BP Koirala Archives and Records

“बीपीको विरोधाभास (बीपीको व्यक्तित्व विरोधाभासले भरिपूर्ण थियो)” – शंकर तिवारी (२८ वैशाख – ३ जेठ २०७१, हिमाल साप्ताहिक खबरपत्रिका)

बीपी कोइराला र भोला चटर्जीबीच राजनीतिक सँगसँगै अनेक व्यक्तिगत पत्राचार भएको भेटिन्छ। चटर्जीसँग कोइराला परिवारका बीपीदेखि मातृका, तारिणी, केशवहुँदै गिरिजा, सुशील र सुशीला कोइरालासम्मले पत्राचार गरेका थिए। चिठीहरूले कोइराला परिवारका प्रत्येक सदस्यसँग भोलाको आत्मीय सम्बन्ध देखाउँछ। कोइराला परिवारका सदस्यहरूले अलग–अलग समयमा फरक प्रयोजनमा भोलालाई चिठी लेखेका छन्। बीपीले नेपाली कांग्रेस[…]

Read more

“भोला चटर्जीलाई त्रिशक्तिपट्ट (महेन्द्र राजा नबन्दै दिइएको त्रिशक्तिपट्ट पदवीले भोला चटर्जीलाई महेन्द्रको देहावसान भएको दुई वर्षपछि मात्र विभूषित गरिएको थियो)” – शंकर तिवारी (११-१७ जेठ २०७१, हिमाल साप्ताहिक खबरपत्रिका)

२००७ को क्रान्तिमा विशेष भूमिका निर्वाह गरेकोमा भोला चटर्जीलाई नेपाल सरकारले ‘विख्यात त्रिशक्तिपट्ट’ प्रदान गर्ने निर्णय गरेको थियो। प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाले १६ अप्रिल १९५४ मा भोलालाई पत्र लेखेर यो निर्णयको जानकारी दिंदै बधाई समेत दिएका थिए। भोलाको १९६७ मा अंग्रेजी भाषामा प्रकाशित ‘अ स्टडी अफ रिसेन्ट नेपलीज पोलिटिक्स’ को अनुसूचीमा[…]

Read more

“नेहरू पथमा नेपाली कांग्रेस” – दीपक अर्याल (२०७१ जेठ, १७ शनिबार, अन्नपूर्ण पोस्ट्)

बीपी कोइराला र समाजवाद नेपालको सन्दर्भमा सदैव पर्यायजस्ता लाग्छन्। हरेक कार्यक्रममा बीपीलाई सम्झँदा समाजवाद, महान् समाजवादी चिन्तकका उपमा त दिइन्छ तर बीपीले कस्तो खालको समाजवादको परिकल्पना गरेका थिए? के त्यस्तो समाजवादको कुनै भविष्य थियो/छ? वा नेपाली कांग्रेसले बीपीको समाजवाद भनेर नारा लगाउने समाजवाद र अहिलेको राजनीतिक, आर्थिक वा सामाजिक कार्यक्रममा[…]

Read more

“सप्तरीबाट जयप्रकाश नारायणको गिरफ्तारी” – कृष्णराज बर्मा (२०७१ जेठ, १७ शनिबार, अन्नपूर्ण पोस्ट्)

भारतीय कांग्रेसको मुम्बई अधिवेशनले ८ अगस्ट १९४२ मा अंग्रेजविरुद्ध ‘भारत छोडो’ आन्दोलनको प्रस्ताव पास गरेपछि सन् १९४० देखि महात्मा गान्धीको एकल प्रयासमा सुरु भएको सत्याग्रह आन्दोलन उत्कर्षमा पुगेको थियो। ६० हजारभन्दा बढी भारतीय सत्याग्रही आन्दोलनकारी पक्राउ परे। उनीहरूका साथ विश्वेश्वरप्रसाद कोइराला, डिल्लीरमण रेग्मी, सूर्यप्रसाद उपाध्याय, राजेश्वरी उपाध्याय, आदिभक्त माथेमा, धरणीधर[…]

Read more

“मोदिआइन र मोदी माया” – सीके लाल (२०७१ असार, २७ शुक्रबार, नागरिक)

लडाका र राजनीतिकर्मी हुनुका साथै बेलायतका प्रधानमन्त्री विन्सटन चर्चिल लेखक पनि थिए। शब्दको शक्ति र वाक्यहरूको अमरत्व बुझेर उनले घोषणा गरेका थिए- ‘इतिहासले मलाई कसरी सम्भि्कनेछ भन्ने मलाई राम्ररी थाहा छ। म स्वयं जो इतिहास लेख्नेवाला छु।’ तर वृत्तान्त होस् वा आख्यान पाठलाई अर्थ पाठकले दिने हो। र चर्चिललाई सबैले[…]

Read more

“नेपाल किन बन्न सकेन ?” – डा. विपिन अधिकारी (२०७१ असार ३२, कान्तिपुर)

वरिष्ठ पत्रकार सुशील शर्माले सुरु गरेको ‘नेपाल किन बन्न सकेन ?’ वा के गर्दा नेपाल बन्ला त ? भन्ने बहसको एउटा पाटोलाई यो लेखमा छुने प्रयास गरिँदैछ । मूलतः कुनै पनि देश आफैं बन्दैन । देश बनाएरमात्र बन्ने हो । प्रत्येक देशको राजनीतिक सिमाना नेपालका पृथ्वीनारायण शाह, जर्मनीका अट्टो भान[…]

Read more

“बिपी हिँडेको बाटो” – बालकृष्ण अधिकारी (२०७१ श्रावण २, नागरिक)

यो २००३ फागुन २१ को घटना हो। विराटनगर जुल मिलमा ट्रेड युनियन अधिकार माग गर्दै मजदुर आन्दोलन भएको थियो। गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा भएको आन्दोलनले राजनीतिक रूप लियो। तत्कालीन राणा सरकार र मजदुर मालिक एक भए। मजदुरहरूलाई जनताको व्यापक समर्थन प्राप्त भयो। आन्दोलन दबाउन चैत १२ गते बिहान २ सय ५०[…]

Read more

“वामपन्थी आँखामा बीपी” – बसन्त बस्नेत (२०७१ श्रावण ०३, कान्तिपुर (कोसेली))

‘बीपी कोइराला बाँचेको भए २०४६ सालको जनआन्दोलन हुने थिएन भनी धेरैले भन्ने गरेको सुनिएको छ । मेरो विचारमा बीपीले बहुदलीय व्यवस्थाको पक्षमा शान्तिपूर्ण आन्दोलन त गर्थे तर वाममोर्चातिर सहकार्य गर्ने भने थिएनन् । उनको बुझाइमा यसो गर्दा नेपाली कांग्रेसको परिचयमाथि प्रश्नचिह्न लाग्ने हुन्थ्यो । आजका सन्दर्भमा त्यो कति व्यावहारिक हुन्थ्यो,[…]

Read more

“जसले जीवनको धारा मोडिदियो” – प्रदीप गिरि (२०७१ श्रावण ०३, कान्तिपुर (कोसेली))

विपी कोइरालाको व्यक्तित्व बहुमुखी थियो । उहाँले आफ्नो यात्रा साहित्यबाट सुरु गर्नुभएको थियो । सन् १९३७÷३८ मै गान्धीलाई सम्झेर उहाँले पहिलो कविता ‘बम्बै नगरी’ भन्ने लेख्नुभएको रहेछ । एकदम साहित्यिक व्यक्तित्व थियो उहाँको । उहाँका दुइटा आत्मकथा प्रचलित छन्, एउटा ‘आत्मवृत्तान्त’ अर्को ‘आफ्नो कथा’ । यसबाहेक प्रकाशित हुन बाँकी पनि[…]

Read more

“शंकरका नजरमा विश्वेश्वर” – शंकर लामिछाने (२०७१ साउन ३, कान्तिपुर (कोसेली))

हाम्रो प्रथम परिचयको दिन जीवनमा कहिल्यै नबिर्सने गरी महत्वपूर्ण छ । त्यो हो ३० जनवरी १९४८ को दिन –महात्मा गान्धीको हत्याकाण्ड भएको दिन । म र मेरा एकजना साथी सागरदत्त कोइराला काशीबाट पटना जान हिँडेका थियौ । हामी दुवैको निम्ति पटना एकदम नौलो थियो । विश्वेशवरजीको नाउँको एक दुई परिचयपत्रको[…]

Read more