BP Thoughts

It contains my thoughts on BP Koirala as a statesman.

किसुनजीलाई बीपीले दिएको संज्ञा ‘इन्करिजिबल अप्टिमिस्ट’

बीपी कोइराला छँदै पनि कांग्रेसबाट ३८ जना छुट्टिएर गए। कतिले भने– अब नेपाली कांग्रेस चोइटियो। बीपीले जवाफ दिनुभयो, “केको चोइटिनु? जहाँ बीपी, गणेशमान, कृष्णप्रसाद छन्, त्यही हो नेपाली कांग्रेस।” पहिलो जनआन्दोलन सफल भएको पृष्ठभूमिमा अन्तरिम प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई (किसुनजी)लाई दिल्ली…

लुमुम्बाको हत्याः बन्दी अवस्थामा निर्ममताको पराकाष्ठा

स्व. बीपी कोइराला बन्दी अवस्थामा हुँदा भएको स्वतन्त्रता सेनानी प्याट्रिस लुमुम्बाको हत्या एउटा सन्सनीपूर्ण घटना थियो। उनको हत्याले बीपीलाई अत्यन्त उदास बनाएको देखिन्छ। बीपीसँगै सुन्दरीजलमा बन्दी अवस्थामा रहेका सबैको मनमा यस हत्याले ठूलो चोट पारेको र सबैलाई त्यो चोट व्यक्तिगत…

प्रदीप गिरि, बीपी कोइराला र नेपाली राजनीति

मीठो बोली, सरल जीवन, बृहत् अध्ययन, स्वतन्त्र चिन्तन तथा विवेकको राजनीतिले नेपाली समाजमा प्रदीप गिरिको विशिष्ट पहिचान बनाएको छ। २०६५ चैतमा भाइ मनोज बरालको छोराको व्रतबन्धको पार्टी थियो। त्यहाँ सिरहा, बस्तीपुरका धेरै निम्तालुहरू सम्मिलित थिए। प्रदीप गिरि चाहिं आइसक्नुभएको थिएन। तर,…

बीपीले गीताको कर्मयोग दर्शनमा देखेको खोक्रोपन

कुरुक्षेत्रमा युद्ध शुरू गर्न नसकी किंकर्तव्यविमूढ बनेका अर्जुनलाई प्रेरित गर्दै कृष्णले ‘निष्काम कर्म’ बारे भन्छन्–  कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन। मा कर्मफलहेतुर्भुर्मा ते संगोऽस्त्वकर्मणि।। अर्थात् ‘कर्म गर्नुमा नै तिम्रो अधिकार छ, त्यसको फलमा होइन। यसैले फल पाउने दृष्टिले कर्म नगर र फलको…

हैमरस्क्जोंल्ड, ‘मर्किङ्स्’ तथा बीपी कोइराला

प्रसिद्ध कूटनीतिज्ञ डाँग हैमरस्क्जोंल्डको सन् १९६२ मा छापिएको ‘मर्किङस्’ भन्ने पुस्तक उसबेला अत्यन्त महत्वपूर्ण पुस्तकका रूपमा संसारभरि पढिएको मानिन्छ । यो पुस्तक छापिनुभन्दा करिब दुई वर्षअघि मात्र बीपी कोइरालाको न्युयोर्कमा उनीसँग भेट भएको थियो । त्यसबेला बीपी नेपालको प्रतिनिधित्व गर्दै…

अध्यात्मवाद, भौतिकवाद र बीपी कोइराला

सरल अर्थमा आत्मालाई जगत्को मूल मान्ने आदर्शवादी विचारलाई अध्यात्मवाद भन्ने चलन छ । यसअनुसार आत्मा धेरै महत्त्वपूर्ण हुन्छ । यसको शरीरभन्दा स्वतन्त्र अस्तित्व हुन्छ । भौतिकवादले यसलाई मान्दैन । यसका दृष्टिमा प्रकृतिमा पदार्थ नै मूल द्रव्य हो । हेर्न, छुन…

जीवन, क्रान्ति र शान्ति : स्टिफेन ज्विगको लेखन तथा बीपी कोइराला

[सन्दर्भ राष्ट्रिय मेलमिलाप दिवसको] बीपी कोइरालाको विभिन्न लेखनहरुबाट जीवन, क्रान्ति र शान्तिका विषयमा उनका धारणालाई राम्ररी विश्लेषण गर्न सकिन्छ । यस सम्बन्धमा स्टीफेन ज्विगका साहित्यहरु सम्बन्धमा बीपीका टिप्पणीलाई पनि महत्त्वका साथ हेर्नुपर्ने हुन्छ । अष्ट्रियाली उपन्यासकार, नाटककार तथा जीवनी लेखक…

राष्ट्रनीतिमा जेल डायरीहरूको गुरूत्व

राजा महेन्द्रले हिरासतमा लिएको ठीक दुई महिनापछि बीपीले जेल–जर्नल लेख्न सुरू गरेका हुन् । नेपाली क्रान्तिको उद्देश्य, राजनीतिक, आर्थिक, सामाजिक तथा विकाससम्बन्धी चुनौतीको अवस्था, बीपीको वैचारिक धरातल, सहयात्रीसँगको अन्तर्सहयोग, भाषा, धर्म, प्रकृति, साहित्य, कूटनीति, अध्यात्म तथा राष्ट्रिय जीवनका विविध पक्षहरूबारे…

बुद्धका सम्बन्धमा बीपीको दृष्टिकोण

नेपालमा जन्मेका विश्व प्रसिद्ध तथा सम्यक विचारका कारण धर्मशास्त्रमा धेरैअघि नै स्थापित भगवान् बुद्धका बारेमा स्व. बीपी कोइरालाको चिन्तन अनुसन्धानको विषय हो । यसका दुई पक्ष छन् । पहिलो पक्ष राजनीतिसँग सम्बन्धित छ र दोस्रो पक्ष अध्यात्मसँग । ८० वर्षको…

Protected by Security by CleanTalk