BP Koirala Archives and Records

“हाम्रो ध्याय”, विश्वेश्वरप्रसाद कोइराला, विश्वेश्वरप्रसाद कोइराला–राजनीतिक अभिलेख (काठमाडौँ: विद्यार्थी पुस्तक भण्डार, २०६६)

नेपाली राष्ट्रिय कांग्रेसको ध्येयका सम्बन्धमा अझैसम्म पनि भ्रम रहेको बुझिन्छ । वर्तमान शासन–पद्धतिद्धारा आफ्नो स्वार्थसिद्ध गर्न पाइरहेका हाम्रा विरोधीहरुले हामीमाथि लगाएको आक्षेपको यहाँ जवाफ दिन म आवश्यकता ठान्दिनँ । तर, धरैजसो इमान्दार मानिसहरु पनि हाम्रो ध्येयका बारेमा स्पष्ट घोषणा सुन्न चाहन्छन् । उनीहरुको भनाइ छ हाम्रो उत्तरदायी शासनको लक्ष्य स्पष्ट[…]

Read more

“भूमिका” प्रदीप गिरि (सम्पादक), विश्वेश्वरप्रसाद कोइराला–राजनीतिक अभिलेख (काठमाडौँ: विद्यार्थी पुस्तक भण्डार, २०६६)

बीपी कोइरालाको जन्म सन् १९१४ मा भएको थियो । उहाँका पिता कृष्णप्रसाद कोइराला तत्कालीन नेपालका एक सुपरिचित एवं सम्भ्रान्त उद्यमी तथा समाज सुधारक हुनुहुन्थ्यो । सन् १९१४ ताका कृष्णप्रसाद कोइरालाको आर्थिक अवस्था राम्रो थियो । उहाँलाई व्यापार र उद्योगमा राज्याश्रयसमेत थियो । तर यो स्थिति धेरै दिनसम्म रहेन । राणा[…]

Read more

“अन्तिम सन्देश”, वीपी कोइराला, राजा, राष्ट्रियता र प्रजातन्त्र (काठमाडौँ: जगदम्बा प्रकाशण, २०६३)

म अब आज जाँदैछु दिल्ली–इलाजको निम्ति। हुनसक्छ मलाई बाहिर पनि जानु परोस्। चाँडै फर्किन्छु कि कुन अवस्थामा फर्किन्छु त्यो मलाई थाहा छैन। म तपाईंहरु सबैसँग अहिलेका लागि विदा लिएर जाँदैछु। मैले भन्ने कुराहरु पाँच वर्ष र त्यो भन्दा पहिलेको अवधिमा पनि धेरै भनिसकेको छु। विशेष गरेर जब हिन्दुस्तानबाट हामीहरु फर्कियौं[…]

Read more

“राजा मात्रै हार्दैन”, वीपी कोइराला, राजा, राष्ट्रियता र प्रजातन्त्र (काठमाडौँ: जगदम्बा प्रकाशण, २०६३)

मेरो त मान्यता भन्नोस या चार्ज नै छ कि दरबारभित्र नै त्यो तत्व घुसेको छ। तपाईं एउटालाई झिक्नुहुन्छ त्यै किसिमको अर्को मान्छे त्यहाँ आउँछ। तपाईंले विराटनगरको अञ्चलाधीशलाई कम्युनिष्ट भनेर झिक्नुभयो, त्यहीं पठाउनु हुन्छ तेस्तै मान्छे। त्यो नियुक्त गर्ने मान्छे, दरबारमा जसले नियुक्त गराउँछ, राजाले हो नियुक्त गर्ने, प्रधानमन्त्रीले नियुक्त गरेको[…]

Read more

“राष्ट्रियताको आधार”, वीपी कोइराला, राजा, राष्ट्रियता र प्रजातन्त्र (काठमाडौँ: जगदम्बा प्रकाशण, २०६३)

२०१७ साल पुष १ गतेका दिन केवल प्रजातन्त्र मात्र निमोठिएन कि विदेशी हस्तक्षेपलाई पनि निम्त्याइयो मेरो त्यो भनाइ छ। हाम्रा साथीहरुले त्यही कुरालाई बुझेका छैनन्। त्यसदिनदेखि जनताको पक्षको राजनीति सिद्धियो। जनता पक्षको राजनीति बाहिर गएर गर्नुपर्ने भयो, तर विदेशीबाट सञ्चालित राजनीतिको निम्ति यो ठाउँ खुला भयो र त्यसको परिणम अहिले[…]

Read more

“राष्ट्रिय मेलमिलापको पाँचवर्ष”, वीपी कोइराला, राजा, राष्ट्रियता र प्रजातन्त्र (काठमाडौँ: जगदम्बा प्रकाशण, २०६३)

पाँचवर्ष पैल्हे म र मेरा साथीहरु यहाँ फर्केका हौं, तपाईंहरुलाई थाहा छ। त्यो फर्किनुभन्दा पैल्हे हामीहरुले धेरै छलफल गर्यौं, धेरै विश्लेषण गर्यौं। किनभने, त्यत्रो ठूलो सशस्त्र क्रान्तिको आह्वान गरेर, त्यत्रा काण्डहरु घटित भइसकेपछि नेपाल फर्किनु भनेको बडो ठूलो खतरा र दुस्साहसको कुरा थियो। त्यसो हुनाले, त्यो त्यसै खेलाँची खेलाँचीमा कोहीं[…]

Read more

“राजतन्त्रको भूमिका”, वीपी कोइराला, राजा, राष्ट्रियता र प्रजातन्त्र (काठमाडौँ: जगदम्बा प्रकाशण, २०६३)

मैले दिएको रविबार मन्तव्य पत्रिकामा छापिएको छ। मेरो विचार टेपबाट उतारिएछ। त्यो मेरो लेख होइन तर मसंग अन्तर्वार्ता लिन आएको एउटा मान्छेले टेप गरिकन छापेको हो, मेरो विचारलाई कुनै किसिमसंग नबङ्गयाएर छापेको हो। त्यसो हुनाले रविबारमा छापिएको कुरो मेरो हो। त्यसमा नेपाल टाइम्सका चन्द्रलाल झाले आलोचना गरेका छन्। उनले त्यसलाई[…]

Read more

“प्रकाशकीय”, कमल दीक्षित (प्रकाशक), राजा, राष्ट्रियता र प्रजातन्त्र (काठमाडौँ: जगदम्बा प्रकाशण, २०६३)

पुराणका कुरालाई प्रमाण मान्ने हो भने, गणेशराज शर्माले आफ्नो नाम सार्थक पार्नुभएको छ। महर्षि व्यासले बोलेका कुरा गणेशजीले नटिपेको भए भागवत् भन्ने ग्रन्थ जन्मने थिएन। वीपीले बोलेका कुरा त्यस्तै आधुनिक पाराले, गणेशराज शर्माले अक्षरमा नउतारेको भए न विश्वेश्वरप्रसाद कोइरालाको ‘आत्म वृत्तान्त’ ले, न यस किताबले आज नेपाली माझ झुल्कने अवसर[…]

Read more

“भूमिका”, गणेश राज शर्मा (सम्पादक), राजा, राष्ट्रियता र प्रजातन्त्र (काठमाडौँ: जगदम्बा प्रकाशण, २०६३)

वीपी कोइरालाको ‘फेरी सुन्दरीजल’ जेल डायरी प्रकाशित भएकै दिन जगदम्बा प्रकाशनसंग सम्बद्ध केही विशिष्ट व्यक्तिहरुसंगको एउटा भेटघाटको उपलक्ष्यमा मैले वीपीको नासोसरह मसंग रहिआएको यो अर्को सामग्री गर्दै अब यसलाई के गर्ने भनी प्रश्न गरे। उपस्थित रहेका सबैले यो पनि प्रकाशित नै हुनुपर्छ भनी प्रोत्साहित गरे बमोजिम यो सङ्कलन प्रकाशमा आएको[…]

Read more

“बीपी र कांग्रेस” – राजेन्द्र ज्ञवाली (२०७० श्रावण ८, नागरिक न्यूज)

‘बीपी आउँदैछन् रे’– कक्षाका एक सहपाठीबाट सुनेको खबरले शरीर रोमाञ्चित भएको थियो। घरमा बीपीबारे बेलाबेलामा भइरहने चर्चाबाट थाहा पाइसकेको थिएँ– बीपी नाम गरेको कुनै व्यक्तिले ठूलो लडाइँ लड्दै छ। र, उसलाई खुलारूपमा तथा भित्रबाट धेरैले साथ दिइरहेका छन्। निकै पहिलेको कुरा हो यो। ७–८ कक्षाको विद्यार्थीका लागि बीपीको लडाइँबारे पूर्णरूपमा[…]

Read more