BP Koirala Archives and Records

बीपीसँगका कुरा – ईश्वरी ज्ञवाली (२०७० श्रावण ६, नेपाल राष्ट्रिय साप्ताहिक)

बीपी कोइरालाको व्यक्तित्व, प्रभाव पार्न सक्ने अभिव्यक्ति क्षमता, कार्यकौशल, व्यावहारकि सम्बन्ध कायम गर्ने शैली र चातुर्यबाट म निकै प्रभावित छु। केही यस्ता प्रसंग छन्, जुन म कहिल्यै बिर्सन सक्दिनँ। राणाकालमा भन्सार आदिको जिम्मा ठेक्कामा दिइन्थ्यो। त्यो क्रम २००७ सालमा प्रजातन्त्र आएपछि पनि चालू राख्न खोजियो। त्यस बेला नेपालको मुख्य आयस्रोत[…]

Read more

दुवै ऊर्जावान् तर महत्त्वाकांक्षी – विश्वबन्धु थापा (२०७० श्रावण ६, नेपाल राष्ट्रिय साप्ताहिक)

पहिली पत्नी इन्द्र राज्यलक्ष्मीको निधनपछि तत्कालीन युवराज महेन्द्रको रत्नसँग गहिरो प्रेम थियो। तर, त्यसलाई विवाहमा परिणत गर्न राजा त्रिभुवन तयार थिएनन्। त्यसैले विवाहका कुनै कार्यक्रममा त्रिभुवन उपस्थित भएनन्। बीपी कोइरालाले भने महेन्द्रलाई साथ दिए। यहीबीचमा बहालवाला मन्त्री महावीरशमशेरलगायतले महेन्द्रको ठाउँमा उनकै भाइ हिमालयलाई युवराजाधिराज बनाउने षड्यन्त्र सुरु गरे। त्यसका लागि[…]

Read more

बीपी र सामयिक राजनीति – गणेश अधिकारी (२०७० श्रावण ६, नागरिक)

‘नेपाल भारतकै अभिन्न भाग हो। तसर्थ, भारतीय माटोमा हुने जुनसुकै कुराबाट पनि त्यो पूर्णरूपमा प्रभावित हुन्छ। त्यस वास्तविकताले गर्दा नेपालको समस्याको जड पनि भारत नै भएको छ।’ यी हरफ अरु कसैले होइन, देहावसानपछि आजसम्म पनि नेपालको राजनीतिमा कायम रहेका शिखर पुरुष बीपी कोइरालाले लेखेका हुन। ६७ वर्षपहिले नेपालबाट १ सय[…]

Read more

बीपीको ‘ब्रेन’ – ओम बानियाँ (२०७० श्रावण ६, नागरिक)

मानिस ‘ब्रेड’ ले होइन, ब्रेनले चल्छ भन्ने बीपी कोइराला बहुआयामिक व्यक्तित्वका धनी थिए। बीपी राजनीतिक आकाशमा जति चम्किला थिए, त्यति नै नेपाली साहित्य क्षितिजमा पनि एक जाज्वल्यमान नक्षत्र मानिन्छन्। असाधारण व्यक्तित्वका धनी बीपीसँग कठिन, असहज तथा विषम परिस्थितिमा पनि कार्य गर्ने बुद्धि अर्थात् भावनात्मक समर्थता थियो। यस्तै भावनात्मक बुद्धिमत्ताको ऊर्जाले[…]

Read more

बीपीका कालजयी विचार – रामचन्द्र पोखरेल (२०७० श्रावण ६, नागरिक)

नेपालको राजनीतिमा बीपी कोइरालाको युग लोकतान्त्रिक अधिकार एवं मूल्य मान्यता र आदर्शका लागि सम्भि्कने गरिन्छ। एसिया महादेशकै इतिहासमा नेपालको प्रजातान्त्रिक आन्दोलन एव संघर्षको विशिष्ट पहिचान छ। लोकतान्त्रिक मूल्य मान्यतामा आधारित आदर्शबाट अनुप्राणित ती कठोर दिनहरू आजको नेपाली राजनीतिक चेतनाको विकासमा ठोस आधारशिला भएका छन्। तिनैका जगमा टेकेरमात्र नेपालले आज ‘संघीय[…]

Read more

“गणतन्त्र दुर्घटनाको नतिजा हो ?” – ध्रुवहरि अधिकारी (२०७० श्रावण ८, कान्तिपुर)

‘गणतन्त्र… यो दुर्भाग्य भयो, सायद नेपालको इतिहासमा ठूलो दुर्घटना भयो, राजतन्त्र गयो । …अहिले हामीले सच्याएनौं भने यो झन् दुर्भाग्यपूर्ण हुनसक्ने म देखिराको छु ।’ नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शशाङ्क कोइरालाले साउन २ गते बीबीसी नेपाली सेवाका सम्पादक रवीन्द्र मिश्रलाई दिएको अन्तर्वार्तामा भनेका यी र यस्तै अन्य कुराले नेपालको[…]

Read more

बीपी झोक्किँदा… – धर्म गौतम (२०७० श्रावण ७, कान्तिपुर)

वीपी कोइराला कांग्रेसका मात्रै होइन, राजनेता हुनुहुन्थ्यो । पार्टीका लागि क्षणिक लाभ हुने तर मुलुकलाई नोक्सान हुने जस्ता कुनै पनि कुरा उहाँले स्वीकार गर्नुभएन । उहाँ राष्ट्रियता र प्रजातन्त्रका पक्षमा ढिट हुनुहुन्थ्यो तर सँगसँगै व्यवहारवादी पनि । उहाँले संविधानसभाको सट्टा संसदको निर्वाचन गराउने राजा महेन्द्रको प्रस्तावलाई स्वीकार्नु भयो । धेरैको[…]

Read more

बीपी र महेन्द्रः किन मिल्न सकेनन्, मिलेका भए के हुन्थ्यो ? – डा.विपिन अधिकारी नेपाल राष्ट्रिय साप्ताहिक

(यस प्रलेखको सम्पादित प्रमुख अंशहरु नेपाल राष्ट्रिय साप्ताहिक (आइतबार, १३ साउन, २०७०, पृ.२६–३१) मा प्रकाशित भएको छ ।) नेपाल राष्ट्रिय साप्ताहिकमा यो लेख हेर्न यहाँ क्लिक गर्नुहोस् । नेपालको राजनीतिमा अत्याधिक चर्चित स्व. प्रधानमन्त्री बीपी कोइराला र राजा महेन्द्र एकअर्कासँग मिल्न नसक्दा नेपालका समस्याहरु क्रमशः झाँगिदै गएको भन्ने सम्बन्धमा धेरै[…]

Read more

बीपी र मेलमिलाप दिवस – रामचन्द्र पोखरेल (२०७० श्रावण १४, कान्तिपुर)

“बीपीले स्वदेश फिर्तीको पूर्वसन्ध्यामा जारी अपिलमा भन्नुभएको थियो- ‘राष्ट्रको इतिहासमा यस्तो घडी पनि आउँछ, जब यसमा बासिन्दाले आफ्नो ज्यानसमेत खतरामा हालेर यसको अस्तित्वको रक्षा गर्नुपर्छ’ भन्दै उहाँले त्यसैमा बढ्नुभएको थियो- ‘हामीलाई लाग्छ आज नेपालमा त्यो घडी आएको छ ।’” ‘राष्ट्रिय संकटको घडीमा हामी सबैले बितेका अपि्रय विवाद, अनुभव र मतभिन्नतालाई[…]

Read more

मेलमिलाप गराउन नसकेको सन्दर्भ – प्रस्तुतिः ईश्वरी ज्ञवाली (२०७० श्रावन २०, नेपाल राष्ट्रिय साप्ताहिक)

वि सं १ पुस २०१७ मा राजा महेन्द्रद्वारा नेपाली कांग्रेसको दुईतिहाइ बहुमतको सरकार अपदस्थ गरी प्रधानमन्त्री बीपी कोइरालासहित धेरै नेता/कार्यकर्तालाई जेल हालिएको थियो। आठ वर्षको बन्दी जीवनपछि १४ कात्तिक ०२५ मा जेलबाट छुटेपछि बीपीले सरासर चाबहिल पुगेर भन्नुभयो, “श्री ५ को नेतृत्वमा प्रजातान्त्रिक आदर्शहरूप्रतिको आस्था व्यक्त गर्दै नेपाललाई बलियो, एकताबद्ध[…]

Read more