Head Section
Head Section
New Books

This site is dedicated to late statesman B.P. Koirala
(1914–1982)

About

Articles

वकिलका रुपमा बिपी कोइराला - Article
डा. एकनारायण भण्डारी (स), बिपी कोइरालाका वैचारिक आयाम (चितवनः प्रजातान्त्रिक विचार समाज, २०७१)

एउटा राजनेताका रुपमा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको विभिन्न कोणबाट विश्लेषण भएको छ । हालका वर्षहरुमा राजनीतिक क्षेत्रका धेरै व्यक्तिहरुले वहाँको प्रजातान्त्रिक राजनीति, राष्ट्रवा, राजा महेन्द्रसँगको सम्बन्ध, समाजवादी चिन्तन र विशेषगरी राष्ट्रिय मेलमिलाप नीतिका बारेमा लेखेका छन् । कानुनव्यवसायीका रुप्मा कोइरालाको विश्लेषण प्रायः भएको छैन भने पनि हुन्छ अर्थात् अत्यन्त न्यून रुपमा मात्र भएको छ । ... Read the Article


राष्ट्रनिर्माताको नेपाल सुरक्षा नीति - Article
सिपाही वार्षिक - २०७१, नेपाली सेना (वर्ष ४७, अंक ४८)

हरेक राष्ट्रनिर्माताले आफूले निर्माण गरेको मुलुकको निरन्तर सुरक्षा कसरी कायम राख्ने भन्ने कुरा सोचेको हुन्छ । यस्तो सोचाईको दुईवटा पक्ष हुन्छन् । पहिलो पक्ष भनेको निर्माण गरिएको मुलुकको स्याहार–सम्भार र आन्तरिक शान्तिसुव्यवस्था कसरी कायम गर्ने भन्ने हो । दोस्रो पक्षका रुपमा मुलुकको बाह्य सुरक्षा पर्दछ । यी दुवै एकअर्कासँग सम्बन्धित विषय हुन् । आन्तरिक सुरक्षा गर्न नसक्ने मुलुकले बाह्य सुरक्षाका लागि काम गर्न सक्दैन । ... Read the Article


पृथ्वीनारायण शाह यस कारण राष्ट्रनिर्माता - Article
नेपाल राष्ट्रिय साप्ताहिक अंक: ६२४ | २०७१ मंसिर २८ (January 11, 2014)

नेपाललाई संसारको प्राचीनतम मुलुकमध्ये एक भएको गौरव छ । नेपाल उपत्यका ऐतिहासिक कालदेखि नै हिमवत् खण्डमा अलग सांस्कृतिक पहिचानयुक्त रहँदै आएको छ । इसापछिको तेस्रो शताब्दीसँगै लिखित इतिहास पाइएदेखि लगातार काठमाडौँ समग्र  हिमवत् खण्डको सांस्कृतिक राजधानी रहँदै आएको हो । यहाँका अति प्रभावशाली लिच्छवि राजाहरूको पतनपछि क्रमशः विभिन्न सानाठूला राज्य बन्दै-भत्कँदै गए । गोरखाका युवा राजा पृथ्वीनारायण शाहले अठारौँ शताब्दीको मध्यतिर बाइसी-चौबीसी  राज्य-रजौटाहरूलाई राजनीतिक रूपमा समेत एकीकरण गरे । उनले काठमाडौँलाई राजनीतिक राजधानी बनाए, यसको इज्जत-आमद, वैभव र उच्चतम् मर्यादालाई आत्मसात् गर्दै । एकीकरणको भूमिका निर्वाह गर्ने गोरखा राज्य नै नेपाल राज्यमा विलीन भयो । विजेता राज्य पराजित राज्यमा विलीन भएको उदाहरण स ंसारका एकीकरण इतिहासमा विरलै भेटिन्छ । तर, यही विन्दुबाट हजारौँ वर्षदेखि सँगसँगै सुखदुःख गर्दै बाँचेका तथा कुनै सिमानाले छेकबार नगरेका विभिन्न क्षेत्र, जाति, धर्म, संस्कृति एउटा नयाँ रूपमा संगठित र एकाकार भए । एकीकृत राष्ट्र निर्माणको प्रक्रिया  सुरु भयो ।... Read the Article


फौजदारी न्यायको खोजीमा सत्य निरुपण तथा मेलमिलाप आयोगको प्रयोगः कम्बोडियाको अनुभव - Article
विश्व परिदृश्य वकालत मञ्चद्वारा प्रकाशित "संक्रमणकालीन न्याय" नामम पत्रिकाको वर्ष ३, अंक ३, मंसिर २०७१ (७–१३) मा प्रकाशित लेख

गृहयुद्धको पृष्ठभूमिमा फौजदारी न्यायको खोजीको कुरा गर्दा एसियाली देश कम्बोडियाको आफ्नै महत्व छ । कम्बोडियाले एकप्रकारको अनुभव त दिन्छ नै, तर त्योभन्दापनि बढी एउटा कठोर पाठ सिकाउँछ । यो लेखकले सन् १९९९ मा कम्बोडियामा संयुक्त राष्ट्र विकास कार्यक्रमको 'सेकण्डमेण्ट' मा त्यहाँका राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयमा काम गर्दा यस विषयमा केही अनुभव गर्ने अवसर पायो । त्यसबेला संक्रमणकालीन न्यायका बारेमा प्रशस्त असफल प्रयत्नहरु भएका थिए । अन्ततः सन् २००६ मा आएर मात्र यसका लागि संयन्त्रको व्यवस्था हुन सक्यो । यस लेखले त्यसबेलाको अनुभव तथा पछि भएका प्रयत्नहरुका आधारमा संक्रमणकालीन न्यायको कम्बोडियन प्रयासलाई उल्लेख गर्दछ । फौजदारी अन्यायको पृष्ठभूमिबाट विश्लेषण सुरु गर्न सकिन्छ ।... Read All


ईश्वरीय विश्वासका सम्बन्धमा स्व. विश्वेश्वर प्रसाद कोइराला - Article

हर्क बहादुर कठायतद्वारा सम्पादित बहुआयामिक विश्वेश्वर (बाजुराः नेपाल सांस्कृतिक संघ, २०७१) पुस्तकमा प्रकाशित डा. विपिन अधिकारीको लेखबाट

सन् १९९३ मा एसिया प्रशान्त क्षेत्रका वकिल तथा कानुनविद्हरुको संगठन ल–एसियाको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन यो लेखक श्रीलंकाको कोलम्बो गएको थियो । सम्मेलन पछि एक दिनका लागि हामी श्रीलंकाको मध्यक्षेत्रमा पर्ने पहाडी सहर क्याण्डी पनि गयौं । क्याण्डीमा भगवान बुद्धको ठूलो मन्दिर छ । दर्शन गर्ने क्रममा म पनि लाइनमा बसेको थिएँ । अष्ट्रेलिया, पाकिस्तान तथा बंगलादेशका केही साथीहरु पनि पर्यटकका रुपमा उपस्थित थिए । ढोकैमा पुगेपछि मैले केही कुरा सम्झिएँ र लाइन छाडी फनक्क फर्किएँ ।... Read the Article


Bipin Adhikari, "Nepal - Constitutional reform: peace, power and representation" in ACCORD, Issue 25, Title Legitimacy and peace processes: from coercion to consent, April 2014, (Conciliation Resources, London) P 69-72 - Article

- See more at: http://www.c-r.org/accord-article/nepal-constitutional-reform-peace-power-and-representation#sthash.gIXMsk8f.dpuf

Bipin Adhikari explains how peace and constitution-making processes in Nepal are at a pivotal point. The dissolution of the first Constituent Assembly in 2012, after four years' deliberation and with no constitution agreed, reflected the scale of the challenge of post-war transition in Nepal. Elections for the new assembly saw the Communist Party of Nepal, the largest party in the first assembly, relegated to third place. Adhikari argues that the second assembly needs to learn the lessons of its precursor's failure and engage political leaders, embrace civil society dialogue and overcome political differences in order to advance the ongoing transition.... Read the Article


संवैधानिक जनप्रतिनिधिमूलक संस्थाका रुपमा व्यवस्थापिका–संसद् - Article
New Member Orientation Programme, Parliament Secretariat, March 29-30, 2014

नेपालको अन्तरिम संविधान, २०६३ मोटामोटी रुपमा संसदीय प्रणालीमा आधारित संविधान हो । तर तत्कालीन अस्थिर राजनैतिक परिस्थितिका कारण यसलाई मस्यौदा गर्दा तथा यस उपर पछि गरिएको कतिपय संशोधनले संसदीय प्रणालीका कतिपय मान्यतालाई यसले आत्मसात् गर्न नसकेको प्रष्ट देखिन्छ । तथापि यसको मूलभूत विशेषताहरु आज पनि संसदीय प्रजातन्त्रतर्फ नै उन्मुख छ । ... Read Article


कुभिण्डो रोपेर सुन्तलाको आस गर्न मिल्छ? - Article
November 15, 2013, Setopati.com

नेपालको दोस्रो संविधानसभाका लागि मंसिर ४ गते हुन गइरहेको निर्वाचनले नेपाली जनतालाई एकपटक फेरि मतदान गर्ने अवसर दिएको छ। अरबौं रुपियाँ खर्च गरेर निर्वाचन गरिएको पहिलो संविधानसभा ४ वर्षसम्ममा पनि नयाँ संविधान निर्माण गर्न नसकी अवसान भयो। यसको जिम्मेवारी न त सो अवधिमा मुलुकलाई नेतृत्व गर्ने प्रधानमन्त्रीहरुले लिए न त उनलाई ‘ब्याकअप’ गर्ने संयुक्त सरकारका घटकहरुले नै।अहिले पनि असफल नेताहरु नै पुनः चुनावमा उम्मेदवार छन्। न चुनावी घोषणापत्रमा विशेष परिवर्तन आएको छ,न त निर्णयकर्ताहरुमा। देशलाई यत्रोवर्षदेखि अल्मल्याएकोमा कसैले दुईशब्दमा माफी पनि मागेन।आफूलाई एक सितापरिवर्तन गर्न सकेका छैनन्;तर संविधान बनाउँछु भन्दछन्। के यसरीबन्ला त संविधान? संविधान बनाउन सक्ने संविधानसभाको चयन कसले गर्ने?जनताले होइन? कुभिण्डो रोप्नेले सुन्तला फल्ला भनी आश गर्न मिल्छ?कि चमत्कार होला भन्ने आशा गर्ने?यो कुरा अहिले नसोचे कहिले सोच्ने? ... Read All


बीपी र महेन्द्रः किन मिल्न सकेनन्, मिलेका भए के हुन्थ्यो ? - Article
(यस प्रलेखको सम्पादित प्रमुख अंशहरु नेपाल राष्ट्रिय साप्ताहिक (आइतबार, १३ साउन, २०७०, पृ.२६–३१) मा प्रकाशित भएको छ ।)
नेपाल राष्ट्रिय साप्ताहिकमा यो लेख हेर्न यहाँ क्लिक गर्नुहोस् ।

नेपालको राजनीतिमा अत्यधिक चर्चित तर अलग व्यक्तित्वका धनी यिनै दुई एकअर्कासँग मिल्न नसक्दा नेपालका समस्या क्रमशः झाँगिँदै गएको भन्ने गरिन्छ। वास्तवमा उनीहरू किन मिल्न सकेनन्? संविधानसभा नभए पनि संसदीय निर्वाचनमार्फत जनताको हातमा शासन गएको डेढ वर्ष पुग्दा नपुग्दै किन र कसरी प्रजातन्त्रको चीरहरण गरियो ? यी र यस्ता प्रश्नको सेरोफेरोमा बीपी र महेन्द्रकै प्रसंग आउँछ। सम्बन्ध, समानता, असमानता, राष्ट्रप्रेम, नेतृत्व क्षमता, दूरदर्शिता, सिद्धान्त र शक्तिका हिसाबले यी दुई शीर्ष व्यक्तित्व र त्यस समयको मूल्यांकन सान्दर्भिक हुन्छ। यो पनि त्यतिबेला, जतिबेला ००७ सालदेखि ०१५ सालको जस्तै संक्रमण र अन्योलग्रस्त छ।... Read All


सत्य निरुपण तथा मेलमिलाप आयोगः लाइबेरियाको अनुभव
संक्रमणकालीन न्याय मासिक पत्रिका, साउन २०६९

लाइबेरियाको अनुभवले के देखाउँछ भने टिआररि प्रक्रिया कसरी लैजाने भन्ने विषयमा कुनै दुविधा रहनु हुँदैन । कानुन पूर्ण हुनुपर्छ । पयसका प्रावधानहरु दोहोरो अर्थ नलाग्ने गरी स्पष्ट रुपमा उल्लेख गरिनु पर्छ । सक्षम व्यवसायिक नेतृत्व, असल कमिसनरहरुको चयन, सानो कमिसनको व्यवस्था, कानुनी प्रक्रियाका महत्व बुझेका व्यक्तिहरु, स्वतःस्फूर्त व्यवसायिक प्रशासन र राजनैतिक हस्तक्षेपविहीनताको स्थिति टिआरसिको सफलताका लागि अत्यावश्यक छ । टिआरसिका लागि स्पष्ट कार्यादेश भएर मात्र पुग्दैन, त्यसलाई कार्यान्वयन गर्ने क्षमता त्यत्तिकै महत्वपूर्ण हुन्छ । त्यस्तै टिआरसि प्रतिवेदनलाई कार्यान्वयन गर्ने कुरामा पनि राजनैतिक प्रतिबद्धता जरुरी हुन्छ । कतिपय विषयमा यस्ता आयोगहरुले छिद्रहरु छोडेका हुन्छन् । त्यस्ता छिद्रहरुलाई पुर्ने प्रक्रिया अगाडि बढाउँदै आमनागरिकलाई न्यायको अनुभूति दिन सक्नु पनि त्यत्तिकै महत्वपूर्ण छ ।... Read All


Another Eleventh Hour - May 2011
Dr. Bipin Adhikari (Himal South Asian)

On 31 March, a team of lawyers from the Nepal Constitution Foundation had a meeting with Pushpa Kamal Dahal, the chairman of the Unified Communist Party of Nepal (Maoist), at his residence. The team discussed with him the work being done by the subcommittee created by the Constitutional Committee of the Constituent Assembly, which he had been heading since it was set up in February. While the Constituent Assembly's second mandate is set to expire in late May, the subcommittee was expected to sort out outstanding issues that have proven contentious. That day, Dahal confirmed that he was committed to the process, and would act to ensure that any decision-making was done in consultation with outside experts as well (who had limited involvement at the sub-committee level)..... Read More

Constituent Assembly - March 2010
Dr. Bipin Adhikari (Himal South Asian)

Shortly after Madhav Kumar Nepal was elected chairman of the Constitutional Committee of the Constituent Assembly, in January 2009, he brought together some 25 Nepali lawyers for a meeting. As a consensus candidate agreed by the major political parties, he had been brought into the House as a nominated member to lead this committee, even though he had lost the election of April 2008 – and, therefore, access to the Assembly. After accepting the responsibility of leading the principal drafting body at the Constituent Assembly, the senior Communist Party of Nepal (Unified Marxist-Leninist) leader – and current prime minister – wanted to meet with the constitutional lawyers to discuss how to move ahead with the technical aspects of the constitution-drafting work, the primary purpose of the Constituent Assembly.... Read More
Head Section