हालै संसदमा प्रस्तुत नीति तथा कार्यक्रममा करिब चौध वर्षदेखि हुन नसकेको स्थानीय निकायको निर्वाचन यसै वर्षको मंसिर महिनामा सम्पन्न गर्ने नेपाल सरकारको घोषणाले धेरै महत्व राख्दछ ।

वास्तवमा मुलुकमा ढिलो चााडो राष्ट्रिय स्तरमा संसद्का लागि चुनाव भइरहेकै देखिन्छ ।राष्ट्रिय स्तरका राजनीतिज्ञहरुले यो चुनावमा परीक्षित हुने र प्रतिनिधित्व गर्ने अवसर पाएकै छन् ।महत्वाकांक्षा भएका बलिया नव-प्रवेशीहरु पनि सानो समूहकै रुपमा सही सिधै संसद् छिर्न पाएको अवस्था पनि छ । त्यस्तै राजनीतिमा आफूलाई “ठूलो माछा” सम्झिने समूहहरुले पनि संसद्को निरन्तर उपभोग गर्न पाएका छन् । “साना माछा”हरुको पनि अलि-अलि प्रर्तिनिधित्व भएकै छ I राष्ट्रिय स्तरमा यी विविध प्रकारका समूहहरुले लिएको यो फाइदा स्थानीय निर्वाचनमा भाग लिन चाहने स्थानीय जनता वा राजनीतिक समूहले भने पाएको छैन । तिमीहरु के चाहन्छौ भनि कतैबाट सोध्ने प्रयास पनि भएन I रास्ट्रीय स्तरको राजनीतिमा भागशान्ति लिने दिने प्रयास हुन्छ I तर यो लेनदेनमा स्थानीय निकायहरुको हैसियत कायम भै सकेको छैन I उनीहरु दिएको पाउने मात्र हुन्छन I नेपालको ‘लपसाइडेड” प्रजातन्त्रको एउटा पक्ष यो पनि हो I

मुलुकभरिको स्थानीय जनता वा राजनीतिक समूहले यो अवसर नपाउनुको मुख्य कारण चारवटा देखिन्छन । प्रथमतः देशको अहम् राजनीतिक प्रश्नहरुमा निर्णय लिने नेपाल सरकार तथा वर्तमान व्यस्थापिका संसद्मा उनीहरुको प्रत्यक्ष पहुँच छैन । दोस्रो, राजनीतिमा सरकार वा संसद्बाहिरै बसी थोरै रुपमा मात्र जनताबाट अनुमोदित भएपनि देशमा परिवर्तन गराइरहन सक्षम अन्य समूहहरुमा पनि स्थानीय राजनीतिक वृत्तको कुनै भूमिका देखिदैन । तेस्रो, यी दुवै समूहले स्थानीय नेतृत्वलाई राष्ट्रिय राजनीतिमा उचित स्थान दिने प्रचलन स्वीकार गरेका छैनन् । उनीहरुलाई लाग्दछ मुलुकको प्रतिनिधित्व गर्न सक्ने उनीहरुकै क्षमता पर्याप्त छ I सर्वव्यापी छ I उनीहरुको दृस्टीमा काठमाडौँको आड-भरोस नभएको स्थानीयले मात्र चिन्ने स्थानीय नेतृत्व समूहले के भन्दछ भन्ने कुरा बुझिराख्नुको अर्थ छैन, बाध्यता पनि छैन । चौथो तथा सबैभन्दा महत्वपूर्ण कारण अवधि पुगेपछि पनि स्थानीय निर्वाचन हुन नदिएकाले स्थानीय स्तरमा उपस्थित हुन गएको नेतृत्व शून्यता (लिडरसिप भ्याकुम) का कारण स्थानीय निर्वाचन माग गर्न सक्ने स्थानीय शक्ति र क्षमता पनि छैन । स्थानीयहरू अरुका लागि प्रयोग हुन सक्छन I तर आफ्ना लागि माग-दाबि गर्न सक्दैनन् I यसै कारणले आज करिव चौध वर्षको एउटा युग व्यतीत हुँदा सम्म पनि स्थानीय निर्वाचनको कुरा आयो कि सम्बद्ध सबै पक्ष तर्किएर हिाड्दछन् ।

मुलुकमा गतः चौध वर्षमा विभिन्न नयाा राजनीतिक दलहरु भने देखा परे । कतिपय पुराना दलहरुको पुन: सर्ंरचना पनि भयो । यी दलहरुले पायक पर्ने समय र सुविधा अनुसार महाधिवेशनहरु पनि गरे । यस क्रममा सक्रिय सदस्यता पनि प्रदान गरियो । स्थानीय निर्वाचित निकायहरु नभएको अवस्थामा यसका लागि वस्तुगत आधारहरु थिएनन् । त्यसैले दलहरु भित्र गैह्रराजनीतिक र सामाजिक क्षेत्रले पटक्कै पहिचान नगरेका व्यक्तिहरु पनि छनोट भई माथि गए । यिनैको हालीमुहालीमा निर्वाचनलाई केन्द्रीत गरी विभिन्न नीति तथा कार्यक्रमहरु पनि ल्याइए । उनीहरुको राजनीतिक मागहरु राष्ट्रिय राजनीतिका लागि महत्वपूर्ण पनि मानिए । संविधान निर्माणको क्रममा स्थानीय जरो र किलो शक्तिशाली नभएका बलिया वा निर्धा वा ठूला-साना सबै दलले ठूलाठूला कुरा गर्ने अवसर पनि पाए । तर यो अवधिमा देशका ३२ सय भन्दा बढी रहेका गाविसहरुमा निर्वाचन नभएका कारणले गर्दा वैध स्थानीय नेतृत्वले सहभागिता जनाउन पाएन । उनीहरुको बोली बोल्न सक्ने यो सम्पूर्ण अवधिमा कोही थिएनन् । संयन्त्र नै नभएको परिस्थितिमा प्रतिनिधित्व कसरि हुन सक्थ्यो I त्यसैले स्थानीय जनता मूलभुत रुपमा आफ्ना प्रतिनिधिहरु मार्फत यी प्रक्रियाहरुमा संलग्न हुन पाएनन् । स्थानीय निर्वाचन नहुदाको यी परिस्थितिहरु आज पनि विद्यमान नै छन् । यी परिस्थितिले नेपालको प्रजातन्त्रको गुणात्मकतालाई निरन्तर प्रभावित गरिरहेका छ ।

नेपालको नयाा संविधान, २०७२ को निर्माणका लागि मुलुकले करिब सात वर्ष खर्च गरेको सर्वविदितै छ । राष्ट्रिय राजनीतिको यो अवधिमा निर्वाचित स्थानीय प्रतिनिधिहरु नभएकाले संविधान निर्माणमा उनीहरुको सक्रिय प्रतिनिधित्व वा उल्लेखनीय सहभागिता हुन सकेन । संविधानमा संघीय व्यवस्थापन गर्दा पनि उनीहरुको प्रतिनिधित्वका लागि कुनै संयन्त्र देखा पर्न सकेको थिएन । विषेशगरी स्थानीय रुपमा असर गर्ने तेस्रो तहको संघीयताका बारेमा उनीहरुको दृष्टिकोण स्पष्ट रुपमा आउन नसकेकै हो । यो परिस्थितिमा राष्ट्रिय स्तरका मानिने नेताहरुद्वारा नै स्थानीय तहका सन्दर्भमा सबै व्यवस्थापन गरिएको हो । स्थानीय निर्वाचन भएर नयाा नेतृत्व स्थापित हुन गएमा आज पनि संघिय संरचनाका बारेमा जनस्तरबाट नसोचिएको टिप्पणीहरु सार्वजनिक हुन सक्ने सम्भावनालाई कसैले अस्वीकार गर्न सक्दैन । स्थानीय निर्वाचन हुन सकेमा थोरै भएपनि स्थानीय नेतृत्वहरुले तेस्रो तहको संघियता निर्माणमा चाहिने कानुनी प्रणालीको विकासमा मद्दत गर्न सक्ने छन् ।

गत चौध वर्षको अवधिमा राष्ट्रिय बजेट धेरै गुना बढिसकेको छ । देशको आर्थिक विकासका लागि अवसरहरु निरन्तर बढेका छन् । तर स्थानीय स्तरमा निर्वाचन हुन नसकेका कारणले शाशन संयन्त्रमा सहभागिता नपाएका आम जनताले विकास कार्यमा सहभागी हुन सकेका छैनन् । स्थानीय जनताले पाउनुपर्ने विकास निर्माण, राज्यबाट पाउनुपर्ने सेवा सुविधा सबै प्रभावित भएको छ । आर्थिक क्षेत्रमा सहभागिता नपाएका उर्जाशील नेपाली तरुण-तरुणी निरन्तर देस बाहिर पलायन भै रहेका छन् I त्यस्तै,स्थानीय तहको संसदीय विनियोजन को खर्च बर्च मा अनियमितता र अनुशासनहिनता बढेको देखिएकोछ। जताततै पारदर्शिताको अभाव छ । सामाजिक सुधारका प्रयासहरु रोकिएका छन् i स्थानीय निर्वाचनले प्रजातन्त्रलाई गाउँ गाउँ र घर घर पुर्याउने हो । यसले नै सामाजिक, आर्थिक र राजनैतिक संस्थागत विकासको आधार तयार गर्ने हो । यति ठुलो सत्यलाइ किनार लगाएर नेपाली समाज कसरि गतिशील बन्न सक्ला ?

यी सबै तथ्यहरु बुझेर नै नयाँ संविधानको भाग ३३ मा संक्रमणकालीन प्रावधान अन्तर्गत धारा ३०३ को व्यवस्था गरिएको हो ।स्थानीय निर्वाचन गराउन नसकेको लज्जा नेपाली कांग्रेस, एमाले, माओवादी, राप्रपा नेपाल तथा मधेसमुखी सबै दलहरुले व्यक्त गरेकै हुन् । नयाँ संविधान बमोजिम संघीय संरचना अन्तर्गत निर्वाचन गरी संघीयताको तेस्रो तह वा स्थानीय तहसम्म पुगुञ्जेल केही वर्ष लाग्ने सम्भावनाका बारेमा उपरोक्त कुनै पनि दललाई अस्पष्टता थिएन । प्रस्तावित व्यवस्था अनुसार संघीय संसद्, प्रदेश भएर मात्र स्थानीय तह वा प्रस्तावित विशेष संरचनासम्म पुग्न सकिन्छ । सुरुका निर्वाचनहरु छलेर तल्लो तहसम्म पुग्न सक्ने आधार संविधानले उल्लेख गरेको छैन । यसै कारणले धारा ३०३ मा तीनवटा कुरालाई उल्लेख गरिएको छ । पहिलो, साविक बमोजिमको स्थानीय निकायहरु यो संविधान बमोजिम स्थानीय तहको संख्या र क्षेत्र निर्धारण नभएसम्म कायम रहनेछ । दोस्रो, ती साविक बमोजिमका स्थानीय निकायका पदाधिकारीको निर्वाचन तत्कालका लागि विद्यमान कानुन बमोजिम गरिने छ । तेस्रो, यसरी निर्वाचित स्थानीय निकायका पदाधिकारीहरु यो संविधान बमोजिम स्थानीय तहको निर्वाचन नभएसम्म कायम रहनेछन् । स्पष्ट छ, धारा ३०३ संक्रमणकालीन व्यवस्था हो । नयाा संविधान अन्तर्गतको तेस्रो तहको संघीय निर्वाचन नहुञ्जेलसम्मका लागि पुरानो चौध वर्ष लामो रिक्तता नेपालको प्रजातान्त्रिक प्रणालीमा नरहोस् भन्ने उद्देश्यले नै सो प्रावधानको चयन गरिएको हो ।

यति स्पस्ट पूर्वाधार को पृष्ठभूमिमा सरकारले स्थानीय निर्वाचनको घोषणा गरेको छ । कतिपयले वर्तमान संयुक्त सरकार आफैं नै स्थानीय निर्वाचनका लागि समर्पित नभएको तथा केवल सस्तो लोकपि्रयताका लागि मात्र यो प्रस्ताव अगाडि बढाइएको हो भन्ने मान्दछन् । तथापि नीति तथा कार्यक्रममा आइसकेको सन्दर्भमा त्यतिसारो टिप्पणी गर्नु जरुरी छैन । शंका छ भने पनि स्थानीय निर्वाचन गर्ने एमाले नेतृत्वको संयुक्त सरकारको प्रतिबद्धता यसले जसरि पनि पुरा गरोस भन्ने सबैको चाहना हुनुपर्दछ । यस सन्दर्भमा नेपाली कांग्रेस लगायतले दिएको निर्वाचन बिरोधि सार्वजनिक अभिव्यक्ति दु:खद मान्नु पर्दछ । स्थानीय निर्वाचन संवैधानिक कर्तव्य मात्र नभई आजको सबैभन्दा ठूलो राजनीतिक आवश्यकता हो । यसले संघीय नेपालको प्रावधानहरुको कार्यान्वयनलाई निर्वाचन जनताको पक्षबाट वैधता प्रदान गर्दछ ।तर भ्रमपूर्ण व्याख्याहरुका आधारमा यत्रो ठूलो कर्तव्यलाई पन्छाउन खोजीदैछ ।

अरु त अरु हाल आएर अन्तरिम संविधान अन्तर्गत नै स्थानीय निर्वाचन गराउन विगतमा सर्वोच्च अदालतले दिएको आदेश पनि सबैले बिर्सन चाहेको प्रतीत हुन्छ । यो आदेशको मूल आधार अन्तरिम संविधानको धारा १३९(१) थियो I यसैलाई आधार बनाई नया संविधानमा धारा ३०३ को व्यवस्था गरिएको हो I यो अचानक आएको होइन I अतः नयाँ संविधानको धारा २९५ (१) बमोजिमको संघीय आयोग तथा यसै धाराको उपधारा (३) बमोजिम निर्माण हुने गाउापालिका, नगरपालिका तथा विशेष क्षेत्र, संरक्षित क्षेत्र वा स्वायत्त क्षेत्रको संख्या र सीमाना निर्धारण गर्नका लागि गठन गरिएको आयोगले नेपाल सरकारले निर्धारण गरेको मापदण्ड बमोजिम संख्या र सीमाना निर्धारण गरेपछि मात्र स्थानीय तहको निर्वाचन हुन सक्ने भनी गरिएको संविधानको व्याख्या बद्नियतपूर्ण व्याख्या हो । यदि संविधान निर्माताहरुले यस बमोजिम मात्र संघिय संरचनामा तेस्रो तहको निर्वाचन गर्ने उद्देश्य राखेको भए नयाा संविधानमा संक्रमणकालिन व्यवस्था अन्तर्गत धारा ३०३ उल्लेख गर्नुपर्ने थिएन । धारा ३०३ को यस बाहेक अर्को कुनै व्याख्या हुन सक्दैन I

स्थानीय निर्वाचन कसैका लागि पनि अहितकर छैन । कुनैपनि राजनीतिक दलले यसबाट डराउनु पर्ने अवस्था छैन I यसको परिणाम हुनसक्छ सोचेजस्तो वा अपेक्षा गरेजस्तो कुनै अमुक दलको हितमा नआओस I तर यसले रास्ट्रीय शक्ति सन्तुलनलाई असर गर्ने छैन I मूलकुरो शासनमा निरन्तर सहभागितालाइ सुनिस्चित गर्नु नागरिक अधिकार मात्र नभई शशाकिय कर्तव्य पनि हो । प्रजातन्त्रका आधारहरु सानासाना विषयहरुमा व्यक्त गरिने निष्ठाहरुले तय गर्दछन् । प्रतिपक्षमा रहेका राष्ट्रिय स्तरका नेतृत्व वर्गबाट सामान्य जनताले विवेकको आशा गरेका छन । केवल विरोधका लागि विरोध गर्नु प्रत्युत्पादक हुन सक्छ I बिशेषगरि प्रजातन्त्रवादीहरुले यो बिषयमा गम्भिर हुनु जरुरि छ I

 २०७२ फाल्गुन १९ बुधवार

सन् २०१० मा पंक्तिकारलाई रिचार्ड लिनद्वारा लिखित ‘मेन इन ह्वाइट: अनटोल्ड स्टोरी अफ सिंगापुर्स् रुलिङ पोलिटिकल पार्टी’ भन्ने पुस्तक पढ्ने अवसर जुरेको थियो ।

आजको सिंगापुरको पिपल्स् एक्सन पार्टी (पीएपी) का बारेमा यो एउटा सर्वाधिक प्रसिद्ध पुस्तक हो । सन् १९५९ देखि यो पार्टी लगातार सत्तारुढ रहन सकेको छ । यसको संस्थापक कानुनविद् लि क्यान यु थिए । चौधौँपटक पनि आमनिर्वाचन जित्न सकेको यो दल कुन रूपमा स्थापना भयो ? कसरी अगाडि बढ्यो ? यसका आदर्शहरू के–के थिए ? त्यसका लागि यसले कस्ता–कस्ता संगठनात्मक अभ्यासलाई निरन्तरता दियो ? एउटा गरिब तेस्रो विश्वको मुलुक यो अवधिमा कसरी सामाजिक, आर्थिक तथा राजनीतिक रूपमा सिंगापुरका लागि एउटा बलियो राष्ट्रिय शक्तिका रूपमा परिणत भयो ? आफ्नो सानो देशको सार्वभौमसत्तालाई बेलायत, चीन तथा अमेरिकाको क्रीडास्थलका रूपमा रहेको तत्कालीन एसिया–प्रशान्त जस्तो संवेदनशील क्षेत्रमा निरन्तर कायम गर्दै आफूलाई कसरी छोटो समयमै प्रथम विश्वको श्रेणीमा उभ्याउन सक्यो भन्ने कुरा कसैका लागि पनि एउटा रोमाञ्चक कथाजस्तो लाग्न सक्छ । राष्ट्रपिता लि क्यान यु स्वयंले यसका बारेमा धेरै लेखेका छन् । तथापि मुलुक निर्माणमा पिपुल्स एक्सन पार्टीको स्थापनाकालीन आदर्श, यसको व्युहरचना र योगदानलाई उक्त पुस्तकमा सविस्तार केलाउन खोजिएको छ ।

सिंगापुरमा जसरी जेठो दल पिपल्स एक्सन पार्टीको स्थापना भएको हो, लगभग त्यस्तै परिस्थिति र परिवेशमा नेपाली कांग्रेसको स्थापना भएको हो । कांग्रेससरहकै स्थापनाकालीन सिद्धान्तहरू, प्रजातन्त्र, समाजवादप्रतिको आकांक्षा, आर्थिक–सामाजिक तथा राजनीतिक रूपान्तरणको एजेन्डा तथा सुरक्षित राष्ट्रवादको अवधारणा आदि मूल्यमान्यतालाई आधार बनाएर पीएपीले राजनीति सुरु गरेको हो । दुवै पार्टीका नेतृत्व कानुन पढेका र समाजवादी आन्दोलनप्रति निष्ठा भएका व्यक्ति थिए । दुवै अत्याधुनिक मानिन्थे । दुवैले विदेशमै रहँदा देशप्रतिको रणनीति बनाएका थिए । दुवैमा स्वाभिमान थियो । प्रचुर क्षमता थियो । दुवै पार्टीले आन्तरिक तथा बाह्य चुनौतीको सामना गरी हिँड्नुपर्ने अवस्था थियो । एउटाले राणाविरुद्ध लडेका थिए भने अर्कोले उपनिवेशवादविरुद्ध । कालान्तरमा के देखिन्छ भने पीएपी आज पनि त्यत्तिकै उर्वर र शक्तिशाली छ, कांग्रेस छैन । यो एउटा ‘एभरेज’ पार्टीमा सीमित भएको छ । आजको वर्तमान अकर्मण्यतामा रहिरहने हो भने सम्भवतः कांग्रेसको भविष्य पनि उत्साहप्रद देखिँदैन । यस्तो किन भएको होला ?

नेपाली कांग्रेस एउटा राजनीतिक संगठन हो । यो लुटी ल्याउने र भुटी खाने उद्देश्यले स्थापना गरिएको थिएन । मूलतः संगठन भनेको घर, टहरा, भवन वा कर्मचारी वा बजेट नभई संस्थागत गरिने उद्देश्य, मूल्य–मान्यता तथा कार्यविधि एवं निर्णय गर्दा अपनाइने संस्थापित प्रचलनहरू हुन् । यस्ता मूल्य–मान्यता तथा कार्यविधि प्रस्ट छन् भने संगठन सडक, स्वयंसेवक तथा नागरिक श्रमदानबाट पनि चल्न सक्छ । अन्यथा संगठन स्वार्थउन्मुख जत्थाका रूपमा परिणत हुन्छ । नेपाली कांग्रेस राजनीतिक दल हो भन्नेमा दुविधा हुनु हुँदैन । तथापि संगठन राजनीतिका मर्यादा वा घोषित मूल्य–मान्यताका आधारमा चलेको छ कि छैन ? काम स्वार्थमुखी समूहले गर्दैछ कि संगठनले ? त्यसतर्फ सचेत हुनुपर्ने अवस्था छ।

स्थापनाकालीन मान्यता हेर्दा कांग्रेस ‘एलिट’ वा ‘ककस’ ले चलाउने राजनीतिक दल होइन । यो ‘मास’ पार्टी हो । यस्तो पार्टीबाट ठूलाठालूले मात्रै सार्वजनिक नीति निर्माण, निर्णय वा कार्यान्वयन गराउन सक्दैन । त्यसैले नै पार्टीभित्र बृहत्तर प्रतिनिधिमूलक संरचना बनाइन्छ । तिनले विशिष्टीकरणका आधारमा नीतिगत विषयमा निरन्तर छलफल गर्दछन् । घोषित नीति–कार्यक्रमबमोजिम चल्छन् । सम्पूर्ण संरचना चलायमान छ भने मात्र संगठन चलायमान हुन्छ । संगठनभित्र उक्त दलले अपनाउने नीति वा प्रतिरक्षा गर्ने कार्यक्रमका बारेमा निरन्तर सैद्धान्तिक छलफल, अभ्यास भइरहनु पर्दछ । संगठनले यसैका आधारमा शक्ति आर्जन गर्दछ । त्यसरी आर्जित शक्तिको प्रयोग कार्यक्रम कार्यान्वयनमा गर्दछ । नीति तथा कार्यक्रमसम्बन्धी विषयवस्तुमा कांग्रेसमा संगठनात्मक प्रवृत्ति कत्तिको छ, यसको प्रभावकारिता विचार गर्नुपर्ने विषय हो ?

कुनै पनि पार्टी कर्मक्षेत्रमा आफ्नो घोषित सिद्धान्त र कार्यान्वयन गर्ने कार्यक्रमको गतिशीलताका आधारमा राम्रो र बलियो हुने हो । शक्ति आर्जेर प्राप्त गर्नुपर्ने कुरा हो । यसका लागि संगठनले जहिले पनि ‘नरम शक्ति’ का आधारमा निर्णय गर्नुपर्छ । नयाँ जोस–जाँगर, उत्साह र प्रतिबद्धता भएका युवायुवतीको निरन्तर खोजी गरिनुपर्छ । जसरी अचेल संसारभरिका स्कुल कलेजहरूले ‘फेयर’ आयोजना गरी प्रतिस्पर्धाशील भएर आफ्ना लागि योग्यतम् विद्यार्थी खोजेजस्तै गतिशील हुन चाहने पार्टीले प्रतिस्पर्धात्मक आधारमा र केही गर्ने चाहना भएका चरित्रवान् सुशिक्षित युवालाई संगठनमा ल्याउन सक्नुपर्दछ । अयोग्य, अदक्ष, काम गर्ने संस्कार नभएको र चरित्रविहीन कार्यकर्ताले पार्टीलाई रसातलमा पुर्‌याउँछन् । हरेक पार्टी एउटा सार्वजनिक संस्थाका रूपमा चल्नुपर्छ । अचेल कुनै पनि सार्वजनिक संस्थामा भर्ना लिँदा ‘हेल्पर’, ‘कुक’ वा ‘स्विपर’ जस्ता कामका लागि पनि योग्यता परीक्षण अनिवार्य मानिन्छ । पार्टी संगठनमा पनि यो उत्तिकै आवश्यक हुन्छ । जस्तो योग्यता भए पनि राजनीति गर्न पुग्छ भन्ने सोचाइले पार्टीमा निरन्तर उत्साह थप्न सक्दैन । कांग्रेसको गतिशीलताका लागि गतिशील कार्यकर्ताको खाँचो टड्कारो देखिएको छ ।

राजनीतिक अभीष्टले मात्र राजनीति चल्दैन । यसलाई चलाउन ‘ग्रासरुट्स्’ तहका मात्र नभई नेतृत्वप्रदायक, समाजले पत्याउने, क्षमतावान्, इन्जिनियर, डाक्टर, वकिल, प्राध्यापक, वरिष्ठ कर्मचारी, सेना, प्रहरी वा आर्थिक क्षेत्रमा उपलब्धि हासिल गरेका विशिष्ट उद्योग–व्यवसायीलाई पनि समेट्दै लैजानु पर्दछ । संगठनभित्र विभिन्न पेसा, व्यवसाय वा क्षेत्रमा काम गरी अनुभव वा योग्यता हासिल गरेका दिग्गज वा व्यावसायिक नेतृत्वलाई पनि समावेश गराउनुपर्दछ । व्यावसायिक नेतृत्वको विकासका लागि संगठनको जनाधार सर्वपक्षीय हुनुपर्ने आवश्यकता सबैले महसुस गर्नुपर्छ । कांग्रेस यस पक्षमा कमजोर नै देखिएको छ ।

सबल एवं दूरदृष्टि भएको राजनीतिक नेतृत्व निर्माणको चुनौती हरेक पार्टीका लागि दुरुह हुँदै आएको छ । राम्रो, पढेलेखेको, चरित्रवान् तथा सिद्धान्तनिष्ठ एवम् उमेरदार नेतृत्व हरेक पार्टीका लागि उत्तिकै महत्त्वपूर्ण हुन्छ । नेतृत्व निर्माण क्रमशः हुने गर्छ । यसका लागि आजको नेतृत्वले असल हृदय राख्नुपर्छ । हरेक तहमा पार्टीभित्रका प्रक्रिया तथा पारदर्शी कामकारबाहीका आधारमा सबैले समान अवसर पाउने हो भने क्रमशः स्थानीय, प्रादेशिक तथा केन्द्रीय नेतृत्व बन्दै जान्छन् । केन्द्रीय नेतृत्वको प्रतिस्पर्धाका आधारमा राष्ट्रिय नेतृत्वको चयन हुन्छ । यसले सम्पूर्ण पार्टीलाई संगठनात्मक गति प्रदान गर्दछ । आफ्नो कार्यावधि पूरा भएपछि पुरानो नेतृत्व स्वतः पाखा लाग्नुपर्छ वा नयाँ नेतृत्वलाई सहयोग प्रदान गर्न समर्पित हुनुपर्छ । स्थापित नेतृत्वले आफूलाई विकल्पविहीन मान्नु हुँदैन । एउटै पदमा जित्नेले पनि दुईपटक भन्दा बढी र हार्नेले पनि दुईपटक भन्दा बढी हार्नु सांगठनिक उद्देश्यको हिसाबले सही देखिँदैन । कांग्रेस नेतृत्वपीडित पार्टी हो । विकल्पलाई बाटो छोडिएन भने यसको पीडा कम हुने छैन ।

अत्याधुनिक मूल्य–मान्यता र विश्वस्तरको सैद्धान्तिक धरातलमा स्थापित हिजोको कांग्रेसभित्र आज अग्रगामी सोचहरू स्थिर एवं बौद्धिकताविहीन नेतृत्वको सिकार भएका छन् । आधुनिकीकरणको एजेन्डा छैन । पार्टीले आफ्नो पुराना ‘एली’ हरू छोडेर हिँडिसकेको छ । नयाँ बनाउन सकेको छैन । भ्रातृ संगठन कमजोर हुँदै गएका छन् । बेरोजगार तथा विद्यार्थीलाई प्रयोग गरी राजनीति निर्वाह गर्ने प्रचलन स्थापित भएको छ । समसामयिक नीतिगत विषयमा पनि पार्टीमा स्थापित दृष्टिकोण छैन । जस्तो– भारतले गरेको नाकाबन्दीविरुद्ध पार्टीले नीतिगत निर्णय लिन सकेन । चीनसँग पारवहन सम्झौता, ग्यास र पेट्रोलको पाइपलाइन र आकस्मिक सहयोग सम्बन्धमा कांग्रेसको सांगठनिक मान्यता प्रस्ट हुन सकेनन् । मधेसमुखी पार्टीहरूलाई मूलधारमा ल्याउने सम्बन्धमा पनि पार्टीको सैद्धान्तिक पक्ष प्रस्ट हुन सकेन । यस्तो शिथिल अवस्थामा अत्याधुनिक मूल्यमान्यताको निर्वाह हुन नसक्ने प्रस्टै छ ।

कुनै पनि राजनीतिक दल चलाउन आर्थिक आधार चाहिन्छ । सबैभन्दा तुच्छतम् आर्थिक आधार भनेको चन्दा असुली हो । चन्दा असुल्ने पार्टीले भ्रष्टाचार गर्ने बाध्यता स्वीकार गर्नुपर्दछ । कांग्रेसले गत आर्थिक वर्षमा कति चन्दा प्राप्त गर्‌यो ? त्यो चन्दा ककसले दियो ? प्राप्त गरेको रकमको सरकारलाई कर तिरिएको छ कि छैन ? खर्चबर्चको हिसाब आमकार्यकर्ताका लागि अनलाइन गरिएका छन् कि छैनन् ? पार्टीभित्र आर्थिक रूपमा अपचलन भएको छ कि छैन ? यी विषय पारदर्शी र चरित्रप्रधान पार्टीका लागि अत्यावश्यक विषय हुन् । यसमा चुकेको पार्टी कसरी लोकप्रिय बन्न सक्छ ?

आर्थिक आधारका लागि आर्थिक सोच चाहिन्छ । आर्थिक आधार सिर्जना गर्न दह्रो आर्थिक लगानी र सोका आधारमा आर्थिक क्षमता निर्माण गर्नुपर्दछ । आजभोलि कतिपय बलिया पार्टीहरूले संयुक्त पुँजी कम्पनी, बैंक तथा वित्तीय संस्था वा सेयरबजारमा लगानी गरी आफूलाई चाहिने पुँजीको सिर्जना गरेका छन् । चुनाव लड्दा सरकारबाट आर्थिक सहयोग लिने तथा अन्य कामकारबाही आफ्नै क्षमताका आधारमा गर्ने पार्टी चरित्रप्रधान तथा जनमुखी भई निस्कन सक्छन् । यसतर्फ कांग्रेसले के सोचेको छ ? के वित्तीय विशेषज्ञहरूको सहयोग लिई आर्थिक पूर्वाधार निर्माण गर्न ढिलाइ भइसकेको होइन त ?

कांग्रेसमा सधैँ सरकारमै रहनुपर्दछ भन्ने बलियो लवी विद्यमान छ । सरकारमा जाने आकांक्षा भएन भने संगठनले आफ्नो उद्देश्य प्राप्त गर्न सक्दैन । तर जुनसुकै तरिकाले भए पनि सधैँ सरकारमै हुनुपर्छ भन्ने मान्यताले कुनै पनि पार्टीलाई अन्तर्मुखी भई मूल्यांकन, पुनः संरचना, आफ्नो संगठन विस्तार वा क्षमता निर्माणतर्फ उदासीन बनाउन सक्छ । वैकल्पिक सरकारका रूपमा प्रतिपक्षमा रहँदा प्रत्येक पार्टीलाई आफ्ना कामकारबाहीका बारेमा विवेचना गर्ने अवसर प्राप्त हुन्छ । यो अवसरको प्रयोग कांग्रेसले गर्न सकेको देखिँदैन । राजीनामा गर्ने प्रधानमन्त्री राजीनामाको अक्षर सुक्नुभन्दा पहिल्यै अर्को उम्मेदवारीमा दिन हतार गर्छन् । आफ्नो सरकारले गरेको कामकारबाहीमा पार्टी संयन्त्रमा समीक्षासमेत भएको हुँदैन, सरकार झार्ने कुरामा कसरत सुरु भइसक्छ । सत्तामा हुँदा सरकारलाई विविध प्रकारका सीमाहरूले बाँधेका हुन्छन् । तर प्रतिपक्षमा हुँदा उन्मुक्त वातावरणमा सही निर्णय गर्न सकिने हुन्छ । त्यसका आधारमा संगठनलाई अगाडि बढाउने ऊर्जा प्राप्त हुन सक्छ । यस विषयमा कहीँ चुक भएको छ कि ?

अहिले कांग्रेस महाधिवेशनको चरणमा छ । पार्टी नेतृत्व कसले गर्ने ? को संस्थापन पक्ष, को वैकल्पिक नेतृत्व भन्ने विषय तातो बहसको विषय छ । संस्थापन भनिने पक्षले पनि आफ्नो उत्तराधिकारी घोषणा गरेर गएको छैन । वैकल्पिक नेतृत्व पनि पुरानै नेतृत्व हो । केका आधारमा यसलाई वैकल्पिक मान्ने भन्ने प्रस्ट छैन । जसले व्युह रचनाबाट नेतृत्व स्थापित हुन्छ कि भन्ने ठानेका छन्, उनीहरू पनि लागेकै छन् । तर नेतृत्वमा उठ्ने नेताहरूले आफ्नो आदर्श प्रस्ट्याएको पाइँदैन । नेतृत्वमा दाबी गर्नेले आफ्नो नीति, सिद्धान्त तथा कार्यक्रमको दस्ताबेज अघि सार्नु पर्दैन ? अनि त्यसैका आधारमा प्रस्तावित नेतृत्वले आफूलाई डिफेन्ड गर्नु पर्दैन ? नेतृत्व चयन उमेरका आधारमा पालो पर्खिने काम बन्न पुगेको छ । यस विषयमा पार्टीको आमकार्यकर्ता जागरण चाहिएको छ । भोट हाल्दा योग्यता र क्षमताको परख नहुने मतदाता संगठनका लागि मात्र नभई मुलुककै लागि पीडादायक मानिनु पर्दछ ।

कांग्रेसका लागि अहिले सबैभन्दा अहम् प्रश्न भनेको राष्ट्रिय एकताको संवद्र्धन हो । देशमा नयाँ संविधान जारी भएको छ । तर यसले महिला, दलित, जनजाति, मधेसी तथा पछाडि परेका क्षेत्रहरूलाई आडभरोस दिन सकेको छैन । संविधानमार्फत आएका परिर्वतनका एजेन्डालाई कार्यान्वयन गर्न संवेदनशील भई लाग्नुपर्ने अवस्था छ । संविधानद्वारा स्थापित परिमार्जित संसदीय व्यवस्था, संघीय शासन पद्धति, विस्तारित मौलिक अधिकार, समावेशी तथा समानुपातिक प्रतिनिधिमूलक प्रणालीलगायतका परिवर्तनका लागि निष्ठा मात्र काफी छैन । यसका लागि पार्टीले आफ्नो व्यापक रूपमा प्रजातन्त्रीकरण तथा राजनीतिक वृत्तको रूपान्तरणमा व्यापक रूपमा क्षमता विकास एवम् परिवर्तन गर्नुपर्ने हुन्छ । तर यसतर्फ पार्टी संयन्त्र त्यति जागरुक देखिँदैन ।

मुलुकमा एकातिर यथास्थितिलाई सघाउ पुर्‌याउने उग्रवादी नारा उठेका छन् भने अर्कोतिर प्रजातन्त्रका नाममा अराजकतालाई सघाउ पुर्‌याउने खालका कामकारबाही हुँदैछन् । यो परिस्थिति नेपालको लागि नयाँ होइन । बीपी कोइरालाले स्वयं ‘तथाकथित राष्ट्रवादीहरूको क्रियाकलापले विदेशी हस्तक्षेपलाई सजिलो पार्न थालेको छ भने तथाकथित प्रजातन्त्रवादीहरूको कारबाहीले पनि त्यसैलाई सफल बनाउन थालेको छ’ भनी २०३८ सालतिरै भनेको सर्वविदितै छ । ‘नेपालको लागि उग्रवाद र अराजकताको विलास अत्यन्त घातकसिद्ध छ ।’ यसबाट देशलाई बचाउन कांग्रेस नेतृत्वदायी हुनुपर्दछ । जसले वर्षौंदेखि नेतृत्व क्षमता देखाउन सकेको छैन, उसले अब देखाउँछ कि भन्ने सोचाइ अतिरञ्जित हो । म रिचार्ड लिनद्वारा लिखित उपरोक्त ‘मेन इन ह्वाइट’ भन्ने पुस्तक कांग्रेसवृत्तलाई पुनः सिफारिस गर्न चाहन्छु ।

अन्ततः कांग्रेस राष्ट्रिय मेलमिलाप र राष्ट्रवादको एजेन्डामा कमजोर देखिनु हुँदैन । सामाजिक न्याय र देशप्रतिको आशा र विश्वासकै आधारमा सबै नेपाली भविष्यमुखी बन्न सक्छन् । बालकृष्ण समको उद्गार नै छ, ‘देशभक्ति त मर्दैन, चुत्थै देश भए पनि ।’ सबै नेपालीलाई एक सूत्रमा बाँध्ने सबैभन्दा बलियो डोरी राष्ट्रवादको डोरी नै हो । यो डोरी कांग्रेसले कति कसिलो बनाउन सक्छ, त्यसका आधारमा यसको भविष्यको मूल्यांकन गर्नुपर्ने हुन्छ । के उपरोक्त गन्तव्यका लागि कांग्रेस तयार छ ?

(अधिकारीद्वारा हालै आयोजित प्राध्यापकहरूको एक भेलामा प्रस्तुत कार्यपत्रको सम्पादित अंश ।)

अधिकारी संवैधानिक कानुनका अध्येता हुन् ।

फाल्गुन ५, २०७२ 

नाथन हेल अमेरिकी इतिहासका ‘हिरो’ मानिन्छन् । उनी सिपाही थिए र अमेरिकी क्रान्तिका बेला जासुसका रूपमा काम गर्थे । तत्कालीन महाद्विपीय सेनाका लागि कार्यरत उनी बेलायत अधीनस्थ न्युयोर्क राज्यमा गोप्य जानकारी खोज्ने कार्यमा संलग्न भएका बेला समातिइए । उनलाई फाँसी दिइयो ।

नाथन हेललाई फाँसीमा झुन्ड्याउनुअघि कसैले गरेको प्रश्नको प्रत्युत्तरमा दिएको उनको अमर वाक्यले अमेरिकी राष्ट्रवादलाई आज पनि प्रेरित गरिरहेको छ । त्यो हो, ‘मलाई केवल अपसोच छ कि मेरो मुलुकका लागि दिनसक्ने मसँग एउटा ज्यानमात्र छ ।’ अर्थात् मारिनुपरेकोमा पीडा छैन । यदि उनीसँग भनेजति ज्यान हुँदो हो भने त्यो पनि उनले आफ्नै मुलुकका लागि दिन्थे । २१ वर्ष उमेर पुरा नगरेको यो ठिटोको भनाइ कसैका लागि पनि प्रेरणादायी हुनसक्छ ।

प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जान पटुका कस्दै हुनुहुन्छ । राष्ट्रवादका बारेमा उहाँको विविध टिप्पणी सार्वजनिक भइसकेका छन् । राम्रो कुरा हो । तर मूल प्रश्न भनेको के प्रधानमन्त्री भारत जानु जरुरी छ भन्ने नै हो । के यो भ्रमण भारत पीडित नेपालीका लागि सम्मानजनक छ ? यो प्रश्नको जवाफ प्रधानमन्त्रीले दिन सक्नुभएको छैन । सारा नेपालीले जान्दछन्, नयाँ संविधान घोषणा गरेकोमा निहुँ खोजेको भारतले हो । नाकाबन्दी पनि उसैले लगाएको हो । थिचोमिचो पनि उसैले गर्दै आएको छ । सम्बन्ध सुधार्ने जिम्मेवारी पनि उसको हो । यसका लागि भारतका प्रधानमन्त्री नेपाल आउनुपर्ने हो । उसो भए के प्रधानमन्त्री ओली चेपुवामा परी भारत जाँदै हुनुहुन्छ ? उहाँलाई भारत जानुपर्ने के बाध्यता छ ? नेपालीले नाकाबन्दीका कारण खपेको दु:ख–कष्ट र हीनतालाई प्रधानमन्त्रीले बिर्सिसक्नुभयो ?

नेपालमा भारतको प्रधानमन्त्री, सरकार वा भारतीय क्षमताका बारेमा धेरै भ्रमहरू छन् । विशेषगरी त्यहाँको सरकारले लिएको नीतिका कारण कतिपयलाई भारत बाघ, भालु वा चितुवा नै लाग्छ । कतिपयलाई अरिंगालजस्तै लाग्छ । तर भारत सरकार प्रजातान्त्रिक विधिबाट निर्वाचित भएको सरकार हो । जसरी नेपालका नेताहरू नेपाली प्रजातन्त्रका उपज हुन्, भारतका नेताहरू पनि भारतीय प्रजातन्त्रको उपज हुन् । भारतमा संविधान छ । कानुन छ । कानुनको शासन पनि छ । स्वतन्त्र अड्डा, अदालतहरू पनि छन् । भारत दुस्साहसी हुनसक्छ्, तर बाघ, भालु, चितुवा हुनसक्दैन । अरिंगाल हुनसक्दैन ।

भारत कुनै आवधिक सरकारको विर्ता होइन । सबैले जनताको मुख हेरेर शासन गर्नुपर्छ । त्यस्तो सरकार भारतीय जनताको ‘ट्रष्टी’मात्र हुनसक्छ । यो जनतासँगको विश्वासको नातालाई सरकारले कायम राख्न सकेन भने यसको वैधानिक क्षमता यथावत् रहिरहन सक्दैन । त्यसैले नेपालसँगको सम्बन्धमा मुनासिव हुनुपर्ने बाध्यता भारत सरकारलाई पनि छ । त्यसैले प्रधानमन्त्रीको भारत उड्ने हतारो बुझ्न सकिएको छैन ।

भारतीय जनता नेपाली विरोधी हुनुपर्ने कुनै कारण छैन । त्यसोभए किन भारतले नेपाललाई खाइदिन्छ, सिध्याइदिन्छ भनिँदैछ ? कसरी खाइदिन्छ, नेपाललाई ? नेपाल दाल–भात हो र ? भारतसँग नेपाल निल्न सक्ने घाँटी छ र ? अमेरिकाजस्तो बलियो मुलुकले सिरिया र लिबिया खानसकेको छैन । रूसजस्तो शक्तिशाली मुलुकले क्राइमिया खान सकेन । खाइसकेको त्यत्रो पूर्वी युरोप सबै ओकल्नुपर्‍यो । क्षमताभन्दा बढी खान खोज्दा यस शताब्दीको हरेक साम्राज्यवादीलाई पखाला लागेको छ । नेपालको समस्यालाई चाहिनेभन्दा ठूलो देखाउनु हुँदैन । मूल कुरा नेपालका नेताहरूले नेपालीको भाका बोल्न सक्नुपर्छ । भारत सरकारबाट भएका निरन्तर अन्यायहरू स्पष्ट रूपमा राख्नुपर्छ । नेपालीको भाका भनेको स्वतन्त्रता, स्वाभिमान, समानता र सहअस्तित्वको भाका हो । यो भाका विवेक र शास्त्रसम्मत भाका भएकाले यसको स्पष्ट प्रयोगबाट कसैले डर मान्नु पर्दैन । नेपालका नेताहरूले आफ्नो निहित स्वार्थका लागि पटक–पटक यो भाकाको सौदाबाजी गरेकाले उनीहरूको स्वाभिमान घटेको हो । देशको साख गिरेको हो । देशले दु:ख पाएको हो । संसारमा यस्तो कुनै तागत छैन, जसले यो भाकालाई दबाउन सकोस् । नेपाल सरकारले देखेको र बुझेको हुनुपर्छ, नाकाबन्दी लगाएर निमिट्यान्न पार्न खोजे पनि कुनै मुलुकले पनि कसैलाई घाँटी थिचेर मार्न सक्दैन । आफ्नो कुरा भारत गई राख्न नसक्ने नेताबाट देशले धेरै क्षति व्यहोरिसकेको छ । त्यसैले नेपालका जुन आधारभूत चरित्र छ, त्यो चरित्रको अभिव्यक्ति भारत नगई नेपालबाटै पनि हुनसक्छ ।

एकछिनलाई मानौं प्रधानमन्त्रीमा असल र आत्मसम्मानयुक्त नेपाल–भारत सम्बन्ध सिर्जना गर्ने अठोट छ । यसको पहल उहाँ आफैं गर्न चाहनुहुन्छ । राम्रो कुरा हो । नेपालमा भइरहेको परिवर्तन भारतीय एजेन्डामा भएको हो भन्ने कुरा भारतले प्रस्ट रूपमा देखाइदिएको छ । संविधान घोषणा भएपछि मुख छाडेर सार्वभौम नेपालविरुद्ध गरिएका अभिव्यक्तिहरू त्यहाँको विदेश मन्त्रालयमार्फत नै आएका हुन् । किन यत्तिका वर्षदेखि आमनेपालीको चाहना हुँदाहुँदै पनि नेपाल–भारत सीमा संरक्षण गरिएन ? आजका नेपालीले बुझिसकेका छन् ।किन आउनेजाने मान्छेको अध्यागमन व्यवस्थापन हटाइएको रहेछ ? भारतीयलाई वर्क परमिटको व्यवस्था गर्दा नेपालमा किन आन्दोलन गराइएको रहेछ ? किन पटक–पटक नागरिकता वितरण गरिँदो रहेछ ?

नेपालको जन्मदर बढी भएर मात्रै नेपालको जनसंख्या बढेको रहेछ त ? क्रान्ति गराई पटक–पटक नागरिकता वितरण गराएर अब कित्ता कायम र सीमांकनको कुरा गरिँदैछ । जनसंख्यालाई आधार बनाई निर्वाचन प्रणालीको कुरा गरिँदैछ । यी कुरा किन भारतबाट आइरहेका छन् ? भारतकै विविध क्षेत्रका सम्बन्धमा यी कुरा किन उठेका छैनन् ? यसबाट स्पष्ट हुन्छ, किन नेपालमा भारतीयलाई दिएजस्तै सुविधा दिई संविधान कानुन परिवर्तन गराई डोर खटाई असोज ३ गतेभन्दा अगाडि भारतमै दशकौंदेखि जन्मे–हुर्के–बसेका नेपालीहरूलाई घर–घरमा भारतीय नागरिकता वितरण गरिँदैन ? के प्रधानमन्त्रीले नेपालीले बुझ्ने भाकामा यो कुरा भारतमा बोल्न सक्नुहुन्छ ?

भारतसँग समानताका आधारमा सहज सम्बन्ध नेपालको निरन्तर हितमा छ । यसका लागि आजसम्म मूल प्रति नभेटिएको सन् १९५० को कथित सन्धि खारेज गर्नुपर्छ । नेपालको आन्तरिक मामिलामा भारतीय हस्तक्षेप अन्त्य हुनुपर्छ । दोहोरो आवागमनलाई संकुचित नगरी नेपाल–भारत खुला सीमा बन्द गरिनुपर्छ । नेपालको आन्तरिक व्यवस्थापन नेपालीको समस्या हो । नेपालका खस जाति, जनजाति तथा मधेसीबीच मनोमालिन्य रोपेर तथा मधेसीहरूलाई भारतसँग गाँजेर नेपाललाई दुश्चक्रमा राख्ने परम्परा छोडिनुपर्छ । नेपालको जनसांख्यिक विशेषता नेपालको स्थायित्वको आधार हो । नेपालीहरू आफ्नो देशमा अल्पसंख्यक हुन चाहँदैनन् भन्ने कुरा नेपालले भारतीय जनतालाई बुझाउन सक्नुपर्छ । के प्रधानमन्त्रीसँग त्यो अठोट छ ?

हिमाल, पहाड र तराईबाट बनेको नेपाली पहिचान अमिट र अकाट्य पनि छ । यो केवल नेपालका राजाहरूले घोषणा गरेर वा संविधानमा लेखेर कायम भएको होइन । नेपाल एकीकरणकै प्रयास भइरहँदाको अवस्थामा भएको १७६३ तिरको मिर कासिमसँगको युद्धलाई सम्झँदा हुन्छ । त्यसको चार वर्षपछि नेपालले कसरी किनलकको आक्रमणलाई परास्त गर्‍यो ? भोटसँगको १७८८ को युद्ध कति विभत्स थियो ? १७९२ मा भएको अर्को नेपाल–भोट युद्धमा कसरी नेपालले आफ्नो सीमा सुरक्षा गर्‍यो ? तेस्रो नेपाल—भोट युद्धको भयानकताबारे पनि एकपटक विचार गर्दा ठिकै होला । नेपालको सीमा र सुरक्षाका लागि नै सिपाही विद्रोह दबाउन नेपालीले भूमिका निर्वाह गरेको प्रधानमन्त्रीलाई अवगत हुनुपर्छ । नेपाली साझा पहिचान त्यसै उत्पत्ति भएको होइन ।

त्यसैगरी नेपाल–अंग्रेज युद्धले स्थापना गरेको नेपाली परिचय प्रधानमन्त्रीले गाइनेको गीतमा पनि सुन्नुभएको होला । यसमा हरेक नेपाली परिवारले आर्थिक रूपमा वा श्रमदान गरी वा योद्धा पठाई देश बचाएका थिए । इतिहासमा जितगढको युद्ध वा मकवानपुर, हरिहरपुर गढी, नालापानी वा जैथकको युद्धमा नेपालीले गरेको बलिदान कम्तीमा नेपालीलाई सम्झाइराख्नु पर्दैन । नालावन र जैथकको दोस्रो युद्धलाई पनि सम्झन सकिन्छ । पहिलो विश्वयुद्धमा बजिरस्तानदेखि अफगानिस्तानसम्म नेपालीले आफ्नो बलिदान गर्दा पहाडको कुनाकन्दरामा रहेको यही सानो देश बचाउने निहित उद्देश्य थिएन र ? दुवै विश्वयुद्धमा नेपाली जातिले विदेशमा रगत दिएरै आफ्नो देशका लागि सुरक्षा लिएका होइनन् र ? कुन जाति, कुन भेष, कुन धर्म, कुन संस्कृति, कुन परम्पराले आफूलाई उत्सर्ग गरेको थियो, के ती स्वत: स्पष्ट छैनन् ? नेपाल बनाउँदा कोको ढलेका थिए । बिर्साएर बिर्सन सकिन्छ ?

भारतीय जनता समग्रमा नेपाली जनताको अहितमा जानुपर्ने कारण छैन । सत्ता स्वार्थका लागि नेपाल लुट्नुपर्छ वा नेपाली नेतालाई लेनदेन गरी वा चेपुवामा पारी नेपालबाट फाइदा लिनुपर्छ भन्ने सोच्दैनन् । असल तथा दिगो नेपाल–भारत सम्बन्ध आडभरोसा यही हो । नेपालीहरू आफ्नो भाषा, धर्म, संस्कृति र आदि प्रचलनहरू कायम रहोस् भन्ने चाहन्छन् । रगतले सिंचेको पहिचान हो । भाषा, धर्म, संस्कृतिभन्दा धेरै माथि गएर नेपालीले आफ्नो मुलुकको पहिचान स्थापित गरेका हुन् । यसलाई गलाउनेगरी नेपालका बारेमा सोच्नु कसैको
हितमा हुनसक्दैन ।

नेपाल–भारत सम्बन्धमा भारतीयहरू ‘विशेष सम्बन्ध’को कुरा गर्छन् । ठूलो र सानो देशका बीचमा यस्तो सम्बन्ध शंकाको दायरामा आउँछ । नेपालीलाई मन पर्दैन यस्तो विशेष सम्बन्ध । संसारका धेरैजसो विभत्स लडाइँहरू एउटै भाषा, एउटै धर्म, एउटै क्षेत्रका बीच भएका थिए । रामायणदेखि महाभारतसम्म तथा रोमनदेखि ग्रीक तथा इजिप्सियनसम्म आफन्त बीचकै तेरो–मेरोले ठूलठूला लडाइँ लडिएका हुन् । सम्राट अशोकले आफ्नो साम्राज्य कायम गर्दा गरेको विभत्स र अन्यायपूर्ण युद्धबाटै द्रवित भई पछि उनी बुद्धमार्गी बन्न पुगेको इतिहासमा पढिएकै कुरा हो ।

अट्टोमान साम्राज्य लगायतको विखण्डनको इतिहास पनि आफन्त बीचकै तेरो–मेरोबाट झांगिएको थियो । करोडौंको जीउज्यानको खति भएको दोस्रो विश्वयुद्धको केन्द्र मूलत: युरोप नै बन्यो । युरोपियन बीचको धर्म, संस्कृति र रगतको सम्बन्धले विश्वयुद्धलाई छेक्न सकेन । मानवताको विकास वा सम्पूर्ण मानवीय पक्षहरूको सम्बद्र्धन यदि संसारमा भएको छ भने त्यो केवल समानता, सहअस्तित्व र समन्यायको अवधारणाबाटै भएको हो । नेपालीको समग्र सुरक्षा यो बाटोबाट मात्र सम्भव छ ।

नेपाली समाजलाई चिराचिरा पारेर कसैको हित हुनसक्दैन । तराई मधेसको समस्याको निदान नेपालीले नै खोज्ने हो । नेपाली भएर नै यसको समाधान खोज्नुपर्छ । नेपालीका लागि नेपाली भूमि सुरक्षित रहनुपर्छ । चाहे नेपाली जनजाति हुन् वा खस समुदाय वा रैथाने तराईबासीहरू उनीहरूको ‘रोटी’ पनि नेपालमै छ, ‘बेटी’ पनि नेपालमै छ । धर्म पनि यहीं छ, संस्कृति पनि यहीं छ । उनीहरूको स्थिरतालाई चुनौती दिने अनि भारतका लागि सदाशयता खोज्ने दुइटै कुरा सँगसँगै जान सक्दैन । दुई—चारजना नेपाली नेतृत्वलाई तमसुक गराएको भरमा नेपाल नियन्त्रणमा लिन सकिन्छ भन्ने मान्यता ह्रासोन्मुख कूटनीतिमात्र हो ।

परिवर्तित संसारमा नेपालजस्तो साना मुलुकहरूका लागि ठूला मुलुकले सोच्न नसक्ने धेरै विकल्पहरू छन् । तथापि छिमेकीहरूमाझ सबैभन्दा राम्रो विकल्प अहस्तक्षेप, सहअस्तित्व र सामूहिक विकासको आधारमै तय हुनुपर्छ । अहिलेसम्मको नेपाल–भारत सम्बन्ध भनेको नेपाललाई भारतका लागि पुनर्संरचना गर्ने भन्ने मान्यतामा आधारित छन् । यही मान्यतामा नेपालसँगको बन्द–व्यापार, दुईपक्षीय लगानी वा विद्युत, पानी, नहर–सिंचाइ, सडकजस्ता क्षेत्रमा काम गरिएका छन् । नेपालीहरूको कुण्ठाको कारण यही हो । अब पुन: त्यो हुनसक्दैन र आशा गरौं, प्रधानमन्त्रीले त्यस्तो हुन दिनुहुने छैन । उहाँसँग नाथन हेलको जस्तो ज्यान मागिएको होइन, आफ्नो सार्वभौम अधिकारमात्र मागिएको हो ।

अधिकारी संवैधानिक कानुनका अध्येता हुन् ।

 पारित भएको नेपालको संविधान पहिलो संशोधन विधेयक, २०७२ तराई/मधेशमा जनसंख्याको अनुपातमा निर्वाचन क्षेत्र बढाउन र राज्यका निकायमा समानुपातिक समावेशीका आधारमा सहभागिता बढाउने सुनिश्चितता गरेको छ ।

पारित भएको विधेयकले संविधानको धारा ४२ को उपधारा १ मा रहेको सामाजिक न्याय सम्बन्धी हकलाई समानुपातिक बनाइएको छ । संशोधित धारामा भनिएको छ-‘आर्थिक, सामाजिक वा शैक्षिक दृष्टिले पछाडि परेका महिला, दलित, आदिवासी जनजाती, मधेसी, थारु, मुस्लिम, पिछडा वर्ग, अल्पसंख्यक, सीमान्तकृत, अपाङ्गगता भएका व्यक्ति, लैङ्गकि तथा यौनिक अल्पसंख्यक, किसान, श्रमिक, उत्पीडित वा पिछडिएका क्षेत्रका नागरिक तथा आर्थिक रुपले विपन्न खस आर्यलाई समानुपातिक समावेसी सिद्धान्तका आधारमा राज्यका निकायमा सहभागिताको हक हुनेछ ।’ यसअघि उक्त धारामा समानुपातिक शब्द थिएन । अब समानुपातिक समावेशीताकालागि केवल १५ वटा समुहहरु मात्र रहेका छन् । सामाजिक न्यायको हकमा रहेको ‘आदिवासी’ र ‘युवा’ भन्ने शब्दहरु हटाईएका छन् ।

संशोधन गरिएको दोस्रो धारा २८६ हो, जहाँ निर्वाचन क्षेत्रको आधारबारे उल्लेख छ । उक्त धाराको उपधारा १ (५) मा संसोधन गर्दै भनिएको छ-‘निर्वाचन क्षेत्र निर्धारण आयोगले यस धारा बमोजिम निर्वाचन क्षेत्र निर्धारण गर्दा धारा ८४ को उपधारा १ को खण्ड (क) को अधीनमा रही प्रतिनिधित्वको लागि जनसंख्यालाई मुख्य र भूगोललाई दोस्रो आधार मानी संघीय कानुन बमोजिम प्रदेशमा निर्वाचन क्षेत्र निर्धारण गरिनेछ र प्रदेशभित्र रहेका प्रत्येक जिल्लामा कम्तीमा एक निर्वाचन क्षेत्र रहनेछ ।’

संविधानमा रहेको ‘जनसंख्या र भूगोललाई प्रतिनिधित्वको आधार मानि त्यस्तो निर्वाचन क्षेत्रको भूगोल, जनसंख्या र सदस्य संख्या बीचको अनुपात यथासम्भव समान हुने गरी निर्धारण गर्नेछ’ भन्ने व्यवस्थाको सट्टा उक्त संशोधन भएको हो ।

‘नेपालको संविधान (पहिलो संसोधन) विधेयक, २०७२ लाई पारित गरियोस’ भनी सरकारको तर्फबाट राखेको प्रस्तावलाई ससदको २ तिहाई बहुमतले पारित गरको हो । प्रस्तावका पक्षमा ४६१ र विपक्षमा ७ मत मात्र परेका थिए । नेमकिपा र राष्ट्रिय जनमोर्चाका सांसदले उक्त संसोधनको विपक्षमा मतदान गरेका हुन् । मधेशी मोर्चाका सांसदले भने मतदान बहिस्कार गरेका थिए । मतदानमा ४६८ सांसद सहभागी भएका थिए ।

संविधान संसोधनका लागि कुल सदस्य संख्याको २ तिहाई बहुमत चाहिनेमा कुल ५९६ जनामा २ तिहाई भन्दा बढीले संसोधन प्रस्तावको पक्षमा मतदान गरेका थिए ।

सरकारले पेस गरेको संशोधनको मूल विधेयकमा २४ वटा संसोधन परेको थियो । त्यसमा निर्वाचन क्षेत्र निर्धारणमा नेता मिनेन्द्र रिजाल र समानुपातिकमा मन्सुरले राखेको संसोधन प्रस्तावमा मिल्दोजुल्दो गरी मस्यौदा तयार भएको थियो । आफ्ना संसोधनको मर्म समेटिने भएपछि १७ वटा संसोधनकर्ताले आफ्नो संसोधन फिर्ता लिएका थिए । फिर्ता नलिएका ७ वटा प्रस्ताव भने अस्वीकृत भएको थियो ।

संसोधनले तराईमा निर्वाचन क्षेत्र बढाएको छ । प्रत्यक्ष् निर्वानप्रणाली अन्तर्गत १ सय ६५ क्षेत्रमा ८० वटा तराईमा, हिमाल र पहाडमा ८५ वटा निर्वाचन क्षेत्र हुने आंकडासहित संविधान संसोधन भएको हो ।
पारित भएको नेपालको संविधान पहिलो संशोधन विधेयक, २०७२ तराई/मधेशमा जनसंख्याको अनुपातमा निर्वाचन क्षेत्र बढाउन र राज्यका निकायमा समानुपातिक समावेशीका आधारमा सहभागिता बढाउने सुनिश्चितता गरेको छ ।

पारित भएको विधेयकले संविधानको धारा ४२ को उपधारा १ मा रहेको सामाजिक न्याय सम्बन्धी हकलाई समानुपातिक बनाइएको छ । संशोधित धारामा भनिएको छ-‘आर्थिक, सामाजिक वा शैक्षिक दृष्टिले पछाडि परेका महिला, दलित, आदिवासी जनजाती, मधेसी, थारु, मुस्लिम, पिछडा वर्ग, अल्पसंख्यक, सीमान्तकृत, अपाङ्गगता भएका व्यक्ति, लैङ्गकि तथा यौनिक अल्पसंख्यक, किसान, श्रमिक, उत्पीडित वा पिछडिएका क्षेत्रका नागरिक तथा आर्थिक रुपले विपन्न खस आर्यलाई समानुपातिक समावेसी सिद्धान्तका आधारमा राज्यका निकायमा सहभागिताको हक हुनेछ ।’ यसअघि उक्त धारामा समानुपातिक शब्द थिएन । अब समानुपातिक समावेशीताकालागि केवल १५ वटा समुहहरु मात्र रहेका छन् । सामाजिक न्यायको हकमा रहेको ‘आदिवासी’ र ‘युवा’ भन्ने शब्दहरु हटाईएका छन् ।

संशोधन गरिएको दोस्रो धारा २८६ हो, जहाँ निर्वाचन क्षेत्रको आधारबारे उल्लेख छ । उक्त धाराको उपधारा १ (५) मा संसोधन गर्दै भनिएको छ-‘निर्वाचन क्षेत्र निर्धारण आयोगले यस धारा बमोजिम निर्वाचन क्षेत्र निर्धारण गर्दा धारा ८४ को उपधारा १ को खण्ड (क) को अधीनमा रही प्रतिनिधित्वको लागि जनसंख्यालाई मुख्य र भूगोललाई दोस्रो आधार मानी संघीय कानुन बमोजिम प्रदेशमा निर्वाचन क्षेत्र निर्धारण गरिनेछ र प्रदेशभित्र रहेका प्रत्येक जिल्लामा कम्तीमा एक निर्वाचन क्षेत्र रहनेछ ।’

संविधानमा रहेको ‘जनसंख्या र भूगोललाई प्रतिनिधित्वको आधार मानि त्यस्तो निर्वाचन क्षेत्रको भूगोल, जनसंख्या र सदस्य संख्या बीचको अनुपात यथासम्भव समान हुने गरी निर्धारण गर्नेछ’ भन्ने व्यवस्थाको सट्टा उक्त संशोधन भएको हो ।

‘नेपालको संविधान (पहिलो संसोधन) विधेयक, २०७२ लाई पारित गरियोस’ भनी सरकारको तर्फबाट राखेको प्रस्तावलाई ससदको २ तिहाई बहुमतले पारित गरको हो । प्रस्तावका पक्षमा ४६१ र विपक्षमा ७ मत मात्र परेका थिए । नेमकिपा र राष्ट्रिय जनमोर्चाका सांसदले उक्त संसोधनको विपक्षमा मतदान गरेका हुन् । मधेशी मोर्चाका सांसदले भने मतदान बहिस्कार गरेका थिए । मतदानमा ४६८ सांसद सहभागी भएका थिए ।

संविधान संसोधनका लागि कुल सदस्य संख्याको २ तिहाई बहुमत चाहिनेमा कुल ५९६ जनामा २ तिहाई भन्दा बढीले संसोधन प्रस्तावको पक्षमा मतदान गरेका थिए ।

सरकारले पेस गरेको संशोधनको मूल विधेयकमा २४ वटा संसोधन परेको थियो । त्यसमा निर्वाचन क्षेत्र निर्धारणमा नेता मिनेन्द्र रिजाल र समानुपातिकमा मन्सुरले राखेको संसोधन प्रस्तावमा मिल्दोजुल्दो गरी मस्यौदा तयार भएको थियो । आफ्ना संसोधनको मर्म समेटिने भएपछि १७ वटा संसोधनकर्ताले आफ्नो संसोधन फिर्ता लिएका थिए । फिर्ता नलिएका ७ वटा प्रस्ताव भने अस्वीकृत भएको थियो ।

संसोधनले तराईमा निर्वाचन क्षेत्र बढाएको छ । प्रत्यक्ष् निर्वानप्रणाली अन्तर्गत १ सय ६५ क्षेत्रमा ८० वटा तराईमा, हिमाल र पहाडमा ८५ वटा निर्वाचन क्षेत्र हुने आंकडासहित संविधान संसोधन भएको हो ।

 २०७२ माघ २२ शुक्रबार

हालै पारित नेपालको संविधान पहिलो संशोधन विधेयक, २०७२ ले तराईमा जनसंख्याको अनुपातमा निर्वाचन क्षेत्र बढाउन र राज्यका निकायमा समानुपातिक समावेशिताका आधारमा सहभागिता बढाउने विषयलाई संविधानमा आम स्पष्टताका साथ सुनिश्चितता गरे पनि धेरैले शंका गरेजस्तै सम्बन्धित पक्षलाई स्वीकार्य हुन सकेको छैन । पारित विधेयकले संविधानको धारा ४२ को उपधारा १ मा रहेको सामाजिक न्यायसम्बन्धी हकलाई समानुपातिक बनाएको छ । संशोधित धारामा भनिएको छ, ‘आर्थिक, सामाजिक वा शैक्षिक दृष्टिले पछाडि परेका महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारू, मुस्लिम, पिछडा वर्ग, अल्पसंख्यक, सीमान्तकृत, अपांगता भएका व्यक्ति, लैंगिक तथा यौनिक अल्पसंख्यक, किसान, श्रमिक, उत्पीडित वा पिछडिएका क्षेत्रका नागरिक तथा आर्थिक रूपले विपन्न खस–आर्यलाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा राज्यका निकायमा सहभागिताको हक हुनेछ ।’यसअघि उक्त धारामा ‘समावेशी’ भन्ने शब्द उल्लेख भए पनि ‘समानुपातिक’ शब्द भने थिएन । अब ‘समानुपातिक समावेशिता’ का लागि केवल १५ वटा समूह मात्र रहेका छन् । सामाजिक न्यायको हकमा रहेको ‘आदिवासी’ र ‘युवा’ भन्ने शब्द हटाइएका छन् ।

संशोधन गरिएको दोस्रो महत्त्वपूर्ण धारा २८६ हो । यस धारामा निर्वाचन क्षेत्रको आधारबारे उल्लेख छ । यस धाराको उपधारा १(५) मा संशोधन गर्दै भनिएको छ, ‘निर्वाचन क्षेत्र निर्धारण आयोगले यस धाराबमोजिम निर्वाचन क्षेत्र निर्धारण गर्दा धारा ८४ को उपधारा १ को खण्ड (क) को अधीनमा रही प्रतिनिधित्वका लागि जनसंख्यालाई मुख्य र भूगोललाई दोस्रो आधार मानी संघीय कानुनबमोजिम प्रदेशमा निर्वाचन क्षेत्र निर्धारण गरिनेछ र प्रदेशभित्र रहेका प्रत्येक जिल्लामा कम्तीमा एक निर्वाचन क्षेत्र रहनेछ ।’ संविधानमा रहेको ‘जनसंख्या र भूगोललाई प्रतिनिधित्वको आधार मानी त्यस्तो निर्वाचन क्षेत्रको भूगोल, जनसंख्या र सदस्य संख्याबीचको अनुपात यथासम्भव समान हुने गरी निर्धारण गर्नेछ’ भन्ने व्यवस्थाको सट्टा उक्त संशोधन भएको हो । यी दुवै संशोधित व्यवस्थाविना पनि संघीय संसद्ले उपरोक्त आशयबमोजिम कानुन निर्माण गरी यससम्बन्धी आकांक्षाहरूलाई समाविष्ट गर्न नसक्ने भने थिएन । तथापि संविधानमै संशोधन गरी प्रस्टता ल्याउन खोजिएको देखिन्छ ।

यसो त उपरोक्त संशोधनले मधेसी राजनीतिमा होमिएको सम्बन्धित पक्षलाई चित्त बुझाउन सकेको देखिएन । प्रजातान्त्रिक वा कानुनी वैधताको कुरा गर्ने हो भने ‘नेपालको संविधान (पहिलो संसोधन) विधेयक, २०७२ लाई पारित गरियोस्’ भनी सरकारको तर्फबाट राखेको प्रस्तावलाई संसद्को दुईतिहाइ बहुमतले पारित गरेको हो । समाचारमा उल्लेख भएअनुसार प्रस्तावका पक्षमा ४६१ र विपक्षमा ७ मत मात्र परेका थिए । नेमकिपा र राष्ट्रिय जनमोर्चाका सांसदले उक्त संशोधनको विपक्षमा मतदान गरेका हुन् । मधेसी मोर्चाका सांसदले भने मतदान बहिस्कार गरेका थिए । मतदानमा ४६८ सांसद सहभागी भएका थिए । संविधान संशोधनका लागि कुल सदस्य संख्याको दुईतिहाइ बहुमत चाहिनेमा कुल ५९६ जनामा दुईतिहाइभन्दा बढीले संशोधन प्रस्तावको पक्षमा मतदान गरेका थिए । मूल संविधान पारित गर्दा झैँ यो संशोधन विधेयक पारित गर्दा पनि अंकगणितमा समस्या थिएन ।

प्रमुख दलहरू तथा अन्य पक्षबीच उपरोक्त संशोधनका सम्बन्धमा लेनदेन नभएको पनि होइन । प्रकाशित आँकडाअनुसार सरकारले पेस गरेको संशोधनको मूल विधेयकमा २४ वटा संशोधन परेको थियो । त्यसमा निर्वाचन क्षेत्र निर्धारणमा नेपाली कांग्रेसले राखेको संशोधन प्रस्तावमा मिल्दोजुल्दो गरी मस्यौदा तयार भएको थियो । आफ्ना संशोधनको मर्म समेटिने भएपछि १७ वटा संशोधनकर्ताले आफ्नो संशोधन फिर्ता लिएका थिए । फिर्ता नलिएका सातवटा प्रस्ताव भने अस्वीकृत भएको थियो । संशोधनले तराईमा केही भए पनि निर्वाचन क्षेत्र बढाएको छ । प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत १६५ क्षेत्रमा ८० वटा तराईमा, हिमाल र पहाडमा ८५ वटा निर्वाचन क्षेत्र हुने आँकडासहित संविधान संशोधन भएको हो । नयाँ संविधान जारी भएको चार महिना लगाएर मात्र यो संशोधनसम्म पुगिनुले पनि अहिलेको अंकगणितले दिएको सकस बुझ्न सकिन्छ ।

यो संशोधन आन्दोलनरत मधेसी मोर्चाका नेताहरूको एउटा उपलब्धिका रूपमा लिन सकिन्छ । उनीहरूले मूल रूपमा प्रदेशहरूको सीमांकनमा पुनर्विचार खोजेका हुन् । यससँगसँगै समानुपातिक समावेशिताको माग अर्को मूल माग थियो । पहिलो मागको बारेमा कुनै खालको संयन्त्र बनाएर विवादित पाँच जिल्लाका सम्बन्धमा रहेको सीमांकन विवादलाई हल गर्न नसकिने होइन । विशेषगरी थारू जातिको पहिचानका कुरालाई सबै पक्षले संवेदनशील हुनुपर्छ भनी प्रस्टरूपमा भनिएको पाइन्छ । तर जुन रूपमा मोर्चा वा सम्बद्ध पक्षले माग गर्दै आएको छ, त्यस रूपमा नै त्यो उपलब्धि प्राप्त गर्न सम्भव नहोला । बीचको बाटो निकालेर समाधानतर्फ जानुपर्छ ।
कतिपयले उपरोक्त पाँच जिल्लाका मधेसी र पहाडी बाहुल्य रहेको इलाकालाई सम्बन्धित प्रदेशमा गाभ्न आग्रह गरेका छन् भने कतिपयको स्पष्ट विचार के छ भने कुनै हालतमा पनि मधेस तराईलाई मात्र आउटडोर कोरिडरका रूपमा परिभाषित गर्न दिइने छैन । दुई नम्बर प्रदेशलाई कोसीपारिसम्म पुर्‍याउन पाए अरू कुरा छोड्ने भनेको पनि कतिपयले दिएका छन् । त्यसैगरी नारायणी पश्चिम नवलपरासीदेखि बर्दियासम्म निरन्तरता राखी कर्णालीपारिसम्म पहाड नछोई एउटै प्रदेश कायम गर्ने चाहना त्यत्तिकै बलियो छ । ठूला खोलानालाका विषयमा विदेशी स्वार्थ नग्नरूपमा आइदिनाले पनि सीमांकनको समस्या झनै बलियो भएर गएको देखिन्छ ।

नेपालको आन्तरिक राजनीतिलाई एकातिर भारतले नाकाबन्दीसमेतका माध्यमबाट अँठ्याएको छ भने आन्दोलनरत मधेसी मोर्चाका नेताहरूले आन्तरिक रूपमा संकटपूर्ण बनाइदिएका छन् । अहिले केवल मधेसी मोर्चा र यसको सहयोगीका रूपमा देखिएको भारतमात्र बोलेको देखिन्छ । नेपालका अन्य पक्षहरूले आफ्नो कुरा राखिरहेका छैनन् । त्यस्तै संयुक्त सरकारले न मोर्चासँग विश्वासिलो वार्ता गर्न सकेको छ, न त समग्र राजनीतिक पक्षलाई राउन्ड टेबुलमा बोलाई राष्ट्रिय दृष्टिकोण नै कायम गर्न सकेको छ । मोर्चालाई नै पनि आन्दोलन जगाइराख्न निकै कसरत गरिरहनुपरेको छ । मधेसीसँग सम्बन्धित विषयहरू राजनीतिक हैसियत प्राप्त गरी निर्वाचनबाट पुनः नयाँ कार्यादेश प्राप्त गर्न सकिन्छ भन्नेतर्फ मोर्चाका नेताहरू उदासीन देखिन्छन् । उद्योगधन्दा, कलकारखाना तथा व्यापारी समुदायहरू आन्दोलनबाट अलग्गिइसकेका छन् । तथापि आन्दोलन चलिराख्नुपर्छ भन्ने दृष्टिकोण पछाडिको बाध्यतालाई निरन्तर प्रश्न गरिएकै छ ।

तथापि मोर्चाका नेताहरूले आन्दोलनको स्वरूप परिवर्तन गरी अघि बढ्ने दृष्टिकोण सार्वजनिक गरेका छन् । उनीहरूले एकैखाले आन्दोलन लामो समयसम्म टिक्न नसक्ने अनुभव गरेको देखिन्छ । आन्दोलन भइरहेको तराई क्षेत्रमै पनि जनताले आफ्नो पीडा अभिव्यक्त गर्न सुरु गरिसकेका छन् । त्यसैले आन्दोलनको स्वरूप परिवर्तन गरेर नयाँ कार्यक्रमसहित अघि बढ्ने र आन्दोलनलाई परिमार्जन गर्नेतर्फ सोचविचार भइरहेको देखिन्छ । खर्चबर्चको व्यवस्था हुन्जेल यो सम्भव पनि होला तर यसबाट मधेसी जनताले के पाउलान् वा के गुमाउलान् ? त्यसतर्फ नेतृत्वपंक्ति गम्भीर हुन सकेको देखिँदैन ।

यसै साता संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र नारायण यादव र संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले भारतीय नेता तथा बिहारका प्रभुत्वशाली राष्ट्रिय जनता दलका अध्यक्ष लालु यादवबाट उनीहरूको आन्दोलनमा सहयोगको आश्वासन प्राप्त गरेको समाचार उल्लेख गरेका छन् । नेपालका प्रमुख दलहरूले उनीहरूलाई विभेद गरेको, अधिकारका लागि गरिएको आन्दोलनमा सरकारले चरम दमन गरेको र संविधानमै मधेसीमाथि विभेद गरिएको उजुरी गरेका थिए उनीहरूले ।

त्यस्तो गोश्वारा उजुरमा मधेसीलाई नागरिकताको अधिकारबाट समेत वञ्चित गर्ने नियत राखिएको उनीहरूको दलिल थियो । नेपालमा लालु यादवबाट मधेसी नेताहरूले उनको गराजछेउको खुला बैठक आयोजना गरी निर्देशन प्राप्त गरिरहेको तस्बिर अहिले व्यापक जनसरोकारको विषय भएको छ । कतिपय नेपालीहरू लालु यादवले मधेसी नेताहरूलाई सम्मानजनक प्रोटोकल नदिएकोमा चित्त दुखाएको सामाजिक सञ्जालमा टिप्पणी देखिन्छ ।

भारतको केन्द्रीय सरकारले नाकाबन्दी तथा अन्तर्राष्ट्रिय कूटनीतिमार्फत गरेको सहयोग जगजाहेर छ । नेपाल पीडित छ, तर मासिएको छैन । भारतीय राष्ट्रिय जनता दललगायत अन्य बिहारकेन्द्रित राजनीतिक वृत्तबाट मधेस आन्दोलनले के फाइदा पाउला ? तर मधेस आन्दोलनको व्यवस्थापन केवल नेपाली समग्र राष्ट्रिय चिन्तनबाट मात्र खोज्न सकिन्छ । केवल मधेस मात्र ‘इस्यु’ होइन । यसका लागि मध्यमार्गी धारको महत्त्व जहिले पनि महत्त्वपूर्ण हुन्छ ।

वस्तुतः मोर्चाले उठाएको कुनै माग पनि सम्बोधन गर्न नसकिने छैन । हरेक मागको समुचित सम्बोधन हुन सक्छ, तर त्यसमा भारत मुछिनु हुँदैन । भारत जति मुछिन्छ तथा आन्दोलनको प्रपञ्चबाट नेपाली जनताको सर्वपक्षीय हितलाई जति प्रताडित गरिन्छ, नेपाल त्यति नै चुनौतीमय बन्दै जान्छ । परिवर्तनका लागि नयाँ संविधानको सघन तथा निष्ठापूर्ण कार्यान्वयन जरुरी छ । देशको औकातभन्दा बढीको संविधान आएछ भन्ने सोचलाई मलजल हुने गरी आफ्नो क्षमताको प्रयोग गर्दै जाने हो भने निःसन्देह नेताहरूको निर्माण र पतन धेरै चाँडो हुने भए पनि आमजनताले राजनीतिबाट केही प्राप्त गर्न सक्ने छैनन् ।

यो संविधान एउटा महत्त्वाकांक्षी संविधान हो । विभिन्न राजनीतिक कारणले यो भद्दा रूपमा प्रस्तुत भएको छ । तर निरन्तर अभ्यासबाट यसलाई परिमार्जन गर्न नसकिने होइन । आन्दोलनको नाममा जनतालाई सडकमा होम्ने तथा सर्वसाधारणलाई सास्ती दिने काम राजनीतिक पुँजी वृद्धिका लागि फाइदाजनक नहुन पनि सक्छ । हिजोका जनयुद्ध र अन्य आन्दोलनलाई मात्र सम्झिए पुग्छ । मधेसी मोर्चाको मागअनुसार नै संविधानमा संशोधन पारित भइसकेको र सीमांकनका मुद्दाका लागि नाकाबन्दी र बन्दहडताल गर्नुभन्दा संसदीय प्रक्रियाको उचित प्रयोगतर्फ लाग्नु समग्र पक्षको हितमा हुन्छ । तराई मधेसले आफ्नो उर्जा संविधान कार्यान्वयनमा लगाउन सके यसले आशातित परिणाम दिन सक्छ ।

अधिकारी संवैधानिक कानुनका अध्येता हुन् ।

 संघीय संरचनासम्बन्धी व्यवस्था गर्न संविधानले दुई आयोग स्थापना गर्ने भनेको छ। संक्रमणकालीन व्यवस्था अन्तर्गत धारा २९५ मा प्रदेशको सीमांकनसम्बन्धी विषयमा सुझाव दिन संघीय आयोग गठन र २९५ (३) मा सरकारले निर्धारण गरेको मापदण्ड बमोजिम गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या र सीमानाको निर्धारण गर्न अर्को आयोग गठन गर्नुपर्छ। संघीयता कार्यान्वयनका लागि सबैभन्दा महत्वपूर्ण कुरा यी आयोगको गठन हो। यी विना सीमांकनसँग सम्बन्धित मसिना कुराको टुंगो लाग्दैन।

सडक सञ्जाल, खोलानाला, पुराना गाविस, सदरमुकाम मिलाउने र सीमांकनलाई मद्दत गर्ने अरु प्राविधिक कुरा आयोगले गर्नुपर्नेछ। पहिलो आयोगले सुझाव दिन्छ। ती सुझावका आधारमा सरकारले तय गर्ने मापदण्ड अनुसार संख्या र सीमा निर्धारण गर्ने काम दोस्रो आयोगले गर्छ।

अर्को कुरा, संविधानको कार्यान्वयनकै लागि पनि पुरानै मापदण्ड बमोजिम स्थानीय निकायको चुनाव गरिहाल्नुपर्छ। संविधानमा संक्रमणकालीन व्यवस्थामा त्यस्तो व्यवस्था पनि गरिएको छ। किनकि संघीय संरचना अनुसार बन्ने स्थानीय तहको निर्वाचन त संघीय र प्रादेशिक सरकार–प्रदेश बनेपछि मात्रै हुनेछ।

नयाँ संविधानले संसारका धेरै संविधानभन्दा अगाडि बढेर सामाजिक, आर्थिक र सांस्कृतिक अधिकारलाई मौलिक अधिकार अन्तर्गत राखेको छ। त्यसका लागि आवश्यक सबै कानून तीन वर्षमै बनाइसक्नुपर्छ भनिएको छ।

तर तीन वर्षसम्म कुर्नै पर्छ भन्ने छैन। समावेशी गराउनै पर्ने समूहलाई संविधानप्रति अनास्था नहोस् भनेर व्यवस्था गरिएका आयोगहरूको व्यवस्थाबारे पनि यही कुरा लागू हुन्छ। सरकारी अक्षमताकै कारण संविधानका तत्काल लागू हुनसक्ने कानून रोक्न पाइँदैन।

थुप्रै कानून बनाउनुपर्ने भएकाले अहिले कानून मन्त्रालय अन्तर्गत रहेको सानो मस्यौदा शाखाले मात्र सम्भव हुँदैन। कार्यदल नै बनाउनुपर्छ। कानून बनाउनु ‘थटफूल’ कुरा हो। कुनै आदेश जस्तो होइन। त्यसैले पर्याप्त गृहकार्य र छलफलका लागि काम थालिहाल्नुपर्छ।

संविधानले प्रदेशहरूलाई कानून बनाउन अधिकार दिएको छ। त्यसका लागि केन्द्रीयस्तरका कानूनले सबै प्रदेशमा लागू हुने ‘फ्रेमवर्क’ बनाइदिनुपर्छ। यो काम पनि यही संसद्ले गर्ने हो।

संघीयता कार्यान्वयन दुई वर्षभित्रमै ‘ह्यान्डओभर’ र ‘टेकओभर’ हुन्छ भन्ने महत्वाकांक्षी योजना राखिएको छ। तर, यसका लागि उच्चस्तरको राजनीतिक क्षमता र व्यवस्थापनको दक्षता देखिंदैन। साथै, सरकारमा विशेषज्ञको सहयोग लिने सोच पनि छैन।

– See more at: http://www.himalkhabar.com/119368

 कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले संसद सचिवालमा “केही नेपाल ऐन संसोधन विधेयक” दर्ता गराएको छ । सरकारले प्रचलिन कानुनलाई नयाँ संविधान अनुकुल बनाउन एकै पटक १ सय ९३ वटा ऐनमा संसोधनका लागि यो विधेयक अघि बढाएको हो ।

यो विधेयक द्वारा अभ्यासमा रहेका अधिकांश कानुनमा अन्तरिम संविधानका ब्यवस्था र पदावली उल्लेख भएकाले त्यसलाई एकैपटक विस्थापित गरी संविधान अनुकुलको प्रावधान राख्न लागिएको हो । प्रचलित कानुनहरुमा अझै पनि स्थानिय निकायका रुपमा गाउँ विकास समिति (गाविस), जिल्ला विकास समिति (जिविस) उल्लेछ छन् । विधेयकमा सन्दर्भ सकिएको संविधानसभा सदस्य निर्वाचन ऐन खारेजीको प्रस्ताव पनि गरिएको छ । सरकारले एकैपटक यती धेरै कानुन संसोधन गर्ने प्रक्रिया सुरु गरेको संभवत यो पहिलो पटक हो । विधेयकले संविधानले ब्यवस्था गरेका नयाँ प्रवाधान कार्यान्वयनका लागि पनि मद्दत गर्नेछ ।

संविधानसभाबाट निर्मित संविधानले ब्यवस्था गरेको उच्च न्यायालयको अभ्यास संविधान लागू भएको मितिले एक वर्ष भित्र हुने भएपनि एक वर्ष भन्दा बढि कैद सजाय हुने सबै प्रकारका मुद्दा जिल्ला अदालतबाट सुरु हुने अभ्यास कार्यान्वयनमा आइसकेको छ । पूर्ववर्ती संबैधानिक ब्यवस्था अनुरुप जिल्ला प्रशासन कार्यालय लगायतका विभिन्न अर्धन्यायीक निकायले हेरिरहेका ९ हजार भन्दा बढि मुद्दा सुरु किनाराका लागि जिल्ला अदालतमा सारिएका छन् । एक वर्ष भन्दा बढि कैद सजाय हुने मुद्दा अदालत बाहेक अन्य निकायबाट निरुपण गर्न नमिल्ले संबैधानिक ब्यवस्था छ ।

संविधानले अर्धन्यायीक निकायले गर्ने फैसलाको पुनरावेदन जिल्ला अदालतमा जाने सम्बन्धमा गरेको नयाँ ब्यवस्था कार्यान्वयनका लागि पनि नेपाल ऐन संसोधन विधेयक तत्काल आवश्यक भएको उनले बताए । संविधानले साविक पुनरावेदन अदालत प्रदेश उच्च अदालतमा रुपान्तरित हुने ब्यवस्था गरेको छ । तर विभिन्न अर्धन्यायीक निकायहरुले गर्ने निर्णय विरुद्ध पुनरावेदनका लागि उच्च अदालतको साटो जिल्ला अदालतमै पुनरावेदन गर्ने र धेरै विषयमा उच्च अदालतलाईनै अन्तिम अदालत बनाउने संविधानको मर्म अनुरुपको ब्यवस्था विधेयकमा ल्याईएको छ ।

संघीयता सहितको संविधान कार्यान्वयनमा आएको साढे तीन महिना वितिसक्दा पनि सरकारले केन्द्रको प्रतिनिधिका रुपमा रहने प्रदेश प्रमुखको नियुक्ती, प्रदेशसभाले निर्णय नगरेसम्मका लागि प्रदेशको अन्तरिम मुकाम ९राजधानी०लगायतका महत्वपूर्ण संघीयता कार्यान्वयन सम्बन्धी अधिकारको प्रयोग गर्न सकेको छैन । मन्त्री खरेलले प्रदेश गठन, प्रदेशको राजधानी घोषणा सहित संघियता कार्यान्वयन सम्बन्धी ठोस कार्य भने राजनीतिक सहमतिमा भर पर्ने बताए । सात प्रदेश निर्माण गर्दा समेटिने जिल्लाहरु उल्लेख भएपनि संविधानमा सरकारले गठन गर्ने आयोगको सिफारिमा सात प्रदेशको विस्तृत सिमाङकन गर्ने प्रावधान छ । सरकारले निर्माण गर्ने आयोगले एक वर्ष भित्र दिने सिफारिसका आधारमा स्थानिय निकायको पुर्नसरचना गरी संविधानले गाउँपालिका र नगरपालिकालाई जनताको पहुँचको सरकारको रुपमा स्थापित गर्न खोजेको छ । संसोधन विधेयकले साविक जिविसलाई जिल्ला समन्वय समितिरजिल्लासभाका रुपमा संविधान अनुकुल बनाउने प्रस्ताव गरेको छ ।

संघीयताको कार्यान्वयन, थप भएका संबैधानिक निकाय र आयोग सम्बन्धी ऐनहरु प्राथमिकताका साथ निर्माण आवश्यक छ । संविधान कार्यान्वयनका लागि १ सय ३८ वटा नयाँ कानुन निर्माण गर्नु आवश्यक पर्ने छ ।

 २०७२ मङ्शिर २५ शुक्रबार

संयुक्त मधेसी मोर्चाको आन्दोलन तथा यसले पछिल्लोपटक राखेको एघारबुँदे मागपत्रको सम्बोधन कसरी गर्ने भन्ने प्रश्न नै आजका लागि सबैभन्दा ठूलो राजनीतिक प्रश्न हो। विद्यमान जटिल परिस्थितिमा सम्बोधन गर्नुपर्ने विषय केवल संविधान सुधारको मात्र होइन। तथापि यहाँ संवैधानिक सुधारको पक्षलाई मात्र मध्यनजर गर्दै मोर्चाका लागि केही विकल्प अघि सार्न खोजिएको छ।

मूलतः दुईतिहाइभन्दा बढीको बहुमतमार्फत संविधानसभाको खुला प्रक्रियाबमोजिम जारी गरिएको नेपालको नयाँ संविधानमाथि सतहमा विवेचना गर्दा नाकाकेन्द्रित आन्दोलन गरेको महिना दिनपछि बल्ल संयुक्त मधेसी मोर्चाले सार्वजनिक गरेको एघारबुँदे मागमध्ये संविधानसभाबाट गठित राज्य पुनर्संरचना तथा राज्यशक्तिको बाँडफाँट समिति तथा राज्य पुनर्संरचना उच्चस्तरीय सुझाव आयोगको प्रतिवेदन तथा मधेसी समुदायसँग भएको सम्झौता र अन्तरिम संविधानको धारा १३८(१) (क) अनुरूप तराई र मधेसमा मेचीदेखि महाकालीसम्म दुई स्वायत्त प्रदेश नै सबैभन्दा पेचिलो माग हो।

यस मागका सम्बन्धमा विभिन्न बुझाइ छन्, तर उद्देश्य एउटै हो। अधिकांश नेपाली राजनीतिज्ञहरूले बुझेजस्तै यो माग अघोषित रूपमा भारतकै माग हो। त्यसैले भारतले लिन नहुने जोखिम लिएको छ। यो मागलाई राजनीतिक रूपमा बलियो बनाउन मोर्चाले नेपालमा ऐतिहासिक पृष्ठभूमि र पहिचानका आधारमा अन्य स्वायत्त प्रदेशहरू पनि निर्माण हुनुपर्ने भनी जनजातिलाई पनि विश्वासमा लिन खोजेको देखिन्छ।

मधेसी दलहरू यसैबमोजिम नै संविधानसभा-२ को निर्वाचनमा गएका हुन्। निर्वाचनले दिएको परिणामका बारेमा कुनै भ्रम छैन। तर पनि यो मागमा जोड लगाउन भारतले निर्लज्ज भई लगाएको नाकाबन्दी भारतकै संसद्मा पनि विवादको विषयका रूपमा छलफल भइसकेको छ।

यो पहिलो मागसँग सम्बन्धित तर निर्वाचन पद्धतिसँग जोडिएर आएको दोस्रो माग केन्द्रमा रहने प्रतिनिधिसभाको निर्वाचन क्षेत्र जनसंख्याको आधारमा निर्धारण गर्नुपर्ने तथा मिश्रित निर्वाचन प्रणाली अन्तरिम संविधानमा भएको व्यवस्थाबमोजिम गर्ने र राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट अनिवार्य प्रतिनिधित्व हुने गरी जनसंख्याको आधारमा प्रदेशसभाको सदस्यहरू मतदाता हुने गरी एकल संक्रमणीय निर्वाचन प्रणालीबाट गठन हुनुपर्ने भन्ने हो। पहिलोजस्तै यो पनि पेचिलो माग हो।

जनसंख्याको आधारमा मात्र निर्वाचन गर्दा नेपालका कम जनसंख्या भएका पुराना बाईसी-चौबीसी राज्यरजौटाहरू जो राष्ट्रिय एकीकरणमा समग्र नेपालमा समाहित भएका थिए, उनीहरूले ऐतिहासिकतासहितको प्रतिनिधित्व प्राप्त गर्न सक्ने छैनन्। जिल्ला कायम गर्दा पनि विभिन्न आवश्यकताको सम्बोधन गर्दै तथा ऐतिहासिक परिचयहरू धान्ने गरी नै गरिएको सर्वविदितै छ।

लामो अवधिदेखि संस्थागत भएको यो परिचय अहिले आएर तराई-मधेसका नेपालीलाई घाँडो हुन गएको छ।अन्तरिम संविधानमा उल्लेख गरिएको मिश्रित निर्वाचन प्रणालीलाई नै नयाँ संविधानमा पनि उल्लेख गरिनुपर्ने भन्ने मागको अर्थ धेरै प्रस्ट छैन। तथापि यसको तीनवटा पक्ष हुन सक्छ।

एउटा पक्ष अन्तरिम संविधानले प्रत्यक्ष तथा समानुपातिक निर्वाचनमा व्यवस्थापिका-संसद्को उम्मेदवार भाग लगाउँदा ४०-६० को प्रावधान उल्लेख गरेको थियो। त्यसैगरी उपरोक्त प्रावधानअन्तर्गत प्रत्यक्ष निर्वाचनका सम्बन्धमा निर्वाचन क्षेत्र निर्धारण गर्दा तत्काल कायम रहेको प्रशासकीय जिल्लाहरूका निर्वाचन क्षेत्रको संख्यालाई यथावत् राखी हिमाली र पहाडी क्षेत्रमा जनसंख्या वृद्धिको आधारमा निर्वाचन क्षेत्र वृद्धि गरिनेछ र त्यसरी निर्वाचन क्षेत्र निर्धारण गर्दा मधेसको जनसंख्याको प्रतिशतका आधारमा निर्वाचन क्षेत्रको संख्या कम भएका मधेसका प्रशासकीय जिल्लाको निर्वाचन क्षेत्र वृद्धि गरिनेछ भनिएको थियो।

यस प्रावधानबाट जनसंख्या बढी भएका तराईका क्षेत्रहरूलाई प्रतिनिधित्व लाभ भएको पुरानो परिस्थितिमा वर्तमान व्यवस्था सन्तुलित नदेखिएको ठहर गरिएको हो।तेस्रो प्रतिनिधिसभाकै सदस्य संख्याको कुरा हुन सक्छ। अहिले प्रतिनिधिसभाको सदस्य केही घटाइएको स्थिति छ। तर यसमा विवाद भएको देखिँदैन।

अन्तिम सरोकार भनेको राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट जनसंख्याका आधारमा प्रतिनिधित्वको व्यवस्थाको माग हो। यसलाई मोर्चाले संघीय एकाइको प्रतिनिधित्व मात्रका रूपमा नलिई जनसंख्याकै प्रतिनिधित्व गराइने वैकल्पिक संरचनाको रूपमा लिएको छ।

संघीयतामा माथिल्लो सदन कसरी कायम गर्ने सिद्धान्तभन्दा पनि सो सदनको प्रतिनिधित्वलाई जनसंख्या बढी भएका वा तराईका क्षेत्रहरूको पकडमा ल्याउने उद्देश्य यसमा देखिन्छ। यसलाई स्वीकार गर्दा पहाडका प्रदेशहरूको एक प्रदेश एक भोटको हैसियतमा कमी आउने र पूर्वका र पश्चिमका प्रदेशहरूबीच राजनीतिक शक्ति बाँडफाँडमा अलग हैसियत कायम हुने अर्को पक्षको संशय हो।

नेपाल सरकार र संसद्मा रहेको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको मनस्थिति पूर्वप्रधानमन्त्री सुशील कोइरालाको सरकारले संसद्मा दर्ता गराएको नयाँ संविधान संशोधन विधेयकलाई अघि बढाउने भन्ने छ । तर यसमा मोर्चा सकारात्मक भए मात्र सरकार सोका लागि इच्छुक देखिन्छ।

यस विधेयकले मूल संविधानमा भूगोल र जनसंख्याका आधारमा निर्वाचन क्षेत्र तय गर्ने उल्लेख गरेकोमा जनसंख्यालाई प्रमुखता दिई भूगोललाई समेत समावेशीकरण गरी निर्वाचन क्षेत्र कायम गर्ने प्रस्ताव गरेको छ। त्यसैगरी सीमांकनको सम्बन्धमा सरकार तथा कांग्रेस दुवै उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने र त्यसले तीन महिनाभित्र राजनीतिक सहमतिका आधारमा सीमांकनको मुद्दा हल गर्ने मनस्थिति राख्छ। तर सीमांकनको कुरा त्यति सजिलो देखिँदैन।

अहिले गरिएको सीमांकन नै धेरै पक्षलाई ‘अप्टिमम कम्प्रोमाइज’ लाग्छ। भारतको नाकाबन्दीले जनजातिलगायत सम्पूर्ण पहाडी समुदायहरूलाई पर्याप्त रूपमा झस्काइदिएको अहिलेको परिस्थितिमा यही संसद्बाट कुनै पनि प्रस्ताव दोहोर्‍याएर पारित गर्न सक्ने स्थिति देखिँदैन।

जनसंख्याका आधारमा प्रतिनिधित्व भन्नु प्रजातन्त्रसम्मत नै हो। यसलाई प्रमुखता नदिई प्रजातन्त्रको उद्देश्य पूरा हुन सक्दैन। नयाँ संविधानको आशय पनि यही नै हो। तर भूगोल र जनसंख्या एकअर्कासँग गाँसिएको हुन्छ। परिचयहरू यसैका आधारमा बनेका हुन्छन्।

जनसंख्यालाई दिइने महत्वले आदि नेपालीहरू रहेबसेका विभिन्न भौगोलिक क्षेत्रहरू जस्तो-मनाङ, मुस्ताङ, पर्वत, म्याग्दी, डोल्पा, मुगु, हुम्ला, जुम्ला, कालिकोट, बाजुरा तथा बैतडीले परम्परागत रूपमा पाइआएको प्रतिनिधित्व घटाइदिने हो भने इतिहासमा उनीहरूले गरेको त्यागको अवमूल्यन हुनेछ। यो समूहमा बागमतीपूर्वका ओखलढुंगा, सोलुखुम्बु, तेह्रथुम, ताप्लेजुङ, संखुवासभा र रसुवा जिल्ला पनि पर्दछ।

सामान्य रूपमा जनसंख्यालाई नै महत्व दिएर पनि सबैले उक्त आदिवासी क्षेत्रहरूलाई सम्मान गरिदिँदा बित्ने केही देखिँदैन । संसारमा स्थापित प्रचलन पनि यही नै हो।अहिलेको बहस झापादेखि कन्चनपुरसम्मका २२ जिल्ला दुई प्रदेश हुनुपर्छ भन्ने विषयमा केन्द्रित देखिन्छ।

यसमा विवादित बनेका झापा, मोरङ, सुनसरीलाई कसरी मिलाउने भन्ने जटिल प्रश्न पनि छ। जिल्ला टुक्राएर मिलाउने कुरामा कतिपय मधेसी नेतासहित कतिको सहमति छैन भने कतिचाहिँ पहाडेलाई पहाडतर्फ नै मिसिन दिनुपर्छ भन्छन्। झापा, मोरङ, सुनसरी, सप्तरी, उदयपुरसमेत मिलाएर एक प्रदेश बनाउनेदेखि झापादेखि पर्सासम्म एकै प्रदेश हुनुपर्ने धारणा पनि छन्।
त्यस्तै विराटनगरलाई प्राथमिकतामा राखेर सीमांकन गर्नुपर्नेदेखि मधेसको भूभाग नारायणी पश्चिम नवलपरासीदेखि बर्दियासम्म कायम राख्दै कर्णाली पश्चिममा कहाँसम्म लान सकिन्छ र पूर्वमा कोशीपारि कहाँसम्म लैजान सकिन्छ भन्ने विषयमा छलफल हुनुपर्दछ भन्ने मत पनि सुनिन्छ । जति मान्छे, उति कुरा आएका छन्। तर आन्दोलनरत नेतासँग सहमति गर्दैमा सम्पूर्ण देश साक्षी बस्ला भन्ने परिस्थिति भने छैन।

सीमांकन पुनरावलोकनमा सत्तासीन एमाले र प्रमुख प्रतिपक्षी कांग्रेस टसमस नभएको भन्दै एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले केही विकल्प अघि सारेका थिए। उनको प्रस्तावमा हालको प्रदेश नं २ अन्तर्गत सप्तरीदेखि पर्सालाई कायम राख्ने, नवलपरासीदेखि बर्दियासम्मका थारूबहुल बस्ती समेटेर प्रदेश बनाउने, झापा र कन्चनपुरलाई विवादित जिल्ला घोषणा गरी दाहाल नेतृत्वकै राजनीतिक समितिमार्फत टुंग्याउने, मोरङ र सुनसरीको जिल्ला सीमा परिवर्तन गरी पहाडीबहुल क्षेत्रलाई पहाडमा, मधेसी बहुल क्षेत्रलाई मधेसमा मिलाउनेलगायतका कुरा उल्लेख थियो।

सो प्रस्तावमा नयाँ किसिमले विकल्प अघि सारेकाले सहमतिको सम्भावना रहेको संकेत आन्दोलनरत मोर्चाका नेताहरूले दिएका थिए। तर कांग्रेस र एमालेले यो प्रस्ताव स्विकारेनन्। एमालेले सीमांकन हेरफेर गर्न नसकिने अडान राख्दै आएको छ भने कांग्रेस संसदीय समितिमार्फत विकल्प खोज्न सकिनेमा छ। संसदीय समितिले गर्ने अध्ययन र निष्कर्ष कम विवादित हुने कतिपय कांग्रेसका नेताहरूको दाबी छ।

मोर्चाका नेताहरूले आफूले सरकारी बार्ता टोलीसमक्ष पेस गरेको एघारबुँदे माग नै आफूहरूको बटमलाइन भएको बताउने गरेका छन्। सो मागका विषयमा प्रमुख दलहरूले साझा धारणा नै नबनाएको अवस्थामा वार्तामा बस्नुको अर्थ नहुने उनीहरूको भनाइ छ। वास्तवमा सीमांकनमा स्थानीय जनताको चाहनाको प्रश्न गौण भइसकेको छ। सोको सट्टामा एकातिर आन्दोलनको चाप छ, अर्कोतिर नेताहरूको ‘इगो’।

सीमांकनका सम्बन्धमा प्रश्न कसरी र के सिद्धान्त कायम गर्ने भन्ने मात्र नभई सबैतिर समानरूपमा सोको प्रयोग कसरी गर्ने भन्ने पनि हो। अहिलेको अवस्थामा विवादित जिल्लाका सम्बन्धमा एउटा पक्षसँग गरिएको सहमतिले अरू जिल्लामा भएको सहमतिलाई कुनै न कुनै रूपमा अवश्यै प्रभावित गर्दछ।

नयाँ हुने सहमतिले अरू जिल्लामा पनि त्यस्तै माग राखेर आन्दोलन हुने कुरा नकार्न सकिँदैन। भारतले गरेको नाकाबन्दीका कारण अब आमजनताको दबाब तराई-मधेसको पक्षमा हुन सक्ने देखिएको छैन । अतः समिति बनाएर वा संघीय आयोगकै गठनबाट यसतर्फ पाइला चाल्दा सही हुने देखिन्छ।

मौलिक हकमा समुदायगत समानुपातिक समावेशी हुने स्पष्ट व्यवस्था आन्दोलनकारीले खोजेका छन्। उपयुक्त प्रावधान उल्लेख गरी यो कुरालाई स्पष्ट गर्न सकिन्छ।

संघ, प्रदेशलगायत राज्यको सम्पूर्ण अंग, तह, निकाय र सेवा आयोगहरूमा समानुपातिक समावेशी हुने कुराको प्रत्याभूति हुनुपर्ने भन्ने यससम्बन्धी अर्को माग हो। यो पनि पूरा गर्न नसकिने खालको छैन । वास्तवमा नयाँ संविधानमा जे छ, त्यो नै यो माग सम्बोधन गर्न पर्याप्त छ।

अर्को माग वैवाहिक नागरिकताको प्राप्ति संघीय कानुनमा नभई संविधानमै स्पष्ट व्यवस्था हुनुपर्ने भन्ने हो। यो माग अस्वीकार गर्नुपर्ने कारण छैन। धेरै जटिल कुरामा भारतीयहरूलाई फाइदा हुने गरी यसै पनि नागरिकताका व्यवस्थाहरू गरिएकै छन्। जाली नागरिकताका प्रावधान संविधानबाट हटाइएकै छन्।

अहिलेको जनमतले त्यसलाई उल्ट्याउन सक्ला जस्तो लाग्दैन। अंगीकृत तथा जन्मसिद्ध नागरिकले राज्यका प्रमुख पद उम्काउन नपाउने प्रावधान हटाउने माग पनि छ। यस सम्बन्धमा मध्यमार्गी बाटो अपनाउन सकिन्छ।

जस्तो-अहिलेको वंशजका आधारमा नागरिकता पाएकाले मात्र राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, सुरक्षा अंग प्रमुख, संवैधानिक अंग प्रमुख तथा प्रदेश प्रमुख बन्न पाउने सूचीलाई अलिकति सानो बनाउन सकिन्छ।

मोर्चाको एउटा महत्वपूर्ण माग भनेको न्यायपालिकालाई संघीय राज्यको आधारभूत मान्यताहरू संघीय ढाँचामा रूपान्तरित गर्ने तथा सर्वोच्च अदालत, उच्च अदालत र स्थानीय अदालतको नियुक्ति समानुपातिक समावेशी आधारमा गर्नुपर्ने भन्ने हो। साथै उच्च अदालत र स्थानीय अदालतको न्यायाधीशहरूको नियुक्तिमा प्रादेशिक कानुनबमोजिम हुनुपर्ने भन्ने माग पनि राखिएको छ।

नयाँ संविधानले व्यवस्था गरेको न्यायपालिका संघीय न्यायपालिका नै हो। केवल नियुक्तिलगायतका व्यावसायिक विषयहरूको प्रणाली एकीकृत भएको देखिन्छ। जहाँसम्म समावेशिताको कुरा छ, सोलाई संविधानले मौलिक हकका रूपमा सुनिश्चित गरिसकेको छ। यदि यसका लागि बेग्लै प्रावधान खोजिएको हो भने सो गर्न हिच्किचाउनुपर्ने आवश्यकता छैन।

मोर्चाले संघ, प्रदेश र स्थानीय निकायका सबै अंगमा बहुभाषिक नीति लागू गर्नुपर्ने उल्लेख गरेको छ। जारी भएको संविधानको नीति बहुभाषिक हुँदाहुँदै पनि मोर्चाले यस्तो माग राख्नुको कारण बुझ्न सकिँदैन। नभए भाषा आयोगको व्यवस्था गर्नैपर्ने थिएन।

संविधानको धारा २८७ मा एक वर्षभित्र प्रदेशहरूको प्रतिनिधित्व हुने गरी भाषा आयोग गठन गर्ने र यो आयोगले नै सरकारी कामकाजको भाषाका रूपमा मान्यता पाउन पूरा गर्नुपर्ने आधारहरूको निर्धारण गरी नेपाल सरकारसमक्ष भाषाको सिफारिस गर्ने भन्ने उल्लेख भइसकेको छ। पाँच वर्षभित्र भाषा आयोगले आफ्नो काम सम्पन्न गरिसक्नुपर्ने व्यवस्थाले यो मागको स्वतः सम्बोधन गरेको देखिन्छ।

यसैगरी मोर्चाले समावेशी आयोगमा सबै समुदायको प्रतिनिधित्वको पनि माग गरेको देखिन्छ। मागमा अन्य सबै आयोगको गठन र कार्यक्षेत्र स्पष्ट उल्लेख हुनुपर्ने र प्राकृतिक स्रोत तथा वित्तीय आयोगमा सबै प्रदेशहरूको प्रतिनिधित्वको कुरा पनि छ। यी संबोधन गर्न सकिने माग हुन्।

नेतृत्व कस्ता मान्छेलाई दिने भन्ने स्पष्ट गराउन सकियो भने धेरै सदस्य संख्याको आयोगहरू बनाई कामै गर्न गाह्रो हुने परिस्थिति निर्माण हुनबाट रोक्न सकिन्छ। स्थानीय निकाय तथा विशेष संरचनाको गठन प्रादेशिक कानुनबमोजिम हुनुपर्ने भन्ने मागमा कुनै दम देखिँदैन। प्रजातन्त्रको राष्ट्रिय मापदण्ड हुन्छ।

सबै प्रदेशलाई यो समान रूपमा लागू हुनुपर्दछ। स्थानीय निकाय र विशेष संरचनाका बारेमा पनि यही कुरा सत्य हो। तर राष्ट्रिय व्यवस्थापिकाबाटै यो काम गर्दा पनि यसमा केही अध्ययन र व्यावहारिकताका कुरा गर्नैपर्ने हुन्छ।

कतिपय विषयमा प्रादेशिक कानुनलाई नै ठाउँ छोड्दा प्रादेशिक मागको सम्बोधन हुन नसक्ने होइन। प्रदेशले चाहेन भने राष्ट्रिय व्यवस्थापिकाले त्यस्तो कानुन राष्ट्रिय मापदण्ड कायम गर्नै सक्दैन भनेपछि भइरहेको व्यवस्थालाई आपत्ति गर्नुपर्ने सरल कारण यहाँ केही देखिँदैनन्।

अन्त्यमा उल्लेख गरिएका अन्तिम दुई माग मूल संविधानबाटै पूरा भइसकेको देखिन्छ। नेपाली सेनालाई राष्ट्रिय स्वरूप प्रदान गर्ने भन्नेमा कसैको दुईमत हुन सक्दैन। संविधानमा यो कुरा उल्लेख भइसकेको छ।

त्यस्तै सेनालगायत सम्पूर्ण सुरक्षा निकायमा समानुपातिक समावेशिता कायम गर्नुपर्ने भन्ने माग पनि सम्बोधन भइसकेको छ। सेनाको लोकतन्त्रीकरण भनेर लेख्नुको अर्थ छैन। सेनाले राजनीतिक दल खोल्ने पनि होइन। राजनीति गर्ने पनि होइन।

कुनै पनि व्यावसायिक सेना कानुनको मापदण्डमा चल्छ। त्यो कानुन प्रजातान्त्रिक संरचनाहरूले नै बनाउने हो। त्यसैगरी नेपाल राज्य बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक विशेषतायुक्त राज्य हो भनी उल्लेख भइसकेको छ। यसलाई बहुराष्ट्रिय भनी विवादमा ल्याइराख्नु जरुरी छैन। यसबाट मोर्चाले आफूलाई घाटा परेको सोच्नु हुँदैन।

उपरोक्त विचार कथित संवैधानिक जटिलताको समाधानका लागि मात्र राखिएका हुन्। अहिलेको संयुक्त मधेसी मोर्चालाई जुन रूपमा नेपालमा प्रयोग गरिएको छ, पंक्तिकारले यसलाई रणनीतिक तथा बाह्य पक्षको एजेन्डामै भएको ठान्छ। यसमा दुईमत छैन।

बहाली गरिएको संविधानलाई कसरी धान्ने भन्नेतर्फ सबैको ध्यान जानुपर्ने हो। जनमत परिवर्तन गरी संविधानलाई संशोधन गर्ने बाटो सबैलाई प्राप्त छ। यतिमा प्रजातान्त्रिक निष्ठा नदेखिँदा यहाँ समस्या देखिएको हो।

यति हुँदाहुँदै पनि मुलुकका आन्तरिक शक्तिहरू छिन्नभिन्न हुँदा देशले जसरी दुःख पाउँदै आएको छ, यस्ता शक्तिहरू एकठाउँमा भइदिने हो भने त्यस्तो दुःख पाउने दिन जान सक्छन्।
त्यसैले समाधान खोज्दा नेपाली जातिको आफ्नो मुलुकप्रतिको इच्छा-आकांक्षालाई कायम राख्दै सकेसम्मको निकास खोज्ने हो। अरूका लागि निकास खोजिनु पनि हुँदैन। आफ्नो कित्ता छोडिनु पनि हुँदैन।

-अधिकारी संवैधानिक कानुनका अध्येता हुन्।

 डा. इन्द्र अधिकारी/डा.उद्धव प्याकुरेलको भनाइ यस्तो छ: http://kantipur.ekantipur.com/news/2015-12-04/20151204081415.html

विवादको जड

नेपालमा पञ्चायत कालदेखि नै साना जिल्लामा एउटा र ठूला जिल्लामा दुइटा निर्वाचन क्षेत्रको अभ्यास सुरु गरी भूगोल र जनसंख्या दुवैलाई आधार मानिन थालेको देखिन्छ। दोस्रो जनआन्दोलन र मधेस आन्दोलनपश्चात निर्वाचन क्षेत्र निर्धारण गर्दा जनसंख्या या भूगोल केलाई आधार बनाउने भनेर निकै विवाद देखियो। देशले मधेस आन्दोलनले मागेअनुसार तराईका २० जिल्लामा जनसंख्याका आधारमा क्षेत्र निर्धारण गरियो।

भनिन्छ, १२ बुँदे समझदारीसँगै जारी शान्ति प्रक्रियालाई संविधानसभाको निर्वाचनमार्फत टुंगां लगाउन कम्मर कसेर लागेको तत्कालीन गिरिजाप्रसाद कोइरालाको सरकारले मधेस आन्दोलनका नाममा यो कार्यमा अरु विलम्ब नगर्ने रणनीतिका आधारमा यो सम्झौता गरेको थियो। परिणाम एउटा देशमा दुइटा फरक—फरक आधारमा निर्वाचन क्षेत्र निर्धारण भयो।

तराईका २० जिल्लाको क्षेत्र बनाउने आधार जनसंख्याको मात्र बनाई त्यसअनुसार हुनआउने क्षेत्र २० जिल्लालाई छुट्याएर बाँकी रहेको निर्वाचन क्षेत्र पहाड र हिमालका ५५ जिल्लालाई उपलव्ध गराइयो। बाँकी क्षेत्र जनसंख्याको आधारमा नबाँडी त्यसमध्येबाट विकट र कम जनसंख्या भएका १४ जिल्लालाई एक—एक क्षेत्र वा सिट छुट्याएर बाँकी रहेका सिटलाई मात्र पहाडका ४१ जिल्लामा उनीहरूको जनसंख्याका आधारमा भाग लगाइए।

त्यही सूत्रका आधारमा दुईपटक संविधानसभा निर्वाचन भए। यसरी फरक—फरक आधार बनाएर क्षेत्र निर्धारण गर्दा पहाडका ४१ जिल्लाले जनसंख्या कम भएका कारण एक—एक सिट पाएका सबै १४ जिल्लाको भार व्यहोर्नुपरेको थियो। परिणाम रोल्पा, अछाम लगायत पहाडका ४१ जिल्लाले एक निर्वाचन क्षेत्र पाउन तराईका झापा, मोरङ, रुपन्देहीजस्ता सुगम जिल्लाहरूको भन्दा पनि बढी जनसंख्या हुनुपर्ने असमानताको सिकार हुनुपरेको थियो।

त्यसैले संविधानसभामा नयाँ संविधानबारे छलफल भइरहँदा अबको क्षेत्र निर्धारणको आधार देशभरि एउटै बनाउने र भूगोललाई दिइने कन्सेसनमा बाँकी सबै जिल्लाले योगदान दिने भन्नेमा केन्द्रित भएको पाइन्छ, जसलाई मधेसले चाहिँ आफूले खाइपाइ आएको सुविधा खोसेर लिनलागेको बुझेको देखिन्छ।

समाधान के?

२०६८ को जनगणना अनुसार जम्मा जनसंख्या २६४९४५०४ लाई १६५ ले भाग गर्दा प्रतिक्षेत्र हुनुपर्ने जनसंख्या– १६०५७३ । जनसंख्याका आधारमा एक क्षेत्र लिन चाहिने १६०५७३ भन्दा कम जनसंख्या भएका १८ जिल्ला (मनाङ, मुस्ताङ, पर्वत, म्याग्दी, डोल्पा, मुगु, हुम्ला, जुम्ला, कालिकोट, बाजुरा, दार्चुला, बैतडी, ओखलढुंगा, सोलुखुम्बु, तेह्रथुम, ताप्लेजुङ, संखुवासभा र रसुवा) को जम्मा जनसंख्या– १७६४१६४ । माथिका १८ जिल्लाले लिने जनसंख्या १७६४१६४ र त्यसले लिने १८ क्षेत्र घटाएर मधेसका २० सहित ५७ जिल्लाका जनसंख्या २,४७,३०,३४० लाई बाँकी १४७ क्षेत्रमा भाग गर्दा प्रतिक्षेत्र चाहिने जनसंख्या– १६८२३४।

मधेसको २० जिल्ला जसको जनसंख्या १,३३,१८,७०५ छ— ले पाउने क्षेत्र, ७९–८० । पहाडका बाँकी ३७ जिल्लाका भागमा जनसंख्याका आधारमा हुने क्षेत्र– ६८–६९ ।

तथ्यांकसहित श्वेतपत्र जारी हुन नसकेका कारण के—के न हुने हो कि भन्ने देखिए पनि १८ जिल्लालाई एक एक सिट छाडेर बाँकी १४७ सिटचाहिँ जनसंख्यालाई मात्र आधार मानी जाँदैमा मधेसलाई पनि त्यति ठूलो घाटा हुने देखिन्न।

सन् २०११ को जनगणना अनुसार तराईका २० जिल्लाको जनसंख्या ५० प्रतिशतभन्दा केही बढी देखिँदा हालको १६५ सिटलाई मधेसले मागे बमोजिम जनसंख्याका आधारमा मात्र बाँड्दा मधेसका २० जिल्लाले ३ सिट पाउने हो भने माथि चर्चा गरिएको मोडल अपनाउँदा जनसंख्या कम भएका १८ जिल्लाले १८ सिट घटाएर पनि ३७ पहाडी जिल्लाले ६७–६८ क्षेत्र र तराईका २० जिल्लाले ७९–८० क्षेत्र पाउने देखिन्छ।

देशभर एउटै आधार बनाएर गरिने यो क्षेत्र निर्धारण प्रक्रियाको प्रस्तावमा नत मधेस नत पहाड नै बेखुसी हुनुपर्ने देखिन्छ। किनभने क्षतिपूर्ति पाउने १८ जिल्लालाई मधेसका सहित ५५ जिल्लाले सहयोग गर्ने भनेको ७ देखि ८ सिट हो र यसो गर्दा मधेसका २० जिल्लालाई करिब ३ सिट र पहाडका ३७ जिल्लालाई ४ सिटको भार पर्ने हो। किनभने १० क्षेत्रलाई चाहिनेभन्दा बढी जनसंख्या त ती १८ जिल्लामा विद्यमान नै देखिन्छ। र यसो गर्दा मधेस आन्दोलनको मुख्य थलो रहेको हालको प्रदेश नं २ का आठ जिल्लाले गुमाउने भनेको बढीमा १ सिट हो।

यससंँगै यस समस्याको समाधान भनेको संविधानको संशोधनमात्र भएझैं चर्चा भइरहेको छ। जनसंख्या र भूगोलको आधार भनेर लेखिएको कुरा संविधानमा रहँदैमा माथि सुझाएको फर्मुला उपयोग गर्न नसकिने होइन। किनभने संविधानले नत ६५ सिटको कुरा गरेको छ, न त ८० नै। शासन व्यवस्थाको एउटा बृहत्तर निर्देशिकाका रूपमा रहने संविधानमा यहाँभन्दा विस्तृत कुरा सम्भव थिएन र हुँदैन।

 सीमाङ्कनलाई प्रमुख मुद्दा बनाएर मधेसवादी दलहरू तराईमा आन्दोलनरत छन्। सरकारसँग पटक–पटक वार्ता भए पनि तराईको समस्या समाधान हुन सकिरहेको छैन।

झापादेखि कञ्चनपुरसम्मका २२ जिल्ला समग्र मधेस दुई प्रदेश हुनुपर्छ भन्ने बिषयमा बहस केन्द्रित देखिन्छ । विवादित बनेका झापा, मोरङ, सुनसरीलाई कसरी मिलाउने भन्ने जटिल प्रश्न छ I कतिले अहिले बहसमा ल्याइएको जिल्ला टुक्र्‍याएर जाने कुरामा सहमति गर्दैनन् I स्वयम् कतिपय मधेसी नेताहरू यी जिल्लाहरु कन्त्च्हत नगरिकनै मधेस मा मिलाउनु पर्छ भन्दैछन । यस्तै केहि अन्य भने पहाडे लाइ पहाड तर्फ नै मिसिन दिनु पर्छ भन्दछन I अर्काथरी कसैले झापा, मोरङ, सुनसरी, सप्तरी, उदयपुरसमेत मिलाएर एक प्रदेश बनाउन सकिने धरान राख्दछन I त्यस्तै कोहि झापादेखि पर्सासम्म एकै प्रदेश हुनुपर्ने धारणा राख्छन्। कसै–कसैले विराटनगरलाई प्राथमिकतामा राखेर सीमाङ्कन गरिनुपर्ने बताउँछन्। कतिपयले मधेसको भू-भाग नारायणी पश्चिम नवलपरासीदेखि बर्दियासम्म कायम राख्दै कर्णाली पश्चिममा कहाँसम्म लान सकिन्छ र पूर्वमा कोशी पारी कहाँसम्म लान सकिन्छ भन्ने विषयमा छलफल हुनु पर्दछ भनेका छन् ।

सीमांकन हेरफेरबारे प्रमुख प्रतिपक्षी कांग्रेस र एमाले टसमस नभएको भन्दै एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले कात्तिक २९ को बैठक अगावै केही विकल्प अघि सारेका थिए ।

दाहाल प्रस्तावअनुसार, हालको प्रदेश नं २ अन्तर्गत सप्तरीदेखि पर्सालाई कायम राख्ने, नवलपरासीदेखि बर्दियासम्मका थारू बहुल बस्ती समेटेर प्रदेश बनाउने, झापा र कञ्चनपुरलाई विवादित जिल्ला घोषणा गरी दाहाल नेतृत्वकै राजनीतिक समितिमार्फत् टुंग्याउने, मोरङ र सुनसरीको जिल्ला सीमा परिवर्तन गरी पहाडी बहुल क्षेत्रलाई पहाडमा, मधेसी बहुल क्षेत्रलाई मधेसमा मिलाउने उल्लेख थियो ।

दाहालको प्रस्तावप्रति टिप्पणी गर्दै आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा नेताहरुले नयाँ शिराबाट विकल्प अघि सारेकाले सहमतिको सम्भावना रहेको संकेत दिएका थिए । तर कांग्रेस र एमालेले यो प्रस्ताव स्वीकारेनन् । एमालेले सीमांकन हेरफेर गर्न नसकिने अडान राख्दै आएको छ भने कांग्रेस संसदीय समितिमार्फत् विकल्प खोज्न सकिनेमा छ । संसदीय समितिले गर्ने अध्ययन र निष्कर्ष कम विवादित हुने कांग्रेसको दाबी छ ।

मोर्चाका नेताहरु मोर्चाले सरकारी वार्ता टोलीसमक्ष केहि अघि पेश गरेको ११ बुँदे माग नै आफूहरुको बटम लाइन भएको भन्ने गरेका छन् । सो ११ बुँदे मागका विषयमा प्रमुख दलहरुले साझा धारणा नै नबनाएको अवस्थामा नाम मात्रको बार्ता गरेर मात्र के गर्ने भन्ने उनीहरुको सोचाई छ I ‘मोर्चाले मुख्य रुपमा सीमाकंन, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र र समानुपातिक समावेशीतालाइ आफ्नो नुद्दा बनाएको छ ।

वास्तवमा सीमांकनमा स्थानीय जनताको चाहना के हो भन्ने प्रस्न अव निरर्थक भै सकेको छ I एकातिर आन्दोलन को चाप छ; अर्कोतिर नेताहरुको ‘इगो’ छ I स्थानीय जनतामा हरेकको फरक फरक दर्शन देखा परेको छ I जेसुकैमा सहमति भएपनि उपरोक्त विवादित जिल्लामा बनेको सहमतिले अरू जिल्लामा भएको सहमतिलाइ या त गिज्याउंछ, या उल्ट्याउंछ । अरू जिल्लामा पनि त्यस्तै माग राखेर आन्दोलन हुने कुरा लाइ नकार्न सकिदैन I कुरो के लाइ शिद्धान्त कायम गर्ने भन्ने मात्र होइन I कायम गरेको सिद्धान्तलाई कसरि बिकाउने भन्ने पनि हो I

तीन ठूला दलहरुले वार्ता निर्णायक बनाउन साझा धारणा बनाउने तयारी गर्दैछन् । मंसिर २ गतेको वार्तामै उनीहरुले मधेसका मागहरु सम्बोधन गर्न तीन ठूला दलहरुले एउटै धारणा बनाउने प्रतिबद्धता दिएका थिए ।