BP Koirala Archives and Records

“यसरी सम्झिने कि?” – धनराज गुरुङ (२०७१ भाद्र २४, कान्तिपुर दैनिक)

नेपाली राजनीतिका महानायक बीपी कोइरालाको जन्मशताब्दी। नेपाली कांग्रेसले भदौ १ देखि २४ सम्म विराटनगरदेखि काठमाडौंसम्मको यात्रा गर्‍यो। हामी कांग्रेसजनले वास्तवमै बीपीको बाटोमा विचलित नभइकन हिँड्न चाहन्छौं भने राजनीतिक परिवर्तनपछि आर्थिक एवं सामाजिक क्रान्तिको ढिला नगरिकन थालनी गर्नुपर्छ। आर्थिक क्रान्तिको सन्दर्भमा बीपीकै नेतृत्वको पहिलो जननिर्वाचित मन्त्रीमण्डलको अठार महिने कार्यकालबाट सिक्न जरुरी[…]

Read more

“बहुआयामिक बीपी” – डा. अंगराज तिमिल्सिना (२०७१ भाद्र २४, कान्तिपुर दैनिक)

बीपीको बहुआयामिक व्यक्तित्वलाई अक्सर राजनीति र साहित्यसँग जोडेर धेरै चर्चा गरिएको छ भने दुई ठूला देशहरू चीन र भारतबीच तरुलझैं च्यापिएको नेपाल र नेपालजस्तै विश्वका अरु साना देशहरूले कूटनीति र विदेशनीतिका सहाराले आफ्नो अस्तित्व, पहिचान र प्रभुत्व कसरी बढाउन सक्छन् भन्ने बीपीको योगदानबारे बिरलै चर्चा गरिन्छ। यद्यपि नेपालको अहिलेको विदेशनीति[…]

Read more

“बीपी विचार यात्रासँग जोडिएको संविधान निर्माण” – धर्मेन्द्र झा (२०७१ भाद्र २७, अन्नपूर्ण पोष्ट्)

‘राजनीतिक नेताले आउँदो चुनाव मात्र हेर्छ तर राजनेताले बीस वर्षपछिको आकलन गरेर निर्णय लिन्छ।’ महामानव बीपी कोइरालाको यो भनाइ यतिबेला लोकतन्त्र र दलीय व्यवस्थाका पक्षपातीले स्मरण गर्नु सान्दर्भिक हुन्छ। भदौ २४ गते बीपी कोइरालाको जन्मशताब्दी देशभित्र र बाहिर भव्य रूपमा मनाइयो। बीपीले स्थापना गरेको पार्टी नेपाली कांग्रेसलगायत उनको विचारका अनुयायीले[…]

Read more

“पृथ्वीनारायण र बीपी” – डा. रमेशकुमार ढुंगेल (२०७१ भाद्र २८, अन्नपूर्ण पोष्ट्)

हिजोआज राष्ट्रिय एकताको चिन्तन देखिन थालेको छ। कोही आदि राष्ट्रनिर्माता र देशभक्तका सालिक ढालिएका घटनाले पिरोलेर दु:स्वप्न देख्न थालेका कारणले हुन सक्छ, अब पुस २७ गते पृथ्वीजयन्तीका दिन पारेर एकता दिवस मनाउनेसम्मका घोषणा गर्न थालेका छन् भने कोही पृथ्वीनारायण र जंगबहादुरलाई देश निर्माणको इतिहासमा क्रियाशीलताको शीर्ष स्थानमा राख्ने जमर्कोमा जुट्न[…]

Read more

“बीपी र गणराज्य नेपाल” – प्रा. कृष्ण खनाल (२०७१ भाद्र २९, कान्तिपुर)

यो शीर्षक देखेर कतिपय पाठकलाई लाग्न सक्छ, विश्वेश्वरप्रसाद (बीपी) कोइराला र गणतन्त्रको बीच के सम्बन्ध छ ? हुन पनि जीवनभर बीपीले राजासहितको प्रजातन्त्र अर्थात् लोकतन्त्रको वकालत गरेका थिए भन्ने हाम्रो बुझाइ छ । जीवनको अन्त्यतिर ‘राष्ट्रिय मेलमिलाप’ भनेर राजासँग आफ्नो ‘घाँटी जोडिएको छ’ समेत भने । २०६२/६३ को आन्दोलनमा मुलुक[…]

Read more

“बीपी विचारमा : मानवीय पक्ष” – विपुल पोख्रेल (२०७१ भाद्र २९, नागरिक दैनिक)

बीपी जन्मशताब्दीका अवसरमा नेपाली कांग्रेसले बीपी विचार यात्रा सम्पन्न गरेको छ। यो यात्रामार्फत कांग्रेसले बीपीको विचारलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने एउटा महŒवपूर्ण अवसर जुराएको छ। यस अर्थमा कांग्रेसको यो अभियान आफैमा महत्वपूर्ण बन्न पुगेको छ। बीपी विचारलाई ‘गायत्री मन्त्र’ झँै ठानी त्यो विचारको व्यापकतालाई संकुचन गर्ने प्रयास कांग्रेसीहरुबाटै हुँदै आएको[…]

Read more

“बीपीले बिटुलिन दिनु भएन” – गंगा रिजाल (२०७१ आश्विन ४, कान्तिपुर दैनिक)

बिहान नौ पनि बजेको थिएन । पटना विमानस्थलमा अवतरण गरेर विमानस्थल गृहतिर लागेँ । पटना विमानस्थलको त्यो पातलो प्यासेन्जर लञ्जमा पाइला राख्ने ठाउँ थिएन । बिहानको नास्ता त्यहीं गर्ने सिलसिलामा आफ्ना अन्य क्रुसँगै त्यहाँ पुगेको थिएँ । तर बे्रकफास्टको त के कुरा त्यहाँ चिया पाउनसमेत दुर्लभ थियो । यति धेरै[…]

Read more

लोकतन्त्रको प्रस्थान बिन्दु – शंकर तिवारी

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालले नयाँ संविधान लेखनमा बीपी कोइरालाको विचारलाई प्रस्थान बिन्दु बनाउनुपर्छ। ठूला नेता, चिन्तक, लेखक वा महापुरुष जन्मेको सय वर्ष पुग्नु आफैंमा ठूलो परिघटना हुने भएकोले आधुनिक नेपालका एक जना उच्चतम राजनीतिज्ञ बीपी कोइरालाको शतवार्षिकी देशकै लागि महत्वपूर्ण अवसर हो। नेपाली कांग्रेसले बीपी कोइरालाको जन्मशताब्दीको अवसर पारेर विराटनगरबाट[…]

Read more

बिहारमा बीपी – चन्द्रकिशोर

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको जन्मशताब्दी समारोह यहाँ सरकारी तहमा नमनाइएकोमा छिमेकी भारतको बिहारमा राजकीय रूपमा मनाइएको छ। बिहार सरकारले २४ भदौमा आयोजना गरेको जन्मशताब्दी समारोहमा मुख्यमन्त्री जीतनराम माझी, मन्त्री श्याम रजक लगायत राजनीतिकर्मी र समाजका अगुवाहरूको बाक्लो उपस्थिति थियो। बिहारको राजधानी पटनाको मुख्य स्थल ऐतिहासिक ‘गोलघर परिसर’ मा[…]

Read more

बीपीको त्यो गोल – नवीन अर्याल (६ असार २०७१, कान्तिपुर कोसेली)

यो खेल यसकारण पनि महत्त्वपूर्ण थियो, महेन्द्रले अनिच्छाका बाबजुद प्रधानमन्त्रीमा शपथग्रहण गराएको ५ महिनापछि बीपी तिनै राजाविरुद्ध फुटबल मैदानमा उत्रिँदै थिए । त्यतिबेला लामा नेपाल प्रहरीको सइ थिए । उनको ‘डिउटी’ थियो, खेल अवधिभर रंगशालामा हुन सक्ने गडबडी रोक्ने । त्यतिबेला राजा महेन्द्र र बीपीबीच फुटबल हुँदै छ भन्ने हल्ला[…]

Read more