BP Koirala Archives and Records

“अन्तिम सन्देश”, वीपी कोइराला, राजा, राष्ट्रियता र प्रजातन्त्र (काठमाडौँ: जगदम्बा प्रकाशण, २०६३)

म अब आज जाँदैछु दिल्ली–इलाजको निम्ति। हुनसक्छ मलाई बाहिर पनि जानु परोस्। चाँडै फर्किन्छु कि कुन अवस्थामा फर्किन्छु त्यो मलाई थाहा छैन। म तपाईंहरु सबैसँग अहिलेका लागि विदा लिएर जाँदैछु। मैले भन्ने कुराहरु पाँच वर्ष र त्यो भन्दा पहिलेको अवधिमा पनि धेरै भनिसकेको छु। विशेष गरेर जब हिन्दुस्तानबाट हामीहरु फर्कियौं[…]

Read more

“राजा मात्रै हार्दैन”, वीपी कोइराला, राजा, राष्ट्रियता र प्रजातन्त्र (काठमाडौँ: जगदम्बा प्रकाशण, २०६३)

मेरो त मान्यता भन्नोस या चार्ज नै छ कि दरबारभित्र नै त्यो तत्व घुसेको छ। तपाईं एउटालाई झिक्नुहुन्छ त्यै किसिमको अर्को मान्छे त्यहाँ आउँछ। तपाईंले विराटनगरको अञ्चलाधीशलाई कम्युनिष्ट भनेर झिक्नुभयो, त्यहीं पठाउनु हुन्छ तेस्तै मान्छे। त्यो नियुक्त गर्ने मान्छे, दरबारमा जसले नियुक्त गराउँछ, राजाले हो नियुक्त गर्ने, प्रधानमन्त्रीले नियुक्त गरेको[…]

Read more

“राष्ट्रियताको आधार”, वीपी कोइराला, राजा, राष्ट्रियता र प्रजातन्त्र (काठमाडौँ: जगदम्बा प्रकाशण, २०६३)

२०१७ साल पुष १ गतेका दिन केवल प्रजातन्त्र मात्र निमोठिएन कि विदेशी हस्तक्षेपलाई पनि निम्त्याइयो मेरो त्यो भनाइ छ। हाम्रा साथीहरुले त्यही कुरालाई बुझेका छैनन्। त्यसदिनदेखि जनताको पक्षको राजनीति सिद्धियो। जनता पक्षको राजनीति बाहिर गएर गर्नुपर्ने भयो, तर विदेशीबाट सञ्चालित राजनीतिको निम्ति यो ठाउँ खुला भयो र त्यसको परिणम अहिले[…]

Read more

“राष्ट्रिय मेलमिलापको पाँचवर्ष”, वीपी कोइराला, राजा, राष्ट्रियता र प्रजातन्त्र (काठमाडौँ: जगदम्बा प्रकाशण, २०६३)

पाँचवर्ष पैल्हे म र मेरा साथीहरु यहाँ फर्केका हौं, तपाईंहरुलाई थाहा छ। त्यो फर्किनुभन्दा पैल्हे हामीहरुले धेरै छलफल गर्यौं, धेरै विश्लेषण गर्यौं। किनभने, त्यत्रो ठूलो सशस्त्र क्रान्तिको आह्वान गरेर, त्यत्रा काण्डहरु घटित भइसकेपछि नेपाल फर्किनु भनेको बडो ठूलो खतरा र दुस्साहसको कुरा थियो। त्यसो हुनाले, त्यो त्यसै खेलाँची खेलाँचीमा कोहीं[…]

Read more

“राजतन्त्रको भूमिका”, वीपी कोइराला, राजा, राष्ट्रियता र प्रजातन्त्र (काठमाडौँ: जगदम्बा प्रकाशण, २०६३)

मैले दिएको रविबार मन्तव्य पत्रिकामा छापिएको छ। मेरो विचार टेपबाट उतारिएछ। त्यो मेरो लेख होइन तर मसंग अन्तर्वार्ता लिन आएको एउटा मान्छेले टेप गरिकन छापेको हो, मेरो विचारलाई कुनै किसिमसंग नबङ्गयाएर छापेको हो। त्यसो हुनाले रविबारमा छापिएको कुरो मेरो हो। त्यसमा नेपाल टाइम्सका चन्द्रलाल झाले आलोचना गरेका छन्। उनले त्यसलाई[…]

Read more

हार्दिक श्रद्धाञ्जली सुशीला – सुशीलामा श्रद्धाञ्जली व्यक्त गर्दै बीपी कोइरालाको आत्मवृत्तान्तबाट समर्पित केही अंशहरू

म छुट्टीमा विराटनगर आएको थिएँ। मेरो ससुरा झापामा बडाहाकिम हुनुहुन्थ्यो। उहाँ हात्ती चढेर आउनु भयो मलाई सुशिलासँगको बिहाको प्रस्ताव लिएर। पिताजीसँग के के खास-खुस कुरा गर्नु भयो। शंकर घिमिरेका पिता पनि उहाँसँगै आउनु भएको थियो, शायद उहाँ असिस्टेन्ट हुनुहुन्थ्यो। पिताजीले भन्‍नुभयो- उसैसँग कुरा गर्नुहोस्, मैले के भन्‍ने? मलाई उहाँहरूले भन्‍न[…]

Read more

राजा कस्तो हुनुपर्ने ? – बिपी कोइराला (९ पुस, २०३८)

कुनै तानाशाहको छोरा तानाशाह भएको छैन। हुन खोज्दा खत्तम भएको छ। राजतन्त्रको आधार बल हुँदैन। बलको आधारमा राजतन्त्र रहन खोज्यो भने त्यसको छोरो गद्दीमा बस्न सक्दैन। एउटा अपवाद भएको छ बेलायतको क्रौमबेल। चार्ल्स प्रथमलाई झुण्ड्याएपछि क्रौमवेल भयो इङ्गलैण्डको तानाशाह र त्यहाँ गणतन्त्र स्थापित गरेर ऊ शासक भयो। क्रौमवेल मरेपछि उसको[…]

Read more