BP Koirala Archives and Records

“कमजोर बीपी र ०१७ साल” – कृष्णराज बर्मा (२०७१ श्रावण ४, अंक: ६०५ | नेपाल राष्ट्रिय साप्ताहिक)

१ पुस २०१७ को घटना हुनुका पछाडि विभिन्न कारण छन्। राजा महेन्द्रले त ०१५ सालको संसदीय निर्वाचन नै वाध्यतावश गरेका हुन्। उनी त निर्वाचन गराउनै चाहँदैनथे। राजनीतिक पार्टीहरूले देखाएको सुझबुझ र समझदारीपूर्ण वातावरणबाट उम्किन नसकेपछि उनी निर्वाचन गराउन बाध्य भएका हुन्। संसद्का लागि पहिलोपटक निर्वाचन भइरहेकाले त्यो संसद्लाई ‘कलरफुल’ बनाउनेबारेमा[…]

Read more

“बीपी, समाजवाद र कांग्रेसी सत्ता” – प्रा. कृष्ण खनाल (२०७१ श्रावण ४, कान्तिपुर)

(बीपीको चिन्तन आमनेपालीका लागि हो । यसको जसो पायो त्यसो अपव्याख्या गरेर उनका प्रति कसैले पनि कृतघ्न व्यवहार नगरुन् ।) योसाता विश्वव्यापी रूपमै कहिल्यै सँगै नभेटिनेजस्तो मानिएका दुई राजनीतिक विचारधाराका नेपाली नायकहरू विश्वेश्वरप्रसाद कोइराला र पुष्पलाल श्रेष्ठको स्मृतिको बेला हो । तर नेपालमा भने अहिले यी दुवै विचारधाराको अलग-अलग प्रतिनिधित्व[…]

Read more

“बीपीको सपना” – रामचन्द्र पौडेल (२०७१ श्रावण ५, कान्तिपुर)

नेपाललाई निरङ्कुश जहानियाँ शासन र सामन्ती युगबाट लोकतान्त्रिक र आधुनिक युगमा प्रवेश गराउने २००७ सालको जनक्रान्तिका नायक विश्वेश्वरप्रसाद कोइरालाको यस वर्ष हामी जन्म शताब्दी मनाइरहेका छौं । नेपालको इतिहासमा २००७ सालको जनक्रान्ति, राजनीतिक, आर्थिक र सामाजिक तीन वटै अर्थमा एउटा युगान्तकारी घटना थियो । १. त्यो जनक्रान्तिले एउटा परिवारमा सीमित[…]

Read more

“बीपीसँगको चिनारी” – रामचन्द्र पौडेल (२०७१ श्रावण ६, नागरिक)

मैले सानै उमेरमा बीपीको नाम सुनेको थिएँ। काठमाडौं आएपछि सडकबाटै मोटरमा देखेको र कहिलेकाहीँ टाढैबाट सभामा भाषण गरिरहेको देखेको थिएँ। एकपटक ठमेलबाट लैनचौर डेरा सर्दा त्यहाँको ठूलो चौरमा (अहिले त मिचिसके) केशरमहल र नारायणहिटी दरबारहरुतिर औंलो देखाउँदै ‘पुर्पुरोमा जे लेखियोस्, जग्गा हुन्छ जोत्नेको…’ यस्तै कुरा भनिरहेको अल्को कदको बीपी देखेको[…]

Read more

“समाजवादका नियन्ताको सम्झना” – बद्रीप्रसाद दाहाल (२०७१ श्रावण ६, नागरिक)

नेपाली राजनीति र साहित्यलाई आधुनिकताको राजमार्गमा मार्च गराउन अब्बल भूमिका प्रदान गर्ने नेपालका गणनीय सुपात्रमध्ये अग्र लहरमा देखिएका महापात्र हुन् बीपी कोइराला । राजनीति र साहित्यलाई मानव जीवनको पृथक/पृथक पाटा स्वीकार गरेर पनि यी दुईको समान महत्व दिने उनी एक सशक्त चिन्तक र प्रतिभा सम्पन्न सिर्जना साधक हुन्। पिता कृष्णप्रसाद[…]

Read more

“सामान्य व्यक्ति : असामान्य व्यक्तित्व” – हरिविनोद अधिकारी (२०७१ श्रावण ६, नागरिक)

यो वर्षको विश्वेश्वरप्रसार कोइराला (बीपी)को शतवार्षिकीको हेा। वि सं १९७१ साल भदौ २४ गते विश्वेश्वरप्रसाद कोइरालाको जन्म भएको थियो। लोकतन्त्रका पक्षमा चट्टानी अडान र लोकतन्त्रकै नयाँ व्याख्याले निधन भएको तीन दशकभन्दा बढी हुँदा पनि नेपाली राजनीतिलाई बीपीले नै झंकृत गरिरहेका छन्। सिद्धान्तसँग सम्झौता गरेका भए सायद उनी आजीवन प्रधानमन्त्री हुन्थे[…]

Read more

“शताब्दी विचार यात्रा” – रामचन्द्र पोखरेल (२०७१ श्रावण ६, नागरिक)

जननायक बीपी कोइराला जन्म शताब्दी वर्ष एवं ३२ औँ स्मृति दिवसलाई नेपाली कांग्रेसले ‘बीपी विचार यात्रा’का रूपमा पदयात्रासमेत गरी मनाउने भएको छ। यस कार्यक्रमले नयाँ पुस्तालाई बीपीका विचारसंग नजिक बनाउनुका साथै उहाँका सघर्षपूर्ण जीवनसँग समेत नजिक बनाउनेछ। वि.सं. २००४ सालको विराटनगर मजदुर हड्ताल नेपाली जनआन्दोलनको विशिष्ट प्रस्थान विन्दुमात्र नभई ‘निरन्तर[…]

Read more

“बीपीको मधेस दृष्टि” – सीके लाल (२०७१ श्रावण ९, नागरिक)

ठूलो होस् वा सानो प्रत्येक व्यक्ति आफ्नो कालखण्डमा जीवन बिताउन बाध्य हुन्छ। इतिहास बनाउने कर्मभूमिसमेत समयजन्य बाध्यताबाट सर्वथा मुक्त रहनसत्तै्कन। त्यसैले महारतको कथामा नारीवाद, रामायणकालमा दलितको अवस्था वा जंगबहादुरको पालामा मानवअधिकारको अवस्था के कस्तो थियो भन्ने विशुद्ध बौद्धिक विमर्शको विषयवस्तुभन्दा बढी अरू केही ठहरिन सत्तै्कन। बीपी कोइरालाको समयलाई पनि अहिलेको[…]

Read more

“बीपी नबिर्सने कारण” – ज्ञानमणि नेपाल (२०७१ श्रावण १२, नागरिक)

अहिले जननेता विश्वेश्वरप्रसाद कोइरालाको जन्मशताब्दी वार्षिकी समारोह मनाइँदैछ। उनी पूर्ण आयु बाँचेका भए अहिले सय वर्षका हुने थिए। परन्तु असाध्य रोग लागेर ६८ वर्षको उमेरमै २०३९ साउन ६ गते उनी परलोक भए। उनी नेपालमा जन्मेका राजनीतिक नेताहरूमा एक अनन्य साधारण सुझबुझ भएका दूरदर्शी जननेता थिए। उनको दिमागमा नेपालीको जीवन सुधार्ने,[…]

Read more

“बिपी केमा चुके, केमा चुकेनन्?” – यादव देवकोटा (२०७१ श्रावण ६, सेतोपाटी)

आजको दिनमा विपीमाथि समिक्षात्मक हिसाबमा केही लेख्ने प्रयत्न गर्नु एउटा सानोतिनो जोखिम मोल्नु जस्तो भइसकेको छ । उसैपनि नेपाली समाज जिवित ब्यक्तिको दानवीकरण र मृत ब्यक्तिको देवत्वकरणमा सिद्धहस्त छ । विपीले नेपाली समाजका यी दुबै अतिहरु बेहोरे । बाँचुन्जेल र मरेपछि पनि । फेरि हामीले जिवित विपीलाई जान्न पाएनौं ।[…]

Read more