वार्ता हुन नसकेको अहिलेको परिस्थितिमा सभाको प्रक्रियामा यति हतार गर्नु हुन्थेन I संविधान बिधेयक आइसकेको अवस्थामा अब मश्यौदालाइ लिएर धेरै ढिलो हुने अवस्था छैन I बाँकि रहेको भनेको केवल दफाबार छलफल र मतदान मात्र हो I त्यसैले यसमा धेरै हतार गर्नुको औचित्य छैन I केहि समय यो अघिल्लो प्रक्रियालाई स्थगन गरेर भएपनि असन्तुस्ट पक्षसंग सबै पक्षले सहमति कायम गर्न प्रयाश गर्नु पर्छ I मुख्य तीन दलहरुले जसरि बार्ताको ढोका खुल्ला राख्दै संविधान निर्माणलाई मतदानको प्रकृयामा लैजाने निश्कर्षमा पुगेका छन् त्यो राम्रो कुरो होइन I यस सम्बन्धमा आवश्यक तयारी र व्यवस्थापन गर्न सभाध्याक्ष सुवास नेम्वाङले संविधानसभा सचिवालयलाई निर्देशन दिएका छन्। यस बीचमा दलहरुले आन्दोलनकारी पक्षहरुसँग संवादको प्रयोगलाई जारी राख्ने छन् भनिएको छ । तर तिन दलहरुले परिस्थिति नाबुझेकोंई देखिन्छ I

संविधानका हरेक प्रावधानलाई मतदानबाट टुंगो लगाएर भदौं मसान्तभित्रै संविधान जारी गर्ने कार्यतालिकाअनुसार प्रक्रियालाई तीव्रता दिइएको हो । संविधानसभा सचिवालयले शुक्रबारदेखि सुरु हुने मतदानका लागि प्राविधिक गृहकार्य सुरु गरेको छ ।

सभाध्याक्ष सुवास नेम्वाङले संविधानको बिधेयकमाथिको दफावार छलफल सकेर शुक्रबार नै मतदान सुरु गर्ने जानकारी पहिलेदेखिनेनै दिएका थिए । उनले भनेका थिए “अब प्रकृया रोकिदैन भदौभित्रै संविधान जारी हुन्छ ।”

संविधान सचिवालयले भदौमसान्तभित्रै संविधान जारी गर्नका लागि कार्यसुची तय गरिसकेको छ । संविधानको विधेयकमाथि पचासभन्दा बढी संशोधन पेश गर्ने र सभासद्ले बोल्ने क्रम अस्ति नै सकिएको छ । आन्दोलनकारीसंग बार्ता गरेरै जादा पनि धेरै ढिलो हुदैन । यसमा सबै गम्भिर हुनुपर्ने बेला छ ।

 Article 138 of Interim Constitution upholds those commitments in a way. “Accepting the aspirations of indigenous ethnic groups and the people of the backward and other regions, and people of Madhesh, for autonomous provinces,” says the Article, “Nepal shall be a Federal Democratic Republic.” But it also accords power to decide federal structure to the CA. “The Constituent Assembly shall determine the number, boundary, names and structures of the autonomous provinces and the distribution of powers and resources, while maintaining the sovereignty, unity and integrity of Nepal… The final decision relating to the structure of state and federal system shall be made by Constituent Assembly.”

Mahabir Paudyal

Similar agreements have been made with Tamangs, Tharus, Limbus, campaigners of undivided Far-west and Brahmin/Chhetri and Dashnami community, each contradicting the provision of the other.

None of the agreements, nor Article 138, says anything about number, boundaries and names of the federal provinces. They accept CA’s supremacy and accord it power to settle federalism issue and put sovereignty, national unity and territorial integrity above all else. All that the agreements say is that provinces shall be autonomous, which is no statement because every province in federal system is autonomous by nature. Agreements are silent about which districts should be incorporated into which provinces—the major bone of contention among the parties.

Invoking one agreement will drag other into a mess. For example, you cannot address Limbus’ demand for Limbuwan (with Jhapa, Morang and Sunsari) and Madheshis’ call for incorporating them into Madhesh province at the same time. Nor can you agree to Tharuhat province without violating agreement made with undivided Far-west advocates. Implement one agreement and it will open a can of worms.

“Political agreements are not binding in constitution making,” notes constitutional expert, Bipin Adhikari. “Save for the process, even CA is not obliged to follow Interim Constitution, let alone past agreements. It can chart its course according to its mandate.”

On hindsight, all these agreements were meant to diffuse one after another violent protest escalating across the country in the name of identity. To escape the trap the government of the day would form talks team and had the agitating parties sign agreements to maintain peace, at least for time being. The biggest challenge in 2007 was to conduct Constituent Assembly election (already twice postponed) in 2008. It had become a competence issue for late Girija Prasad Koirala. He had signed the deal with Madheshi forces for the same purpose. He is said to have expressed ignorance about federalism even after he had agreed to it.

 संविधानसभामा परिमार्जित विधेयकमाथि दफाबार छलफल प्रारम्भ भएको छ । सभाध्यक्ष सुवास नेम्वाङले कुल ५४ संशोधन प्राप्त भएको जानकारी दिनु भएको छ । आज संशोधन प्रस्ताव पेश हुने र त्यसपछि प्रस्तावमाथि छलफल हुनेछ। संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले संशोधन प्रस्तावमाथि छलफल गर्न चाहने सभासदलाई आज बेलुका ७ बजेसम्म नाम टिपाउन आग्रह गरेका छन्।

संविधान निर्माणले सबै भन्दा कठिन चरणमा प्रवेश गरेको छ I संघीय समाजवादी फोरम सहित ४ राजनैतिक दलद्वारा छलफल बहिष्कार गरिएको बर्तमान परिस्थिति छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध दलका तर्फबाट तराई मधेस लोकतान्त्रिक पार्टी नेपालका अध्यक्ष महेन्द्रराय यादवले विगतमा भएको मधेसी दलसँगको सम्झौता लागू नभएको र विभिन्न जिल्लामा जनता शान्तिपूर्ण रुपमा आन्दोलनमा उत्रँदा पनि सरकारले सेना परिचालन गरेको भन्दै सहमतिको वातावरण नबनेसम्म बैठक बहिष्कार गर्ने घोषणा गर्नु भएको छ । उहाँले सबै जाति र समुदायले मुलुक आफ्नो हो भन्ने भावनाको विकास गराउन सेना परिचालनलाई फिर्ता गरी सहमतिबाटै संविधान जारी गर्ने ध्येयसहित ठूला दलहरुलाई भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।

नेपाली काँग्रेसका सूर्यमान गुरुङले धर्म निरपेक्षतालाई कायम राखिनुपर्नेमा थप व्याख्या गर्ने नाममा अपव्याख्या गरिएकाले आदिवासी÷जनजाति समुदाय असन्तुष्ट रहेको बताउनुभयो । लोकतान्त्रिक आन्दोलनमा आफूहरु पनि सहभागी भएर रगत पसिना बगाएको स्मरण गराउँदै उहाँले यी समुदायका आवाजलाई गम्भीरतापूर्वक सुनियोस् भन्नु भएको छ । उता हिन्दु राज्य स्थापनाको माग राख्दै राप्रपा नेपाल एक्लै काठमाडौंमा आन्दोलनमा छ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा सङ्घीय समाजवादी फोरम, तराई मधेस लोकतान्त्रिक पार्टी, मधेसी जनाधिकार फोरम गणतान्त्रिक र सद्भावना पार्टी आबद्ध छन् । सद्‍भावना पार्टीले यसअघि नै संविधानसभा छाड्न राजीनामा बुझाइसकेको छ।

संविधान सभा बैठक बस्नुअघि नै नेम्वाङलाई मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले भेटी संविधान जारी गर्ने प्रक्रियालाई बिस्तारो गर्न आग्रह गर्नु भएको थियो ।

‘सत्ताधारी ठूला दलहरुले पुरानो मानसिकता र एक पक्षीय संकीर्ण जातीय चिन्तनलाई निरन्तरता दिँदै सुर्खेत, कर्णाली र मध्यपश्चिम क्षेत्रका माग सम्बोधन गरेको तर मधेस थरुहट क्षेत्रलाई पूर्णरुपमा बेवास्ता गर्दै दमन गरेरै जाने नीतिमा अघि बढेको समेत देखियो’, उनले भनेका छन्, ‘आमरुपमा देशभर र विशेष गरी मधेस/ थरुहटमा चरम किसिमको तनाव, ध्रुव्रीकरण, भीडन्त तथा दुर्घटनाको स्थिति विद्यमान देखिन्छ।‘

गच्छदार झापा छाडेर मोरङ, सुनसरीसहितको एक प्रदेश, मकवानपुर र सिन्धुलीको तल्लो भागसहितको अर्को प्रदेश र कञ्चनपुर छाडेर कैलालीसम्मकै अर्को प्रदेश गरी तराईमा तीन प्रदेश र समग्रमा आठ प्रदेशको पक्षमा छन्।

एमाओवादीले हिजै देखि आन्दोलनरत मधेसी, थारूलगायतसँग वार्ता गरी समाधान खोज्न पहल सुरुगरेको छ । एमाओवादीले कांग्रेस–एमाले र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकसहित आन्दोलनरत मधेसी दल, थारू समुदायसँग अनौपचारिक छलफल गरी औपचारिक वार्ताको पहल गर्ने निर्णय लिएको हो । खासगरी एमाओवादीले संविधान निर्माण सम्बन्धमा भएको १६ बँुदे सहमतिको एक पक्ष मधेसी जनअधिकार फोरम लोकतान्त्रिकलाई कुनै हालतमा प्रक्रियाबाट बाहिर जान नदिन पहल गर्ने निर्णय गरेको हो ।

कांग्रेस, एमाले, एमाओवादी र लोकतान्त्रिकबीच जेठ २५ गते भएको १६ बुँदेअनुरूप संविधान निर्माण प्रक्रिया अगाडि बढेको थियो । त्यसैले पनि संविधान घोषणा गर्दासम्म लोकतान्त्रिकलाई समेट्नुपर्नेमा एमाओवादी जोड छ ।

नेम्वाङले दलहरुलाई संविधान जारी भएपछि पनि संशोधन मार्फत कतिपय विषय समेट्न सकिने भन्दै आपसी विश्वास कायम राख्न सुझाव दिनु भएको थियो । ‘मैले भनेको छु, बाटो साँघुरो छ तर बन्द छैन, संशोधनहरुबीचबाट बाटो खोज्नुस्, संविधान जारी भएपछि पनि संशोधन गर्न सकिन्छ’, नेम्वाङले भन्नु भएको थियो ।

१६ बुँदे सहमति र ७ प्रदेशको सीमांकनको विपक्षमा रहेका दलहरु सबैजसो सडकमा नै रहेपनि तिनीहरुको माग र नारामा एकरुपता छैन।

संविधान सभाको बर्तमान सिट संख्या केवल ५९७ मात्र हो I तुलनात्मक रुपमा हेर्दा प्रक्रियामा रहेको दलहरुको संख्या १८ छ भने उनीहरु संग संयुक्त रुपमा ५१५ सभासद हरु छन I प्रक्रिया छोडेर ११ वटा दलहरु ३ बाट मोर्चा मार्फत आन्दोलन मा लागेका छन् I उनीहरुको सभाषद संख्या ११ वटा मात्र छ I (मिडिया श्रोत हरुमा आधारित)

 आज संविधानसभामा ठूला तीन दलका तर्फबाट संयुक्त संशोधन प्रस्ताव दर्ता हुनुले अब सहमतिका आधारमा संविधान लेख्ने सम्भावना टरेको देखिन्छ। संविधानसभा नियमावलीको नियम ९९ को व्यवस्था अनुसार संविधान बिधेयक संशोधन प्रस्तावका लागि संविधानसभाले उपलब्ध गराएको सात दिनको समय आज सकिएको छ । सम्बन्धित पार्टी हरुले अलग अलग संशोधन प्रस्ताव दर्ता गरेको भए आउँदो हफ्ता सम्म पनि विभिन्न विकल्पहरु संविधान सभामा उपलब्ध हुने थिए I अव त्यो विकल्प रहेन I यो प्रक्रिया बाट एक किसिमले ‘कार्टेलिङ्ग’ भए जस्तै देखिएको छ I अब उप्रान्त कुनै पनि दल वा सभासदले संशोधन प्रस्ताव दर्ता गर्ने बैधानिक बाटो दलहरुले नै बनाएको नियमावलीले रोकेको छ। त्यसका लागि उनीहरुले नियमावलीको उक्त प्रावधान निलम्बन गर्न सभाध्यक्ष नेम्वाङलाई सहमत गराउनु पर्नेछ। त्यो तवसम्म सम्भव हुने छैन जबसम्म ‘कार्टेलिङ्ग गर्ने तीन मुख्य दलले सो का लागि अनुमति दिदैनन । प्रस्ताव गरिएका संशोधनहरू यस प्रकार छन:

(1) संविधान जारी भएको ६ महिनाभित्र सङ्घीय आयोग गठन गरी त्यसले एक वर्षभित्र सीमाङ्कनको टुङ्गो लगाउने प्रस्ताव

(2) वाग्लुङलाई नटुक्र्याई चार नम्बर प्रदेशमा समावेश गर्ने संशोधन पेस

(3) १० वर्षका लागि मधेशी, आदिवासी जनजाति, मुस्लिम र थारु समुदायको सरोकारका विषय स्थापित गर्न बेग्लाबेग्लै आयोग गठनको प्रस्ताव

(4) दलितमाथि हुने असमान व्यवहार अन्त्य गर्न दलित आयोगलाई अधिकार सम्पन्न तुल्याइने

(5) मस्यौदामा धर्म निरपेक्षता शब्दलाई ‘सनातनदेखि चलिआएको धर्म, संस्कृतिको संरक्षण, धार्मिक र सांस्कृतिक स्वतन्त्रता सम्झनूपर्ने’ व्याख्या गर्दै संशोधन पेस भएको

(6) निर्वाचनमा दलहरूले प्राप्त गर्नुपर्ने न्यूनतम मत प्रतिशतको व्यवस्था (थ्रेसहोल्ड) हाललाई नराख्ने सहमति पनि भएको

(7) संवैधानिक र सर्वोच्च अदालत बेग्लाबेग्लै रहने गरी मस्यौदामा राखिएको प्रावधानलाई ‘सर्वोच्च अदालतभित्रै संवैधानिक इजलास रहने र त्यसमा प्रधानन्यायाधीशको सिफारीसमा पाँचजना न्यायाधीशको व्यवस्था हुनुपर्ने’ संशोधन प्रस्ताव I सर्वोच्च अदालतमा २१ जना स्थायी न्यायाधीश रहने व्यवस्था । मस्यौदामा १५ जना स्थायी र १० जना अस्थायी न्यायाधीशको प्रावधान ।

विद्वान रमेशनाथ पाण्डे ज्युले ‘आत्मवृत्तान्त’ मा बीपीको भाषा छैन” भनेर आज आएर उल्लेख गर्दा पटक्कै राम्रो लागेन I मलाइ लाग्छ बिपि का कुनैपनि पाठकलाइ यो पढ्दा चसक्क गरेको हुनु पर्छ I

‘आत्मवृतान्त’ केवल बीपीको वृतान्त मात्र होइन I यो आधुनिक नेपालको प्रजातन्त्र र रास्ट्रवाद को लडाईको इतिहाँस पनि हो I मुलुकको स्वतन्त्रता र अस्तित्व जोगाउने संघर्षमा बिपी स्वयम् कसरि सकिनु भयो भन्ने तथ्यलाइ नेपालको भविष्यका लागि पनि सधै एउटा मर्यादित तथ्य का रुपमा कायम राख्नु पर्ने हुन्छ I

‘आत्मवृतान्त’ प्रकाशित भएको यतिका बर्ष भैसक्यो I यसका बारेमा धेरैले आ-आफ्नो टिका टिप्पणी मिडियामा सार्वजनिक गरेका छन I यो कुरा कहिल्यै कसैबाट आएको देखिदैन I स्वयम् पाण्डेज्युले नै पनि यो अवधिमा दर्जनौ लेखहरु लेख्नु भएको छ I तर यसबारे किन आज आएर यत्रो ठुलो सार्वजनिक टिप्पणी ?

यसै पनि यो पुस्तक ‘कन्भर्सेसन’ मा आधारित पुस्तक हो I यसलाई प्रस्तुत गर्दा सम्पादकको भूमिका धेरै महत्वपुर्ण हुन्छ भन्ने कुरामा असहमत हुनु पर्ने अवस्था छैन I रेकर्ड गर्दाको परिस्थिति पुस्तकका सम्पादक बरिस्ठ अधिवक्ता गणेशराज शर्मा ज्युले प्रस्ट रुपमा उल्लेख गर्नु भएकै छ I “जेल जर्नल” र अन्य प्रकाशित सामग्रीमामा लेखिएका कुरा र यसमा प्रस्तुत तथ्य कतै बाझिएको पनि देखिदैन I त्यसो हो भने “आत्मवृत्तान्त मा बीपीको भाषा छैन” भन्नुको तात्पर्य के हो ?

पाण्डेज्युले “मैले यसबारे एकपटक [पुस्तकका सम्पादक] गणेशराज शर्मासित पनि सोधें । उहाँले ‘मैले अलिकति सम्पादन गरेर यताउति गरें’ भन्नुभयो । त्यो यताउति भनेको के हो ?” भनेर आरोप पनि लगाउनु भएको छ I उहाँलाइ केहि शंका छ भने प्रस्ट रुपमा आफ्नो शंका सार्वजनिक गर्नोस न त ? उहाँको शंकामा सम्वन्धित सवैले सरोकार ब्यक्त गर्ने थिए । बौद्धिक परम्पराको निर्वाह पनि हुने थियो I

मलाइ के कुराको खेद छ भने उहाँले “आत्मवृतान्त” को ‘क्रेडिबिलिटी’मा र गणेशराज शर्मालाइ यो बेलामा आएर आरोप लगाउनु भएको छ, जुनबेला गणेशराज शर्मा भौतिक रुपमा हामी माझै भएपनि स्वास्थ र निको नहुने मस्तिस्क पिडाका कारण उहाँको यो गम्भीर र गलत ब्याख्या हुनसक्ने ‘स्टेटमेन्ट’ लाइ जवाफ दिन सक्नु हुन्न I यस्तो हुनुहुदैन थियो I

विपिन अधिकारी, गौरीघाट, काठमाडौँ

 संविधानसभाबाट संविधान जारी हुने समय आइपुग्दा मुलुकका विभिन्न भागमा हिंसात्मक भिडन्त र झडपहरू भइरहेका छन् । मुलुकका केही भाग लामो समयदेखि बन्दको मारमा छन् । कतिपय ठाउँमा अहिले पनि कफ्र्यू जारी छ र केही ठाउँलाई दंगाग्रस्त क्षेत्र घोषणा गरिएको छ । हिंसात्मक बन्दै गएको आन्दोलनका कारण जनधनको ठूलो क्षति भएको छ, आम सर्वसाधारणको दैनिक जीवन अत्यन्त कष्टकर बनेको छ र व्यक्तिको बाँच्न पाउने हक माथि गम्भीर असर परेको छ । यो जटिल परिस्थितिमा हामी तपसिलका व्यक्तिहरू सरकार, राजनीतिक दल, प्रदर्शनकारी र सरोकारवालाहरूको निम्न बिषयमा गम्भीर ध्यानाकर्षण गराउँछौं ।

(१) मुलुकका विभिन्न भागमा भएको पहिचानको आन्दोलन र दलित, महिला, थारू, जनजाति तथा मधेशी समुदाय लगायतका उत्पीडित तथा उपेक्षित समुदायले उठाएका प्रतिनिधित्व, विभेद समाप्ति र सामाजिक न्यायका मागलाई संविधानसभाले निर्धारण गरेको संशोधनको बाटोबाट प्रभावकारी रूपमा सम्बोधन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने संविधान जारी गर्न ढिलाइ गरिनुहुन्न ।

(२) संघीयताको सीमाङ्कन निश्चित सिद्धान्त र मापदण्डमा आधारित हुनुपर्दछ । जसले प्रत्येक नागरिकलाई ‘म कुन प्रदेशमा किन परें’ भन्ने प्रश्नको जवाफ आफंै दिन सकोस् । तसर्थ संघीयताको सीमाङ्कनमा अहिले देखिएको अन्योल तत्काल अन्त्य गर्ने जिम्मेवारी संविधानसभामा रहेका राजनीतिक दलहरूको हो । निश्चित मान्यतामा आधारित भएर स्पष्ट र पारदर्शी रूपमा संघीयताको रेखाङ्कन गरिएको अवस्थामा त्यसपछि आउने चुनौतीको सामना स्वयं संविधानले व्यवस्था गरेको संघीय आयोग र संसद्बाट हुनसक्छ भन्नेमा सम्पूर्ण राजनीतिक दलहरू विश्वस्त हुनुपर्दछ ।

जतिसुकै गम्भीर र संवेदनशील मुद्दाहरूमा पनि वार्ताको माध्यमबाट समाधान खोज्न सकिन्छ भन्ने उदाहरण हाम्रा राजनीतिक दल स्वयं हुन् । तसर्थ यो विषम परिस्थितिमा सरकार, प्रमुख राजनीतिक दल र प्रदर्शनकारी शक्तिहरूबीच अबिलम्ब वार्ताको थालनी हुनुपर्दछ । यसलाई अनावश्यक प्रतिष्ठाको विषय नबनाउन, पहिला प्रदर्शन स्थगित कि संविधानसभाको प्रक्रिया स्थगित भन्ने नाममा संवादको हलो नअड्काउन दुवै पक्षमा अपिल गर्दछौं ।

(३) संघीयताको वर्तमान सीमाङ्कनको बिरोधमा देशका विभिन्न भागमा भएका प्रदर्शनहरूमा सरकार र प्रदर्शनकारी दुवैतर्फबाट भएको हिंसात्मक बल प्रयोग एउटा अक्षम्य र असह्य सामाजिक अपराध हो । एउटा सभ्य लोकतान्त्रिक मुलुकको शासन पद्धति र पहिचान स्थापित गर्न पनि यस्ता घटनाको निष्पक्ष छानबिन जरुरी हुन्छ । तसर्थ, सुर्खेत, कैलाली, पर्सा, सप्तरी, बारा, रौतहट, जुम्ला लगायतका जिल्लामा भएका पछिल्ला हिंसात्मक घटनाको छानबिन गर्न अविलम्ब एक उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गरिनुपर्दछ ।

(४) पहिचान, प्रतिनिधित्व, अधिकार र सामाजिक न्यायका लागि आन्दोलनरत दल, पक्ष र सरकारबीच तत्काल वार्ता शुरू हुनुपर्दछ । वार्ताको वातावरण निर्माण गर्न मुख्यतः तराई÷मधेशकेन्द्रित प्रदर्शनकारी दल र समूहले आन्दोलन स्थगित गर्ने र नागरिक सुरक्षा सुनिश्चित गर्दै नेपाली सेना यथास्थानमा फर्काइनु जरुरी छ ।

(५) विरोध, प्रदर्शन र तिनको प्रतिवाद गर्ने नाममा मुलुकमा साम्प्रदायिक द्वेषको सञ्चार बढ्दै गएको अवस्थाप्रति हामी गम्भीर चिन्ता व्यक्त गर्दछौं । घृणा फैलाउने अभिव्यक्ति नदिन, कसैले यसो गरेको खण्डमा त्यसलाई प्रचारप्रसार नगर्न सामाजिक सञ्जाल प्रयोगकर्ता र आमसञ्चारमाध्यमहरूमा हामी अपिल गर्दछौं । सामाजिक सुसम्बन्ध कायम गर्ने दृष्टिकोणबाट समेत प्रेस काउन्सिल नेपाललाई सञ्चारमाध्यममा यस्ता सामग्रीको प्रयोग भए÷नभएका सम्बन्धमा नियमन गर्न अनुरोध गर्दछौं ।

(६) सरकार र राजनीतिक दलले संविधान निर्माण प्रक्रियामा विभिन्न समुदायले उठाएका सरोकारलाई सत्ता र शक्तिको आडमा उपेक्षा गर्नु तथा प्रदर्शनकारीले जनताद्वारा निर्वाचित संविधानसभा बाहिर गएर मात्रै समाधान खोज्ने प्रयास गर्नु, मुलुकको दिगो शान्ति र उन्नति विरुद्धका काम हुन् । समुदायले उठाएका मुद्दाको गम्भीरतापूर्वक सुनुवाइ गर्न प्रमुख राजनीतिक दल र जननिर्वाचित संविधानसभा मार्फत आफ्ना विषयहरूको हल खोज्न प्रदर्शनकारी शक्तिहरूमा हामी अपिल गर्दछौं । लोकतान्त्रिक विधि, संविधानवाद, शान्तिपूर्ण राजनीति र सामाजिक न्याय सहमतिको साझा बिन्दु हुनुपर्दछ भन्ने हाम्रो माग छ ।

(७) खासगरी मुलुकमा शान्ति प्रक्रियाको थालनी भएयताका विभिन्न सरकारले विभिन्न राजनीतिक दल र समुदायसँग गरेका सम्झौताको पालना अहिलेको विवादको पृष्ठभूमि रहेको छ । विगतमा गरिएका सहमतिहरूको सिद्धान्त र मर्मलाई आत्मसात् गरी अघि बढ्न जरुरी छ । (८) विरोध प्रदर्शनका क्रममा मृत्युवरण गरेका, घाइते र पीडित भएकाहरूको उच्च सम्मान गर्दै, उनका परिवारजनलाई तुरुन्तै राहत र सहयोग प्रदान गरिनुपर्दछ । त्यसैगरी विरोध प्रदर्शनका क्रममा हिंसा मच्चाउने, तोडफोड गर्ने र असंलग्न रहन चाहनेउपर आक्रमण गर्ने जस्ता ज्यादतीहरू तत्काल रोकिनुपर्दछ ।

(९) विरोध र प्रदर्शनका क्रममा भएको गम्भीर मानवअधिकार उल्लंघनप्रति हामी गम्भीर चिन्ता प्रकट गर्दछौं । विशेषगरी बालबालिका, विद्यार्थी र गर्भवती महिलामाथि परेको समस्याप्रति गम्भीर हुन सरोकारवाला पक्षसँग माग गर्दछौं ।

हस्ताक्षरकर्ता व्यक्तिहरू

१) अरविन्दकुमार गुप्ता २) रत्नेश्वरलाल कर्ण ३) इन्द्र अधिकारी ४) प्राडा देवकुमारी गुरुङ ५) रामनारायण देव ६) शिव गाउँले ७) सत्यनारायण शाह ८) सुबोधराज प्याकुरेल ९)उद्धव प्याकुरेल १०) अनुराधा शर्मा अधिकारी ११) कपिल श्रेष्ठ १२) आशिक राम कार्की १३) बाबुराम गिरी १४) दुर्गा सोब १५) रेमबहादुर विश्वकर्मा १६) पदम सुन्दास १७) भक्त विश्वकर्मा १८) धर्मेन्द्र झा १९) पदम खतिवडा २०) मीनबहादुर शाही २१) विपिन अधिकारी २२) सुशील प्याकुरेल २३) कनकमणि दीक्षित २४) चरण प्रसाईं २५) गेजा शर्मा वाग्ले

हस्ताक्षरकर्ताको तर्फबाटः शिव गाउँले)